रथ गुड्न दुई
पाङ्ग्राको आवश्यकता भने झै हाम्रो गाथालाई उच्च राख्न प्रियतमाहरुको मुख्य भूमिका
रहेको हुन्छ। प्रियतमाहरु चौकासको एकनासो काम बाट केहि क्षण पर हुनलाई नंम्बर्नी
भेटघाट गरि हाँसी खुशी हुनलाई चोमोलुङ्गा क्लवको प्राङ्गनमा गोधुली सन्ध्याको
स्वगत हुन पुर्व हर्षित र उमंगका क्षण देखिन्थे। हर्षित क्षणलाई स्रब्य दृष्यलाई
यसरी छाँयाङ्कन गरेको थिए।
Total Pageviews
Wednesday, October 31, 2018
Friday, October 26, 2018
प्रियतमा Intake 1996
नंम्बरी भनेको आमा बाबा जस्तै हुन्। सेक्सन भन्न साथ दाजुभाईको साईनो रहेको हुन्छन्। ब्यारेक जीवनमा प्रवेष गर्दा हर्ष र खुशीको खुट्किलाहरु हुँदा रहेछन्। पोखरामा नाम पुकारिदा,पासिङ आउट परेड हुँदा, बैवाहिक जीवन बाँधिदा ,जाँगिरको १५ बसन्त पार हुँदा र अवकास हुने बर्ष ।
Intake
1996 का Mrs ले 24 अक्टोबर
2018 का दिन एकता र बसाईको सम्झना अवकास पछि
पनि जीवनमा झझल्को आई रहनका लागि चोमोलुङ्मा क्लवमा एकता र भेटघाट कार्यक्रम आयोजना
गरेका थिए। नंम्बर्नीहरुको एकता र भेटघाट
कार्यक्रमको तस्विर खिच्नका लागि 1830Hrs अनुरोध गरेकाले 1730Hrs
पुगेको थिए म । तस्विर खिच्न गहिरो रुचि राख्छु तर अझ सम्म सबैले
झल्क हेर्ने बित्तिकै मन पराउने तस्विर उतार्न सकेको छुईन्।
तस्विर
खिच्नका लागि ३ वटा Intake 1996 को ध्वज मंञ्च स्वभनिय खालका देखिन्थे। मंञ्चको
सजावट देख्दा गर्वको अनूभुति भईरहेको थियो मलाई। एउटै रंगको टिसर्टमा Intake
1996 लेखिएको पहिरणमा एक आपसमा खुशी साटासाट गरि रहेका देखिन्थे।
स्मार्ट फोनमा सामुहिक तस्विर देखि सेल्फी विफी खिच्न ब्यस्त देखिन्थे।
सेक्सनका लागि तस्विर खिच्न पर्छ है भन्दै उत्सुक र हुटहुटी मुद्रामा देखिन्थे। एकता र भेटघाट
साँझमा ९० जना नंम्बर्नीहरु निर्धारित समयमा उपस्थिति जनाई सकेका थिए। हाईराज भवनको
घुरीबाट सूर्यको प्रकाश लुक्दै जादै थियो । माईकमा मेरा प्यारा नंम्बर्नीहरु आजको
यस जमघट साँझमा 2018 र 2019को सेक्टेम्वर सम्म पेन्सन जानुहुने नंम्बर्नीहरु केक कटिङका लागि सामुन्ने आईदिनुस भन्न साथ
सबैका अनुहार हर्षित मुद्रामा देखिएका थिए। गोधुँली साँझको आगमन संगै केक कटिङमा
स्मार्टफोन वाट लाईभ स्ट्रिमिङ भिडियो र फोटो लिनका लागि घुँईचो हुन थाले। CHAMPAGNE को छिर्का सबै तिर छ्याप्दा
हर्षले बिभोर भएका देखिन्थे। चोमोलुङ्मा क्लवको वतावरण Intake
1996 खुशीमय देखिन्थे।
Sunday, October 21, 2018
Great Himalaya Trail Day45
