12 Nov2021
KTM-Mulkot
100KM
बौद्ध स्तुपालाई एक चक्कर लगाए। बौद्ध गेट बाट ६ बजे साईकल गुडाए। सूर्यको उषा
नतङ्ग्रिदै चाबहिल तिर मोडिए। फ्याँट फुट्ट भेटिने देखिने बिजुलीका खम्बामा बलेको प्रकास
मुनि साईकलमा गुड्दै गौशला आईपुग्दा मिरमिरे बिहानीले बिदाई गरि सकेको देखिन्थ्यो।
सवारी साधनले कालो मुश्लाका धुँवाहरु ओकल्दै गरेका देखिन्थे। धुलोको पाउण्डर छर्की
रहेको देखिन्थ्यो पूर्व जाने गाडीहरुको भेलाले कोटेश्वरको वतावरणमा। ६३० बजे
कोटेश्वर चोकमा पुग्दा राम कुमार राई र कुमार मगर भाई आईसकेका थिएन्। फोन गरे आउदै
गरेको बताए।
२००किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल काठमाण्डु देखि
मानेभञ्ज्याङको लागि गुड्न अगाडि सामुहिक तस्विर खिच्यौ। पुर्व जाने गाडीको
तातीलाई छिचोल्दै ६५५बजे कोटेश्वर बाट भक्तपुर तिर सोझियौ। खुल्ला सडक भएता पनि
चिसो वतावरणले झापट दिदै थियो। ८बजे साँगा भञ्ज्याङमा पुग्यौ। रारा चाउचाउ अण्डा र
कफी खाजा खायौ। खकुलो भएको पेट डम्म बनायौ। हसेरा होम स्टेमा खाना खाने योजना
बनायौ। साँगा भञ्ज्याङ बाट ९बजे हिड्यौ। सूर्यको प्रकास छिप्पि सकेको थियो तर चिसो
वतावरण थियो। सडकमा पुर्व जाने सवारी साधनहरुको उपस्थिति बाग्लो हुँदै गईरहेको
थियो। सावधानीका साथ धुलिखेलका बाङ्गा टिङ्गा धुम्ति अनि उकालो छिचोल्दै काभ्रे
भञ्ज्याङ कटी सके पछि रहर लाग्दो हिमालहरुको पंक्ति देखिन थाल्यो। हसेरा होम स्टेमा पुग्दा १० बजेको थियो। सूर्यको प्रकासले चौतर्फी ढाकी सकेको
थियो । पात्ले गाउको हसेरा होमे स्टेको शान्त अनि स्वच्छ वतावरणलाई तर्साउने गरि
रहेका सुनिन्थे छेवैको बिपी राजमार्गमा गुडेका सवारी साधनहरुले। हसेराको दलान बाट
क्षितिज संग कुम जोडेर बसेको देखिन्थे हिमपर्वतमालाको लस्करले।
खाना खाई साईकल चढ्न लाग्दा ट्युव लेस टायर लाई सिसाले सानो प्वाँल बनाए छ।
ट्युव परिवर्तन गरे। २ वटा फाल्टो ट्युव बोकेको थिए। बोकेको थिएन् भने यो ट्रेल
बरबाद हुने थियो भन्दै राम कुमार राई र कुमार मगर भाईलाई सुनाए । पुर्व जाने सवारी
साधन गई सकेकाले राजमार्ग खाली देखिन्थे। बाटो पुरै ओरालो भएकाले ४० मिनेटमा रोशी खोलामा
पुग्यौ। रोशी खोला कञ्चन देखिन्थ्यो। वारीपारी काटेर राखेका धान देखिन्थ्यो। थुम्का
बाट चिप्लिएर खसेको सूर्यको प्रकासले न्यानो थपी दिएको थिएन्। बेला बेलामा
रोशीखोला वारीपारी गाउलेहरु धान झारी रहेका देखिन्थे। रोशी खोलाको सुस्केरा सुन्दै
साईकलमा गुडि रहदाको आनन्द बिछट्टै भई रहेको थियो । थकान को अनुभूति भईरहेको थिएन्।
सधै गाडी वा मोटर साईकलमा गुड्दाको भन्दा साईकलमा गुड्दाको मज्जा अर्कै भन्दै
नेपालथोकमा कफी खानका लागि रोकियौ। कफि अडर गर्दै गर्दा सूर्य भिम नानीबाबु र मिन
