Total Pageviews
Tuesday, September 5, 2017
Great Himalaya Trail Day(24 Rara Lake)
Day-24
Great Himalaya Trail
Gamghadhi To Rara Lake (Mugu)
04 August 2016
रारा ताल नियाल्दै भान्जा बिशाल र किशोर सर
रातभरी पानी परिरहेको थियो। 0700Hrs ब्युँझे। बार्दलीमा निस्के। चारै तिर झलमल घाम पोखि सकेको थिए छ। रारा
तालको सौन्दर्य देखे। खुशीले भुत्तुकै भए म । बिशाल भान्जा र किशोर सर सुत्दै थिए।
हतार हतार क्यामरा लिन कोठामा छिरे। क्यामरा लिई तालको आगनमा गए। रारा ताललाई
नियाल्दै र रहर मेटुन्जेल फोटो खिचे मैले । 0800Hrs होटलमा
फर्कदा बिशाल भान्जा र किशोर सर चिया पिउदै रारातालको फोटो खिच्दै रमाउदै बसिरहनु
भएको रहेछ बार्दलीमा ।
मास्टर सेफ हेम राई भाईले रारा तालको सुन्दरता हेर्नका लागि होटल
भन्दा माथी को चौउरमा लगे। रारा तालको सानदार दृष्यले लठ्ठै भयौ। हामी तीन जना
लाठेहरु। डनल्पमा बस्दै चिया कफि पिउदै बस्यौ। 0815Hrs
देखि 1330Hrs सम्म रारा तालको चमक र
सौन्दर्यमा मन्त्रमुग्ध भई रहेका थियौ। अनौठो कुरा के देख्न पायौ भन्दा हरेक
घण्टामा तालको रंग र स्वरुप परिवर्तन हुँदा दंग भएका थियौ। तालको
पानीमा थप आकर्ष दिदै देखिन्थे अनेक आकृतिको स्वरुप । यस्ता दृष्य देख्न पाउदा हर्ष र खुशीको चुली थियो हाम्रो । गमगढी र ताल्चा तिर बाट
सेतो कुहिरो उड्दै आकास तिर जादा तालमा छाँया पर्दा रोचक र रौनक्ताको चित्र उत्रिदा गजब देखिन्थ्यो। क्षितिजमा छाँयानाथ हिमालको शिखरमा हिँउ टल्कदै गरेको देखिन्थे।
हुम्लाको हिल्सा देखि पदयात्रा गर्दै २४ दिनमा धेरैले गुण गाएका नेपालको ठुलो ताल रारा हेर्न पाउदा यात्राको
कष्ठहरु सजिलै भुलेका थियौ। कफि र चिया सकिने बित्तिकै हेम भाईले ल्याईदिई हाल्थे।
फापरको रोटी संग मह र जडिबुटीको अचार चोप्दै जिब्रो पटकाउदै खायौ। खाजा मिठो थियो। खाजा खाए पछि शान्त
वतावरण र पारिलो घाममा बिशाल भान्जा र किशोर सर 3000 मिटरको उचाईमा गजबले निदाउन
थाल्नु भयो। म भने रारा तालको बिभिन्न आकृति र फोटो भिडियो खिच्दै बस्दै गर्दा ।
आर्मीको हेलिकप्टर तालको छेवै छेव उड्दै आयो। किशोर सर र बिशाल भान्जा पनि
ब्युँझनु भयो। आर्मीको हेली प्याडमा अवतरण भए। जर र कर साब साथै उनका श्रीमती
र लक्का जवानी छोरीहरु घोडा चढे र रारा तालमा डुंगा सयल गरे। हामीले दुरवीन बोकेका थियौ। पालै पालो दुरवीनले हेर्यौ । रारा तालको शान्त
वतावरणलाई हल्ला गरि बिथोल्न खोचे ति लक्का जवानी छोरीहरुले। एक घण्टा पछि उक्त हेलिकप्टर उड्यो। हामीले प्रणय गरेका थियौ। रारा तालमा डुंगा नचढ्ने। कारण शान्त अवस्थामा रहेको पानीलाई नबिथोल्ने। साथै डुंगा चढ्ने चेष्टा गरेनौ। मुर्मा गाउका समितिले डुंगा संचालन गर्ने रहेछन्। हेम बहादुर राई भाईले खाना
लिएर आउनु भयो। स्थानिय च्याँउ र साग संग खाना गजबले खायौ। खानाको परिकार मिठो थियो। रारा ताल अघाउञ्जेल सम्म हेर्यौ। हाम्रो तन मन बेलुम उडेको जस्तै
भईरहेको थियो।
