Total Pageviews

Tuesday, August 7, 2018

मानेभञ्ज्याङमा बिहिबारे हटिया लगाएर अस्ताए आशा जित मगर



२०१७ सालमा धिमिले निवासी अर्ग बहादुर राईले आफ्नो गाउमा बिद्यालय स्थापना गर्नु भएको थियो तर अध्ययन गर्ने बिधार्थी नभएकाले २०१८ सालमा उहाँले मानेभञ्ज्याङमा स्थान्तरण गर्नु भएको थियो । २०२१साल सम्म कुल बहादुर अधिकारीले स्कूल संचालन गर्नु भएको थियो। मानेभञ्ज्याङ निवासी आशा जित मगर २००७ सालमा बृटिस सेनामा भर्ति हुनु भएको थियो र २०२१ साल २१कार्तिक मा सेवा बाट अवकास हुनु भई मानेभञ्ज्याङमा आईपुग्नु भएको थियो।

पल्टनमा हुँदा शिक्षाको महत्व बुझे पछि शिक्षाको ज्योति फैलाउन मानेभञ्ज्याङमा संञ्चालन भएको स्कूललाई २०२२ साल देखि आशा जित मगरले स्कूल संञ्चालनको जिम्मेवारी लिएका थिए । २०२३ सालमा भूमि सुधार नियम लागू हुनु भन्दा पहिला आशा जितले स्कूल संञ्चालन का लागि हरेक घरधुरीबाट एक मुठी देखि २१मुठी बिच भएकाले १ रुपैयाँ, २१मुठी देखि ४२मुठी भएकाले २ रुपैयाँ चन्दा सङ्कलन गर्ने नियम बनाए तर  रकम उठाउन सकेको थिएन्। भूमि सुधार नियम लागू भए पछि गरिब बाट ५० पैसा, मध्यम बर्गबाट ७५ पैसा धनीमानीबाट १ रुपैयाँ चन्दा संकलन गरि श्री भगवती स्कूल संचालन गरेका थिए। शिक्षकमा लंक बहादुर अधिकारीलाई नियुक्त गरि महिनाको रु ७५ तलब दिएका थिए। ३७००रुपियाँ उधारोमा पढाएका थिए लंक अधिकारीले। चन्दा उठाउन ठुलो भुमिका निर्वाह गरेका थिए ओखरबोटका मताने बुढा भनिने स्व बुद्धि कर्ण पुलामीले । मानेभञ्ज्याङ गाबिसमा  जम्मा 450 घरधुरी थिए त्यस बेला।

२०२७ साल देखि २०२८ साल सम्म निजि तवरले कक्षा ८ संञ्चालन गर्ने प्रयास गरेका थिए तर सफल हुन सकेन्।२०३८ साल सम्म निम्न माध्यामिक सम्मको अध्ययन मानेभञ्ज्याङमा थियो । २०३८ सालमा ‌ओखल्ढुंगा शिक्षा कार्यलयले २०हजार रुपैयाँ धरौटी नराखे स्कूल रामपुर जाने निश्चित भएकाले क्षेत्रिय जिल्ला सदस्य माधापुर निवासी स्व टंक बहादुर अधिकारीले आशा जित दाई तपाई आजै २०हजार लिन जानु पर्यो भने पछि ओखल्ढुंगा बाट रातारात हिडेर माधापुर गाउमा टंक बहादुर अधिकारीको घरमा मिरमिरे बिहानीमा पुग्नु भई २०हजार नगद लिई ओखल्ढुंगा पुगेका थिए आशा जित। मानेभञ्ज्याङको स्कूल रामपुर स्थान्तरण हुन बाट जोगाएका थिए । स्व द्वय टंक बहादुर अधिकारी र आशा जित मगरले।

माध्यामिक बिद्यालय स्थापना गर्नका लागि स्वीकृती लिन स्व द्वय आशा जित मगर र उदयपुर निवासी बंक बहादुर भनिने टिका बहादुर राई २०३८ सालमा काठमाण्डु शिक्षा मंन्त्रालय जानु भई माध्यामकि बिधालय संचालनको लागि स्विकृत लिनु भएको  थियो र २०३९ साल देखि हाई स्कूल संञ्चालन गरेको थिए। स्वीकृती प्राप्त पश्चात काठमाण्डु देखि ३ वटा ब्ल्याक बोर्ड किन्न बिरगंञ्ज गएका थिए आशा जित मगर । माध्यामिक तहका लागि शिक्षक खोज्न टंक बहादुर अधिकारी लागि परेका थिए। टंक बहादुर र आशा जितले स्कूलको नाम भगवती जुराएका थिए र भगवतीको मन्दिर निर्माण गरे श्रमदान बाट । हाल जिर्ण अवस्थामा रहेको छ।

आशा जितको अग्रसरमा खरबाट छाएको बिद्यालयलाई भत्काई श्रमदान बाट ढुंगाले छाएको भवन निर्माण गरे । जस्ताले छाएको छात्रबास पनि निमार्ण गरेका थिए। रुम्जाटार एरिया वल्फेर बाट रकम उपलब्ध गराएर अन्य भवन निमार्ण र पढ्नका लागि डेक्स र बेञ्च बनाएका थिए।उच्च माध्यामिक बिधालय संञ्चालनका लागि आशा जित मगरले आर्थिक सहयोग दिनु भएको थियो । भगवती स्कूलले बाली बिज्ञान कार्यक्रमको स्वीकृती पाएको सुन्न पाउनु भएन् आशा जितले। मानेभञ्ज्याङको श्री भगवती स्कूल संञ्चालन गर्न मुख्य योग्दान गर्नु भएका समाजसेवी स्व टंक बहादुर अधिकारी स्व आशा जित मगर स्व टिका बहादुर राई र जीवित अर्ग बहादुर राई र कुल बहादुर अधिकारीको महत्वपुर्ण योग्दान छ।

