Total Pageviews

Friday, August 11, 2017

Great Himalaya Trail (Day-21) Satthaple To Napha(Mugu)

Day-21

Great Himalaya Trail
Satthaple To Napha(Mugu)
01 Augest 2016
















नेपाल कस्तो छ बुझ्ने क्रममा हामी। हुम्ला र मुगुको सिमाना चंखेली को पासमा किशोर सर बिशाल भान्जा मोतीलाल भाई र म । 

बिशाल भान्जाको  मोबाईलको अलरामले 0630Hrs ब्यूँझायो। जराकजुरुक्क उठे म। बार्दलीमा निस्के । नियाले चंखेलीको शिरलाई सिधै पारी। ड्याम्मै सेतो कुहिरोको जुलुसले ढाकेर राखेको देखे। खल्लो लाग्यो। फोटो खिच्ने रहर अधुरो बन्यो। राती मुसलधारै पानी परेको  थियो। चारै तिर रुझाउने पानी परिरहेको थियो। वतावरण चिसो थियो। मनको सन्तोक लिनलाई क्यामारा लिन कोठा भित्र पसे। किशोर र बिशाल भान्जा पनि चंखेलीको शिर नियाल्नलाई तयारी गर्दै हुनुहुदो रहेछ। पानी पार्ने बादलेले छोपेर राखेको छ मैले भने। न्यास्रो अनुहार लगाउनु हुँदै बार्दली तिर निस्के बिशाल र किशोर सर ।

मुगु बाट हुम्लाको आकास र भुभागमा सेतोकुहिरो लजाउदै उडिरहेको देखिन्थ्यो। समय पाएमा कुनै दिन हेरौला धित मरुन्जेल भन्दै छोेपेर राखेको चंखेलीलाई हेर्दै भन्यौ। एक दुई झ्याँप फोटो खिच्यौ। झोला र टेन्ट प्याँक किट गर्न थाल्यौ।मोतिलाल भाईले जडीबुटीको तातो चिया लिएर आउनु भयो।  स्वच्छ  वतावरणमा नियाल्दै चिया पियौ। पानी झमझम पर्न थाल्यो। रोटी आलु खाजा खानाको लागि बोलाउनु आए मोतिलाल भाई। खाजा खायौ। स्वाँदिष्ठ थियो । खाजा खाए पछि भर्याङमा उक्लियौ हाम्रो झोला लिन। म र बिशाल भान्जाले तातो पानी मिलाउदै रुकस्याङमा हाल्दै थियौ। किशोर सर तातो पानी भर्नका लागि झर्नु भयो। 

हेर्दा हेर्दै भर्याङबाट सिधै चिप्लेर हिलोमा पछारिनु भयो किशोर सर ।  दाहिने घुडामा गहिरो काट्यो। उहाँको पुरै हिलाम्मै ज्यान भयो। घारामा पखाल्नु भयो। भाग्यले साथ दियो। कुनै अप्रिय घटना भए भन्दै ।हामीले बोकेका ओखती लगाई दिए मैले।  साहु साहुनीले यो भर्याङ बाट गत बर्ष पनि पर्यटक लडे। यो हिउदमा भर्याङको आकार परिवर्तन गर्ने कुरा सुनाए। 

0915Hrs पानी सिमिसिम पर्दै थियो। रु2885 तिर्यौ।गुडवाई सातथाप्ले भन्दै  छाता ओढ्दै  बाटो लाग्यौ। ५ मिनेट तेर्स्रो बाटोमा हिडे पछि सिधै उकालो बाटो सुरु भयो। घना जंगलको उकालो बाटोमा कछुवाको गतिमा हिड्यौ।अंगालो लगाउदा पनि नभेटिने सल्लाको रुख चारै तिर देख्दा गजब लागि रहेको थियो। सुकेका मुढा लडेर बाटो छेकेको थिए कतै । सुकेका हाँगा झर्न लाई ठिक्क भएको देखिन्थे ।सिमसिम पानी र कुहिरोको बगाल बाहेक  अन्य दृष्यले छेक्ने प्रयास गरेको देखिदैन्थे।

चंखेली पास आउला आउला भन्दै गर्दा स्वाँट्टै देखिदा हर्षले हाम्रो सिमा रहेन। नाङ्गो हरियो पाटन देख्यौ। पाटनमा गाई गोरु भैसी चरीरहेका देख्यौ।खुशीले चिच्याँयौ। एकदमै मनमोहक दृष्य देखेर लठ्ठ भयौ। फोटो खिच्यौ। तर चंखेलीको शिरलाई भने कुहिरोले छोपी राखेका देख्यौ। पासमा २ वटा होटल रहेछ। चंखेलीको उचाई 3590 मिटर किशोर सरले GPS मा कोड गर्नु भयो। हुम्ला र मुगुको सिमाना च‌ंखेली पास भएकाले हामीलाई  हुम्लाको भूमिलाई बिदाई गर्न।21 दिन लाग्यो ।

