Total Pageviews

Thursday, August 9, 2018

टाईगर र चिठ्ठाको सम्झना



म्याकपरसन र अप्पर अल्जुनिड जङ्सनमा अवस्थित आईबिस होटलको अगाडिबाट चारै तिरको सम्झनाको लागि भिडियो खिचि रहदा बिगतको वरिपरिको दृष्य आँखा भरि नाचिरह्यो। हालको आईबिस होटल देखिएको मा विन्डोसर होटल थियो विगतमा । छेवैमा अल्जुनिड पार्क भएकाले विन्डोसर होटलको दलानमा चिठ्ठा किने पसल थियो। चिठ्ठा किन्यो गोजीमा राख्यो अल्जुनि पार्कमा कसरत गर्यौ। कुलडाउन गरि जुसेङ वरिपरी भएका हकर सेन्टरमा साममिगल र टाँईगरको रित्तो सिसी बनाई हरहर भएको आँतलाई शान्त बनाउदा पक्कै आत्मा फराकिलो हुन्थ्यो। गए ति दिनहरु । अव सम्झनामा सिमित।

Great Himalaya Trail

Day-40
Phapar Bari - Ringmo(ShePhoksundo Lake)
फापर बारी - रिङ्मो (सेफोक्सुण्डो ताल)
20 August 2016
 धेरैले गुणगान गाएको रारा ताल । धेरैले घुमेको फेवा ताल र अलि अलि सुनेको नेपालको सबै भन्दा गहिरो हिमताल सेफोक्सुण्डो तालमा पुग्दा  हर्षले चिच्याँएका थियौ हामी । 

0630Hrs ब्युझ्यौ । राती मज्जाले सुत्नै सकेनौ । मुसा कराउदै भाग्ने उफ्रिने र हामफालेको आवजले निन्द्रा खलबलाउने। थाकेको ज्यान भएकाले भुसुक्कै फेरि भुस हुने अनि कोचा कोच सुतेकाले बेमज्जाको सुताई भयौ हैन । निन्द्रा खल्बलियो हैन। बेरसिलो पारामा चडिबुटीको चिया पिउदै मैले बिशाल भान्जा र किशोर सरलाई भने। ज्यान मराकमुरुक्क गर्दै होनी अतिनै भयो आज रातीको सुताई बिशाल भाञ्जाले एक घुटको चिया पिउदै भने। GHT को यहि हो बिशेषता दाई चुरोटको धुवाँ उडाउदै किशोर सरले मन्द मुस्कानमा भने। डाँडा तिर पानी पर्दै गरेको देखिन्थे। वाई वाई खाजा खाई 3960 रुपैयाँ तिर 0730Hrs बाटो लाग्यौ ।




अक्करको मुनि काञ्जिरोवा हिमालको शिखर बाट पोखिएका हिउ बाट निर्मित सेफोक्सुण्डो ताल देख्दा हर्षले  मुर्क्षित भएका थियौ नि हौउ गाँठे हामी। 


उकालो ओरालो र भिरालो बाटोमा हिड्दै फोक्सुण्डो खोलाको बगरमा पुग्दा दुई हुल बिदेशी पर्यटकलाई भेट्यौ। नेपाली गाईड भाई संग गफगाफ गर्यौ। हामीलाई पदयात्राको शुवेच्क्षा दिदै छुटिए। 0830Hrs रेची गाउमा पुग्यौ। पारिलो घाम लागेको थियो। टेण्टमा चिया पसल चलाएकी साहुनीलाई वाई वाई बनाउन लगायौ। चिया पिउदै गर्दा रेची गाउको प्रार्थमिक स्कूलमा पढाउनु हुने काठमाण्डु निवासी गुरुआमा हामी संग गफगाफ गर्न आईन्। सुःख दुःखका गफगाफ गर्यौ। गुरुआमाको पेन्सन पाक्न लागेको रहेछ। अजंगको पहाडको खोचमा रेची बस्ती राम्रो लाग्यो।0930Hrs बाटो लाग्यौ । घाम मज्जाले लागेको थियो। पसिनाले ज्यान लुथ्रुक्कै भिजि सक्दा कागमारा र फोक्सुण्डो जाने दोबाटो भेट्यौ। झोलुङ्गे पुलको आडैमा थकाई मार्यौ। बेवारिसे गाँजाको झाँङ प्रशस्त देख्यौ। सैजालमा चिया पिउदै थकान मेटायौ। 

