Total Pageviews

Sunday, April 19, 2020

Upper Dolpa Trek Day-6


17May 2019

Yak kharka- Charka Bhot




मस्त निन्द्रामा निदाउदै थिए। मिर्मिरे बिहानीको आगमन संगै चराचुरुङ्गीको संगीतले आँखा बिस्तारै खुल्न थाल्यो। समय 0545Hrs भएको रहेछ। मेरो लागि न्यानो प्यारो भईरहको थियो। सिल्पिङ ब्याग भित्र गुडमुटि रहे। 0600Hrs टेण्टको च्यान खोली बाहिर निस्के। स्वर्णिम विहानीमा चिसो सिरेटोको हुँलले झ्याप्पै बनाई हाल्यो तर पनि चारै तिरको मनमोहक वतावरणलाई नियाली रहे। छेवैमा बगेको खोला बाट पानी भरि तातो पानी ताउन थाले हरि भाईले। चकलेट र तातो पानी खाने सल्लाह भयो। चकलेट खाँदै  तातोपानी पिउदै सामुन्द्रिक सतह बाट ४७०० मिटरको उचाई भए पनि गजबले निदायौ हरि भाईलाई सुनाए।


याक खर्क बाट 0700Hrs बाटो लाग्यौ। चिसो सिरेटो संग कुस्ति खेल्दै कछुवाको गतिमा ३०मिनेटको उकालो बाटो छिचोल्यौ। चारै तिर आकासलाई छुन लागेका जस्तै लाग्ने नाङ्गा चुचुराहरुर देखिन्थे। तिनलाई अडेस लगाएका जस्तै लाग्ने बिशाल पहाडका खम्बाहरु वारिपारि देखिन्थे। खोचमा खोला आफ्नै लयमा बग्दै गरेको पनि देखिन्थे। उकालो छिचोले पश्चात बाँकी बाटो तेर्सा र ओराला भेटिन थाले। कुईनेटहरुमा हिड्दै गर्दा एक लाठे युवक भेटिए। पुरानो बाटोको अवस्था सोधे ।नयाँ बाटो भएर जानु भन्यौ हामीले। उनी साङ्टा हिडेका रहेछन्। २ जना बिदेशि पर्यटक लिन। शुभयात्रा तपाईहरुलाई भन्दै लागे ति भाई।


वकी टकि लिदै गरेका अर्का एक जना युवक भेटिए  फेरि । सोध्यौ कता हिडेकाघोडा खोज्न। अरु गफगाफ गर्दा कोरियन एक टिम छार्कामा डकुमेन्ट्रिका लागि भिडियो खिच्दै गरेको कुरा सुनाए। ति भाई घोडा खोज्न लागे पाखा तिर ।हिड्दै गर्दा देख्यौ पाखातिर याका र भेडा च्याङ्ग्रा चर्दै गरेका । २ वटा घोडा थपाउदै आउदै गरेकि २ महिला भेटिए। काठमाण्डु देखि जोमसोम हुँदै साङटा आउदै गरेका आफ्ना आमा र दिदीलाई लिन हिडेको बताईन्। छार्का भोट निवासी ति बहिनीहरुले जुङ्बेन ला पास र गल्ड्याङ गु्ल्डुङ को पासमा हिउको बारेमा सोधे । तपाईहरुको घोडा मज्जाले जान सक्छ भन्यौ। झोलुङ्गे पुल भेट्यौ। भर्खर बनेको हो पुल हरि भाईले मलाई सुनाए। बिहान खोला सानो  हुने दिउसो र साँझ खोलामा पानीको बहाव ठुलो हुने रहेछ। हिउ पग्लिने कारणले मैले सिधै अनुमान लगाए।घाम सिधै झरि सकेकोले वतावरण न्यानो हुँदै थियो। छार्का भोट गाउ देखिदै थियो। उत्सुक हुँदै छार्का भोट गाउ प्रवेष गर्नुको लागि फेरि झोलुङ्गे पुल भेट्यौ। झोलुङ्गे पुलको छेवैमा घाम ताप्यौ। थकान मेटायौ। कञ्चन पानी बगेको देखिन्थ्यो। पानी फाँटेको ठाउ बाट तर्नु पर्थ्यो पहिले। पुल बनेको धेरै भएको छैन्। भर्खर २ बर्ष भयो हरि भाईले बिगतको कथा सुनाए।