चंखेलीको शिर हामीले नेपाली नोट रुपैयाँ १ मा देखिएको पहाड नजिक बाट नियाल्न पाउदा खुशी हुनेनै भयो तर शिर देख्न  नपाउदा खल्लो लाग्यो। चंखेली पास आईपुग्दा बिहानको 1130HRS भएको थियो। खाना खायौ। 840रुपैयाँ तिर 1300Hrs ओरालो बाटोमा हिड्न थाल्यौ। हामी हुम्लाको भूमिका हिड्दा गर्व लागि रहेको थियो। बाटो पुरै ओरालो भएकाले हत्तु भएका थियौ। बिसाउदै बिसाउदै झरिरहेका थियौ। बर्षा याम भएकाले सिमसिम पानी परिरहेको थियो। झर्दै गर्दा र  थकान मेटिरहदा १५ बिस जना मुगाली महिलाहरुले हेर्दा हेर्दै एकै स्वरमा मुगाली भाषामा हमला गरि हाले खच्चर ड्राईभरलाई। 

यि हुम्लीको खच्चरले सबै हाम्रो बनको घाँस खाई सक्यौ । नकराउ मुगाली हाम्रो देउली तिर आउदा मुगालीको खच्चरले त धान खान्छन् । हाम्रो खच्चरले त तिमीहरुको घास मात्र खाएका छन्। हामी देउलीकाले केहि भन्दैनौ भनेका हो मैले उनीहरुलाई दाई।हामीले सुनिरहेका थियौ। तर हामीले पिट्टिक्कै केहि बुझ्न सकिरहेका थिएनौ। पछि मुगाली महिलाहरु उकालो लागे पछि मैले सोध्दा उल्था गरि बताए।हुम्ली र मुगालीको बोल्ने लवज र भेषभुषा फरक देख्न पायौ। 

कुहिरोले चारैतिर ढम्म ढाकेको वतावरणमा गफगाफ नगरी चुपचाप हिड्न थाल्यौ। जारसाधी गाउमा आईपुग्दा थाकेर लोथ भएका थियौ। चिया पियौ। थकान मेटायौ। नाफा गाउ देखिन थाल्यो। पानधाराबाट अझ राम्रो गाउ नाफा देख्न थाल्यो। 1700Hrs नाफा गाउमा पुग्यौ। स्याँउ लटरम्म फलेको थियो। खाने बेला भएको  थिएन्। स्याँउ बारीले नाफा गाउको थप आकर्षण थियो। टाढा बाट देखिएको नाफा गाउको सुन्दरता नाफामा आईपुग्दा पाएनौ। गजगज हिलोले नाफाको सुन्दरतामा खोट लगाएको रहेछ। नाफागाउ र ठाउ एकदम मनमोहक भएता पनि झिङ्गा मौरी चाकामा बसैको जस्तै भित्तमा बसेको देख्दा। 

हाम्रो मन जिरिङ्ग भयो। होटलमा झोला बिसायौ। टेन्ट टाग्यौ। भोक र थकानले लोथ भएका थियौ।  वाई वाई खायौ। ज्यान तातो बनायौ। साँझको खाना खायौ। मिठो थिएन। पेट भर्न का लागि मात्र खायौ। म र बिशाल भान्जा टेन्ट भित्र सुत्न तयारी गर्दै थियौ। बाहिर किशोर सर बार्दलीमा SLC दिनका लागि आएका छात्राहरु संग गफगाफ गर्दै थिए। पानी मुसल धारे पानी पर्न थाल्यो। थाकेर लोथ भएकाले एकै क्षणमा भुस्कै भए छौ हामी।  

