Total Pageviews

Wednesday, August 23, 2017

पर्वले खुशी ल्याउछ

हरितालिका तीज

तीज पर्वमा छरछिमेकी दिदीबहिनीहरु  प्रप्स बोक्नु हुँदै खुशी हुने काईदामा ब्यस्त ।


तीज पर्व महिलाको  बिशेष पर्व हो।  रातो साडी र गरहना पहिरी माईत गई दुःख सुःखका कुराहरु गरि दरखाने बस्ने परम्परागत चलन मुस्किलले देख्न सकिन्छ होला सायद। पहिरणको रंग परिवर्तन नभए पनि भेषभुषामा भने डिजाईन  परिवर्तन भएको देख्न पाईन्छ साथै फरक शैलीमा सुधारिएको तीज पर्व मनाईएको पनि देखिन्छ। समयको परिवेषले गर्दा पनि यस्तो भएको जस्तो लाग्छ।  

बिकसित राष्ट्रमा समयले सधै कन्जुसाई गरेको हुन्छ। यसपालीको हरितालिका तीज श्रीमान् र बालबच्चाका साथ स्वस्थ्य र हाँसी खुशी तरिकाले मनाउने योजना गरेका रहेछन्। ६८को २ तल्ला का छरछिमेकका दिदीबहिनीहरुले। कामको खापाखाप र चापाचापमा पनि काम गर्ने समय मिलाएका थिए । गोधुली साँझले हाईराज भवनको घुरीबाट प्रवेष गर्दै देखिन्थ्यो। दिदी बहिनीहरु तीज पर्वको लागि फोटो खिच्नका लागि ब्यानर देखि अन्य सजावट  गर्नमा ब्यस्त देखिएका थिए।

सूर्यको उषा कुलेसा तिर छरिसकेका थिए। दिदीबहिनीहरु तीज पर्व मनाउनका लागि आफूलाई मनपरेका पहिरणमा देखिए।  सुखी र खुशी परिवार कसरी रहने प्रप्स बोक्दै फोटो खिच्नमा मख्ख र प्रशन्न मुद्रामा देखिए। फोटो सेसन समाप्त भए पछि नेपाली परम्परागत खानाको स्वाँदमा श्रीमान् टोली बिबिध गफगाफमा ब्यस्त देखिए भने श्रीमती टोली तीजको लोकगीत टेप्रीकोटमा लगाउदै नृत्य गर्दै यसपालीको हरितालीका तीज पर्व मनाए।  

तीज पर्वमा दिदी बहिनीहरु हर्षित मुद्रामा सामुहिक तस्विर खिच्चका लागि लाग्नु हुँदै।
  










Friday, August 18, 2017

वल्ड पुलिस फायर गेम्स 2017

अमेरिकाको लस एञ्जिलिस शहरमा   August 7th to 16th  2017 वल्ड पुलिस फायर  गेम्स सम्पन्न  भयो। उक्त खेलको रनिङ  प्रतियोगितामा 10किलो मिटर र हाफ म्याराथुन रनिङमा निमेस गुरुङले(20844) स्वर्ण पदक जित्नु भयो। स्वर्ण पदक भिर्न पाउदाका रमाईलो अनुभुति बाँड्नु हुँदै निमिस गुरुङ । 



Tuesday, August 15, 2017

Great Himalaya Trail (Day-22) Napha To Gamgadhi(Mugu)

Day-22

Great Himalaya Trail
Napha To  Gamgadhi(Mugu)
02 Augest 2016
मुगु जिल्लाको गमगढी बजारको पुछारमा ईश्वर मल्ल संग रमाउदै हामी।

उठ्दा नाफा गाउ खुलेको थियो। चिसो मौसम थियो। चारै तिर देखिएका डाँडाकाँडा तिर हल्का सेतो कुहिरो उड्दै गरेको देखिन्थ्यो । एकाबिहानै लटरम्म हाँगै नुहिने गरि फलेको हरियो स्याँउको झ्याँङले नाफाको सौन्दर्य बढाएको देखिन्थ्यो। बारीको पुछारमा चर्पी भएकाले आफैले धाराबाट पानी लिएर जानु पर्ने भएकाले हामी पालै पालो गयौ । राती मुसलधारे पानी परेकाले होला आकास रित्तो देखिएको थियो। वाईवाई र चिया खाजा खायौ। ज्यान तातो बनायौ। खच्चरहरु घण्टी बजाउदै दाना चपाउदै थिए। ड्राईभरले खच्चरका लागि समान तयारी गर्दैं देखिन्थे। रु3000 तिरि  0800Hrs नाफा बाट हल्का ओरोलो गल्लीको कुईनेटोमा हिड्न थाल्यौ।

