Total Pageviews

Sunday, July 2, 2017

Great Himalaya Trail 2016(Day-10) Hilsa To Manepeme


Day-10
The Great Himalaya Trail2016
Hilsa To Halji(Humla)

21 July 2016

0600Hrs उठ्यौ। लिमी भ्याल्ली जानका लागि हाम्रा सहयोगी लामा दाई 0630Hrs आउनु भयो। संगै बसेर खाजा खायौ। २ रात बस्दा खाएको रु 5000  तिर्यौ। साहुनीलाई हिल्सा बजारलाई छाडेर जाने रहर थिएन्। के गर्ने हिड्नै पर्ने भनी फेरी भेटौला भन्दै बाटो लाग्यौ ।झुलुङ्गे पुल तर्दै नाकै ठोक्केला झै नाङ्गो पाखामा नेपाल चाईना सिमानाको बाटोमा उक्लिन थाल्यौ। उचाई ह्वत ह्वत बढ्दै थियो। 4000मिटर उक्लिदा बल्ल हल्का तेर्स्रो बाट सोझियो। उचाई बढे पछि हिड्न सास्ति र सास स्वाँ स्वाँ र फ्वाँ फ्वाँ  हुने नै भयो। 


चारै तिर नाङ्गा पाखा भएता पनि । रमाईलो हुँदै थियो। खोचमा कर्णाली निस्सासिएर बगेको देख्दै थियौ। घामको कलिलो उषा नाङ्गा पहाड को टुपीमा भिज्दै ओरालो झर्दै थियो । हिड्दै गर्दा  बिसौनीमा धारा भेट्यौ। चिया पिउने सल्ला भयो। लामा दाईले मानेपेमे नपुगुन्जेल सम्म बाटोमा पानी छैन्। दाउरा खोजेर आगो सल्काउनु भयो। तिरीरीरी सानो धारामा बिशाल भान्जाले पानी भर्नु भयो। तातो चिया पिउदै २ घण्टा आराम गर्यौ।

एक घण्टा हिडे पछि चर्को घामले हिर्काउन थाले। खुस्क्यो भने सिधै कर्णालीको खोजमा पुग्ने खालको अक्कर आउन थाल्यो। २ ठाउमा पहिरोले बाटो पुरै खतरनाक बनाएको रहेछ। बिशाल भान्जालाई मैले डोराए। आङ् जिरिङ्ग हुने खालको अक्कर छ त हौउ भान्जा मैले भने ।मानेपेमे पुग्दा 1300Hrs बज्यो।  पानी पिउदै थकान र पसिनाले भिजेको लुगा सुकाउन थाल्यौ । आज घामले सेकाउन सम्म सेकायो भन्दै सुत्यौ सिवलमा। साढे एक घण्टा आराम गरे पछि बाटो लाग्यो।

उचाई 4200 मिटर हुँदै थियो । गति कछुवाको रफतारमा थियो। नाङ्गा पहाड नियाल्दै । खुईयाँ गर्दै हिड्दै गर्दा लामा दाईले भन्न थाले आज हाल्जी पुगिदैन्। ठुलो ओडार छ। पानी पनि छ। त्यहि बस्नु पर्छ भने पछि हामीले हुन्छ भन्यौ। खासमा हिल्सा देखि हाल्जी सम्म पुग्ने योजना थियो हाम्रो । हाल्जी गाउ पुग्ने योजना बिफल भयो। बाटामा  होटल  र बस्ति नभएकाले आलु रोटी खाजा भनेर बोकेका थियौ। ओडार आईपुग्नै लाग्दा पाखामा हरिया घास खादै रमाउदै चर्दै गरेका एकहुल नाउरहरु(Blue sheep) हामीलाई देखे पछि बुर्कुसी मार्दै ओरालो पाखामा हामफाल्दै भाग्यो।

4300 मिटरको उचाईमा अवस्थित ओढारमा 1700Hrs आईपुग्यौ। हेर्यौ गजब छ।थकानले ज्यान लोथ छ।  लामा दाईले आगो सल्काउनु भयो । चिया पिउदै । हैट आज हामी अन्धा धुन्धामा हिड्यौ। धन्न हामीले 4 किलो जती उसिनेको आलु बोकेको काम लाग्ने भयो। आज यसैको खोले बनाएर खाने सिवाय छैन्। हिल्सा हाल्जी २ क्याम्पको बाटो रहेछ ।म र बिशाल भान्जा टेण्ट टाँङ्दै गर्दा किशोर सरले आलु कचौरामा माँड्दै भन्नु भयो। बिशाल भान्जाले भने Great Himalaya Trail भनेको यस्तै हैन मामा । म फुस्स हाँसे किशोर सर पनि हाँस्नु भयो।

