Total Pageviews

Tuesday, July 4, 2017

Great himalaya Trail 2016(Day-11) Manepeme To Halji(Humla)

Day-11
Great Himalaya Trail 2016
Manepeme To Halji(Humla)
Date:-22 July 2016
Chelungma Pass 4400m चेलुङ्गमा पास मा थकान पछि हिड्ने तर्खरमा

हामी ब्युँझदा लामा दाईले चिया पकाई सक्नु भएको थियो। छेवैमा छङ्छङ् गर्दै झरेको खोलामा गई दात माझ्यौ। चिया पिउदै किशोर सरले हिजो जगेडा गरेको आलुलाई पिस्नु भयो। पानी तताए मैले। आलुको खोले खायौ। जाडो थियो ।ज्यान तातो बनायौ। सायद आज हाल्जीमा खाना खान पुगिन्छ होला किशोर सरले भन्नु भयो। बोटलमा उमालेको तातो पानी भर्यौ। 0700Hrs झोली टुम्बी कसी बाटो लाग्यौ। बिशाल पहाडको चेपचेपमा बाटो रहेछ। चिसो विहानीमा स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै है लम्फु भएर चेङलुङ्गमा(4400m) पास निस्क्यौ।हर्षले ताली बजायौ ।  हिजो देखि देख्दै गरेका नाङ्गा पहाडको आकृति देखिन छाड्यौ। नया पर्वतमालाहरु लस्करै देखिन थाले ।

पारि पुछारमा हल्का हरियो उवाको बारी देखाउदै  हाल्जी त्यही हो लामा दाईले भने।  बिशाल भान्जा माथी डाँडाको टुप्पा जानु भई फोटो खिच्न थाल्नु भयो। किशोर सर र लामा दाई शिखर सुल्फा तान्दै धुँवा उडाउनु थाल्नु भयो। म तातो पानी पिउदै हल्का फोटोग्राफी गरे एक दुई झ्याँप। ३०मिनेट आराम गर्यौ। मौसम घुम्मेको थियो। बाटो ओरालो भए पनि हिड्न सकेका थिएनौ। ओरालोमा भन्दा हामी उकालोमा हिड्न सकेका थियौ। बिसाउदै झर्दै गर्दा लामा दाईले  अजंगको पहाड देखाउदै त्यसै पहाडमा बिभिन्न चित्रहरु कोरेका छन् । धेरै शताब्दी अगाडीको नामी लामाको नाम भने तर नाम मैले भुले। हेर्न जाने हो कि। हामीले नजाने भन्यौ। यात्रा कष्ठकर भए पनि आनन्द दिईरहेको थियो नाङ्गा पहाडहरुको साम्राज्यले।

तिल गाउ नजिक आईपुग्दा उकालो बाटो आयो। हिड्नै सकेनौ। तिल गाउ जाने र हाल्जी जाने दोबाटोमा खर्क र चौतारो रहेछ। लम्फु भएर केहि क्षण नबोलि बस्यौ चुपचाप। झोला बिसाउदै बस्यौ। हाम्रो पेट खकुलो भईसकेको थियो। तातोपानी भन्दा अरु केहि छिरेको छैन्। घडि  हेरे 1330Hrs । पेट अघाउने कुनै खाना छैन्। २वटाको दरले मेरो झोलाबाट ८ वटा चक्लेट निकाले। पानी र चक्लेटले खाए पछि फुर्ति दिन थाल्यो ।



सायद २ घण्टामा हाल्जी पुगिन्छ लामा दाईले भने। पारी पाखामा मुसलधारे पानी पर्न थाल्यो। आज फेरि गोदने भयो पानीले हामीलाई भन्दै हेर्दैं आराम गर्दां गर्दै लिमीखोला पारी पारि हुँदै हाल्जी तिरै गयो आकासे पानी लर्को लागेर । ओरालो कुईनेटामा कछुवाको रफतारमा छिचोल्दै तिलखोलाको काठे पुल तर्यौ। लिमिखोलाको बगर पछ्याउदै पहिलो पटक झोलुङ्गे पुल तर्यौ। लिमीखोलाको अविरल आवाज सुन्दै अगाडि बढ्ने क्रममा बिशाल चट्टान देख्यौ । पुरै रेशा रेशा भएको रातो रंगको धर्साहरु देख्यौ। टक्क अडियौ हेर्यौ। सिमसिम पानी परेकाले फोटो खिचेनौ। झोलाबाट क्यामर झिक्न मन लागेन थाकेर। लिमीखोलाको खोचमा र बगरमा हिड्दा थकान लागेता पनि रमाईलो लागि रहेको थियो। चक्लेटले तागत दिईरहेको थियो।