४०मिनेटमा बाम गाउमा पुग्यौ। रुझाउने खालको पानी पर्न थाल्यो।  बाम गाउ रमाईलो बस्ति रहेछ। पुरानो शैलीमा बनेको मुगाली समाज देख्यौ। कुनै कुनै घर पानी रसाएर भत्कन लागेको पनि देख्यौ। मकै बारी भित्र आलु उब्जनी गजबले हुर्केका देख्यौ। बामको बस्तिमा हिलो गजगज थियो। त्यहि हिलोमा हिड्दा हाम्रो बुर्जुत्ता कालो पोलिस लगाएको जस्तै देखि सकेको थियो। हिलो र झिङ्गा हटाउने जनचेतना फैलाएमा गाउ अतिनै रमणिय  र सौन्दर्य गाउ हुने थियो। नाफा देखि बाम सम्म हिड्दा एक किसिमको आनन्द दिने खालको वतावरण थियो । हामी रमाई रहेका थियौ उक्त बाटोमा।

बाम गाउ देखि बाटो सिधै ओरालो घुम्तिको बाटो शुरु भयो। पातलो सल्लाका रुखहरु थिए। ओरालो बाटोमा हिड्दा हामीलाई कष्ट भईरहेको थियो। उकालोमा हामी हिड्न गजबले सक्ने तर ओरालो भने पछि हिड्ने नसक्ने थियौ। पानी बसी सकेको थियो। घाम भने लागेको थिएन्। झर्दै गर्दा NGOका २ जना बहिनीहरु भेट्यौ। एक जना बाम गाउका र अर्की बुटवलकी परिचयको क्रममा बताईन्। करिव १० मिनेट गफगाफ गर्यौ। हामी हुम्ला देखि ताप्लेजुङ सम्म हिडेका भन्यौ।  ति बहिनीहरुले यात्राको शुभकामना दिए। हामीले पनि सुझाब दियौ। हिलो र झिङ्गा हटाउने जनचेतना फैलाउनु पर्यौ है कर्णाली तिर ।  झर्दै गर्दा पारी नेटाकोट गाउ देखि थाल्यो । बिच बाटामा एक घर चिया पसल रहेछ। पसिनाले ज्यान भिजि सकेको थियो। चिया पिउदै बस्दै गर्दा हुम्ला देउलीका ५५ बर्षका श्रीमान र ४३ बर्षकी श्रीमती आफ्नो २ बर्षको छोरा बिरामी भएकाले गमगढी उपचारका लागि हिडेका रहेछ। हाम्रै सामुन्ने बसे। थकान र चिया पिए पछि संगै ओरालोमा गफगर्दै झर्यौ।
गमगढी देखि हुम्लाको देउली सम्म जोड्ने सडक नेटाकोट गाउको पाखा सम्म आईपुगेको देख्यौ। सडक खनेकाले पाखामा होली खेलिएको जस्तै रंग देखिएको थियो। खोला तरे पछि सिधै उकालो बाटो शुरु भयो। पसिनै पसिना भएर नेटाकोटमा पुग्यौ।


मुगुको गमगढी बजारको रेडिसन क्याँफेमा ईश्वर मल्ल सर संग हर्षित मुद्रामा 
तल खोचमा मुगु कर्णाली धमिलो रंग लिएर मन्द गतिमा बगेका र पारी गमगढि बजार देख्यौ। नेटाकोटमा पुग्दा 1100Hrs भएको थियो। घडि हेर्दै हामी 1300Hrs पुग्छौ होला भन्यौ। चिया र वाई वाई खादै । रारा ताल डाँडाको माथी हो भन्दै स्थानियले हामीलाई बताए।  1130Hrs नेटाकोट बाट खाजाको रु1000 तिरी ओरालो बाटोमा गमगढी हेर्दै ओर्लन थाल्यौ। खच्चर  भेडा र खसीले समान बोकेर मुगु कर्णाली नदीको झोलुङ्गे पुलमा लस्कर देखिए। रेडबुल पिउदै १०मिनेट थकान मेटायौ। झोलुङ्गे पुल तरे पछि हल्का घाम लाग्न थाल्यौ। पसिना आउने नै भयो। छाता ओढ्दै कछुवा गतिमा उक्लियौ। चंखेली शिर देखिएको थिएन् । केवल ज्यान मात्र देखिएको थियो। भोलि बिहान देख्ने आशाबादीमा उक्लि रहयौ। गमगढी बजार को पुछारमा आईपुग्दा सिमसिम पानी ओईरि हाल्यो ।

