Total Pageviews

Sunday, November 11, 2018

Great Himalaya Trail Day- 46

Day-46
Jangla Pass - Phedi (Dolpa)
26 August 2016
            डोल्पा र रुकुमको सिमाना 4550 मिटरकफ जाङ्ला पासमा हामी 

0600Hrs ब्युँझे। टेण्टको च्यान खोलि हेर्दा  खुलेको बिहानी थियो । खुशीले चौप्ट भए। आँखै भरि हरियो पाटन माथी ठिङ्ग उभिएका नाङ्गा चुचुराहरु देख्दा झन फुरुङ्ग भए। मजेत्रो ओडेर बसेको जस्तै देखिन्थे भुईकुहिरो खोचमा। चिसो असाध्य थियो।  शौचालयका लागि खुल्ला पाटन तिर लागे। फर्कदा किशोर सर बिशाल भान्जा पनि शौचालय जानका लागि तयार हुँदै थिए। हाम्रा सहयोगी हरि र देब भाई चिया र खाजा पकाउन तयारी गर्दै थिए। गोठ भित्र बाट गोठालाहरु दुनेरी लिएर भेडाका दुध दुहुन जान तयारी गर्दै गरेका देखिन्थे। भेडाहरु कराएको आवाज सुनिन्थे। केहि गोठाले अगेनमा आगो ठोस्न लाग्दै गरेका देखिन्थे।
4800 मिटरको उचाईमा तातो चियाको सुर्का दिदै चिसो वतावरणमा रमणिय पाटनलाई नियाल्दै राति लास्टै बोर भयो नि मामा सुत्यौ कि सुलुत्तै सुल्कि हाल्ने फेरि सर्यौ त्यहि हुने क्याँ बोर गजबले सुत्न सकिएन्। ज्यान माराकमुरुक गर्दै  भान्जा बिशालले भने। थाकेर लोथ भएर होला ढल्किने बित्तिकै भुसुक्कै दिए छु म पनि।  पिसाब लागेर उठ्दा रातको १ बजेको  थियो। चारै तिर खुलेको रात थियो । जुन लागेको थियो। जाडो त कुरै नगरौ । थरथर बनाउने खालको थियो। कुकुरहरु भुकी रहन्थे। भिरालो ठाउमा टेण्ट लगाएछौ गाँठे तपाईको जस्तै मेरो पनि कथा त्यहि भयोनी मैले पनि थपे । किशोर सरले पनि सहमत जनाउनु हुँदै मेरो पनि त्यहि भयो नि  चुरोटको धुँवा उडाउदै भने।
                                    जाङ्लाको 4800 मिटरको पाटनमा हाम्रो टेण्ट

सिउ सिउ जाडो थियो। तातो चिया पिउदै पाटनमा चर्दै गरेका भेडाहरु नियाल्दै आनन्दित भईरहेका थियौ। हाम्रो पदयात्राका सहयोगी हरि भाईले तातो वाँफ उड्दै गरेको वाई वाई पकाएर ल्याउनु भयो।  वाई वाईको सुपले ज्यान तातो र पेट अडिलो बनायौ। हिड्नु भन्दा अगाडी हरि भाईले दुनै बाट भाडा ल्याएका भाडाकुडा डोकामा राख्दै भोलि मेरा नातेदार आउनु हुन्छ दिनु होला भन्दै गोठको कुनामा मिलाएर राखे।