हुम्लाको हाल्जी गाउ को भिडियो मा । 

1730Hrs  हाल्जी गाउमा पुग्यौ। ऊवाँको खेतीले पुरै फाँट हरियो देख्दा रमाउयौ। हाल्जीको ऊवा बारीको सौन्दर्यले हामी बिहोस झण्डै भयौ। पालजोर लामा दाईको घर कता हो टिबेटिन भाषामा सोध्दै लामा दाईको सोध्नु हुँदै । उहाँको पछि पछि पच्छ्यौ। पुरानो टिवेटिएन सभ्यताले बनेको हाल्जी गाउको भित्र भित्र बाटो भएको अलमलिने खाले गल्लि मा हिड्दा अचम्म लाग्दै थियो। पालजोर दाईले हामीलाई न्यानो स्वातग गर्नु भयो। उहाँलाई हामीले सिमिकोटको रलिङ होटलमा चिनजान गरेका चिनारु हुनुहुन्थ्यौ। भोक थकान र पसिनाले लथ्रक्कै भएका थियौ। लुगा फेर्यौ। सातु र भोटे चिया खाँयौ।  हाल्जी गाउमा पुरुष सबै चाईनाको ताक्लाकोट ब्यापार र काम गर्न गएका थिए। महिला र केटाकेटीहरु मात्र देखिन्थे।


टिबेटिन भाषा बाहेक अरु भाषा बोल्न नजान्ने रहेछ। हाल्जीमा प्रार्थमिक बिधालयमा पढाउने शिक्षिका सरिता लामा । पालजोर दाईको घरमा बस्नु हुँदो रहेछ। उहाँले बताईन् स्कूलको पढाईको बारेमा नेपाली भाषा को नाममा क देखि ज्ञ सम्म लेख्न जान्छन् तर नेपाली बोल्न जान्दैन्। स्थानिय गाउको ३ जना पुरुष सरहरु हुनुहुन्छ । नेपाली मा बोल्नुस न भन्दा बोल्दैन्। यस्तै छन् यहाँ। पालजोर दाईको श्रीमती पनि नेपाली बोल्न जान्दिन् थिईन्। साँतु को साथमा हामीले ७ आठ कप भोटे चिया टन्न पियौ। प्याँस भोक र थकान भागे पछि पालजोर दाई संग उहाँको छतमा गयौ। वाँह क्या गजबको बस्ति एक जनाको छतबाट सबैको घरघरको छतमा पुग्ने।


९६ घरधुरी छन्। माथी देखाउदै ५बर्ष अगाडी हिमताल फुटेर २ घर बगायो। बाँधको लागि अमेरिकाको संस्थाले पैसा दिएर पारि देखिएको बाँध देखाउदै भने। लिमिखोला पारी बाग्लो जङ्गल छ त मैले भने । हामीले संरक्षण गरेको। घास दाउरा गर्ने नियम छैन्। त्यसैले बाग्लो छ। चाईनाको ताक्लाकोटमा हाल्जी बाँसीलाई माया र बिश्वास गर्छन्। तिल र जाङ्गा बासीलाई चलाख र बाठा भएकाले पत्याउदैन्। पालजोर दाईले बताउनु भयो। हाल्जी गाउ एक दमै राम्रो रहेछ। हामी फेरि पनि समय भएमा आउने छौ भन्यौ। गफगर्दा गर्दै पानी पर्न थाल्यो।


