बिष्णु
पुलामीको(14936) छाडेर नजाउ मैज्याङ आवाजमा म्युजिक भिडियोमा अभिनय गरि झुल्किए यसरी ।
घुमघाम गर्नु, फोटो खिच्नु ,ब्लगीङ
गर्नु देखि अभिनयमा पनि शोख भएकाले बेलाबखतमा झ्याँप्पै देखिन्छु त हौउ। मेरो
आवाज सुन्न लाएक छैन् तर रेडियो नेपालको
चौतारी कार्यक्रम गई एक झ्याँप गाएको थिए। रहर लागेको कुरा जीवन हुँदै अनुभव गर्ने
र रहर मेटाउने मेरो मान्यता हो।
Total Pageviews
Wednesday, November 8, 2017
Monday, November 6, 2017
सम्झनामा बुकितिमाह डाँडा(Singapore)
म र प्रेमले बाटो ततायौ हाईकिङका लागि
सिङ्गापुरको सबै
भन्दा अग्लो
डाँडा बुकितिमाह देखि म्याक्रेजी रिजभर
सम्म।
मौसमा खुल्ने
र धुम्निने हुँदै थियो।
बुकितिमाह डाँडाको
उचाई १६३.३६ मिटर
छ। हाईकिङ
गरि रहता
भूतकालका सम्झनाहरु
आई रह्यो।
बुकितिमाह डाँडा
संग नजिकको
आत्मियता थियो
बिगतमा। काम
समाप्त भए
पश्चात बिहान
वा बेलुकी
पख फेदि
देखि टुप्पा
सम्म साथीहरु
संग दगुर्ने
बाजी हुन्थ्यो हाम्रो। डेरीफाम हुँदै पाईप
लाईन तिर
फन्को लगाउदा अर्को गजब हुन्थ्यो। रक
क्लाम्बिङ Rock Climbing गर्न जादा रोमाञ्चकारी क्षण
हुन्थ्यो। म्याक्रेजीको
दलदल देखि
पाईप लाईन हुँदै
बुकितिमाह च्यानमारीमा
निसानी लगाउने
प्रतियोगितामा अलास-तलास र
रन्थनिदै पुग्दाको
क्षण किसिम्कै हुन्थ्यो। नेभिगेसनमा
चेक पोईन्ट
भेटिदा हर्ष
र नभेटिदा होसमन र
पसिनाले ज्यान
निथ्रुक्क भिजेर
नैरस्य हुँदाको
याद गर्दा
अर्कै गजब फेरि। उबेलाको समयमा बुकितिमाह डाँडाको चिसो वतावरणमा
मेसिङ खानुको
गजब अर्कै
हुन्थ्यो। फेम्लिवाल
गुरुजीहरुले आफ्ना
परिवारलाई आएम
तुवा कुखुरा
रपाएर घरमा
पठाउनु हुन्थ्यो।
सिनिएर गुरुजी
मास्टर सेप
हुन्थे साथै
खाना र खाजा
सबैले मिलेर
बनाउथ्यौ। गफगाफ
गर्दै खानुको
आनन्द बेग्लै
हुन्थ्यो। बिगतको
यिनै कुराहरु
गफगाफ गर्दै
म्याक्रेजी रिजभरको
ट्रयाक आईपुगे छौ।
म्याक्रेजीको दलदल र खोल्सी देखाउदै बिगतमा लग बोकेर घडीको तालमा बतास तरिकाले दगुरेको ताजा सम्झनाहरु बाँड्यौ। क्रसकन्ट्री प्रतियोगता हुँदा कन्ट्री क्लबमा आईपुग्दा होसहवास उडिसकेका कुरा सम्झ्यौ। कोही हिट ईल्नेसको संकेत देखा परे पछि झोर तिर पुगेको कुरा भन्दा गजबले हाँस्यौ हामी। भोगेका अनुभवका कथाहरु सम्झदै साढे दुई घण्टामा हाईकिङ समाप्त गरेका थियौ।
थुम्का उक्ले पश्चात हर्षित क्षणमा
Saturday, November 4, 2017
अलजुनिड पार्कमा कसरत गर्दाका सम्झना
आज बिहान