1030Hrs चुनुवारमा पुग्यौ। होटल झरनामा खाना पकाउन भन्यौ। चिया पिउदै थकान भुलाउदै थियौ। हावा सररर चलिरहेको थियो। पुछारमा फोक्सुण्डो खोला बगेको आवाज सुनिन्थ्यो र चाँदीको रंगको आकृतिमा बगेको देखिन्थ्यो। चारै तिर किला गाँडेको खाँवो झै राखेको अजंगका पर्वतमालाहरु आकासलाई छोएको जस्तै देखिन्थ्यो । सिधै पारी डढेलोले खाएको जंगल देखिन्थे। यिनै दृष्य नियाल्दै बसिरहेका थियौ। चुपचाप हामी।  प्रफुल्लित मुद्रामा हामी संग हात मिलाउदै उहाँहरुले आफैले परिचय दिदै भने हामी बिदेशी अनुदान बाट संञ्चालित स्कूलका शिक्षक हुँ भन्दै दुई जना शिक्षक हाम्रो टेवलमा  बसे। हामी तीन भाईले एक्कै स्वरमा  Great Himalaya Trail घुम्न निस्केका हौ भन्दा खुशी हुनु भयो ति शिक्षकहरु। नेपालीले पनि घुम्नु पर्छ। बधाई दिए हामीलाई। Great Himalaya Trail यो साल एक ग्रुप र भुईचलाो आउनु भन्दा निक्कै Great Himalaya Trail निस्केका बिदेशीहरुको ग्रुप हुन्थ्यो तर भुईचाल गए पछि शुन्य थियो। आक्पा शेर्पा पनि यहि बाटो भएर यात्रा गरेका कुरा बताए।  डोल्पाको घेरै भेगका बिधार्थीहरु होस्टेल बसेर पढेका रहेछन्। स्कूलका बारेमा कसरी चलेका छन् हामीलाई नालीबेली सुनाए। हामी उत्सुक्ताका साथ सुनि रह्यौ। 
यस रुटमा ट्रेकिङका लागि बजेट आउछन् तर के  गर्ने खाई हाल्छन् । देखिहाल्नु भयो कति ठाउमा काठको पुल । हिजो देखि हाल्नु भयो होला कगेनीमा खोलाले बगाएको पुल हाल्न आएको बजेट सबै झ्वाँम । त्यही ठाउमा हामी करिव १० मिनेट बाटो भुलेका थियौ हामीले भन्यौ। देख्दै गरेको राँगे राँगे भएको पहाडको बारेमा सोधे शिक्षकलाई । परापुर्वकालमा प्याँसले बाँघ सेफोक्सुण्डो तालमा पानी पिउनु झरेको रे त्यसैले त्यो पहाड ठ्याँक्कै बाँघ झर्दै गरेको आकृतिमा छ ल हेर्नुस त भनेर उहाँले हामीलाई देखाउनु भयो। साँच्चै हो रहेछ। उस्तै आकृति देख्यौ। तालको गहिराई कति छ हामीले सोध्यौ। खै अमेरिकन र जापानीज टोलिले आफ्नै खालको गहिराई मापन हामीले सुनेको छौ। ३०० मिटर र १५०मिटर गहिराई। कति छ हामीलाई पनि आज सम्म यकिन छैन्। भुईचाल गएको कम्पनको त दुईखाले मापन छ हाम्रो देशको भनेर हल्का ब्याग्य गरे। अनि सबै हाँस्यौ हामी। कसरी लागेको थियो डढेलो पारी देखिएको पाटालाई देखाउदै हामीले सोध्यौ। सिकार खेल्नेले डढेलो लगाएको कुरा सुनाए। 

भोटे लवजमा साहुनीले भनिन् सरहरु पनि चिया खाने हो? चिया हैन अर्को चाहि खाने हो? सरहरु भएर रक्सी खाने साहुनीले भनिन्। आज स्कूल बिदा रक्सी खादा केहि हुँदै हाँस्दै सरहरुले भने। बजाई दिनुस सर हामीले पनि थप्यौ। सरहरु रक्सीको घुट्का हामी भने खाना ड्याँङ कि ड्याँङ दिन थाल्यौ । 1230Hrs चुनुवार बाट बाटो लाग्यौ। घाम सिधै झरिरहेको थियो। हावा बेतोडले चलिरहेको थियो। कतै कतै ठाउमा हामीलाई धकेलेको जस्तो लाग्थ्यो। उकालो बाटोमा खुईयाँ गर्दै उक्लदा भ्यू टार देख्यौ। सेफोक्सुण्डो खोलाको पानीको मुस्लो झरेको देख्दा खुशीले मुर्क्षित भयौ। खुशीले चिच्यायौ। फोटो खिच्यौ। राँगे राँगे पहाड नजिक बाट देखिन्थ्यो। भ्यूटावर बाट अविरल खसेको झरना तल देखिन्थ्यो भने सिधै पर नियाल्दा अचल भएर निलो सेफोक्सुण्डो ताल र राँगे राँगे देखिने पर्वतमाला आँखै भरि देखिदो रहेछ भन्दै वाई वाई को साथमा चक्लेट खादै 30मिनेट थकाई मार्यौ। अवको बाटो भने सिधै तेर्स्रो रहेछ भन्दै गफिदै लेकाली वातावरणमा रमाउदै रोजेको खोजेको सेफोक्सुण्डो ताल नजिक आईपु्ग्यो भन्दै ठट्टा गर्दै 1500Hrs बजे रिङ्मो गाउमा पुग्यौ।












डोल्पाको सेफोक्सुण्डो तालको सुन्दरता देखेर मख्ख र दंग भएका थियौ। फोटो र भिडियो हेरेको भन्दा आज आफै यस ठाँउमा आईपुग्दा खुशीले सातोनै गयो भन्दै जोग हान्दै फोटो खिच्दा ।  नेपालको सबै भन्दा गहिरो ताल । 