1400Hrs बजे होटल डेनलमा आईपुग्यौ। तातो पानी भएकाले पालैपालो नुहायौ। रिलदुक भाई र उहाँको साथी ४ जना काठमान्डु देखि पल्सर बाईक टुरमा रारा घुमेर पहिरोले बाटो छेकेको कारणले डेनल होटलमा २ दिन देखि बसिरहेको रहेछ। उनीहरु संग चिया पिउदै गफगाफ गर्दै गर्दा किशोर सरको मित्र गमगढीका स्थानिय ईश्वर मल्ल जी पनि आईपुग्नु भयो। यात्राको गफगाफ गर्दै गर्दा खाना तयार भयो। खाना खायौ । वाईफाई भएकाले यात्राको फोटो र लाईभ भिडियो फेसबुकबाट गर्यौ र 1700Hrs सम्म सुत्यौ। 

ईश्वर मल्ल बिदेश बाट उच्च शिक्षा हासिल गरि आफ्नै ठाउको बिकास गर्नका लागि NGOमा काम गर्नु हुन्छ। ईश्वर मल्ल किशोर सरको मित्र हुनुहुन्छ।1800Hrs ईश्वर जीले हामीलाई गमगढी बजारको पुछार देखि घुमाउन आरम्भ गर्नु भयो। रमाईलो लाग्यो गमगढी दृष्यालोकन गरिरहदा । स्कूलको प्राङ्गबाट चंखेलीको अजंगको ज्यान देख्दा रमायौ। चंखेलीको शिर भने कुहिरोको घुम्टोले छोपेको देख्दा बैराक लाग्यो। वारीपारी तलमाथी नियाल्दा बारीका कान्लामा कोदो खेतीले  सोभा बढाएको देखिन्थ्यो। कालोपोथीको निर्देशको गाउ रमणिय देखिन्थ्यो। छाँयानाथ हिमाल लाई कुहिरोले गुटुमुटु पारेको थियो। 
ताल्चा बिमान स्थलको हावा बहने दिशा संकेत गर्ने झण्डा फरफराउदै गरेको देखिन्थ्यो। सदरमुकामको सबै सरकारी र गैरसरकारी कार्यलय घुमी सक्दा गोधुली सन्ध्याँले छोपि सकेको थियो। साथै सिमसिम पानी पर्न थाल्यो। गमगढी बजार घुमीरहदा जहा पनि खाने पानीको पाईप बाहिरै देखिएकाले बजारको सोभालाई कुरुप बनाएको देखिन्थ्यो। गमगढी बजारको चर्चित रेडिसन क्याँफेमा प्रवेष गर्यौ। हाम्रो यात्राको गफगाफ बाट कुरा मच्चिन थाल्यो।  

मन लोभ्याउने गाउ र ठाउ रहेछ ।मुगुको नाफा र बाम गाउ तर हिलो र झिङ्गाले गर्दा क्याँ नरमाईलो लाग्यो हामीले ईश्वर जीलाई भन्यौ। उहाँले भने हामीले नाफा र बाम गाउ मा गई सरसफाईको जनचेतना फैलाउने कार्यक्रम कति गर्यौ तर के गर्ने खै अझ बाम गाउमा स्वर्गिय राजा बिरेन्द्र एक रात बस्नु भएको गाउ पनि हो। देखि हाल्नु भयो त्यो गाउको हालत। बियरको सिसि रित्तो हुँदै थियो । हाम्रो टेवलमा। रात छिप्पिदै थियो। हाम्रो  गफगाफ पनि गजब र रमाईलो वतावरणमा चलिरहेको थियो। INGO /NGOमा कार्यरत केहि पुरुषहरुले नक्कली माया गर्दा नाफा बाम र गमगढी मा 15लाख देखि १७ लाख तिरेको घट्ना सुनाउदा हामी हास्यौ गजबले। The Great Himalaya Trail को यात्रामा हाम्रो सहर र रमाईलो लाग्ने नुहाउने लुगा धुने आराम गर्ने भनेकै प्रत्यक सदरमुकाममा हुन्थ्यो। गजभयो हाम्रो GHT2016को गमगढी बजारमा ईश्वर मल्ल सर संग। रातको 2230Hrs पिउदै बस्यौ।


