Total Pageviews

Tuesday, March 20, 2018

स्वास्थ्य नै धन हो । स्वास्थ्य नै सुःखी परिवार हो ।

पाक शिक्षा भने पछि हुरुक्कै हुने  दिदीबहिनीहरु को जमात हर्षित मुद्रामा देखिन्थे। नेपाली परम्परागत खाना स्वास्थ्यकर र स्वाँदिष्ट बनाउन आतुरमा देखिन्थे । एक घण्टामा आफूले कवुलेका नेपाली परम्परागत खान्कीका आवश्यक समाग्रीहरु टेवलमा तयारी हालतमा देखिन्थे। वाहिरको वतावरण गर्मी भएता पनि भान्सा घर भित्र कृति हावाको सुविधा भएकाले शिशिर याम जस्तै लाग्थ्यो। मेरा अर्धाङ्गीनी साथै लाईनका दिदीबहिनीहरु पनि नेपाली खान्की बनाउने प्रतियोगीका रुपले सहभागिता भएकाले फोटोग्राफी र भिडियोग्राफिमा मेरो हल्का रुचि भएकाले निर्धारित समय भन्दा ३०मिनेट अगाडि पुगेका थिए। घडि हेर्दा स्थानिय समय 1100Hrs भएको थियो।

दिदिबहिनीको हर्ष र उत्तसाहको ओतप्रोतले भरिएका हाउभाउमा देखिएका थिए। फो जि जेनेरेसनका बहिनीहरुको खान्की बनाउमा हुटहुटी देखि रहदा म प्रभावित हुँदै थिए। समाजका लागि आफूले सकेको के योगदान दिन सकिन्छ भन्ने अहोरात पाक शिक्षा क्षेत्रका  स्वयम सेवीका गरि रहनु भएकी दिदिबहिनीहरु पनि उत्तसाहित र हर्षित मुद्रामा देखिनु हुदै थिए। उहाँहरु समाजका लागि समय खर्चिनु साथै डटिनु भएको देख्दा । म आफै भित्रिरुपमा खुशी भईरहेको थिए। बिगतको २० बर्ष अगाडीका हाम्रो समाजको दृष्टान्त सोच मग्न पनि भए । यस्ता खालका प्रतियोगिताहरु आयोजना गरिरहदा र भईरहदा 4G जेनेरेसनका बहिनीहरुलाई एकनासको भान्सा कोठाको काम बाट केहि समय अल्गिन का लागि यस्ता कार्यक्रमले फाईदा पुग्ला जस्तै महसुस पनि गरे।

प्रतियोगिताको घण्टी बज्न साथ आफ्ना आफ्ना समुहमा बिभाजित हुनु भई कबुलेका नेपाली परम्परागत खान्कीका लागि राखिएका टेवल तिर लागे। एक घण्टा भित्र तयार बनाई सक्नु पर्ने नियम भएकाले । काममा बिभाजित हुँदै हस्याँङ फस्याङ र प्रतियोगताको फिभर जस्तै प्राय दिदिबहिनहरुमा देखेको थिए। हर्ष उत्साह उमंग र कौतुहलताका साथ नेपाली खान्की पकाउन ब्यस्त देखिन्थे। कसैलाई गफगर्ने फुर्सद देखिदैन थिए। समयको पावन्धिले गर्दा हरेक समुहले गर्नु पर्ने काम बिभाजित गरेकाले एकग्रता भएर लागि परिरहेका देखिन्थे। पाक शिक्षाको सिद्धान्त नियम र  विधि पनि अपनाउनु हुँदै निर्धारित तोकिएको समयमा नेपाली परम्परागत खान्की तयार पारे। सबै समुहका दिदिबहिनीहरु मख्ख र हर्षित हुँदै मन्द मुस्कानमा एक आपसमा खुशी साटीरहेका देखिन्थे। फोटो र भिडियो खिचिरहदा बहिनीहरुले सोध्नु भयो। कस्तो छ दाई टिपिकल नेपाली खाना