1230Hrs छार्का भोट गाउमा पुग्यौ । उच्च हिमाली बस्ति छार्का भोट ४३०० मिटर अवस्थित गाउलेहरु बारीमा काम गरिरहेका देखिन्थे। हरि भाईले चिनेका होटलमा पुग्यौ। भोक लखेट्न खाना खायौ। स्वाँदिष्ट थिएन्। साँझको लागि खाना म पकाउछु हरि भाईले मलाई कानेखुशी गर्दै भने। कोरियनले डकुमेन्ट्रि खिच्दे गरेका ठाउमा पुग्यौ। गाउमा कुलोको लागि चिठ्ठा हुने  दिन रहेछ। भिडियो ग्राफी गरिरहेका थिए २जना कोरियन क्यामरा म्यानहरुले। गाउका सबै जम्मा भएको देखिन्थे। पुजा पाठ गरि चिठ्ठा लगाउने परम्परा हुँदो रहेछ। चिठ्ठा पछि आफ्नो कुलोको पालो पाउने दिन एक जना महिलाले लेख्दै थिए। सबै किशोरी र महिला मात्रै देखिन्थे। पुरुष काठमाण्डु र अन्यत्र गएका हुँदो रहेछन्।उच्च स्थानमा गुड्न सक्ने चाईनिज मोटर बाईक युवाहरुले फाँटफुट गुडाएका देखिन्थे। मरिम्ला नाकामा भदौ याममा यार्सा र चौरी बेचबिखन गरि किन्दा रहेछन् बाईक।

छार्का भोट गाउमा निक्क चौरी पाल्दा रहेछन्। २ दिनमा छार्का भोट बासीहरु सजिलै जोमसोम पुग्दा रहेछन्। एक लाख देखि साढे एक लाख सम्म जोमसोम तिर लगेर बेच्दा रहेछन् याकहरु। कक्षा ३ सम्म पढाई हुने स्कूल रहेछ। उक्त स्कूल बिदेशीको अनुदान बाट चलेको रहेछ। छार्का भोटको भौगलिक स्वरुप र वतावरण लोभ लाग्ने खालका देखिन्थे। बिशेष गरि ३ वटा दृष्य अदभुत लागि रहेको थियो ।  याक जस्तै आकृतिमा देखिन याक बीर हिमाल । याक बीर हिमालकै नजिक ओदान जस्ता देखिने ३ वटा चुचुराहरु किप सुम्वा र फेटा वा पगरि लगाएको जस्तै देखिने ट्रक राल्दुक हिमाल लाई क्यामरामा धोको पुगुञ्जेल तस्विर र भिडियो खिचे।


गोधुली साँझको आगमन संगै याक बीर हीमाल र ट्रक राल्दुकको ज्यादै आकर्षित दृष्यमा भुलीरहे म। भान्सा कोठामा पस्दा साँझको खाना हरि भाईले ठेन्दुक बनाउद थिए। भोटे चिया पिउदै साहुनी संग गफगाफ गरे। छार्का भोटमा जम्मा ६० घरधुरी भएको बताईन् साथै याक बीर हिमाल हाम्रो कुल देवता हो भनिन्। याक बीर हिमाको पछाडि पट्टी ताल छ र त्यहाँ रंगीन माछाहरु भएको कुरा सुनाईन्।

हरि भाईले पकाएको ठेन्डुक ज्याँदै मिठो थियो। सबै बसेर खायौ। 2030Hrsसुत्यौ।





Saturday, April 4, 2020

Upper Dolpa Trak Day-5 Diary

Upper Dolpa Trek
16 May 2019
Jungben La Phedi- Jungben La Pass(5555m)-Yak Kharka
मुस्ताङ र डोल्पाको सिमाना जुङ्बेन ला पासमा पुग्दाको खुशी



0530Hrs उठ्यौ। हरि भाईले चिया र वाई वाई खाजा बनाउन लागे । टेण्ट बाट वाहिरको दृष्य नियाल्न निस्दा लोभ लाग्ने वतावरण थियो। खुलेको बिहानी थियो। चारै तिर हिउले पाखा छोपेको देखिन्थ्यो। हावा नचले पनि चिसो वतावरण थियो। वाई वाई खाजा खादै चियाको सुर्का दिदै हिजो राती साढे आठ बजे  पिसाब फेर्न जादा मान्छे उडाउने चिसो हावा चलेको कुरा हरि भाईलाई सुनाए। सायद यो हट नभएको भए हाम्रो बिजोग हुने रहेछ मैले भने। त्यस पछि उचाईको कारणले गर्दा हरेक एक एक घण्टामा ब्यूझिएको कुरा सुनाए।