साँझको खाना खायौ। भौतिक सुविधा र अशिक्षाले ब्याप्त भएता पनि प्रकृतिले गहना देकै रहेछ हामी  गफगाफ गर्दै बिस्तारामा ढलकेको मात्र के थियौ। सुत्तै निदाई हालेछौ। किशोर सर 2200Hrs ब्युँझदै दाई सास फेर्न गाह्रो भयो भन्नु भयो। म उठे । लेक लाग्यो कि भने लेक लाग्ने संकेत सोधे । टाउको दुखेको वाक वाक लागेको रिङ्गटा लागेको छ? छैन । सास फेर्न गाह्रो मात्र भईराख्या छ। सायद अगि हामीले धेरै भोटे चिया पियौ। तेल र नुन बढी भएकाले यस्तो भएको होला ठिक हुन्छ चिन्ता नगर्नुस मैले भने। उहाँ नसुती बसि राख्नु भएको थियो। म हौसाला दिदै भुसुक्कै भएछु फेरि।


चेलुङ्गमा पास बाट लिमिखोला र पहाडको फुर्ति देख्दा मन रमाएको थियो हाम्रो ।
चेलुङ्मा पासमा थकान मार्दै गर्दा भान्जा बिशाल ज्यूले यसरी उतार्दा ।
चेलुङ्गमा पास वरिपरि नियाल्दा
चेलुङ्गमा पास
चेलुङ्ग पास उक्लिदै गर्दा हिँउले पखालेर सफा राखेका छन्
हाम्रो ५ तारे होटलबाट चेलुङ्गमा पास हुँदै हाल्जी जाने तरखरमा हामी

चेलुङ्गमा पास उक्लिने क्रममा प्रकृतिको पनि नाटक गर्ने कलाले हामी छक्क भएका थियौ।
चेलुङ्गमा पास उक्लदै किशोर सर । यहाँको उकालो बाटोले हामीलाई हैरान बनाउको थियो।





कर्णाली र लिमि खोलाको संगम वाह क्या बेतोडको छ। चेलुङ्मा पासबाट नियाल्दा।
खोचमा फाँटफुट्ट फूलको सौन्दर्यले पनि हामीलाई यात्राको दौरानमा तागत दिन्थ्यो।
लिमि देखि हिल्सा समानका लागि हिडेका हिमाली ट्रक
चेलुङ्माको पास बाट हाल्जी  गाउको उवा खेती



चेलुङ्गमा पासमा

तिल गाउ पारीको भौगलिक आकृति
तिल गाउको पाटनमा किशोर सर अगाडि बढ्नु हुँदै।
शान्त स्वच्छ वतावरणमा लुकेर बसेको तिल गाउ देखि पारी देखिने गुम्बा

तिल गाउको उवा बारी
हाल्जी गाउ आउनै लाग्दा काठे पुल । हिमी खोला
सामुदायिक बन हाल्जी
हाल्जी को फाँट
हाल्जी गाउ




बस्ति शान्त छ। नेपाल सरकारको उपस्थित नभए पनि हुम्ली रमाएकै छन् ।


सायद शिव र पार्वती हनिमुन आए भने फर्किनु भुल्छन् होला । हैन



हिमताल फुटेर क्षति गरेको दृष्य।


हाल्जीका नानीहरुको साथमा किशोर सर

हाल्जीको बस्तीमा किशोर र बिशाल भान्जा
हाल्जीको छतबाट नियाल्दा




        

Monday, July 3, 2017

The Great Himalaya Trail 2016


The Great Himalaya Trail हिल्सा देखि लिमि भ्याल्ली हुँदै हुम्लाको सिमिकोट सम्मको रोमाञ्चकारी भिडियो ।

The Great Himalaya Trail 2016  किशोर बिशाल र पाखाली भ्याकुरले हिल्सा देखि लिमि भ्याल्ली हुँदै हुम्लाको सिमिकोट सम्मको रोमाञ्चकारी भिडियो । नेपाली रवसे घुम्तेहरु । 

