Total Pageviews

Saturday, August 6, 2022

LIBJU MOUNTAIN BIKE TRAIL २९ माघ २०७८


मानेभञ्ज्याङ साईकल टोली लिब्जु उपो धाम मा सामुहिक तस्विर  

लिब्जु उपो धाम मानेभञ्ज्याङ गाउपालिकाको सबै भन्दा अग्लो थुम्का हो। सामुन्द्रिक सतह बाट १९०५मिटर उचाईमा रहेको छ। लिब्जु उपो धार्मिक स्थल हो।लिब्जु उपो धामको नाम बाट लिब्जु साईकल ट्रेलको आराम्भ गर्ने शोच साथै स्वास्थय रहनु अनि पर्यटन प्रवन्धलाई टेवा दिने सोचले लिब्जु ट्रेल आयोजना गरका हौ। मानेभञ्ज्याङ साईकल टोलीले।

लिब्जु ट्रेलका लागि कुमार मगर भाईले २दिन अगाडि देखि १४ वटा साईकल सर्भिसिङ गरेका थिए। आङगुस राई कुमार मगर भाईलाई लिब्जु ट्रेलका लागि तिथि मिति तय गर्नका लागि मैले भनेको थिए। लिब्जु ट्रेलको शुभ साईत आङगुस भाईले माघ २९ गते २०७८ शनिवारको दिन हुने बताए। उक्त दिन कहिले आउला भन्दै साईकल टोली हुटहुटीमा देखिन्थे ।लिब्जु ट्रेलको लागि मानेभञ्ज्याङको अडिमर्दन चोक बाट बालेथाम कोल्टार बौद्धडाँडा लिब्बु उपोलाई दर्शन पश्चात ढ्वाँकुम चोकमा  खाजा त्यस पछि फकुल रिकदुम पशुबगर हुँदै जयरामघाटमा खाना त्यस पछि तल्लो र माथिल्लो रिचुवा गाउ हुँदै मानेभञ्ज्याङमा लिब्जु ट्रेल समाप्त हुने योजना बनेको थियो। लिब्जु ट्रेलको टिसर्ट कुमार मगर भाईले काठमाण्डु बाट प्रिन्ट गरि ल्याएका थिए। लिब्जु ट्रेलका लागि हरेक ब्याक्ति बाट नेपाली रु १५०० उठाएको थियो।


अडिमर्दन चोकमा आङ्गुस भाई प्रफुल्लित मुद्रामा

सूर्यको प्रकाश भुईमा पोखि सक्दा पनि मानेभञ्ज्याङको अडिमर्दन चोकमा चिसो हावाको स्पर्स छदै थियो।लिब्जु ट्रेलका लागि शुरु हुन अगाडि सामुहिक तस्विर साथै फेसबुक लाईभमा हाजिर भयौ। ९ बजे अडिमर्दन चोक बाट १४ जना साईकल यात्रीले आफ्ना आफ्ना साईकल चढ्दै शिद्धिचरण राजमार्ग तिर लागे। चोकमा उपस्थित टोलबासीले आफ्ना आफ्ना मोबाईलमा भिडियो फोटो खिच्दै गरेका देखिन्थे। शुभयात्रा भन्दै ताली पिट्ने देखि हात हल्लाउदै गरेका देखिन्थे। मानेभञ्ज्याङ पुलिस ठानाका सही साहेवले पनि ट्रेलको जानकारी ओखल्ढुंगा जिल्ला प्रहरी प्रसासनमा जानकारी दिनका लागि लिब्जु ट्रेलको सहभागी आङगुस राई भाई संग जानकारी लिएका थिए।



उकालो घुम्तिमा साईकल कुदाउदै कुनै स्थानमा डोराउदै फेसबुक लाईभ गर्दै मानेभञ्ज्याङ साईकल टोली अक्सली पार्कको फेदीमा पुग्दा घामको प्रकास पाखा पखेरु तिर फिजी सकेको देखिन्थ्यो। बलबहादुर ग्रामिण सडक धिमिले जाने चोकमा पानी पिउदै र थकान भुलाउदै गर्दा फोटो भिडियो खिच्यौ। बालेथामको कुईनेटामा पुग्दा निलो आकस मुनि क्षितिज संग मुस्कुराउदै बसेको देखिन्थे नुम्बुर हिमपर्वत मालाको लस्कर। हर्षको उन्माद छर्दै मानेभञ्ज्याङ साईकल टोली घिमिलेको किवि फार्मको आडैमा भएको खाजा घरमा  किवि र डालमुट खादै खुशीका तरंग साट्यौ। ज्याँदै स्वाँदिष्ठ किवि थियो। करिव १५मिनेट बिस्राम पश्चात साईकल टोलीको जोस र खुशीको उमंगको उत्सकर्ष संगै कोल्टार तिर सोझियौ। सिद्धिचरण राजमार्गमा आनन्दि हुँदै साईकल गुडाउदै गर्दा बेला बखतमा सवारी साधनले खुशीको  ज्वाँभाटा लाई खल्बलाउथे। कोल्टार गाउमा साईकलको लस्सकर देखेर गाउलेहरुले रमिता हेर्नका लागि आगनबाट निस्कदै छक्क पर्दै हेरिरहेका देख्यौ।


थकान मेटाउदै बल बहादुर समाबेशी ग्रामिण सडक चोकमा

बौद्ध डाँडामा थकान मेटाउदै लिब्जु उपोको शिर उच्च हुँदै बसेको दृष्य नियाल्दै १०मिनेट बस्यौ। त्यस पछि सिद्धिचरण राजमार्गलाई बिदाई गर्दै ऊबु गाउ जाने बाईरोडको बाटोमा फुस फुस धुँलो उडाउदै  साईकल गुडाउनुको मज्जा बिछ्टैको थियो। बाटो ओरालो भएकाले बौद्ध डाँडा बाट लिब्जु उपो धामको फेदीमा १०मिनेटमा पुग्यौ । फेदीमा पुग्नका लागि घुरेन बारीमा गहुँ र तोरीबारीले यात्रामा थप रौनक्ता थपी दिएको थियो। बारीमा काम गर्दै गरेका गाउलेहरु साईकलको ताती देखेर छक्क पर्दै हामीलाई हेरिरहेका देखिन्थ्यो।

लिब्जु उपो धामको फेदीमा साईकल राख्यौ। उपोलाई दर्शनका लागि सिधै उकालो बाटो भएता पनि ब्यावस्थित सिढी र रेलिङ निमार्ण गरेका रहेछ। आङगुस राई भाई बाहेक हाम्रो लिब्जु उपो पहिलो पटक दर्शनका लागि उक्लिदै थियौ। मानेभञ्ज्याङ देखि सधै मुस्कुराउदै बसेको उपोलाई नजिक बाट दर्शन गर्नमा सबैमा हुटहुटी देखिन्थ्यो। कटुस र गुराँस घारीको स्वच्छ र चिसो बतासको स्पर्स लिदै सिढी र रेलिङ समाउदै लिब्जु धाम पुग्नका लागि साईकल टोलीको हसिलो मुद्रा देखिन्थे । उक्लिदै गर्दा चराचुरुङ्गी अवाजले थप सुन्दरतामा रंग भरेको जस्तो लाग्दथ्यो।उक्लिदै गर्दा बन्यजन्तु र चराचुरुङ्गीको फोटो कटुसको रुखमा टाँगेको देखिन्थ्यो। कटुसघारीको प्वाँल बाट उक्लदाको थकान मेटाउने प्रयास गर्दा आँखाको ज्योती भरी ऊबुँ गाउको रहर लाग्दो बस्ति देखिन्थ्यो। २५मिनेटमा लिब्जु उपो धाममा पुग्यौ। आङगुस भाईलाई भने सक्नेलाई २० मिनेट र हिड्न नसक्नेलाई कम्तिमा ४०मिनेटमा लिब्जु उपो धाम उक्लि सकिने रहेछ सुनाए। सबैले दर्शनका लागि दान भेटी अछेता र धुप बत्ती बाल्दै घण्टी बजाउदै दर्शन गर्यौ। दर्शन पश्चात सामुहिक तस्विर साथै फेसबुक लाईभ गर्यौ पनि। लिब्जु उपो हाईकिङका लागि पनि उपयुक्त स्थान रहेछ।

