Total Pageviews

Tuesday, October 10, 2017

परम्परा जोगाएका रहेछन् जन्तरखानीका गाउलेहरुले।

ओखल्ढुंगाको सेल्फी झरना दृष्यालोकन गरि जन्तरखानीमा लेकाली आलु र अकवरे खोर्सानीको अचार जोप्दै खादाको क्षण भुलि नसक्नुको थियो नि हौउ गाँठे। मेरो भाई रिल दुकले सुटुक्कै खिच्नु भएको फोटो। मैले हल्का चकाप हान्दै गरेको थिए । पृष्ठभूमिमा तामाको धातुबाट निर्मित बिविध भाडाकुडा देख्न सकिन्छ। यस गाउमा अझै पनि यस्ता पुराना चल्तिका भाडाकुडाहरु जोगाएर राखेका रहेछन्। जन्तरखानी कालो आलुको लागि अतिनै चर्चित  गाउ पनि हो।

सोलु सल्लेरी राजमार्गको पत्ताले गाउबाट ३०मिनेटको बाईरोडको बाटोमा मोटरसाईकलको ह्याण्डल लाई कुईनेटो तेर्स्रो ओरालो रोडमा दबाउदै बटार्दै । लेकाली वतावरणमा मोहित हुँदै गर्दा कतिबेला सुलुक्कै जन्तरखानी गाउमा प्रवेष गर्दा दंग भएका थियौ हामी। शान्त गाउ रहेछ। नुम्बुर हिमाल पर्वतमालाको श्रृङ्गार नजिक बाट नियाल्दै गर्दा । नुम्बुर हिमालले हामीलाई अंगालो हाल्न आउदै छ भनेर रिलदुक भाईलाई चकाप हानी दिए। रिलदुक भाई पनि के कम । उहाँको उत्तर दिने कलाले म रमाएर गलि सकेको थिए।     
सेल्फी झरना नियाली फर्कदा उकालो बाटोमा लम्फु भएको अवस्थामा बाटामा पुजाआजा गरेका रहेछन् शेर्पा समुदायकाले। फ्रिमा गजबले जाँड पिएका थियौ हामीले। क्यामेराम्यान रिलदुक भाईले जाँडको रंगमा मस्त भएको बेलामा उतार्नु भए छ नि हौउ।

दुई दशक पछि तिहार पर्व मनाउदा को गजब अर्कै

ओखल्ढुंगाको मानेभन्ज्याङ गाउपालिकाको तल्लो रिचुवा गाउमा गत साल तिहारको रमझममा । उम्बुले राई समुदायको युवाहरुले शिरमा आफ्नो पहिचानको टोली ढल्केको देख्दा म हर्षित भएको थिए। उहाँहरु संग रामदले सालाङ खुब गाईयो नाचियो। 
 जिर्माको सुरमा रामदले सालाङमा नाँच्दै ।


रारा ताल हेरेर घुमेर पनि नथाकिदो रहेछ।(Great Himalaya Trail 2016)

रारा तालको प्राङ्गन तिर फूल फुलेको देख्दा माहुरी झै बन्न मन लाग्दो रहेछ।

 रारा ताललाई होटल भिलेज हेरिटेजको दलनबाट नियाल्दा ।
 समय अनुसार रारा तालको रंग परिवर्तन गर्ने कला देखेर हामी रमाउदै बसेका थियौ।
 रारा ताल
 रारा तालको आकृति देखे पछि दंग हुनेनै भयौ हामी।
 तालको पानी यसरी निष्कासन भएको देखिन्छ।
 रारा तालको पानी निष्कासन र ताल परिक्रमा गर्ने गोरेटो बाटो
 पश्चिमी दिशाबाट रारा तालको पुर्वी दिशा नियाल्दा
 रारातालको  पानी निष्कासन
 रारा ताल
 रारा तालको विशाल जलाधार
रारा तालमा फुटबल प्रेमी

घुमीफिरी उही रुम्जाटार


नेपाल बिमान सेवा रुम्जाटारको धावन मार्गमा अवतरका लागि तयारी गर्न लाग्दै ।
बिमानको आँखी झ्याँलबाट रुम्जाटारको धावन मार्ग

 रुम्जाटारको घावन मार्ग
 रुम्जाटारको धावनमार्ग
रुम्जाटारको धावन मार्ग।
राजधानीको आन्तिरिक बिमान स्थल



