Total Pageviews

Sunday, September 23, 2018

Great Himalaya Trail

Day-43
Dunai (Dolpa)
दुनै, डोल्पा
23 August 2016
डोल्पाको दुनै बजार ब्लू सिप होटलको स्वाँदिष्ट खान्की खान अगाडि लिएको तस्विर

आकासमा पानी झार्ने बादल रित्ति सकेको रहेछ। आकास संगै भेटेर थुचुक्क बसेको चुच्चा थुम्काको फेदीमा अवस्थित सानो लोभ लाग्ने टार दुनै बजार मा झलमल घाम लागि सकेको थियो ब्युँझदा। ठुली भेरी नदीले बैमाईनी गर्छकी भन्दै हरेक साल भूक्षय रोक्नका लागि तारको जाली भित्र ढुंगाको पर्खाल भत्काउला झै गरि रिस देखाउदै खैलाबैला गर्दै धमिलो भेल लिएर हुत्तिदै गरेको देखिन्थे । हुत्तिएको धमिलो भेल नियाल्दै ढिस्कामा चिया पिदै गर्दा बिशाल भाञ्जा र किशोर सर पनि चिया हातमा लिएर आए। खुलेको दिन भएकाले दुनै बजारमा किन बेच गर्नका लागि डोल्पाली भेषभुषामा सजिएर हिडि रहेका देखिन्थे। घण्टी बजाउदै खच्चरका हुलहरु समान लोड र अनलोड गर्दै गरेका देखिन्थे। हुम्ला देखि ४३ दिन दुनैमा आईपुग्दा थकानको महशुस भएको छैन् । GHT बिशेषता भनेकै यस्तै हो भन्दै गफिदै जिस्कदै उर्लेको ठुली भेरी नियाल्दै रमाई रहेका थियौ।
हिजो धोएको लुगाहरु चौउरमा सुकायौ। चिरिक्क पोल्ले घाम लागेको थियो। कहिले नदेखाका भाले पोथी शिर भएको छिर्के मिर्के चरा कान्ला मास्तिर बाट भुर्र भुर्र गरि उडेर चौउरमा फट्याङ्ग्रा खोजी चर्न डुल्ने अनि उडेर जान्थे। क्याँ बाठा क्यामरा ठिक्क पार्यो कि उडेर कान्ला मास्तिरको काँडा घारी भित्र लुक्न जान्थे।
डोको भरि स्याँउ बोकेर स्याँउ स्याँउ भन्दै आईन एउटी बहिनी। ५ दाना किन्यौ २ रुपैयाँको दरले। तिनै जनाले टोक्यौ।  हातमा नअटाउने झरिलो  र रसिलो स्याँउ थियो। NGO/INGOमा कार्यरत दुई  जना भद्र महिलाले एक रुपैयाँमा देउन् भन्दै दलाल गरेका थिए तर २रुपैयाँको दरभाउले बेचि छाडिन्। डोल्पाको स्याँउ काठमाण्डु लानु पर्छ भन्दै रोजी रोजी छान्दै देखिन्थे । वजन छ। टन्नै लानु पर्छ भन्दै गरेको सुनिन्थे।

११ बजे गन्धर्वहरु आईपुगे। खाजा अडर गर्यौ। हामी संगै बेनीबजार सम्म जाने भनेका थियौ तर ४हजार भन्दा माथीको पास गरेर जानु पर्ने भएकाले  जान नसक्ने भयौ सुनाए हामीलाई। खाजा ख्वाँयौ र १०हजार रुपैयाँ दियौ । खाजा खाएर होटल बाट बिदा भए।
होटल ब्लू सिपका संगम भाईले हाम्रो लागि म्याग्दीको बेनी बजार सम्मका लागि गाईड र सहयोगी हरी बहादुर डाँगी र देव डाँगी आईपुगे। गफगाफ गर्यौ। भोलि बिहान ७ बजे आईपुग्छौ भनेर छुटिए। समय समय के सेवा गरौ ?के खानु हुन्छ? भनि हाम्रा लागि सोधी रहने  हेप्पी दाई। सबैले उहाँलाई हेप्पी दाई भन्थे हामीले पनि हेप्पी दाई भन्थ्यौ। साह्रै मिलनसार र पाहुनालाई राम्रो सत्कार गर्ने हेप्पी दाई। साथै याक होटलका सेफ संगम भाईको स्वाँदिष्ठ खान्कीले हामी मख्खै भएका थियौ। खाना १२ बजे खायौ। ईन्टनेट प्रयोग गर्यौ। ३ बजे सम्म  झ्याँप भएर सुत्यौ। चिया पिउदै गर्दा मुसल धारे पानी पर्न थाल्यो। पानी र कुहिरो सरावरी भएको देखिन्थ्यो। साँझको खाना खाएर १० बजे सुत्यौ।

 
दुनै बजारको रसिलो स्याँउ टोक्दै। याक होटलको प्राङ्गनमा
दुनैको रसिलो आँरु खानका लागि किन्न  लाग्दै किशोर सर
दुनै बजारको काखैमा बग्दै ठुली भेरी नदी
दुनै बजारमा रमाउनु हुँदै किशोर सर
फेसबुक लाईभ गर्दै । ब्लू सिप होटलको प्राङ्गन बाट।


No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...