आशा जित मगर र टंक बहादुर अधिकारीको पहलमा ईलाका हुलाक कार्यलय र हेल्थपोष्ट सिस्नेरी र उबुँ गाउ तिर स्थान्तरण हुने योजना हुँदा भौगलिक दृष्टिकोणले ओखल्ढुंगा देखि मानेभञ्ज्याङ सुगम भएको तर्क राख्दै स्थान्तरण हुन बाट जोगाएका थिए ।

मानेभञ्ज्याङको बिकासको क्षेत्रमा स्व द्वय टंक बहादुर अधिकारी र आशा जित मगरले गरेका योग्दाहरु सम्झनु पर्दा । साझा संस्था भवन हाल मिल घर । बिगतमा यहि घर बाट खाद्यन्य, मल र बिउ बिजहरु बाँडिन्थे। मंसिरे थुम्काको गोगन पानी बाट खानेपानी ल्याएका थिए । छोटी हुलाक बाट ईलाका हुलाक कार्यलय । हेल्थपोष्ट। फुस्रे डाँडा भनिने अकस्ली पार्कको पाटामा भएको बृक्ष र सिद्धथान भनिने उज्यालो पार्कको बृक्ष।नर्सरी निर्माण गरि बृक्षा रोपण गर्न लगाएका थिए।ओखरबोट निवारी स्व नर्सरी नाईके बुढा भनिने बम बहादुर पुलामी लाई नर्सरी र बृक्षारोपन भएको तिर रेखदेख गर्न खटाएका थिए। सल्लेनी बनको पुरै क्षेत्र बृक्षा रोपन गरे पनि डढेलो लागेर नष्ट भएको थियो। राष्ट्रिय बाणिज्य बैक मानेभञ्ज्याङमा ल्याउनका लागि उल्लेखनिय भुमिका रहेको थियो। बहुदलिय ब्यवस्था परिवर्तन नहुँदा उप र प्रधान पंञ्च हुनु भई जनताको सेवा पनि पर्नु भएको थियो। ओखरबोट निवासी भाङ्ग्रा बुढा भनिने अडिमर्दन मगर लाई पञ्यायती ब्यवस्थाको समयमा पक्रन र मार्ने षड्यन्त्र गर्दा बचाउ गर्नमा आशा जित र टंक बहादुर अधिकारीको मुख्य योग्दान रहेको थियो।

आफ्नै पहलमा आशा जित मगरले २०४२ साल तिर हालको मानेभञ्ज्याङमा लाग्ने बिहिबारे हटिया बसाल्न शुरु गरेका थिए। उहाँले माथिल्लो रिचुवा र जेरुङ् गाउबाट केरा बेच्न ल्याउनु भनेका थिए र आफैले किनेर हटिया भर्न आएकालाई बाँडेका थिए। मानेभञ्ज्याङ गाउ नजिकका गाउ साँस्पुले राई र ओखरबोटे मगर्नीहरुलाई सेलरोटी पोल्न लगाए। रक्सी पारेर बेच्न ल्याउनु भनेका थिए उदयपुरका गाउलाई । आशा जितले हाट भर्न आएको शुरु शुरुका हप्तामा सेलरोटी र रक्सी किनेर दिएका थिए । जनयुद्व आरम्भ हुनु अगाडि मानेभञ्ज्याङमा बिहिबारे हटिया धेरै घुईचो हुने गर्थ्यो । हालमा पनि दशै र तिहार छेक तिर पनि उत्तिकै घुईचो हुने गर्दछ। बैचारिक सुझाब र हटियामा समान बेचबिखन गर्न लैजानु पर्छ भनि गाउटोलमा प्रोत्साहन गर्नु हुने उदयपुर निवारी द्वय फटुले र चिम्वल काईला नामले चिने ब्याक्तिहरु योग्दान पनि अथक रहेको छ । नृत्य कार्यक्रम आयोजना गरि बिहिबारे हटियाको उद्धघाटन गरेका थिए। नृत्य निर्देशक दिपक पौड्यल गर्नु भएको  थियो। नृत्यमा सहभागी भएका थिए। स्व सानु माया मगर, स्व साबित्री अधिकारी, रमिला राई, बालुमाया मगर  र अन्य भगवती स्कूलमा अध्ययनरत बिधार्थीहरु थिए।

