Total Pageviews

Tuesday, November 28, 2017

बिदादारी पार्कमा निम्तो

बिगतमा आफूले कसरत गर्ने ठाँउ नियाल्ने सोचले 1700Hrs बाटो लागे। सूर्यको उषा हाईराज भवनको धुरीमा तेर्सिदै गएको देखिन्थे। सडकमा सवारीहरु हतारिदै गुड्दै थिए। पुरानो OBS जहाँ गजबले लिवल सेपाक र हर्ल्याप खेलकुद गरिन्थ्यो। हाल बार्डली रिज भवन उभि सकेको छ। 

मुस्लिम चिहान डाँडाको जंगल भित्र दगुर्नुको मोज क्याँ गजब हुन्थ्यो। कुलगाउन गर्दै गफगाफ गर्नु अर्को मोज फेरि। आजकाल धमाधम भवन निमार्णका लागि काम हुँदै छन्। 

सबैको चौतारी हुन्थ्यो चाईनिज चिहान डाँडा बिदादारीमा । सखारै दगुर्नु साथै सैन्य अभ्यासको CFT परिक्षा दिनु IPPT दिदाको रोचक क्षण हुन्थ्यो। Big Walk X-Country  प्रतियोगितामा तछाड मछाड गर्दै दगुर्नुको आनन्द भिन्नै र 100Plus पिउदै तिर्सना मेटाउदै चकाप हान्ने क्षण उस्तै फेरि। 1630Hrs प्रायः बिदादारीमा घुईचो हुन्थ्यो कसरत गर्नका लागि । कहि जंगल कहि बुच्का फुटबल फिल्ड देखि नरिवल घारी थिए । हाल बिदारी चाईनिज चिहान डाँडालाई पुरै अप्पर अल्जुनिड रोड भनिन्छ। उक्त स्थानमा लोभ लाग्ने र रहर लाग्ने कंक्रिटको रंगीन भवन  निमार्ण हुँदै छ। हेर्दा हेर्दै दुई दशकमा भौगलिक स्वरुप परिवर्तन भईसके ।    

अप्पर अल्जुनिड रोड । दृष्य नियाल्नु। बिगतको ताजा सम्झनाहरु पक्कै दिने छन्।


कुदी सके पछि कुलडाउन गर्दै गफगाफ गर्ने कुईनेटा । बिदारी चिहान डाँडा
OBS मा भलिवल सेपाक र हरल्याप खेली सके पछि चाई दाईको नाफीमा  बियर पिउनुको मोज अर्कै हुन्थ्यो। 
OBS मा भलिवल सेपाक र हरल्याप खेली सके पछि चाई दाईको नाफीमा  बियर पिउनुको मोज अर्कै हुन्थ्यो।
मुस्लिम चिहान डाँडामा दगुर्दाको मोज अर्कै हुन्थ्यो । त्यो क्षण खोजेर पाईदैन्। केवल सम्झनामा सिमित।
मुस्लिम चिहान डाँडामा दगुर्दाको मोज अर्कै हुन्थ्यो । त्यो क्षण खोजेर पाईदैन्। केवल सम्झनामा सिमित।

Sunday, November 26, 2017

छक्का पञ्जा २ सिङ्गापुरमा


गुणस्तरिय नेपाली चलचित्र समय पाएमा प्रायजसो हेर्न जाने गर्दछु। समय पाएकाले छक्का पञ्जा २ हेर्न गए आज।  बडो बजब लाग्यो।
 मध्यान्तर सम्म बडो गजबका कथाहरु समेटिएका रहेछन्। माग्ने बुढा र बुढी आमैका चरित्रहरु  राम्रो लाग्यो।  