लिब्चु उपो  दर्शन पश्चात बाटो पुरै ओरालो भएकाले बुङ बुङ धुलो उडाउदै पत्तो नपाई  ढ्वाँकुङ चोकमा पुग्यौ। चोकमा भएका गाउलेहरु पनि आस्चर्य हुँदै हामीलाई हेरेको देख्यौ। साईकल राख्दै ओरालोमा हात दुःख्यो कसैले झण्डै लडियो भन्दै थकान र खकुलो पेट भई सकेकाले खाजा घरको मेचमा बस्दै आफ्ना अनुभव सुनाउ थाले।


दुधकोशीमा आराम साथै अन्य मित्रहरुलाई पर्खदै

खाजा वाई  वाई पाक्दै थियो। आङगुस राई भाईले भैसीको दुध ग्लास र उसीनेको सुठनी थाल थालमा ल्याए। भोकको जोसमा सबैले ड्याम्की ड्याम लडाउन थाले। तातो तातो भैसीको दुध संग सुठनीको स्वाँदले सबै जना खुशीका साथ खाजा खाईरहेका देखिन्थे। ढ्वाँङकुङ चोकको शान्त वतावरणमा न्यानो र पारिलो घामको प्रकाशले पखेटा फिजाई सकेको थियो। सल्लाको मुढा राखेकाले घाम ताप्दै थकान भुलाउन थाल्यौ। आधा पेटलाई भरि बनायौ वाई वाईले।

ढ्वाँङकुङ चोकलाई पछाडि राख्दै साहुनीलाई धन्यवाद दिदै सलेवा पार्क तिर साईलको पाङग्रा सोझायौ। सलेवा पार्कको शौन्दर्यले मानेभञ्ज्याङ साईकल टोली वरिपरी साईकलमा फन्को मार्न थाले । कोहि फोटो र भिडियो फेसबुक लाई गर्न थाले। पार्कमा सामुहिक तस्विर खिच्यौ। लिब्जु उपोले सिधै माथी बाट हाम्रो चर्तिकला मुस्कुराउदै नियाली रहेको जस्तो लाग्थ्यो। गाउका युवा युवतीहरु पनि चकित पर्दै कहाँ देखि आउनु भएको भन्दै सोध्न थाले। मानेभञ्ज्याङ बाट आएका भन्दै उत्तर दिन्थे। करिव १०मिनेटको पार्कमा बस्यौ। घडि हेर्दा दिउसोको २ बजेको थियो।

सलेवा पार्क देखि बाटो पुरै ओरालो भएकाले साईकल बुरुक बुरुक उफार्दै फुङ फुङ धुलो उडाउदै म र आङगुस भाईले कान्ला तिर हाम फाल्दै गरेको जस्तो तरिकाले झर्दा साथीहरु पछाडि छोडिसकेको थियो। फोकुलको न्यानो वतारणमा पर्खदै बस्यौ साथीहरुलाई।  बाईरोडको बाटोमा साईकल कसरी दगुराउने अनुभव म आङगुस र कुमार भाईलाई थियो । फोकुलको वतारणमा १०मिनेट आराम गर्दै गर्दा साथीहरुले हात दुख्यो ब्रेक लगाउदा  लगाउदा भने। १४जना टिमको साईकलमा केहि समस्या देखा परेमा कुमार भाई साईकल मेकानीक्स थिए। उ जहिले पनि अन्तिमा हुन्थे।



रिकदुम गाउको घुमाउरो बाटोमा साईकल कुदाउनको आनन्द बेतोडको हुँदै थियो। दुधकोशी नदी आफ्नै लय लिएर सुसाउदै गुनगुनाउदै गरेका दृष्य देखे पछि आङगुस भाईलाई सुनाए लिब्जु ट्रेलको थप आकर्षण हो। घासे काट्दै गरेका गाउलेहरु पनि बाटामा देखिन्थे। बाख्रा गोठालेहरु पाखामा बाख्रा चराई रहेका देखिन्थे।सिधै पारी तल्लो रिचुवा गाउको खेतबारीमा हरियाली गहुँ बारी देखिन्थ्यो। गोठालेहरु सुईया र खुँईया पार्दै हामीलाई हेरिरहेको पनि देखिन्थे। पशुबगरमा आईपुग्दा सबैको अनुहारमा खुशीका रसले गदगद भएका देखिन्थे। दुधकोशी र रम्दु खोलाको पानीमा टाउको नुहान थाले। बगरे ढुंगामा आराम गर्दै भिडियो र फोटो खिच्न थाले।


सिठ्ठेनी घागी नजिकै सुखा पहिरोले गर्दा साईकल बोक्ने अभ्यास

सिठ्ठेनी घागीको पाटामा सुखा पहिरोले बाटो अवरोध भएकाले सबैले साईकल बोक्नुको उपाए बाहेक अन्य बिकल्प थिएन्।दुधकोशी नदीलाई बाँया राख्दै धुलो छर्कदै जयरामघाटमा ३बजे पुग्यौ। होटल बोडम मा असला माछा संग खाना खायौ। ओरालो बाटोमा साईकल दबाउदा पेट पुरै ओडार भई सकेकाले सबैले भोकको जोसमा ३ पटक खाना थप्दै मन्द गतिमा बहेको दुधकोशी बगेको हेर्दै खकुलो पटलाई डम्म बनायौ। गह्रो पेट बनाई ४बजे जयरामघाट बाट तल्लो रिचुवा गाउतिर लाग्यौ। तल्लो रिचुवा निवासी रिलदुक भाईले हाम्रो साईकल ट्रेलको ड्रोन बाट भिडियो लिनलाई प्रयास गर्दा हावाले ड्रोनलाई खयार घारीमा भित्र लगेकाले भिडियो लिन नसकेको कुरा बोडम होटलमा खान्की खादै गर्दा सुनाए ।


होटल बोडमा खानाको प्रतिक्षामा मानेभञ्ज्याङ साईकल टोली

बाटो पुरै उकालो भएकाले बेसी पाखाका कुईनेटामा पुग्दा थाकेर लोथ भएका थियौ। तल्लो रिचुवा गाउको तित्रीको फेदमा पुग्दा मामा मोहन थापा मगर(बिजुली माईला) ज्यूले खयरको चिया मिनरवाटर कोक फ्यान्ट र ड्यूका बोटलले न्यानो आतिथ्य गर्नु भयो। पसिनाले लुथ्रुक भएको ज्यान पिय पदार्थ र दुधकोशी बाट उठेर आएको चिसो पवनले स्पर्श गर्दा सबैको मुहारमा हर्षको तरंग देखिन्थ्यो।सूर्यको प्रकाश भुब्जुको शिरमा मित लगाउदै गएको देखिन्थ्यो। हाम्रो आतिथ्यको लागि धेरै नै आभारि छौ भन्दै बिजुली माईला मामा जी धन्यवाद दियौ। तल्लो रिचुवा गाउबाट ९जना साईकल यात्री ट्याक्टरमा आउने योजना बनाए। ट्याक्टर नआउनजेल म साईकल डोराउदै घुम्तितिर लागे। साधनेको घुम्ति आईपुग्दा ट्याक्टर झर्दै थिए। आङगुस कुमार गने साईकल चढ्दै पोखरी टार बाट साईल दबाउन थाले। म थाकेर लोथ भएकाले पोखरी टार बाट ट्याक्टरमा चढे। १०जना ट्याक्टरमा चढेर अडिमर्दन चोकमा पुग्दा साँझको ७३० भएको थियो। बाँकी ४ जना साईकल दबाउदै ८बजे आईपुगे। सबै आफ्ना घर तिर लागे। कुमार आङगुस र गने भाई साँस्पुले भ्याल्ली मेरो घर तिर झर्यौ। छिप्पेको साँझमा ३पाने र मकै भटामास खाँदै फेसबुक चलाउदै गफीदै साँझको ११ बजे सम्म बस्यौ।


