मुगु र जु्म्लाको सिमावर्ती चुच्चेमारा लेकमा हामी
अडिलो खाजा खायौ। ५दिन बसेको 19500 रुपैयाँ तिर रारा ताल बाट 0930Hrs भिलेज होटलका हेम भाई र उहाँका २ जना सहयोगी साथीहरु संग हात मिलाई बाटो
लाग्यो जुम्लाको सदरमुकाम तिर। घाम लागेको थिएन्। रारा ताललाई वाई वाई भन्दा मन बेखुशी भएको थियो। रारा ताल शान्त देखिन्थ्यो। मुगुको खोचबाट सेतो कुहिरोको टुकडी उड्दै रारा तालमा ढलपल ढलपल गर्दै देखिन्थ्यो। निकुञ्जका नेपाली सेना कसरत गर्दै गरेका देखिन्थे। रारा ताल लाई बिछोड गर्न मन थिएन् तर के गर्ने पदयात्री हामी ताप्लेजुङ पुग्ने गन्तब्य थियो। रारा तालको पानी निकास भएको स्थान
देखि शुरु हुन थाल्यो हिलोको बाटो। उफ्रिदै हिड्दै गर्दा बाटामा ३वटा घर देख्यौ। होटल लेखिएका साईनबोर्ड पनि झुण्डिएका थिए। कोल्टी र चुच्चेमारा लेक जाने बाटोको संकेत देख्यौ त्रिलोक
खोला र रारा खोलाको दोभानमा पुग्दा ।
स्वाँदिष्ठ खाना खुवाउने हेम भाई र उहाँका साथीहरु संग बिदाई हुनु पुर्व सामुहिक तस्विर
चुच्चेमारा जाने बाटो रोज्यौ हामीले। सल्लाघारीको घुमाउरो र उकालो
बाटोमा हिड्न थाल्यौ कछुवाको गतिमा। पसिनाले लोथ बनाएको थियो उकालो बाटोमा । ठाउ ठाउमा
बिसाउनी पहेलो रंगले पोतेको कटेरो भेटिन्थे। पानी पिउदै आराम गर्थ्यौ। मुल फुटेकाले बाटोमा पानी बगिरहेका थिए। बाक्लो
सल्लाघारीको उकालो बाटोमा कछुवा गतिमा उक्लि रहयौ। थाकेर यति लोथ भएका थियौ बयान गरेर सकिन्न। दुःख कष्ट भए पनि गजबको अनुभुति भईरहेका थियौ। रमाई रहेका थियौ । पदयात्रा अन्त्य गरि काठमाण्डु फर्क्यौ भन्ने सोच पट्क्कै भएको थिएन्। गाई बस्तु चरिरहेका देखिन्थे
पाटन तिर ।उक्लि रहदा एक जना मुर्मा गाउका भाई गाई बस्तु पाटन छोडी घर फर्किदै
गरेका भेट्यौ। चुच्चेमारा लेक आईपुग्न लाग्यो भन्दा खुशीले चौप्ट भयौ । चुच्चेमारा
देखि गोरुसैन्य आधा घण्टामा पुगिन्छ भने ति भाईले हामीलाई। बाक्लो जङ्गलको शान्त वतावरण भित्र थाकेर लोथ भएर बिसाउदै उक्लिदै
गर्दा सुर्खेत बाट दुई जना पुरुष छाँयानाथ हिमाल दर्शन गर्नका लागि भेटिए। क्यामरा
भिरेको देखे पछि फोटो खिच्दिन बिन्ति गरे। २ क्लिक खिचि दिए। फोटो हेरे रमाईउदै लागे।

थकानले लोथ भए पनि किसोर सर मन्द मुस्कान छर्नु हुँदै। बिशाल भान्जा थकित मुद्रामा
चुच्चेमारा लेक देख्न थाल्दा मन फुरुङ्ग भएर आयो। भेडा