0645Hrs बाटो लाग्यौ। हिउमा गाडिदै चिप्लिदै सास स्वाँ स्वाँ गर्दै कछुवाको गतिमा 0900Hrs जुङबेन ला पास 5555को पासमा पुग्दा खुशीले ‌औधी रमायौ। हावा चलेको थिएन्।  सूर्यको प्रकास  पुरै छरिसकेको थियो। मुस्ताङ र डोल्पाको सिमाना जुङबेन ला पासमा तस्विर देखि भिडियो रहर पुगुञ्जेल खिचे। धवलागिरि हिमपर्वत माला देखि मुकुट हिमालको सुन्दर दृष्य नजिक बाट नियाल्न पाउदा खुशीको सिमा कटेको थियो। यो पास बाट अझ थप विशेषता भनेको आँखा भरि  मुलुम सुम्दोको बिशाल फाँट देख्नु रहेछ । 20मिनेट पासमा बस्यौ। बस्दै गर्दा बिस्तारै हावा चल्न थाल्यो।


मुलुम सुम्दो फाँटमा हिउले छोपेको थियो। घामको रापीलो प्रकास सिधै झरिरहेको थियो। मुलुसुम्दो लोभ लाग्दो उपत्यकामा रमाउदै हिडि रहदा कहिले भासिने कहिले पग्लेका हिउका पानीमा उफ्रदै अगाडि लम्किरहेका थियौ।  जति अगाडि बढ्ने उतिनै मोहित पार्ने दृष्य देखिन्थे। थकानको महसुस भएको थिएन्।सामुन्द्रिक सतह बाट 5000मिटको उचाईमा अवस्थित याक खर्कमा 1200Hrs आईपुग्यौ। एक्यापले हट बनाएको भएता पनि  भत्कन लागेको अवस्थामा रहेछ। हरि भाईले खाना बनाउन लागे।  बोकेको रोटी संग वाई वाईको सुप र सातु खायौ। ज्यादै गर्मी थियो वतावरण। 
1300Hrs बाटो लाग्यौ। खाना खाए पछि हिड्न अल्छि र थाकेको जस्तै महसुस भए पनि कछुवाको तालमा अगाडि बढिरह्यौ। जुङ्बेनला पास पछि कहिले समाप्त नहुने पाटनमा हिड्न पाउदाको खुशी बेग्ले थियो। थकान मेटाउदै छेवैमा खोला बग्दा सुसेलेको सुन्दै गर्दा हरि भाईले २०० मिटर खोला पारि हिउ चितुवा हिड्दै गरेका देखाए मलाई । बाटामा हिडि रहदा हिउ चितुवा गुहु धेरै भेटाएका थियौ। बल्ल अहिले देख्न पाए हरि भाईलाई भने। तस्विर खिच्न झोलाबाट क्यामरा निकाल्न अल्छि लागेकाले तस्विर खिच्न रहर लागेन्। हरि भाईले सूईयाँ पार्दा बेतोडले उकालो दगुर्न थाले। खाना खाएर हिडेको २ घण्टा पश्चात पाटनमा याकका बथान भेटिए। एक जना गोठाले डाडा तिर हिड्दै गरेका देखिए। हामी कहाँ भेट्न आए। नेपाली भाषा नबुझ्ने छार्का निबासी गोठाले हरि भाईले मलाई भने। ति गोठाले  अधबैषे थिए। उसलाई सोध्यौ पुल तल बनेको छ कि छैन टाउको हल्लाउदै छ भने । छेवैमा दोभान थियो। चिसो पानीमा खोला तर्नका दुखले पुरानो बाटो लाग्यौ ।


पहिरोले बाटो पुरै जोखिम बनाएका रहेछ। खोलाले पुल बगाई सकेको रहेछ। हिडेको आधा घण्टामा सुख्खा पहिरो बाट हेर्दा हेर्दै  ढुंगा झर्न थाल्यो। अगाडि जाने बाटो पहिरोले बन्द गरेका देख्यौ। खोला तर्न सक्ने खालको थिएन् । फर्केर जान फेरि एक घण्टा लाग्ने थियो। जे पर्ला भन्दै हरि भाई र म जोखिम मोल्दै अगाडि बढ्ने योजना बनायौ। माथि बाट ढुंगा झर्दै थिए। पालैपालो ड्युटी बसेर दगुर्दै ढुंगा खसे पनि नभेट्ने ठाउमा पुग्यौ। सामुन्ने अक्कर मा उक्ल्यौ। अगाडि बढ्न सकेनौ। हरि भाई सुरुवाल फुकालेर ठाडै बगेको खोलाको चिसो पानीमा चेपचेप भिता समाउदै हिडे। भिडियो खिच्न क्यामरा झोला भित्र थियो। निकाल्न अल्छि लागेकाले भिडियो र फोटो खिचिन। जोखिम मोल्दै खोलामा पसे। भित्ता समाउदै र हरि भाईलाई पनि समाउदै पारी तर्यौ । पानी ज्यादै चिसो। धन्न बाँचियो भन्दै बुट कसे। पुरानो बाटो धेरै स्थानमा पहिरोले लगि सकेको देख्यौ। खोला पारी नयाँ बाटो देखाउदै यति बेला क्याम्पिङ गर्ने ठाउ पुगि सक्थ्यौ हामी हरि भाईले सुनाए।