धनिषा पुनले(D/O 4726) Singapore को खानाको स्वाँद भुल्न सकिन्।

धनिषा पुन (D/O 4726)
Location:-स्वयम्भू
Time:- 0930Hrs
Date:- 8 March 2013

वतावरण:- धनुमाया भान्जी संग ९ बजे  स्वयम्भू गेटमा  भेटघाट हुने हिजो कुराकानी भएकोले भनेकै समयमा हाम्रो भेटघाट भयो ध्वँजाहरु सिरसिरे बतासले फरफराउदै थियो।मान्छेहरु घाम ताप्दै बदामको खोस्टा भूँईमा फाल्दै गरेको देखिन्थे।माईक्रोबसका कन्डक्टर जाने हो भन्दै चिच्याउँदै गरेको देखिन्थे सुनिन्थे। बिना बेकाममा बज्दै गरेको गाडीको हर्न सुन्दै धनिषा पुन भान्जीको कार्यलय तिर हिड्दै गयौ। जादा ससाना बालबच्चालाई खेलाउदै पढाउदै गरेका देख्यौ । उहाँले संचालन गरेकी पुतली मन्टेश्वरी कक्षाको कोठाहरु घुमाउनु भयो।जाडो याम भएकाले घाम ताप्दै कफि पिउदैसिंगापुरमा बाल्यकाल र यौवनका रंगहरु  कसरि बिते तिनै कुराबाट मैले कुराकानी गर्न थाले।


फोटो साभार फेसबुक धनिषा


मेरो नाम धनिषा पुन म्याग्दी जिल्लाको  रुम गाउमा जन्मे कि हुँ। तीन बर्षको उमेरमा सन् १९७८ सिंगापुरमा ग बाल्यकालमा शनिवारको दिन PA मा पौडि खेल्न जान्थ्यौ । खाना छिटो छिटो खाई चकटी लिएर ड्रिल सिडमा फिल्म हेर्न जान्थ्यौ शनिबारको राती यति भनि रहदा हल्का फुस्स हाँस्नु भयो । द्बय धनिषा र धनुमाया भान्जी बाल्यकालको सिङ्गापुरमा बस्दाको क्षण सम्झेर ।
ECP मा Picnic बाबा आमा संग जादा मामाहरुले BBQ पोलेर ल्याई दिनु हुन्थ्यो। साथीहरु संग बालुवा खेल्थ्यौ र समुन्द्रमा पौडि खेल्दा गजब लाग्थ्यो टेप रिकडरमा गीत बजाउदै बाबा मामाहरु बियर पिउदै नाँच्नु हुन्थ्यो

सेन्तोषा म्याक्रेजी बुकितिमा हिल हाईकिङ जान्थ्यौ साथीहरु संग। हाईस्कूल जीवनमा क्याथे बिल्डिङमा चलचित्र हेर्न पनि गईन्थ्यो ईलिङ प्राथर्मिक बिद्यालय बाट PSLE मा 251 अंक नतिजा ल्याएको थिए। सिडार माध्यामिक बिधालयमा पढे मन पर्ने बढी कुन खाना खानु हुन्थ्यो मेलै सोधे। मि गोरेङ,प्राउन मी सुप,चिकन राईस,पोक राईस,फिसबल,नगेट, मि हुन, नासी लेमाक, रोटी परट्टा सासै नफेरी सररर बताउनु भयो। अन्तिमा पनि फेरि पनि बताउनु भयो । भर्खरै मैले भनेको खाना सुनाए कस्तो खाउ खाउ लाग्यो हगि धाप मारिन् धनुमायालाई।

Sec -3 पास गरे । १९९१ डिसेम्बर नेपाल फर्कि। सिंगापुरमा बस्दा नेपाल फर्कनु पर्छ भन्ने कुरा मेरो दिमागमा आई रहन्थ्यो। गोर्खा चिल्ड्रन स्कूलमा रात्री कक्षामा नेपाली भाषा पढ्न जान्थे। सिंगापुर छोड्दाको अन्तिम रात मलाई पछुतो लागेन् तर साथीहरु भेट्नु आउदा नरमाईलो खल्लो अनुभव भएको थियोChangi Airport मा साथीहरु संग बिछोड हुँदा आँसु पोखिने नै भयो। बिमान भित्र बस्दा मैले नेपाली अंक र बारखरी गुन गुनाउदै बसेकी थिए