चंखेलीको पास वरिपरि
चंखेलीपासको पाटनमा गाई गोरु चर्दै
चंखेलीको पासमा किशोर सर हर्षित मुद्रामा
चंखेलीको पासमा किशोर सर
चंखेली पासको वरिपरि
चंखेली पास । यहि होटलमा भोक मेटाउन तातो खाना खाएका थियौ।
चंखेलीको शिरलाई लुकाउदै कुहिरोको हुल
चंखेलीको शिरलाई लुकाउदै कुहिरोको घुम्टोले
चंखेलीको शिरलाई लुकाउदै
चंखेलीको शिरलाई लुकाउदै राख्दै कुहिरोले
चंखेली को शिरलाई छोपेर राख्दा ।
चंखेलीको शिर उक्लनलाई नागबेली कुईनेटा
बिशाल भान्जा र मोतीलाल भाई चिया पिउदै
चंखेली पासको वरिपरी
चंखेली पासको वरिपरि भैसीहरु चर्दै
चंखेली पास गरे पछि मुगुको भेगमा आराम गर्दै बिशाल भान्जा किशोर सर अनि मोतिलाल भाई
चंखेली पार गरे पछि मुुगु को क्षेत्रमा हामी ।

Monday, August 7, 2017

कपल रन दगुर्दा रमाईलो अनुभूति

पानी पार्ने कुहिरोको जत्थाले सूर्यको उषालाई धकेल्दै हाईराईज भवनको धुरीमा देखाउदै र लुकाउदै गरेको देखिदै थियो। कपल रनको लागि मौसमले साथ दियो। संगीतको साथमा स्ट्रेचिङ गर्दा रमाईलो माहोल थियो।  1730Hrs  कपल रन प्रतियोगिताको हर्न बजि हाल्यो। सबै आफ्ना श्रीमतीको साथ रमाईलो गर्दै दगुर्न थाल्यौ। सबैको उत्साह र उमंग देखिएको थियो  रनिङ गर्दा। तालि बजिरहेको सुनिन्थ्यो। बार्दली र सडकको पेटिकामा सपोर्टरहरुको हुटिङ्ले वतावरणमा थप आकर्षण थपेको देखिन्थ्यो। रन समाप्त भए पछि आफ्ना कपल संग बिभिन्न आसनबाट कुलिङ डाउन गर्दा सबै रोमाञ्चित मुन्द्रामा देखिन्थे। बिजेता कपललाई पुरस्कार दिदा घाम पुरै बिदा भईसकेको थियो। चिसो वतावरणको हुल उपस्थित भईसकेको थियो। चिया कफीको पनि ब्यबस्था भएकाले आफ्ना अर्धाङ्गीनी संग मन्दिरको प्राङ्गनमा गफगर्दै चिया कफी पिउदै गर्दाका दृष्य रहर लाग्दो देखिन्थ्यो।   
  
गजब भयो आजको कपल रन प्रतियोगिता सहभागिता हुँदा। हुँर्रे




Wednesday, August 2, 2017

नेपाली भएर कञ्चनपुर जिल्ला पुग्नु नै पर्ने

कञ्चनपुर जिल्लाका हर्ष र बिष्मात बनाउने स्थलहरु
§  शुक्लाफाँटा आरक्ष:- प्रकृति प्रेमीहरुका लागि आँखाले नभ्याउने फाँटामा बाह्रसिङ्गेको हुल उफ्रदै हिडेको दृष्यालोकन गर्न ।
§  अंग्रेज उपनिबेस समयमा निर्मित शारदा ब्यारेज:- बाँधको पानी भारत तिर बगेको देख्दा दृयालोकनको अवधिभरि मन फिक्काको अनुभव लिन् ।
§  महाकाली नदीमा निर्मित झोलुङ्गे पुल:- महाकाली नदी पारि चाँदनी र दोधारा गाबिस नियाल्नु पुग्दा उराठ बगर देख्दा भत्तभति मन पोल्छ पाईने अनुभव लिन्।
§  महाकाली नदी पारी चाँदनी र दोधारा गाविस:- कञ्चनपुर पुगे पछि चाँदनी र दोधार घुमेर फर्कन्छन् नेपालीहरु । एेतिहासिक गाबिस हो नेपालको ।
§  टनकपुर ब्यारेज:- टनकपुर शहरको हरियाली भूमि पानीमा ढलपलढल गरि छाँया देख्दा मन छिया छिया  भएकोअनुभव गर्नलाई ।
§  झिलिमिली ताल:- महाभारतको डाडामा अवस्थित सफा तालमा पातपतिङ्गर नतैरिएको देख्दा कामको तनाब बाट मुक्त हुनका लागि। तर यो तालमा सजिलो भनै छैन् पुग्नलाई ।


