Total Pageviews

Monday, October 21, 2019

२७ बर्ष सिंगापुर बसाईका क्रममा रमाईला सम्झनाका ढुकढुकीहरु लिएर फर्कदै नेपाल



बिकासको तिब्र गतिमा बगेका राष्ट्र सिंगापुरमा २७ बर्ष जनताका सेवा र भूगोल संग नजिकको साईनो लगाउदै स्वदेश फर्कनु पुर्व हाम्रो समाजमा चल्दै आएको चलन सेवारत ओखल्ढुंगे जिल्ला बासीका अवकास हुनु पुर्व जिल्ला बासीको  तर्फबाट बिदाई कार्यक्रम म्याकमरसन रोडको एक रेष्टुरन्टमा ०९अक्टोर २०१९को शुभ साईतमा गरेका थियौ ।


निर्धारित समय1900Hrs पुग्न पर्ने भएकाले घर बाट निस्कदा सूर्यको रापीलो प्रकासको तेज घटी सकेको थियो। जुसेङ रोड अप्पर अलजुनिड रोड र म्याकपरसन रोडका पेटीकामा उभिएका बिजुलीका खम्बा बाट खसेका मधुरो प्रकास मुनि ओझिलिदै र East Coat Parkको सामुन्द्रिक छालबाट निस्केका चिसो हावा बोकेर आएका वतासको हुल संग रमाउदै Yi Jia South Village Seafood Resturant हाम्रा लागि प्रतिक्षारत टेवलमा 1855Hrs पुग्दा 14829 गाउले गुरुजी उपस्थित भई सक्नु भएको रहेछ।
झम्के साँझ 1945Hrs उर्लदै गरि रहदा जिल्लाबासीहरु उपस्थित भईसक्नु भएको थियो। टेवलमा मध्यपान र पिय पदार्थका साथ बिभिन्न स्वाँदिष्ट भुटनमा रमाउदै ओखल्ढुंगाका पर्यटकिय स्थल थोले देम्बा बाट देखिने दृष्य सगरमाथा र अन्य हिमश्रृखला मुस्कुराई रहेका कुराकानी गर्दै कुईभिरको भिर अविरल रुपमा खसेको पोकली झरना सेपल्ली झरना रुम्जाटारको रातोमाटो र सुन्तलाका कथा बुन्दै  लिब्जुको थुम्का र सलेवा पार्क झाँक्री गुफा र राम्रो गुफा भित्र पस्दाका कहानी कटारी देखि नुन र मट्टी तेलको भारी बोक्दै ककुर खोलामा हिड्दा हिरिक्कै हुने गर्मी हरि थुम्का उक्लदा पसिनाले लुथ्रुक्कै हुँदै महाभारतका उकालो कटेसी बसेरीको राउत होटलको खान्की बहादुरा खोलाका अनगीन्ति घुम्तिहरुमा टेकुवा बिसाउने देखि लिखुखोला दुधकोशी मलुङखोला र सुनकोशीका असला र शहर माछा बल्छी र जाल हानेका कुरा देखि पल्टन का रमाईला झरिला सम्झनाहरु गफीदै र अन्तिममा जिल्ला बासीको तर्फबाट सम्झनाका चिनो ६ जना सेवानिबृत्त हुनु भएका जिल्लाबासी साब र गुरुजीहरुलाई दियौ।

Wednesday, October 16, 2019

24 बर्ष सिंगापुर बसाईमा बडा दशै पर्वको सम्झना


२०७६ सालको बडा दशै पर्व  हर्ष उल्लासका साथ मनाए। दुई दशक भन्दा बढी सिंगापुर बसाईमा बडा दशै पर्व मनाउने क्रममा देख्दै र अनुभव गर्दै आएका बिगत र बर्तमानमा दशै पर्व मनाउने परम्पराको सम्झना बाँड्दै छु।