गोधुली साँझ पख तालको आगन तिर गयौ। जुम्लाका शैक्षिक भ्रमण गर्न आएका बिधार्थीहरु भेट्यौ। उनीहरु पनि रमाउदै मोबाईलमा फोटो खिच्दै देखिन्थे। सन्ध्याको स्वागत संगै हेम भाईले हाम्रो टेवलमा लोकल ल्याई दिए। चिरिप चिरिप दिदै गर्दा ठुलो पानी पर्न थाल्यो। पानी परेको आवाज सुन्दै हामी तीन भाई गफगाफ गर्दै बस्यौ । ज्यादै मिठो तरिकाले खानाको परिकार पकाउन शीपालु हेम भाई पनि खाना पछि लोकल ट्वाक दिदै उसको भोगाईको गफ सुन्दै रातको १० बजे सम्म बस्यौ।
Sunday, September 3, 2017
चिडिया घरको पहिलो अनुभव
SLC
दिएको एक महिना पछि गाउबाट काहिला मामा संग काठमाण्डु आएको थिए।
उहाँ भर्खर पल्टन देखि बिदा लिएर आउनु भएको थियो । गाडी देखेको थिएन मैले।
कटारीबाट त्यस बेलाको चर्चित लालीमा रात्री बस सेवा बाट मामा भान्जा काठमाण्डौ
हुँईकिएका थियौ। पहिलो पटक गाडी चढेकाले बान्ता गजबले गरेको थिए। उबेला हाम्रो
गाउका चेलीबेटीहरु गलैचा बुन्न काठमाण्डु जान्थे। दशैमा घर फर्कदा मुग्लिनको
डरलाग्दो भिर र थानकोटको घुमाउरो रोडको गफसु्न्दा कहिले काठमाण्डु जाउ
लाग्थ्यो। स्कूल जाने र सुत्ने समय बाहेक बाँकी समय रेडियो सुन्ने गर्थे म। रेडियो
धेरै सुन्ने भएकाले होला मलाई काठमाण्डुको थोर बहुत जानकारी थियो। नसुती छर्लङ्ग
रात कटाएको थिए पुरानो बस पार्क आईपुग्दा। बिहानको ९ बजेको थियो।
खुशीले
म होस हवास भएको थिए। मामा भान्जा ट्याक्सी बाट फेरि हुईकिएका थियौ बौद्ध तीनचुली
तिर । जहाँ मेरो साईला मामा बस्नु हुन्थ्यो। ट्याक्सी यात्राको क्रममा धरहरा बिर
अस्पताल रानीपोखरी घण्टाघर नारायणहिटी र बौद्ध स्तुपा देखाउदै मलाई जानकारी दिनु
भएको थियो मामाले ।१६ बर्षे हुरहुरे बैषमा जोस उत्साह र खुलदुली भएको थियो राजधानी
छिर्दा।
काठमाण्डुको
मल्ल कालीन सभ्यता र राणा कालीन समयमा निर्माण भएका दरवार तिर घुमाउनु लैजानु भएको
थियो। बिशाल बजारको स्केलेटरमा कसरी चढ्ने त्यो पनि सिकाउनु भएको थियो।
जावलाखेलको
चिडिया घरमा पस्दा बडो हर्षले गदगद भएको थिए म। मामाले मलाई सबै जनावरको जानकारी
दिदै जानु भएको थियो। जब मैले नजिक बाट बाँध सिँह हात्ती र गैडा नजिक बाट
हेर्न पाउदा म एकदमै खुशी भएको थिए। मेरो
खुलदुली र हुटहुटी यि हिंस्रक जनावर नजिक बाट देख्न पाएर मख्खै भएको थिए।
हाल कुनै पनि चिडिया घर जादा मेरो बिगतको त्यो हर्षित क्षणलाई सम्झि हाल्छु।
Sunday, August 27, 2017
SINGAPORE मा मेरो बाल्यकाल र टिनेज लाईफ रोजेर खोजेर नपाईने खालको थियो । निरुपा गुरुङ(D/O 9114)
निरुपा
गुरुङ(D/O 9114)
Time:-1500Hrs
Location:- Sundhara
सिभिल मलमा प्रवेष गर्यौ। निरुपा गुरुङको(D/O9114) फेन्सी पसल खोज्दै
दुई तलमा पुग्यौ म र धनु भान्जी।उहाँ आफ्नो पसलमा सरसमानहरु मिलाउदै गरेकी देख्यौ। धनु भान्जीलाई देख्नै बित्तिकै मुस्कुराउदै दिदि भित्र आउनुहोस भनिन्। सिंगापुर र नेपाल बस्दाका जीवन शैली बाँड्नका लागि मैले निरुपा भान्जीलाई आग्रह गरे। कफि
पिउदै कुराकानी गर्न थाल्यौ हामी।