31Oct 2012 जंग बहादुर राणाको बहादुरीले अंग्रेजलाई रिझाए पछि फिर्ता फाएको भूमि बाँके बिर्दिया कैलाली र कञ्चनपुर जिल्लाको पर्यटकिय स्थल घुम्ने जोसले हरहर भएको आतलाई  0630Hrs बुटवल बसपार्क ७२७ रुपैयाँ एतर्फी बसभाडा तिरी कञ्चनपुर तर्फ गुडे। बसपार्क सम्म भान्जा किसान को मोटरबाईकमा आए। गाडिले गति लिनु पर्नेमा यात्रु बटुल्दै ओराल्दै कुनै ठाउमा पर्खदै साँझको 1830hrs कञ्चनपुरको बस स्टपमा ओराल्यो। कञ्चनपुर घुमघाम गरि फर्केका मेरा मामा तिर्थ थापा को सुझाबमा म होटल ‌ओपरा सोध्दै खोज्दै पुगे साँझको 1900hrs बजे । तातो पानी एअरकण्डिसन सिंग्ल कोठालाई रातको ७०० रुपैयाँ पर्ने रोजे। गाडीको थकानलाई भगाउन स्नान गरे पश्चाचत डाईनिङ हलमा प्रवेष गरे। रेड वाईनको चुस्कि लिदै गर्दा एक हुल भारतिय मुलका पर्यटक मेरो छेवैको टेवलमा बसे। चिसो शान्त वातावरणमा होटलमा धेरै आगन्तु नभएकाले वेटर भाई बैनीहरु फुर्सदै देखिन्थे । गफ गर्दा सुदुरपश्चिमाको भाषाको लवज  मैले बुझ्न सकिरहेको थिैईन् बेला बेलामा । चाँदनी दोधारा शुक्लाफाँटा आरक्ष सारदा ब्यारेज र टनकपुर ब्यारेज घुम्नको लागि जानकारी लिदा । अहिले खाना लिईसके पछि रिसेप्सनको ब्यक्ति संग ती स्थानमा घुमाउने ड्राईभर संग चिनजानी भएको कुरा बताए वेटर भाईले। खाना खाई सके पछि रिसेप्सनमा गए । नेपाली ५हजार रुपैयाँमा भोलि दिनभरि घुमाउने पक्का गरे पछि कोठा तिर लागे।
01Nov 2012 0600hrs होटलको कारपार्कमा जीपले मलाई पर्खि रहेको रहेछ । बाईरोडको बाटोमा गफगर्दै दाया बाया ज्यानलाई हल्लाउदै महाकाली नदीको झोलुङ्गे पुलमा 0630hrs पुग्यौ। ड्राईभर भाई संग गफिदै झोलुङ्गे पुलमा हिड्न थाल्यौ । आँखाले नभ्याउने महाकाली नदीको बैराग लाग्ने बगर देख्न साथ मन गलेर आयो। फट्याङग्राले उफ्रेर पारि पुग्ने सुठनीको लहराको त्यान्त्रा जत्रो पानी सुलुलु बगेको देख्दा ड्राईभर भाईलाई भने न्तरराष्ट्रिय नियम अनुसार नहर ब्यारेज बनाउदा केहि भाग पानी आफ्नै स्थान बग्ने नियम नभएको भए छिमेकी राष्ट्रले सबै सोहोरेर लैजाने रहेछ नी  । एक महिना भयो दाई शारदा ब्यारेजलाई देखाउदै त्यसको केहि तल मलामीलाई भारतीयले ब्यारेजको ढोका ह्वात्तै खोल्दे बीस पचिस जना मान्छेलाई बगायो । प्रहरी र शसस्त्रले उद्धार गरे । हामीलाई साह्रैनै दुःख दिन्छ भारतले । भाईले नेताहरुले देश हाक्न नजानेकाे हामी जस्तो सिमानामा बस्ने नेपालीलाई मर्कामा परेका छौ । देखिहाल्नु भयो नी यो महाकाली नदीको दसा । नेपालको जमीनमा सुख्खा अडेरी छ। अझ भरे तपाईले देख्नु हुन्छ टकनपुरमा हरियाली नेपालको जग्गामा उराठ। पुलमा हिड्दै फोटो खिच्दै चाँदनी गाविसको भूमिमा पुग्न ३०मिनेट लागे छ।  

झोलुङ्गे पुलमा हिड्दा मलाई हर्ष भन्दा बढि बिस्मात मात्र धेरै उब्जियो। उराठ बगरमा वारपार महाकाली नदीको निलो पानी बगेको भए यहाको पर्यावरणिय वातावरण कस्तो हुने थियो होला ।
  