गोठाला दाईहरुलाई धन्यवाद राम्रो बस्नु होला भन्दै 0830Hrs जाङ्लाको पाटन बाट हिड्यौ। आखाले नभ्याउने रमणिय पाटनमा  रमाउदै हिड्दै गर्दा कुहिरोको हुल खोचबाट उड्दै पाटनलाई ढाक्न थाले । भुस भुस पानी झर्न थाले। बाटो तेर्स्रो भएकाले सास बढेको थिए। छाता ओढदै पाटनमा हिड्दै गर्दा खच्चर र घोडाहरु चरी रहेका भेटिन्थे। डोल्पा र रुकुमको सिमाना जाङ्ला पासमा आईपुग्दा खुशीले उफ्रियौ। अतिनै मनमोहक दृष्य चारै तिर देखिन्थे। फोटो रहर पुगुञ्जेल खिच्यौ। बैईमानी कुहिरोको हुलले देख्दै गरेका लोभ लाग्ने दृष्य र शिखर मात्र देख्दै गरेका हिम पर्वतमालाहरुलाई ढ्याम्मै छोप्न थाले । जाङ्ला पास 4550 मिटरको पासमा थकान भुलाई रहदा हरिभाईले डोल्पाको सिमान यो होईन खासमा रुकुमेलीले गणतन्त्र आए पछि यहाँ सारेका हुन्। डोल्पा र रुकुमको सिमान भरै देखाउछु भने। यहा सम्म यार्सा धेरै र सबै भन्दा राम्रा हुने गरेकाले डोल्पाका नेता लुता भए रुकुमका नेता  बाठा र बलिया भएकाले डोल्पालीलाई थाहै नपाई सुटुक्क सारेका हुन सिमाना। आक्रोसित हुँदै डोल्पाली नेताहरु माथि खनिए हरि भाई।

46 दिनमा रुकुम जिल्लामा प्रवेष गर्यौ भन्दै खुशी साट्दै हिडि रहदा 0930Hrs मैजालको पाटनमा आईपुग्यौ। ३ वटा टहरा देख्यौ। आटिला रुकुमेली बहिनीहरुले साधरण खाना बस्नका लागि अस्थाई टहरा बनाई होटल संञ्चालन गरेका रहेछन्। चैत देखि कार्तिक सम्म यहा बस्छौ। हिउ पर्ने याममा दाङ तिर बस्छौ। खाना पाक्दै गर्दा बताई बहिनीहरुले। यार्साको सिजनमा धेरै ब्यापर हुन्छन् यहाँ। बर्षाको सिजन अहिले भएकाले  डोल्पा समान लैजानेका लागि समान झार्ने र लैजाने सेन्टर भएकाले होटल थापेका हौउ। भरुवा बन्दुक भिरेर नाउर शिकार गर्न हिडेको भन्दै एक जना भाई घोडा चढ्न तयार गर्न लागे। जिनकाटी कसेको घोडा देखे पछि घोडा चढ्न मन लाग्यो मामा बिशाल भाञ्जाले भने । घोडा चढेर फोटो खिच्न पाईन्छ भाई सोधे मैले। किन नपाईने रुकुमेली लवजमा भने। पालैपालो घोडामा चढी तस्विर खिच्यौ। 