होटल लामा मा झोला बिसायौ। चिया पिउदै थकान मेटायौ।वाई वाई खाजा बनाउन लगायौ। खुलेको दिन थियो। नाँगा पाखामा घामको ओझेल लागेको देखिन्थ्यो।वाई पाक्दै गर्दा वरिपरिका गाउको आगन तिर घुम्न निस्क्यौ। लहलह भएको आलु बारी टन्न देख्थ्यौ। आलुको बोट घुँडा भन्दा अग्लो देखिन्थे। चार पाँच घरको आगन डुले पछि वाई वाई खानका लागि फर्क्यौ। वाई वाई बजाए पछि क्यामरा लिई सेफोक्सुण्डो तालको किनारी तिर निस्क्यौ। फोटो खिच्यौ। ढलपल नगरी बसेको निलो ताल रहर पुगुञ्जेल हेर्यौ पलेटी कसेर।

तालको किनारी बाट फर्कदा टेण्ट टाँगेर चिया पसल खोलेकी शेर्पेनी सोल्टेनीले जाडो र हावा चल्दै छ । चिया खाना आउनुहोस भन्दै डाकिन् शेर्पा लवजमा । हाँस्दै हामी ३ हलभाई चिया पिउन छिर्यौ। न्यानो टेम्बु भित्र गफगाफ गर्दै दुई दुई कप भोटे चिया दनकायौ। सिजनमा रिङ्मोमा चिया पसल खोल्छु बेसिजनमा दुनैमा जाने गर्छु। (सेफोक्सुण्डो तालको वरिपरि भएको बस्तिलाई रिग्ङमो गाउ भनिदो रहेछ)। बिहे भयो ? पैसा कमाए पछि मात्र बिहे गर्ने हाँस्दै उत्तर दिईन्। त्यो पनि ठिक बिचार हो हामीलई थप्यौ हाँस्दै। ५०० रुपैयाँ दिई होटल तिर फर्क्यौ। घाम डुबि सकेको थियो। सिउ सिउ जाडो बढ्न थालेको थियो। 

आगनमा निकुञ्जका रेञ्जरले केरकार गर्दै गरेका देख्यौ। मोटर साईकलको ब्रेकको तारको गुजिल्टा र एउटा कस्तुरी पासोमा परेको कुरा सुनौ। लामा होटलको घर बनाउदै गरेका ३ जना कर्मीहरुलाई सोधपुज गर्दै गरिरहेका थिए। साँझको खाना ७ बजे खायौ। बिस्तारमा ढल्कदा ८ बजेको थियो। झ्याँप्पै निदाए छौ। साँझको १०बजे  घोडा हिडेको घण्टीले ब्यूँ झिए म । हल्ला गर्दै ल सभासद आउदै छ । खाना र भाले काट्नु पर्यौ भन्ने सुनियो ।आज घेरै हिडियो भन्दै सभासद धन बहादुर बुढाको आवाज सुनियो। ल बधाई छ मित बाउ तपाईहरुले मलाई भोट दिएर जिताई दिनु भयो धेरै धन्यवाद । ब्यस्त भएर आउन पाईन्। माथिल्लो डोल्पा हुँदै आज १ महिमा रिङ्मो आईपुग्यो भन्दै धन बहादुर बुढाको थकित आवाजको लवज सुनिन्थ्यो। निक्कै हल्ला खल्ला गर्दै गफ गर्दै  थिए। ज्यान थाकेर होला फेरि म भुसुक्कै निदाए छु।
किशोर सर र म सैजालको बनपाखामा थकान मेटाउदै गर्दा ।



















                                            चुनुवारको वरिपरिको दृष्य
                      थकित मुद्रामा बिशाल भान्जा र किशोर सर

                                              झरना होटलको क्याम्पिङ गर्ने चौउर

                                               भ्यूटावर बाट देखिने बिशाल अक्कर


उकालो बाटो मा कछुवाको गतिमा हामी

                               भ्यू टावर बाट देखिने नाङ्गा पहाडको श्रृखला
                                           चारै तिर यस्ता दृष्य देख्दा हर्षित भएा थियौ।
                                      बिशाल भान्जा थकित मुद्रामा फोक्सुण्डो झरना नियाल्नु हुँदै
                                               भ्यू टावर बाट नाङ्गा पहाडलाई नियाल्दा
                                                                 फोक्सुण्डो झरना
                                                                भ्यू टावर बाट नियाल्दा
                                     वाँ क्या दामी वतावरण भन्दै मख्ख भएका थियौ।
                       सेफोक्सुण्डो ताललाई लुकाएर राख्ने यि बाँधका दृष्यलाई नियाल्दा
रिङ्मो गाउमा पुग्न लाग्दा लोभ लाग्ने जंगलको बिच बाट बग्दै सेफोक्सुण्डोको सङ्लो पानी


  