मुगुको नेटाकोट भन्ज्याङबाट नियाल्दा


मुगुको नेटाकोट भन्ज्याङबाट नियाल्दा



मुगुको नेटाकोट भन्ज्याङमा बिशाल भान्जा थकित अवस्थामा




नेटाकोट बाट गमगढी बजारलाई नियाल्दा



गमगढी स्कूलको प्राङ्गनबाट चंखेलीलाई नियाल्दा


















मुगुको गमगढी बजारलाई नजिक बाट नियाल्दा ।








Monday, August 14, 2017

खुशी बन्ने सजिलो तरिका

नेपाली फिल्म ४ दिन
एक बारको छोटो जीवनलाई खुशी बनाउने काईदा साथै आफूलाई लागेको रहर र अनुभव बटुल्दै ।




फिल्म खेल्ने रहर र आकाक्षा हाम्रो



आज भन्दा पाँच बर्ष अगाडी हामी हुरहुरे  टोलीलाई रहर लागेर आयो। नेपाली फिल्म बनाउने झोक चल्यो। अधिकल्चो कवि जी कथा लेखे। पाखाली भ्याकुरले निर्देशन  गरे। प्रविधिमा साथ दिए रेवनसिंहले। हामीले पर्दा पछाडिको सिन आज हेर्दा गजब लाग्यो।  





Friday, August 11, 2017

Great Himalaya Trail (Day-21) Satthaple To Napha(Mugu)

Day-21

Great Himalaya Trail
Satthaple To Napha(Mugu)
01 Augest 2016
















नेपाल कस्तो छ बुझ्ने क्रममा हामी। हुम्ला र मुगुको सिमाना चंखेली को पासमा किशोर सर बिशाल भान्जा मोतीलाल भाई र म । 

बिशाल भान्जाको  मोबाईलको अलरामले 0630Hrs ब्यूँझायो। जराकजुरुक्क उठे म। बार्दलीमा निस्के । नियाले चंखेलीको शिरलाई सिधै पारी। ड्याम्मै सेतो कुहिरोको जुलुसले ढाकेर राखेको देखे। खल्लो लाग्यो। फोटो खिच्ने रहर अधुरो बन्यो। राती मुसलधारै पानी परेको  थियो। चारै तिर रुझाउने पानी परिरहेको थियो। वतावरण चिसो थियो। मनको सन्तोक लिनलाई क्यामारा लिन कोठा भित्र पसे। किशोर र बिशाल भान्जा पनि चंखेलीको शिर नियाल्नलाई तयारी गर्दै हुनुहुदो रहेछ। पानी पार्ने बादलेले छोपेर राखेको छ मैले भने। न्यास्रो अनुहार लगाउनु हुँदै बार्दली तिर निस्के बिशाल र किशोर सर ।

मुगु बाट हुम्लाको आकास र भुभागमा सेतोकुहिरो लजाउदै उडिरहेको देखिन्थ्यो। समय पाएमा कुनै दिन हेरौला धित मरुन्जेल भन्दै छोेपेर राखेको चंखेलीलाई हेर्दै भन्यौ। एक दुई झ्याँप फोटो खिच्यौ। झोला र टेन्ट प्याँक किट गर्न थाल्यौ।मोतिलाल भाईले जडीबुटीको तातो चिया लिएर आउनु भयो।  स्वच्छ  वतावरणमा नियाल्दै चिया पियौ। पानी झमझम पर्न थाल्यो। रोटी आलु खाजा खानाको लागि बोलाउनु आए मोतिलाल भाई। खाजा खायौ। स्वाँदिष्ठ थियो । खाजा खाए पछि भर्याङमा उक्लियौ हाम्रो झोला लिन। म र बिशाल भान्जाले तातो पानी मिलाउदै रुकस्याङमा हाल्दै थियौ। किशोर सर तातो पानी भर्नका लागि झर्नु भयो। 