च्याङ्ग्रा घोडा पाटनमा चरिरहेका देख्यौ। खुईया गर्दै चुच्चेमारा लेकको चुचुरोमा लम्फु भएर पुग्यौ । प्राकृति सौन्दर्यले देखेर खुशीले बुर्कुसी लगायौ। आकर्षित आकृतिमा रारा ताल देख्दा भ्याँट कि भ्याट फोटो खिच्यौ।चारैतिर नियाल्दा भिन्ना भिन्नै मोहित पार्ने दृष्य देखिए। कतै पाटन कतै बाक्लो जङगल र क्षितिज संग हाँस्दै बसेको छाँयानाथ
हिमाल। थकान मिलिक्कै भुल्यौ । रमाउदै गर्दा कुहिरोको हुलले जिस्काउन थाल्यो
हामीलाई। घाम पानीको रतौली देखिन थाल्यो रारातालमा । NTC को नेटवर्क टिपेकाले बिशाल भान्जाले फेसबुकमा फोटो हाल्नु भयो । आधा घण्टा चुच्चेमारा लेकमा प्राकृति सौन्दर्यको भरपुर आनन्द लियौ। चुच्चेमारा लेक बाट बाटो ओरालो थियो। गोरुसैन्य तिर ओर्लदै गर्दा ठुलो पानी पर्न थाल्यो । गोदनु सम्म गोदयो पानीले। रातो माटो भएकाले हिड्न गाह्रो भयो। चिपल्यो भने सिधै खोजमा सधैको लागि हुने बाटो थियो ।शंखे किराको गतिमा झर्यौ। सिमा स्तम्भ गाँडेर राखेको जस्तै
आकृतिमा पाखैभरि चुच्चा ढुंगाहरु उभिएका देख्दा अचम्मित भयौ। फोटो खिच्यौ।
गोरुसैन्यमा 1500Hrs पुग्यौ। पानी रहि सकेको थियो। ओडारमा होटल थापेका बसेका रहेछन् श्रीमान
श्रीमतीले। रारा निकुञ्ज सिमावर्ती क्षेत्र भित्र पर्ने रहेछ गोरु सैन्य खोच। खोलामा धमिलो पानी बग्दै
थियो। जडिबुटिको चिया पिउदै गर्दा ३जना खर्कबाट रक्सी पिउनका लागि गोठाले
आए।गफगाफको क्रममा चोरी शिकारीको निक्कै भएको थियो द्वन्दका बेलामा रारा निकुञ्ज भित्र दुर्लभ जडिबुटीहरु भन्ने पनि सुन्न पायौ । साँझ पर्न लाग्दा पानी पर्न थाल्यो। अगेनामा किशोर र बिशाल भान्जा ज्यान तातो बनाउन लोकल पिउनु थाल्नु भयो। मैले जडीबुटीको
चिया पिउदै गफगाफ गर्दै बस्यौ साहु र साहुनी संग। यात्राका दुःख सुखका गफ गर्दै गर्दा साहुजीले हामीत जङ्गली भयौ। नेपालीले पनि घुम्नु र हेर्नु पर्छ राराताल । बिदेशीले मात्र कति हेर्ने भन्दै फुर्काए हामीलाई। मुगुको गमगढी सडक नपुग्दा खच्चरले यहि बाटो समान ढुवानी गर्थे निक्कै घुईचो हुन्थ्यो पहिले । अहिले बिदेशी र स्वदेशी पर्यटक बाट हल्का आमदानीको स्रोतले छोरा छोरी सुर्खेतमा पढाएको छु। काठमाण्डु नपुगेको तर २ पटक सुर्खेत पुगेको बताए।