क्याम्पिङ गर्ने ठाउमा पुग्दा 1730Hrs भएको  थियो। हिउका गहना लगाएर बसेका थुम्का र चुचुराहरुमा सूर्यको किरण घाटि घाटि पुगि सकेको देखिन्थे। शान्त वतावरणमा हरि भाई र मैले टेण्ट टाँग्यौ। चिया बनाउका लागि पानी तताउन थाले हरि भाईले। दिनले बिदाई गर्दै जादै थियो। चिसो बढ्न थाल्यो। चिया पिउदै आजको अक्कर र ज्यानको च्याँखे थाप्दै खोलामा पस्यौ भन्दै कुरा गर्दै बस्यौ। साँझको खाना वाई वाई संग साङटा देखि बोकेका २ईञ्चको फापरको रोटी खायौ।1930Hrs गीत सुन्दै ढलक्यौ। हरि भाई लाई सुनाए सामुन्द्रिक सतह बाट 4700 मिटरको उचाईमा सुताई हुँदै छ आज। ढल्केको ३०मिनेटमा भुसुक्क भए छु म।




Wednesday, April 1, 2020

Upper Dolpa Trek Day-4 Diary


Upper Dolpa Trek Day-4 Diary
15 May 2019

Sangta Village - High camp Base camp 5135m (Jungben La Pass Phedi)


हिमाली भेगको कथा लिन जादा गल्ड्याङ गुल्डुको थुम्का बाट, सदक्ष हिमश्रृखलाहरुलाई पृष्ठभूमिमा राख्दै । 


खुलेको बिहानी थियो। साङ्टा बस्तिको सिरानमा हिमालहरु मुस्कुराईरहेको देखिन्थे। 0700Hrs साङ्टा देखि जुङबेनला पास को फेदि नसके गल्ड्याङ गुल्डुङ्गमा बस्ने सुरले बाटो लाग्यौ। १० बर्ष अगाडि १२ जना डोल्पाली मुक्तिनाथ तिर्थ गर्न आउदा बर्षाको समयमा अचानक बाढी आएकाले  खोलाले बगाएको कुरा सुनाए हरि भाईले। खोला हेर्दा फट्याङग्राले  नाग्ने पानी बग्दै गरेको देखिन्थ्यो। दुःखद घटेको घटना माथि झोलुङ्गे पुल बनेको रहेछ। हिड्दै गर्दा ठाउ ठाउमा पहिरोले बाटो बिगारेको भेटिन्थे। ज्यानलाई बाजी मार्दै हिड्यौ।एक बधान नावर पाखामा चर्दै देखिन्थे। हामीलाई देख्ने बित्तिकै उकालोमा टाप कसे।


1030Hrs गल्ड्याङ गुल्डुङको फेदिमा पुग्यौ। तर्न नसकिने खोला थियो। घाम सिधै झरिरहेको थियो। झोलुङ्गे पुललाई बाढिले लैजान आटेको रहेछ। । खोलाको किनारामा बोकेको रोटि संग वाई वाईको सुप खानाका लागि हरि भाईले पानी तताउन थाले।घाम ताप्दै पल्टिन थाले म। सुख्खा रोटी संग वाई वाई र तातो चिया खायौ। पेट डम्म बनायौ। 1100Hrs बाटो लाग्यौ। बाटो सिधै नाक ठोकिने खालको थियो। पहिरो गएकाले बाटो खतरा खालको थियो। चिपल्यो भने सिधै खोलामा झ्वाँम्म हुने खालको थियो। उचाई बढिरहेको थियो। खुईया गर्दै लोथ भएर एक्यापले बनाएको 4255 मिटरको उचाईमा अवस्थित गल्ड्याङ गुल्डुको हटमा पुग्दा 1300Hrs बजेको थियो। थकान मेटाउदै पानी पियौ। साङ्टा गाउ टाढिदै गईरहेको थियो। पारी सिधै हिमालको शिखरमा हिउ टकल्दै गरेको देखिन्थ्यो। हरि भाईले  सिधै माथिको कालो थुम्का देखाउदै त्यहि  पास गरि आजको बास पुग्ने हो भन्दै देखाए।