नेपालको Airport मा बिमान बाट ओर्लदा पारिलो घाम, चिसो हावा,नमिलेका डाँडाहरुको आकृति देख्दा खुशीले चौपट भएकी थिए बिमानको झ्याँल बाट नेपालको घरहरु देख्दा अचम्म लागेको थियो।बिहान उठ्दा कुहिरोले चारै तिर ढाकेको थियो । यस्ता खालको वतावरण हामीले सिंगापुरमा  फिल्लमा हेरेका थियौ। तर आफूले अनुभव गर्न पाउदा यति खुशी भए साध्यनै छैन्

O Level का लागि  बुढानिलकण्ठ स्कूल गए केटीका लागि अध्यापन नहुने जानकारी पाए ब्रिटिस काउन्सिल गए। सेन्ट जेभिएर्स स्कूलमा O Level अध्यापन हुने जानकारी  ब्रिटिस काउन्सिलले दिए। सन् १९९२ O Level पास गरे पिपुल्स क्यम्पसमा आई कम बिषय पढे सन् १९९३। अष्ट्रेलिया बाट बिजनेस स्टडिजमा ग्याजुएट गरे सन्१९९७। काम गर्न थाले   अष्ट्रेलियाको बसाई खल्लो लाग्न थाल्यो । आफ्नै देशमा फर्की  कुनै ब्यवसाय गर्छु भनि सन् २००२ नेपाल फर्किए। मन्टेश्वरी ब्यावसाय गर्ने सोचले त्यस सम्बन्धी तालिम लिए।  तालिम लिएका साथीहरु संग मिलेर स्वयम्भूमा पुतली मन्टेश्वरी संञ्चलान गरि रहेका छौ। 
  

मैले पाँच बर्ष Qatar Airlines मा बिमान परिचालिका को काम गरे। सिंगापुरको उडान भएको बेलामा मि गोरेङ, मि सुप, चिकन राईस, पोकराईस खुबै खाईन्थ्योविमान परिचारिका हुने लक्ष्य लिएका लाई के भन्न चहानु हुन्छ मैले प्रश्न गरे। धेरै बर्ष पनि गर्ने होईन्। दुई देखि तिन बर्ष काम गर्दा राम्रो ।


Sunday, July 2, 2017

Great Himalaya Trail 2016(Day-10) Hilsa To Manepeme


Day-10
The Great Himalaya Trail2016
Hilsa To Halji(Humla)

21 July 2016

0600Hrs उठ्यौ। लिमी भ्याल्ली जानका लागि हाम्रा सहयोगी लामा दाई 0630Hrs आउनु भयो। संगै बसेर खाजा खायौ। २ रात बस्दा खाएको रु 5000  तिर्यौ। साहुनीलाई हिल्सा बजारलाई छाडेर जाने रहर थिएन्। के गर्ने हिड्नै पर्ने भनी फेरी भेटौला भन्दै बाटो लाग्यौ ।झुलुङ्गे पुल तर्दै नाकै ठोक्केला झै नाङ्गो पाखामा नेपाल चाईना सिमानाको बाटोमा उक्लिन थाल्यौ। उचाई ह्वत ह्वत बढ्दै थियो। 4000मिटर उक्लिदा बल्ल हल्का तेर्स्रो बाट सोझियो। उचाई बढे पछि हिड्न सास्ति र सास स्वाँ स्वाँ र फ्वाँ फ्वाँ  हुने नै भयो। 


चारै तिर नाङ्गा पाखा भएता पनि । रमाईलो हुँदै थियो। खोचमा कर्णाली निस्सासिएर बगेको देख्दै थियौ। घामको कलिलो उषा नाङ्गा पहाड को टुपीमा भिज्दै ओरालो झर्दै थियो । हिड्दै गर्दा  बिसौनीमा धारा भेट्यौ। चिया पिउने सल्ला भयो। लामा दाईले मानेपेमे नपुगुन्जेल सम्म बाटोमा पानी छैन्। दाउरा खोजेर आगो सल्काउनु भयो। तिरीरीरी सानो धारामा बिशाल भान्जाले पानी भर्नु भयो। तातो चिया पिउदै २ घण्टा आराम गर्यौ।