Tuesday, August 7, 2018

मानेभञ्ज्याङमा बिहिबारे हटिया लगाएर अस्ताए आशा जित मगर



२०१७ सालमा धिमिले निवासी अर्ग बहादुर राईले आफ्नो गाउमा बिद्यालय स्थापना गर्नु भएको थियो तर अध्ययन गर्ने बिधार्थी नभएकाले २०१८ सालमा उहाँले मानेभञ्ज्याङमा स्थान्तरण गर्नु भएको थियो । २०२१साल सम्म कुल बहादुर अधिकारीले स्कूल संचालन गर्नु भएको थियो। मानेभञ्ज्याङ निवासी आशा जित मगर २००७ सालमा बृटिस सेनामा भर्ति हुनु भएको थियो र २०२१ साल २१कार्तिक मा सेवा बाट अवकास हुनु भई मानेभञ्ज्याङमा आईपुग्नु भएको थियो।

पल्टनमा हुँदा शिक्षाको महत्व बुझे पछि शिक्षाको ज्योति फैलाउन मानेभञ्ज्याङमा संञ्चालन भएको स्कूललाई २०२२ साल देखि आशा जित मगरले स्कूल संञ्चालनको जिम्मेवारी लिएका थिए । २०२३ सालमा भूमि सुधार नियम लागू हुनु भन्दा पहिला आशा जितले स्कूल संञ्चालन का लागि हरेक घरधुरीबाट एक मुठी देखि २१मुठी बिच भएकाले १ रुपैयाँ, २१मुठी देखि ४२मुठी भएकाले २ रुपैयाँ चन्दा सङ्कलन गर्ने नियम बनाए तर  रकम उठाउन सकेको थिएन्। भूमि सुधार नियम लागू भए पछि गरिब बाट ५० पैसा, मध्यम बर्गबाट ७५ पैसा धनीमानीबाट १ रुपैयाँ चन्दा संकलन गरि श्री भगवती स्कूल संचालन गरेका थिए। शिक्षकमा लंक बहादुर अधिकारीलाई नियुक्त गरि महिनाको रु ७५ तलब दिएका थिए। ३७००रुपियाँ उधारोमा पढाएका थिए लंक अधिकारीले। चन्दा उठाउन ठुलो भुमिका निर्वाह गरेका थिए ओखरबोटका मताने बुढा भनिने स्व बुद्धि कर्ण पुलामीले । मानेभञ्ज्याङ गाबिसमा  जम्मा 450 घरधुरी थिए त्यस बेला।

२०२७ साल देखि २०२८ साल सम्म निजि तवरले कक्षा ८ संञ्चालन गर्ने प्रयास गरेका थिए तर सफल हुन सकेन्।२०३८ साल सम्म निम्न माध्यामिक सम्मको अध्ययन मानेभञ्ज्याङमा थियो । २०३८ सालमा ‌ओखल्ढुंगा शिक्षा कार्यलयले २०हजार रुपैयाँ धरौटी नराखे स्कूल रामपुर जाने निश्चित भएकाले क्षेत्रिय जिल्ला सदस्य माधापुर निवासी स्व टंक बहादुर अधिकारीले आशा जित दाई तपाई आजै २०हजार लिन जानु पर्यो भने पछि ओखल्ढुंगा बाट रातारात हिडेर माधापुर गाउमा टंक बहादुर अधिकारीको घरमा मिरमिरे बिहानीमा पुग्नु भई २०हजार नगद लिई ओखल्ढुंगा पुगेका थिए आशा जित। मानेभञ्ज्याङको स्कूल रामपुर स्थान्तरण हुन बाट जोगाएका थिए । स्व द्वय टंक बहादुर अधिकारी र आशा जित मगरले।

माध्यामिक बिद्यालय स्थापना गर्नका लागि स्वीकृती लिन स्व द्वय आशा जित मगर र उदयपुर निवासी बंक बहादुर भनिने टिका बहादुर राई २०३८ सालमा काठमाण्डु शिक्षा मंन्त्रालय जानु भई माध्यामकि बिधालय संचालनको लागि स्विकृत लिनु भएको  थियो र २०३९ साल देखि हाई स्कूल संञ्चालन गरेको थिए। स्वीकृती प्राप्त पश्चात काठमाण्डु देखि ३ वटा ब्ल्याक बोर्ड किन्न बिरगंञ्ज गएका थिए आशा जित मगर । माध्यामिक तहका लागि शिक्षक खोज्न टंक बहादुर अधिकारी लागि परेका थिए। टंक बहादुर र आशा जितले स्कूलको नाम भगवती जुराएका थिए र भगवतीको मन्दिर निर्माण गरे श्रमदान बाट । हाल जिर्ण अवस्थामा रहेको छ।

