हुम्ला
देखि पदयात्रा गर्ने क्रममा २८ दिनमा मुगु र जुम्लाको सिमावर्ती चुच्चे मारा लेक 3800 मिटरको उचाईमा पृष्ठभूमिमा रारा तालको सुन्दरतामा
रमाउदै । रारा ताललाई अन्तिम दृष्य नियाल्दै जुम्लाको सिंजा उपत्यका तिर
लाग्नु अगाडि हामी। करिव एक घण्टाको बसाईमा मौसमले तमासा देखाउदै थियो। पानी पर्ने घाम लाग्ने भुईकुहिरोको हुलेले ढाक्ने। NTC को नेटवर्क भएकाले सामाजिक संचालमा केहि तस्विर अपलोड गरेका थियौ। काला र सेता रंगका घोडाहरु पाटनमा चर्दै गरेका देखिन्थे ।
किशोर सर म चुच्चेमारा
लेकमा रारा ताललाई पछाडी राख्दै।
किशोर सर बिशाल भान्जा
र म चुच्चे माराको लेकमा रमाउदै। रारा ताल देखि लम्फू भएर उक्लिएका थियौ।
हिँउ पर्ने याममा यस
लेकमा धेरै मुगालीले ज्यान
गुमाउने स्थान रहेछ। भारीहिमपात पर्ने र प्रकृतिलाई जित्छु भनेर चुनौती गर्ने
मुगालीको अकालमा ज्यान गुमाउने लेक रहेछ।
बिशाल भान्जा चुच्चे
मारा लेक बाट रारा ताललाई नियाल्दै।
चुच्चेमारा लेक बाट
रारा ताल नियाल्नु हुँदै किशोर सर बिशाल भान्जा र हाम्रो सहयोगी भौउ बहादुर भाई
चुच्चे मारा लेक बाट
गोरुसैन्य तिर ओरालो लाग्दै गर्दा मुसलधारे पानीले रुझाउनु सम्म रुझाएको थियो हामीलाई।





No comments:
Post a Comment