Total Pageviews

Sunday, October 21, 2018

Great Himalaya Trail Day45


Day-45
Kamkot -Jangla Pass(Dolpa)
25 August 2016






             डोल्पाको 3500मिटरको उचाईमा अवस्थित ईजीको गोठमा थाकेर लोथ भएको क्षण

ब्युँझदा 0630Hrs भएको रहेछ। बिशाल भाञ्जा र किशोर सर स्लिपीङ ब्याग भित्र निदाई रहेका थिए। टेण्टको च्यान खोले। बिहानको चिसो हाँवाले घाटीमा झ्याँप्पै हानी हाल्यो। धुम्मेको बिहानी थियो। डाँडा र पाटन लाई भुई कुहिरोले लपक्कै छोपेर राखेका देखिन्थ्यो। चर्पीखाना नभएकाले झाडी तर्फ लागे। फर्कदा किशोर सर र बिशाल भाञ्जा पनि चर्पी कता गएर आउनु भयो सोधे। म गएको दिशा तर्फ देखाई दिए।
मुण्डा घरको छतमा जडिबुटीको चिया ल्याए हरि भाईले। चिसो बिहानीमा चियाको सुर्का लगाउदै गर्दा आज गजबले निन्द्रा लाग्यो बिशाल भान्जाले भने । हो साँच्चै हिजो राती पल्टे पछि बिहान मात्रै ब्युझ्यौ किशोर सर र मैले पनि भने। गफगर्दै गरि रहदा वाई वाई तयार भयो खानका लागि हरि भाईले बोलाए। बाटो लाग्ने बेलामा हरिका आफन्तले पैसा लिन मानेन् हिजो खाएको उसीनेको आलुको । धन्यवाद राम्ररी बस्नु होला।
समय मिलेमा फेरि आउला भन्दै 0830Hrs बाटो लाग्यौ। पारी पट्टी बाग्लो जंगल देखिन्थे। हिड्दै गरिरहदा त्यो देखिएको पाटन लाई ईजी भन्छ। त्यसको भञ्ज्याङ निर गोठ छ। लन्च त्यहा हुन्छ आजको हरि भाईले भने। 1030Hrs ईजीमा पुग्यौ। गोठमा धुवाँ उडीरहका देख्यौ। गोठ नजिकै पुग्दा २ वटा कुकुरहरु भुके । मनमोहक पाटन रहेछ भन्दै खुशीले फोटो खिच्यौ। गोठमा श्रीमान श्रीमती रहेछन्। हरि भाईले चिनजान गरे । स्टोभमा हरि र देब डाँगी भाईले खाना र तरकारी पकाउन सुरसार गरे। कुडेमा तातो दुध उमल्दै थियो। किशोर सर  बिशाल भाञ्जा हरि र देब भाईले एक एक मान तातो दुध पिउन थाले । दुध खाना रुचि नभएकाले दहि खाए मैले। डोल्पाको सिमलाग्नामा एक मान दहि खाएकाले हिड्दा सकस भएकाले काबु भएको थिए म। ठिक्क मात्र खाए।

दुई किलो जतीको देखिने एउटा जंगली च्याँउ गोठाला दाईले उपहार दिए हामीलाई। हरि भाईले त्यो उपहारको च्याँउलाई ध्युँमा भुटभाट गर्न थाले। कामकोट बाट ल्याएको साँग छुट्टै कराईमा पकाउदै थिए। खाना पाक्दै गर्दा गोठका दाई संग गफगाफ गर्ने क्रममा तपाईको सभासद धन बहादुर बुढा रिङ्मोमा भेटाएका थियौ। तिनी हाम्रा नेता होईन्। उनी ठेकदार हुन्। हामी एउटै पार्टी भए पनि उनलाई मैले भोट दिईन्। यार्सा ब्यापारको याम भएकाले चाईना तिर गएर आएका हुन् तिनी। ती गोठका दाई राजनीति नजिक बाट बुझ्ने रहेछ। छोराहरुलाई पोखरा र काठमाण्डुमा पढाएका रहेछन्। 

