Total Pageviews

Tuesday, September 5, 2017

सगरमाथा लाई नजिक बाट नियाल्दै जादा


























बिदादारीको मोहनी लगाउने कला


















Great Himalaya Trail Day(24 Rara Lake)

Day-24 

Great Himalaya Trail

Gamghadhi To Rara Lake (Mugu)
04 August 2016
रारा ताल नियाल्दै भान्जा बिशाल र किशोर सर

रातभरी पानी परिरहेको थियो। 0700Hrs ब्युँझे। बार्दलीमा निस्के। चारै तिर झलमल घाम पोखि सकेको थिए छ। रारा तालको सौन्दर्य देखे। खुशीले भुत्तुकै भए म । बिशाल भान्जा र किशोर सर सुत्दै थिए। हतार हतार क्यामरा लिन कोठामा छिरे। क्यामरा लिई तालको आगनमा गए। रारा ताललाई नियाल्दै र रहर मेटुन्जेल फोटो खिचे मैले । 0800Hrs होटलमा फर्कदा बिशाल भान्जा र किशोर सर चिया पिउदै रारातालको फोटो खिच्दै रमाउदै बसिरहनु भएको रहेछ बार्दलीमा ।

मास्टर सेफ हेम राई भाईले रारा तालको सुन्दरता हेर्नका लागि होटल भन्दा माथी को चौउरमा लगे। रारा तालको सानदार दृष्यले लठ्ठै भयौ। हामी तीन जना लाठेहरु। डनल्पमा बस्दै चिया कफि पिउदै बस्यौ। 0815Hrs देखि 1330Hrs सम्म रारा तालको चमक र सौन्दर्यमा मन्त्रमुग्ध भई रहेका थियौ। अनौठो कुरा के देख्न पायौ भन्दा हरेक घण्टामा तालको रंग र स्वरुप परिवर्तन हुँदा दंग भएका थियौ। तालको पानीमा थप आकर्ष दिदै देखिन्थे अनेक आकृतिको स्वरुप । यस्ता दृष्य देख्न पाउदा हर्ष र खुशीको चुली थियो हाम्रो । गमगढी र ताल्चा तिर बाट सेतो कुहिरो उड्दै आकास तिर जादा तालमा छाँया पर्दा रोचक र रौनक्ताको चित्र उत्रिदा गजब देखिन्थ्यो। क्षितिजमा छाँयानाथ हिमालको शिखरमा हिँउ टल्कदै गरेको देखिन्थे।

हुम्लाको हिल्सा देखि पदयात्रा गर्दै २४ दिनमा धेरैले गुण गाएका नेपालको ठुलो ताल रारा हेर्न पाउदा यात्राको कष्ठहरु सजिलै भुलेका थियौ। कफि र चिया सकिने बित्तिकै हेम भाईले ल्याईदिई हाल्थे। फापरको रोटी संग मह र जडिबुटीको अचार चोप्दै जिब्रो पटकाउदै खायौ। खाजा मिठो थियो। खाजा खाए पछि शान्त वतावरण र पारिलो घाममा बिशाल भान्जा र किशोर सर 3000 मिटरको उचाईमा गजबले निदाउन थाल्नु भयो। म भने रारा तालको बिभिन्न आकृति र फोटो भिडियो खिच्दै बस्दै गर्दा । आर्मीको हेलिकप्टर तालको छेवै छेव उड्दै आयो। किशोर सर र बिशाल भान्जा पनि ब्युँझनु भयो। आर्मीको हेली प्याडमा अवतरण भए। जर र कर साब साथै उनका श्रीमती र लक्का जवानी छोरीहरु घोडा चढे र रारा तालमा डुंगा सयल गरे। हामीले दुरवीन बोकेका थियौ। पालै पालो दुरवीनले हेर्यौ । रारा तालको शान्त वतावरणलाई हल्ला गरि बिथोल्न खोचे ति लक्का जवानी छोरीहरुले। एक घण्टा पछि उक्त हेलिकप्टर उड्यो। हामीले प्रणय गरेका थियौ। रारा तालमा डुंगा नचढ्ने। कारण शान्त अवस्थामा रहेको पानीलाई नबिथोल्ने। साथै डुंगा चढ्ने चेष्टा गरेनौ। मुर्मा गाउका समितिले डुंगा संचालन गर्ने रहेछन्। हेम बहादुर राई भाईले खाना लिएर आउनु भयो। स्थानिय च्याँउ र साग संग खाना गजबले खायौ। खानाको परिकार मिठो थियो। रारा ताल अघाउञ्जेल सम्म हेर्यौ। हाम्रो तन मन बेलुम उडेको जस्तै भईरहेको थियो।
  