९०को दशकमा म सिंगापोर प्रहरी सेवामा जीवन शैली परिवर्तनका लागि प्रवेष गरे।  पुरानो ड्रिल सेड ,परेड स्वायर,OBS,साङनिला हुँदै हालको सुविधा सम्पन्न मंञ्चमा नेपाल बाट आमन्त्रित कलाकारहरुको साँस्कृतिक झाँकीहरु नियाल्दै ड्राफ्ट बियरको चिसो चुस्किको साथमा आफन्तहरु संग गफगर्दै हर्षित मुद्रामा रमाई रहेका दृष्यले मेरो मन केहि बर्ष यता देखि जितिरहेका हुन्थे र यसपालीको बडा दशै पर्व पनि जितेका थिए । बिगतमा कुनै साल नेपाल बाट आमन्त्रित कलाकार हुन्थे वा कुनै साल पल्टन भित्रैका स्थानिय कलाकारहरु बाट साँस्कृतिक नृत्य नियालेर दशै पर्व मनाउथ्यौ । आजकाल पहिलो खण्डमा स्थानीय कलाकारहरु बाट दमदार प्रस्तुति नियाल्दै बुफेको स्वाँदमा रमाउदै दशै पार्टी मनाउछौ। दोस्रो चरणमा जुरोङको सुँगुर र लिमचुकाङको बोकाको माँसुको मेसिङको साथमा ड्राफ्टको चुस्की लिदै बर्षभरीका सारा थकान मेटाउने साथै खुशी साटा साट गर्छौ। तेस्रो चरणमा नेपाल बाट आमन्त्रित कलाकारहरुको साँस्कृतिक कार्यक्रय नियाल्दै दशै पर्व मनाउने प्रचलन आरम्भ भएको देख्दा हर्षिले पुलकित हुन्छु म।

बिगतमा दिदि बहिनीहरु साँस्कृतिक कार्यक्रम नियाल्न प्राय 2000Hrs आईपुग्थे । आजकाल 1600Hrs सूर्यको उषा हाईराईज भवनको घुरी बाट नलुक्दै घर बाट निस्कदै मौलिक पहिरण देखि पाश्चात्य पहिरणमा सजिएर तस्विर खिच्नका लागि स्वागतम प्रवेष ढोका हुँदै मञ्च देखि मिस्टर लरेन्स फोटोग्राफीमा लामबद्ध भएको दृष्य धेरै समय भएको छैन तस्विर खिच्चका लागि चाँडै निस्कने। तस्विर भनेको जीवनको खुशी रहने ऐना हो ।  सूर्यास्त नहुँदै खिचेका तस्विर खिच्चनु राम्रो पक्ष हो। सन्ध्याको पातलो प्रकाश मुनि कोहि श्रीमान श्रीमती चिसो ड्राफ्ट बियरको पिउदै कोहि टिकटक का लागि अभिनयमा कोहि नेपाली संगीतको  तालमा दामपत्यहरुको जोडी नृत्यमा रमाई रहेको देख्दा मन फराकिलो भएको पाउछु म। समय साँच्चै वलमान हुँदो रहेछ। 


                                          पर्वको खुशीयालीमा रसरंग गर्नु हुँदै
                                                                हर्षको उन्माद
                                                      हर्षको बेलामा
                                                            नंम्बरी संग खुशी आदान प्रदान
                                                        पर्वले खुशीलाई तुल्याउछ।

                                          बडा दशैको पार्टीमा खुशी साटासाट गर्नु हुँदै।














Tuesday, September 24, 2019

पल्टन भित्रको कथा


                                                       पल्टन भित्रको कथा



मेरो बंशजमा पहिलो र दोस्रो युद्ध देखि ब्रुनाई कनफ्रन्ट्रेसन र फकल्याण्ड लडाईका युद्ध पात्र भोगेका बाजेहरु र बडाबाउ हुनुहुन्थ्यो। परिवारमा लाहुरे हुने परम्परा भए पछि जीवन शैली परिवर्तन गर्न म पनि पोखरा हुँदै सिंगापुर गोर्खा प्रहरी सेवामा प्रवेष गरेको थिए । हिजै जस्तो लाग्थ्यो पल्टन प्रवेष गरेको औला भाच्दा २४ बर्ष भईसके छ ।  प्रवासमा पर्वको बिशेष महत्व हुन्छ। परिवार र गाउटोल देखि टाढा रहदा चाडबाडमा गाउघरका सम्झनाहरु बाँड्न गुरुजी देखि नंम्बरी र भाईहरु संग मध्यपान र पिय पदार्थका साथमा भलाकुसारी गर्न बडो आनन्द हुने गर्दछ। बिशेषत दशै मा खुब मोज हुने गर्दछ । दशै पर्व  हाम्रो प्राङ्गनमा भित्रिन्छ बिगतको सम्झनाहरु झल्यास फर्काउछ। बिगत र वर्तमानका  दशै पर्वको उत्सब मनाउदाका सम्झनाका लागि ब्लगिङ गर्दै छु। 
                                        कभर गीत:- कलिलो तामालाई

