केन्ट रिज पार्कबाट हाईकिङ गर्दै Hort Park पार्क
आएका थियौ । पार्क सानो भए पनि सुविधायुक्त छ। बालबच्चा युवायुवती र बृद्धबृद्धा का लागि बरालिन गफिन
टोलिन सुस्ताउन र माया प्रिति साट्न का ज्यादै रोजक
पार्क हो । भिडियोमा यसरी उतार्दा ।
Total Pageviews
Thursday, December 7, 2017
Kent Ridge Park तिर मन फकाउन जादा
कामको
चापाचाप लाई केहि क्षण भुलाउन गत हप्ता म र प्रेम भाई सिङ्गापुरको Kent Ridge Park पार्क
तिर हाईकिङका लागि हुत्तिएका थियौ। सूर्यको किरण सिधै खसेको थियो। गर्मीको वतावरण थियो। यस क्षेत्रमा हाईकिङ गर्नुको बिशेषता भनेको जंगल
भित्रका गोरेटामा हिड्नु र रुखको उचाईमा बनेका घुमाउरो काठेपुलमा हिड्नु हो। यिनै बिशेषतामा रमाउदै। जंगल
भित्रका किराको आवाज सुन्दै पसिना पुस्दै थुम्कामा पुग्यौ। खुशीले रमाएका थियौ।
प्रेम भाई र म Kent Ridge Park को वतारणमा रमाउदै ।
घुमाउरा कुईनेटामा रमाउदै हामी ।
ऐतिहासिक स्थल बुकित चन्दु
ट्रिटपको पुलमा रमाउदै हौसिदै हामी।
थुम्कामा थकान र प्याँस मेटाउदै
Wednesday, December 6, 2017
छुटिने बेलामा मन थाम्न सकिन।
छुटिने बेला भई गयो होला
फेरि भेट होलाकी नहोला
साँस्कृतिक क्लब डाँफेले पोखराको क्याम्पमा बिदाई गर्दाका । त्यो साँझ सम्झदै फेरि आज।
06Dec 2017
0900Hrs सूर्यको न्यानो उषा पोखिदै थियो। सिरसिरे बतास
चल्दै थियो । गर्मीको महसुस भएको थिएन्। आदरणिय मकर सर सेवानिवृत हुनु भई नेपाल फर्कने भएकाले सुःख
समृद्धिको कामना र बिदाईका लागि भेला भएका थियौ। पाईप
एण्ड ड्रमको धुन बज्न थाले पश्चात मनमा कुराहरु खेल्न थाले मेरो। हिल र सेन्ट्रल
सेलेक्स हुँदै रेक्रुट जीवनको कथा देखि प्रथम छुट्टीमा बैवाहिक जीवनमा बाँधिएको खुशी। तीन बर्ष छुटिएर बस्नुको पिडा। दोस्रो छुट्टीमा संगै लिएर आउदाका
हर्ष र आनन्दको तरंग। बालबच्चा हुर्कदै पाठशाला झोला बोकेर जादाका अवष्मरणिय क्षण । सोच मग्न हुँदै गर्दा पाईप एण्ड ड्रमको धुन रोकियो ।
भान्जा र भान्जीलाई पुलुक्क हेरे। भाबुक र मलिन देखिन्थे उहाँहरु। किन नहोस! बिकसित राष्ट्रमा हुर्केका नानीहरुले नेपालमा नयाँ जीवनको संघर्षका अध्यायहरु हुने छ्न्। भान्जा र भान्जीको मलिन
अनुहार देखे पछि आँखा रसाए मेरो। केहि बर्ष पछि मेरा नानीहरुको यस्तै दिन नजिकिदै छ । एक दिनको उठबसमा
मान्छेलाई छुटिनु पर्दा भारी हुन्छ भने दुई दशक को बसाईको दौरानमा आफन्त र
चिनारुहरु संग छुटिनु पर्दा पक्कै पनि मन भक्कानिन्छ। दिदीबहिनीहरु छुुटिनुको पिडा आँसु मार्फत देखाउदा वतावरणमा सन्नाटा छाएको थियो।
समाजबाट बिदा भएर जानु पर्दा पक्कै पनि भाबुक भईन्छ । भावुक मुद्रामा मकर सर।
दिदिबहिनीहरु
र आफन्त संग अन्तिम बिदाई गर्ने क्रममा । छुटिनु कसलाई रहर हुन्छ । तर जीवन भनेकै ऋतु जस्तै हो।
बिदाईका
लागि हात मिलाउनु हुँदै मकर सर । मलिन र भाबुत्तामा देखिनु हुँदै भान्जी ।
Tuesday, November 28, 2017
बिदादारी पार्कमा निम्तो
बिगतमा आफूले कसरत गर्ने ठाँउ नियाल्ने सोचले 1700Hrs बाटो लागे। सूर्यको उषा हाईराज
भवनको धुरीमा तेर्सिदै गएको देखिन्थे। सडकमा सवारीहरु हतारिदै गुड्दै थिए। पुरानो OBS
जहाँ गजबले भलिवल सेपाक र हर्ल्याप खेलकुद गरिन्थ्यो। हाल बार्डली रिज भवन उभि सकेको छ।
मुस्लिम चिहान डाँडाको जंगल भित्र दगुर्नुको मोज क्याँ गजब हुन्थ्यो। कुलगाउन गर्दै गफगाफ गर्नु अर्को मोज फेरि। आजकाल धमाधम भवन