गोधुली साँझ पख तालको आगन तिर गयौ। जुम्लाका शैक्षिक भ्रमण गर्न आएका बिधार्थीहरु भेट्यौ। उनीहरु पनि रमाउदै मोबाईलमा फोटो खिच्दै देखिन्थे। सन्ध्याको स्वागत संगै हेम भाईले हाम्रो टेवलमा लोकल ल्याई दिए। चिरिप चिरिप दिदै गर्दा ठुलो पानी पर्न थाल्यो। पानी परेको आवाज सुन्दै हामी तीन भाई गफगाफ गर्दै बस्यौ । ज्यादै मिठो तरिकाले खानाको परिकार पकाउन शीपालु हेम भाई पनि खाना पछि लोकल ट्वाक दिदै उसको भोगाईको गफ सुन्दै रातको १० बजे सम्म बस्यौ।


   


















































Sunday, September 3, 2017

चिडिया घरको पहिलो अनुभव



SLC दिएको एक महिना पछि गाउबाट काहिला मामा संग काठमाण्डु आएको थिए। उहाँ भर्खर पल्टन देखि बिदा लिएर आउनु भएको थियो ।  गाडी देखेको थिएन मैले। कटारीबाट त्यस बेलाको चर्चित लालीमा रात्री बस सेवा बाट मामा भान्जा काठमाण्डौ हुँईकिएका थियौ। पहिलो पटक गाडी चढेकाले बान्ता गजबले गरेको थिए। उबेला हाम्रो गाउका चेलीबेटीहरु गलैचा बुन्न काठमाण्डु जान्थे। दशैमा घर फर्कदा मुग्लिनको डरलाग्दो भिर  र थानकोटको घुमाउरो रोडको गफसु्न्दा कहिले काठमाण्डु जाउ लाग्थ्यो। स्कूल जाने र सुत्ने समय बाहेक बाँकी समय रेडियो सुन्ने गर्थे म। रेडियो धेरै सुन्ने भएकाले होला मलाई काठमाण्डुको थोर बहुत जानकारी थियो। नसुती छर्लङ्ग रात कटाएको थिए पुरानो बस पार्क आईपुग्दा। बिहानको ९ बजेको थियो।



खुशीले म होस हवास भएको थिए। मामा भान्जा ट्याक्सी बाट फेरि हुईकिएका थियौ बौद्ध तीनचुली तिर । जहाँ मेरो साईला मामा बस्नु हुन्थ्यो। ट्याक्सी यात्राको क्रममा धरहरा बिर अस्पताल रानीपोखरी घण्टाघर नारायणहिटी र बौद्ध स्तुपा देखाउदै मलाई जानकारी दिनु भएको थियो मामाले ।१६ बर्षे हुरहुरे बैषमा जोस उत्साह र खुलदुली भएको थियो राजधानी छिर्दा।
काठमाण्डुको मल्ल कालीन सभ्यता र राणा कालीन समयमा निर्माण भएका दरवार तिर घुमाउनु लैजानु भएको थियो। बिशाल बजारको स्केलेटरमा कसरी चढ्ने त्यो पनि सिकाउनु भएको थियो। 
जावलाखेलको चिडिया घरमा पस्दा बडो हर्षले गदगद भएको थिए म। मामाले मलाई सबै जनावरको जानकारी दिदै जानु भएको थियो। जब मैले नजिक बाट बाँध  सिँह हात्ती र गैडा नजिक बाट हेर्न पाउदा म  एकदमै खुशी भएको थिए। मेरो खुलदुली र हुटहुटी यि हिंस्रक जनावर नजिक बाट देख्न पाएर मख्खै भएको थिए। हाल कुनै पनि चिडिया घर जादा मेरो बिगतको त्यो हर्षित क्षणलाई सम्झि हाल्छु।


