२०१७ सालमा
धिमिले निवासी अर्ग बहादुर राईले आफ्नो गाउमा बिद्यालय स्थापना गर्नु भएको थियो तर
अध्ययन गर्ने बिधार्थी नभएकाले २०१८ सालमा उहाँले मानेभञ्ज्याङमा स्थान्तरण गर्नु
भएको थियो । २०२१साल सम्म कुल बहादुर अधिकारीले स्कूल संचालन गर्नु भएको थियो।
मानेभञ्ज्याङ निवासी आशा जित मगर २००७ सालमा बृटिस सेनामा भर्ति हुनु भएको थियो र
२०२१ साल २१कार्तिक मा सेवा बाट अवकास हुनु भई मानेभञ्ज्याङमा आईपुग्नु भएको थियो।
पल्टनमा
हुँदा शिक्षाको महत्व बुझे पछि शिक्षाको ज्योति फैलाउन मानेभञ्ज्याङमा संञ्चालन
भएको स्कूललाई २०२२ साल देखि आशा जित मगरले स्कूल संञ्चालनको जिम्मेवारी लिएका थिए
। २०२३ सालमा भूमि सुधार नियम लागू हुनु भन्दा पहिला आशा जितले स्कूल संञ्चालन का
लागि हरेक घरधुरीबाट एक मुठी देखि २१मुठी बिच भएकाले १ रुपैयाँ, २१मुठी देखि ४२मुठी भएकाले २ रुपैयाँ चन्दा सङ्कलन गर्ने नियम बनाए तर रकम उठाउन सकेको थिएन्। भूमि सुधार नियम लागू भए
पछि गरिब बाट ५० पैसा, मध्यम बर्गबाट ७५ पैसा धनीमानीबाट १
रुपैयाँ चन्दा संकलन गरि श्री भगवती स्कूल संचालन गरेका थिए। शिक्षकमा लंक बहादुर
अधिकारीलाई नियुक्त गरि महिनाको रु ७५ तलब दिएका थिए। ३७००रुपियाँ उधारोमा पढाएका
थिए लंक अधिकारीले। चन्दा उठाउन ठुलो भुमिका निर्वाह गरेका थिए ओखरबोटका मताने
बुढा भनिने स्व बुद्धि कर्ण पुलामीले । मानेभञ्ज्याङ गाबिसमा जम्मा 450 घरधुरी थिए त्यस बेला।
२०२७ साल
देखि २०२८ साल सम्म निजि तवरले कक्षा ८ संञ्चालन गर्ने प्रयास गरेका थिए तर सफल हुन सकेन्।२०३८ साल सम्म निम्न माध्यामिक सम्मको अध्ययन मानेभञ्ज्याङमा थियो । २०३८ सालमा ओखल्ढुंगा
शिक्षा कार्यलयले २०हजार रुपैयाँ धरौटी नराखे स्कूल रामपुर जाने निश्चित भएकाले
क्षेत्रिय जिल्ला सदस्य माधापुर निवासी स्व टंक बहादुर अधिकारीले आशा जित दाई तपाई आजै
२०हजार लिन जानु पर्यो भने पछि ओखल्ढुंगा बाट रातारात हिडेर माधापुर गाउमा टंक बहादुर अधिकारीको घरमा मिरमिरे
बिहानीमा पुग्नु भई २०हजार नगद लिई ओखल्ढुंगा पुगेका थिए आशा जित। मानेभञ्ज्याङको स्कूल रामपुर स्थान्तरण हुन बाट
जोगाएका थिए । स्व द्वय टंक बहादुर अधिकारी र आशा जित मगरले।
माध्यामिक
बिद्यालय स्थापना गर्नका लागि स्वीकृती लिन स्व द्वय आशा जित मगर र उदयपुर निवासी बंक
बहादुर भनिने टिका बहादुर राई २०३८ सालमा काठमाण्डु शिक्षा मंन्त्रालय जानु भई
माध्यामकि बिधालय संचालनको लागि स्विकृत लिनु भएको थियो र २०३९ साल देखि हाई स्कूल संञ्चालन गरेको
थिए। स्वीकृती प्राप्त पश्चात काठमाण्डु देखि ३ वटा ब्ल्याक बोर्ड किन्न बिरगंञ्ज गएका थिए आशा जित मगर । माध्यामिक
तहका लागि शिक्षक खोज्न टंक बहादुर अधिकारी लागि परेका थिए। टंक बहादुर र
आशा जितले स्कूलको नाम भगवती जुराएका थिए र भगवतीको मन्दिर निर्माण गरे श्रमदान
बाट । हाल जिर्ण अवस्थामा रहेको छ।
आशा जितको
अग्रसरमा खरबाट छाएको बिद्यालयलाई भत्काई श्रमदान बाट ढुंगाले छाएको भवन
निर्माण गरे । जस्ताले छाएको छात्रबास पनि निमार्ण गरेका थिए। रुम्जाटार एरिया वल्फेर बाट रकम उपलब्ध गराएर अन्य भवन निमार्ण र पढ्नका लागि डेक्स र बेञ्च बनाएका थिए।उच्च माध्यामिक
बिधालय संञ्चालनका लागि आशा जित मगरले आर्थिक सहयोग दिनु भएको थियो । भगवती स्कूलले बाली बिज्ञान कार्यक्रमको स्वीकृती पाएको सुन्न पाउनु भएन् आशा जितले। मानेभञ्ज्याङको श्री भगवती
स्कूल संञ्चालन गर्न मुख्य योग्दान गर्नु भएका समाजसेवी स्व टंक बहादुर अधिकारी
स्व आशा जित मगर स्व टिका बहादुर राई र जीवित अर्ग बहादुर राई र कुल बहादुर