हेर्दा हेर्दै भर्याङबाट सिधै चिप्लेर हिलोमा पछारिनु भयो किशोर सर ।  दाहिने घुडामा गहिरो काट्यो। उहाँको पुरै हिलाम्मै ज्यान भयो। घारामा पखाल्नु भयो। भाग्यले साथ दियो। कुनै अप्रिय घटना भए भन्दै ।हामीले बोकेका ओखती लगाई दिए मैले।  साहु साहुनीले यो भर्याङ बाट गत बर्ष पनि पर्यटक लडे। यो हिउदमा भर्याङको आकार परिवर्तन गर्ने कुरा सुनाए। 

0915Hrs पानी सिमिसिम पर्दै थियो। रु2885 तिर्यौ।गुडवाई सातथाप्ले भन्दै  छाता ओढ्दै  बाटो लाग्यौ। ५ मिनेट तेर्स्रो बाटोमा हिडे पछि सिधै उकालो बाटो सुरु भयो। घना जंगलको उकालो बाटोमा कछुवाको गतिमा हिड्यौ।अंगालो लगाउदा पनि नभेटिने सल्लाको रुख चारै तिर देख्दा गजब लागि रहेको थियो। सुकेका मुढा लडेर बाटो छेकेको थिए कतै । सुकेका हाँगा झर्न लाई ठिक्क भएको देखिन्थे ।सिमसिम पानी र कुहिरोको बगाल बाहेक  अन्य दृष्यले छेक्ने प्रयास गरेको देखिदैन्थे।

चंखेली पास आउला आउला भन्दै गर्दा स्वाँट्टै देखिदा हर्षले हाम्रो सिमा रहेन। नाङ्गो हरियो पाटन देख्यौ। पाटनमा गाई गोरु भैसी चरीरहेका देख्यौ।खुशीले चिच्याँयौ। एकदमै मनमोहक दृष्य देखेर लठ्ठ भयौ। फोटो खिच्यौ। तर चंखेलीको शिरलाई भने कुहिरोले छोपी राखेका देख्यौ। पासमा २ वटा होटल रहेछ। चंखेलीको उचाई 3590 मिटर किशोर सरले GPS मा कोड गर्नु भयो। हुम्ला र मुगुको सिमाना च‌ंखेली पास भएकाले हामीलाई  हुम्लाको भूमिलाई बिदाई गर्न।21 दिन लाग्यो ।

चंखेलीको शिर हामीले नेपाली नोट रुपैयाँ १ मा देखिएको पहाड नजिक बाट नियाल्न पाउदा खुशी हुनेनै भयो तर शिर देख्न  नपाउदा खल्लो लाग्यो। चंखेली पास आईपुग्दा बिहानको 1130HRS भएको थियो। खाना खायौ। 840रुपैयाँ तिर 1300Hrs ओरालो बाटोमा हिड्न थाल्यौ। हामी हुम्लाको भूमिका हिड्दा गर्व लागि रहेको थियो। बाटो पुरै ओरालो भएकाले हत्तु भएका थियौ। बिसाउदै बिसाउदै झरिरहेका थियौ। बर्षा याम भएकाले सिमसिम पानी परिरहेको थियो। झर्दै गर्दा र  थकान मेटिरहदा १५ बिस जना मुगाली महिलाहरुले हेर्दा हेर्दै एकै स्वरमा मुगाली भाषामा हमला गरि हाले खच्चर ड्राईभरलाई। 

यि हुम्लीको खच्चरले सबै हाम्रो बनको घाँस खाई सक्यौ । नकराउ मुगाली हाम्रो देउली तिर आउदा मुगालीको खच्चरले त धान खान्छन् । हाम्रो खच्चरले त तिमीहरुको घास मात्र खाएका छन्। हामी देउलीकाले केहि भन्दैनौ भनेका हो मैले उनीहरुलाई दाई।हामीले सुनिरहेका थियौ। तर हामीले पिट्टिक्कै केहि बुझ्न सकिरहेका थिएनौ। पछि मुगाली महिलाहरु उकालो लागे पछि मैले सोध्दा उल्था गरि बताए।हुम्ली र मुगालीको बोल्ने लवज र भेषभुषा फरक देख्न पायौ। 