भाई पनि आईपुगे। उहाँहरु हाम्रा सहयोगी हुन् । ट्रेलको ब्यावस्थापन हेर्ने समुह।
संगै बसेर कफी खायौ। रोशी खोलालाई बिदाई गर्दै सुनकोशी नदीको गड्तीर का दृष्य
नियाल्दै साईकलका दबाउदै गर्दा कुमार भाईको प्याँडल खुस्क्यो। गणेस्थान सम्म
नानीबाबुको मोटरसाईकले बोके। वेल्डिङ गरे पछि पुनः कुमार भाई हामी संग जोडिए।
मुलकोट ३३०बजे पुग्यौ। १०० किलो मिटर दुरी साईकल बाट छिचोल्यौ भन्दै खुशीको तरंग
सबै संग साट्यौ। मुलकोटको होटल कुपनडोल थकाली किचनमा बस्यौ। कफी मःम खादै आनन्दित
हुँदै गफिदै बस्यौ। गोधुली साँझको आगमन संगै सबैले नुहायौ। शुक्रवार भएकाले
काठमाण्डु र अन्य स्थान बाट आएका आगन्तुक हरुको पनि हल्का चहलपहल देखिन्थ्यो। माछाको
सुप संग साँझको खाना खायौ। भोलि बिहान ५ बजे उठ्ने सल्लाह गर्यौ। ९ बजे बिस्तारामा
ढल्कनै बित्तिकै निदाए छु।
13Nov 2021
Mulkot-Manebhanjyang
200KM
मुलकोट बाट ५२०बजे निस्क्यौ। चिसो वतारण थियो। सुरुमै
उकालो बाटो भएकाले सास स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै उक्लिदै थियौ। उज्यालो
हुने सुरसार गरेको देखिदैन्थ्यो। सुनकोशी नदीले हल्ला गरेको सुनिदैन्थ्यो । तीन घुम्ति
उक्लिदा बल्ल मिरमिरे बिहानी हुने प्रयास गर्दै गरेको देखिन्थ्यो। फ्याँट फुट्ट
सवारी साधन ओहोर दोहोर भएका भेटिन्थे।
ऐना राखिएको स्थानमा पुग्दा चिसो सिरेटो चलेको थियो। मन्दिरमा कुमार भाईले पुजा गर्नका लागि साईकल अड्याए। राम भाई र मैले ओरालोमा साईकल दबाउदै गयौ। राजमार्गमा सवारी साधन नभएकाले होसियारीका साथ गुडाउन आवश्यकता थिएन्। चौतर्फी चिसो र निलो आकास देखिन्थे। सूर्योदय हुनका लागि कुनै छाटकाट देखिदैन्थ्यो। मुलकोट देखि ऐना राखिएको थुम्का उक्लिनु पर्दा ज्यान थरक्क भई सकेको थियो । त्यस पछि बाटो पुरै ओरालो र तेर्सा भएकाले ज्यानले राहात हुँदै गर्दा रातमाटे आउनै लाग्दा उकालो बाटोमा ज्यानले अर्को मेहनत गर्नु परि रहेको थियो। रातमाटे थुम्का उक्लि सक्दा पसिनाले ज्यान भिजि सकेको थियो। डाँडा थुम्कामा सूर्यको पहेलो उषा बोकेर ओरालो झर्दै गरेको देखिन्थ्यो। रातमाटेका ब्यापारीहरु डोकामा समान लिएर आउदै गरेका देखिन्थे। पानी पिउदै थकान भुलाउदै १०मिनेट आराम गर्यौ।
रातमाटे देखि बाटो ओरालो भएकाले ४५ किलो मिटर प्रति
घण्टाले हाम फाल्न थाल्यौ। खुर्कोट बजार आईपुग्नै लाग्दा ओरालो अनि नागबेली
घुम्तिहरुमा सुनकोशी नदीको चिसो हावाको स्पर्स लिदै ५०किलो मिटर प्रति घण्टाको
दरले ओरालोमा साईकलमा गुड्दाका आनन्द लिदै गर्दा खुर्कोटमा ६३०बजे पुग्यौ। कफी अडर
गर्दै गर्दा सूर्य नानीबाबु र मिन भाई आईपुगे। अण्डा रोटी आलु चना र माछाको सुप
खाई ज्यान अडिलो बनायौ।
चिसो वतावरण थियो। ८बजे खुर्कोट बाट साईकल गुडायौ। मध्य