गोर्खाली सेनालाई बेलायत बस्नका लागि सुविधा दिए पछि आशा जित मगर बेलायत बस्दै आएका थिए। मानेभञ्ज्याङमा बिहिबारे हटिया लगाउनु हुने आशा जित मगर सधैका लागि अस्ताए। सन्  7 जुलाई 2018  बेलायतको अल्डरसटमा । दिवंगत हुनु भएका आशा जित मगरको अन्तिम ईच्छा र चाहान मानेभञ्ज्याङकै माटोमा बस्ने भनेकाले ७ अगष्ट 2018 साँस्पु पारि आफ्नै बारीमा मगर ऋति संस्कार अनुसार आशा जितको जेष्ठ छोरा भद्र बहादुर माईला छोरा टेक बहादुर कान्छा छोरा मान बहादुर र एक छोरी मंगली मायाले अन्तेष्टि गरे ।
उहाँको जन्म ओखरबोट दुभानटोलमा बिक्रम सम्वत १९८७ असोज १२ भएको थियो र दिवंगत २०७५ असाढ २३ बेलायतमा भएको थियो।





स्व आशा जित मगर संग मैले 2008 सालमा मानेभञ्ज्याङको स्कूल र अन्य बिकासको कुराहरु सोधेको थिए। तिनै टिपोट आज पोष्ट गरेको हुँ।










Saturday, August 4, 2018

थोले देम्बाको सिरेटो कुईभिरको अक्करमा ठोक्किएर लिब्जुको थु्म्का बाट बरालिएका चिसो हावाको स्पर्ष लिएका ओखल्ढुंगे हामी
























लिखुको बगर हुँदै थोले देम्बाको शिर नियाल्दै कुईभिरको अक्कर चाहार्दै रुम्जाटारको रातो माटोमा चिप्लिदै लिब्जुको थुम्का पुग्दै दुधकोशी र सुनकोशीको गड्तिर तिर पौडिदै हिड्ने लक्का जवानीमा आफ्नो जीवन सैली परिवर्तनका लागि सिंगापुर आईपुगेका हामी ओखल्ढुंगा जिल्ला बासीको  ०३अगष्ट २०१८ स्थानिय समय 0800 बिशेष स्वर्णिम सन्ध्या थियो। सिंगापुर आउने र नेपाल फर्कने।  कामको खापाखाप र चापाचाप भएता पनि  समय मिलाएर  मध्यपान को चुस्किमा पल्टनका गफगाफ गर्ने देखि गाउघरका पाखापखेरुका गन्थन गर्दै  टाईसेङको रिटिङमा गजबको सन्ध्या थियो । देउरालीको बर र पिपलको पालुवा फेरिको झै । जिल्ला बासीको तर्फबाट सिनियर साबले ईन कमिङ र आउट गोईलाई जिल्ला बासीलाई स्वागत र बिदाईका चिनो दिनु भएको थियो। 
                                                 स्वागतम  
                                           स्वागतको लागि खादा लगाई दिनु हुँदै             
                                                                  खुशी को क्षण
                                टाईसेङको रिङटिङमा पाखा पखेरुका गफगाफमा मस्त हामी
                                  अवकास हुनु पुर्व जिल्ला बासीको चिनो स्वीकार गरिदिनु हुँदै ।
                                                            चिनो स्वीकार गर्नु हुँदै ।
                                                        हर्षको भेल जिल्ला बासीमा






















































Thursday, August 2, 2018

सेलेटार तलाउमा पुग्दा



हिडडुल गर्दै छिप्पेको घाम लाग्दाको टाईममा पुगेका थिए अप्पर सेलेटार रिजोभरमा। पसिनाले ल्याप्पै ज्यान भिजाई सकेको थियो। तलाउको झोलुङ्गे पुलको आडमा थ्याँच्चै बसे। सिरसिरे बतासले पसिना ओभ्याई दियो। थाकित ज्यान आराम पाए पछि त सारा मन खुल्ला भयो। उडेको बलुम जस्तै। २० बर्ष अगाडि यस तलाउमा झारले झ्याप्पै छोपेको हुन्थ्यो। हेर्दा हेर्दै अहिले अकल्पनिय जस्तो लाग्छ। अप्पर थम्सन रोडको जंगल भित्र राताम्मे भएर लटरम्म रम्बु तान हाँगै लाछिने तरिकाले फलेको देखिन्थे तर टिप्न नपाईने नियम कानुन भएकाले मुख मिठ्याउदै हिडिरहे।  

Wednesday, July 25, 2018

यात्रा बिदादारी पार्क सम्म (Bidadari Park)







Dash/Down/Observe/Sight/Fire/field Craft का सुख्खा तालिम देखि CFT,BFT,APFA,APPT,ICFT,X-Country,Speed Walk ,Running ,Walk & jogging को अदभुतको स्थल थियो बिदादारी पार्क। कथा हो २४ बर्ष अगाडीको। कंक्रीटको स्वर्णिम महाभारत पर्वतमालाको जस्तै दृष्य केहि महिना पश्चात देखिदै छ। जरुवा पानीबाट मानव निर्मित अल्काफ पोखरी पनि निर्माण हुँदै छ। जीवन भनेकै बिगत र बर्तनमा मिलेर बनेको जस्तै लाग्छ। आजकाल बिदादारीको वरिपरि घुमफिर गर्दा बिगतको सम्झनाले भुतुक्कै बनाउछ मलाई।  



