Total Pageviews

Friday, February 23, 2018

ओखल्ढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउपालिका भित्रका गाउबस्तिको दृष्य

आरुबोट भ्याल्लीबाट उदयपुर गाउलाई नियाल्दा। 

आरुबोट भ्याल्लीबाट माथिल्लो रिचुवा गाउलाई नियाल्दा। 


आरुबोट भ्याल्लीबाट माथिल्लो रिचुवा गाउलाई नियाल्दा। 
 आरुबोट भ्याल्लीबाट रिक्दुमको गाउलाई नियाल्दा। 
आरुबोट भ्याल्लीबाट माथिल्लो रिचुवा गाउलाई नियाल्दा।  
 भोर्ले गाउ
आरुबोट भ्याल्लीबाट उदयपुर गाउलाई नियाल्दा। 



















आरुबोट भ्याल्लीबाट उदयपुर गाउलाई नियाल्दा। 

Sunday, February 18, 2018

म्याक्रेजी रिजभर संग हाम्रो नाता

म्याक्रेजी रिजभर हाईकिङ र लामो दुरी दगुर्ने प्रेमीका लागि लोक प्रिय स्थल भएको छ आजभोलि। मेरो जीवनमा सबै भन्दा लामो दुरी कुदेको पहिलो स्थल पनि हो म्याक्रेजी रिजभर।२२बर्ष अगाडि सूर्यको उषा नपोखिदै झिसमिसे बिहानी संगै आदरणिय गुरुजीहरुको पाईताहरुलाई पच्छ्याउदै कुदेको झल्याँस सम्झाई दिन्छ म्याक्रेजी कृतिम तलाउ तिर पुग्दा। तस्विरमा देखिएको जस्तै बिगतमा त्यस्ता भौगलिक स्वरुप र भौतिक संरचनाहरु निर्मित थिएन्। बिगतमा म्याक्रेजीको खोल्सि तिर सैन्य तालिम देखि  हाम्रो दौड्द प्रतियोगिता यसै स्थानमा हुने गर्दथे। उस बेलामा हामी बाहेक अन्य ब्याक्तिहरु हुँदैन् थे। क्रसकन्ट्री दौउड हुँदा अलास तलास हुँदै फिनिसिङ हान्दा र हिट ईलनेस भएर झोर तिर पसेको पनि सम्झना दिलाउछ। आज सम्झदा गजब लाग्छ म्याक्रेजी संगको हाम्रो नाता देखेर।   














Saturday, February 17, 2018

Chinese New Year 2018,Singapore

सिंगापुरको चाईना टाउनको शहरलाई  उतार्ने प्रयास गर्दा














Thursday, February 15, 2018

हाम्रो दैनिकी


Date:- 15Feb 2018
दैनिक कार्य समाप्त भए पछि लामो दुरी दगुर्ने योजना बन्यो। स्थानिय समय 1710Hrs  हुँदै थियो। सहकर्मीहरुका साथ कसरत गर्न निस्क्यौ। चाईनिजको महान पर्वका दिन भएकाले सडक र अन्य स्थल तिर गतिबिधिहरु शान्त देखिएका थिए। कफि सपहरु बन्द देखिन्थे। बिगतमा कसरत गर्ने स्थल बिदादारीको भौगलिक स्वरुप नियाल्दै जाने सल्लाह भयो। बिगतका ति स्थलको सम्झना गर्दै हल्का जगिङ गर्दै रहर लाग्दा र आकासलाई घोचुला झै कंक्रिटका जङ्ल उभिएका जस्तै लाग्ने भवनलाई नियाल्दै पोतोङ पासिर हुँदै कालाङका कृत्रिम खोला तिर हानियौ। प्रचण्ड घर्मी भएकाले एकै क्षणमा खलखल्ती पसिनाले ज्यानलाई लुथुक्कै बनाई दिई हाल्यो। सूर्यको किरणले पछाडीबाट धकेल्दै थियो हामीलाई। हाम्रो मसुर निशानी मन्दिर पुगे पश्चात हानियौ पुर्व दिशा ताक्दै सर्किट रोड पुग्दा 1825Hrs भएको थियो। कुलडाउन गर्दै गर्दा मौसमले निहुँ खोज्न लाग्दै थियो । नभन्दै मौसमले हर्कत देखाई छाड्यो भुसभुसे पानीले। प्याँसले आत हरहर भए पछि Energy & Isotonic Drinks दिन हिड्यौ ताईसेङ तिर। हिड्दै गर्दा ताईसेङको रेल स्टेसन पुग्दा कहि नभएको मुशलधारे पानी ओईरन थाल्यो। हाम्रो हिडाईको गतिलाई ब्रेक लगाउन बाध्य बनायो ३०मिनेट सम्म। त्यस पछि सिमसिमे पानी प्रवाह नगरी पुग्यौ ताईसेङको पहेली बारमा । Energy &Isotonic Drinks ले प्याँस मेटाउदै गफिदै केहि समय बितायौ।