हामी तीनै जनाले खसीको मासु संग खाना खान सकेनौ । हरि र देब भाईलाई दियौ। दाल र भात मात्र खायौ। खानाको स्वाँद फिटिक्कै थिए तर खानै पर्ने थियो। हिड्नु अगाडि बहिनीहरु संग सम्झनाका लागि सामुहिक तस्विर खिच्यौ। एकै स्वरमा राम्रो संग जानुहोला दाईहरु रुकुमेली लवजमा भनिन् । तपाईहरुको ठाउमा एक रात बस्ने रहर थियो तर सखारै दिन छ। कुनै दिन आउने छौ । राम्रो संग बस्नु होला भन्दै खाना खाएको रुपैयाँ 2150 तिरि 1100Hrs मैजाल बाट हिड्यौ। बाटो सिधै ओरालो थियो। झर्दै गर्दा पुर्बाङ्ग भेट्यौ। ६ वटा जति टहरा बाट निर्मित होटल रहेछ। खोला तरे पछि वाटो सिधै नाङ ठोकिने उकालो बाटो शुरु हुन थाल्यो। हुईया गर्दै पुर्वाङ्ग र माजुलाको लोभ लाग्ने पाटन नियाल्दै । थकानलाई भुलाउदै हिडि रहदा अर्बुजाको पाटनमा 1230Hrs आईपुग्यौ। टहरा बनाई होटल थापेर बसेका रुकुमका युवा भेटिए। उनी पुर्व लडका रहेछन्। यार्साको सिजनमा यहा पुरै रमाईलो हुन्छ। फिल्म हेर्ने ब्यापर गर्ने लभ गरेर बिहे पनि हुने गर्छन् यहाँ । अहिले अफ सिजन हो । जडिबुटीको चिया पिउदै र वाई वाई नपाकुञ्जेल गफगाफ गर्दै बस्यौ । 1330Hrs अर्बुजा बाट हिड्यौ। डम्म कुहिरोले ढाकेकाले चारै तिरको प्राकृति दृष्य देख्न पाएनौ। नदेखिए पनि अर्बुजा साह्रै रमणिय पाटन रहेछ भन्यौ।
यहि हो पाण्डल पास पक्का पक्का डोल्पा र रुकुमको सिमाना । पहिला यहाँ गेट पनि निर्मित थियो। अहिले  केहि छैन्। सबै भत्काए रुकुमेलीले हरि भाईले सुनाए हामीलाई। सम्झनाका लागि सामुहिक तस्विर खिच्यौ।
पुपाल ताल भेट्यौ। सानो भए पनि कहिले नसुक्ने। मनमोहक पाटनमा अवस्थित रहेछ। फोटो खिच्यौ। पुपाल ताल बाट बाटो सिधै ओरालो शुरु भयो। हरि भाईले तल देखाउदै आजको बास त्यहि हो भने। सेता कुहिरोका हुलहरुले रमणिय डाँडाहरुलाई लुकाउदै ओरालो झरिरहेका देखिन्थे। पाटनमा भेडाहरु चरिरहेका देखिन्थे। ओरालो बाटा भएकाले झर्दा लोथ भएका थियौ। फोटो खिच्दै थकान मार्दै 1700Hrs फेदीमा पुग्यौ। ३ वटा टम्बु बाट बनेको होटल देख्यौ। ठुलो टम्बुमा छिर्यौ। ५ जना युवाहरु तास खेलिरहेका देखिन्थे। होलट वाली बहिनी चुलोमा चिया पकाउदै गरेका देख्यौ। झोला बिसायौ। साहुनी बहिनीलाई चिया र वाई वाई बनाईदिई राख्नुस भन्दै छेवैमा तर्न नस्कने सेङ खोलाको छेउमा हात खुट्टा मुख धुन निसक्यौ। खोला पारी घोडा चरि रहेका देखिन्थे।
साहुनी बहिनी संग चिया पिउदै गफगाफ गर्न थाल्यौ। मैकोटकी मगर्नी हुँ। हिउ पर्ने याममा बुटवलमा जान्छु । अरु बेला ब्यापार गर्न यहा आउछु । दुले देखि यहा सम्म डोल्पा जाने समान खच्चर बाट झार्ने र लैजानका लागि सेन्टर हो। यस ठाउ देखि मैजाल सम्म लैजान्छन्। बर्षाको समय त्यति ब्यापर हुँदै तर यार्साको सिजनमा धेरै ब्यापर हुन्छ। तास खेल्दै गरेका युवा केटाहरु खच्चर ड्राईभर हुन। तिनीहरुका लागि  लोकल रक्सी जरकिन बाट बतलमा भर्दै सुनाईन्। साँझको खाना खायौ। सुत्न अर्को टहरमा गयौ।  2000Hrs ढल्कने बित्तिकै भुसुक्क भए छौ।  
                                              जाङ्लाको पासमा रमाउदै हामी
                                         किशोर सर रमाउनु हुँदै जाङ्लाको पासमा
                                बिशाल भान्जा पनि खुशीले गदगद हुनुहुँदै जाङ्ला पासमा

                                   जाङ्ला पास देखि मैजालको पाटन रुकुम
                               मैजालको पाटनलाई पृष्ठभूमिमा राख्दै म र किशोर सर