Friday, July 20, 2018

Great Himalaya Trail

Day-39
दुनै - फापर बारी (डोल्पा)
Dunai - Phapar Bari (Dolpa)
19 August 2016

भान्जा बिशाल र किशोर सर प्याँस मेटाउनु हुँदै । लोभ लाग्दो अक्करको आकृति नियाल्नु हुँदै।
हाम्रो समान होटल ब्लू सिपमा छाड्यौ। खाएको बसेको रु ३००० हजार तिरी  यात्रा सेफोक्सुण्डो तिर हानियौ 0800Hrs। डाँडा तिर कुहिरो उड्दै गरेको देखिन्थ्यो। घाम लागेको थिएन् । ठुस्केको बिहानी थियो। ठुली भेरी धमिलो भेल उर्लदै गरेको देखिन्थ्यो। भेलको हिलो ठ्वाँस्स गनाउथ्यो। दुनै बजारमा चहलपहल देखिदैन्थे। गफगर्दै दुनै बाट आधा घण्टामा सुलीघाटमा पुग्यौ। ठुली भेरी र फोक्सुण्डो खोलाको दोभान हो  सुली घाट । राष्ट्रिय निकुञ्जका लागि सुरक्षामा खटिएका नेपाली सैन्यको ब्यारेक रहेछ सुली घाटमा। ठुली भेरीको झोलुङ्गे पुल तर्यौ। फोक्सुण्डो खोलाको पुल तरे पश्चात हाम्रो झोला जाँच र सामान्य सोधपुज गरे निकुञ्जमा खटिएका नेपाली सैनिकले। 
फोक्सुण्डो खोलाको काठे पुलमा किशोर सर र भान्जा बिशाल 
१०मिनेट गफगाफ गर्यौ सैनिक संग। यसपाली दशैमा को को घर जाने नजाने कुराहरु वकीटकीमा नाम लेखाउदै गरेको सुनिन्थे। फोक्सुण्डो खोलाको पानी संग्लो बगिरहेको देखिन्थ्यो। थुम्का तिर बादल उड्दै गरेको र पानी परिरहेका देखिन्थे। खोलाको छेवै छेव पछ्याउदै उकालो बाटोमा हिडि रहदा कगेनी बस्ति भेट्यौ। कगेनी बस्ती सानो फाँट चिटिक्क परेको ठाउ रहेछ। होटलमा चिया पियौ। वाई वाईको तातो सुप पियौ। फापरको रोटी खाजा खायौ। टक्क पिरो अचार संग चोप्दै खायौ काँक्रा पनि। एक घण्टा आराम गरि कगेनी बाट बाटो लाग्यौ। हिडेको आधा घण्टा पछि सिमसिमे पानी पर्न थाल्यो। बाटो वरिपरि गाँजका घारी भेटिन्थे । सितले हाम्रो पाईन्ट भिजाई सकेको थियो। हिड्दै गर्दा २ स्थानमा सर्प भेट्यौ। उकालो बाटोमा उक्लिदै गर्दा कुनै ब्याक्तिहरु भेटेनौ। घाम नलागे पनि पसिनाले लुथ्रुक्क भईसकेका थियौ। माथी नाङ्गा पहाड खोचमा जङ्गल र फोक्सुण्डो खोलाको आवाजमा रमाईरहेका थियौ। वाक्क दिक्क भएको महसुुस भएको थिएन्। उत्साह थियो कहिले फोक्सुण्डो ताल पुगिन्छ भन्ने मात्र। उकालो बाटोमा सिमसिमे पानीको पिटाईले कगेनीमा खाएको खाजाले छोडि सकेको थियो। 
हिड्दै गर्दा साँङ्टा मा २ वटा होटल देख्यौ। हरियो दुवो र बस्नका लागि चिटिक्क सल्लाको कुर्सी पनि बनाएको रहेछ। फोक्सुण्डो खोला र छेवैमा बगेको साउने खोलाको आवाज सुनिन्थ्यो। थाकेर लोथ भएका थियौ। रेडबुल पियौ। चिया पियौ।  खाना पाक्न समय लाग्छ भनेकाले वाई वाई खायौ। होटलका मालिक रुकुम जिल्लाका भएता पनि निकुञ्जका सुरक्षामा खटिदा डोल्पामा ससुराली बनाएको रहेछ। अवकास पछि साङ्टामा टि हाउस संञ्चालन गरेका रहेछन्। काराभानका नायक थिन्ले कुन ठाउ बाट लडेर मृत्यु भएको होला सोधे होटल मालिकलाई। यहा बाट १०मिनेट हिडे पछि भेटिन्छ । बाटामा ध्वाँजा पाताहरु छन् । त्यहि बाट लडेका हुन् घोडाबाट। दुनै बाट ति घोडा हिड्न मानेका थिएन् रे । पिट्दै ल्याएका थिएरे । थिन्ले मर्ने दिन यहि बाट चिया खाएका र गफ गरेर गएका थिए त्यस दिन ।  खाजा खाएको २०००हजार तिरी बाटो लाग्यौ। 
हिड्ने बेलामा साहुजीले सावधानी अपनाउनु होला । खोला पारीको पाखा देखाउदै बाह्रे महिना ढुंगा झरि रहन्छ। होसियार भएर हिड्नु होला। बिगतमा धेरै अकालमा बिदेशीहरुले ज्यान गुमाएका बताए। आरामले रेची पुगिन्छ । धन्यवाद जानकारीका लागि भन्दै साङ्टा बाट उकालो तेर्स्रो बाटो हुँदै थिन्ले मृत्यु भएको ठाउमा पुग्यौ। थिन्लेलाई सम्झ्यौ ।फोटो खिच्यौ। किशोर सर भान्जा बिशाल र मैले भन्यौ बुढाको दिन त्यस दिन सम्म मात्र हुन लेखेको रहेछ। भित्ता तिर पनि ठुलो ठाउ थियो रहेछ। किन डिल पट्टी बसेका रहेछ। थिन्लेको घोडालाई खच्चरको धक्काले  नेपाललाई चिनाउने नायकको अकालमा मृत्यु भयो हगी भन्दै उकालो बाटोमा आफ्नै गतिमा हिड्न थाल्यौ। 
थिन्ले घोडाबाट लडेर मृत्यु भएको ठाउमा म र किशोर सर साङ्टाको पखेरुमा ।
बाटामा खच्चरका हुलहरु रित्तो भारी लिएर दुनै तिर झर्दै गरेका भेटिन्थे। सावधानी पुर्व भित्ता तिर बस्ने गर्थ्यो। खच्चरलाई बाटो दिदा। छेउतिर बसेमा केहि भई हाले सिधै फोक्सुण्डो खोलामा। छेप्का पुग्नका लागि उकालो बाटोमा मेहनत गर्नु परेको थियो। साङटामा खाएको खाजाले छोडि सकेको थियो। छेप्कामा चिया पियौ। वाई वाई खाजा खायौ। छेप्कामा चार घर रहेछ। चारै तिर जंगलको बिचमा सुन्दर बस्ति । गजब लाग्यो। हरियो स्याँउ हाँगै नुहिने गरि लटरम्म फलेका देखेका थियौ। तर खाना मन नलागेकाले किनेनौ। २ बजे छेप्का पुगेका थियौ। ३बजे छेप्का बाट बाटो लाग्यौ। बाटामा चुनुवार बाट छात्रा बिधार्थीका समुह समुह झर्दै गरेका भेट्यौ। कता हिडेका मैले सोधे। भोलि र पर्सी स्कूल बिदा भएकाले दुनै किनमेल गर्न हिडेका बताए। हिड्दै गर्दा एक हुल छात्रा बिधार्थीहरुलाई भेट्यौ। उक्त बिधालयमा अध्ययन  गर्ने छात्राको नाम बताउदा अगाडि गईसेको बताए। सिमलाङ्गना का बहिनीको चिठ्ठी हामीले ल्याई दिएका छौ  दिनु होला भनेर मैले झोला बाट चिठी दिए। 