  




Sunday, August 27, 2017

SINGAPORE मा मेरो बाल्यकाल र टिनेज लाईफ रोजेर खोजेर नपाईने खालको थियो । निरुपा गुरुङ(D/O 9114)

निरुपा गुरुङ(D/O 9114)
Time:-1500Hrs
Location:- Sundhara
Date:- 08 March 2013


सिभिल मलमा प्रवेष गर्यौ। निरुपा गुरुङको(D/O9114) फेन्सी पसल खोज्दै दुई तलमा पुग्यौ म र धनु भान्जी।उहाँ आफ्नो पसलमा सरसमानहरु मिलाउदै गरेकी देख्यौ। धनु भान्जीलाई देख्नै बित्तिकै मुस्कुराउदै दिदि भित्र आउनुहोस भनिन्। सिंगापुर र नेपाल बस्दाका जीवन शैली बाँड्नका लागि मैले निरुपा भान्जीलाई आग्रह गरे। कफि पिउदै कुराकानी गर्न थाल्यौ हामी


निरुपा गुरुङ । सिंगापुरको केके अस्पतालमा जन्मेकी हुँ। सिडार प्राईमरी र सिडार गल्स हाई स्कूलबाट ‌ओ लेवल पास गरेकी हुँ Mount Vernon मा मेरो बाल्यकाल र किशोर जवानी रमाईलो गरि बिताएकी थिए। बाल्यकालमा साथीहरु संग सेभेन स्टोन खेल खेल्थ्यौ। शनिवारको दिन ड्रिल सिडमा फिल्म देखाईन्थ्यो चकटी लिएर हेर्न जान्थ्यौ हामीटिनेज लाईफमा  साथीहरु संग आईस स्केटिङ खेल्न जान्थ्यौ। साईकल कुदाउन ईष्ट कष्ट पार्कमा जान्थ्यौ । सामुन्द्रिक किनारमा गफगर्दै बस्दा रमाईलो हुन्थ्यो। गोर्खा गल्स क्लबको कृयाकलाप तिर भाग लिईन्थ्यो। सेन्तोषा, बुकितिमाह हिल र म्याक्रेजी रिजभवर तिर हाईकिङ्ग गईन्थ्यो साथीहरु संग। बेलुकी खाना खाई सके पछि आण्टिहरुको गफ सुन्दै साँझको सितल हावा लिदै ईभिनिङ वाकिङ गर्थ्यौ। परेड स्वाएरमा नाच गान हेर्न जान्थ्यौ दशैमा। राँगा र बोका मार गरेको हेर्न जान्थ्यौ मार घरमा पनि। देउसी भैलो खेल्दा रमाईलो हुन्थ्यो। आण्टिहरुले घर भित्र बोलाएर सेलरोटी दिन्थे।

सिंगापुरको मन पर्ने खाना र भुल्न नसक्ने क्षणहरु प्रश्न राख्दा। खानाको कुरा सुन्ने बित्तिकै निरुपा भान्जी हर्षित हुनुहुँदै ‍औंला गन्दै बताईन्। मिगोरेङ, मिसेम, हडक, नगेट, रोटीपराट्टा र नासिलेमाक असाध्यै मन पर्ने खानेकुरा हो। भन्नै भुलेछु चिकन राईस अनि पोक राईस पनि होनी अन्तिमा बताईन्! सिंगापुरमा वाल्यकाल र किशोर अवस्था मैले एकदमै रोमान्स गरेर बिताए साथै नेपाल फर्के पछि पनि। म मेरा बाबा र ममीलाई धन्यवाद दिन चहान्छु। बाबा पल्टनमा नहुनु भएको भए मैले यस्तो अवसर कहा पाउथे। जीवनमा मैले चाहेका शोख र रुचीहरु पुरा गरे। म बिवाहित हु। कहिले काहि सम्झन्छु सोच्छु। मेरो जस्तो बाल्यकाल र युवा अवस्थामा मैले गर्न पाएको रोमाञ्चकारी क्षण जस्तै। मेरा नानीहरुलाई दिन सक्छु कि सक्दिन भनेर कल्पना गर्छु। यति भनि सके पछि केहि क्षण आफ्ना नानीहरुलाई सम्झिए निरुपा भान्जी।