मुसुक्क हाँस्दै भने। वाँह कसरि तारिफ गरौ। हरेक समुहको आफ्नै किसिमका लोभ लाग्ने खालका सजावट देखिएको छ। जिब्रो बाटै स्वाँदको स्वादिलो घुटुक्को निल्दै छु। सजावट हेरिरहदा लाग्छ म कतै मरिना बे स्याँण्ड तिर छु। नेपाली खान्कीका परिकार देख्दा । म सोच मग्न हुँदै छु । लाग्दै छ। म अहिले कतै खले गरामा कोदोको नल काट्दै गर्दा प्याँस र  भोक लाग्दा ठेकी बाट महि अनि तम्बाको जाँड पिउदै गरेको छु जस्तो लाग्दै छ । मैले भोगेका गरेका गाउले जीवन शैलीको वतावरण भित्र छु जस्तो लाग्दै छ । यहाको वतावरणले । तर अझै त्यति मात्र भनेर पुग्दैन। मैले थप्नै पर्छ। यहाँको रोटीका परिकार देख्दा। म मेलापात जादा होस वा सधाउ र खेताला तिर जादा होस। रोटी को साथमा गुन्द्रुक र सिंकीको आचार चोबेर खादाको सम्झदा बेस्सरी आउदै छ। गल्लीमा गाईबाख्रा थपाउदै मकै चपाउदै हिडेको पनि सम्झना दिलाउदै छ। वाँह म त मेरो भेग तिर छु जस्तै लाग्दै छ भनि  सासै नफेरी उत्तर दिए।
नेपाली परम्परागत खान्कीको बयान सुनेर बहिनीहरुको हर्षको मुस्कान प्रस्फुटित भएको देखे।
स्वास्थ्य नै धन हो,स्वास्थ्यनै सुःखी परिवार हो भन्नु हुँदै एकै लएमा बताए बिहिनीहरुले   
खुशीले मेरो छाती फराकिलो भएको छ कुराको बिट मार्दै मैले भने।















दिदीबहिनीहरु नेपाली खान्की स्वास्थ्यकर र स्वाँदिष्ठ बनाउका लागि आतुर अवस्थामा देखिनु हुँदै
भान्छामा ब्यस्त देखिनु हुँदै दिदिबहिनीहरु






























नेपाली स्वाँदको पिजा



पाक शिक्षा पनि रहर भएकाले समय पाउदा अक्कल झुक्ल भान्सामा झुल्कने प्रयास गर्छु। नेपाली स्वाँदको पिजा बनाउने प्रयासलाई भिडियो उतार्दा। 

Sunday, February 25, 2018

Great Himalaya Trail

Day-31
खल्ङ्गा -गोठीचौउर
KhalangaTo GothiChaur(Jumla)
11 August 2016


सफा सुग्घर चिरिच्याँट होटल काञ्जिरोवामा मस्तले सुतिरहदा तीन हलभाई ब्युझदा 0900Hrs भएको थियो। किचन बाट तीन कप कफि लिएर कोठामा आए। कफिको सुर्का लगाउदै ईन्टरनेट चलायौ। जुम्लाको सदरमुकाम खल्ङ्गा बजारमा चारै तिर घाम लागेको देखिन्थ्यो। डाँडा र थुम्का तिर भुईकुहिरो सलबलाउदै गरेका देखिन्थे। पुछारमा नागबेली आकृतिमा  तिला नदी आफ्नै गतिमा बगिरहेको थियो। तिला नदिले खल्ङ्गा बजारको शोभालाई  थप टेवा दिएको रहेछ। वारीपारि हरियाली धानबारीका फाँट देखिन्थे। होटल नजिकै एअरपोर्ट भएकाले नेपालगंञ्जबाट आएका बिमानको आवाज चर्को सुनिन्थ्यो।1030Hrs अडिलो खाजा खायौ।

घाम ताप्दै काञ्जिरोवाका साहु नोर्बु लामा दाई संग गफगाफ गर्न थाल्यौ। आफ्ना जीवनका आरोह अवरोहका कथाहरु सुनाउनु भयो । उहाँ सफल होटल ब्यावसायी हुनुहुन्छ। सफलताको कथा सरम नमानी निर्धक्क तरिकाले भन्नु भयो। ट्रेकिङ लाईनमा भरिया बाट काम थालियो। गाईड त्यस पछि होटल लाईनमा छिरियो । उहाँका कथा उत्सुक्ताका साथ सुनिरह्यौ। उहाँले खल्ङगामा ब्यावस्थित र पर्यटकिय स्तरको होटल संचालन साथै स्याँउखेती पनि गरेका रहेछन्। हल्का हाँस्दै त्यस बेलामा बुद्धि पुगेन् वा भाग्यले साथ नदिएको होला पोखराको लेक साईडमा जग्गा किन्ने जुरेको रहेन्छ । ईन्डियाको सिमला ट्रेकिङ बाट फर्के पछि पोखराको लेकसाईडमा जग्गा किन्ने योजना गरेको थिए। तर कथा अर्कै तिर मोडियो। सिमलामा स्याँउ फलेको देखे पछि पोखरामा जग्गा लिने योजना फेरियो र जुम्लामा स्याँउ खेती गर्ने योजना लिएर फर्के। स्याँउ रोप्ने बारी र खल्ङगामा जग्गा किने। जे गर्नु भयो ठिक गर्नु भयो हामीले भन्यौ। दाम नकमाए पनि भोटेको छोराले नाम चाही कमाएको छु खल्ङगामा। मन्द मुस्कानमा भने।