Day-45
डोल्पाको 3500मिटरको उचाईमा अवस्थित ईजीको गोठमा थाकेर लोथ भएको क्षण
मुण्डा
घरको छतमा जडिबुटीको चिया ल्याए हरि भाईले। चिसो बिहानीमा चियाको सुर्का लगाउदै
गर्दा आज गजबले निन्द्रा लाग्यो बिशाल भान्जाले भने । हो साँच्चै हिजो राती पल्टे
पछि बिहान मात्रै ब्युझ्यौ किशोर सर र मैले पनि भने। गफगर्दै गरि रहदा वाई वाई
तयार भयो खानका लागि हरि भाईले बोलाए। बाटो लाग्ने बेलामा हरिका आफन्तले पैसा लिन
मानेन् हिजो खाएको उसीनेको आलुको । धन्यवाद राम्ररी बस्नु होला।
समय
मिलेमा फेरि आउला भन्दै 0830Hrs बाटो लाग्यौ। पारी पट्टी
बाग्लो जंगल देखिन्थे। हिड्दै गरिरहदा त्यो देखिएको पाटन लाई ईजी भन्छ। त्यसको
भञ्ज्याङ निर गोठ छ। लन्च त्यहा हुन्छ आजको हरि भाईले भने। 1030Hrs ईजीमा पुग्यौ। गोठमा धुवाँ उडीरहका देख्यौ। गोठ नजिकै पुग्दा २ वटा कुकुरहरु
भुके । मनमोहक पाटन रहेछ भन्दै खुशीले फोटो खिच्यौ। गोठमा श्रीमान श्रीमती रहेछन्।
हरि भाईले चिनजान गरे । स्टोभमा हरि र देब डाँगी भाईले खाना र तरकारी पकाउन सुरसार
गरे। कुडेमा तातो दुध उमल्दै थियो। किशोर सर बिशाल
भाञ्जा हरि र देब भाईले एक एक मान तातो दुध पिउन थाले । दुध खाना रुचि नभएकाले दहि
खाए मैले। डोल्पाको सिमलाग्नामा एक मान दहि खाएकाले हिड्दा सकस भएकाले काबु भएको
थिए म। ठिक्क मात्र खाए।
दुई किलो
जतीको देखिने एउटा जंगली च्याँउ गोठाला दाईले उपहार दिए हामीलाई। हरि भाईले त्यो
उपहारको च्याँउलाई ध्युँमा भुटभाट गर्न थाले। कामकोट बाट ल्याएको साँग छुट्टै कराईमा पकाउदै थिए। खाना पाक्दै गर्दा गोठका दाई संग गफगाफ गर्ने क्रममा तपाईको सभासद धन
बहादुर बुढा रिङ्मोमा भेटाएका थियौ। तिनी हाम्रा नेता होईन्। उनी ठेकदार हुन्।
हामी एउटै पार्टी भए पनि उनलाई मैले भोट दिईन्। यार्सा ब्यापारको याम भएकाले चाईना
तिर गएर आएका हुन् तिनी। ती गोठका दाई राजनीति नजिक बाट बुझ्ने रहेछ। छोराहरुलाई
पोखरा र काठमाण्डुमा पढाएका रहेछन्।
मुनि देखिएको पाटनलाई देखाउदै । यहाँ कृतिम
ताल बनाउने योजना भईसकेको छ। यदी ताल फुट्यो भने दुनै बजारलाई स्वाँह बनाउन बेर लाउदै ।
ठुली भेरी कुनै दिन बौलायो भने दुनै
बजारलाई बाँकी राख्दै भने। कृतिम ताल बन्यो भने यो ईजी लोभ लाग्ने पर्यटक स्थल
हुन्छ हैन मैले र किशोर सरलाई भने। बिशाल भाञ्जा खाना नपाकुञ्जेल ढलक्दै थिए। एक माना ध्युँ किन्यौ खाना संग मुछेर खानाका लागि।
च्याँउ अतिनै मिठो थियो। गोठका दाईलाई धन्यवाद फेरि दियौ। हामीलाई च्याँउ उपहार