सन् १९९४ सालको जुलाई महिनामा नेपाल फर्किए । सिंगापुर सधैको लागि छोडेर नेपाल फर्कनु मलाई कुनै सुर्ता लागेको थिएन्। साथीहरु छोडेर आउनु पर्दा हल्का बेमज्जा त भएको थियो। जीवनको अर्को पृष्ठ विताउनमा हत्तार थियो मलाई। त्यस बेला काठमाण्डु अहिलेको जस्तो धुलो, धुवाँ र हिलो थिएन्। बर्षा याम भएकाले डाँडाकाडामा कुहिरो थुप्रेको देख्दा आनन्द लागेको थियो।  केहि हप्ता काठमाण्डु बसे पछि तनहुँ ग। गाउको बसाई अझ रमाईलो लागेको थियो। किन भने सेतो कुहिरोले ड्याम्मै चारै तिर ढाकेको देख्न पाउदा। सिंगापुरमा त्यस्तो वतावरण देख्न पाईन्न। नेपाल फर्के पछि मलाई न्यास्रो लागेन्। सधै नौला किसिमका दृष्यहरु देख्न पाईएकाले मख्खै थिए। सिङगापुरको झल्का र यादै आएन्। बृटिस काउन्सिल बाट ए लेवल पास गरे सन् २००६ देखि २००९ सम्म बिमान परिचालिकाको काम गरे कत्तार वायुसेवामा । हाल फेन्सी पसल ब्यबसाय गरेकी छु। सुःखी र खुशी पारिवारिक जीवन बिताई रहेकी छु। जीवन भनेको रमाईलो गरि बिताउनु पर्छ हैन । गफ गरि रहदा कफि पिई सकेका थियौ हामीले।




तीज पर्व

२०१७ सालको तीज पर्व हर्ष उल्लासका साथ मनाए।

Saturday, August 26, 2017

Great Himalaya Trail (Day-23) Gamgadhi To Rara (Mugu)

Day-23

Great Himalaya Trail
Gamghadhi To Rara Lake (Mugu)
03 August 2016 
रारा तालको आगनमा रमाउदै हिड्दै म र किशोर सर ।

0545Hrs उठे म। मोतिलाल भाई उठिसकेर सिमिकोट फर्कनका लागि तयार भईसकेका रहेछ। मैले चिया पिए ।  मोतिलाल भाईले वाईवाई खाजा र रोटी आलु खाजा खाए। दिनको रुपैयाँ 2000का दर र  टिप्स हिजो बेलुकी दिएका थियौ।  किशोर सर र बिशाल भान्जा सुतिरहेको कोठामा बिदा माग्न गए। 0600Hrs म र मोतिलाल भाईले हात मिलाउदै राम्रो संग सिमिकोट पुग्नु होला भन्दै अन्तिम हात मिलाउदै मोतिलाल भाई गमगढी देखि हिडे। मोतिलाल ले आफूले पढ्न नपाए पनि  आफ्नो श्रीमतीलाई कक्षा ८ मा सिमिकोटमा पढाउदै रहेछ। प्रेम बिवाह गरेका रहेछ। भारी बोकेर भए पनि श्रीमतीले कति पढ्न चहान गर्छन् त्यति सम्म मढाउछु भनेको छु। कहिले काही मेरी बुढीले स्कूल छोड्ने कुरा गर्दा पनि मैले छोड्नु हुदैन भनेर भन्छु भनेर हामीलाई सुनाएका थिए। उनी एकदम मिहेनेती र ईमान्दार मान्छे रहेछ। उसको पेशा भनेकै ट्रेकिङ को भारी बोक्ने रहेछ। कर्णालीको सबै क्षेत्रमा भारी बोकेर पुगेका रहेछ। 