नोर्बु लामा दाई सामान्य देखिनु हुन्छ।  सहयोगी गर्ने भावनाको ब्याक्ति हुनु हुन्छ। हाम्रा लागि डोल्पाको दुनै सम्म सहयोगी खोजी दिनु भयो। समय खराब छ पहिलो जस्तो छैन् भाईहरु त्यहि भएर बिश्वासिला सहयोगी खोजि दिएको छु उहाँले भने । हामीले उहाँलाई धन्यवाद टक्रायौ। समय मिले फेरि तपाईलाई भेट्न आईपुग्ने छौ। सहयोगी सागर भाईलाई बाटो लाग्ने बेलामा गोठीचौउर देखि मणिसाँघु र चुत्रो देखि मौउरे लेक का जंगल मा सचेत हुन भन्नु हुँदै थिए। 1130Hrs बाटो लाग्नु अगाडि The Great Himalaya Trail को शुभयात्रा भन्नु हुँदै  खादा लगाई दिनु भयो लामा लवजमा। होटलको बिल रु4570 बिल भुक्तानी गर्यौ। फेरि भेटौला भन्दै अंगालो मार्दै छुट्यौ।

घाम सिधै झरिरहेको थियो गर्मीको महसुस हुँदै थियो। तिला नदिलाई पच्छयाँउदै उकालो र तेर्सा बाटोमा गफगाफ गर्दै हिड्न थाल्यौ। रमाईला बस्तिहरु देखिन्थे। फोटो खिच्दै पसिना पुस्दै गर्थ्यौ। जुम्लाको भौगलिक ‍धरातलमा हिडिरहदा बस्ति फाँट नदी खोलानाला जंगल र पाटन मिलेर बनेको देख्दा दंग छौ हैन भनि किशोर सर र बिशाल भान्जालाई भन्थे मैले। ज्यान पसिनाले लुथुक्कै भिजिसकेको हुन्थ्यो। बोतलको पानी पिउदै थकान भुल्याउथ्यौ । गर्ज्याङकोटमा पुग्दा भोकले झ्याँप्पै भयौ । हरियो स्याँउ लटरम्म हाँगै नथेक्ने गरि फलेको देखिन्थे। खाने समय नभए पनि भोकको झोकमा २ दाना टोके मैले । किशोर सर र बिशाल भान्जाले एक एक दाना खानु भयो। वाईवाईको तातो सुप संग चिउरा र बोईल कुखुराको भुटन संग भोगलाई धपायौ । ८०० रुपैयाँ तिर 1500Hrs गर्ज्याङकोट देखि बाटो लाग्यौ।

हिडेको २० मिनेट पछि उकालो बाटोमा मुसलधारे पानीले पिट्न थाल्यो । चिपल्यौ भने सिधै खोचमा पुग्ने अप्ठेरा भेटिन्थे केहि खण्डमा । जुम्ली दिदीबहिनीहरु घुम ओढेर खोरियाबाट कालो आलु  डोको भरि बोकेर झर्दै गरेका भेटिन्थे। पानीको गोदाई र गर्मीले ज्यान लुथ्रुक्कै भिजिसकेको भएता पनि प्राकृति सौन्दर्य नियाल्न पाउदा थकान मिलिक्कै भाग्थ्यो हाम्रो । हिल्याम्मै बाटोमा उफ्रिदै सानु गोठीचौउर गाउमा पुग्यौ।
पानी बसिसको थियो। सागर भाईको नातागोता पर्नेकोमा चिया पियौ। सानु गोठोचौउरको फाँट र पाटनको सौन्दर्य देखेर लठ्ठै भयौ। सानीगोठीचौउर र गोठीचौउर बिच बाटोमा चोरी हुन सक्छ है होसियार हुनु भनि हामीलाई भने। केहि बर्ष अगाडि बिदेशीका क्यामेरा र पैसा लुटेको कुरा सुनाए। हामी ३  जना छौ केहि गर्छन् भने खुकुरी बोकेका छौ छप्काउने हो ड्याङकि त ड्याङ किशोर सर र बिशाल भान्जालाई सुनाए मैले। सानी गोठीचौउर गाउ पातलो बस्ति तर असाध्यै मनमोहक गाउ रहेछ। बस्ने रहर जाग्यो तर के गर्नु है भन्दै रुकस्याग बोक्दै लाग्यौ गोठीचौउर तिर।