दिनु भयो। मिठ्ठो खाने कुरा पकाएर खुवाउनु भयो। धन्यवाद हरि भाई पनि भन्यौ। भरै साँझको लागि पनि एक किलो जति ज्याँउ दिनु भयो हामीलाई। दुध, ध्यू र
दहिको जम्मा 1000 हजार गोठका दाई लाई दियौ।
एक हप्ता
देखि हराईरहेको एउटा खच्चर खोच्न उत्तर
तिरको पाटन तिर देखाउदै आज त्यता जानु पर्ने छ। तपाईहरु संगै निस्कन्छु भने। पक्कै
पनि खच्चर हराएका हैन चोरेर बेच्न लगि सकेका होलान् त्यहि पनि मनको सन्तोक भन्दै
सुनाए। हामीले सुनायौ अस्ति रारा ताल तिर पनि खच्चर हराएर खोच्दै गरेका देखाएका थियौ। एउटा
राम्रो खच्चरलाई २लाख पर्ने बताए हामीले सोध्दा। रुकुम तिरका भेडी गोठालाहरु अस्ति
मात्र यहाँ देखि उकालो लागेका छन्। गोठमा बास बस्न पाईन्छ फिक्कर लिनु पर्दैन भने।
1200Hrs गोठबाट बाटो लाग्यौ। दिन ठुस्केर बसेको देखिन्थ्यो। कछुवाको गतिमा उकालो
बाटोमा उक्किरहदा उचाई पनि बढि रहेको थियो। पाटनको सौन्दर्यमा रमाउदै हिडिरहेका
थियौ। हुन त हामीले सधै हरिया पाटनहरु देखिरहेका भेटिरहेका हुन्थ्यौ तर पनि नौला किसिमका भौगलिक बनावटले गर्दा प्राकृति सौन्दर्यको दृष्यले वाक्क बनाई रहेको थिएन् हामीलाई। यार्साको सिजनमा यार्सा बजार लाग्ने ठाउमा पुग्दा 1500Hrs
भएको थियो। साह्रै राम्रो ठाउ रहेछ। समुन्द्र सतह बाट 4300 मिटरको उचाई GPS देखायो। यतै टेण्ट टागेर बस्ने होकी किशोर सरले भने। आज समय
पनि छ। भोलि सजिलो हुन्छ । माथि देखिएको गोठ देखाउदै हरि भाईले भने। आज त्यहि
पुगेर बस्यौ कि सर। हामीले सहमति जनायौ। लाग्यौ नाकै ठोकिने हरियो पाटनमा कछुवाको रफतारमा।
पाटननै ढाकिने गरि सेता भेडाहरु चरि रहेका
देखिन्थे। हेर्दा त्यहि जस्तो लागेको थियो तर गोठमा पुग्न २ घण्टा लाग्यो। 1700Hrs गोठमा पुग्यौ। पुरै सेतो कुहिरोले छोपि सकेको थियो। केहि देखिदैन थियो।
जाडो स्वु स्वु भईरहेको थियो। हावा चलिरहेको थियो। भेडाहरुको एकोहोरो भ्याँ
भ्याँ आवज आईरहेको थियो। डर लाग्दा ६ वटा भोटे कुकुर भेडाका वरिपरि लखर लखर
हिडिरहेका देखिन्थे। हामीलाई देख्न ठुलो आवज निकालेर भुक्न थाल्यो। एक जना
गोठालेले नकर भने पनि भुक्न छाडे तर उटा साङ्लामा बाँधेको कुकुर भने भुकिरहेको
थियो। त्यो कुकुर अलिक बदमास छ ति गोठालेले हामीलाई भने। अन्य भोटे कुकुरहरु भेडा
भएका तिर रेखदेख गर्ने तिर लागे। गोठालेले हुकुम दिए पछि कुकुरहरुले बुझ्दा
रहेछन्। जे भए पनि मान्ने खालका। समुन्द्रको सतहबाट 4800 मिटरको उचाईमा आजको बास भन्दै किशोर सरले GPS हेर्नु हुँदै सुनाए।