फोक्सो घाटीमा आउला जस्तै भई रहेको  थियो। उक्लिदै गर्दा देखिदै आएका नाङ्गा पहाडको थुम्का तिर बाट हिउ पर्दै झरि रहेको देखिन्थ्यो। 5100 मिटरको गल्ड्याङ गुल्डुडको पासमा उक्लिदा 1700Hrs भएको थियो।  खुशीले चौप्ट भयौ। पासमा उक्ले लगतै सातो नै लैजाने गरि हिउ पर्नुको साथै चिसो बतासले हिर्काउन थाल्यो।  दृष्य नियाल्ने र थकान मेटाउने सोचलाई भताभुङ्ग बनाई दिन थाल्यो । बाटो तेर्स्रो भएकोले हिड्नको लागि सजिलो भई रहेको थियो तर हिउ र हावाले हिड्दा अवरोध गर्ने गर्थ्यो। हिड्दै गरि रहदा आजको बास जुङबेन ला पासको फेदि त्यहि हो मलाई देखाउदै भने हरि भाईले। हिड्दै गर्दा चिसो हावा संगै केहि नदेखिने गरि हिँउको  भारी बर्षाले हिर्काउदै थियो। अत्याधिक चिसो थियो।  भारी हिमपात भयो भने कतै बाटो छेकेर सधैका लागि शुभरात्री त हुने होईन मनमनै सोच्दै हिडे। 1800Hrs जुङबेला पासको फेदिमा सामुन्द्रिक सतह बाट 5135 मिटरको उचाईमा एक्यापले एउटा हटमा पुग्यौ। चिसो हावा र हिउ बाट ओत लिन हट भित्र पस्यौ। हट भित्र हिउको थुप्रोका देख्यौ त्यसै  माथि टेण्ट टाग्यौ। ज्यादै चिसो मौसम थियो बाहिर निस्कनै नसकिने खालको । हट नभएको भए हामीलाई चिसोले सिध्याउने रहेछ सुनाए हरि भाईलाई। तातो चिया पियौ। ज्यान तातो बनायौ। 1830Hrs हिउ र बतास चल्न छोड्यौ। निलो आकास मुनि चारै तिर सेताम्मे हिउ देखिन्थ्यो। वाहिर निस्कदा चिसोले सातो लैजाने खालको वतावरण थियो। छेवैमा बगेको खोला जमेको देखिन्थ्यो। वाई वाई र फापरको रोटी साँझको खाना खाई 1930Hrs सुत्ने तरखर  गर्दा हावा बेतोडले चल्न थाल्यो। थाकेर लोथ भएकाले ढल्कने बितिक्कै भुस भए छु म।



















                 जुङबेन ला पासको फेदि। क्षितिजमा देखिएको थोरोङ्ला हिमालको दृष्य हो।

Tuesday, March 31, 2020

Upper Dolpa Trek Day-3 Diary

14 May 2019
Upper Dolpa Trek
Kagbeni- Sangta(Mustang)


               लुम्बुक डाँडाको फेदिमा                

0700Hrs खाजा खायौ। बाटामा होटल नभएकाले प्याकेट लञ्ज बोक्यौ।0730Hrs कागबेनीबाट बाटो लाग्यौ। कालीगण्डकीको तिरमा श्रद्धालुहरु पितृको नाममा तर्पण र श्राद्ध गरि रहेका देखिन्थे। पुलकै आडमा छार्का निवासी किशोरी बहिनी लाई हरिभाईले चिनेको भएकाले बोलाए। शालिकराम र अन्य समानहरु बेच्नका लागि राखेकी रहेछिन्। कालीगण्डीको झोलुङ्गे पुल तरे पछि उकालो बाटो भएकोले कछुवाको गतिमा हिडि रहयौ। मुक्तिनाथ मन्दिर परिसर क्षेत्र वरिपरिका हिमाल र अन्य नाङ्गा पाखामा घामको प्रकास छरिसकेको देखिन्थ्यो। 