DSC_2788
बैराग लाग्ने महाकाली नदी माथि टागिएको झोलुङ्गे पुल । चाँदरी र दोधरा गाविसका नेपालीलाई  पुल निमार्ण भए पछि आफूलाई नेपाली समाजमा घुलमिल हुन अवसर प्राप्त भएको छ। DSC_2779झोलुङ्गे पुलको बिचबाट महाकाली नदीमा बगेको पानी ।  तस्विर आफै बल्छ । महाकाली नदी हो कि कुलेसोमा जमेको पानी हो ?
कञ्जनजंघा हिमालको शिखर बाट ठोकिक्दै झरेर चाँदनी गाउमा आईपुगेको सूर्यको कलिलो उषामा रमाउदै कोहि चिया पिउदै कोहि घर आगन सफा गर्दै गरेका देखिए। चाँदनी र दोधारा गाबिस घुम्नका लागि ५०० रुपैयाँ भाडाको बाईमा पछाडी बसे । दुई वटा गाविस घुम्दा आफ्नो घर अगाडि उद्यानमा फूलहरु फुलेको देखे । महाकाली नदीको उराठ लाग्ने दृष्य स्पदन भरि दगुरेको मनलाई चाँदनी र दोधार गाउको शान्त वातावरणले भुलाई दियो। गाउ घुमी सके पछि मोटरबाईक चालक म र ड्राईभर भाई संगै बसी चिया पिउदै पुर्वको मान्छे म चाँदनीको भूमिमा १५मिनेट बसे । झोलुङ्गे पुल पार गर्न फर्कदा हामीलाई १५मिनेट लाग्यो ।
DSC_2734महाकाली नदी पारी चाँदनी गाविसमा सूर्यको कलिलो उषाले ल्याएको प्रसन्न बिहानीमा गाउले आफ्नो गन्तब्य तिर जादै । शान्त गाउमा कुनै प्रदुषण र कोलाहल सुनिदैन् । भौतिक सुविधामा बञ्चिभ भएता पनि यहाका नेपालीहरु रमाउदै बसेका पाए ।DSC_2751दोधार गाउमा सिसौका बृक्ष । केहि समय मोटरबाईक रोकी यहाको पर्यावरणिय वातारणमा रमाए। समय भएको भए घाम ताप्दै देखिएको दुवोमा आराम गर्ने मन नउब्जिएको होईन् । बाईकवाला भाईले बताए कैलालीका बासीहरु यो स्थानमा वनभोज खान आईपुग्छन् ।
ड्राईभर भाईले शुक्लाफाँटा जाने बाईरोटको बाटोमा गाडिको पाङ्ग्रा सोझायो। शुक्लाफाँटा आरक्षको टिकट घरमा जादा 0930hrs आई पुग्यौ । दुई घण्टा हात्ती चढी जंगल सफारी गर्नका लागि १००० हजार शुल्क तिरी १०मिनेट जीप यात्रा गरी ७ किलोमिटर टाढा हात्ती चढ्ने स्थानमा 1030hrs पुगे। झाडी-जंगला सिमसार-दलदल र फाँटमा उभिएको बाग्लो खर्की घासलाई पन्छ्याउदै पाँच बर्षीय हात्तीमा चढ्दै रमाउदै जंगल सफारी गरे। जंगल सफारीमा बार्ह्रसिङ्गे धित मरुन्जे हेर्ने फोटो खिच्ने  सपना अभुरो रहयो । तर फाट्ट फुट्ट मात्र देखिए बार्ह्रिसिङ्गे त्यो पनि तर्सदै भागे। माहुते बताए बार्ह्रसिङ्गे हेर्ने  याम उत्तम नभएकाले आज देख्न सकिएन्।
DSC_2799टिकट काउण्टर पछाडि तस्विर खिच्न राखिएको यो दृष्य ।
DSC_2815आरक्ष भित्र एक नासले सप्रिया सालका रुखहरु ।