रुकुम
टकसेराका मगरहरु भेडा गोठाले रहेछन् ६ जना। प्लाष्टिकले पुरै ढाकेर हावा छिर्न
नसक्ने किसिमले बनाएका रहेछन् गोठ। हामी पुग्दा हरि भाईले स्टोभमा चिया र वाई वाई
तयार गरि सकेका रहेछन्। सेतो कुहिरोको हुल भित्र उभिदै वाई वाई र चिया खान थाल्यौ।
खुकुलो भएको पेटलाई हल्का शत्ति थप्यौ। ज्यान तातो बनायौ। भिरालो पाटामा टेण्ट
टाग्यौ। हरि र देब भाईले स्टोभ मा साँझको खाना तयार गर्दै थिए। गोठालेहरु बाजीमा
कल ब्रेक तास खेलिरहेका थिए। केहि समय हेर्यौ। 1830Hrs खाना
खाएर न्यानो ज्याकेट लगाएर स्पिङ ब्याग भित्र पसेको केहि मिनेटमा फुस्सै निदाए छौ।
भोटे कुकुरहरु बेला बेलामा भुकिरहेका सुनिन्थे।
ईजीको गोठ देख्दा खुशीले बुर्कुसी लगाएका थियौ। मौसम खुलेको थिएन् ।
ईजीको भञ्ज्याङमा खुशीले गदगद हुँदा लिएको तस्विर
किशोर सर रमाउनु हुँदै। पृष्ठभूमिमा भविष्यमा कृति ताल निर्माण हुँदै ।
4800मिटरको जाङ्पास उक्लिने क्रममा थाकेर हुँईलुङ भएको क्षण
ईजीको गोठ देख्दा खुशीले बुर्कुसी लगाएका थियौ। मौसम खुलेको थिएन् ।
ईजीको भञ्ज्याङमा खुशीले गदगद हुँदा लिएको तस्विर
किशोर सर रमाउनु हुँदै। पृष्ठभूमिमा भविष्यमा कृति ताल निर्माण हुँदै ।
4800मिटरको जाङ्पास उक्लिने क्रममा थाकेर हुँईलुङ भएको क्षण
जाङ्लाको पाटनमा गोठ र हामी सुत्ने टेण्ट
भेडाको बथान जाङ्ला पाटनमा
Saturday, October 20, 2018
आफ्नै कुरा
मलाई पदयात्रा बाहेक
मेरा शौखहरु कला क्षेत्र पनि भएकाले केहि आफ्नै निर्देशन कथा र अभिनय गरि सर्ट
फिल्म मार्फत संन्देश दिनका लागि प्रयास गरेको छु। YouTube को प्रविधिबाट
आफ्ना रहर आकाक्ष पुरा गरेको छु।
मलाई लाग्छ कक्षा ५
पढ्दा देखि मैले रेडियो नेपालको साहित्य कार्यक्रम धुन र प्रस्तोता दाहाल यज्ञ
निधि आवाज सुन्न खुब गजब लाग्थ्यो। कक्षा ८देखि १० सम्म रेडियो नेपालको शनिबार
बिहानीको पत्रमित्रता फोन ईन कार्यक्रम र साँझ पख चौतारी कार्यक्रम
नियममित सुनिन्थ्यो। यि वाहेक रेडियो नेपालको प्रतिभा साँझ फूलबारी कार्यक्रम
फर्मायसी कार्यक्रममा गीत फर्मायस गर्ने र SW मार्फत बिबिसी नेपाली सेवा सुन्ने मेरो लत बसेको थियो। सुत्ने बेलामा अंग्रेजी भाषा राम्रो नबुझे
पनि BBC Word Service सुनी टोपलिन्थे।
SLC दिई सके पछि हुईकिए राजधानी
अंग्रेजी भाषा र टाईपराईटर सिक्न। राजधानी पुगेको दोस्रो दिन बिश्वज्योतिमा पहिलो पटक