निमार्णका लागि काम हुँदै छन्।
सबैको चौतारी हुन्थ्यो चाईनिज चिहान डाँडा बिदादारीमा ।
सखारै दगुर्नु साथै सैन्य अभ्यासको CFT परिक्षा दिनु IPPT दिदाको रोचक क्षण हुन्थ्यो। Big Walk र X-Country प्रतियोगितामा तछाड मछाड गर्दै
दगुर्नुको आनन्द भिन्नै र 100Plus पिउदै तिर्सना मेटाउदै चकाप हान्ने क्षण उस्तै फेरि। 1630Hrs प्रायः बिदादारीमा घुईचो हुन्थ्यो कसरत गर्नका लागि । कहि जंगल कहि बुच्का फुटबल फिल्ड देखि
नरिवल घारी थिए । हाल बिदारी चाईनिज चिहान डाँडालाई पुरै अप्पर अल्जुनिड रोड
भनिन्छ। उक्त स्थानमा लोभ लाग्ने र रहर लाग्ने कंक्रिटको रंगीन भवन निमार्ण हुँदै छ। हेर्दा हेर्दै दुई दशकमा
भौगलिक स्वरुप परिवर्तन भईसके ।
अप्पर अल्जुनिड रोड । दृष्य नियाल्नु। बिगतको ताजा सम्झनाहरु पक्कै दिने छन्।
कुदी सके पछि कुलडाउन गर्दै गफगाफ गर्ने कुईनेटा । बिदारी चिहान डाँडा
OBS मा भलिवल सेपाक र हरल्याप खेली सके पछि चाई दाईको नाफीमा बियर पिउनुको मोज अर्कै हुन्थ्यो।
OBS मा भलिवल सेपाक र हरल्याप खेली सके पछि चाई दाईको नाफीमा बियर पिउनुको मोज अर्कै हुन्थ्यो।
मुस्लिम चिहान डाँडामा दगुर्दाको मोज अर्कै हुन्थ्यो । त्यो क्षण खोजेर पाईदैन्। केवल सम्झनामा सिमित।
मुस्लिम चिहान डाँडामा दगुर्दाको मोज अर्कै हुन्थ्यो । त्यो क्षण खोजेर पाईदैन्। केवल सम्झनामा सिमित।
Sunday, November 26, 2017
छक्का पञ्जा २ सिङ्गापुरमा
गुणस्तरिय नेपाली चलचित्र समय पाएमा प्रायजसो हेर्न जाने गर्दछु। समय पाएकाले छक्का पञ्जा २ हेर्न गए आज। बडो बजब लाग्यो। मध्यान्तर सम्म बडो गजबका कथाहरु समेटिएका रहेछन्। माग्ने बुढा र बुढी आमैका चरित्रहरु राम्रो लाग्यो।
Saturday, November 25, 2017
खप्तडको जंगलमा हराउदा
9Jan
2013 का दिन अछामको कालिकास्थान गाउको शिरानको जंगलमा खिचिएको
तस्विर हो। घुमघाम गर्न भने पछि हुरुक्क हुने भएकाले डोटीको खप्तड निकुञ्ज लागेका
थियौ। दिपायलको सिलगढी हुँदै चौखुट्टे बाट गुराँस
र मालिङ्गो घारी भित्र हिड्दै खप्तड पाटन पुग्दा झ्याँप्पै साँझ भईहालेको
थियो। चिसो एकै क्षणमा ह्वात्तै बढेको थियो। निकुञ्जको कार्यलय हेर्दै डाँडा
वरिपरि घुम्दै हेर्यौ देखेनौ। आएको बाटो फर्क्यौ हेडलाईट बाल्दै। हिडेको बाटो
पच्छ्याउदै गर्दा अर्कै बाटो लागे छौ। रातको ११ बजे सम्म हिड्दा थाकेर लोथ भएका
थियौ। गुराँसको फेदमा आराम गर्दै गर्दा भुसुक्कै निदाए
छौ। ब्युँझदा झलमल घाम लागेको थियो। अर्कै थुम्का तिर हिडेका रहेछौ। गोरेटो बाटो
पच्छ्याउदै ओरालो लाग्यौ।
भोकले लम्फु भईसकेका थियौ। जंगलको बाटो झर्दै गर्दा हुम्ला बाट भेडा
च्याँङ्ग्रा चराउदै गरेका भेडीवाला भाईहरु संग खाजा
मागेर खायौ। बल्ल तागत बढेको थियो। पैसा लिन मानेन्। मैले बोकेको रिजार्ज कार्ड 200 को दिए । छुटिनु पुर्व सामुहि फोटो खिच्यौ सम्झनाको
लागि।
सेफोक्सुण्डो ताल हेर्नुको आनन्द
नेपालको
सबै भन्दा गहिरो ताल डोल्पाको सेफोक्सुण्डो तालमा पुग्दा हर्षित भएका थियौ। याङ्जी
नानाको नेपाली भाषा हिमाली लवजमा गफगाफ गर्दै चिया पिउदै र निलो ताल हेर्दै बसेका थियौ। बिशाल भान्जा किशोर सर र मैले रहर मेटुन्जेल ताल
हेर्यौ र फोटो गजब्ले खिचेका थियौ।
बिशाल भान्जा र किशोर सर सेफोक्सुण्डो ताल लाई पृष्ठभूमि राख्नु हुदै ।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...