तल्लो रिचुवाको तित्रिको चौतारामा थकान भुलाउदै 



आङ्गुस भाई तित्रीको चौतारामा थकान र मित्रहरुको गफगाफ सुन्दै




Thursday, November 25, 2021

200किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल

 

12 Nov2021

KTM-Mulkot

100KM



बौद्ध स्तुपालाई एक चक्कर लगाए। बौद्ध गेट बाट ६ बजे साईकल गुडाए। सूर्यको उषा नतङ्ग्रिदै चाबहिल तिर मोडिए। फ्याँट फुट्ट भेटिने देखिने बिजुलीका खम्बामा बलेको प्रकास मुनि साईकलमा गुड्दै गौशला आईपुग्दा मिरमिरे बिहानीले बिदाई गरि सकेको देखिन्थ्यो। सवारी साधनले कालो मुश्लाका धुँवाहरु ओकल्दै गरेका देखिन्थे। धुलोको पाउण्डर छर्की रहेको देखिन्थ्यो पूर्व जाने गाडीहरुको भेलाले कोटेश्वरको वतावरणमा। ६३० बजे कोटेश्वर चोकमा पुग्दा राम कुमार राई र कुमार मगर भाई आईसकेका थिएन्। फोन गरे आउदै गरेको बताए।

२००किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल काठमाण्डु देखि मानेभञ्ज्याङको लागि गुड्न अगाडि सामुहिक तस्विर खिच्यौ। पुर्व जाने गाडीको तातीलाई छिचोल्दै ६५५बजे कोटेश्वर बाट भक्तपुर तिर सोझियौ। खुल्ला सडक भएता पनि चिसो वतावरणले झापट दिदै थियो। ८बजे साँगा भञ्ज्याङमा पुग्यौ। रारा चाउचाउ अण्डा र कफी खाजा खायौ। खकुलो भएको पेट डम्म बनायौ। हसेरा होम स्टेमा खाना खाने योजना बनायौ। साँगा भञ्ज्याङ बाट ९बजे हिड्यौ। सूर्यको प्रकास छिप्पि सकेको थियो तर चिसो वतावरण थियो। सडकमा पुर्व जाने सवारी साधनहरुको उपस्थिति बाग्लो हुँदै गईरहेको थियो। सावधानीका साथ धुलिखेलका बाङ्गा टिङ्गा धुम्ति अनि उकालो छिचोल्दै काभ्रे भञ्ज्याङ कटी सके पछि रहर लाग्दो हिमालहरुको पंक्ति देखिन  थाल्यो। हसेरा होम स्टेमा पुग्दा १० बजेको  थियो। सूर्यको प्रकासले चौतर्फी ढाकी सकेको थियो । पात्ले गाउको हसेरा होमे स्टेको शान्त अनि स्वच्छ वतावरणलाई तर्साउने गरि रहेका सुनिन्थे छेवैको बिपी राजमार्गमा गुडेका सवारी साधनहरुले। हसेराको दलान बाट क्षितिज संग कुम जोडेर बसेको देखिन्थे हिमपर्वतमालाको लस्करले।



खाना खाई साईकल चढ्न लाग्दा ट्युव लेस टायर लाई सिसाले सानो प्वाँल बनाए छ। ट्युव परिवर्तन गरे। २ वटा फाल्टो ट्युव बोकेको थिए। बोकेको थिएन् भने यो ट्रेल बरबाद हुने थियो भन्दै राम कुमार राई र कुमार मगर भाईलाई सुनाए । पुर्व जाने सवारी साधन गई सकेकाले राजमार्ग खाली देखिन्थे। बाटो पुरै ओरालो भएकाले ४० मिनेटमा रोशी खोलामा पुग्यौ। रोशी खोला कञ्चन देखिन्थ्यो। वारीपारी काटेर राखेका धान देखिन्थ्यो। थुम्का बाट चिप्लिएर खसेको सूर्यको प्रकासले न्यानो थपी दिएको थिएन्। बेला बेलामा रोशीखोला वारीपारी गाउलेहरु धान झारी रहेका देखिन्थे। रोशी खोलाको सुस्केरा सुन्दै साईकलमा गुडि रहदाको आनन्द बिछट्टै भई रहेको थियो । थकान को अनुभूति भईरहेको थिएन्। सधै गाडी वा मोटर साईकलमा गुड्दाको भन्दा साईकलमा गुड्दाको मज्जा अर्कै भन्दै नेपालथोकमा कफी खानका लागि रोकियौ। कफि अडर गर्दै गर्दा सूर्य भिम नानीबाबु र मिन भाई पनि आईपुगे। उहाँहरु हाम्रा सहयोगी हुन् । ट्रेलको ब्यावस्थापन हेर्ने समुह। संगै बसेर कफी खायौ। रोशी खोलालाई बिदाई गर्दै सुनकोशी नदीको गड्तीर का दृष्य नियाल्दै साईकलका दबाउदै गर्दा कुमार भाईको प्याँडल खुस्क्यो। गणेस्थान सम्म नानीबाबुको मोटरसाईकले बोके। वेल्डिङ गरे पछि पुनः कुमार भाई हामी संग जोडिए। मुलकोट ३३०बजे पुग्यौ। १०० किलो मिटर दुरी साईकल बाट छिचोल्यौ भन्दै खुशीको तरंग सबै संग साट्यौ। मुलकोटको होटल कुपनडोल थकाली किचनमा बस्यौ। कफी मःम खादै आनन्दित हुँदै गफिदै बस्यौ। गोधुली साँझको आगमन संगै सबैले नुहायौ। शुक्रवार भएकाले काठमाण्डु र अन्य स्थान बाट आएका आगन्तुक हरुको पनि हल्का चहलपहल देखिन्थ्यो। माछाको सुप संग साँझको खाना खायौ। भोलि बिहान ५ बजे उठ्ने सल्लाह गर्यौ। ९ बजे बिस्तारामा ढल्कनै बित्तिकै निदाए छु।

 

 

13Nov 2021

Mulkot-Manebhanjyang

200KM

मुलकोट बाट ५२०बजे निस्क्यौ। चिसो वतारण थियो। सुरुमै उकालो बाटो भएकाले सास स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै उक्लिदै थियौ। उज्यालो हुने सुरसार गरेको देखिदैन्थ्यो। सुनकोशी नदीले हल्ला गरेको सुनिदैन्थ्यो । तीन घुम्ति उक्लिदा बल्ल मिरमिरे बिहानी हुने प्रयास गर्दै गरेको देखिन्थ्यो। फ्याँट फुट्ट सवारी साधन ओहोर दोहोर भएका भेटिन्थे।



