Total Pageviews

Tuesday, October 31, 2017

Great Himalaya Trail (Day 25 Rara Lake)

Great Himalaya Trail (Day 25 Rara Lake)
Day-25 
Great Himalaya Trail
Rara Lake (Mugu)
05 August 2016

रारातालले हरेक घण्टामा आफ्नो रंग र आकृति फेर्ने गर्छ। म र किशोर सर रारातालको रंगीन वतावरणमा रमाउदै। 

रातभरी पानी परेको थियो। निन्द्रा ब्युँझाउन प्रयास गर्ने गर्थे मुसल धारेपानीले बेला बेलामा हामीलाई।  0900Hrsब्युँझदा रारा तालमा पारिलो घामको किरणले लोभ लाग्दो आकृति देख्दा मख्ख र लठ्ठै भयौ हामी। बार्दलीमा चिया पिउदै तालमा देखिएको बिभिन्न परिवर्तित आकृति नियाल्दै गफगाफ गर्दै बस्यौ । 1000Hrs खाना खायौ स्थानिय च्याँउको साथमा।

राराताल परिक्रमा गर्न रुकस्याँकमा खाजा हाल्यौ। 1030Hrsतालको किनार तिर लाग्यौ। बिभिन्न किसिमका फूलहरु फुलेको देख्दा अतिनै रमायौ। फोटो भ्याट कि भ्याट खिच्न थाल्यौ। रारातालको पानी निकास हुने गल्छिमा पुग्दा NTC को नेटवर्क टिपेकाले खोला तर्नका लागि काठे पुलमा पलेटी मारेर तीनै जना बस्यौ। ईन्टरनेट चलायौ।  SMS पठायौ आफन्तहरुलाई। मुर्मा गाउ  मुर्माको NTC टावर देखि तालको पानी निकास हेर्दै शान्त वतावरणमा अानन्द लिदै बस्यौ। एकै नासको सल्लाका रुखहरु हुर्केको देख्यौ। घाम सिधै खसेको थियो तर गर्मी महसुस भएको थिएन। बेला बेलामा सिरेटो चल्ने गर्थे। धामी र खच्चर धनीवाला आफ्नो खच्चर हराएकाले बनतिर खोज्दै गरेको देख्यौ।

राराताल परिक्रमा गर्ने क्रममा लोभ लाग्दो हरियो चौउर र भ्यूटार देख्यौ। पालै पालो फोटो खिच्यौ। रहर मेटुञ्जेल। राराताल लाई आँखा भरि अट्याउञ्जेल सम्म नियाल्न पाउदा खुशीले हौसियौ हामी। निलो ताल शान्त वतावरणमा अझ हरेक घण्टामा तालको पानीमा रंग र आकृति फेरिदाको रंगमंञ्चको तमासामा र हरियो दुबोको चौउरमा आराम गर्न थाल्यौ। रारा तालको  पानी स्पर्श गर्न थाल्यौ। छेवैमा गहिरो निलो देखिन्थ्यो राराताल। छेवैमा कञ्चन पानी कलकल गर्दै तालमा मिसिएको थियो। कोक भिजायौ । पानी चिसो थियो। चिसो कोक र वाई वाई खादै ताल नियाल्दै बस्यौ चुपचाप। किशोर सर र बिशाल भान्जा पारिलो घाम ताप्दै निदाउनु भयो। म क्यामरा लिएर वरिपरि टोलाउदै हिड्दै तालको फोटो खिच्दै बसे साथै दुरविन बाट तालको अन्य किनारी तिर नियाल्न थाले। गाई भैसी घोडा र खच्चर पाटन तिर चर्दै गरेको देखिन्थे।

राराताल परिक्रमा गर्न जोसले हिडेका हामी शुरुमै लोभ्याउने खालको दृष्यले लठ्ठ भयौ र परिक्रमा गर्ने निर्णय रद्द गर्यौ। 1500Hrs बजे फर्क्यौ होटल तिर । फर्कदा पानी पर्ने छनक दिदै थियो । गफगर्दै होटलमा आईपुग्दा 1600Hrs बजेको थियो। डाँफे होटलको प्राङ्गनमा जुम्ला देखि शैक्षिक भ्रमण आएका बिधार्थीहरु रमाउदै गरेका देखिन्थे।