युग देखि युग सम्मको चलचित्र हेरे। पहिलो पटक चलचित्र हेरिरहदा मलाई पनि अभियन नेर्देशन
र कथा लेख्न कता कता मनमा पलाएको थियो। राजधानी छिरे पछि कुनै दिन रेडियो नेपालको चौतारी
कार्यक्रममा गई गीत गाउने रहर गाउमा बस्दा भएको
थियो। लोक गायिका उमा गुरुङ मार्फत चौतारी कार्यक्रममा गीत
गाए बडो रमाएको थिए त्यस बेला। ५०रुपैयाँ तिर लोक गीतका लागि रेडियो नेपालमा स्वर
परिक्षा पनि दिएको थिए। स्वर परिक्षामा उतिर्णत भईन्। बिषमात थिईन् किनकी मेरो आवजको
परिक्षा लिन थियो।
रेडियो नेपालको
अधिराज्य ब्यापी आधुकि लोक र बालगीत ३ दिन सम्म हुने कार्यक्रम सुन्न रेडियो
नेपालको प्राङ्गनमा गईन्थ्यो। हरेक क्याम्पसको Welcoming कन्सर्टमा
डुलि भ्याईन्थ्यो।
Wednesday, October 10, 2018
Great Himalaya Trail
Day-44
Dunai-Kamkot (Dolpa)
दुनै- कामकोट, डोल्पा
24 August 2016डोल्पाको कामकोट बाट दुनै बजारलाई नियाल्दै किशोर सर
दुनै बाट
हिड्ने दिन भएकाले बिशाल भान्जा र किशोर सर भन्दा अगाडि उठे । घडी हेर्दा 0630Hrs भएको थियो। चिया पिउदै गर्दा
हाम्रा लागि गाईड हरि डाँगी र देब डाँगी आईपुगे 0645Hrs।
दुनै देखि म्याग्दीको बेनी सम्म गन्तब्य भएकाले बाटामा दुई दिन सम्म कुनै होटल
नपाईने भएकाले 0730Hrs हरि भाईले चिनेका भाडामा पाईने भाडाकुडा दोकान तिर लाग्यौ। १० दिन सम्मका लागि
भाडामा थाल बटुको चम्चा काटा स्टोभ लियौ ।मट्टी
तेल चामल नुन तेल र भाडाका समानहरु गरि 5700 रुपैयाँको
किनमेल गरि होटल ब्लू सिपमा आयौ। हरि र देब भाईले डोकामा समान मिलाउन थाले। पारिलो
घाम लागेको थियो। डाँडा तिर पानी पार्ने कुहिरो डुल्दै गरेको देखिदैन्थे। खाएको
बसेको र २ वटा डोको रु 12500 तिर्यौ । ब्यू सिप होटल वाट हिड्नु अगाडि होटलका सेफ संगम तामाङ हेप्पी दाई र
हाम्रो गाईडहरु हरि डाँगी देब डाँगी संग सामुहिक तस्विर खिच्यौ र दुनै बजार बाट 1100Hrs बाटो
लाग्यौ।
ठुली भेरी नदीको किनारी पछ्याउदै तेर्स्रो बाटोमा रमाउदै हिड्दै गर्दा दुनै बजारमा दाउरा बेच्नका लागि एक हुल
बहिनीहरु भेटिए। घामको प्रकाश सिधै झरिरहेको थियो।
गर्मीले उत्पात भएका थियौ। छाता ओढ्दै हिड्दै गर्दा ठुली भेरी नदीलाई बिदाई गरि
दुनै बजारका बिजुली निकालिएको कुलो लाई पछ्याँयौ। घर्मीले हुरुक्क भएका थियौ। खोला
वारिपारी भैसी चरिरहेका देखिन्थे। खोला तरे पछि बाटो सिधै उकालो भएर सोझियो। पसिना
पुस्दै खुईया गर्दै उक्लिदै गर्दा भुसुनाले हुन सम्म दुःख दिन थाल्यो। स्याउला