मैजालको पाटनमा अघाएर बसेको सेतो घोडा। किशोर सर अगाडि बढ्नु हुँदै। हिउदमा हिमाल बर्षा याम पाटन ।
                                         मैजालको पाटन रुकुम। अस्थाई होटल
किशोर सर थकाईले सेन्टी फ्लाट हुनु भएको अवस्था 
मैजाल पाटन रुकुम । हाम्रा सहयोगी हरि र देब भाई सोलार चार्ज गरेको हेर्नु हुँदे
                                देब भाई र होटल वाली बहिनी मैजाल पाटन रुकुम
                                             मैजाल पाटनमा रुकुम
                                           मैजाल पाटनमा भान्जा बिशाल
                                                    मैजाल पाटनमा किशोर सर
 मैजाल पाटनमा होटल वाली बहिनीहरु संग बिदा हुन अगाडि खिचिएको तस्विर
                                                  पुर्वाङ्ग पाटन रुकुम
                          थकित मुद्रामा अर्बुजाको पाटन रुकुम
                               अर्बुजा पाटनको यार्सागुम्बा। किशोर सरले देखाउनु हुँदै
अर्बुजा पाटनको होटलमा चिया पिउदै थकान भुलाउदै हामी
                                         पाण्डल पास रुकुम
                                                   पुपाल ताल रुकुम । 
                                               सेङ खोला रुकुम
                                         सेङ खोला पृष्ठभूमिमा राख्दै बिशोर सर ।


सेङ खोलाको बगर मा अवस्थित फेदीमा होटलवाली बहिनी संग गफगाफ गर्दै











Friday, November 9, 2018

छिमेकी गुरुजी सन्त बहादुर गुरुङ(14316) Graceful Retirement है



७ नभेम्वर २०१८ लक्ष्मी पुजाका दिन  आफ्नै मुलढोकामा बस्दै भैली खेल्न आएका भाञ्जा भाञ्जीहरुलाई दान दक्षिणा दिनु हुँदै गर्दा २५ बर्ष सिंगापुर बसाईको अन्तिम तिहार पर्व मनाउन पाउदाका खुशी साथै अवकास पश्चातका आउदा दिनहरु कसरी बिताउने सोच र योजना गर्नु  भएको छ । यिनै बिषयमा बसीबियालोको अन्तरंग छिमेकी गुरुजी 14316 ज्यू संग ।
दान दक्षिणा दिनु हुँदे भाञ्जा भाञ्जीहरुलाई। दिपावली पर्वमा खुशी देखिदै भाञ्जा भाञ्जीहरुको समुह । 

Wednesday, October 31, 2018

प्रियतमाको खुशी



रथ गुड्न दुई पाङ्ग्राको आवश्यकता भने झै हाम्रो गाथालाई उच्च राख्न प्रियतमाहरुको मुख्य भूमिका रहेको हुन्छ। प्रियतमाहरु चौकासको एकनासो काम बाट केहि क्षण पर हुनलाई नंम्बर्नी भेटघाट गरि हाँसी खुशी हुनलाई चोमोलुङ्गा क्लवको प्राङ्गनमा गोधुली सन्ध्याको स्वगत हुन पुर्व हर्षित र उमंगका क्षण देखिन्थे। हर्षित क्षणलाई स्रब्य दृष्यलाई यसरी छाँयाङ्कन गरेको थिए।
  