                                      कुलडाउन समाप्त गरे पश्चात हर्षित मुन्द्रामा ।  






















कसरत समाप्त गर्नु पुर्व कुलडाउन मा ध्यान मग्न हामी ।

Tuesday, February 13, 2018

शिवरात्री २०१८

शिवरात्री पर्व मनाउन 2045Hrs बिष्णु मन्दिर जादै थिए म। हिड्दै गर्दा चिसो हावा  कुलेसा र बाटामा मर्करी बत्तिको मधुरो प्रकाश पोखिरहेको थियो। मन्दिर परिसरमा पुग्दा भक्तालुहरु पूजा आराधनामा ध्यान मग्न देखिन्थे। गीत संगीत र नृत्यको प्रस्तुतिमा सारा थकानलाई बिर्साउदै कफिको सुर्का लगाउदै शिवरात्रीको हर्षमय वतावरणको माहोलमा रमाई रहेको थिए म। तस्विर खिच्ने शोष भएकाले शिवरात्रीका झलकका दृष्य लेन्सको सिसामा उतार्दा 







Monday, February 5, 2018

स्वस्थ्य रहनका लागि कसरत मेला

भान्साकोठा र चौकासको एकनासको समय बाट केहि क्षण मुक्त हुन र स्वस्थ्य बस्नका लागि कसरत मेला भर्नमा हुटहुटी देखिन्थे दिदीबहिनीहरुमा । कृतिम मर्करी बत्तिको छाँया मुनि कसरतका विविध योगमा अंग्रेजी संगीतको धुनमा ज्यानलाई जुनेली रातमा धानको बाला सुसेली हालेको जस्तै लयमा ब्यस्त देखिन्थे। । विश्व स्तरिय प्रशिक्षकका खुवी भएका दिदीबहिनीहरुको प्रशिक्षणमा स्वस्थ्य रहने कसरत मेलामा संगीतको जोसमा तालमा ताल मिलाउदै सहभागीहरु लुथुक्कै हुने गरि पसिना निकालका देखिन्थे। 
कसरत मेलाका झलक 
कसरत गर्ने  बिधिहरु देखाउदै प्रशिक्षक
कसरत मेलामा उत्तसाहित  सहभागीको माहोल
कसरत मेलामा कसरत गर्न पाउदा सहभागीका हर्षित मुद्रामा
कसरत मेलामा कसरत गर्न पाउदा सहभागी हर्षित लयमा
 योगका प्रस्तुति देखाउदै प्रशिक्षकहरु
कसरत प्रेमीहरु कसरत मेलमा हर्षित र आन्नदित मुद्रामा ।


 योगका कौशलता प्रस्तुति देखाउदै प्रशिक्षकहरु।   
बिस्राम लिदै सहभागी

प्रशिक्षकका जोस साथमा सहभागीको लगनसिलता
कसरत मेलामा सहभागी थकित र हर्षित लयमा
कसरत मेलामा सहभागी भलाकुसारी गर्दै

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...