ऐना राखिएको स्थानमा पुग्दा चिसो सिरेटो चलेको थियो। मन्दिरमा कुमार भाईले पुजा गर्नका लागि साईकल अड्याए। राम भाई र मैले ओरालोमा साईकल दबाउदै गयौ। राजमार्गमा सवारी साधन नभएकाले होसियारीका साथ गुडाउन आवश्यकता थिएन्। चौतर्फी चिसो र निलो आकास देखिन्थे। सूर्योदय हुनका लागि कुनै छाटकाट देखिदैन्थ्यो। मुलकोट देखि ऐना राखिएको थुम्का उक्लिनु पर्दा ज्यान थरक्क भई सकेको थियो । त्यस पछि बाटो पुरै ओरालो र तेर्सा भएकाले ज्यानले राहात हुँदै गर्दा रातमाटे आउनै लाग्दा उकालो बाटोमा ज्यानले अर्को मेहनत गर्नु परि रहेको थियो। रातमाटे थुम्का उक्लि सक्दा पसिनाले ज्यान भिजि सकेको थियो। डाँडा थुम्कामा सूर्यको पहेलो उषा बोकेर ओरालो झर्दै गरेको देखिन्थ्यो। रातमाटेका ब्यापारीहरु डोकामा समान लिएर आउदै गरेका देखिन्थे। पानी पिउदै थकान भुलाउदै १०मिनेट आराम गर्यौ।













रातमाटे देखि बाटो ओरालो भएकाले ४५ किलो मिटर प्रति घण्टाले हाम फाल्न थाल्यौ। खुर्कोट बजार आईपुग्नै लाग्दा ओरालो अनि नागबेली घुम्तिहरुमा सुनकोशी नदीको चिसो हावाको स्पर्स लिदै ५०किलो मिटर प्रति घण्टाको दरले ओरालोमा साईकलमा गुड्दाका आनन्द लिदै गर्दा खुर्कोटमा ६३०बजे पुग्यौ। कफी अडर गर्दै गर्दा सूर्य नानीबाबु र मिन भाई आईपुगे। अण्डा रोटी आलु चना र माछाको सुप खाई ज्यान अडिलो बनायौ।

चिसो वतावरण थियो। ८बजे खुर्कोट बाट साईकल गुडायौ। मध्य पहाडी लोकमार्गमा सवारी साधन गुडेका थिएन्। सुरक्षाको दृष्टिकोणले सुरक्षित थियो। यसपालीको बर्षाले धेरै स्थानमा पहिरो गएकाले सडक बिगारेको भेटिन्थ्यो। तीन ठाउमा उकालोले गोल्टार आईपुग्दा हुरुक्क भएका थियौ। त्यस पछि बाटो ओरालो भएकाले थकित ज्यानलाई राहत दिलाउन थाल्यो। मुर्की बेसीको उकालो बाटोमा१५मिनेट साईकल डोराउन थाल्यौ । कुडुलेको ओरालोमा साईकल हाम फालेको जस्तै गरि गुडादाको मोज बिछट्टै थियो।



नानीबाबुको बाईकमा कुमार भाईको साईकलको प्याडल खुस्केकाले फेरि बोक्न पर्यो। नवलपुरमा वेल्डिङ गरे। नवलपुर बाट बाटो सिधै ओरालो तेर्स्रो भएकाले सोखु खोला पुग्न सजिलो अनुभव भईरहेको  थियो। नारिम खोलाको ओरालमा साईकल दबाउनु पाउदको आनन्द अर्कै हुँदै थियो। कुमार भाई अगाडि बढे। मिन मगरलाई सोखु खोलामा खाना बनाई राख्नका लागि बिहानै पठाएका थियौ। मोटर साईकलम ३०मिनेट लाग्ने गाउ बाट ल्याएको लोकल भाले भुटभाट गर्दै छु भन्दै मिन भाईले सुनाए। सोखु खोलामा पुग्दा १२ बजेको थियो। भोकले लोथ भएर जुस खाएर आएको भन्दै राम भाई पनि १०मिनेट पछि आईपुगे। भोक को जोसमा ६ कोसा केखा खायौ। लोकल भालेको सुप संग खाना गजबले खायौ। सोखु खोलाको खान्कीले भोकलाई धपाए पछि २बजे सोखु खोला देखि हिड्यौ। हर्कपुरमा ३०मिनेटमा पुग्यौ। भडारे खोला पुग्दा ३बजेको थियो। घामले हैलन्ठु बनायो। पसिनाले आलासतालस बनायो। भडारेखोलामा मुख धोयौ। घाम ढल्के पछि मात्र उकालो लाग्ने योजना बनायौ । खोलामा एक घण्टा आराम गर्यौ। घडीको सूर्यले ४ बजेको देखाए पछि उकालो घुम्तिमा खुईया गर्दै साईकल डोरायौ। थाकेर लोथ हुँदै मितेरी भञ्ज्याङ पुग्दा गोधुली साँझले स्वागत गरि सकेको थियो। वतावरण चिसो हुँदै गईरहेको थियो। ब्याकुल माईलाको गाउमा प्रवेष गर्यौ भन्दै खुशीले हिलापानीका घुम्ति सडकमा साईकल डोराउदै उक्लिदै रह्यौ। हिलापानी गाउको सिरानको थुम्का आईपुग्दा झम्के साँझ भईसकेको थियो। चकमन्न रातमा बिजुली बत्तीको प्रकासले हिलेपानी गाउको सौन्दर्य रहर लाग्दो देखिन्थ्यो। गोगन पानी निस्कनको लागि तीन ठाउमा बिसाउदै पुगेका थियौ। बिसाउदा भुसुक्कै निदाएका पनि थियौ। ज्यादै लण्ठु भएको थियो। साँझको ८३०बजे थाक्लेमा पुग्यौ। वाई वाई खाई ज्यानलाई फुर्तिलो बनायौ। ९३० बजे तल्लो थाक्ले बाट मानेभञ्ज्याङ तिर लाग्यौ। चकमन्न रातमा आनन्दित हुँदै साईल दबायौ। मानेभञ्ज्याङको साँस्पुले भ्याल्लीमा साँझको १०३० बजे पुग्यौ। २०० किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल समाप्त भएको खुशी राम कुमार राई कुमार मगर र मैले साटासाट गर्यौ। तातो पानीमा नुहाई धुवाई गरि लोकल तिन पानेको स्वाँद लिदै ईन्टरनेट चलाउदै गफीदै रातको १बजे सम्म बस्यौ।   

Monday, February 1, 2021

स्वर्णिम दिनहरु

पल्टनको समाजमा साब र गुरुजीहरुको निवासमा नेपाली पर्वमा जमघट गर्नको ती दिनहरुलाई आज नियाल्दै जादा। 













Thursday, July 2, 2020

Upper Dolpa Trek Day-14

भिजेर- शेगुम्बा

25 May 2019



0730Hrs बजे टासिबुटि बहिनी र उनकी अन्य साथीहरुलाई धन्यवाद भन्दै भिजेर गाउ बाट हिड्यौ। चिसो बिहानीमा सूर्यको किरण प्रवेष भई सकेको थिएन्। चारैतिर नाङ्गा पहाडको उपत्यका भित्र लुकेर बसेको सुन्दर भिजेर गाउलाई छाडेर जाने रहर थिएन् । भिजेर गाउको छेवैमा तर्न नसकिने खोला आफ्नै लय सुनाउदै थियो। काठेपुल तर्ने बित्तिकै नाकै भाँचिएला जस्तै  उकालो बाटो शुरु हुन थाल्यो। खुईया गर्दै उक्लि रहयौ। उक्लिदै गर्दा नाउरको बथान चर्दै गरेका केहि सुतिरहेका देख्यौ। खुईयाँ गर्दै भिजेरको थुम्का सामुन्द्रिक सतह बाट 4815 मिटरको पासमा उक्लिदा सम्म पनि घामको कलिलो किरण पासमा पोखि सकेको देखिदैन्थ्यो ।