एक घण्टा हिडे पछि चर्को घामले हिर्काउन थाले। खुस्क्यो भने सिधै कर्णालीको खोजमा पुग्ने खालको अक्कर आउन थाल्यो। २ ठाउमा पहिरोले बाटो पुरै खतरनाक बनाएको रहेछ। बिशाल भान्जालाई मैले डोराए। आङ् जिरिङ्ग हुने खालको अक्कर छ त हौउ भान्जा मैले भने ।मानेपेमे पुग्दा 1300Hrs बज्यो।  पानी पिउदै थकान र पसिनाले भिजेको लुगा सुकाउन थाल्यौ । आज घामले सेकाउन सम्म सेकायो भन्दै सुत्यौ सिवलमा। साढे एक घण्टा आराम गरे पछि बाटो लाग्यो।

उचाई 4200 मिटर हुँदै थियो । गति कछुवाको रफतारमा थियो। नाङ्गा पहाड नियाल्दै । खुईयाँ गर्दै हिड्दै गर्दा लामा दाईले भन्न थाले आज हाल्जी पुगिदैन्। ठुलो ओडार छ। पानी पनि छ। त्यहि बस्नु पर्छ भने पछि हामीले हुन्छ भन्यौ। खासमा हिल्सा देखि हाल्जी सम्म पुग्ने योजना थियो हाम्रो । हाल्जी गाउ पुग्ने योजना बिफल भयो। बाटामा  होटल  र बस्ति नभएकाले आलु रोटी खाजा भनेर बोकेका थियौ। ओडार आईपुग्नै लाग्दा पाखामा हरिया घास खादै रमाउदै चर्दै गरेका एकहुल नाउरहरु(Blue sheep) हामीलाई देखे पछि बुर्कुसी मार्दै ओरालो पाखामा हामफाल्दै भाग्यो।

4300 मिटरको उचाईमा अवस्थित ओढारमा 1700Hrs आईपुग्यौ। हेर्यौ गजब छ।थकानले ज्यान लोथ छ।  लामा दाईले आगो सल्काउनु भयो । चिया पिउदै । हैट आज हामी अन्धा धुन्धामा हिड्यौ। धन्न हामीले 4 किलो जती उसिनेको आलु बोकेको काम लाग्ने भयो। आज यसैको खोले बनाएर खाने सिवाय छैन्। हिल्सा हाल्जी २ क्याम्पको बाटो रहेछ ।म र बिशाल भान्जा टेण्ट टाँङ्दै गर्दा किशोर सरले आलु कचौरामा माँड्दै भन्नु भयो। बिशाल भान्जाले भने Great Himalaya Trail भनेको यस्तै हैन मामा । म फुस्स हाँसे किशोर सर पनि हाँस्नु भयो।

माथि ३ वटा नाउर पानी खादै गरेको देख्यौ। हामीलाई हेर्दै उकालो टाप कस्यो मिलिक्कै। पानी भएकाले चराचुरुङ्गी बास बस्ने बेलाको आवाज निकाल्दै थियो। चारै तिर नाङ्गा पहाड नियाल्दै चिया पिउदै गर्दा आलुको खोले पनि तयार भयो। खकुलो पेटमा तातो आलुको खोले खान थाल्यौ । आज आलु नबोकेको भए हामी भोकले के हुन्थ्यो भन्नु भयो किशोर सरले। काठमान्डुमा भन्दा हुम्लामा आधा घण्टा ढिला रात पर्ने भएकाले । रात नपरुञ्जेल आगो ताप्दै चिया पिउदै बस्यौ।भोलि बिहानको लागि पनि आलु उबारेर राखेका छौ  खाजाको लागि। 