फोक्सुण्डोखोलाको झोलुङ्गे पुल तरे पश्चात म र किशोर सर थाकेर लोथ भएका थियौ। बिशाल भान्जा अगाडी बढि सकेका थिए। किशोर सर थकित भएर बान्ता गर्नु भयो । पानी पियौ। करिव १० मिनेट बस्यौ। रेजी नपुग्ने भयौ फर्कु छेप्का भन्दापनि धेरै बाटो हिडिसकेका थियौ। अलि बिसेक भए पछि किशोर सर र म कछुवाको गतिमा उकालो हिडिरहदा बिशाल भान्जा फोक्सुण्डो खोलाको बगरमा आराम गरिरहेका देख्यौ। बाटामा २  जना लामा भेटिए। कति लाग्ला रेजी पुग्न? सजिलै १ घण्टा पुग्नु हुन्छ भने। हिड्दै गर्दा बाटामा तम्बु टाँगिएको चिया पसल भेट्यौ। चिया र वाई वाई बनाउन लगायौ। ज्यान थाकेर लोथ भईसकेको थियो। रेची बास पुग्ने अवस्थामा थिएनौ हामी। यहि ठाउमा बस्ने निर्णय गर्यौ। यस ठाउलाई के भनिन्छ साहुनीलाई सोधे फाँपर वारी भनिन्। चिया र वाई वाई खाए पछि ज्यान फुरुङ्ग भयो। दिउसोको ५ बजि सकेको थियो। मुसल धारे पानी पर्न थाल्यो। अगेनामा चिया पिउदै गफगर्दै गर्दा छेप्का बाट ब्यापारका लागि यस ठाउमा चिया पसल थापेको कुरा बताईन् साहुनीले। साँझको खाना खाए पछि ८बजे सुत्यौ। खाना मिठो थिएन् ।









