Total Pageviews

Wednesday, November 15, 2017

दैलेखको प्रज्वलित ज्वाँला नियाल्न श्रीस्थान खोला तिर


दैलेखको सदरमुकामबाट एक्लै हानीए श्रीस्थान खोला तिर प्रज्वलित ज्वाँला हेर्न। घाम लागेको थियो तर गर्मी महसुस भएको  थिएन्। घुमाउरो र कुईनेटा बाटालाई पछ्याउदै सालघारीको जंगलमा एक्लै। छामघाट खोला नजिकै झोलुङ्गे पुल रहेछ। त्यसैको आडमा चिया पसल थापेका रहेछ। चुलोमा धुँवा उड्दै देखिन्थे । कित्लिमा पानी उम्लिदै थिए। बुईकलबाट साहुजु बोल्दै झरे मलाई देखे पछि। चिया बनाउदै साहुँजीले सोधे कहा हिड्नु भएको ? श्रीस्थान खोलाको ज्वाँला हेर्न।
चिनजानीको क्रममा नेपाली सेना बाट अवकास प्राप्त सैन्य हुनुहुदो रहेछ उहाँ। चिया पसल थापेर बस्नु भएको रहेछ। श्रीस्थान जाने बाटो देखाई दिए । १०मिनेट मात्र लाग्छ भने। सरसमान मिलाएर आउछु हिड्दै गर्नु होला भने उहाँले। श्रीस्थान खोला तिर लागे म। मन्दिर र घरहरु देखिए। श्रीस्थान खोला तर्न सकिने खालको रहेछ। प्रज्वलित ज्वाँला साथै कालो धुँवा बलिरहेको देखे।
 मुक्तिताथको जस्तैLPG Gass को सुगन्ध आएको थिएन्। खोला  पारी भित्तामा ढुंगा भित्र अग्नि बलि रहेको देखे। फोटो स्याँटकि स्याँट खिचे। खोला र चराचुरुङ्गीको आवाज बाहेक अन्य आवाज सुनिदैन्थे। फोटो खिचि सक्दा ३जना युवकहरु आए। तिनीहरु घुम्न आएका रहेछ। बगेको पानीमा सालको हरियो पात सोली बनाउदै घुम्न आएका आफ्ना साथीलाई लाईटर बाल्दै आगो बाले। भिडियो खिचे मैले। चिया पसले बाजे आईपुग्नु भयो । उहा संग गफगाफ गर्दै बसे। 

प्रज्वलित ज्वाँला श्रीस्थान खोलामा अवस्थित । 
प्रज्वलित ज्वाँला श्रीस्थान खोलामा अवस्थित
खोलापारी ढुंगा भित्र प्रज्वलित ज्वाँला । 
श्रीस्थान खोला 
यसै घर भित्र ज्वाँला देखिन्छ ढुंगा भित्र
खोला पारी देखिएको घर भित्र सुरक्षित तरिकाले जोगाई राखेका छन्। प्रज्वलित ज्वाँला

श्रीस्थान खोलाको पाखोमा अवस्थित धर्मशाला
श्रीस्थान खोलाको पाखाोमा अवस्थित मन्दिर
श्रीस्थान खोलाको पाखामा अवस्थित
श्रीस्थान खोलाको पाखामा अवस्थित मन्दिर । पुजारी बाहेक अन्य प्रवेष नगर्ने रहेछ।
श्रीस्थान खोला मा अवस्थित घर । राजा बिरेन्द्रको पालामा निर्मित यस घरमा दर्शन गर्न आउने मान्छे बस्न का लागि रहेछ।


नेपाली परम्परागत खानाको मेला

पाक शिक्षाको कक्षा सञ्चालनले  स्वस्थ्यकर र स्वाँदिष्ट खाना कसरी पकाउने बिधिको शिप सिकेकाले  आजकाल निपुर्ण भएका छन् दिदिबहिनीहरु।  । पाक शिक्षा को देनबाट बाट  लाईनका छरछिमेकीहरु मिठो खानाको परिकार  पकाई बार्दलीमा बसेर गफगाफगर्दै खादै गरेको देख्दा खुशीले गदगद हुने गर्छु आजकाल म।

हिमाल पहाड र तराई भेग बासी भएकाले भाषिक लवज पनि फरफर हुने भएकाले गफगाफ गर्दा रमाईलो हासो ठट्टा गरेको सुन्दा गजब लाग्छ । पाक शिक्षा तालिम केन्द्रले आयोजना गरेको नेपाली फुड फेस्टिभलमा फोटो खिच्ने अवसर पाएको थिए मैले। मेलामा दिदी बहिनीहरुमा उत्सुक्ता देखिन्थे। मेचमा नेपाली परम्परागत खानाका परिकार सजिएको देख्दै नेपाली फुड फेस्टभलको माहोल गजबको देखिएको थियो। 

दिदीबहिनीहरु निर्णायक मण्डलीको प्रतिक्षारत। आमखोर गाग्रीमा थुँङ्गे फूल सजिएका छन् । पौरखी दिदीबहिनीहरु।
सजावटमा ब्यस्त देखिदै पौरखी दिदीबहिनीहरु ।
मेचमा परम्परागत नेपाली खाना सजिएको देख्दा मुख रसाउने नै भयो। 
जातित्वको पहिरणमा जागरुक दिदी बहिनीहरु प्रतियोगताको लागि उत्सुक्ता देखिनु हुँदै। 
मेचमा मादल ठेकी तुम्बाखाने भाडो ईत्यादी सजाई हत्तारो र कौतुहलको मुडमा देखिनु हुँदै दिदीबहिनीहरु । 
हर्षित पलमा दिदीबहिनीहरु 
उत्सुक्ता र हुटहुटीको वतावरणमा दिदीबहिनीहरु ।
निर्णायक मण्डली आउनु हुँदा नेपाली खाना र भाडाकुडाका चिनारीका लागि बोल्ने अभ्यास गर्नु हुँदै दिदीबहिनीहरु । 
दिदीबहिनीहरु हर्षित क्षणमा 

दिदीबहिनीहरु रमाउनु हुँदै ।

नेपाली फुड फेस्टिभलको माहोलमा दिदीबहिनीहरु निर्णायक मण्डलीको तर्फबाट ब्रिफिङ सुन्नु हुँदै।

उत्साह  र कौतुहलको वतावरणमा 



झर्के थालमा नेपाली परम्परागत खान्की ।

नेपाली खानाको चिनारी दिनु हुँदै दिदीबहिनीहरु
प्रफुलित तरिकाले निर्णाय मण्डलीलाई नेपाली खानाको चिनारी दिनु हुँदै। 



Sunday, November 12, 2017

सिङ्गापोर शहरको ब्यापारिक केन्दलाई नियाल्दै









साँधुबाट सिंगापोर शहरको ब्यापारिक केन्द्रलाई उतार्दा

ह्युलिक्स पुलबाट नियाल्दा 
 ह्युलिक्स देखि जलमा बिभिन्न स्वरुमा भवनको आकृति
 ह्युलिक्स पुल बाट 

बृक्षमा कृत्रि बोक्रा

कृतिम फेदमा रंगीन बोक्रा वा क्या दामी छ ।
 सूर्य उषा संगै रनिङका लागि जादै 
 दगुर्नका लागि भेला भएका  धावकहरुको समुह

 आईतबारको दिन दौड्नका लागि धावकरुको समुह

रहरे फोटोग्राफर सिङ्गापुरको फ्लाएरको फेदमा


 सिङ्गापुर फ्याएरको फेदबाट फोटोग्राफी सिक्दै

 सिङ्गापुर फ्लाएर को डम्बा

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...