२४ बर्ष अगाडि,परेड स्वायरको भित्तामा सामान्य स्टेज बनाईएको हुन्थ्यो र ड्रिल सेडमा तस्विर खिच्नका लागि लरेन्सको बुथ हुन्थे। गोधुली सन्ध्याको उपस्थिति संगै नंम्वरवाला लामो बाहुला वाले सर्टमा टाई चिटिक्क झुण्ड्याउनु पर्ने र छुरा जस्तै देखिने धार भएको पाईन्ट टक्क लगाई चट्के जस्तै देखिनु पर्ने(टन आउट एण्ड बेरिङ्) अनिवार्य वा नेपाली पोशाकमा हुनु पर्ने र  दिदीहरु लामो बाहुला वाला चौबन्दी चोलीमा र साडीमा सजिएको हुनु पर्ने अनुशासन थियो। स्पोर्ट लाईटको दुधे रंगको प्रकास मुनि सबै हर्षित मुद्रामा उपस्थित हुन्थे। दशै पर्व आउन २ महिना अगाडी कम्पनी मेजर गुरुजीलाई दशैको शुवेच्छाको कार्ड अडर गरि दशै पर्व आउन एक महिना अगाडि सिंगापुर पोष्ट बाट दशैको ग्रिटिङ्स पोष्ट गरि नेपालका आफन्त देखि ईष्टमित्रहरुलाई पठाउने प्रचलन थिए।

Happy Dashai भन्दै हात मिलाउने प्रचलन थिएन्। ओसी साब र जीएम साब बाट ड्राफ्ट बियरको टोस गरे पश्चात एक्कै स्वरमा खुशीको चिच्याँहटबाट Happy Dashai भन्दै ड्राफ्ट बियरको घुट्को लगाउथे। पल्टन भित्रकै प्रतिभा भएका कलाकारहरु बाट मादल ठोक्ने देखि सारंगीको रेटाई संगै गायन देखि नृत्य र प्रहशन हुन्थे । पलेटी मारी ड्राफ्ट बियर पिउदै तालिपिट्दै त कोहि नाच्दै रमाईलो गर्ने गर्थे।  समयले कोल्टे फेर्दै जादा सिक्ने र सिकाउदै यहाँ सम्म आईपुग्दा हालमा आफ्ना आफ्ना जातित्वको भेषभुषाको पहिरणमा गएको देख्दा गजब लाग्छ। तीन चरणमा दशै पर्व मनाउने राम्रो चलन बसेको छ आजकाल। पर्वले बर्षैभरि कामको खापाखाप बाट केहि समय मनोरञ्जनले मगज हल्का महसुस हुन्छ। सुविधा सम्पन्न स्टेजमा नेपाली मौलिक बाजागाज देखि पश्चेमेली बाद्यवाधन बजाउन जानेका शीपालु र पोख्त भाईहरुको कलात्मक ढंग बाट गायन,नृत्य र धुनहरुको प्रदर्शनमा दशै चाँड हर्ष उल्लासका साथ मनाउनु पाउदा खुशीले छाती फराकिलो हुन्छ। गौरव लाग्छ। हर्षको आँसु परेलीमा छछल्किने गर्दछ मलाई। 

बिगतमा एकमात्र नेपालको झझल्का दिने तुल हुन्थे। हालमा नेपाल र सिंगापुरको स्मृतिमा आईरहने खालका प्राकृतिक सौन्दर्य झल्कने तीन देखि चार वटा तुलहरु पृष्ठभूमिमा राख्दै पारिवारिक देखि नंम्बरीहरु सामुहिक तस्विर खिची स्वदेश तथा बिदेशमा रहेका आफन्तका लागि सामाजिक संञ्जालमा राखी दशै पर्वका खुशीयाली तस्विर देख्न पाउदा बडो काईदा लाग्छ। बिगतमा दशै पर्वमा दिदीहरु एक झुरुप भएर बस्थे। गुरुजीहरु भने भरपुर दशै पर्वको खुशी साटासाट गरेका देखिन्थे। 
आजकाल तीन चरणमा दशै पर्व मनाईने हुनाले बिगतका जस्तै एक झुरुप भएर बस्ने चलन बिलय भईसकेको छ। आधुनिक युगका बहिनीहरुले पहिरण गरिने भेषभुषा पनि परिवर्तन भईसकेको छ। वालबच्चा स्कूल पठाउ ल्याउ भान्सा र चौकासको एकनासो काम बाट केहि समय मुक्त हुनका लागि तीन चरणमा दशै पर्व मनाउने प्रकृया भएकाले प्रफुलित र हर्षित मुद्रामा तस्विर र भिडियो खिच्नमा आतुर भएको दृष्य बहिनीहरमा देख्न पाउदा हर्ष विभोर हुन्छु म। कलामा औधि रुचीकर भएका बहिनीहरुले टिक टक सामाजिक संञ्चालमा अपलोड गरेका पर्वका तिनै भिडियो नियाल्न पाउदा गौरव लाग्छ मलाई ।  यस्तै झझल्कोका कोशेली सम्झदै आउदो साल फर्कदै छु नेपाल। स्पन्दनमा पल्टन भित्रका साईनो सम्झदै बाँचुञ्जेल संकल्प राख्दै । बडा दशै 2076 शुभकामना  
             पल्टन घर भित्रका प्रतिभा भएका कलाकारहरु बाट कभर गीत:- तालको पानी । 