1230hrs शुक्लाफाँटा देखि टनकपुर ब्यारेज नियाल्न लाग्यौ। कञ्चनपुरको आन्तरिक विमान स्थल नियाल्दै जाउहै दाई भने ड्राईभर भाईले । चारैतिर धना सालघारीको बिचमा आखाले नभ्याउने  धावनमार्ग मा पुग्दा गाईबस्तु चर्दै गरेका देखिए। गौचरमा परिणत भएको देख्दा मन खल्लो हुनेनै भयो। नेपाल भारतको सिमाना बनबासा को गड्डाचौकीमा निसक्यौ । नेपाल हो की भारत हो ठम्याउनु नै गाह्रो किसिमको सिमाना गड्डाचौकीमा नेपाल प्रहरी सडक छेवैमा कुर्सीमा बसिरहेको देखे। चन्द्रसम्सेरको पालमा अंग्रेजले निमार्ण गरेको शारदा ब्यारेज हेर्न जाने मन लागेन। संन्धि भए अनुसार बाँध निर्माण गर्दा  मि‍चिएको भूमि नेपालले अझै पाएको छैन् ।
गड्डाचौकी देखि टनकपुर पुग्नका लागि हुलाकी सडमा धुलो उडाउदै भारत र नेपालको भूमिमा गुड्दै 1330hrs ब्रम्हदेव गाउमा पुग्यौ।दुःख लाग्यो सिमाना स्तम्भ जीर्ण अवस्थामा देख्दा । नेपालको भूमिमा बस्दै साँझा नदी महाकालीको  निलो पानीलाई स्पर्स गर्दै बसे । बाँधले नेपालको केहि भूमि ढुबान भएको अखवार साथै ब्यारेज निर्माणको संन्धि हुँदा रत्नपार्कमा जुलुसमा म पनि सरिक भएको बिगतको सम्झना गर्दै पारी टकनपुर शहरको हरियाली दृष्य नियाल्दै बम्हदेवको उराठ भूमिको दृष्य क्यामरा उतार्दै बसे। करिव ३०मिनेट नेपालर भारतको पर्वतमाला ब्यारेको पानीमा ढलपल गर्दै गरेको शौन्दर्य पनि नियाल्दै बसे। बल्छी बगेको भए माछा झुण्डाउने सोच पनि मौलाए।



DSC_2852
महाकाली नदीको जलासय हरियाली र झिलिमिल शहर टनकपुर । जलासयको पानी रोक्न नेपालको भूमि ब्रम्हदेव तर्फ निर्माण भएको ड्याम।DSC_2857ब्यारेजको छेवैमा अवस्थित नेपाल तर्फ ब्रम्हदेव बस्ती । पानी ओभर फ्लो वा ड्याम भत्केको खण्डमा डुबानमा पर्ने सम्भावना।
टनकपुर ब्यारेज नियाली ड्राईभरको दिदी भेना ब्रम्हदेबमा पसल थापेका रहेछन्। खाजा खाने त्यस पछि होटल फर्कने सोचले चाउचाउ खादै गफगाफ गर्दै गर्दा झिलिमिलि तालको प्रसंग निसक्यौ । ड्राईभर भाईको भेना म र ड्राईभर 1430hrs झिलिमिली ताल हेर्न लाग्यौ ब्रम्हदेव बाट महाभारतको जंगलमा । झिलिमिलि ताल देखाउनु हुने हाम्रो गाईड भेना 1700hrs सम्म जंगलमा ताल जाने बाटो खोजी रहनु भयो। पसिना र ज्यान लखतरान भईसकेको थियो हाम्रो ज्यान। बल्ल 1715hrs तालमा हामीलाई पुराई छाड्यो। साढे २ घण्टाको हिडाई र थकानले हैलन्ठु भएको ज्यान चारै हरियाली जंगलले ढाकेर राखेको कनै पतपतिङ्गर तैरिएको नदेखीको तालको शौन्दर्यले हाम्रो थकान भुलाई दियो ।
२२२२२२२२२२२२झिलिमिली ताल । अण्डाकार आकारमा चारैतिर जंगलले लुकाएर राखेको कञ्चन पानीमा कुनै पतपतिङ्गर देखिदैन्। मुहानको स्रोत र निकास पनि देखिदैन् । तालको पानीमा कालो रंगको माछा पौडिरहेको देखियो ।
४४४४४४४४४४झिलिमिली ताल। तालको पानीमा जंगल र अस्ताउदै गरेको सूर्यको रंग पोखिएको दृष्य लोभ लाग्ने भएर देखिदो रहेछ। तालको नजिक एउटा कुटी निमार्ण गरिएको रहेछ। बेलाबखतमा जोगी आई बस्ने रहेछ।
तालको सुन्दरतामा रमाईरहदा समयले हामीलाई फर्कने संकेत दिदै  थियो। 1730hrs तीनै जना ओरालोम दगुर्दै झर्यौ। बाटामा बाँदरहरु सालको रुखमा तर्सदै गरेका देखिन्थे हाम्रो गतिविधि देखेर ।डाँडाबाट देख्यौ चाँदनीको गाउबाट लुक्नलाई तर्खर हुँदै थियो घाम पनि। भारतको टनकपुर शहरमा बिजुली बत्तिले झिलिमिली र ब्यारेजको पानीमा पनि बत्तीको प्रकास ढलपल नृत्य देखाउन लाई तयारी गर्दै देखिए । नेपालको  ब्रम्हदेब गाउमा चुक घोप्टिएर पोखिएको दृष्य जस्तै देखिन थाल्दै थिए। हामीले टर्ज लाईट नबोकेकाले अभ्यारोमा बाटो छिचोल्दै ब्रम्हदेवमा 1900hrs आईपुग्यो। ड्राईभर भाईको भेनाले चिया पिई जानु अनुरोध गरे । दियोको प्रकास मुन बसेर हामीले चिया पिउदै सिमान छेवउमा सिमाना सैन्य वलले बेला बेला दुःख र पिडाको कुरा बताए। झिलिमिल ताल गाईड गरे बापत १००० रुपैयाँ दिई 1930hrs  ब्रम्हदेब वाट होटल ओपरा तिर गाडिको पाङ्रगा गुड्न  थाल्यो। १६किलो मिटर दुरीलाई छिचोल्दै 2100hrs होटलमा आईपुग्यौ। 