उक्लिदै गर्दा घामलाई सेतो कुहिरोले छेक्ने र देखाउने क्रम भईरहेको हुन्थ्यो।उकालो बाटो र उचाई बढेकाले थाकेर लोथ हुँदै गर्दा बाटामा सुन्दर  ताल भेट्यौ। नक्शामा हेर्दा तिरिमिरी ताल लेखेको पाईयो। खुशीले गदगद भए म। कागबेनी देखि साङ्टा गाउ पुग्नका लागि सडकको ट्रयाक खोली सकेको रहेछ। यहि तालको छेवै भएर खनिएको रहेछ सडक। नाङ्गा पाखाको उकालोमा खुईया गर्दै कागबेनी देखि साङ्टा गाउ छिचोल्नका लागि सामुन्द्रिक सतहबाट 4465 मिटरको भञ्ज्याङ छिचोल्नु पर्ने भएकोले फोक्सो घाटीमा सरेको जस्तै लाग्ने हुने गरि पासमा आईपुग्दा सारा थकान र भोक भुले। सिधै माथी सुन्दर लुम्बुक डाँडालाई हिउले ढप्पक छोपेकाले हिमाल जस्तै लाग्ने सेताम्मे हिउले पोतिएका देखिन्थे। मुस्कुराएको लुम्बुक डाँडाको फेदीमा हिमाल हेर्दै बोकेको प्याँकेट लञ्च दबायौ। पासको वतावरण लोभलाग्ने थियो। हावा चलेको थिएन्। ३०तिस मिनेट आराम गर्यौ। पास बाट बाटो ओरालो शुरु भयो। भारी हिमपात भएकाले हिँउ पग्लिएको थिएन्। भासीदै पछारिदै हिडि रह्यौ। केहि ठाउमा ढुंगा खस्दै गरेको देखिन्थे। ढुंगाले हिर्काउला भन्दै दगुर्ने गर्थ्यो पनि। धेरै ठाउमा हिमपातले ट्याक्टर गुड्ने सडकमा पहिरोले बाटो छेकेको कतै बगाएको देख्थ्यौ। 

थुम्कामा बसेर पुछारमा साङ्टा गाउ र सिधै माथी सदक्ष हिमपर्वतमाल भित्र पर्ने टाँसीकाँङ र टार्से हिमाल रहर लाग्दो आकृतिमा देख्दा मख्ख भए। यि हिमालहरुलाई मुक्तिनाथ दर्शन गर्दा देखिने हिमाल अर्कै स्वरुपमा देखिने भए पनि साङ्टा गाउ बाट कैलास पर्वत जस्तै देखिने भएकाले तस्विर र भिडियो मज्जाले खिचे।1800Hrs साङ्टा गाउमा पुग्यौ। गाउ वरिपरि च्याङ्ग्रा चरिरहेका देख्यौ। शिरमा हिमाल हुँदै नाङ्गा पठारको पुछारमा ज्यादै सुन्दर र शान्त बस्तिमा पु्ग्दा हर्षले सिमा नाध्न थाले। कैलास पर्वत मालाहरु जस्तै लाग्ने हिमालको आकृति हेर्न पाउनु साङ्टा गाउ लाई प्राकृति उपहार दिएको रहेछ। कागबेनी देखि साङ्टा गाउ आईपुग्नलाई ११ घण्टा लागेकोले लोथ भएको थिए म। हरि भाई ट्रेकिङ आउदा बस्ने होटलको साहुनी संग अगेनामा तातो पानी पिउदै साहुनी संग गफगाफ गर्दै बसे। हरि भाईले साँझको खान्की बनाउदै थिए। साहुनीको छोरा र छोरी जोमसोम स्कूलमा पढ्ने रहेछन्। उहाँकी श्रीमान कागबेनी सरसमान किन मेल गर्न गएका रहेछन्। हरि भाईले पकाएको मिठो खाना खायौ।2100Hrs सुत्यौ। ढल्कने बित्तिकै कुम्भकर्णको मित्र भए छु।







 साङ्टा गाउ पुग्नै लाग्दा मोहित पार्ने टासचे हिमाल
मुक्तिनाथ बाट देखिने हिमाललाई अर्कै स्वरुप साङ्टा गाउ देखि नियाल्दा।
                    मुस्ताङको साङ्टा गाउ।

Friday, March 27, 2020

Upper Dolpa Trek Day-2 Diary


13 May 2019
Jomsom-Kagbeni


मुस्ताङको कागबेनी, माथिल्लो डोल्पा जानका लागि मुख्य नाका हो । होटलको कौसी बाट कागबेनीको दृष्य।