माथि ३ वटा नाउर पानी खादै गरेको देख्यौ। हामीलाई हेर्दै उकालो टाप कस्यो मिलिक्कै। पानी भएकाले चराचुरुङ्गी बास बस्ने बेलाको आवाज निकाल्दै थियो। चारै तिर नाङ्गा पहाड नियाल्दै चिया पिउदै गर्दा आलुको खोले पनि तयार भयो। खकुलो पेटमा तातो आलुको खोले खान थाल्यौ । आज आलु नबोकेको भए हामी भोकले के हुन्थ्यो भन्नु भयो किशोर सरले। काठमान्डुमा भन्दा हुम्लामा आधा घण्टा ढिला रात पर्ने भएकाले । रात नपरुञ्जेल आगो ताप्दै चिया पिउदै बस्यौ।भोलि बिहानको लागि पनि आलु उबारेर राखेका छौ  खाजाको लागि। 

भोलि खाना खाना हाल्जी पुगिन्छ लामा दाईले भने। आजको जस्तै चाला भयो भने फेरि मैले भने। किशोर र बिशाल भान्जाले गललल हाँस्दै।  त्यो पनि हुन सक्छ। पारीको नाङ्गा र फाटफुट हरिया देखाउदै भन्यो। अर्को महिना त्यो पाखामा जडीबुटी खोज्नु आउछु। लामा दाईले भन्नु भयो। आगो ताप्दै गर्दा गोधुली साँझले स्वागत गर्न थाल्यो। हामी टेण्ट भित्र छिर्यौ। 


मानेपेपे पुग्ननै लाग्दा घाम र थकानले लोथ भए पछि दुम्केलोमा थकान मेटाउदै हामी

गुडवाई हिल्सा भन्दै उक्लिदै गर्दा हिल्सा बजारको स्वरुप
मानेपेपे तिर बढ्ने क्रममा हामी ।
हिड्दै गर्दा हिल्सा बजारको स्वरुप
हिल्सा बजारको भेगका भौगलिक स्वरुप नियाल्दै गर्दा ।
Hilsa Bazzar
चाईनाको भूमि यस्तो देखिदै छ।
नाराला पासमा नागबेली सडक
हिल्ला बजारलाई नियाल्दा
अन्तिम पटक हिल्सा बजारलाई नियाल्दै बिशाल भान्जा र किशोर सर


पानी थाप्दै भान्जा बिशाल
चिया पिउदै किशोर सर। लामा दाई पानी तताउदै ।



खोचमा कर्णाली नदी भासिदै छ।



थकान मेटाउदै पाखामा हामी


मानेपेपे बाट पारी नियाल्दा नाङ्गा पाखा देख्दा रमाईलो लाग्दो रहेछ। पछाडी यारी गाउ छ।
अक्करको बाटो नियाल्दै बिशाल र किशोर सर
मानेपेपेको भित्ता तिर हिड्दै हामी
मानेपेमेको पाखामा आराम गर्दै हामी




Our 5 Star Hotel

 

Saturday, July 1, 2017

युगाण्डाका युथ ओलम्पिक खेलाडीहरुका लागि उपहार

युथ ओलम्पिक गेम 2010 सिङ्गापुरमा सपन्न भएको थियो। बार्टली सेकन्डरी स्कूलमा अध्ययनरत भिम पुनले(S/O 14390) युगाण्डाका खेलाडीहरु बार्टली सेकण्डरी स्कूलमा भ्रमणका लागि आउने भएकाले । स्कूलको तर्फबाट चिनो दिनका लागि तयार भई सकेको चित्रकाला। भिम पुन चित्रकाल साथै खेलौनाको उत्कृष्ठ नमुनाहरु तयार पारी प्रतियोगिमा भाग लिईनु भई पुरस्कार पनि जिति सक्नु भएको छ।  