Friday, October 26, 2018

प्रियतमा Intake 1996



नंम्बरी भनेको आमा बाबा जस्तै हुन्।  सेक्सन भन्न साथ दाजुभाईको साईनो रहेको हुन्छन्। ब्यारेक जीवनमा प्रवेष गर्दा हर्ष र खुशीको खुट्किलाहरु हुँदा रहेछन्। पोखरामा नाम पुकारिदा,पासिङ आउट परेड हुँदा, बैवाहिक जीवन बाँधिदा ,जाँगिरको १५ बसन्त पार हुँदा र अवकास हुने बर्ष ।
Intake 1996 का Mrs ले 24 अक्टोबर 2018 का दिन एकता र बसाईको सम्झना अवकास पछि पनि जीवनमा झझल्को आई रहनका लागि चोमोलुङ्मा क्लवमा एकता र भेटघाट कार्यक्रम आयोजना गरेका थिए।  नंम्बर्नीहरुको एकता र भेटघाट कार्यक्रमको तस्विर खिच्नका लागि 1830Hrs अनुरोध गरेकाले 1730Hrs पुगेको थिए म । तस्विर खिच्न गहिरो रुचि राख्छु तर अझ सम्म सबैले झल्क हेर्ने बित्तिकै मन पराउने तस्विर उतार्न सकेको छुईन्।
तस्विर खिच्नका लागि ३ वटा Intake 1996 को ध्वज मंञ्च स्वभनिय खालका देखिन्थे।  मंञ्चको  सजावट देख्दा गर्वको अनूभुति भईरहेको थियो मलाई। एउटै रंगको टिसर्टमा Intake 1996 लेखिएको पहिरणमा एक आपसमा खुशी साटासाट गरि रहेका देखिन्थे। स्मार्ट फोनमा सामुहिक तस्विर देखि सेल्फी विफी खिच्न ब्यस्त देखिन्थे। सेक्सनका लागि तस्विर खिच्न पर्छ है भन्दै उत्सुक र हुटहुटी मुद्रामा देखिन्थे। एकता र भेटघाट साँझमा ९० जना नंम्बर्नीहरु निर्धारित समयमा उपस्थिति जनाई सकेका थिए। हाईराज भवनको घुरीबाट सूर्यको प्रकाश लुक्दै जादै थियो । माईकमा मेरा प्यारा नंम्बर्नीहरु आजको यस जमघट साँझमा 2018 र 2019को सेक्टेम्वर सम्म पेन्सन जानुहुने नंम्बर्नीहरु  केक कटिङका लागि सामुन्ने आईदिनुस भन्न साथ सबैका अनुहार हर्षित मुद्रामा देखिएका थिए। गोधुँली साँझको आगमन संगै केक कटिङमा स्मार्टफोन वाट लाईभ स्ट्रिमिङ भिडियो र फोटो लिनका लागि घुँईचो हुन  थाले। CHAMPAGNE को छिर्का सबै तिर छ्याप्दा हर्षले बिभोर भएका देखिन्थे। चोमोलुङ्मा क्लवको वतावरण Intake 1996 खुशीमय देखिन्थे।

















