बिच बाटोमा ड्राईभर परिवर्तन नगरी हिजो काठमाण्डु बाट चलाउदै आएको गाडी ड्राईभर म्याग्दीको चित्रे गाउको झुप्रे लाईन होटल अगाडि गाडीको ईञ्जिन बन्द गरी सुत्न गए। घडी हेर्दा बिहानको 0400Hrs भएको रहेछ। पुछारमा कालीगण्डकी बगेको आवाज सुनिन्थ्यो। 0700Hrs  चित्रे देखि जोमसोमका लागि गुडे। 1030Hrs जोमसोम पुग्यौ। चिसो मौसम थियो। सूर्यको उषा झरिसकेको थियो। निलगिरी हिमालको चमक बढेको देखिन्थ्यो। होटल गौचनमा खानाका लागि बस्यौ। जीप बाट गुडेर कागबेनी सम्म जानका लागि काउण्टरमा पुग्दा ५हजार भने । बरु हिडेर गईन्छ भन्दै हरी भाई र म जोमसोम देखि 1300Hrs  हिड्यौ कागबेनी तिर। हावा चलेको थिएन्। मुक्तिनाथ देखि बाईकमा फाँटफुट मोटरबाईकमा आउदै गरेका देखिन्थे। सूर्यको किरण नाङ्गो पाखामा पुरै पोखिसकेको देखिन्थ्यो। २ घण्टामा कागबेनीमा पुग्यौ। होटलमा तातो लसुनको सुप खायौ। तातो पानीको सुविधा भएकाले नुहायौ । फ्रेस भयौ। कोठामा ईन्टरनेट चलाउदै बस्यौ। कागबेनी ३ पटक आई सकेका भए पनि होटलको कौसी बाट कागबेनीको मौसम र वतावरण नियाल्न निस्के । घाम हिमालको शिर तिर पुग्दै गरेको देखिन्थ्यो। हरियाली उवा बारीमा हावाले बयली खेल्दै र धुलो उडाउदै गरेको देखिन्थ्यो। साँझको खाना खाई 2100Hrs बजे सुत्यौ।






Thursday, March 26, 2020

Upper Dolpa Trek( Day-1 Diary)

Upper Dolpa Trek
12 May 2019
KTM-Jomsom
मेरो पथप्रर्दशक हरि भाई अगाडि बढ्दै। कागबेनी उपत्यका क्षेत्र

मेरो गाईड डोल्पाको जुफाएल निवासी हरि डाँगी। माथिल्लो डोल्पा पदयात्राका लागि मुस्ताङको कागबेनी देखि आरम्भ गर्ने योजना भएकाले काठमाण्डु देखि जोमसोमका लागि 1400Hrs गंगाबु बस पार्क बाट गुड्यौ। थानकोट पुग्न २ घण्टा लाग्यो। थानकोटका नागबेली घुम्तीहरु छिचोल्दै पोखराको हेम्जामा रात्रीको भोजनालय गृहमा पुग्दा 2100Hrs भएको थियो। जाडो थियो। भर्खर खोलेका रहेछन्  भोजनालय। खाना खानुको भिड थियो। टेवल भरि रात्री बसका यात्रुहरु खचाखच थिए। खाना खानेको घुईचो थियो। बस्ने ठाउ थिएन्। खाना मिठो थिएन। मैले आधा खाएर छोडे। 2130 Hrsहेम्जा बाट गाडि जोमसोमका लागि गुड्यो। काठमाण्डु देखि गुडे पछि निदाउदै ब्युझिदै गरेको हुन्थे । हेम्जा देखि बेतोडले निदाए छु एक्कै चोटी म्याग्दीको चित्रे पुग्दा 0400Hrs ब्यूझे।



Thursday, January 30, 2020

SINGAPORE GURKHA daughter STORY


28 February 2020
Changi International Airport (T1)
छोरीको सम्झनामा,



चाङ्गी टर्मिनल एक को प्रस्थान कक्ष सामुन्ने पुग्दा दिवाको 1600Hrs भएको थियो। चाईनीजहरुको बर्ष मुसा बर्ग भएकाले मनमोहक दृष्यले सजिएका मुसाहरु देखिन्थे। जती आकर्षक देखिए पनि म र मेरी श्रीमतीको लागि खुशी जित्ने प्रयास दिई रहेको थिएन् । सिंगापुर राष्ट्र पिता The SINGAPORE story:MEMORIES of Lee Kuan YEW पुस्तकमा आफ्ना गल्फ्रेण्ड लाई (श्रीमती) सिंगापुर बाट सेलिङ हुनु पुर्व आफ्ना अनुभूति लेख्नु भएको जस्तै हामीलाई पनि ठ्याक्कै उस्तै भई रहेको थियो। प्राण भन्दा प्यारी छोरीलाई बिदाई गर्दा।