आशा जितको अग्रसरमा खरबाट छाएको बिद्यालयलाई भत्काई श्रमदान बाट ढुंगाले छाएको भवन निर्माण गरे । जस्ताले छाएको छात्रबास पनि निमार्ण गरेका थिए। रुम्जाटार एरिया वल्फेर बाट रकम उपलब्ध गराएर अन्य भवन निमार्ण र पढ्नका लागि डेक्स र बेञ्च बनाएका थिए।उच्च माध्यामिक बिधालय संञ्चालनका लागि आशा जित मगरले आर्थिक सहयोग दिनु भएको थियो । भगवती स्कूलले बाली बिज्ञान कार्यक्रमको स्वीकृती पाएको सुन्न पाउनु भएन् आशा जितले। मानेभञ्ज्याङको श्री भगवती स्कूल संञ्चालन गर्न मुख्य योग्दान गर्नु भएका समाजसेवी स्व टंक बहादुर अधिकारी स्व आशा जित मगर स्व टिका बहादुर राई र जीवित अर्ग बहादुर राई र कुल बहादुर अधिकारीको महत्वपुर्ण योग्दान छ।

आशा जित मगर र टंक बहादुर अधिकारीको पहलमा ईलाका हुलाक कार्यलय र हेल्थपोष्ट सिस्नेरी र उबुँ गाउ तिर स्थान्तरण हुने योजना हुँदा भौगलिक दृष्टिकोणले ओखल्ढुंगा देखि मानेभञ्ज्याङ सुगम भएको तर्क राख्दै स्थान्तरण हुन बाट जोगाएका थिए ।

मानेभञ्ज्याङको बिकासको क्षेत्रमा स्व द्वय टंक बहादुर अधिकारी र आशा जित मगरले गरेका योग्दाहरु सम्झनु पर्दा । साझा संस्था भवन हाल मिल घर । बिगतमा यहि घर बाट खाद्यन्य, मल र बिउ बिजहरु बाँडिन्थे। मंसिरे थुम्काको गोगन पानी बाट खानेपानी ल्याएका थिए । छोटी हुलाक बाट ईलाका हुलाक कार्यलय । हेल्थपोष्ट। फुस्रे डाँडा भनिने अकस्ली पार्कको पाटामा भएको बृक्ष र सिद्धथान भनिने उज्यालो पार्कको बृक्ष।नर्सरी निर्माण गरि बृक्षा रोपण गर्न लगाएका थिए।ओखरबोट निवारी स्व नर्सरी नाईके बुढा भनिने बम बहादुर पुलामी लाई नर्सरी र बृक्षारोपन भएको तिर रेखदेख गर्न खटाएका थिए। सल्लेनी बनको पुरै क्षेत्र बृक्षा रोपन गरे पनि डढेलो लागेर नष्ट भएको थियो। राष्ट्रिय बाणिज्य बैक मानेभञ्ज्याङमा ल्याउनका लागि उल्लेखनिय भुमिका रहेको थियो। बहुदलिय ब्यवस्था परिवर्तन नहुँदा उप र प्रधान पंञ्च हुनु भई जनताको सेवा पनि पर्नु भएको थियो। ओखरबोट निवासी भाङ्ग्रा बुढा भनिने अडिमर्दन मगर लाई पञ्यायती ब्यवस्थाको समयमा पक्रन र मार्ने षड्यन्त्र गर्दा बचाउ गर्नमा आशा जित र टंक बहादुर अधिकारीको मुख्य योग्दान रहेको थियो।

आफ्नै पहलमा आशा जित मगरले २०४२ साल तिर हालको मानेभञ्ज्याङमा लाग्ने बिहिबारे हटिया बसाल्न शुरु गरेका थिए। उहाँले माथिल्लो रिचुवा र जेरुङ् गाउबाट केरा बेच्न ल्याउनु भनेका थिए र आफैले किनेर हटिया भर्न आएकालाई बाँडेका थिए। मानेभञ्ज्याङ गाउ नजिकका गाउ साँस्पुले राई र ओखरबोटे मगर्नीहरुलाई सेलरोटी पोल्न लगाए। रक्सी पारेर बेच्न ल्याउनु भनेका थिए उदयपुरका गाउलाई । आशा जितले हाट भर्न आएको शुरु शुरुका हप्तामा सेलरोटी र रक्सी किनेर दिएका थिए । जनयुद्व आरम्भ हुनु अगाडि मानेभञ्ज्याङमा बिहिबारे हटिया धेरै घुईचो हुने गर्थ्यो । हालमा पनि दशै र तिहार छेक तिर पनि उत्तिकै घुईचो हुने गर्दछ। बैचारिक सुझाब र हटियामा समान बेचबिखन गर्न लैजानु पर्छ भनि गाउटोलमा प्रोत्साहन गर्नु हुने उदयपुर निवारी द्वय फटुले र चिम्वल काईला नामले चिने ब्याक्तिहरु योग्दान पनि अथक रहेको छ । नृत्य कार्यक्रम आयोजना गरि बिहिबारे हटियाको उद्धघाटन गरेका थिए। नृत्य निर्देशक दिपक पौड्यल गर्नु भएको  थियो। नृत्यमा सहभागी भएका थिए। स्व सानु माया मगर, स्व साबित्री अधिकारी, रमिला राई, बालुमाया मगर  र अन्य भगवती स्कूलमा अध्ययनरत बिधार्थीहरु थिए।