होटल ओपर झोलुङ्गे पुल -12km
होटल ओपरा शुक्लाफाँटा टिकट काउण्टर -5km
शुक्लाफाँटा टिकट काउण्टर हात्ती चढ्ने स्थान- 7km
होटल ओपरा टकनपुर ब्यारेज  (ब्रहम्हदेव गाबिस )- 16km


Tuesday, August 1, 2017

Singapore बाट फर्के पछि हिमाल देखेर बिदेश गएर पढ्ने रहर लागेन । डक्टर सुनिता पुन(D/O9150)

डक्टर सुनिता पुन (D/O 9150)
स्थान कोटेश्वर
Time:-1600Hrs
26 Dec 2012 

पृष्ठभूमि :- पुष महिना भए पनि दिन खुलेलको थियो। आकास सफा र निलो देखिन्थ्यो चारै तिर। क्षितिज संगै दौतरी भएर उभिएको देखिन्थे फुलचोकीको चुचुरो र ककनीको डाँडा। नजिकै अन्तर राष्ट्रिय बिमान स्थल भएकाले बिमानको चर्को आवाज सुनिन्थ्यो। सिङ्गापुर गोर्खा पोलि क्लिनिकका सचिव मिनेश्वर राई (9753) साब ज्यूले सुनिता र ज्ञानु भान्जी संग नेपाल बसाईको अनुभुति सुन्नका लागि 1600Hrs मेरा लागि   समय मिलाई दिनु भएको थियो ।  


डक्टर सुनिता पुन
डक्टर सुनिता पुन(D/O 9150) भान्जी संग कुराकानी गर्न शुरुमा मैले सोधेको थिए। दिनहरु कसरी बिताउदै हुनुहुन्छ आजकाल ? बिहान ८ बजे घरबाट निस्कन्छु पुलिस अस्पतालमा ३ बजे सम्म बिरामीको सेवा गर्छु। त्यस पछि सिङ्गापुर  गोर्खा पोलि क्लिनिकमा दिउसो ४बजे देखि साँझको ७ बजे सम्म बिरामीको उपचार गर्छु। घर साँझको ८ बजे पुग्छु । दिनभरी कामै काम मा बित्छ। घर आयो अस्पताल गयो यसरी आजकाल दिनहरु बित्दै छ मामा।

के तपाई डक्टर बन्छु भन्ने सपना लिनु भएको थियो र डक्टर बन्नका लागि गर्नु भएका संघर्षका कथाहरु बताई  दिनु हुन्छ भनि कुरा राख्दा।  दाहिने हातले कपाल मिलाउदै भनिन्। बाबा पेन्सन आउनु भए पछि ए लेवल पढे बिज्ञान बिषय लिएर। डक्टर बन्छु भनेर होईन्। म आउदा भर्खर ए लेवलको अध्यापन हुन थालेको थियो। शिक्षक कक्षामा नेपाली भाषा मा प्राय जसो पढाउनु हुन्थ्यो।नेपाली भाषाले गर्दा मलाई धेरै समस्या भएको थियो ए लेवल पढ्दा खेरी । तिमीहरु बसमा आउछौ कि के गरि आउछौ साधरण प्रश्न सोध्दा जवाफ दिदैन् थिए कक्षाका साथीहरुले। मैले बोलेको नेपाली लवज नबुझेर चुपचाप बस्थे। बेला बेलामा बैराग लाग्थ्यो नेपाली भाषाको कारणले। तर पनि मैले साथीहरु संग अन्तरकृया गर्न छाडिन् नेपाली भाषा बोल्न। नबुझेका कुराहरु हात उठाएर सोधी हाल्थे।चित्त नबुझेका कुराहरु सिङ्गापुरको शिक्षा पद्धति संग तुलना  गर्थे र शिक्षकलाई सुनाउथे कक्षामा। ए लेव पास भए पछि बाबाले बिदेश पढ्न जाने भए जाउ भन्नु भयो तर म गईन किनभने हिमालहरु देखेर मलाई नेपाल छोडेर बिदेश पढ्न जान मन लागेन। डक्टर नै बन्छु भन्ने सपना बोकेको पनि थिएन् मैले। 