Saturday, July 27, 2019

मुस्ताङ्गी राजाको दरबार नियाल्न जादा



पदयात्रा भने पछि हुरुक्क हुन्छु म। समय पाउदै बित्तिकै नेपालको पदयात्राका उत्तम रुट छनौट गरि हाल्छु। फोटोग्राफी र भिडियोग्राफी पनि रुचि भएकाले पदयात्राका तस्विर र भिडियो खिच्ने प्रयास गर्छु। उपल्लो थलो मुस्ताङ को लोमान्थाङ छोसेर र कोरला नाका पुग्ने रहर पहिले देखिनै थियो। बिशेष गरि मुस्ताङ्गी राजाको दरबार हेर्ने ठुलो रहर थियो। बल्ल यसपाली 2019मा समय मिलेकाले माथिल्लो मुस्ताङको चैलेदेखि कोरला नाका पुग्दाका भिडियो यहाँ पस्केको छु।

Chhoser Cave छोसेर गुफा



प्राचीनकालमा मानिसहरूले घरका रुपमा प्रयोग गरेको ५ तले झोङ गुफामा ४० भन्दा बढी कोठा रहेको छन्। नाङ्गा पहाडको अक्करमा निर्मित गुफामा हजगाभा भन्ने तिब्वतीयन समुहले गाउँमा पटक पटक आक्रमण गर्न खोजे पश्चात गाउँलेहरु बालबालिका लिएर झोङ गुफा बनाएर बसोबास गरेको स्थानीय गुम्बाका लिखित सिलालेखमा उल्लेख छ  भन्ने सुनियो।

4 Days Trek Upper Mustang


उपल्लो मुस्ताङ पदयात्राको सम्झना

जोमसोम देखि ४ दिनमा हिडेर मुस्ताङ जिल्लाको लोमान्थाङ गाउमा पुगेका थियौ। पहिलो दिनको यात्रा जोमसोम देखि कागबेनी हुँदै नाङ्गा पठारमा भएको बस्ति ताङ्बे3040 छुसाङ 2950 हुँदै चैले3075 गाउमा बास बसेका थियौ।
पदयात्राको दोस्रो दिन थाक्लाम पास 3634 गर्दै समर 3600 भेना 3800 हुँदै साङ्बोचेन हिमाली बस्तिमा बासास्थान थियो।
माथिल्लो मुस्ताङ पदयात्राको तेस्रो दिन तामा गाउ 3675 छुङ्गार 3735 जैते 3820 निला पास 4010 घमी 3545 गाउ तिरका रोचक पठारका मनोरम बस्ति अवलोकन गर्दै ढाकमार 3760 बस्तिमा बास बसेका थियौ ।
गन्तब्यको अन्तिम दिन  घरगुम्बा 3935 चोगोपास 4287 बाट लोमान्थाङ बस्तिलाई मनोरञ्चित पार्ने खालका नाङ्गा पठारलाई नियाल्दै ऐतिहासिक सम्वेदन सिल स्थल लोमानथाङ3785 गाउमा पुगेका थियौ।