हेरिटेज होटलका मास्टर सेप धन्कुटाका हेम राई भाईले फापरको रोटी मह र अचार डाईनिङ हलको मेचमा राख्नु भयो। स्वाँदिष्ट तरिकाले खायौ खाजा। राई भाईको पाहुनालाई सत्कार गर्ने कलात्मक थियो। सन्ध्याको आगमन संगै मुसलधारे पानी पर्न थाल्यो। जुनकीरी पिलिक पिलिक उड्दै गरेको देखिन्थे। छेवैमा आर्मी ब्यारेक भएकाले आधा आधा घण्टामा ट्वाँङ ट्वाँङ गरेको घण्टी बजेको सुनिन्थे। बिशाल भान्जा र किशोर सर तीन पाने लोकलको  चिरिप चिरिप र म कालो कफीको सुर्का लगाउदै गफगर्दै बस्यौ। कविता कोर्नु हुन्न?हुम्लामा त गजबको कविता सृजना गर्न भएको थियो किशोर सर मैले भने। रारातालको मनोरम दृष्यले कविता सृजना  गर्न भुलायो दाई! बिशाल भान्जा र म गजबले हाँस्यौ। साँझको खाना 2000Hrs खायौ। स्थानिय खाना स्वाँदिष्ट थियो। होटल हेरिटेजको बसाई र खानापिनमा कुनै कमेन्ट गर्ने ठाउ थिएन्। 2100Hrs बिस्तारामा गयौ। बिशाल भान्जा लाई नारायण गोपालको गीत मोवाईलमा बजाउनु लगाए।भोलि 0900Hrs गमगढी हिड्नु पर्छ भन्दै गीत सुन्दै आफ्नो आफ्नो स्लिपिङ ब्याग भित्र गुटमुटु भयौ । मुसलधारे पानी बाहिर पर्दै थियो।

 डाँफे होटलको अगाडी बाट रारा ताललाई नियाल्दा
राराताल निलो रंगको आकृतिमा। हरेक घण्टामा तालको पानीमा रंग फेर्ने गर्दा आगन्तुकलाई मोहित पार्ने गर्छन् ।
  बिशाल भान्जाले हामीलाई खुसुक्कै यस्तो अवस्थामा उतार्नु भएछ ।
 रारातालको प्राङ्गनमा फूल फुलेको देख्दा खुशीले चौप्ट भईदो रहेछ।
 बर्षा याम भएकाले छाँयानाथ हिमाललाई कुहिरोले लुकाउदै क्षितिजमा। प्राङ्गनमा लोभ्याउने फूलको बगैचा।
 रारातालको अनेक स्वरुप । परिक्रमा गर्ने बखतमा ।
 रारातालको पानी निकास हुने गल्छिमा पुग्दा हामी खुशीले उफ्रिएका थियौ।
 रारातालको पानी निकास। काठेपुलमा बस्दै रमाउदै ईन्टरनेट र SMS पठाएका थियौ हामीले ।
 रारातालको पानी निकास हुने गल्छि।
 रारा तालको पानी बग्दै। केहि तलपुगे पछि  त्रिलोक खोलामा मिसिन्छ।
 बिशाल भान्जा अर्सनल भकुण्डोका फ्यान भएकाले रारातालमा यस्तो स्वरुपमा
 रारातालमा परिक्रमा गर्ने बखतमा
 पारिलो घाम र शान्त वतावरणमा गो प्रोबाट भिडियो लिदै गर्दा भान्जा बिशालले यसरी खिचिदिनु भएछ।
 बिशाल भान्जा  र किशोर  सर रारातालको आगनमा रमाउदै।
   रारातालमा यसरी नक्कल गर्दै किशोर सर म

 बिशाल भान्जा रारातालको मनोमहक दृष्यमा रमाउनु हुँदै।
  रारातालको  रमिता नियाल्नु हुँदै किशोर सर । 
 राराताल
 किशो सर रारातालको अागनमा पारिलो घाम ताप्दै The Great Himalaya Trail को पदयात्राको थकानलाई भुलाउनु हुँदै ।


 राराताल आधा परिक्रमा गरि होटल तिर फर्कदै गर्दा ।
 राराताल आधा परिक्रमा गरि फर्कने क्रममा मौसमले लुकामारी खेल्दै  गर्दा । किशोर सर र म हर्षित हुँदै। 
 डाँफे होटलको सामुन्ने राराताल
 डाँफे होटल र क्याम्पिङ स्थल ।
 डाँफे होटल
 राराताल नियाल्न भ्यू टावर
 जुम्लाबाट शैक्षिक भ्रमणका लागि आएका बिधार्थीहरुको समुह।
 रारातालमा मौसमको लुकामारी


 रारातालको असला माछा।
 डाँफे होटल
 राराताल
राराताल
 रारातालमा मौसमले रंगम‌ंञ्च देखाउदा हुरुक्क हुने रहेछ। 
बिशाल भान्जा र किशोर सर रारातालको पानी स्पर्श गर्नु हुँदै।



2 comments:

  1. एकदमै राम्रो रचना...म आफुलाई नै त्यहाँ पुगेको अनुभव भयो तस्विरहरु हेर्दा...स्वर्ग जस्तै रहेछ...रारा ताल । :) :)

    ReplyDelete
  2. धन्यवाद बहिनी

    ReplyDelete

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...