नेपाल बिमान सेवाको आँखी झ्याँल बाट राजधानीलाई नियाल्दा

रारा ताल परिक्रममा गर्दाका बखत (Great Himalaya Trail 2016)

 रारा तालको सौन्दर्यले हामी तीन जना लाठेहरुलाई लठ्ठै बनाएको थियो।

  रमाउदै गर्दा भान्जा बिशाल जीले सुटुक्कै हामीलाई यसरी उतार्नु भएछ।
 भान्जा बिशाल र किशोर सर रारा तालको पश्चिमी मोहाडामा अानन्दित हुनुहुँदै

 रारा ताल परिक्रमा गरि होटल भिलेज हेरिटेज तिर फर्कदै  म र किशोर सर।
 घामपानीको जादुले क्षितिजमा छाँयानाथ हिमाललाई लुकाउदै ईन्द्रेणीको तमासा रारा तालको कञ्चन पानीमा।

Wednesday, October 4, 2017

जुम्लाको चुच्चेमारा लेक बाट रारा ताललाई नियाल्दा

हुम्ला देखि पदयात्रा गर्ने क्रममा २८ दिनमा मुगु र जुम्लाको सिमावर्ती चुच्चे मारा लेक 3800 मिटरको उचाईमा पृष्ठभूमिमा रारा तालको सुन्दरतामा रमाउदै । रारा ताललाई अन्तिम दृष्य नियाल्दै जुम्लाको सिंजा उपत्यका तिर  लाग्नु अगाडि हामी। करिव एक घण्टाको बसाईमा मौसमले तमासा देखाउदै थियो। पानी पर्ने घाम लाग्ने भुईकुहिरोको हुलेले ढाक्ने। NTC को नेटवर्क भएकाले सामाजिक संचालमा केहि तस्विर अपलोड गरेका थियौ। काला र सेता रंगका घोडाहरु पाटनमा चर्दै गरेका देखिन्थे ।
किशोर सर म चुच्चेमारा लेकमा रारा ताललाई पछाडी राख्दै।
 किशोर सर बिशाल भान्जा र म चुच्चे माराको लेकमा रमाउदै। रारा ताल देखि लम्फू भएर उक्लिएका थियौ।
हिँउ पर्ने याममा यस लेकमा धेरै मुगालीले  ज्यान गुमाउने स्थान रहेछ। भारीहिमपात पर्ने र प्रकृतिलाई जित्छु भनेर चुनौती गर्ने मुगालीको अकालमा ज्यान गुमाउने लेक रहेछ।
बिशाल भान्जा चुच्चे मारा लेक बाट रारा ताललाई नियाल्दै।

चुच्चेमारा लेक बाट रारा ताल नियाल्नु हुँदै किशोर सर बिशाल भान्जा र हाम्रो सहयोगी भौउ बहादुर भाई
चुच्चे मारा लेक बाट गोरुसैन्य तिर ओरालो लाग्दै गर्दा मुसलधारे पानीले रुझाउनु सम्म रुझाएको थियो हामीलाई। 

Tuesday, October 3, 2017

रारा ताल लाई सम्झदा


हुम्ला देखि पदयात्रा गर्दै मुगुको रारा ताल २५ दिनमा आईपुगेका थियौ। रारा ताल पुगेको दोस्रो दिन रारा परिक्रमा गर्ने क्रममा पारिलो घाम ताप्दै किशोर सर ।

हरियाली बनकुञ्ज भित्रको स्वच्छ वतावरणमा निलो र कञ्चन रारा तालको पानी  नियाल्नु हुँदै किशोर सर

 मनै कुटुक्कै पार्ने  मुगुको रारा ताल

हुम्लाको हिल्सा र लिमि भ्याल्ली हुँदै मुगुको रारा तालमा पदयात्रा गर्दै २५दिन आईपुग्दा सारा थकान भुलाउदै रारा तालको प्राङ्गनमा बिशाल भान्जा र किशोर सर ।

खै के भन्ने हो रारातालको तमासाले सबै स्मरण नै भुलाउने रहेछ।
म पाखाली भ्याकुर र किशोर सर पनि एक झ्याँप्प यसरी देखियौ रारा तालमा ।

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...