पासमा पुग्दा खुशीले गदगद भए। हरि भाईले तल देखिएको गाउ  टाटा गाउ साथै ऐतिहासिक गुम्बा भएको ठाँउ हातले ईसारा गर्दै देखाए।  चारै तिर हिमालहरुको पंक्ति मुस्कुराईरहेको देख्दा थप रौनकत्ताको  खुशीले चौप्ट भएको थिए म। पास बाट चारैतिरका फरक दृष्यका हिमाल र नाङ्गा पहाड हेर्नु बिशेष रहेछ।  हिउले बिगारेको बाटामा हिड्दै गर्दा भिजेर गाउका र ३ जना भिजेर देखि साल्दाङ गाउ सम्म सडक सर्वे गर्नका लागि ईञ्जिनियरहरु भेट्यौ। बाटो तेर्स्रो भएकाले थकानको महसुस भईरहेको थिएन्। पाटन तिर च्याङ्ग्राका हुलहरु चरिरहेका देखिन्थे। हल्का भोक लाग्ला जस्तो अनुभव भएकोले कलकल बग्दै  गरेको खोला छेउमा आँखाले हेरि भ्याउने चौउरमा बसेर बोकेको फापरको रोटी र चिया पियौ। प्राय धेरै जसो ठाँउमा बाटो उकालो भेटिन्थ्यो। हिड्दै गर्दा घाम चरक्क चर्केको थियो। ओरालो बाटो झर्दै गर्दा थाकेको महसुस भएकाले खोला छेउको हरियो चौउरमा एक घण्टा सुत्यौ।

उकालो बाटोमा लोथ हुँदै शेगुम्बा जानका लागि अन्तिम पास 4830 मिटरको पास छिचोले पश्चात ओरालो बाटो शुरु हुन थाल्यो। पास बाट मनोरम क्रिस्टल हिमालहरुको लस्कर देख्दा मन फुरुङ्ग भएको थियो। शेगुम्बा पुग्नलाई चार हजार भन्दा माथिको तीन वटा पास छिचोलेर शेगुम्बामा पुग्दा थाकेर लोथ भएको थिए। शेगु्म्वामा साँझको 1830Hrs पुग्यौ। नावरहरुको बथान बास बस्नका लागि पाखामा तयार भएको देखिन्थ्यो। मुख्य गुम्बा बाहेक जम्मा ४ वटा घरहरु रहेछन्। हरि भाईले चिनेको लामा बाजेको घरमा छिर्यौ। लामा बाजेले सजिलै हरि भाईलाई चिनी हाले। भोटे चिया संग सातु खादै भोकलाई दबाई रहेका थियौ।  गफगाफमा लामा बाजे राजनिति कुराहरु बडो ब्यावहारिक ढंगले भन्थे । बिकासको नाममा कसरी बजेटलाई गोदछन् भनेर। गुम्बा हेरचाह गर्न उहाँको पालो भएकोले यो साल अन्तिम हो मेरो भन्दै सुनाए। गुम्वाको सक्ली मुर्ती चोरि सक्यो नक्कली मात्र छ। दुःखी हुँदै सुनाए। । लामाका श्रीमती चौउरीहरुलाई खोले दिदै थिईन्। हरि भाईले किचनमा साँझको थेन्दुक बनाउदै थिए ।  खाना नपाकुञ्चेल सम्म माथिल्लो भेग डोल्पाको कथा र ब्याथाहरुको कुरा सुन्दै बसे म। हरेक दुई दुई सालमा गुम्बा हेरचाहको लागि साल्दाङका हरेक घरवालाहरुले आफ्नो पालोमा गर्नु पर्ने  नियम भएको सुनाए। कुराकानी गर्दै गर्दा हरि भाईले थेन्दुक तयार बनाई सके। हामी ४जना बसेर खायौ। 2100Hrs सुत्यौ। ढल्कके बित्तिकै भुसुक्कै निदाए छु। 






Monday, June 1, 2020

खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउको चिनारी



खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउको चिनारी।



ओखल्ढुंगा जिल्ला मानेभञ्ज्याङ गाउपालिकाको वडा नं ६मा पर्ने तल्लो रिचुवा गाउ। खप्तरी मगर,मुरी मगर र राई समुदायको मिश्रित बस्ति रहेको छ। सामुन्द्रिक सतह बाट ५०० मिटरमा अवस्थित रहेको छ तल्लो रिचुवाको बस्ति। पुछारमा दुधकोशी नदी उत्तरमा ठाडेखोल र रम्दुखोला। दक्षिणि भेगमा जोडीखोला रहेको छ। तल्लो रिचुवा गाउ उर्वर भूमि हो। बर्षको ३ कमाई हुने गर्दछ। तल्लो रिचुवा गाउको मौसम नेपालको अन्य स्थानको भन्दा फरक रहेको छ। जाडो समयमा जाडो नहुने। गर्मी याममा भने अत्याधिक गर्मी हुने यस गाउको मौसम रहेको छ। खेती किसानको लागि यो गाउमा ठाडेखोला बाट परम्परागत कुलो रहेको छ।


उम्बुले राई र मुरी मगर कसरी आईपुगे तल्लो रिचुवा गाउमा त्यसको जानकारी पुर्ण नभए पनि स्व खम्ब सिं खप्तरी मगरले भन्नु हुन्थ्यो । जो उहाँ मेरो आफ्नै मावली बाजे हुनुहुन्थ्यो। बाजेले गफगाफ गर्दा भन्नु हुन्थ्यो। मेरो बाउ सिंग मान खप्तरी मगर  । सिंग मान खप्तरी मगरको बाउको नाम बिर नन्द खप्तरी मगर। बिर नन्द खप्तरी मगरको बाउ,बाजे र बराजुको नाम थाहा नभएको।  बिर नन्द खप्तरी मगरको च्याब्जु। बिर नन्दको ४ पुस्ता अगाडि।  थानी बाजे भैसै ओडारमा बस्नु हुन्थ्यो। थानी बाजे को प्रख्यात थान तल्लो रिचुवाको बेसी पाखमा रहेको छ। थानी बाजेको बिषयको बिशेषता पछि उल्लेख गर्ने छु।


जुन भैसे ओडार अहिले पनि ठाडेखोला भेगको  झाँक्री गुफा नजिकै अवस्थित छ। उ बेलामा थानी बाजेले भैसी धेरै पालेकाले भैसीको गोबर अझै उक्त ओडारमा देख्न सकिन्छ। ओडार वरिपरि अझै बाल्लो कदम घारी रहेको छ। भैसी ओडार बाट खप्तरी मगरको थाक थलो भई  तल्लो रिचुवामा फैलिएको हुनु पर्छ। स्वर्गिय बाजे खम्ब सिंले भन्नु हुन्थ्यो मलाई। भैसे ओडार पुग्न २०मिनेट लाग्द छ। तल्लो रिचुवा गाउ बाट। स्वर्गिय बाजे खम्ब सिं खप्तरी मगरले अर्को अनुमान पनि  गर्नु हुन्थ्यो। मानेभञ्ज्याङ गाउपालिका वडा नं २मा अवस्थित वाक्सामा फलाम खानी थियो। वाक्सा बाट तल्लो रिचुवामा तामा खानी भएकोले खानी खन्नको लागि आएको होलान् र यतै बसोबास गरेका होलान् सायद। खप्तरी मगरलाई खानीवाले मगर पनि भन्छन्। खानीमा काम गर्ने भएकाले।