अधिकारीको महत्वपुर्ण योग्दान छ।
आशा जित मगर र टंक बहादुर अधिकारीको पहलमा ईलाका हुलाक कार्यलय र हेल्थपोष्ट सिस्नेरी र उबुँ गाउ
तिर स्थान्तरण हुने योजना हुँदा भौगलिक दृष्टिकोणले ओखल्ढुंगा देखि मानेभञ्ज्याङ सुगम भएको तर्क राख्दै
स्थान्तरण हुन बाट जोगाएका थिए ।
मानेभञ्ज्याङको बिकासको क्षेत्रमा स्व द्वय टंक बहादुर अधिकारी र आशा जित मगरले गरेका योग्दाहरु सम्झनु पर्दा । साझा संस्था भवन हाल मिल घर । बिगतमा यहि घर बाट खाद्यन्य, मल र बिउ बिजहरु बाँडिन्थे। मंसिरे थुम्काको गोगन पानी बाट खानेपानी ल्याएका थिए । छोटी हुलाक बाट ईलाका
हुलाक कार्यलय । हेल्थपोष्ट। फुस्रे
डाँडा भनिने अकस्ली पार्कको पाटामा भएको बृक्ष र सिद्धथान भनिने उज्यालो
पार्कको बृक्ष।नर्सरी निर्माण गरि बृक्षा रोपण गर्न लगाएका थिए।ओखरबोट निवारी स्व नर्सरी नाईके बुढा भनिने बम बहादुर पुलामी लाई नर्सरी र बृक्षारोपन भएको तिर रेखदेख गर्न खटाएका थिए। सल्लेनी बनको पुरै क्षेत्र बृक्षा रोपन गरे पनि डढेलो लागेर नष्ट भएको
थियो। राष्ट्रिय बाणिज्य बैक मानेभञ्ज्याङमा ल्याउनका लागि उल्लेखनिय भुमिका रहेको थियो। बहुदलिय
ब्यवस्था परिवर्तन नहुँदा उप र प्रधान पंञ्च हुनु भई जनताको सेवा पनि पर्नु
भएको थियो। ओखरबोट निवासी भाङ्ग्रा बुढा भनिने अडिमर्दन मगर लाई पञ्यायती ब्यवस्थाको समयमा पक्रन र मार्ने षड्यन्त्र गर्दा बचाउ गर्नमा आशा जित र टंक बहादुर अधिकारीको
मुख्य योग्दान रहेको थियो।
आफ्नै
पहलमा आशा जित मगरले २०४२ साल तिर हालको मानेभञ्ज्याङमा लाग्ने बिहिबारे हटिया
बसाल्न शुरु गरेका थिए। उहाँले माथिल्लो रिचुवा र जेरुङ् गाउबाट केरा बेच्न
ल्याउनु भनेका थिए र आफैले किनेर हटिया भर्न आएकालाई बाँडेका थिए। मानेभञ्ज्याङ गाउ नजिकका गाउ साँस्पुले राई र ओखरबोटे
मगर्नीहरुलाई सेलरोटी पोल्न लगाए। रक्सी पारेर बेच्न ल्याउनु भनेका थिए उदयपुरका गाउलाई । आशा जितले हाट भर्न आएको शुरु शुरुका हप्तामा सेलरोटी र रक्सी किनेर दिएका थिए । जनयुद्व आरम्भ हुनु अगाडि मानेभञ्ज्याङमा बिहिबारे हटिया धेरै
घुईचो हुने गर्थ्यो । हालमा पनि दशै र तिहार छेक तिर पनि उत्तिकै घुईचो हुने गर्दछ। बैचारिक सुझाब र हटियामा समान बेचबिखन गर्न लैजानु पर्छ भनि गाउटोलमा प्रोत्साहन गर्नु हुने उदयपुर निवारी द्वय फटुले र चिम्वल काईला नामले चिने ब्याक्तिहरु योग्दान पनि अथक रहेको छ । नृत्य कार्यक्रम आयोजना गरि बिहिबारे हटियाको उद्धघाटन गरेका थिए। नृत्य निर्देशक दिपक पौड्यल गर्नु भएको थियो। नृत्यमा सहभागी भएका थिए। स्व सानु माया मगर, स्व साबित्री अधिकारी, रमिला राई, बालुमाया मगर र अन्य भगवती स्कूलमा अध्ययनरत बिधार्थीहरु थिए।
गोर्खाली
सेनालाई बेलायत बस्नका लागि सुविधा दिए पछि आशा जित मगर बेलायत बस्दै आएका थिए।
मानेभञ्ज्याङमा बिहिबारे हटिया लगाउनु हुने आशा जित मगर सधैका लागि अस्ताए।
सन् 7 जुलाई 2018 बेलायतको अल्डरसटमा । दिवंगत हुनु भएका आशा जित
मगरको अन्तिम ईच्छा र चाहान मानेभञ्ज्याङकै माटोमा बस्ने भनेकाले ७ अगष्ट 2018
साँस्पु पारि आफ्नै बारीमा मगर ऋति संस्कार अनुसार आशा जितको जेष्ठ छोरा भद्र बहादुर माईला छोरा टेक बहादुर कान्छा छोरा मान बहादुर र एक छोरी मंगली मायाले अन्तेष्टि गरे ।
उहाँको जन्म ओखरबोट दुभानटोलमा बिक्रम सम्वत १९८७ असोज १२ भएको थियो र दिवंगत २०७५ असाढ २३ बेलायतमा भएको थियो।
स्व आशा जित मगर संग
मैले 2008 सालमा मानेभञ्ज्याङको स्कूल र अन्य बिकासको कुराहरु सोधेको थिए। तिनै टिपोट आज पोष्ट गरेको हुँ।