म निरुपा गुरुङ । सिंगापुरको केके अस्पतालमा जन्मेकी हुँ। सिडार प्राईमरी र सिडार गल्स हाई स्कूलबाट ओ लेवल पास गरेकी हुँ। Mount Vernon मा मेरो बाल्यकाल र किशोर जवानी रमाईलो गरि बिताएकी थिए। बाल्यकालमा साथीहरु
संग सेभेन स्टोन खेल खेल्थ्यौ। शनिवारको दिन ड्रिल सिडमा फिल्म देखाईन्थ्यो चकटी लिएर हेर्न जान्थ्यौ हामी। टिनेज लाईफमा साथीहरु संग आईस स्केटिङ खेल्न जान्थ्यौ।
साईकल कुदाउन ईष्ट कष्ट पार्कमा जान्थ्यौ । सामुन्द्रिक किनारमा गफगर्दै बस्दा रमाईलो
हुन्थ्यो। गोर्खा गल्स क्लबको कृयाकलाप तिर भाग लिईन्थ्यो। सेन्तोषा, बुकितिमाह हिल र म्याक्रेजी रिजभवर तिर हाईकिङ्ग गईन्थ्यो साथीहरु संग। बेलुकी खाना
खाई सके पछि आण्टिहरुको गफ
सुन्दै साँझको सितल हावा लिदै ईभिनिङ वाकिङ गर्थ्यौ। परेड स्वाएरमा नाच गान
हेर्न जान्थ्यौ दशैमा।
राँगा र बोका मार गरेको हेर्न जान्थ्यौ मार घरमा पनि। देउसी भैलो खेल्दा रमाईलो
हुन्थ्यो। आण्टिहरुले घर भित्र बोलाएर सेलरोटी दिन्थे।
सिंगापुरको मन पर्ने खाना र भुल्न नसक्ने क्षणहरु प्रश्न
राख्दा। खानाको कुरा सुन्ने बित्तिकै निरुपा भान्जी हर्षित हुनुहुँदै औंला गन्दै बताईन्। मिगोरेङ, मिसेम, हडक, नगेट, रोटीपराट्टा र नासिलेमाक असाध्यै
मन पर्ने खानेकुरा हो। भन्नै भुलेछु चिकन राईस अनि पोक राईस पनि होनी अन्तिमा बताईन्! सिंगापुरमा वाल्यकाल र किशोर अवस्था मैले एकदमै रोमान्स गरेर बिताए साथै नेपाल
फर्के पछि पनि। म मेरा बाबा र ममीलाई धन्यवाद दिन चहान्छु। बाबा पल्टनमा नहुनु भएको भए मैले यस्तो अवसर कहा पाउथे। जीवनमा मैले चाहेका शोख र रुचीहरु पुरा गरे। म बिवाहित हु। कहिले काहि सम्झन्छु सोच्छु। मेरो जस्तो बाल्यकाल र युवा अवस्थामा मैले गर्न पाएको रोमाञ्चकारी क्षण जस्तै। मेरा नानीहरुलाई दिन
सक्छु कि सक्दिन भनेर कल्पना गर्छु। यति भनि सके पछि केहि क्षण आफ्ना नानीहरुलाई सम्झिए निरुपा भान्जी।
सन् १९९४ सालको जुलाई महिनामा नेपाल फर्किए । सिंगापुर सधैको लागि
छोडेर नेपाल फर्कनु मलाई कुनै सुर्ता लागेको थिएन्। साथीहरु छोडेर आउनु पर्दा हल्का बेमज्जा त भएको थियो। जीवनको अर्को पृष्ठ विताउनमा हत्तार थियो मलाई। त्यस बेला काठमाण्डु अहिलेको जस्तो धुलो, धुवाँ र हिलो थिएन्। बर्षा
याम भएकाले डाँडाकाडामा कुहिरो
थुप्रेको देख्दा आनन्द लागेको थियो। केहि हप्ता काठमाण्डु बसे पछि तनहुँ गए। गाउको
बसाई अझ रमाईलो लागेको थियो। किन भने सेतो कुहिरोले ड्याम्मै चारै तिर ढाकेको देख्न
पाउदा। सिंगापुरमा त्यस्तो वतावरण देख्न पाईन्न। नेपाल फर्के पछि मलाई न्यास्रो लागेन्। सधै
नौला किसिमका दृष्यहरु देख्न पाईएकाले मख्खै थिए म। सिङगापुरको झल्का र यादै आएन्। बृटिस काउन्सिल बाट ए लेवल पास गरे। सन् २००६ देखि २००९ सम्म बिमान
परिचालिकाको काम गरे कत्तार वायुसेवामा । हाल फेन्सी पसल ब्यबसाय गरेकी छु। सुःखी र खुशी पारिवारिक जीवन बिताई रहेकी छु। जीवन भनेको रमाईलो गरि बिताउनु पर्छ हैन
। गफ गरि रहदा कफि पिई सकेका थियौ हामीले।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...