भाँचेर हम्किदै उक्लिदै गरि रहदा मुशलधारे पानीले गोद्न थाल्यो। स्यान्टी फ्याँल्ट
भई सकेका थियौ। हिड्नै सकिरहेका थिएनौ हामी। सल्लाका रुखहरु ढालेर दाउरा गिड्दै
गरेका देखिन्थे। यसरीनै दाउराका लागि काट्ने हो भने छिट्टै नाङ्गा हुन्छ यि जङ्गल भन्दै उकालो बाटोमा किशोर सर र भान्जा बिशाललाई
सुनाए मैले। लम्फु भएर हिडि रहदा हरि डाँगी भाईले अब आउन लाग्यो उ त्यहि ठुम्का
कटे पछि आजको बास बस्ने ठाउ भन्दा खुशीको ठाउ थिएन । कामकोट थुम्कामा उक्लदा खुशीको
सिमाना थिएन्।हरिया पाटन नियाल्दै चकलेट र पानी पिउदै रमाई रहदा सेतो
कुहिरोका बथानले देखिएका पाटनलाई ढाँक्दै गरेका देखिन्थे। दुनै बजार
सुन्दर देखिथ्यो। छिर्न नसकिने घना जङगल देखिन्थ्यो सिधा पारी। सरहरु
बिस्तारी आउनुहोस चिया र वाई वाई तयार बनाई राख्छु भनि हरि र देब भाई हिडे।
15 मिनेट
आराम गर्यौ । १० मिनेट हिडे पछि हरि भाई छतमा बसेर हामीलाई पर्खि बस्नु
भएको रहेछ। उहाँको नातेदारको घर रहेछ। पानी पर्नका लागि तयारी हुँदै गरेको मौसम देखिन्थे। चिया र वाई वाई खादै प्राकृति
सौन्दर्यको उपहार रहेछ कामय डाँडा भन्दै रमायौ। हरि भाईका आफन्तले भालुको निक्कै बिगबिग भएको कुरा सुनाए। छतमा टेण्ट टाङ्दै गर्दा
झमझम पानी पर्न थाल्यो। साँझको खाना ८बजे खायौ र ढल्किने बित्तिकै फुस्दै गएछौ
हामी।
डोल्पाको कामकोट डाँडामा पुग्नै लाग्दा किशोर र बिशाल भान्जा थकित मुद्रामा
कामकोट उक्लिदै गर्दा
बेच्नका लागि दुनै बजार तिर लाग्दै
Tuesday, October 9, 2018
ओखल्ढुंगे च्याङ्वा एकराज तामाङ संग गरिएको कुराकानी
आफू जन्मेको ओखल्ढुंगा सल्लेरी गाउलाई गीत संगीत मार्फत चिनारी दिलाउनु प्रयास
गर्नु हुने एकराज तामाङ संग गरिएको कुराकानी ।
एकराज तामाङले अभिनय गरेको भिडियो हेर्नका लागि
Sunday, September 23, 2018
Great Himalaya Trail
Day-43
Dunai (Dolpa)
दुनै, डोल्पा
23 August 2016
आकासमा
पानी झार्ने बादल रित्ति सकेको रहेछ। आकास संगै भेटेर थुचुक्क बसेको चुच्चा
थुम्काको फेदीमा अवस्थित सानो लोभ लाग्ने टार दुनै बजार मा झलमल घाम लागि सकेको
थियो ब्युँझदा। ठुली भेरी नदीले बैमाईनी गर्छकी भन्दै हरेक साल भूक्षय रोक्नका
लागि तारको जाली भित्र ढुंगाको पर्खाल भत्काउला झै गरि रिस देखाउदै खैलाबैला
गर्दै धमिलो भेल लिएर हुत्तिदै गरेको देखिन्थे । हुत्तिएको धमिलो भेल नियाल्दै
ढिस्कामा चिया पिदै गर्दा बिशाल भाञ्जा र किशोर सर पनि चिया हातमा लिएर आए। खुलेको