मोतिलाल भाई गए पछि कफि पिउदै ईन्टरनेट चलाउन थाले मैले। ८ बजे किशोर सर र बिशाल भान्जा पनि ब्युँझ्नु भयो। आकास खुलेको थियो। घाम पारिलो लागेको थियो। रिल दुक भाई र उहाँको साथीहरु संग गफगर्दै कफि र चिया ३ पटक सम्म पियौ। पल्सर बाईक यात्रा सफल रहोस सुर्खेत सम्म राम्रो संग जानु होला भन्दै हामीले हात मिलायौ र छुटिनु पुर्व सामुहिक फोटो खिच्यौ। 0900Hrs भाई रिलदुक र उहाँको साथी हिलोमा बाईक लर्वराउदै लाग्नु भयो । म र बिशाल भान्जा कमाल काट्न लाग्यौ हजामको मा। खाजा खाना हामी ३  जना किशोर बिशाल र म रेडिसन क्याँफेमा गयौ। ईन्टरेनट चलायौ। रारा ताल २ दिन बस्ने । फर्कने गमगढीमा । त्यस पछि गमगढी देखि सिन्जा जाने योजना भएकाले हामीले हाम्रो समान केहि नलैजानेक्यामरा र स्लिपिङ ब्याग मात्र बोकेर लैजाने भयौ। बाँकी हाम्रो समान कोठामा राख्यौ। दिनको १००० का दरले। 

1300Hrs रेडिसन होटलमा खाजा खान पस्यौ। ईश्वर सरलाई बोलाएका थियौ।आरामले ३ घण्टामा पुगि हालिन् रारा ताल भन्दै गफ हान्दै बस्यौ।1500Hrs बाटो लाग्यो गमगढी देखि रारा ताल तिर। घाम लागेको थिएन । पानी पर्ने छनक देखिरहेका थियौ क्षितिजको थुम्का तिर। बिधार्थीहरु स्कूल र क्याम्पस सकेर घर उक्लिदै थिए। फोटो खिच्दै कछुवाको गतीमा हिड्यौ। किशोर सर र बिशाल भान्जाले रारा ताल कति घण्टामा पुगिन्छ सोधे छन् स्थानियलाई । 1730Hrs आर्मीले गेट बन्द गर्छन् तपाईहरु छिटो जानुस भनेछन्। म गमगढि बजारको तस्विर खिच्दै थिए। हातको ईसार गरेर छिट्टो आउनु भने किशोर र बिशाल भान्जाले। ४ बजेको थियो। गेट बन्द हुन्छ रे । के अव साढे एक घण्टा पुगिन्छ। हामी एक आफसमा सल्लाह गर्यौ। त्यस पछि कसियौ हिड्नलाई। हाम्रो गति बढ्न थाल्यो हिड्नमा तर बाफ्रे उकालो बाटो लमक लमक लम्क्यौ। पसिनै पसिना छ।थाकेर लोथ भई सकेका थियौ।बाटामा आमा मातेर लोथ छोरीले समाउदै हिडेका भेटेका थियौ। 

आर्मी चेक पोष्ट आउनु भन्दा मुनि  एक चमेना गृह रहेछ । चेक पोष्टको गेट कति बजे बन्द गर्छ । शुरुमा सोध्यौ। साँझको ७ बजे भने पछि हामी ढुक्क भयौ। घडि हेरे ५ बजेको थियो। चिया पियौ। धारामा मुख धुयौ। फ्रेस भयौ। ५तिस बजे आर्मी चेक पोष्टमा नाम लेखायौ। झोलका समानहरु जाँच गरे आर्मीले। दिन छोटो भएको समय ५ बजे र दिन लामो समय भएको बेलामा ७ बजे गेट बन्द हुने कुरा बताए आर्मी भाईले। लोभ लाग्ने सल्ला घारीभित्र को तेर्स्रो बाटोमा रारा ताल कति बेला देख्न पाईला भन्दै हुटहुटी भईरहेको थियो हामीलाई। निलो रंगमा रारा ताल फ्याँट्टै देख्दा हामी हर्षले चिच्याँयौ। फोटो खिच्न थाल्यौ।चारै तिरका डाँडामा सेतो कुहिरो डुल्दै गरेका थिए। हिड्ने बाटोको दाँया बाँया ठाउ ठाउमा खल्डो खनेका रहेछ फोहोर मैला राख्नका लागि। सल्लाका रुखहरु एउटै साईजका देखिन्थे। 