थुम्का र डाँडा तिर सिमसिमे पानी पर्दै गरेको देखिन्थ्यो। सडकको ट्रयाक खनेकाले तेर्स्रोबाटो भए पनि गचगचे हिलोमा हिड्दै गर्दा दरकने पानीले छाता ओढ्ने बाध्यता गराई दियो। काँडेतारले बाटो माथी र मुनीका खाली टारबारीमा बारेका देख्यौ। सेतो कुहिरोको हुल डाँडा र थुम्कालाई ढाक्दै ओरालो झरिरहेको थियो। साँझ पर्ने छनक दिदै थियो। ३९०० मिटरको पास गरे पछि गोठीचौउरको रहर लाग्दो बिशाल फाँट देख्दा हर्षित भयौ। झ्याँप कि झ्याँप फोटो हान्यौ। झमझम पानी परिरहेको भए पनि करिव १०मिनेट उपत्यका लाई दाँया बाँया तलमाथी क्याँ गजबको ठाउ रहेछ भन्दै हेरिरहयौ। भ्याल्लीको बिचमा चाँदीको स्वरुपमा खोला बगिरहेको देखिन्थ्यो। दर्कने पानीले बेलाबखत गजबको तस्विर खिच्न खोज्दा बिथोल्न प्रयास गर्थ्यो।

1700Hrs गोठीचौउरको  सामुदायिक होटलमा पुग्यौ। थाकेर लोथ भएका थियौ। भोकले लम्फु भईसकेका थियौ। कर्णालीको यात्राको बिशेषता भनेको भोक लाग्दा छिटै भोक धपाउने उपाया हुन्थ्यो वाई वाई। त्यहि वाई वाईको पकाउन लगायौ। सुकिलो लुगा फेर्यौ। तातो चियाको सुर्का र वाई वाई बजाउदै बार्दलीबाट तस्विर खिच्न थाल्यौ। पानी दर्कदै थियो। भेडाका बथान मुन्तिर हिड्दै गरेको देख्यौ। पछि सोध्यौ होटलकी साहुनीलाई । कृषि सेवाले गोठालो का लागि जागिर दिएका छन्। अष्ट्रेलिया चाईना र न्यूजिल्याण्डका भेडाका प्रजातिहरु छन्। करिव ५०० भेडाहरु खर्कमा छ्न् अहिले। पहिले २हजार भन्दा बढी थिए। सबै खाए माओवादीले द्वन्द ताका । शैक्षिक भ्रमणका लागि दाउरा चामल बोकेर बिधार्थीहरु भिज्दै आईपुगे। चुलोमा आगो ताप्दै गर्दा जुम्ली गोठाला दाई संग गफगाफ भयो। उहाँले भैसी पाटनमा ल्याउनु भएको रहेछ। घ्यूँ र दहि सोध्यौ। छ भन्नु भयो। किशोर सर  बिशाल भान्जा र सागर भाईले। साँझको खाना संग खानु भयो । साँझको 2000Hrs कोठाभित्र टेन्ट लगायौ। वाहिरको वतावरण निक्कै जाडो थियो। पानी झमझम परिरहेको थियो।   स्लिपिङ ब्याग भित्र शुभरात्री भन्दै भुसुक्कै निदायौ। 