Sunday, October 21, 2018

Great Himalaya Trail Day45


Day-45
Kamkot -Jangla Pass(Dolpa)
25 August 2016






             डोल्पाको 3500मिटरको उचाईमा अवस्थित ईजीको गोठमा थाकेर लोथ भएको क्षण

ब्युँझदा 0630Hrs भएको रहेछ। बिशाल भाञ्जा र किशोर सर स्लिपीङ ब्याग भित्र निदाई रहेका थिए। टेण्टको च्यान खोले। बिहानको चिसो हाँवाले घाटीमा झ्याँप्पै हानी हाल्यो। धुम्मेको बिहानी थियो। डाँडा र पाटन लाई भुई कुहिरोले लपक्कै छोपेर राखेका देखिन्थ्यो। चर्पीखाना नभएकाले झाडी तर्फ लागे। फर्कदा किशोर सर र बिशाल भाञ्जा पनि चर्पी कता गएर आउनु भयो सोधे। म गएको दिशा तर्फ देखाई दिए।
मुण्डा घरको छतमा जडिबुटीको चिया ल्याए हरि भाईले। चिसो बिहानीमा चियाको सुर्का लगाउदै गर्दा आज गजबले निन्द्रा लाग्यो बिशाल भान्जाले भने । हो साँच्चै हिजो राती पल्टे पछि बिहान मात्रै ब्युझ्यौ किशोर सर र मैले पनि भने। गफगर्दै गरि रहदा वाई वाई तयार भयो खानका लागि हरि भाईले बोलाए। बाटो लाग्ने बेलामा हरिका आफन्तले पैसा लिन मानेन् हिजो खाएको उसीनेको आलुको । धन्यवाद राम्ररी बस्नु होला।
समय मिलेमा फेरि आउला भन्दै 0830Hrs बाटो लाग्यौ। पारी पट्टी बाग्लो जंगल देखिन्थे। हिड्दै गरिरहदा त्यो देखिएको पाटन लाई ईजी भन्छ। त्यसको भञ्ज्याङ निर गोठ छ। लन्च त्यहा हुन्छ आजको हरि भाईले भने। 1030Hrs ईजीमा पुग्यौ। गोठमा धुवाँ उडीरहका देख्यौ। गोठ नजिकै पुग्दा २ वटा कुकुरहरु भुके । मनमोहक पाटन रहेछ भन्दै खुशीले फोटो खिच्यौ। गोठमा श्रीमान श्रीमती रहेछन्। हरि भाईले चिनजान गरे । स्टोभमा हरि र देब डाँगी भाईले खाना र तरकारी पकाउन सुरसार गरे। कुडेमा तातो दुध उमल्दै थियो। किशोर सर  बिशाल भाञ्जा हरि र देब भाईले एक एक मान तातो दुध पिउन थाले । दुध खाना रुचि नभएकाले दहि खाए मैले। डोल्पाको सिमलाग्नामा एक मान दहि खाएकाले हिड्दा सकस भएकाले काबु भएको थिए म। ठिक्क मात्र खाए।

दुई किलो जतीको देखिने एउटा जंगली च्याँउ गोठाला दाईले उपहार दिए हामीलाई। हरि भाईले त्यो उपहारको च्याँउलाई ध्युँमा भुटभाट गर्न थाले। कामकोट बाट ल्याएको साँग छुट्टै कराईमा पकाउदै थिए। खाना पाक्दै गर्दा गोठका दाई संग गफगाफ गर्ने क्रममा तपाईको सभासद धन बहादुर बुढा रिङ्मोमा भेटाएका थियौ। तिनी हाम्रा नेता होईन्। उनी ठेकदार हुन्। हामी एउटै पार्टी भए पनि उनलाई मैले भोट दिईन्। यार्सा ब्यापारको याम भएकाले चाईना तिर गएर आएका हुन् तिनी। ती गोठका दाई राजनीति नजिक बाट बुझ्ने रहेछ। छोराहरुलाई पोखरा र काठमाण्डुमा पढाएका रहेछन्। 