रात छिप्पिदै थियो। 2030Hrs चाईना बाट यार्सा ब्यापार गरि ९जना घर फर्केका आए। रक्सी किन्दै पिउदै ठुलो आवाज निकाल्दै गफिए । साख्खै मामा भान्जाको झगडा होला जस्तै भयो। साहुले थर्काए पछि चुपचाप भए। 2100Hrs सुत्यौ हामी । ढल्कने बित्तिकै भुसुक्कै भयौ। ढुंगाको घोचाईले ब्युँझाउथ्यो बेला बेलामा।

रारा
निकुञ्जको कार्यलयको तस्विर लिदै बिशाल भान्जा र किशोर सर
रारातालको किनारी हुँदै जुम्लाको सिंन्जा उपत्यका तिर लाग्दै हामी
रारा
तालको शान्त वतावरणलाई बिदाई गर्दै जुम्लाको सिंन्जा भ्याल्ली तिर लाग्दै हामी।
रारा
तालको किनारी हुँदै जु्म्ला तिर लाग्दै हामी
रारा
ताललाई बिदाई गरे पछि बाटा हिड्दै गर्दा भेटिए सूचना पाटी
रारा
खोला र त्रिलोक खोलाको दोभानको उकालोमा बिशाल भान्जा र किशोर सर। गन्तब्य
चुच्चेमारा लेक हुँदै जु्म्ला तिर ।
पारी
रारा खोला र वारी त्रिलोक खोलाको संगम स्थल। यहि बाट चुच्चेमारा लेक र कोल्टी जाने छुटिन्छन्।
चुच्चेमारा लेक उक्लिदा कटेरामा थकान भुलाउदै बिशाल भान्जा र किशोर सर
थाकेर
लम्फु हुँदै उकालो बाटोमा उकिल्दै किशोर सर
बिसौनी
कटेरो
चुच्चेमारा
लेकमा भेडा च्याङ्ग्रा चराउदै गरेका गोठाला भेटिए।
चुच्चेमारा
लेक बाट रारा ताल नियाल्दा ।
चुच्चेमारा
लेकबाट रारा ताल नियाल्दै किशोर सर बिशाल भान्जा र भौउ बहादुर भाई । क्याँ खुशी
देखिएका छन् ।
चुच्चेमारा
लेकमा गोठाला भेडी चराउदै
चुच्चेमारा
लेक उक्लिने क्रममा ।
चुच्चेमारा
लेकमा बसाह आराम गर्दै
चुच्चेमारा
लेक बाट रारातालको
स्वरुपलाई क्लिक गर्दा
चुच्चेमारा
लेकमा घोडा चर्दै । सेतो कुहिरोलेको हुलले रारालाई लुकाउन लाग्दै।
रारातालमा
पानी पार्नका लागि कुहिरो हुलले जुलुस निकाल्ने तर्खर गर्दै।
चुच्चेमारा
लेकको आकृति
चुच्चेमारा
लेकको वरिपरि
राराताल
चुच्चेमारा लेक बाट नियाल्दा
जुम्ला
र मुगुको सिमाना चुच्चेमारा लेक 3800
मिटरको उचाईमा रमाउदै हामी
रारा
ताल चुच्चेमारा लेक बाट नियाल्दा
चुच्चेमारा
बाट ओर्लदा यस्ता आकृतिका ढुंगा देख्दा रमाएका थियौ हामी। पानी परेकाले चिप्लो
बाटो भएकाले घाँसे बाटो रोज्दै किशोर सर र म
चुच्चेमारा
लेक बाट ओर्लने क्रमा यसरी उभियौ।
गोरु
सैन्य आईपुग्न लाग्दाको क्याँ रहर लाग्दो अनि लोभ लाग्ने वतावरण देख्दा दंग भएका थियौ।
राराताल चुच्चेमारा लेक बाट
थाकेर
लोथ भएको क्षण। गोरु सैन्य होटलमा आराम गर्नु हुँदै किशोर सर र बिशाल भान्जा।
ग्रेट हिमालय ट्रेलको मोज भनेकै यहि हो।
गोरु सैन्यको मोहनी लगाउने सौन्दर्य।