भिम पुन आफ्ना साथी संग ओलम्पिक दिपलाई स्वागत गरि हर्षित मुन्द्रामा




खुशी को क्षण । मेरो फोटोग्राफीमा


सन 2010 का दिन दिउसो ईष्ट कष्ट पार्कमा साथीहरु कुदेको तस्विर खिच्न गएका थिए। गर्मी त्यति थिएन्। हल्का बतास चल्दै थियो। हाईटाईड हुँदै थियो। समुन्द्रको छाल तछाड मछाड गर्दै ह्वत्तै आउने स्वाट्टै जादै गरेको छालको गतिविधि  केहि बेर नियाले। प्रतियोगिताको कुदने समय भयो। साथीहरु कुदन थाले । लेन्समा कैद गर्दा गर्दै देखिन छाडे। अक्सिज ट्याँङक भिरेर दगुरेको जस्तै लाग्ने गरि फिनिसिङ हाने साथीहरुले। प्रमुख अतिथि सिङ्गापुरको प्रधान मन्त्री थियो भन्ने मलाई थाहा थिएन्। ईनाम र प्रमाण पत्र उहाँको बाहुलीबाट लिनका लागि साथीहरुको नाम पुकारिदा म आफै खुशीले गदगद भएको थिए। खुशी र गर्वले मन भाबुक भएको थियो। मैले नजिक बाट तस्विर लिन पाउदा। मेरो फोटोग्राफी शौखको सबै भन्दा खुशीको क्षण थियो ।    

   

The Great Himalaya Trail 2016 (Day-9) Hilsa Rest Day

Day-9
The Great Himalaya Trail 2016
Hilsa Rest day
20 July 2016

नेपाल चाईना सिमाना स्तम्भमा किशोर सर 
हाम्रो आराम गर्ने दिन भएकाले  बिशाल भान्जा र किशोर सर 1000Hrs सम्म सुते। ७ बजे तुमकोट गाडी जाने भएकाले म हाम्रो सहयोगी सन्तोष भाईलाई बिदाई गर्न उठे।  लिमी भ्याल्लीमा टिबेटीएन भाषा मात्र बोल्ने भएकाले सागरलाई फर्काएका सिमिकोट । सूर्यको उषा पोखिनलाई फखेटा फिजाउदै गरेको देखिन्थ्यो। हातमा भोटे चिया बोक्दै हिल्साको चिसो र कलिलो बिहानमा म एक्लै वरिपरिको दृष्य नियाल्न डुले। हिँउले खुईलेका नाङ्गा पठार बाट ठोक्केर झरेको छिप्पेको घाम आईसक्दा किशोर र बिशाल उठ्नु भयो। घाम ताप्दै भोटे चिया पिउदै बस्यौ। 

भोटबाट बग्दै आएको कर्णाली नदी घमिलो देखिदै छ। पानी परेको छैन तर किन धमिलो पानी बग्दै छ। छेवैमा भएकी होटलकी बहिनीलाई सोधे। भोटमा हिमताल फुटेको हुनु पर्छ। ३ दिन अगाडि सम्म सङ्गलो थियो। नेपालको भूभागमा कर्णाली नदीमा पक्की पुल निर्माण गर्दै गरेको देखिदै छ। मन्द गतिमा सिरेटो चलेको छ। मानसरोवर  जानका लागि भारतिय तिर्थालुहरु नेपालको झोलुङ्गे पुल तर्दै नेपाल र चाईनाको सिमानामा चिप पर्खि बसेको देखिदै छ। सिमिकोट बाट भारतिय तिर्थालुहरु हेलिकप्टर बाट ओसार्दै गरेको हेर्दै छौ । मानसरोवर दर्शनको महिना भएकाले हिल्सामा भारतिय पर्यटक र नेपाली गाईडहरु को घुईचो देख्दै छौ। हिल्सा सिमिकोट सिमिकोट हिल्ला नेपालीको लागि हेलिकप्टरमा सिट भएमा भाडा ५ हजार रहेछ। 

नेपालको सिमा प्रहरी चौकीमा गयौ। सुरक्षा र अन्य कुराहरु बुझ्न। १६ जना लेक लागेर भारतिय तिर्थालु मृत्यु भएको जानकारी दिए। यो साल देखि सिमा प्रहरीले राज्वस्व उठाउन थालेकाले गत सालको भन्दा कम चाईना बाट समानहरु भित्रिएको कुरा बताए। हरेक महिनामा चाईनाको प्रहरीको सिनियर मेसमा निमन्त्रणा गर्ने र उताको सुविधाहरु देख्दा । हेर्नुस त हाम्रो सिपाही भाईहरु यस्तो जाडोमा पनि  कम सुविधामा देशको सेवा गर्दै छन्। ईन्सिपेक्टर ले भने।