मुनि देखिएको पाटनलाई देखाउदै । यहाँ कृतिम ताल बनाउने योजना भईसकेको छ। यदी ताल फुट्यो भने दुनै बजारलाई स्वाँह बनाउन बेर लाउदै । ठुली भेरी कुनै दिन बौलायो भने  दुनै बजारलाई बाँकी राख्दै भने। कृतिम ताल बन्यो भने यो ईजी लोभ लाग्ने पर्यटक स्थल हुन्छ हैन मैले र किशोर सरलाई भने। बिशाल भाञ्जा खाना नपाकुञ्जेल ढलक्दै थिए। एक माना ध्युँ किन्यौ खाना संग मुछेर खानाका लागि। च्याँउ अतिनै मिठो थियो। गोठका दाईलाई धन्यवाद फेरि दियौ। हामीलाई च्याँउ उपहार दिनु भयो। मिठ्ठो खाने कुरा पकाएर खुवाउनु भयो। धन्यवाद हरि भाई पनि भन्यौ। भरै साँझको लागि पनि एक किलो जति ज्याँउ दिनु भयो हामीलाई। दुध, ध्यू र दहिको जम्मा 1000 हजार गोठका दाई लाई दियौ।
एक हप्ता देखि हराईरहेको एउटा खच्चर खोच्न  उत्तर तिरको पाटन तिर देखाउदै आज त्यता जानु पर्ने छ। तपाईहरु संगै निस्कन्छु भने। पक्कै पनि खच्चर हराएका हैन चोरेर बेच्न लगि सकेका होलान् त्यहि पनि मनको सन्तोक भन्दै सुनाए। हामीले सुनायौ अस्ति रारा ताल तिर पनि खच्चर हराएर खोच्दै गरेका देखाएका थियौ। एउटा राम्रो खच्चरलाई २लाख पर्ने बताए हामीले सोध्दा। रुकुम तिरका भेडी गोठालाहरु अस्ति मात्र यहाँ देखि उकालो लागेका छन्। गोठमा बास बस्न पाईन्छ फिक्कर लिनु पर्दैन भने।
1200Hrs गोठबाट बाटो लाग्यौ। दिन ठुस्केर बसेको देखिन्थ्यो। कछुवाको गतिमा उकालो बाटोमा उक्किरहदा उचाई पनि बढि रहेको थियो। पाटनको सौन्दर्यमा रमाउदै हिडिरहेका थियौ। हुन त हामीले सधै हरिया पाटनहरु देखिरहेका भेटिरहेका हुन्थ्यौ तर पनि नौला किसिमका भौगलिक बनावटले गर्दा प्राकृति सौन्दर्यको दृष्यले वाक्क बनाई रहेको थिएन् हामीलाई। यार्साको सिजनमा यार्सा बजार लाग्ने ठाउमा पुग्दा 1500Hrs भएको थियो। साह्रै राम्रो ठाउ रहेछ। समुन्द्र सतह बाट 4300 मिटरको उचाई GPS देखायो। यतै टेण्ट टागेर बस्ने होकी किशोर सरले भने। आज समय पनि छ। भोलि सजिलो हुन्छ । माथि देखिएको गोठ देखाउदै हरि भाईले भने। आज त्यहि पुगेर बस्यौ कि सर। हामीले सहमति जनायौ। लाग्यौ नाकै ठोकिने हरियो पाटनमा कछुवाको रफतारमा। 
पाटननै ढाकिने गरि सेता भेडाहरु चरि रहेका देखिन्थे। हेर्दा त्यहि जस्तो लागेको थियो तर गोठमा पुग्न २ घण्टा लाग्यो। 1700Hrs गोठमा पुग्यौ। पुरै सेतो कुहिरोले छोपि सकेको थियो। केहि देखिदैन थियो। जाडो स्वु स्वु भईरहेको थियो। हावा  चलिरहेको थियो। भेडाहरुको एकोहोरो भ्याँ भ्याँ आवज आईरहेको थियो। डर लाग्दा ६ वटा भोटे कुकुर भेडाका वरिपरि लखर लखर हिडिरहेका देखिन्थे। हामीलाई देख्न ठुलो आवज निकालेर भुक्न थाल्यो। एक जना गोठालेले नकर भने पनि भुक्न छाडे तर उटा साङ्लामा बाँधेको कुकुर भने भुकिरहेको थियो। त्यो कुकुर अलिक बदमास छ ति गोठालेले हामीलाई भने। अन्य भोटे कुकुरहरु भेडा भएका तिर रेखदेख गर्ने तिर लागे। गोठालेले हुकुम दिए पछि कुकुरहरुले बुझ्दा रहेछन्। जे भए पनि मान्ने खालका। समुन्द्रको सतहबाट 4800 मिटरको उचाईमा आजको बास भन्दै किशोर सरले  GPS हेर्नु हुँदै सुनाए।  
रुकुम टकसेराका मगरहरु भेडा गोठाले रहेछन् ६ जना। प्लाष्टिकले पुरै ढाकेर हावा छिर्न नसक्ने किसिमले बनाएका रहेछन् गोठ। हामी पुग्दा हरि भाईले स्टोभमा चिया र वाई वाई तयार गरि सकेका रहेछन्। सेतो कुहिरोको हुल भित्र उभिदै वाई वाई र चिया खान थाल्यौ। खुकुलो भएको पेटलाई हल्का शत्ति थप्यौ। ज्यान तातो बनायौ। भिरालो पाटामा टेण्ट टाग्यौ। हरि र देब भाईले स्टोभ मा साँझको खाना तयार गर्दै थिए। गोठालेहरु बाजीमा कल ब्रेक तास खेलिरहेका थिए। केहि समय हेर्यौ। 1830Hrs खाना खाएर न्यानो ज्याकेट लगाएर स्पिङ ब्याग भित्र पसेको केहि मिनेटमा फुस्सै निदाए छौ। भोटे कुकुरहरु बेला बेलामा भुकिरहेका सुनिन्थे।  
 ईजीको गोठ देख्दा खुशीले बुर्कुसी लगाएका थियौ। मौसम खुलेको थिएन् । 
 ईजीको भञ्ज्याङमा खुशीले गदगद हुँदा लिएको तस्विर
    किशोर सर रमाउनु हुँदै। पृष्ठभूमिमा भविष्यमा कृति ताल निर्माण हुँदै ।