कहाँ छ त तामाखानी तल्लो रिचुवामा? दुधकोशी नदी बुढुवा घागी भन्दा केहि माथिको पहरामा तामा खानी खनेको सुरुङ रहेको छ। तामा खन्ने क्रममा सुरुङमा पहिरो गएर मान्छेहरु बाटो छेकीएर मृत्यु भए पछि तामा खानी बन्द भएको कुरा स्व खम्ब सिं खप्तरी मगर ले बताउनु भएको थियो। स्व खम्ब सिं खप्तरी मगरको बाबा सिंग मान को पाला सम्म तल्लो रिचुवाको तामा खानी संञ्चालन भएको थियो । खानीबाट निकालिएको तामाको ढुंगालाई पोल्ने ठाउमा अझै पनि पोलेका अवशेषहरु देख्न सकिन्छ तल्लो रिचुवा गाउमा।


सिंग मान खप्तरी मगर त्यस ताका खानीवालाको अध्यक्ष देखि राणाकालको मुखिया थिए । सिंग मान बिक्रम सम्वत् २०३४ सालमा मृत्यु हुनु भएको थियो। तल्लो रिचुवाको तामा खानी किन र कसरी बन्द भए भनि बाजे खम्ब सिं खप्तरी लाई कुराकानी गर्दा । उहाँले भन्नु हुन्थ्यो। मैले मेरो बाबा सिंग मान लाई सोधेको थिए। खानीको सुरुङ भत्किएर मान्छेहरु थुनिएर मरेकाले तामा खानी बन्द भएको कुरा भन्नु भएको थियो।

अव जोडौ प्रसंग थानी बाजे को। थानी बाजे अलौकीक शत्ति उहाँको। तल्लो रिचुवाको खप्तरी मगर समुदायले थानी बाजेलाई कुल देवताको आस्था राख्दै आईरहेका छन् साथै पुजा आजा गर्दै आईरहेका छन्।


थानी बाजेको थान कस्ले बनाए कसरी उत्रिए भन्ने जानकारी नभए पनि । मैले थाहा पाए देखि तल्लो रिचुवाको थानी बाजे धेरै नै प्रख्यात थियो। गाई भैसी दुहुदा दुध नदिदा साथै बाख्राले पाठा पाठीलाई दुध खान नदिदा थानी बाजेलाई बोका वा भाले भाकल गरे पछि एकै क्षणमा ठिक ठाक हुने आस्था च्यास्मी कदुवा हिलापानी घलेसार जाक्मा थाक्ले उबु उदयपुर माथिल्लो रिचुवा चेरुङ  गाउ थाक्ले भोर्ले टोक्सेल माधापुर रागापुर मानेभञ्ज्याङ र ओखरबोटका गाउकाले बोका भाले पुजा गर्न आउथे तल्लो रिचुवाको थानी बाजेको थानमा । बोको र भाले पुजा गर्न थानी बाजेको थानमा  मावली बाजे संग धेरै पटक गएको थिए म। बोकाको टाउको र भालेको टाउको पोलपाल गरि झोल बनाई धेरै पटक खाएको थिए बाल्यकालमा मावली घरमा जादा। अहिले पनि आस्था भएकाले फाटफुट पुजा गर्न थानी बाजेकोमा आउने गर्दछन्।

खम्व सिं खप्तरी मगरको साईला भाई स्व बाजे ललित बहादुर खप्तरी मगरले एक दिन थानी बाजेलाई गाली गर्दा रातै भरी घर मास्तिर बाघ कराएर सुत्नै नदिएको र पछि थानी बाजेलाई भाकल गरे पछि गोरे डाँडा हुँदै ठाडे खोला तिर कराउदै गएको कुरा बाजे खम्ब सिंले मेरो आमालाई सुनाएको थियो। सिंग मान खप्तरी मगरको ४ भाई छोरा र २ बहिनी छोरी थिए। सिंग मान को माईला छोरा खम्ब सिं खप्तरी मगरको ५ छोरा र ६ छोरीहरु गरि जम्मा ११ जना  बाल बच्चाहरु छन्। साईला छोरा ललित बहादुर खप्तरी मगरको ३ छोरा र १ छोरी छन्। कान्छा छोरा अम्बर बहादुर खप्तरी मगरको २ छोरा र ३ छोरीहरु छन्। सिंग मानको बाल बच्चा कान्छा मात्र जीवित हुनु हुन्छ। उहाँ बृटिस सेनाको गोर्खा मेजर पदबाट अवकास हुनु भई काठमाण्डुमा बसोबास गर्नु हुन्छ। खम्ब सिं का छोराहरु बृटिस सेनामा जागिर खान्थे र हाल सबै बेलायमा बसोबास गरेका छन्। ललिल बहादुरको पनि बेलायाती सेनामा जागिर खाई अवकास जीवन काठमाण्डुमा बिताई रहेका छन्। सिंग मानको जेठा छोराको खलक मात्र तल्लो रिचुवा गाउमा बसोबास रहेको छ। सिंग मान खप्तरी मगरको जेठा छोरा बाहेक अन्य ३ छोराहरु बृटिस सेनामा जागिर खाएका थिए।  

अन्तिममा खप्तरी मगरको थाक थलो तल्लो रिचुवा गाउनै हुनु पर्छ होला भनेर स्व बाजे खम्ब सिंले भन्नु हुन्थ्यो। उहाँ आज भन्दा २ बर्ष अगाडि ९३ बर्षको उमेरमा मृत्यु हुनु भएको थियो।


तल्ली रिचुवा गाउ अन्तरिक पर्यटकको लागि सम्भावना रहेको गाउ हो। ठाडे खोलामा भएको झाँक्री गुफा र भैसे ओडार  बुढुवामा अवस्थित तामा खानी खनेको सुरुङ र ओडार डाँडामा रहेको अक्करमा चुहिरहेको शिला जी नियाल्न तल्लो रिचुवा गाउले पर्खि बसेको छ। तल्लो रिचुवा गाउमा खयार रुख पनि ज्यादै राम्रो संग हुने भेग हो। तर अहिले तल्लो रिचुवामा भएको बनपाखा देखि कान्ला बारी र खरबारीका खयारहरु सबै निमिट्यान भई सकेका छन् बेचबिखनले गर्दा। अहिले नाङ्गो पाखामा  केवल सतिबयार र धयार घारीमात्र देख्न सकिन्छ।


तल्लो रिचुवा गाउमा २०२२ साल भन्दा अगाडि ५ प्रजातिको बाघहरु पाईन्थे भन्थे मेरी स्व आमाले। त्यस बेला बाघले अतिनै दुःख दिएकाले जिल्ला बाट बाघ मार्ने अधिकार  र उर्दी दिएकाले दबाई दिएर धेरै बाग मारेको कुरा भन्नु हुन्थ्यो। त्यो बेलामा देखेको मध्यमा एक प्रजातिको बाघ मैले अझै टिभिमा देखिको छुईन् भन्थे आमाले म संग कुराकानी गर्दा। तल्लो रिचुवामा पाईने त्यस बेलाको बाघ पाटे ,सिंह, चितुवा, कालो रंगको बाघ। कालो रंगको बाघ भने पछि जागुर र अन्तिम मा पाटे बाघ र सिंह भन्दा बेग्लै किसिमको बाघ थियो। उहाँ किसोरी हुँदा तल्लो रिचुवामा छिरी नसक्ने बनजंगल थियो भनेर मलाई भन्नु हुन्थ्यो।  
