Sunday, November 25, 2018

Great Himalaya Trail Day- 48

Day-48
Tatopani-Thakur (Rukum)
28 August 2016

                            रुकुमको ठाकुर बाट देखिने प्राकृतिक सौन्दर्य

सानी भेरीको भेलको आवाजले आँखा खोल्यो। घडी हेर्दा 0600hrs भएको रहेछ । शौचालय नभएकाले पाखा तिर लागे। फर्कदा बिशाल भाञ्जा र किशोर सर पनि पाखा तिर आउदै गरेका भेटे। भाले, तीनपाने र खाना खाजा खाएको रु ५१५० तिरी तातोपानी बाट बाटो लाग्यौ 0800hrs । झोरको बाटोमा खुईया गर्दै उक्लदा पसिनाले लुथ्रुक्क बनाई सकेको थियो। घाम लागेको थिएन्। थुम्का तिर कुहिरो उड्दै गरेको देखिन्थे। हिड्दै गर्दा जालढुंग बस्ति भेट्यौ। तर ढोका बन्द देखिन्थे । खर्क तिर लागेका होलान भन्दै उक्लि रहयौ। कायम डाँडा उक्लिनका लागि कडा मेहनत गर्नु पर्यौ। बाटो सिधै उकालो थियो। थाकेर हत्तु भएका थियौ। कायम डाँडा पुग्दा1030Hrs भएको थियो। पारिलो घाम लागेको थियो। खुलेको दिन थियो। निलो आकास मुनि हिउले पखालेका नाङ्गा काला पहाडहरु लस्करै उभिएका देख्दा भिन्नै किसिमको प्राकृतिक सौन्दर्य झल्केको देखिन्थे ।खाना पाक्दै गर्दा चियाको सुर्का लगाउदै काला नाङ्गा देखिएका डाँडाका बिभिन्न स्वरुप र हरिया पाटन नियाल्दै । घाम ताप्दै थकान मेटाउदै थियौ। 

खानाका लागि भान्छा तिर लाग्दा दाल र भात मात्र देख्यौ। हामीले सोध्यौ आलु र साग पनि पकाउछु भन्नु भएको थियो त? साहुनीले भनिन् अल्छी लाग्यो पकाईन ्।  केहि नभनी भात र दाल खायौ। खाना खाएको रु १५५० तिर 1200Hrs कायम डाँडा बाट हिड्यौ। तेर्स्रो र ओरालो बाटो भएकाले थाकेको महसुस भएको थिएन् । ओरालोमा झर्दै गर्दा खोचमा झुस्टुङ भन्ने गाउ भेटिए। २ घर रहेछन्। रेडबुल पियौ। २०मिनेट आराम गर्यौ। रेडबुल पिएका रु १४२० तिर्यौ। झोलुङ्गे पुल तर्ने बित्तिकै उकालो बाटो शुरु भयो। बाक्लो सल्ला घारी थियो। थकान भुलाउदै गर्दा प्राय जसो घुम्तिहरुमा कण्डमका खोल देखेका थियौ। पसिनाले ज्यान लुथ्रुक्कै साथै थाकेर लोथ भईसकेका थियौ। कायम डाँडामा खाएको भात र दालले छोड्ला जस्तै महसुस हुँदै थियो। 
उकालो बाटो कटे पछि मनै लोभ्याउने पाटन र नागी देख्यौ। वरिपरि घोडाहरु चरि रहेका देखिन्थे। देख्दै गरेका ३ वटा घरहरु देखाउदै त्यही हो ठाकुर आजको बास हरी भाईले भने। खुशी भयौ।  थाकेर लोथ भईसकेको थिए म। बिस्तारै हिड्दै आउछु तपाईहरु जानुस भने । भाञ्जा बिशाल  किशोर सर  हाम्रो सहयोगी हरि र देब भाई अगाडि हिड्न थाले। पुग्दा चिया पिउदै बसिरहनु भएको रहेछन् । ४ जना महिला दिदीहरु र २ जना पुरुष थिए। मलाई देख्दै साथ किशोर सर  बिशाल भाञ्जा हरि र देब भाई गजबले खित्का छोड्दै हाम्रो टुरिष्ट उहाँनै हो भन्दै मलाई देखाए किशोर सरले।  सबै जना गजबले हाँस्यौ। हाम्रो टुरिष्ट आउदै छन् भनेर भनेका रहेछन्। किशोर सरले ती गाउलेहरुलाई मजा गरेका रहेछन्। 