4800मिटरको जाङ्पास उक्लिने क्रममा थाकेर हुँईलुङ भएको क्षण



















जाङ्लाको पाटनमा गोठ र हामी सुत्ने टेण्ट

भेडाको बथान जाङ्ला पाटनमा



Saturday, October 20, 2018

आफ्नै कुरा



मलाई पदयात्रा बाहेक मेरा शौखहरु कला क्षेत्र पनि भएकाले केहि आफ्नै निर्देशन कथा र अभिनय गरि सर्ट फिल्म मार्फत संन्देश दिनका लागि प्रयास गरेको छु। YouTube को प्रविधिबाट आफ्ना रहर आकाक्ष पुरा गरेको छु।
मलाई लाग्छ कक्षा ५ पढ्दा देखि मैले रेडियो नेपालको साहित्य कार्यक्रम धुन र प्रस्तोता दाहाल यज्ञ निधि आवाज सुन्न खुब गजब लाग्थ्यो। कक्षा ८देखि १० सम्म रेडियो नेपालको शनिबार बिहानीको  पत्रमित्रता फोन ईन कार्यक्रम र साँझ पख चौतारी कार्यक्रम नियममित सुनिन्थ्यो। यि वाहेक रेडियो नेपालको प्रतिभा साँझ फूलबारी कार्यक्रम फर्मायसी कार्यक्रममा गीत फर्मायस गर्ने र SW मार्फत बिबिसी नेपाली सेवा सुन्ने मेरो लत बसेको थियो। सुत्ने बेलामा अंग्रेजी भाषा राम्रो नबुझे पनि BBC Word Service सुनी टोपलिन्थे।

SLC दिई सके पछि हुईकिए राजधानी अंग्रेजी भाषा र टाईपराईटर सिक्न। राजधानी पुगेको दोस्रो दिन बिश्वज्योतिमा पहिलो पटक युग देखि युग सम्मको चलचित्र हेरे। पहिलो पटक चलचित्र हेरिरहदा मलाई पनि अभियन नेर्देशन र कथा लेख्न कता कता मनमा पलाएको थियो। राजधानी छिरे पछि कुनै दिन रेडियो नेपालको चौतारी कार्यक्रममा गई गीत गाउने रहर गाउमा बस्दा भएको  थियो। लोक गायिका उमा गुरुङ मार्फत चौतारी कार्यक्रममा गीत गाए बडो रमाएको थिए त्यस बेला। ५०रुपैयाँ तिर लोक गीतका लागि रेडियो नेपालमा स्वर परिक्षा पनि दिएको थिए। स्वर परिक्षामा उतिर्णत भईन्। बिषमात थिईन् किनकी मेरो आवजको परिक्षा लिन थियो।
रेडियो नेपालको अधिराज्य ब्यापी आधुकि लोक र बालगीत ३ दिन सम्म हुने कार्यक्रम सुन्न रेडियो नेपालको प्राङ्गनमा गईन्थ्यो। हरेक क्याम्पसको Welcoming कन्सर्टमा डुलि भ्याईन्थ्यो।
   













HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...