गोर्खाली सेनालाई बेलायत बस्नका लागि सुविधा दिए पछि आशा जित मगर बेलायत बस्दै आएका थिए। मानेभञ्ज्याङमा बिहिबारे हटिया लगाउनु हुने आशा जित मगर सधैका लागि अस्ताए। सन्  7 जुलाई 2018  बेलायतको अल्डरसटमा । दिवंगत हुनु भएका आशा जित मगरको अन्तिम ईच्छा र चाहान मानेभञ्ज्याङकै माटोमा बस्ने भनेकाले ७ अगष्ट 2018 साँस्पु पारि आफ्नै बारीमा मगर ऋति संस्कार अनुसार आशा जितको जेष्ठ छोरा भद्र बहादुर माईला छोरा टेक बहादुर कान्छा छोरा मान बहादुर र एक छोरी मंगली मायाले अन्तेष्टि गरे ।
उहाँको जन्म ओखरबोट दुभानटोलमा बिक्रम सम्वत १९८७ असोज १२ भएको थियो र दिवंगत २०७५ असाढ २३ बेलायतमा भएको थियो।





स्व आशा जित मगर संग मैले 2008 सालमा मानेभञ्ज्याङको स्कूल र अन्य बिकासको कुराहरु सोधेको थिए। तिनै टिपोट आज पोष्ट गरेको हुँ।










Saturday, August 4, 2018

थोले देम्बाको सिरेटो कुईभिरको अक्करमा ठोक्किएर लिब्जुको थु्म्का बाट बरालिएका चिसो हावाको स्पर्ष लिएका ओखल्ढुंगे हामी
























लिखुको बगर हुँदै थोले देम्बाको शिर नियाल्दै कुईभिरको अक्कर चाहार्दै रुम्जाटारको रातो माटोमा चिप्लिदै लिब्जुको थुम्का पुग्दै दुधकोशी र सुनकोशीको गड्तिर तिर पौडिदै हिड्ने लक्का जवानीमा आफ्नो जीवन सैली परिवर्तनका लागि सिंगापुर आईपुगेका हामी ओखल्ढुंगा जिल्ला बासीको  ०३अगष्ट २०१८ स्थानिय समय 0800 बिशेष स्वर्णिम सन्ध्या थियो। सिंगापुर आउने र नेपाल फर्कने।  कामको खापाखाप र चापाचाप भएता पनि  समय मिलाएर  मध्यपान को चुस्किमा पल्टनका गफगाफ गर्ने देखि गाउघरका पाखापखेरुका गन्थन गर्दै  टाईसेङको रिटिङमा गजबको सन्ध्या थियो । देउरालीको बर र पिपलको पालुवा फेरिको झै । जिल्ला बासीको तर्फबाट सिनियर साबले ईन कमिङ र आउट गोईलाई जिल्ला बासीलाई स्वागत र बिदाईका चिनो दिनु भएको थियो। 
                                                 स्वागतम  
                                           स्वागतको लागि खादा लगाई दिनु हुँदै             
                                                                  खुशी को क्षण
                                टाईसेङको रिङटिङमा पाखा पखेरुका गफगाफमा मस्त हामी
                                  अवकास हुनु पुर्व जिल्ला बासीको चिनो स्वीकार गरिदिनु हुँदै ।
                                                            चिनो स्वीकार गर्नु हुँदै ।
                                                        हर्षको भेल जिल्ला बासीमा






















































Thursday, August 2, 2018

सेलेटार तलाउमा पुग्दा



हिडडुल गर्दै छिप्पेको घाम लाग्दाको टाईममा पुगेका थिए अप्पर सेलेटार रिजोभरमा। पसिनाले ल्याप्पै ज्यान भिजाई सकेको थियो। तलाउको झोलुङ्गे पुलको आडमा थ्याँच्चै बसे। सिरसिरे बतासले पसिना ओभ्याई दियो। थाकित ज्यान आराम पाए पछि त सारा मन खुल्ला भयो। उडेको बलुम जस्तै। २० बर्ष अगाडि यस तलाउमा झारले झ्याप्पै छोपेको हुन्थ्यो। हेर्दा हेर्दै अहिले अकल्पनिय जस्तो लाग्छ। अप्पर थम्सन रोडको जंगल भित्र राताम्मे भएर लटरम्म रम्बु तान हाँगै लाछिने तरिकाले फलेको देखिन्थे तर टिप्न नपाईने नियम कानुन भएकाले मुख मिठ्याउदै हिडिरहे।  

Wednesday, July 25, 2018

यात्रा बिदादारी पार्क सम्म (Bidadari Park)







Dash/Down/Observe/Sight/Fire/field Craft का सुख्खा तालिम देखि CFT,BFT,APFA,APPT,ICFT,X-Country,Speed Walk ,Running ,Walk & jogging को अदभुतको स्थल थियो बिदादारी पार्क। कथा हो २४ बर्ष अगाडीको। कंक्रीटको स्वर्णिम महाभारत पर्वतमालाको जस्तै दृष्य केहि महिना पश्चात देखिदै छ। जरुवा पानीबाट मानव निर्मित अल्काफ पोखरी पनि निर्माण हुँदै छ। जीवन भनेकै बिगत र बर्तनमा मिलेर बनेको जस्तै लाग्छ। आजकाल बिदादारीको वरिपरि घुमफिर गर्दा बिगतको सम्झनाले भुतुक्कै बनाउछ मलाई।  