Sunday, May 27, 2018

Great Himalaya Trail

Day-36/37/38
दुनै (डोल्पा)
Dunai (Dolpa)
16-18 August 2016
हिजो नुहाई धुवाई गरेकाले बिहान उठ्दा फुर्तिलो ज्यान भएको थियो। रातभरी मुसलधारे पानी परेको थियो। 0800Hrs उठ्यौ। चारै तिरका पाखामा घामको किरण छरिसकेको देखिन्थ्यो। निलो आकास मुनि दुनै बजार सुन्दर देखिन्थ्यो। ठुली भेरीको काखमा अवस्थित दुनै बजार ठुली भेरी रिसायो भने कुनै दिन  बगरमा परिवर्तन गर्न सक्ने अवस्थामा देख्यौ । किचनमा कफि लिन गए म। बिशाल भान्जा र किशोर सरलाई कफि ल्याई दिए। कफिको सुर्का लिदै ईन्टरनेट चलाउदै बस्यौ। बेलाबखत ठुली भेरी उर्लदा निस्केका आवाजले हाम्रो आँखा पुग्थ्यो भेरीको भेलमा।  ठुली भेरी पुरै धमिलो देखिन्थ्यो। दाँत नमाझी तातो कफि वा चियाको सुर्का लगाउने बानी परिसकेको  थियो हाम्रो।  0900Hrs स्वाँदिष्ट खाजा बजायौ। धुएको लुगा सुकायौ। चर्को घाम लागेको थियो। दिउसो दुनै बजार वरिपरि घुम्यौ। बजारमा चलहपहल देखिन्थ्यो। हजाम घरमा र फ्याँटफुट्ट तराई मुलका नेपाली दोकान थापेर बसेका पनि देख्यौ। डोल्पाको दुनै जस्तो ठाउमा पनि तराई मुलका नेपाली देख्दा खुशी भयौ। झोलुङ्गे पुर तरी पारि भित्तबाट वारी दुनै बजार नियाल्यौ। भोलि सेफोकसुण्डो हिड्नका लागि  चाहिने समान झोलामा मिलायौ। साँझको खाना खादै गर्दा NGOका भद्र महिला पुरुषको समुह टेवलमा गफगर्दै गरेका सुनिन्थे। टेण्ट भित्र ईन्टरनेट चलाउदै गफिदै यात्राको थकान भुल्न पाउदा हामी रोमाञ्चित भएका थियौ। मध्यारात सम्म तीन भाई चकाप हान्दै बस्यौ। 
17 अगष्टका दिन 0700Hrs उठ्यौ। रोटी आलु चना खाजा खायौ। खाएको बसेको रु 9470 बिल तिर यात्राका लागि सेफोक्सुण्डो ताल तिर 0830Hrs बाटो लाग्यौ । सिमसिम पानी परेको थियो। फर्कदा म्याग्दीको बनीबजार सम्मका लागि २ जना सहयोगी खोजी राख्नु भनी बिजय तमाङ भाईलाई भन्यौ। उहाँ ब्लू सिप होटलका कुक थिए। दुनै बजारको बस स्टप पुग्दा मेरो दाहिने घुडाको सिन दुखेर हिड्न सक्ने अवस्थामा भईन् । भान्जा बिशाल र किशोर सरलाई तपाईहरु घुमेर आउनु होला दुनैमा बस्छु भने मैले। तर उहाँहरु मान्नु भएन बरु २ दिन आराम गरि संगै जाने भने पछि होटल ब्लू सिपमा फर्क्यौ। कफिको साथमा ईन्टरनेट चलाउदै बस्यौ। दिउसो चर्को घाम लागेको थियो। साँझ पख मुसल धारे पानी पर्न थाल्यो। साँझको खाना खाई ईन्टरनेट चलाउदै टे‌ण्ट भित्र पल्ट्यौ।










18 अगष्टका दिन 0700Hrs उठ्यौ। आराम पाएकाले ज्यान फुर्तिलो थियो हाम्रो। चना र अण्डा खाजा खायौ। घाम लागेको थियो। बिहान फड्को जाने खालको घाम लाग्ने । दिउसोमा मुसलधारे पानी पर्ने मौसम दुनैमा हुन्थ्यो। 1000Hrs बजार घुम्न निस्क्यौ। हिड्दा सिन दुखाई हुन्छ कि हुँदैन परिक्षण गर्नु थियो। गजबले हिड्न सके । दुखाई भएन्। हामीले बोकेको ओखती र क्रिमले काम गरेछ। भोलि सेफोक्सुण्डो हिड्ने पक्का भयो भन्दै अाघा घण्टा बजार घुमी होटल तिर फर्क्यौ। 1130Hrs खाना खाएर सुत्यौ। 1500Hrs उठ्यौ। उठ्दा पानी सिमसिम पर्दै थियो। कफि पिउदै ईन्टरनेट चलायौ। माथिल्लो डोल्पा पदयात्रा गरि फर्केका युगल कुहिरेको जोडी र तिनका गाईड आईपुगे। साँझ पख INGO काम गर्ने भद्र ३ जना महिलाहरु राम्रो कोठा मिलाई दिनु पर्यो भन्दै बिजय तमाङ भाईलाई अनुरोध गर्दै थिए। तमाङ भाईको सहयोगी माईला दाई साह्रै मिजासिलो स्वभावका थिए। समय समय चिया कफि खाजा के ल्याई दिउ के लिनु हुन्छ भनि सोध्न आउथे हामी कहा । चाहेका समान किन्न पठाउथ्यौ बजारमा हामीले। साँझको खाना खादै गर्दा हाम्रो टेबल नजिकै हेलिकप्टरका पाईलट संग परिचय भयो। सालदाङमा एक प्रहरी जवान लेक लागेर  मृत भएको लास लिन आउनु भएको रहेछ। आर्मी ब्यारेकमा हेली राखेकी । ब्लू सिप होटलमा साँझको खाना खान आउनु भएको रहेछ। उहाँले Great Himalaya Trail को शुभकामना दिए। नेपालीले पनि घुम्न पर्छ भने। उहाँ संग आधा घण्टा गफगाफ गरि शुभरात्री भनि हात मिलाउदै छुटिनु भयो। हामी पनि बिस्तारा तिर लाग्यौ। २ दिनको आरामले मेरो सिन ठिक भयौ भन्दै खुशी हुँदै टम्बु भित्र छिर्यौ। होटल भित्र पनि हामीले टेण्ट लगाएका थियौ। किरा फट्याङ्ग्र कान्सुत्ला बाट जोगिन ।  
ब्लू सिप होटलको आगनमा रमाउदै हामी