कुहिरोले चारैतिर ढम्म ढाकेको वतावरणमा गफगाफ नगरी चुपचाप हिड्न थाल्यौ। जारसाधी गाउमा आईपुग्दा थाकेर लोथ भएका थियौ। चिया पियौ। थकान मेटायौ। नाफा गाउ देखिन थाल्यो। पानधाराबाट अझ राम्रो गाउ नाफा देख्न थाल्यो। 1700Hrs नाफा गाउमा पुग्यौ। स्याँउ लटरम्म फलेको थियो। खाने बेला भएको  थिएन्। स्याँउ बारीले नाफा गाउको थप आकर्षण थियो। टाढा बाट देखिएको नाफा गाउको सुन्दरता नाफामा आईपुग्दा पाएनौ। गजगज हिलोले नाफाको सुन्दरतामा खोट लगाएको रहेछ। नाफागाउ र ठाउ एकदम मनमोहक भएता पनि झिङ्गा मौरी चाकामा बसैको जस्तै भित्तमा बसेको देख्दा। 

हाम्रो मन जिरिङ्ग भयो। होटलमा झोला बिसायौ। टेन्ट टाग्यौ। भोक र थकानले लोथ भएका थियौ।  वाई वाई खायौ। ज्यान तातो बनायौ। साँझको खाना खायौ। मिठो थिएन। पेट भर्न का लागि मात्र खायौ। म र बिशाल भान्जा टेन्ट भित्र सुत्न तयारी गर्दै थियौ। बाहिर किशोर सर बार्दलीमा SLC दिनका लागि आएका छात्राहरु संग गफगाफ गर्दै थिए। पानी मुसल धारे पानी पर्न थाल्यो। थाकेर लोथ भएकाले एकै क्षणमा भुस्कै भए छौ हामी।  

चंखेलीको पास वरिपरि
चंखेलीपासको पाटनमा गाई गोरु चर्दै
चंखेलीको पासमा किशोर सर हर्षित मुद्रामा
चंखेलीको पासमा किशोर सर
चंखेली पासको वरिपरि
चंखेली पास । यहि होटलमा भोक मेटाउन तातो खाना खाएका थियौ।
चंखेलीको शिरलाई लुकाउदै कुहिरोको हुल
चंखेलीको शिरलाई लुकाउदै कुहिरोको घुम्टोले
चंखेलीको शिरलाई लुकाउदै
चंखेलीको शिरलाई लुकाउदै राख्दै कुहिरोले
चंखेली को शिरलाई छोपेर राख्दा ।
चंखेलीको शिर उक्लनलाई नागबेली कुईनेटा
बिशाल भान्जा र मोतीलाल भाई चिया पिउदै
चंखेली पासको वरिपरी
चंखेली पासको वरिपरि भैसीहरु चर्दै
चंखेली पास गरे पछि मुगुको भेगमा आराम गर्दै बिशाल भान्जा किशोर सर अनि मोतिलाल भाई
चंखेली पार गरे पछि मुुगु को क्षेत्रमा हामी ।

Monday, August 7, 2017

कपल रन दगुर्दा रमाईलो अनुभूति

पानी पार्ने कुहिरोको जत्थाले सूर्यको उषालाई धकेल्दै हाईराईज भवनको धुरीमा देखाउदै र लुकाउदै गरेको देखिदै थियो। कपल रनको लागि मौसमले साथ दियो। संगीतको साथमा स्ट्रेचिङ गर्दा रमाईलो माहोल थियो।  1730Hrs  कपल रन प्रतियोगिताको हर्न बजि हाल्यो। सबै आफ्ना श्रीमतीको साथ रमाईलो गर्दै दगुर्न थाल्यौ। सबैको उत्साह र उमंग देखिएको थियो  रनिङ गर्दा। तालि बजिरहेको सुनिन्थ्यो। बार्दली र सडकको पेटिकामा सपोर्टरहरुको हुटिङ्ले वतावरणमा थप आकर्षण थपेको देखिन्थ्यो। रन समाप्त भए पछि आफ्ना कपल संग बिभिन्न आसनबाट कुलिङ डाउन गर्दा सबै रोमाञ्चित मुन्द्रामा देखिन्थे। बिजेता कपललाई पुरस्कार दिदा घाम पुरै बिदा भईसकेको थियो। चिसो वतावरणको हुल उपस्थित भईसकेको थियो। चिया कफीको पनि ब्यबस्था भएकाले आफ्ना अर्धाङ्गीनी संग मन्दिरको प्राङ्गनमा गफगर्दै चिया कफी पिउदै गर्दाका दृष्य रहर लाग्दो देखिन्थ्यो।   
  
गजब भयो आजको कपल रन प्रतियोगिता सहभागिता हुँदा। हुँर्रे




HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...