Friday, July 20, 2018

Great Himalaya Trail

Day-39
दुनै - फापर बारी (डोल्पा)
Dunai - Phapar Bari (Dolpa)
19 August 2016

भान्जा बिशाल र किशोर सर प्याँस मेटाउनु हुँदै । लोभ लाग्दो अक्करको आकृति नियाल्नु हुँदै।
हाम्रो समान होटल ब्लू सिपमा छाड्यौ। खाएको बसेको रु ३००० हजार तिरी  यात्रा सेफोक्सुण्डो तिर हानियौ 0800Hrs। डाँडा तिर कुहिरो उड्दै गरेको देखिन्थ्यो। घाम लागेको थिएन् । ठुस्केको बिहानी थियो। ठुली भेरी धमिलो भेल उर्लदै गरेको देखिन्थ्यो। भेलको हिलो ठ्वाँस्स गनाउथ्यो। दुनै बजारमा चहलपहल देखिदैन्थे। गफगर्दै दुनै बाट आधा घण्टामा सुलीघाटमा पुग्यौ। ठुली भेरी र फोक्सुण्डो खोलाको दोभान हो  सुली घाट । राष्ट्रिय निकुञ्जका लागि सुरक्षामा खटिएका नेपाली सैन्यको ब्यारेक रहेछ सुली घाटमा। ठुली भेरीको झोलुङ्गे पुल तर्यौ। फोक्सुण्डो खोलाको पुल तरे पश्चात हाम्रो झोला जाँच र सामान्य सोधपुज गरे निकुञ्जमा खटिएका नेपाली सैनिकले। 
फोक्सुण्डो खोलाको काठे पुलमा किशोर सर र भान्जा बिशाल 
१०मिनेट गफगाफ गर्यौ सैनिक संग। यसपाली दशैमा को को घर जाने नजाने कुराहरु वकीटकीमा नाम लेखाउदै गरेको सुनिन्थे। फोक्सुण्डो खोलाको पानी संग्लो बगिरहेको देखिन्थ्यो। थुम्का तिर बादल उड्दै गरेको र पानी परिरहेका देखिन्थे। खोलाको छेवै छेव पछ्याउदै उकालो बाटोमा हिडि रहदा कगेनी बस्ति भेट्यौ। कगेनी बस्ती सानो फाँट चिटिक्क परेको ठाउ रहेछ। होटलमा चिया पियौ। वाई वाईको तातो सुप पियौ। फापरको रोटी खाजा खायौ। टक्क पिरो अचार संग चोप्दै खायौ काँक्रा पनि। एक घण्टा आराम गरि कगेनी बाट बाटो लाग्यौ। हिडेको आधा घण्टा पछि सिमसिमे पानी पर्न थाल्यो। बाटो वरिपरि गाँजका घारी भेटिन्थे । सितले हाम्रो पाईन्ट भिजाई सकेको थियो। हिड्दै गर्दा २ स्थानमा सर्प भेट्यौ। उकालो बाटोमा उक्लिदै गर्दा कुनै ब्याक्तिहरु भेटेनौ। घाम नलागे पनि पसिनाले लुथ्रुक्क भईसकेका थियौ। माथी नाङ्गा पहाड खोचमा जङ्गल र फोक्सुण्डो खोलाको आवाजमा रमाईरहेका थियौ। वाक्क दिक्क भएको महसुुस भएको थिएन्। उत्साह थियो कहिले फोक्सुण्डो ताल पुगिन्छ भन्ने मात्र। उकालो बाटोमा सिमसिमे पानीको पिटाईले कगेनीमा खाएको खाजाले छोडि सकेको थियो। 
हिड्दै गर्दा साँङ्टा मा २ वटा होटल देख्यौ। हरियो दुवो र बस्नका लागि चिटिक्क सल्लाको कुर्सी पनि बनाएको रहेछ। फोक्सुण्डो खोला र छेवैमा बगेको साउने खोलाको आवाज सुनिन्थ्यो। थाकेर लोथ भएका थियौ। रेडबुल पियौ। चिया पियौ।  खाना पाक्न समय लाग्छ भनेकाले वाई वाई खायौ। होटलका मालिक रुकुम जिल्लाका भएता पनि निकुञ्जका सुरक्षामा खटिदा डोल्पामा ससुराली बनाएको रहेछ। अवकास पछि साङ्टामा टि हाउस संञ्चालन गरेका रहेछन्। काराभानका नायक थिन्ले कुन ठाउ बाट लडेर मृत्यु भएको होला सोधे होटल मालिकलाई। यहा बाट १०मिनेट हिडे पछि भेटिन्छ । बाटामा ध्वाँजा पाताहरु छन् । त्यहि बाट लडेका हुन् घोडाबाट। दुनै बाट ति घोडा हिड्न मानेका थिएन् रे । पिट्दै ल्याएका थिएरे । थिन्ले मर्ने दिन यहि बाट चिया खाएका र गफ गरेर गएका थिए त्यस दिन ।  खाजा खाएको २०००हजार तिरी बाटो लाग्यौ। 
हिड्ने बेलामा साहुजीले सावधानी अपनाउनु होला । खोला पारीको पाखा देखाउदै बाह्रे महिना ढुंगा झरि रहन्छ। होसियार भएर हिड्नु होला। बिगतमा धेरै अकालमा बिदेशीहरुले ज्यान गुमाएका बताए। आरामले रेची पुगिन्छ । धन्यवाद जानकारीका लागि भन्दै साङ्टा बाट उकालो तेर्स्रो बाटो हुँदै थिन्ले मृत्यु भएको ठाउमा पुग्यौ। थिन्लेलाई सम्झ्यौ ।फोटो खिच्यौ। किशोर सर भान्जा बिशाल र मैले भन्यौ बुढाको दिन त्यस दिन सम्म मात्र हुन लेखेको रहेछ। भित्ता तिर पनि ठुलो ठाउ थियो रहेछ। किन डिल पट्टी बसेका रहेछ। थिन्लेको घोडालाई खच्चरको धक्काले  नेपाललाई चिनाउने नायकको अकालमा मृत्यु भयो हगी भन्दै उकालो बाटोमा आफ्नै गतिमा हिड्न थाल्यौ। 
थिन्ले घोडाबाट लडेर मृत्यु भएको ठाउमा म र किशोर सर साङ्टाको पखेरुमा ।
बाटामा खच्चरका हुलहरु रित्तो भारी लिएर दुनै तिर झर्दै गरेका भेटिन्थे। सावधानी पुर्व भित्ता तिर बस्ने गर्थ्यो। खच्चरलाई बाटो दिदा। छेउतिर बसेमा केहि भई हाले सिधै फोक्सुण्डो खोलामा। छेप्का पुग्नका लागि उकालो बाटोमा मेहनत गर्नु परेको थियो। साङटामा खाएको खाजाले छोडि सकेको थियो। छेप्कामा चिया पियौ। वाई वाई खाजा खायौ। छेप्कामा चार घर रहेछ। चारै तिर जंगलको बिचमा सुन्दर बस्ति । गजब लाग्यो। हरियो स्याँउ हाँगै नुहिने गरि लटरम्म फलेका देखेका थियौ। तर खाना मन नलागेकाले किनेनौ। २ बजे छेप्का पुगेका थियौ। ३बजे छेप्का बाट बाटो लाग्यौ। बाटामा चुनुवार बाट छात्रा बिधार्थीका समुह समुह झर्दै गरेका भेट्यौ। कता हिडेका मैले सोधे। भोलि र पर्सी स्कूल बिदा भएकाले दुनै किनमेल गर्न हिडेका बताए। हिड्दै गर्दा एक हुल छात्रा बिधार्थीहरुलाई भेट्यौ। उक्त बिधालयमा अध्ययन  गर्ने छात्राको नाम बताउदा अगाडि गईसेको बताए। सिमलाङ्गना का बहिनीको चिठ्ठी हामीले ल्याई दिएका छौ  दिनु होला भनेर मैले झोला बाट चिठी दिए। 

