Day-10
The Great Himalaya Trail2016
Hilsa To Halji(Humla)
21 July 2016
0600Hrs उठ्यौ। लिमी भ्याल्ली जानका लागि हाम्रा सहयोगी लामा दाई 0630Hrs आउनु भयो। संगै बसेर खाजा खायौ। २ रात बस्दा खाएको रु 5000 तिर्यौ। साहुनीलाई हिल्सा बजारलाई छाडेर जाने रहर थिएन्। के गर्ने हिड्नै पर्ने भनी फेरी भेटौला भन्दै बाटो लाग्यौ ।झुलुङ्गे पुल तर्दै नाकै ठोक्केला झै नाङ्गो पाखामा नेपाल चाईना सिमानाको बाटोमा उक्लिन थाल्यौ। उचाई ह्वत ह्वत बढ्दै थियो। 4000मिटर उक्लिदा बल्ल हल्का तेर्स्रो बाट सोझियो। उचाई बढे पछि हिड्न सास्ति र सास स्वाँ स्वाँ र फ्वाँ फ्वाँ हुने नै भयो।
चारै
तिर नाङ्गा पाखा भएता पनि । रमाईलो हुँदै थियो। खोचमा कर्णाली निस्सासिएर
बगेको देख्दै थियौ। घामको कलिलो उषा नाङ्गा पहाड को टुपीमा भिज्दै ओरालो झर्दै
थियो । हिड्दै गर्दा बिसौनीमा धारा भेट्यौ। चिया पिउने सल्ला भयो। लामा
दाईले मानेपेमे नपुगुन्जेल सम्म बाटोमा पानी छैन्। दाउरा खोजेर आगो सल्काउनु भयो।
तिरीरीरी सानो धारामा बिशाल भान्जाले पानी भर्नु भयो। तातो चिया पिउदै २ घण्टा
आराम गर्यौ।
एक
घण्टा हिडे पछि चर्को घामले हिर्काउन थाले। खुस्क्यो भने सिधै कर्णालीको खोजमा
पुग्ने खालको अक्कर आउन थाल्यो। २ ठाउमा पहिरोले बाटो पुरै खतरनाक बनाएको रहेछ।
बिशाल भान्जालाई मैले डोराए। आङ् जिरिङ्ग हुने खालको अक्कर छ त हौउ भान्जा मैले
भने ।मानेपेमे पुग्दा 1300Hrs बज्यो। पानी पिउदै थकान र पसिनाले
भिजेको लुगा सुकाउन थाल्यौ । आज घामले सेकाउन सम्म सेकायो भन्दै सुत्यौ सिवलमा।
साढे एक घण्टा आराम गरे पछि बाटो लाग्यो।
उचाई 4200 मिटर हुँदै थियो । गति कछुवाको रफतारमा थियो। नाङ्गा पहाड नियाल्दै ।
खुईयाँ गर्दै हिड्दै गर्दा लामा दाईले भन्न थाले आज हाल्जी पुगिदैन्। ठुलो ओडार छ।
पानी पनि छ। त्यहि बस्नु पर्छ भने पछि हामीले हुन्छ भन्यौ। खासमा हिल्सा देखि
हाल्जी सम्म पुग्ने योजना थियो हाम्रो । हाल्जी गाउ पुग्ने योजना बिफल भयो। बाटामा
होटल र बस्ति नभएकाले आलु रोटी खाजा
भनेर बोकेका थियौ। ओडार आईपुग्नै लाग्दा पाखामा हरिया घास खादै रमाउदै चर्दै गरेका
एकहुल नाउरहरु(Blue sheep) हामीलाई देखे पछि बुर्कुसी
मार्दै ओरालो पाखामा हामफाल्दै भाग्यो।
4300
मिटरको उचाईमा अवस्थित ओढारमा 1700Hrs आईपुग्यौ। हेर्यौ गजब छ।थकानले ज्यान लोथ छ। लामा दाईले आगो सल्काउनु
भयो । चिया पिउदै । हैट आज हामी अन्धा धुन्धामा हिड्यौ। धन्न हामीले 4 किलो जती उसिनेको आलु बोकेको काम लाग्ने भयो। आज यसैको खोले बनाएर खाने
सिवाय छैन्। हिल्सा हाल्जी २ क्याम्पको बाटो रहेछ ।म र बिशाल भान्जा टेण्ट टाँङ्दै
गर्दा किशोर सरले आलु कचौरामा माँड्दै भन्नु भयो। बिशाल भान्जाले भने Great Himalaya
Trail भनेको यस्तै हैन मामा । म फुस्स हाँसे किशोर सर
पनि हाँस्नु भयो।
माथि
३ वटा नाउर पानी खादै गरेको देख्यौ। हामीलाई हेर्दै उकालो टाप कस्यो मिलिक्कै।
पानी भएकाले चराचुरुङ्गी बास बस्ने बेलाको आवाज निकाल्दै थियो। चारै तिर नाङ्गा
पहाड नियाल्दै चिया पिउदै गर्दा आलुको खोले पनि तयार भयो। खकुलो पेटमा तातो आलुको
खोले खान थाल्यौ । आज आलु नबोकेको भए हामी भोकले के हुन्थ्यो भन्नु भयो किशोर
सरले। काठमान्डुमा भन्दा हुम्लामा आधा घण्टा ढिला रात पर्ने भएकाले । रात
नपरुञ्जेल आगो ताप्दै चिया पिउदै बस्यौ। भोलि बिहानको लागि पनि आलु उबारेर राखेका छौ खाजाको लागि।
मानेपेपे पुग्ननै लाग्दा घाम र थकानले लोथ भए पछि दुम्केलोमा थकान मेटाउदै हामी
मानेपेपे तिर बढ्ने क्रममा हामी ।
हिड्दै गर्दा हिल्सा बजारको स्वरुप
हिल्सा बजारको भेगका भौगलिक स्वरुप नियाल्दै गर्दा ।
Hilsa Bazzar
चाईनाको भूमि यस्तो देखिदै छ।
नाराला पासमा नागबेली सडक
हिल्ला बजारलाई नियाल्दा
अन्तिम पटक हिल्सा बजारलाई नियाल्दै बिशाल भान्जा र किशोर सर
पानी थाप्दै भान्जा बिशाल
चिया पिउदै किशोर सर। लामा दाई पानी तताउदै ।
खोचमा कर्णाली नदी भासिदै छ।
थकान मेटाउदै पाखामा हामी
मानेपेपे बाट पारी नियाल्दा नाङ्गा पाखा देख्दा रमाईलो लाग्दो रहेछ। पछाडी यारी गाउ छ।
अक्करको बाटो नियाल्दै बिशाल र किशोर सर
मानेपेपेको भित्ता तिर हिड्दै हामी
मानेपेमेको पाखामा आराम गर्दै हामी
Our 5 Star Hotel