पहाडी लोकमार्गमा सवारी साधन गुडेका थिएन्। सुरक्षाको दृष्टिकोणले सुरक्षित थियो।
यसपालीको बर्षाले धेरै स्थानमा पहिरो गएकाले सडक बिगारेको भेटिन्थ्यो। तीन ठाउमा
उकालोले गोल्टार आईपुग्दा हुरुक्क भएका थियौ। त्यस पछि बाटो ओरालो भएकाले थकित
ज्यानलाई राहत दिलाउन थाल्यो। मुर्की बेसीको उकालो बाटोमा१५मिनेट साईकल डोराउन
थाल्यौ । कुडुलेको ओरालोमा साईकल हाम फालेको जस्तै गरि गुडादाको मोज बिछट्टै थियो।
नानीबाबुको बाईकमा कुमार भाईको साईकलको प्याडल
खुस्केकाले फेरि बोक्न पर्यो। नवलपुरमा वेल्डिङ गरे। नवलपुर बाट बाटो सिधै ओरालो
तेर्स्रो भएकाले सोखु खोला पुग्न सजिलो अनुभव भईरहेको थियो। नारिम खोलाको ओरालमा साईकल दबाउनु पाउदको
आनन्द अर्कै हुँदै थियो। कुमार भाई अगाडि बढे। मिन मगरलाई सोखु खोलामा खाना बनाई
राख्नका लागि बिहानै पठाएका थियौ। मोटर साईकलम ३०मिनेट लाग्ने गाउ बाट ल्याएको
लोकल भाले भुटभाट गर्दै छु भन्दै मिन भाईले सुनाए। सोखु खोलामा पुग्दा १२ बजेको
थियो। भोकले लोथ भएर जुस खाएर आएको भन्दै राम भाई पनि १०मिनेट पछि आईपुगे। भोक को
जोसमा ६ कोसा केखा खायौ। लोकल भालेको सुप संग खाना गजबले खायौ। सोखु खोलाको
खान्कीले भोकलाई धपाए पछि २बजे सोखु खोला देखि हिड्यौ। हर्कपुरमा ३०मिनेटमा
पुग्यौ। भडारे खोला पुग्दा ३बजेको थियो। घामले हैलन्ठु बनायो। पसिनाले आलासतालस
बनायो। भडारेखोलामा मुख धोयौ। घाम ढल्के पछि मात्र उकालो लाग्ने योजना बनायौ ।
खोलामा एक घण्टा आराम गर्यौ। घडीको सूर्यले ४ बजेको देखाए पछि उकालो घुम्तिमा
खुईया गर्दै साईकल डोरायौ। थाकेर लोथ हुँदै मितेरी भञ्ज्याङ पुग्दा गोधुली साँझले
स्वागत गरि सकेको थियो। वतावरण चिसो हुँदै गईरहेको थियो। ब्याकुल माईलाको गाउमा
प्रवेष गर्यौ भन्दै खुशीले हिलापानीका घुम्ति सडकमा साईकल डोराउदै उक्लिदै रह्यौ।
हिलापानी गाउको सिरानको थुम्का आईपुग्दा झम्के साँझ भईसकेको थियो। चकमन्न रातमा बिजुली
बत्तीको प्रकासले हिलेपानी गाउको सौन्दर्य रहर लाग्दो देखिन्थ्यो। गोगन पानी निस्कनको
लागि तीन ठाउमा बिसाउदै पुगेका थियौ। बिसाउदा भुसुक्कै निदाएका पनि थियौ। ज्यादै
लण्ठु भएको थियो। साँझको ८३०बजे थाक्लेमा पुग्यौ। वाई वाई खाई ज्यानलाई फुर्तिलो
बनायौ। ९३० बजे तल्लो थाक्ले बाट मानेभञ्ज्याङ तिर लाग्यौ। चकमन्न रातमा आनन्दित
हुँदै साईल दबायौ। मानेभञ्ज्याङको साँस्पुले भ्याल्लीमा साँझको १०३० बजे पुग्यौ।
२०० किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल समाप्त भएको खुशी राम कुमार राई
कुमार मगर र मैले साटासाट गर्यौ। तातो पानीमा नुहाई धुवाई गरि लोकल तिन पानेको
स्वाँद लिदै ईन्टरनेट चलाउदै गफीदै रातको १बजे सम्म बस्यौ।
No comments:
Post a Comment