मुनि देखिएको पाटनलाई देखाउदै । यहाँ कृतिम ताल बनाउने योजना भईसकेको छ। यदी ताल फुट्यो भने दुनै बजारलाई स्वाँह बनाउन बेर लाउदै । ठुली भेरी कुनै दिन बौलायो भने  दुनै बजारलाई बाँकी राख्दै भने। कृतिम ताल बन्यो भने यो ईजी लोभ लाग्ने पर्यटक स्थल हुन्छ हैन मैले र किशोर सरलाई भने। बिशाल भाञ्जा खाना नपाकुञ्जेल ढलक्दै थिए। एक माना ध्युँ किन्यौ खाना संग मुछेर खानाका लागि। च्याँउ अतिनै मिठो थियो। गोठका दाईलाई धन्यवाद फेरि दियौ। हामीलाई च्याँउ उपहार दिनु भयो। मिठ्ठो खाने कुरा पकाएर खुवाउनु भयो। धन्यवाद हरि भाई पनि भन्यौ। भरै साँझको लागि पनि एक किलो जति ज्याँउ दिनु भयो हामीलाई। दुध, ध्यू र दहिको जम्मा 1000 हजार गोठका दाई लाई दियौ।
एक हप्ता देखि हराईरहेको एउटा खच्चर खोच्न  उत्तर तिरको पाटन तिर देखाउदै आज त्यता जानु पर्ने छ। तपाईहरु संगै निस्कन्छु भने। पक्कै पनि खच्चर हराएका हैन चोरेर बेच्न लगि सकेका होलान् त्यहि पनि मनको सन्तोक भन्दै सुनाए। हामीले सुनायौ अस्ति रारा ताल तिर पनि खच्चर हराएर खोच्दै गरेका देखाएका थियौ। एउटा राम्रो खच्चरलाई २लाख पर्ने बताए हामीले सोध्दा। रुकुम तिरका भेडी गोठालाहरु अस्ति मात्र यहाँ देखि उकालो लागेका छन्। गोठमा बास बस्न पाईन्छ फिक्कर लिनु पर्दैन भने।
1200Hrs गोठबाट बाटो लाग्यौ। दिन ठुस्केर बसेको देखिन्थ्यो। कछुवाको गतिमा उकालो बाटोमा उक्किरहदा उचाई पनि बढि रहेको थियो। पाटनको सौन्दर्यमा रमाउदै हिडिरहेका थियौ। हुन त हामीले सधै हरिया पाटनहरु देखिरहेका भेटिरहेका हुन्थ्यौ तर पनि नौला किसिमका भौगलिक बनावटले गर्दा प्राकृति सौन्दर्यको दृष्यले वाक्क बनाई रहेको थिएन् हामीलाई। यार्साको सिजनमा यार्सा बजार लाग्ने ठाउमा पुग्दा 1500Hrs भएको थियो। साह्रै राम्रो ठाउ रहेछ। समुन्द्र सतह बाट 4300 मिटरको उचाई GPS देखायो। यतै टेण्ट टागेर बस्ने होकी किशोर सरले भने। आज समय पनि छ। भोलि सजिलो हुन्छ । माथि देखिएको गोठ देखाउदै हरि भाईले भने। आज त्यहि पुगेर बस्यौ कि सर। हामीले सहमति जनायौ। लाग्यौ नाकै ठोकिने हरियो पाटनमा कछुवाको रफतारमा। 
पाटननै ढाकिने गरि सेता भेडाहरु चरि रहेका देखिन्थे। हेर्दा त्यहि जस्तो लागेको थियो तर गोठमा पुग्न २ घण्टा लाग्यो। 1700Hrs गोठमा पुग्यौ। पुरै सेतो कुहिरोले छोपि सकेको थियो। केहि देखिदैन थियो। जाडो स्वु स्वु भईरहेको थियो। हावा  चलिरहेको थियो। भेडाहरुको एकोहोरो भ्याँ भ्याँ आवज आईरहेको थियो। डर लाग्दा ६ वटा भोटे कुकुर भेडाका वरिपरि लखर लखर हिडिरहेका देखिन्थे। हामीलाई देख्न ठुलो आवज निकालेर भुक्न थाल्यो। एक जना गोठालेले नकर भने पनि भुक्न छाडे तर उटा साङ्लामा बाँधेको कुकुर भने भुकिरहेको थियो। त्यो कुकुर अलिक बदमास छ ति गोठालेले हामीलाई भने। अन्य भोटे कुकुरहरु भेडा भएका तिर रेखदेख गर्ने तिर लागे। गोठालेले हुकुम दिए पछि कुकुरहरुले बुझ्दा रहेछन्। जे भए पनि मान्ने खालका। समुन्द्रको सतहबाट 4800 मिटरको उचाईमा आजको बास भन्दै किशोर सरले  GPS हेर्नु हुँदै सुनाए।  
रुकुम टकसेराका मगरहरु भेडा गोठाले रहेछन् ६ जना। प्लाष्टिकले पुरै ढाकेर हावा छिर्न नसक्ने किसिमले बनाएका रहेछन् गोठ। हामी पुग्दा हरि भाईले स्टोभमा चिया र वाई वाई तयार गरि सकेका रहेछन्। सेतो कुहिरोको हुल भित्र उभिदै वाई वाई र चिया खान थाल्यौ। खुकुलो भएको पेटलाई हल्का शत्ति थप्यौ। ज्यान तातो बनायौ। भिरालो पाटामा टेण्ट टाग्यौ। हरि र देब भाईले स्टोभ मा साँझको खाना तयार गर्दै थिए। गोठालेहरु बाजीमा कल ब्रेक तास खेलिरहेका थिए। केहि समय हेर्यौ। 1830Hrs खाना खाएर न्यानो ज्याकेट लगाएर स्पिङ ब्याग भित्र पसेको केहि मिनेटमा फुस्सै निदाए छौ। भोटे कुकुरहरु बेला बेलामा भुकिरहेका सुनिन्थे।  
 ईजीको गोठ देख्दा खुशीले बुर्कुसी लगाएका थियौ। मौसम खुलेको थिएन् । 
 ईजीको भञ्ज्याङमा खुशीले गदगद हुँदा लिएको तस्विर
    किशोर सर रमाउनु हुँदै। पृष्ठभूमिमा भविष्यमा कृति ताल निर्माण हुँदै ।


4800मिटरको जाङ्पास उक्लिने क्रममा थाकेर हुँईलुङ भएको क्षण



















जाङ्लाको पाटनमा गोठ र हामी सुत्ने टेण्ट

भेडाको बथान जाङ्ला पाटनमा



No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...