ठाकुरमा पुग्दा1530Hrs भएको थियो। शान्त वतावरण थियो। छेवैमा सङ्लो खोला बग्दै गरेको देखिन्थे। एउटा नाङ्गा चुच्चा पहाड सामुन्ने देखिन्थे। जसले ठाकुरमा आउने पाहुनालाई शोभा बढाई रहेको जस्तो लागि रहेको थियो। प्राकृतिक दृष्य नियाल्दै चियाको सुर्को लगाउदै गफगाफ गर्न थाल्यौ। ठाकुरमा पाँचऔले जटामसी प्रसस्त हुने भएकाले गाउलेहरु जडिबुटी खोजेर ब्यापारी लाई बेच्दा रहेछ । एक जना ब्यापारीले जडिबुटी ठेकेर कोठाभरि सुकाएको छु भन्दै देखाउनु लगे। 

गफगाफको दौरानमा ति जडिबुटी ब्यापारीले पर्यटक भित्र्याउनका लागि ईन्टरनेट सुविधा हुनु पर्छ भन्दा किशोर सरले फ्याँट्टै जवाफ फर्काए। पर्यटकले ईन्टरनेट खुविधा खोज्दैन्। सफा सुग्घर राख्नुस । शौचालय बनाउनुस् । हरियो दुबोको चौउरलाई देखाउदै देखिएको गोवरलाई हटाउनुस। यहि चौउरमा टेण्ट टागेर पर्यटक आनन्दि हुन्छन्। ठाकुरको पाकृतिक सौन्दर्य देखेर पर्यटक त्यसै खुशीले अतालिने छन्। हाम्रो कुराले ब्यापारीको मुखमा बिर्को लाग्यो। रुकुमका ति ब्यापारीले ठाकुर गुरिल्ला ट्रेल अन्तर्गत पर्दछ। सरकारले यो ट्रेल घोषणा गरेको धेरै बर्ष भईसक्यो तर केहि ठोस पुर्वधार बनेका छैन् पनि भने ति ब्यापारीले। निक्कै ठुला ठुला राजनीति भाषण गर्थे। ठाकुरको जडीबुटी नेपालगंञ्ज हुँदै भारत लगेर बेच्दा रहेछन्। किशोर सरले ति ब्यापारिलाई  भने मैले गुरिल्ला यार्सा ट्रेल भन्ने शिर्षकको लेख पत्रिकामा छापे पछि यस पदमार्गको गुरिल्ला यार्सा ट्रेल रहेको हो।  

खाजा आलु उसिन्न लगायौ।  घाम लुक्दै जादै थियो। चिसो बिस्तारै बढदै थियो। आलु पाक्यो खानाका लागि आउनु भन्दै हरि भाई आए।  अगेनामा आगो ताप्दै उसीनेको आलुको साथमा टिम्बुरको आचर संग गजबले खादै गफगाफ गर्दै बस्यौ। साँझको खाना साहुनीले पकाउदै थिईन्। ३ थरिका च्याँउ हुने भएकाले सबै भन्दा मिठो जातीको च्याँउ हामीलाई खुवाउने भए। ठाकुरमा जंगली च्याँउ प्रसस्त हुने रहेछ। च्याँउ केलाउन सघायौ। साँझको खाना तयारी गर्दै गर्दा ढोरपाटनका एक जना पुरुष भैसी गोठ ठाकुरमा ल्याएका रहेछन्। गफगाफको क्रममा एक हप्ता पछि ढोरपाटन तिर फर्कने बताए । भेला भएका ४ जना महिलाहरुले ती गोठालेलाई घुमाउरो पाराले Adult गफले पेल्न थाले। हामी मुसुक्क हाँस्यौ केहि नबोली सुन्दै बस्यौ । ती पुरुष भैसी गोठाले ले उत्तर दिन लजाए। खाना खाने बेलामा गोठाले दाई संग एक माना ध्युँ किन्यौ। साँझको खाना संग सबैले खायौ। ठाकुर भन्न साथ हामीलाई च्याँउको सम्झनाले सताउछ भन्दै खाना थप्दै खायौ। च्याँउ खान्की हाम्रा सहयोगी हरी डाँडी भाईले पकाएका थिए।
                                  कायम डाँडामा हिड्दै गरेको अवस्था
                                         कायम डाँडा बाट देखिने दृष्य
                              कायम डाँडा बाट रुकमको दुले गाउका पर्वतमाला
                                      कायम डाँडा बाट पश्चिम तिरका दृष्य
                                     रुकुमको ठाकुरमा पाटनमा अवस्थित बस्ति
                                       ठाकुरको जंगली च्याँउ केलाउदै हामी
                                 ठाकुमा हामी बसेको होटल 














                       ठाकुरमा च्याँउ केलाउनु हुँदै गाउलेहरु

















HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...