Saturday, May 23, 2020

Upper Dolpa Trek Day-13


High Camp- Bhijer

24May 2019
भिजेर गाउकी राजदुतको गाउमा पुग्दा





















माथिल्लो डोल्पा भिजेर  गाउकी राजदुत टासीबुटी संग। बाँया बाट टासीबुटी लामा ।


0600Hrs उठ्यौ । वाई वाई को सुप र चिया पियौ। ज्यान न्यानो बनायौ। छेवैमा खोला बगेको आवज सुनिन्थ्यो। नाङ्गा पाखा र शिखरमा हिँउको चमक देखिन्थ्यो। शान्त वतावरणमा रमाउदै 0630Hrs ओरालो बाटो पच्छाउदै झर्न थाल्यौ। हिड्दै गर्दा बिदेशीले संञ्चालन गरेको चिज फ्याँक्ट्री भवन सिजन नभएकाले बन्द भएका देख्यौ। खोलापारी गोठमा धुवाँ उडिरहेका देखिन्थे। चौरी र याकहरु पाखामा चर्दै गरेका देखिन्थे। बाटो ‌ओरालो भएकाले थकानको महशुस भएको थिएन्। घामको प्रकास छिप्पि सकेको थियो। भिजेर गाउ आईपुग्नै लाग्दा बाटमा एक किशोरी बहिनी संग भेट भयो। काठमाण्डु बाट एसईईको परिक्षा दिएर गाउमा आएकी रहेछिन्।  दाउरा खोच्न पाखा तिर हिडेकी बताईन् । गफगर्दा फर्सीला तरिकाले बोल्थिन।


वारीपारी नाङ्गा पाखाको बिचमा कञ्चन खोला बगेको थियो। भिजेर गाउको भौगलिक स्वरुप अकल्पनिय ढंगबाट निर्मित रहेछ। आँखाले हेरि भ्याउने टारबारीमा मोहित पार्ने बस्तिको  शौन्दर्य आँखै भरी नृत्य गरि रहको देख्दा हरिभाईलाई  भिजेर गाउ स्वर्गको एक टुक्रा खसेर बसेको जस्तै रहेछ भने। भिजेर गाउ सामुन्द्रिक सतह बाट 3840 मिटरको उचाईमा अवस्थित जीपीएसले देखाउदै थियो। ऊवाँ छर्नका लागि गाउलेहरु गरा कान्ला खन्दै गरेको देखिन्थे। हिड्दै तस्विर र भिडियो खिचे। गाउको सिरानमा पाठशाला भवन रहेछ। स्कूले नानीहरु घाम ताप्दै पढ्दै गरेका देखिन्थे। गाउको पुछारमा बिदेशीको अनुदानमा निर्मित साथै अनुदान बाटै संञ्चालित हस्पिटलमा पुग्दा0830Hrs भएको थियो। 

हरि भाईको चिनारु टासीबुटी बहिनी हस्पिटलको बार्दलीमा चिया पिउदै गरेको देख्यौ। उहाँकै घरमा बस्ने योजना हिजै हरिभाईले मलाई सुनाएका थिए।टासीबुटी बहिनी पिउदै गरेको चियाको कप संगै आगनमा ओर्लिए। अर्की आर्युवेद बहिनी र कुक बहिनी पनि आईन्। भोटे चिया पिउदै प्राङ्गनमा घाम ताप्दै गफ गर्न थाल्यौ। सिजनमा भिजेर गाउका गाउलेहरुको दुःखी रहेका घाउहरुलाई मलन लगाउन आउने र बेसिजनमा काठमाण्डु मा बस्ने बताईन्। भिजेर गाउ र फो गाउमा  परिचित डाक्टर भनेर चिनीने गर्दा रहेछन् टासीबुटी बहिनीलाई। भिजेर गाउमा उनीको नाम त चुलीमानै रहेछिन्। टासीबुटी स्टाफ नर्सको गुणगान मलाई हिजै हरि भाईले बताएको थियो। उहाँको कुरा गर्ने शैली देखि म प्रभावित भईरहेको थिए। नेपाल सरकारको उपस्थित नभए पनि मैले सकेको मेरो जन्मभूमि गाउलाई सकेको सेवा र बिकास गर्नमा लागि रहेने कुरा बडो मृदुभाषी तवरले बताईन मलाई।मनमनै सोचे टासीबुटी बहिनी भिजेर गाउकी मात्रै नभएर माथिल्लो डोल्पाकै राजदुत रहेछिन् । उनीमा जोस जाँगर र उत्साहले भरेको देखिन्थे। 
गफगर्दै गर्दा फो गाउका २ जना महिलाहरु लाई टाउको दुखेको दवाई खाने तरिका सिकाईन्। भोटे भाषामा। यी दुई जना हिजो आएकी हुन्। आज दबाई लिएर फो गाउ फर्कन्छन्।  आउन १ दिन र फर्कन १ दिन लाग्ने कुरा बताईन् टासीबुटी बहिनीले। हरेक शुक्रवारका दिन टासीबुटी बहिनीले स्वस्थ्य सम्बन्धी स्कूलका नानीहरुलाई शिक्षा दिने बताईन्। घडी हेरिन् स्कूल जाने बेला भएछ भन्दै कोठा तिर लागिन्।  मौलिक भोटे भेषभुषामा सजिएर भरै कुरा गरौला भन्दै स्कूल तर्फ गईन् 1145Hrs। खाना खाए पछि सुत्यौ हरि भाई र म। 1400Hrs ब्युँझ्यौ। टासीबुटी बहिनी संग कुराकानी गर्दै भोटे चिया पियौ। घाम सिधै झरिरहेको थियो। हावा हल्का चल्दै थियो। चारै तिर नाङ्गा पठारको बिचको उच्च हिमाली बस्तिमा रोचक वतारण देखिन्थ्यो। 

बिदेशी अनुदान बाट संञ्चालित स्कूलका शिक्षकहरु संग गफगाफ गर्न लाग्यौ 1500Hrs। भिजेर गाउमा नेपाल सरकारको उपस्थिति केहि देखिएन्।बरु घरको घुरीमा फ्रान्सको राष्ट्रिय झण्डा फर्फराई रहेको देखिन्थ्यो। स्कूलमा पुग्दा च्याँङ्ग्राको मासु काटकुट गरिरहेका देख्यौ। हेडमास्टर र अन्य शिक्षकहरु  हरि भाईको गाउतिर भएकाले सजिलै चिनि हाले। परिचय भए पछि चिया पिउदै कुराकानी गर्न थाल्यौ। यार्साको सिजन हुन लागेकाले एक हप्ता पछि स्कूल बिदा हुने कुरा हामीलाई बताए। होस्टेलमा बस्ने केटाकेटीहरुका लागि हरेक १५ दिनमा महिनाको २पटक  च्याँङग्राको मासु काटेर खुवाउनका लागि बिदेशीले अनुदान दिएकाले काटकुट गर्दै गरेको देखाउदै सुनाए हेड सरले। हेड सर र अन्य शिक्षकहरु हरि भाई संग डोल्पा जिल्लाका  राजनितिज्ञ र प्रतिनिधीहरुको आलोचना गरेका कुराहरु सुन्दै बसे म। 1700Hrs स्कूल बाट फर्क्यौ। 
फर्कदा सूर्यको किरण चुचुराहरु बाट पछाडि सर्दै गरेको देखिन्थे। बस्तिको घुरीमा रंगीन थाङ्काहरु फरफराई रहेको देखिन्थे। बस्तिकै छेवैमा कञ्चन पानी बग्दै गरेको आवाज सुनिन्थ्यो। टासीबुटी बहिनीको आगनमा पुग्दा गोधुली साँझको आगन आउनका लागि लोभ्याउने खालको वतावरण उपस्थितिको लागि संकेत देखिदै थियो।
    