Saturday, November 25, 2017

खप्तडको जंगलमा हराउदा


9Jan 2013 का दिन अछामको कालिकास्थान गाउको शिरानको जंगलमा खिचिएको तस्विर हो। घुमघाम गर्न भने पछि हुरुक्क हुने भएकाले डोटीको खप्तड निकुञ्ज लागेका थियौ। दिपायलको सिलगढी हुँदै चौखुट्टे बाट  गुराँस  र मालिङ्गो घारी भित्र हिड्दै खप्तड पाटन पुग्दा झ्याँप्पै साँझ भईहालेको थियो। चिसो एकै क्षणमा ह्वात्तै बढेको थियो। निकुञ्जको कार्यलय हेर्दै डाँडा वरिपरि घुम्दै हेर्यौ देखेनौ। आएको बाटो फर्क्यौ हेडलाईट बाल्दै। हिडेको बाटो पच्छ्याउदै गर्दा अर्कै बाटो लागे छौ। रातको ११ बजे सम्म हिड्दा थाकेर लोथ भएका थियौ। गुराँसको फेदमा आराम  गर्दै गर्दा भुसुक्कै निदाए छौ। ब्युँझदा झलमल घाम लागेको थियो। अर्कै थुम्का तिर हिडेका रहेछौ। गोरेटो बाटो पच्छ्याउदै ओरालो लाग्यौ। 
भोकले लम्फु भईसकेका थियौ। जंगलको बाटो झर्दै गर्दा हुम्ला बाट भेडा च्याँङ्ग्रा चराउदै गरेका भेडीवाला भाईहरु संग  खाजा मागेर खायौ। बल्ल तागत बढेको थियो। पैसा लिन मानेन्। मैले बोकेको रिजार्ज कार्ड 200 को दिए । छुटिनु पुर्व सामुहि फोटो खिच्यौ सम्झनाको लागि। 













सेफोक्सुण्डो ताल हेर्नुको आनन्द

नेपालको सबै भन्दा गहिरो ताल डोल्पाको सेफोक्सुण्डो तालमा पुग्दा हर्षित भएका थियौ। याङ्जी नानाको  नेपाली भाषा हिमाली लवजमा  गफगाफ गर्दै चिया पिउदै र निलो ताल हेर्दै  बसेका थियौ। बिशाल भान्जा किशोर सर र मैले रहर मेटुन्जेल ताल हेर्यौ र फोटो गजब्ले खिचेका थियौ। 
बिशाल भान्जा र किशोर सर सेफोक्सुण्डो ताल लाई पृष्ठभूमि राख्नु हुदै ।



मुगु र जुम्लाको सिमाना चुच्चेमारा लेकमा पुग्दा

8Augest 2016 मुगु र जुम्लाको सिमावर्ती चुच्चेमारा लेकमा पुग्दा खुशीले गदगद भएका थियौ। चुच्चेमारालेकको बिशेषता भनेको हरियो जंगलको बिचमा निलो आकृतिमा राराताल नियाल्न पाउनु। नाङ्गो पाटनमा चुच्चेढुंगा गाँडेर राखेको आकृति देखिनु। चिसो वतावरण मा क्षितिज सम्म बिभिन्न किसिमका सौन्दर्य देखिनु नै चुच्चेमाराको लेको बिशेषता रहेछ। हामी त पुग्यौ अब तपाईको पालो ?

चुच्चेमारा लेक बाट राराताल लाई पृष्ठभूमिमा राख्दाको सौन्दर्य

 चुच्चेमारा लेक उक्लदा आराम गर्नका लागि हट
 चुच्चेमारा लेकको पाटनमा भेडा र च्याँङ्ग्रा चर्दै 
 चुच्चेमारा लेक उक्लनका लागि कुईनेटा
 चुच्चेमारा लेकमा कुहिरोको तमासा संगै अघाएर बसेको गोरु
 चुच्चेमारा लेक बाट रारातालको सुन्दरता
 चुच्चेमारा लेकमा घोडा चर्दै
 चुच्चेमारा लेक बाट रारा तालको लोभ लाग्ने दृष्य
 चुच्चेमारा लेकको वरिपरि
 चुच्चेमारा लेक गोरुसैन्य जाने बाटो
 चुच्चेमारा लेक बाट रारा तालको रहर लाग्दो दृष्य

 चुच्चेमारा लेक बाट रारातालको दृष्य।
 चुच्चेमारा लेकको चुच्चे ढुंगाहरुको आकृति 

 चुच्चेमारा लेकमा 
चुच्चेमारा लेक वरिपरि

मेरो प्यारो ओखल्ढुंगा

 मेरो प्यारो ओखल्ढुंगा।  यसै ढुंगाको आकृतिबाट जिल्लाको नामकरण भएको हो।
 युग कवि सिद्धिचरण श्रेष्ठको शालिक 
 ओखल्ढुंगा बजार
ओखल्ढुंगा

जयराम घाट

  ‌ओखल्ढुंगा र खोटाङको जयराम घाटमा करिव ६ बर्षमा बल्ल पक्की पुल बन्यो।

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...