भोलि खाना खाना हाल्जी पुगिन्छ लामा दाईले भने। आजको जस्तै चाला भयो भने फेरि मैले भने। किशोर र बिशाल भान्जाले गललल हाँस्दै।  त्यो पनि हुन सक्छ। पारीको नाङ्गा र फाटफुट हरिया देखाउदै भन्यो। अर्को महिना त्यो पाखामा जडीबुटी खोज्नु आउछु। लामा दाईले भन्नु भयो। आगो ताप्दै गर्दा गोधुली साँझले स्वागत गर्न थाल्यो। हामी टेण्ट भित्र छिर्यौ। 


मानेपेपे पुग्ननै लाग्दा घाम र थकानले लोथ भए पछि दुम्केलोमा थकान मेटाउदै हामी

गुडवाई हिल्सा भन्दै उक्लिदै गर्दा हिल्सा बजारको स्वरुप
मानेपेपे तिर बढ्ने क्रममा हामी ।
हिड्दै गर्दा हिल्सा बजारको स्वरुप
हिल्सा बजारको भेगका भौगलिक स्वरुप नियाल्दै गर्दा ।
Hilsa Bazzar
चाईनाको भूमि यस्तो देखिदै छ।
नाराला पासमा नागबेली सडक
हिल्ला बजारलाई नियाल्दा
अन्तिम पटक हिल्सा बजारलाई नियाल्दै बिशाल भान्जा र किशोर सर


पानी थाप्दै भान्जा बिशाल
चिया पिउदै किशोर सर। लामा दाई पानी तताउदै ।



खोचमा कर्णाली नदी भासिदै छ।



थकान मेटाउदै पाखामा हामी


मानेपेपे बाट पारी नियाल्दा नाङ्गा पाखा देख्दा रमाईलो लाग्दो रहेछ। पछाडी यारी गाउ छ।
अक्करको बाटो नियाल्दै बिशाल र किशोर सर
मानेपेपेको भित्ता तिर हिड्दै हामी
मानेपेमेको पाखामा आराम गर्दै हामी




Our 5 Star Hotel

 

Saturday, July 1, 2017

युगाण्डाका युथ ओलम्पिक खेलाडीहरुका लागि उपहार

युथ ओलम्पिक गेम 2010 सिङ्गापुरमा सपन्न भएको थियो। बार्टली सेकन्डरी स्कूलमा अध्ययनरत भिम पुनले(S/O 14390) युगाण्डाका खेलाडीहरु बार्टली सेकण्डरी स्कूलमा भ्रमणका लागि आउने भएकाले । स्कूलको तर्फबाट चिनो दिनका लागि तयार भई सकेको चित्रकाला। भिम पुन चित्रकाल साथै खेलौनाको उत्कृष्ठ नमुनाहरु तयार पारी प्रतियोगिमा भाग लिईनु भई पुरस्कार पनि जिति सक्नु भएको छ।  

भिम पुन आफ्ना साथी संग ओलम्पिक दिपलाई स्वागत गरि हर्षित मुन्द्रामा




खुशी को क्षण । मेरो फोटोग्राफीमा


सन 2010 का दिन दिउसो ईष्ट कष्ट पार्कमा साथीहरु कुदेको तस्विर खिच्न गएका थिए। गर्मी त्यति थिएन्। हल्का बतास चल्दै थियो। हाईटाईड हुँदै थियो। समुन्द्रको छाल तछाड मछाड गर्दै ह्वत्तै आउने स्वाट्टै जादै गरेको छालको गतिविधि  केहि बेर नियाले। प्रतियोगिताको कुदने समय भयो। साथीहरु कुदन थाले । लेन्समा कैद गर्दा गर्दै देखिन छाडे। अक्सिज ट्याँङक भिरेर दगुरेको जस्तै लाग्ने गरि फिनिसिङ हाने साथीहरुले। प्रमुख अतिथि सिङ्गापुरको प्रधान मन्त्री थियो भन्ने मलाई थाहा थिएन्। ईनाम र प्रमाण पत्र उहाँको बाहुलीबाट लिनका लागि साथीहरुको नाम पुकारिदा म आफै खुशीले गदगद भएको थिए। खुशी र गर्वले मन भाबुक भएको थियो। मैले नजिक बाट तस्विर लिन पाउदा। मेरो फोटोग्राफी शौखको सबै भन्दा खुशीको क्षण थियो ।    

   

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...