फोक्सुण्डोखोलाको झोलुङ्गे पुल तरे पश्चात म र किशोर सर थाकेर लोथ भएका थियौ। बिशाल भान्जा अगाडी बढि सकेका थिए। किशोर सर थकित भएर बान्ता गर्नु भयो । पानी पियौ। करिव १० मिनेट बस्यौ। रेजी नपुग्ने भयौ फर्कु छेप्का भन्दापनि धेरै बाटो हिडिसकेका थियौ। अलि बिसेक भए पछि किशोर सर र म कछुवाको गतिमा उकालो हिडिरहदा बिशाल भान्जा फोक्सुण्डो खोलाको बगरमा आराम गरिरहेका देख्यौ। बाटामा २  जना लामा भेटिए। कति लाग्ला रेजी पुग्न? सजिलै १ घण्टा पुग्नु हुन्छ भने। हिड्दै गर्दा बाटामा तम्बु टाँगिएको चिया पसल भेट्यौ। चिया र वाई वाई बनाउन लगायौ। ज्यान थाकेर लोथ भईसकेको थियो। रेची बास पुग्ने अवस्थामा थिएनौ हामी। यहि ठाउमा बस्ने निर्णय गर्यौ। यस ठाउलाई के भनिन्छ साहुनीलाई सोधे फाँपर वारी भनिन्। चिया र वाई वाई खाए पछि ज्यान फुरुङ्ग भयो। दिउसोको ५ बजि सकेको थियो। मुसल धारे पानी पर्न थाल्यो। अगेनामा चिया पिउदै गफगर्दै गर्दा छेप्का बाट ब्यापारका लागि यस ठाउमा चिया पसल थापेको कुरा बताईन् साहुनीले। साँझको खाना खाए पछि ८बजे सुत्यौ। खाना मिठो थिएन् ।









HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...