ए लेवल पास भए पछि अब के पढ्ने भन्दा MBBS पढ्नु पर्यो भनेर प्रवेशिका परिक्षा दिए नाम निकल्यो। साँढे पाँच बर्ष कडा मिहेनत र परिश्रम गरि  पास गरे। ईन्टन क्रिस्ट अस्पताल मा गरे । ईन्टन सके पछि एक बर्ष क्रिस्ट अस्पतालमा सेवा गरे। नेपाल प्रहरी अस्पतालले  डक्टरको भ्याकेन्सी खोलेको थियो। एक नंम्बरमा नाम निकाले। हाल नेपाल प्रहरी अस्पतालमा फुल टाई सेवार छु र बाँकी बचेको समय सिङ्गापुर पोलि क्लिनिकमा सेवा गरिरहेकी छु। सिङ्गापुर पोलि क्लिनिकमा कसरी सेवा गर्नु आउनु भयो मैले जिज्ञासा राख्दा। सिङ्गापुरेमा मामा बाबाको नंम्बरी ध्रुर्व मामा मार्फत । छेमा र मामाहरुलाई सेवा गर्न पाउदा यस क्लिनिकमा असाध्यै खुशी लाग्छ। फुर्सदमा कहाँ घुम्न जानु हुन्छ भनी सोधे। हल्का मुस्कुराउदै मेरो घुमघाम भनेकै पुलिस अस्पताल बाट काम सकेर सिङगापुर पोलि क्लिनिक आउदा बाटामा घुमघाम हो र सपिङ भनेको पनि तिनै गल्ली तिरका हुन्छ। समान  मन पर्यौ भने त्यतै समान किन्दै आउछु।

सिङगापुरमा बस्दा को जीवन शैली सम्झनु पर्दा  कसरी सम्झनु हुन्छ भान्जी कुरा राख्दा। केहि क्षण गहिरिदै सिङ्गापुरको सम्झना भन्न थालिन्। सिङ्गापुरको केके प्रसुती गृहमा जन्मेकी हुँ। ईलिङ प्राईमरी स्कूल हुँदै अप्पर अलजुनिड सेकण्डरी स्कूल बाट ओ लेवल पास गरेकी थिए। स्कूलको अतिरिक्त कृयाकलापमा नेटबलको क्याप्टेन थिए म। ओ लेवल दिए पछि पनि नेटबल राम्रो खेल्ने भएकाले नेटबल कोचिङ गरेकी थिए म पढेको सेकण्डरी स्कूलमागोर्खा गल्स क्लबमा गई साथीहरु संग गफगाफ गर्ने र खेल्ने पनि गर्थ्यौ गल्स क्लबको कार्यक्रम हुँदा साथीहरु संग नाच्थे पनि म। दिदी र आण्टीहरु  संग हाईकिङ जान्थ्यौ स्कूल बिदाको समयमा सिङ्गापुरको  सोयाबिन मिल्क मेरो मन पर्ने ड्रिङ्स थियो। कस्तो खान मन लाग्छ तर नेपालमा पाईदैन । जुसेङ र ताईसिङ्गमा रोटीपराट्टा खान गईन्थ्यो। सेन्तोषा घुम्न गईन्थ्यो समय समयमा साथीहरु संग।

नेपाल आउनु भन्दा अगाडि गोर्खा चिल्ड्रन स्कूलमा रात्री कक्षा नेपाली भाषा कक्षा पढ्न जानुहोस। धेरै सहयोग पुग्छ। नेपाल बिदामा आउनु हुँदा बाबा आमाले घुमाउनु ल्याउनु हुँदा राम्रो होला। नेपालको बिषयमा बेला बेलामा सुनाउदै गर्दा राम्रो होलाकी र नेपाल फर्कि सकेका भान्जा भान्जीहरु संग भेटघाट गरि अन्तरकृया गर्दा अझ थप  राम्रो हुन्छ होला। गफगाफको अन्तिममा सिङ्गापुरे भान्जा भान्जीका लागि सुझाब दिईन् ।



बाँया बाट स्टाफ नर्स ज्ञानु पुन(D/O 9057)  र डक्टर सुजिता पुन(D/O 9150) । फोटो:- पाखाली भ्याकुर



HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...