ब्लू सिप होटलको प्राङ्गनमा सन्ध्याको आगमन संग जाडो लखेट्ने प्रयास
                          दुनैको रसिलो झरिलो स्याँउ टोक्दै गर्दा 























































Sunday, May 6, 2018

Great Himalaya Trail

Day-35
घोडाखोर - दुनै (डोल्पा)
Ghodakhor-Dunai (Dolpa)
15 August 2016
                        डोल्पाको देबकोटा बडा गाउलाई घोडाखोर बाट नियाल्दा
शौचालय नभएकाले तीन जना लाठे लाग्यौ पाखातिर Great Himalaya Trail को बिशेषता भन्दै। जरुवा पानीको धारामा मुख धोयौ। रमाईलो विहान थियो। खुलेको बिहान थियो तर चिसोले च्याँप्पै समाउने खालको वतावरण थियो। देबकोटा बडा गाउ पारि  देखिन्थ्यो। जडिबुटीको चिया पिउन पस्यौ चुला तिर। सागर भाई र साहुनीका बाबा आमा चिया र वाई वाई तयार गर्दै देख्यौ। खोईत छोरी सोधे मैले। बिरामी भएर सुतेकी बताईन् । बिरामी बहिनीलाई ओखती दिए र ४ घण्टा पछि अर्को दवाई खानुस निको हुन्छ मैले भने। रु१२४० तिरि घोडाखोर बाट 0730Hrs बाटो लाग्यौ। 
                                                           डोल्पाको दोभानमा झरिलो आरु खादै हामी

हिडेको एक घण्टामा होटल भेटायौ। वाई वाई खाने सल्लाह भयो। चिया पिउदै थियौ। वाई वाई पाक्दै थियो। थाङ्नाले बाँधेका खुट्टा देख्यौ साहुनीको। सिसाले गहिरो काटेको रहेछ । तातो पानीले धुन लगायौ र हामीले बोकेका दबाई किशोर सर र मैले लगाई दियौ। भरै साँझ यसरीनै धुएर लगाउनु होला भनि दबाई दियौ। खाजाको रु ५०० तिर्यौ। राम्रो संग बस्नु होला भन्दै तेर्स्रो बाटो हिड्न थाल्यो। कान्ला माथि र मुन्तिर धानचामर भएको मकै  बारी देखिन्थे। हिड्दै गर्दा एक हुल बिधार्थी भेट्यौ साथै बाटो माथी बाक्लो बस्ति देख्यौ। आलो पहिरो गएकाले बाटो थुनेकाले उफ्रिने क्रममा किशोर सर झण्डै कान्ला मुनि पुग्नु भयो । चिप्लिएर। झ्याँप्पै सिस्नुको बोट समात्नु भयो । सिस्नुको बोट नसमाउनु भएको भए सिधै कान्ला मुन्तिर बल्ड्याङ हुने पक्का थियो। अप्रिय घटना भएन। आथा भन्दै हिलोमा पछारिनु भयो। सिस्नुले पोलेको ठाउमा दबाई लगाई दिए मैले। फोका उठ्न पाएन्। 

लिकु गाउ मा पुग्यौ। हाईस्कूल रहेछ। बाग्लो बस्ति रहेछ। बस्ति रमाईलो लाग्यो। स्कूलको छेवैमा होटलमा वाई वाई र चिया खाने सल्लाह भयो। थाकेर लोथ भएका थियौ। गफगाफ गर्ने जाँगर थिएन हाम्रो । गाउको दृष्य राम्रो भए पनि फेरि झिङ्गाको हुलले हामीलाई वरिपरि घेर्न थालि हाल्यो। खाना पाक्दैन् बरु वाई वाई पकाई दिन्छु भने साहुनीले। चौरीकोटमा लामा समुदायका बस्ति छोडे पछि शाही र बुढा समुदायको रहन सहन साथै भेषभुषा देख्न पाईयो लिकु गाउमा। रेडबुल कोक र वाई वाईको एक मुष्ठ रु १५०० तिर्यौ र 1100Hrs लिकु बाट बाटो लाग्यौ। 
लिकु बाट पारि नियाल्दा बाग्लो बस्ति देखिन्थ्यो। स्कूल बिदा भएर बिधार्थीहरु घर जादै गरेका भेट्यौ। बिना कारण स्कूल बिदा भएका कुरा बताए । हिड्ने बित्तिकै पानी बर्सन थाल्यो। छाता ओढ्दै ओरालो बाटोमा हिड्न थाल्यौ। मान्छेले खनेको सडकको ट्रयाकमा हिड्दै दोभानमा पुग्दा घुरेनमा लटरम्म पाकेको आरु देख्यौ। ५०रुपैयाँको किन्यौ। रसिलो आरु खादै थकान भुलायौ। 1200Hrs त्रिपुराकोटमा पुग्यौ। त्रिपुराकोट धाम थुम्कामा देखिन्थ्यो। धाम हेर्न जाने योजना थियो तर थाकेर जान मन लागेन। ठुली भेरी धमिलो भेल देखिन्थ्यो। लोभ्याउने उपत्यका रहेछ त्रिपुराकोट।  गजबको बजार रहेछ।