दिन भएकाले दुनै बजारमा किन बेच गर्नका लागि डोल्पाली भेषभुषामा सजिएर हिडि
रहेका देखिन्थे। घण्टी बजाउदै खच्चरका हुलहरु समान लोड र अनलोड गर्दै गरेका
देखिन्थे। हुम्ला देखि ४३ दिन दुनैमा आईपुग्दा थकानको महशुस भएको छैन् । GHT बिशेषता भनेकै यस्तै हो भन्दै गफिदै जिस्कदै उर्लेको ठुली भेरी नियाल्दै
रमाई रहेका थियौ।
हिजो
धोएको लुगाहरु चौउरमा सुकायौ। चिरिक्क पोल्ले घाम लागेको थियो। कहिले नदेखाका भाले
पोथी शिर भएको छिर्के मिर्के चरा कान्ला मास्तिर बाट भुर्र भुर्र गरि उडेर चौउरमा
फट्याङ्ग्रा खोजी चर्न डुल्ने अनि उडेर जान्थे। क्याँ बाठा क्यामरा ठिक्क पार्यो
कि उडेर कान्ला मास्तिरको काँडा घारी भित्र लुक्न जान्थे।
डोको भरि
स्याँउ बोकेर स्याँउ स्याँउ भन्दै आईन एउटी बहिनी। ५ दाना किन्यौ २ रुपैयाँको
दरले। तिनै जनाले टोक्यौ। हातमा नअटाउने झरिलो र रसिलो स्याँउ थियो। NGO/INGOमा कार्यरत दुई जना भद्र महिलाले एक रुपैयाँमा देउन् भन्दै दलाल गरेका थिए तर २रुपैयाँको
दरभाउले बेचि छाडिन्। डोल्पाको स्याँउ काठमाण्डु लानु पर्छ भन्दै रोजी रोजी छान्दै
देखिन्थे । वजन छ। टन्नै लानु पर्छ भन्दै गरेको सुनिन्थे।
११ बजे
गन्धर्वहरु आईपुगे। खाजा अडर गर्यौ। हामी संगै बेनीबजार सम्म जाने भनेका थियौ तर
४हजार भन्दा माथीको पास गरेर जानु पर्ने भएकाले जान नसक्ने भयौ सुनाए हामीलाई। खाजा ख्वाँयौ र १०हजार रुपैयाँ दियौ । खाजा
खाएर होटल बाट बिदा भए।
होटल ब्लू सिपका संगम भाईले हाम्रो लागि म्याग्दीको बेनी बजार सम्मका लागि गाईड र सहयोगी
हरी बहादुर डाँगी र देव डाँगी आईपुगे। गफगाफ गर्यौ। भोलि बिहान ७ बजे आईपुग्छौ
भनेर छुटिए। समय समय के
सेवा गरौ ?के खानु हुन्छ? भनि हाम्रा लागि
सोधी रहने हेप्पी दाई। सबैले उहाँलाई
हेप्पी दाई भन्थे हामीले पनि हेप्पी दाई भन्थ्यौ। साह्रै मिलनसार र पाहुनालाई
राम्रो सत्कार गर्ने हेप्पी दाई। साथै याक होटलका सेफ संगम भाईको स्वाँदिष्ठ
खान्कीले हामी मख्खै भएका थियौ। खाना १२ बजे खायौ। ईन्टनेट प्रयोग गर्यौ। ३ बजे
सम्म झ्याँप भएर सुत्यौ। चिया पिउदै गर्दा
मुसल धारे पानी पर्न थाल्यो। पानी र कुहिरो सरावरी भएको देखिन्थ्यो। साँझको खाना
खाएर १० बजे सुत्यौ।
दुनैको रसिलो आँरु खानका लागि किन्न लाग्दै किशोर सर
दुनै बजारको काखैमा बग्दै ठुली भेरी नदी
दुनै बजारमा रमाउनु हुँदै किशोर सर
फेसबुक लाईभ गर्दै । ब्लू सिप होटलको प्राङ्गन बाट।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...



