कसर गर्नका लागि हिड्डुल गर्ने क्रममा आदरणिय गुरुजी संग अलजुनिड पार्कमा झ्याँप्पै भेटघाट
भयो हाम्रो।यहि आउदो महिना स्वदेश फर्कदै हुनुहुन्छ उहाँ।२५ बसन्तको
बसाईमा अलजुनिड पार्कमा कसरत गर्दा गुरुजी,नंम्बरी र भाईहरु संग स्ट्रेचि,रनिङ र
कुल डालउन गर्दाका सम्झनाहरु भिडियो कुरामानी यसरी बाँड्नु भयो।
Friday, November 3, 2017
Great Himalaya Trail (Day 27 Rara Lake)
Great Himalaya Trail (Day 27 Rara Lake)
Day-27
Great Himalaya Trail
Gamgadhi to Rara Lake (Mugu)
07 August 2016
0900Hrsउठ्यौ। गमगढीको डेनल होटलको बार्दलीमा घाम
छरिसकेको रहेछ। वाईफाई चलाउदै चिया पिउदै घाम ताप्दै बार्दलीमा बस्यौ। मुगु
कर्णाली नदी धमिलो रंग बोग्दै स्वाँङ आवाज बगेको प्रस्टै सुनिन्थ्यो। चारै तिर घाम
लागेको देखिन्थे। सेतो कुहिरोको हुल थुम्का तिर उड्दै गरेको देखिन्थे। तीन दिन बसेको
खाएको जम्मा बिल ९००० तिरी 1030Hrsडेनल होटलबाट लाग्यौ
राराताल तिर। रेडिसन क्याँफेमा खाना खान छिर्यौ। ईश्वर मल्ल जी र हाम्रो सहयोगी
भौउ बहादुर पनि 1040Hrs आईपुग्नु भयो। खाना खादै रमाईलो गफगाफ
गर्दै बस्यौ। ईश्वर जी संग फेरिभेटौला भन्दै हात मिलाउदै 1200Hrs बिदा भयौ गमगढी बजार बाट।
मुगुको गमगढी बजार डेनल होटल सामुन्ने छुटिनु पुर्व सामुहिक तस्विर लिने क्रममा रिलदुक भाई र उहाँको साथीहरु माँझ म र किशोर सर । फोटोग्राफर बिशाल भान्जा।
उकालो बाटो खुईया गर्दै नबिसाई कछुवाको गतिमा उक्लियौ ४ जना।
कतै घाम कतै सिमसिम पानी परेको देखिन्थे वारीपारीको डाँडा तिर । चंखेलीको लेकमा कुहिरोले
छोपी राखेको देखिन्थ्यो।1500Hrsरारातालमा पुग्यौ। दुबै तिरका आर्मी चेक पोष्टका सुरक्षा सेनाले
हामीलाई चिनिसकेका थिए यात्रा रमाईलो होस भन्ने शुबेच्छा दिए। होटल हेरिटेजका हेम
भाईको सत्तकारले हामीलाई मख्खै बनाई हाले फेरी लठ्ठै भयौ। साँझको आगमन संगै मुसलधारे
पानी पर्न थाल्यो। मुगाली तीनपानेको साथमा हामी गफिदै बस्यौ। जुनकुरी भुसुना र किरा फट्याँङ्ग्रा सोलार बत्तीमा
वरिपरि ठोकिदै थिए। 2000Hrs खाना खायौ। 2100Hrs सुत्न गयौ। बिशाल भान्जालाई गुलाम अलीका गीतहरु मोबाईमा बजाउन बित्ति
गरे। भोलि जु्म्ला तिर हानीने योजना गर्दै संगीत सुन्दै कति बेला भुसुक्कै भए छौ।
मुगुको गमगढी बजारको रेडिसन क्याँफेमा ईश्वर मल्लका साथमा म बिशाल भान्जा र किशोर सर हर्षित मुद्रामा हामी

Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...