डोल्पालीहरु बजारमा किनमेल गर्न आएका देखिन्थे। मोबाईलमा गीत भर्न पसलमा लाईन बसेका देखिन्थे। गण्डकी अञ्चल भेगका लोकगीतहरु घन्कीरहेका सुनिन्थे। बजारमा चहलपहल निक्कै देखिन्थ्यो। लाग्थ्यो हामी डोल्पा हो कि होईन जस्तो लाग्थ्यो । एउटा होटलमा झोला बिसायौ। चाउमिन पकाउन लगायौ। त्रिपुराकोट बजारमा झिङ्गाको कुरै नगरौ। बाफ्रे! लिकु गाउको भन्दा दोब्बर थियो। रेडबुल र कोक पियौ। थाकेर लोथ भएका थियौ। किशोर सर र बिशाल भान्जा बेञ्चमा झिङ्गा धपाउदै  गर्दा भुसुक्कै निदाउनु भयो। दुबै जनाको खुट्टै ढाँक्ने गरि झिङ्गा रमाउन थालेको देखि पछि झोला बाट जुका लामखुट्टे भुसुना मार्ने स्प्रे छर्कि दिए। झिङ्गा सर्लक्कै भुईमा उत्तानो हुन थाले। 
                                               त्रिपुराकोट बाट भित्ति जाने क्रममा हामी ।
त्रिपुराकोटमा बास बस्ने योजना थियो तर साहुले भित्ति देखि जिप दुनै सम्म चल्ने सुनाए । योजना बन्यो दुनै पुग्ने हाम्रो। चाउमिन स्वाँदिष्ठ थियो। रु २४५० तिर्यौ र ठुली भेरीको झोलुङ्गे पुल तरि एक घण्टामा भित्ति गाउमा पुग्यौ। रु15000 तिर दुनै तिर गुड्यौ। जुफाएल बिमान स्थलको पुछार कटे पछि तर्न नसकिने  खोला भेटिए । काठको मुढा तेर्साएको रहेछ। त्यसैमा चढी चिपको पाङ्ग्रा गुड्दा आङ जिरिङ्ग भएको थियो। हेलीकप्टर बाट चिप ल्याएका रहेछ। ड्राईभर थिए सुर्खेत तिरका भाई। ठुली भेरीको बगरमा खेतीका लागि  तीन जना महिलाहरुले खनी रहेका देखेका थियौ। अचम्म लाग्यो।  सेफोक्सुण्डो खोला र ठुलीभेरीको संगम स्थल सुलीघाटामा आर्मी चेक पोष्ट रहेछ। हाम्रो झोला चेक गरे। ठुली भेरीको किनारै किनार गुड्दै दुनै बजारमा 1600Hrs पुग्यौ। 

हुम्ला देखि ३५ दिनमा डोल्पाको दुनै पुग्दा हर्षको सिमान थिएन हाम्रो। ठुली भेरीको काखैमा दुनै बजार रमाईलो लाग्यो। गीत घन्की रहेका सुनिन्थे। दुनैको नाम चलेको होटल ब्ल्यू सिपमा झोला बिसायौ। पालै पालो नुहायौ। जुम्ला देखि हिडे देखि नुहाएका थियौ। फ्रेस भयौ। सल्लाको रुख मुनि चौतारा बनाएका रहेछ। बेञ्चमा बस्दै चिया कफिको सुर्का दिदै ईन्टरनेटमा फोटो र अन्य आफन्त र साथीहरु संग च्याट गर्न थाल्यौ। झिङ्गाले दुःख नदिदा सञ्चो महसुस भएको थियो। नाम थाहा नभएको हेर्दा राम्रो लाग्ने चरी घासमा चर्दै गरेका देख्यौ । सिन्धुपाल्चोका मास्टर सेफ भाईले स्वाँदिष्ट खाजाहरु तयार गर्दै टेबलमा ल्याई दिन्थे। साँझको खाना खाना 2000Hrs बस्यौ टेवलमा । छेवैमा INGO मा कार्यरत दुईटी महिला र एक पुरुष रवाफिलो तरिकाले गफ गर्दै गरेका सुनिन्थे । सफासुग्घर र चिरि च्याँट थियो होटल । जुम्ला देखि दुनै सम्म सहयोगी सागर बिक भाई भोलि बिहानै जुम्ला फर्कने भएकाले उहाँलाई रु 8500 दियौ। आराम संग जुम्ला पुग्नु भन्यौ। ईन्टरनेट चलाउदै 0000Hrs बस्यौ। वाहिर पानी झमझम पर्दै गरेको थियो। ठुली भेरीको आवाज स्पष्ट सुनिन्थ्यो।  
                                              देबकोटा बडा गाउ डोल्पा 
                                         हिड्दै गर्दा धानचामर लगाउदै गरेको मकैबारी
                                             खाजा खाने मौकामा सागर भाई
                                          लिकु गाउ बाट झर्दै त्रिपुराकोट तिर लम्कदै गर्दा

                          त्रिपुराकोट पुग्नै लाग्दा देखिएका अक्कर। खोचमा दोभान गाउ। 
                   जुम्ला जाजरकोट र डोल्पालीका नामुद तिर्थस्थल त्रिपुराकोकोट धाम
                                     शिरमा त्रिपुराकोट धाम फेदीमा हामी
                                                 त्रिपुराकोट वरिपरिका
                                                         त्रिपुराको बस्ति
                                  त्रिपुराकोट बजारमा खाजाको प्रतिक्षामा हामी








HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...