दन्त संकाय तर्फ उच्च शिक्षा हासिलका लागि The University of Sydney उड्दै गरेकी छोरी Qantas Air को  सेल्फ चेकईन बुथमा ब्यागेज र बोर्डिङ पास लिई सक्दा 1630Hrs भएको थियो। बढी वजन भएकाले प्रति केजी SG$32 मुल्य तिरे।Wuhan Virusको त्रास बाट जोगिन अधिकांसले माक्स लगाएको देखिन्थे।
हाई स्कूल देखिका घनिष्ट मित्रहरु आफ्ना साथीलाई बिदाई गर्नका लागि आई सकेका थिए। कहिले हर्षित र कहिले भावुक मुद्रामा गफिदै थिए। National University of Singapore स्नातक तहमा कानुन,ब्यावस्थापन,पत्रकारिता र मनोबिज्ञान संकाय लिएर अध्ययनरत ति साथीहरु संग गफगरि रहदा चेहेरामा देखिएका उदासी मुद्रामा देख्दा मनमा मेरो बिगतका जीवन गाथाका कुराहरु मडारिन थाले। उताका पूर्वको कर्णाली भनिने ओखल्ढुंगे Hill Boy ठिटो SLC उतिर्ण भए पछि उच्च शिक्षका लागि राजधानी हाने तर काठमाण्डूको जीवन शैली देखे पछि पुस्तक र कलम छाडेर गल्लामा छाती नाप्न पुगे।



ऋतुहरु बित्दै गए। विश्व स्तरिय गुणात्मक शिक्षा प्रणाली सिंगापुरमा पढाउन पाएकोमा मख्ख थियौ र भईरहेका छौ पनि । तिनै सिंगापुरीयन साथीहरु संग हाई स्कूल जीवनमा CCA र बिघालयको अन्य कार्यक्रमहरुमा सहभागीता गरेका कृयाकलापहरु आँखामा झलझली आईरहे। सिंगापुरमा जन्मेका हुर्केका बढेका  र पढेका हाम्रा नानीहरु नेपाली परम्परा र खानपीन भन्दा  नजिक बाट सिंगापुरका जीवन शैली बुझेकाले सधैका लागि छाडेर जानु पर्दा पक्कै पनि मन र तन बिलियो हुँदैन्। ब्रिटिस गोर्खाले पाउने सुविधा जस्तै हामीले पनि पाएको भए कस्तो हुने थियो होला भनेर कहि कतै टाढा स्पन्दन भित्रका धमनी तिर  पौडिदै थिए पनि ।

 
Blk 68#02-38 आमाले सजाएका कोठाहरु,गृह कार्य गर्ने टेवल,टिभी कोठा,कहिले काहि रुम च्याँट्ट नदेखिदा आमाको कचकच देखि दुई तला निवासी काकीहरुलाई देख्न पाउने छैन्। जुसेङ,PM Buildingको मि सुप र ताईसेङका स्वाँदिष्ट पोर्क राईस र हकर सेन्टर देख्न पाईने छैन्। मिस्टर चाईको क्यान्टिनमा पाईने मिको स्वाँद अव लिन पाउने छैन्। East Coast Park का BBQ Pit हरुमा बिबिक्यूका स्वाँद बाट टाढिनु पर्ने छ। फुर्सदका समयमा साथीहरु संग प्रायःNex र Toa Payoh सपिङ मलमा भेटघाट हुने थलो अव केवल सम्झनाको स्मृतिमा सिमित हुने छन्। Geylang East Public Library र स्कूलका पुस्ताकलयका उपयोगी किताबहरु झोला भरी बोकेर ल्याएका ति दिनहरु छाँया जस्तै बन्ने छन्।Canossa र CHIJ Katong Convent स्कूलका आफ्ना शिक्षक शिक्षिकाहरु संग अन्तिम बिदाई गर्न गएका ति सम्झनाहरु अव हृदयको ढुकढुकिमा बस्ने छन्। भविष्यमा पनि तिनले यस्तै सुविधाहरु आफ्ना केटाकेटीहरुलाई नेपाल फर्के पछि दिन पाउली वा नपाउली।यस्तै कुराहरु खेलिरहदा 1815Hrs भयो। 


1915Hrs उडान समय तालिका भएकाले अन्तिम आफ्ना साथीहरु संग ग्रुप भएर अंगालोमा बाँधिएर बसेको देख्दा मन भारी हुँदै थियो। छोरी र तिनका साथीहरु मौन भएर बस्दाका ति दृष्यले दुःखको चिप्टाले मुटुको ढडकनमा चिमोटी रहेको थियो मलाई । अध्यागमनको सुरक्षा जाँच बाट आँखको नयन बाट टाढिदै गए। छोरीका साथीहरुलाई धन्यवाद दियौ। 
Daddy! Take off Qantas Air Bye Bye भनेको SMS पाउदा 1915Hrs भएको थियो। हामी पनि Joo Seng आईपु्गेका छौ छोरी Good Bye को SMS पठाए। 










    




HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...