निकुञ्जको आर्मी ब्यारेकमा आईपुग्यौ। फेरि नाम लेख्यौ। हाम्रो झोलाको समान चेक गरे। रारा तालको पानी शान्त छ। गोधुली साँझले स्वागत गर्न थाली सकेको थियो। रहर लाग्ने दृष्य र वतावरणमा हामी हेरी बस्यौ। साँझको ७ बजेको थियो रारा ताल पुग्दा। मुर्मा गाउका ३ जना पुरुष र २ जना महिला मगगढी हिडेका भन्दै थिए। छिटो नाम लेखिदिनुस रात पर्यौ भन्दै थिए। ति पुरुषको बोल्ने ढंग रुखो  सुनिन्थ्यो। आर्मीलाई झोक चलेछ । घडी हेर कति बज्यौ। तलाई फर्काईदिउ । छेवैमा आर्मीका क्याप्टेन पनि थिए। उसले पनि भक्कु थर्काए। यिनीहरुलाई जानु नदे फर्काई दे तुरुन्त । क्याप्टेनले हामीलाई भन्दै देख्नु भयो यिनीहरुको बोल्ने ढंग सुनिहाल्नु भयो देखि हाल्नु भयो हैन। मातेर आउछ। उल्टो थर्काउछ। नरम र गल्ति स्विकार गरे बिन्ति गरे  पछि जानु दिए। 

रारा तालमा डाँफे र भिलेज रारा हेरिटेज मात्र भएकाले हामी भिलेज रारा हेरिटेज होटलमा गयौ। जुम्ला बाट शैक्षिक भ्रमणमा आएका दुई जना मिस र बिधार्थीहरु तालको छेवैमा फोटो खिच्दै थिए। उहाँहरु संग मैले चिनापर्ची  गरे। डाँफे होटलमा बसेका रहेछन्। भरै हाम्रो साँस्कृतिक कार्यक्रम छ। हेर्नु आउनु होला भनेिन् एक जना मिसले। कर्णाली भेक तिरको साँस्कृतिक कार्यक्रम हेर्ने उत्साह थियो हामीलाई।हामी आउछौ भरै भटौला भन्दै हामी लाग्यौ हेरिटेज होटल तिर। पाहुना कोहि थिएन्। हामी होटलमा पस्दा झम्के साँझ भईसकेको थियो। मुसल धारे पानी पर्न थाल्यो। मुख धोयौ। फ्रेस भयौ। किशोर सर र बिशाल भान्जा लोकल चिरिप चिरिप दिनु थाल्नु भयो । मैले कालो कफिको सुर्का लगाउन थाले। मास्टर सेप धन्कुटाको राई भाई ज्यादै पाहुनालाई सत्कार गर्ने र उहाँको २ जना सहयोगी रहेछ। चारै तिर चकमन्न अध्यारो रात । पर्तिर आर्मी ब्यारेकमा घण्टी को आवाज बेला बेलामा सुनिन्थ्यो। सोलार बाट निक्लेको प्रकाश मुनि सफा र आरामदायी कुर्सीमा बस्दै टेबलमा सजिएको स्थानिय स्वाँदिष्ठ खाना खादै गफगाफ गर्दै थियौ। रात छिप्पिदै गईरहेको थियो। किराहरुको एकोहोर आवाज आईरहेको थियो। छेवैमा रारा ताल शान्त छ। बेला बेलामा जुनकुरी उडेको देखिन्थ्यो। रातको 1100 सम्म टेवलमा गफियौ। मुसलधारे पानीले गर्दा शैक्षिक भ्रमण गर्न आएका दुई जना मिसले दिनु भएको निमन्त्रणामा भिलेन बनेर निस्क्यौ मुसलधारे पानी भन्दै ठट्टा गर्यौ। 



गमगढी बजार देखि उक्लिने क्रममा 






गमगढी बजारको सेरोफेरो । उक्लिने क्रममा




रारा ताल उक्लिने क्रममा भान्जा बिशाल र किशोर सर गमगढीको उकालो बाटोमा सेन्टीफ्याँट भएको अवस्था

गमगढी बजार 

रारा ताल को प्राङ्गनमा किशोर सर र म हर्षित मुद्रामा । धन्यवाद हाम्रो फोटोग्राफर बिशालई भान्जालाई
किशोर सर र बिशाल भान्जा रारा तालको आगनमा 









रारा भिलेज हेरिटेज होटलको कोठामा बिशाल भान्जा र म रमाउदै । 

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...