जुम्लाको गोठी चौउरको रहर लाग्दो फाँट



जुम्लाको खल्ङगा बजार बिदाई हुनु अगाडी नोर्वु लामा दाई संग सामुहिक तस्विर ।



सानो गोठीचौउर को मनमोहक दृष्य




सानो गोठीचौउर को मनमोहक दृष्य


सानो गोठीचौउर को मनमोहक दृष्य


गोठीचौउर देख्न पाउदा हर्षको क्षण

गोठीचौउर देख्न पाउदा खुशीको क्षण

रहर लाग्दो  साथै हनीमुन मनाउनका लागि सुहाने ठाउ गोठीचौउरको मनमोहक दृष्य



रहर लाग्दो  साथै हनीमुन मनाउनका लागि सुहाने ठाउ गोठीचौउरको मनमोहक दृष्य




























जुम्ला सदरमुकाम खल्ङगाको चर्चित होटल काञ्जिरोवाको दृष्य
 हिड्ने क्रममा जुम्ली स्याँउ





























जुम्ला सदरमुकामको पुछारमा बग्ने तिला नदीको कटान रोक्न  
 तिलानदीको दृष्य
 तिला नदीको कटान रोक्न
 हिड्दै गर्दा देखिने जुम्ली बस्ती
 जुम्लाको गर्ज्याङकोट गाउबस्तिको दृष्य
 गर्ज्याङकोट पुग्नै लाग्दा बाटामा फलेको स्याँउ
जुम्ली गाउबस्ति । गर्ज्याङकोट गाउबाट पारी नियाल्दा

























जुम्ली गाउबस्ति । गर्ज्याङकोट गाउबाट पारी नियाल्दा





























  भविष्यका कर्णधार बिधार्थीहरु खुल्ला आकास मुनि






























जुम्लाको गर्ज्याङकोटमा पुग्दा थाकेर लोथ भएको समय ।

बल्छी खेल्न तामाकोशीको बगर तिर

१४डिसेम्बर २००८ साल बाजे मामा भाई र एक जना मास्टर सेप लिई  दोलखा जिल्लाको पुरानो पुल तामाकोशीको बगरमा बल्छी खेल्न जिरी जाने गाडीमा गुडेका थियौ। राजधानीलाई हुँस्सुले ढाँम्मै ढाकेको थियो। खाडीचौउरमा खाजा खायौ। भोटेकोशीको पुल तरे पछि कुईनेटा बाटामा गाडीले घुँवाको मुस्लो छाड्दै गुड्न थाल्दै गर्दा मुढेमा खाना खायौ। खरीडाँडाबाट मनै लोभ्याउने हिमालको लस्कर देख्दा भान्जा प्रताप म खुशी भयौ। बाजे र मामाहरुका लागि खरीडाँडा पानी पधेरा जस्तै थिए । दोलखाको चरिकोटमा चिया पियौ। क्षितिजमा गौरिशंकर र पुछारमा तामाकोशी बग्दै गरेको देखिन्थ्यो। मामाले हातको ईसार गर्नु हुँदै त्यहिको बगरमा आज बल्छी र जाल खेल्ने भन्नु भयो । पुरो पुल आईपुग्यो झर्नुहोस भने खलासी भाईले। हाम्रो सरसमान लिएर तेर्सो बाटोमा हिड्दै पुग्यौ पुरानो पुलको बगरमा । वारिपारी सालघारीको जङ्गल ।  पुल पारी एक घर बस्ति देखिन्थ्यो। तीन दिन दुई रातको पुरानो पुलको बगरको बसाई गजबले बितेको थियो।  बल्छीमा बाजेले एउटा असला । महाजालमा हामीले ३ वटा असला समाएका थियौ। तामाकोशीको बगरमा हाम्रो रमाईलो भनेकै मामा र म वारी अनि पारी भाई र भान्जा प्रतापले महाजाल टाँगेर दगुर्दै तलमाथी गर्दाका क्षण  थियो। एक बिहानै २ जना भाई असला माछा बोक्दै गरेका देख्यौ। बोलायौ  कसरी मार्नु भएको भन्दा आज रातभरी पासोमा पारेका कुरा बताए। जम्मा १२ केजी रहेछ सबै हामीले ठेगेका थियौ। 

महाजाल जाँच गर्नु हुँदै मामा जी।

 तामाकोशीको बगरमा टेण्ट टाँङ्दै
 महाजालको तयारी गर्दै
 बाजे र मामा ज्यू चियाको सुर्का लगाउनु हँदै
 मामा जी महाजाल परिक्षण गर्नु हँदै
 हाम्रो मास्टर सेप भाई खाना बनाउका लागि तामाकोशीको पानी झिक्दै




ओखल्ढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउपालिकाको तल्लो रिचुवा गाउबस्ति


निरोगी बस्ने तरिका


HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...