चाईनाको भूमिमा उच्च प्रविधिको सी सी टीभी जडित छ। कुनै किसिमको नेपालको भूगोलमा हर्कत देखेमा हामी कहाँ समन्य गर्न आउछन्। २० मिनेट गफगाफमा सिमा प्रहरी चौकीमा हामीलाई चिया खुवाउनु भयो। हामी हुम्ला देखि ताप्लेजुङ सम्म हिड्ने नेपाली घुम्ने भन्दै चिनारी दिएका थियौ चौकीमा। उहाँहरु खुशी हुनु भएको थियो। कति बिदेशी मात्र हिड्ने अब नेपालीले पनि घुम्नु पर्छ । चौकी बाट होटलमा खाना खान फर्क्यौ। खाना खाए पछि सिमाना स्तम्भ र हेलीकप्टर ल्याण्ड हुने स्थान तिर डुल्न गयौ।
हिल्सा बजारमा चाईनाको नेटवर्क भएको मोबाईल न‌ंम्बर प्रयोग गर्दा रहेछ। नेपाल दुरसंचारको नेटवर्क कहिले पुग्ला। भन्दै मैले किशोर सरलाई प्रश्न गरे। खै कहिले उहाँले भने।

हिल्सा बजारको प्राकृतिक शौन्दर्यले हामीलाई मन्त्रमुग्ध बनाउको थियो। 
नेपाल चाईना सिमाना स्तम्भ। बिचमा कर्णाली नदि पारि देखिने चाईनको भूगोल। भूक्षय रोक्नका लागि चाईनाले बलियो बाँध बाधिएको छ। 

 नेपालको भूगोल बाट चाईनाको भूगोल नियाल्दा
नेपालको भूमिबाट चाईनाको बिकास नियाल्दा। कर्णाली नदीमा बाँध,कालो पत्र गरिएको मानसरोर जाने सडक,चाईनाको अध्यगमन भवन र देखिएको नाङ्गा पठारमा उच्च प्रविधिको क्यामराले नेपालको भूमिमा निग्रानी गरेका हुन्छन् ।
नेपाल चाईना सिमानको काँडे तार । खच्चर देखिएको नेपालको भूमि
नेपाल चाईना सिमान नियाल्दा बिचमा कर्णाली नदी पारी नेपालको भूमि हिल्सा
नेपाल दुरसंचारको टेलीफोन देखाउने मात्रा हो । काम गर्दैन । केवल बिज्ञापन मात्र।
झोलुङ्गे पुल। नेपाल सिमा प्रहरीले अध्यगमनको काम, राज्वश्व संकलन र अन्य सुरक्षा जाँच यसै स्थानमा गर्ने गरेका देख्यौ। 
नेपाल चाईना सिमानमा यस्तो देख्न सकिन्छ
हिल्सा बजारमा बतेडको घाम लाग्दै छ। पठार भएकाले हावा चल्ने नै भयो। सानो भ्याल्ली भए पनि हिल्सा बजारको प्राकृति सौन्दर्यले मन खुशी पार्ने प्रबाभ रहेछ।
मानसरोवर जानका लागि भारतिय तिर्थालुलाई हवाई मार्ग सिमिकोट देखि ओसार्दै 
नेपालको भूमि हिल्सा बजार भन्दा केहि माथि हेलिप्याँड । मानसरोवर दर्शन गरेर सिमिकोट फर्कन हेलकप्टरको प्रतिक्षामा भारतिय तिर्थालु र नेपाली गाईड
नेपालको भूमिबाट देखिएको पुरै चाईनाको बिकास 
नेपालको भूमिमा अवस्थित झोलुङ्गे पुल । यसै झोलुङ्गे पुलबाट चाईना नेपाल आवत जावत गर्ने गरिन्छ।
यो देखिउको भूमि नेपालको हिल्सा बजार हो। सानो बजार भए पनि क्या राम्रो भ्याल्ली छ। हिँउले पखाल्दै राखेको चट्टान र माटोको स्वरुप देख्दा मित लगाउन मन लाग्दो रहेछ। कर्णाली कञ्चन बगेको देख्दा पक्कै पनि थप आकर्षण हुने रहेछ। फेरि पनि कुनै दिन पुगिन्छ हिल्ला घुम्न बस्न अनि रमाउन।



कर्णाली नदी माथि पक्की पुल नेपालको भूमिका निर्माण गर्दै थियो हामी पुग्दा। हाल पक्की पुल निर्माण भई । सवारी साधन गुड्न थालि सकेको छ। 
नेपालको भूमि हिल्सा बजार हल्का नाराला पास को घुम्ति पनि देखिदै छ।
हिल्सा बजार । माथि देखिएको   नारा पासको थुम्का र हिल्सा सिमिकोट सडकको घुम्ति।

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...