हामी घुमन्ते २ जना टासीबुटी बहिनी लगाएत१ जना आर्युबेद बहिनी र १ जना कुक बहिनी लगात जम्मा ५जना मिलेर साँझको थेन्दुक बनाउन लाग्यौ। टासीबुटी बहिनीलाई भिजेर देखि स्टाफ नर्स हुनका लागि गर्नु परेका यात्राहरुको बारेमा जिज्ञासा सोधे। बिदेशी छात्रबृती बाट काठमाण्डुमा पढ्न पाउने अवसर देखि स्टाफ नर्स पास गर्न बिदेशी सहयोग पाएकी बताईन्। सिजनमा भिजेर गाउमा आई बिरामीहरुको सेवा गर्ने र बेसिजनमा काठमाण्डुका अस्पताल साथै अन्य आईएन जीओको गतिबिधीमा ब्यस्त रहने कुरा भनिन्। अब अर्को साल देखि यहि गाउकी एक जना बहिनी स्टाफ नर्स भएकी छिन् । तिनी आउछिन्। म अन्य क्षेत्रमा कार्यमा ब्यस्त रहन्छु। अर्को साल बैवाहिक जीवनमा बाँधिने योजना भएको बताईन्। गफगाफ गर्दै थेन्दुक पनि तयार भयो। संगै बसेर खायौ। थेन्दुको शक्तिले भोलि सजिलै शे गुम्बा पुगिएला भन्दै हरि भाईलाई सुनाए। माथिलो डोल्पा भेगमा थेन्दुको बनाउन शिपालु र मिठो बनाउने आफ्नो परिचय बनाई सकेको रहेछ हरि भाईले। यि बहिनीहरुले पनि हरि भाईको थेन्दुको स्वाँदको तारिफ गरे। ३ जना बहिनीहरु टिभि हेर्न थाले। शुभरात्री भन्दै सुत्न लाग्यो हामी।  





Saturday, May 2, 2020

Upper Dolpa Trek Day-12


Saldang- High Camp(Vijer)
23 May 2019



हिजो बुलुकीको उब्रेको थेन्दु संग वाई वाई खाजा खायौ। ज्यान तातो बनायौ। लामा बाजेका बुहारी चौरीका दुध दुहुदै थिए। सबै जनालाई फेरी भेटौला भन्दै 0630Hrs सालदाङ बाट हिड्यौ।लामा बाजेले आफ्नो घरको पछाडी सम्म हामीलाई छोड्न आए। उकालो बाटो देखाउदै त्यहि थुम्का कटेर नाङडोला पास आउछ । पासमा हिँउ छैन होला आज आरामले भिजेर पुग्छ भोटे लवजमा भने। लामा धन्यवाद फेरि भेटौला भन्दै उकालो बाटो लाग्यौ। उक्लिदै गर्दा घामको प्रकास छरिसकेको थियो। लामा बाजे घाम ताप्दै हामीलाई हेर्दै बसिराखेका देखिन्थे। उक्लिदै गर्दा कारभान फिल्मका नायक थिन्लेको घर त्यहि हो भन्दै हरि भाईले देखाए।


उचाई बढिरहेको थियो। सास बढिरेहको थियो। कछुवा गतिमा उकालोमा उक्लि रहयौ। उक्लिदै गर्दा सानो पोखरी भेट्यौ।  नेपाल टेलिकमको टावर निमार्ण भईसकेको देख्यौ। लामा बाजेले अबको २ महिना भित्रमा टेलिफोन सेवा गाउमा चल्छ भनेको थियो हिजो हामीलाई। कराङ गाउ सिधै तल देखिरहेको थियो। सालदाङ गाउलाई थुम्काले छेकीसकेको थियो। 4600 मिटरको उचाईमा पुग्दा खाजा खाने सल्लाह भयो। हरि भाईले तातो पानी तताउन थाले। आचार संग फापरको रोटी खाजा खायौ। तातो पानी र चिया पियौ। ज्यान तातो बनायौ। बादलले घामलाई लुकाउने र छोड्दै गरेको वतावरण थियौ। ४५ मिनेट सुत्यौ।

ब्युँझिए पछि चारै तिर मुस्कुराएर बसेको हिमालको तमास नियाल्दै उक्लिदै गर्दा नाङ्डोला पास वरिपरिका हिमालहरु देखिन थाले। नेपाल र चाईना तिरका हिमालहरुले क्षितिज संग मिले बसेको देखिन्थे। नाङ्डोला पास पुग्नै लाग्दा हिँउ संग कुस्तिनै खेल्नु पर्यो। कहिले भासिने कहिले पछारिने चिप्लिदै गर्दै स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै 5370 मिटरको नाङ्डोला पासमा पुग्दा हर्ष र उल्लाष छाउन थाल्यो।
देखिदै गरेका हिमालका चुचुराहरुलाई कुहिरोले छोपि सकेको थियो। पास बाट छेवैमा ढाका टापी लगाएर बसेको जस्तै आकृतिमा रहर लाग्दो हिमाल मुस्कुराउदै बसेको देख्न पाउदा खुशीले गदगद भए। ईच्छा पुगुञ्जेल तस्विर र भिडियो खिचे। पासमा १५मिनेट बस्यौ। पास बाट झर्दै गर्दा हिउले कुटेर राखेको जस्तै लाग्ने चिउराको आकृतिमा देखिने खालका काला ढुंगामा टेक्दै हिड्दा थकानको महसुस भएको थिएन्।

आकासमा कालो बादलको हुल हिमालको टाकुरा तिर उड्दै  गरेको देखिन्थे। नाङ्गा पठारमा ४८८० मिटरको उचाईमा एक्यापले निर्माण गरेका एउटा हट भेट्यौ। भिजेर गाउ पुछारमा देख्दै थियौ। बाटो पुरै ओरालो भएकाले थकानको भान हुँदै थियो। खोलाको छेवैमा 4650 मिटरको उचाईमा भिजेर नपुग्ने हाई क्याम्पमा बस्ने योजना बन्यौ। 1630Hrs हरियो चौउरमा टेण्ट टाग्यौ। सिधै तल देखि रहेको याक फार्म र चिज फ्याँक्ट्री हो । हरि भाईले टेण्ट टाउदै मलाई सुनाए।  सालदाङ बाट बोकेको उसिनेको आलु रोटीको साथमा वाई वाई को सुप संग खाने भन्दै हरि भाईले पानी तताउन थाले। आकास खुलेको थियो। घाम किरण  टाकुराहरुको शिरमा पुगिसकेको देखिन्थे। टेण्ट भित्र खाना खाई सके पछि साँझ नपर्दै स्पिङ ब्याग भित्र सुत्न थाल्यौ। कोलाहल केहि थिएन्। शान्त वतारण थियो। छेवैमा खोला बग्दाको आवाज मात्र सुनिन्थे। हरि भाई आफ्नो मोबाईलमा डाउन लोड भएका भिडियो हेर्दै थिए। म नारायण गोपालका गीत सुन्दै हरि भाईले भने आज सालदाङ देखि १० घण्टा हाई क्याम्पमा आई पुग्यौ । भोलि सजिलै आरामले २ घण्टामा आरामले पुगिन्छ भिजेर हरि भाईले भने। गीत सुन्दै गर्दा निदाए छु म।








HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...