Total Pageviews

Monday, June 26, 2017

Great Himalaya Trail (Day-6) Kermi To Yalbang

 Day-6
केर्मी-- यालबाङ (हुम्ला)
Great Himalaya Trail

17July 2016




झरि पर्दै थियो। वतावरण चिसो । खोचमा कर्णाली धमिलो भेल उर्लेदै गरेको । नाङ्गो पहाडमा सेतो भूईकुहिरो हुल सलबालउदै । पाखामा भेडा च्याङग्रा चरिरहेको । यहि प्राकृतिक सौन्दर्यको नाटक नियाल्दै। आजको बिहानको माहोल बितेको थियो केर्मीमा।  चिया र वाई वाई नास्ता गर्यौ। 2100 रुपैयाँ बिल तिर किर्मी बाट यालबाङ् तिर सोझियौ 0840Hrs
हिड्ने बित्तिकै मलाई पेट दुःन थाल्यो । बाटो मुनि घुम्ति चर्पी बनाई हाले।३ पटक बाटो मुनी बाटो माथी चर्पी  बनाउदै 1000Hrs ओखरथला पुग्यौ। भोटे चिया पिउदै पखालाको दबाई पनि खाए मैले। NTC को नेटवर्क भएकाले हामीले आफन्तलाई फोन गर्यौ। वाई वाई खाजा फेरी खायौ । 600 रुपैया तिर 1100Hrs बाटो लाग्यौ।

हिमाली भेगको वतावरण शुरु भयो ओखरथला बाट । जाडो हुने नै भयो।  तेर्सो बाटो भएकाले सल्ली डाँडा 1200Hrs पुग्यौ। सल्ली  डाँडामा एक घर पसल रहेछ। जाडो किसिम थियो। भोटे चियाले ज्यान तातो बनायौ। किशोर सर र बिशाल भान्जाले ऊवाँको तीनपाने ट्वाँक दिनु भयो। 600 रुपैयाँ तिरी 1245Hrs ओरालो लाग्यौ सल्लीमा पुगी आजको खाना खान। 1400Hrs सल्ली पुग्यौ। हिल्सा सिमिकोट र लिमि लाप्चा सडकको ट्रयाक खोलि सकेको संगम स्थल रहेछ। खोच भए पनि सल्ली खोला रमाईलो ठाउ लाग्यो। गोब्रे सल्लाको घना जङ्गल रहेछ। पेट खाली भईसकेको थियो। वाई वाईले पेट हल्का पुरा गर्यौ ।

हाम्रो लागि खाना पाक्दै थियो। अगेनामा आगो ताप्दै गर्दा खसीको फिला अगेना माथी झुण्डिएका देख्यौ। सिकुटि भुट्न लगायौ। खसीको सुकुटी खान सकेनौ ठ्वाँस्स खसी गन्ह्याँएकाले सबै सागर भाईलाई दियौ हामीले। पेट भर्नका लागि जवरजस्ती दाल र भात खायौ । खाना मिठो थिएन्। 1430 रुपैयाँ तिर 1530Hrs सल्ली खोलाको झोलुङ्गे पुल तर्यौ। हल्का उकालो ओरालो कहिले कर्णाली भेटिने कहिले तल देखिदै क्रममा यालबाङ्ग आईपुग्न लाग्दा मुसल धारे पानीले गोदन सम्म गोदयो। छाता र प्लास्टिकको घुम ओढ्दै 1800Hrs यालबाङ्गको होटल हिमचुलीमा आईपुग्यौ।भिजेको लुगा फेर्यौ । न्यानो कपडा लगायौ।

भोटे चिया पिउदै । अगेनाको रापले ज्यान तातो हुँदै थियो। आलु पाक्दै थियो बहानमा। साहुनी धनिया र गोलभेडा को अचार बनाउनु हुँदै थियो। किशोर सरले तीन चार दाना आलु खानु भई ज्वरो आउला जस्तो भएर आराम गर्नु लाग्नु भयो। बिशाल भान्जा सागर र म आलु खादै साहुनी संग गफगाफ गर्न थाल्यौ। थुक्पा सुप खाने भएकाले  मैदा मुस्न थाल्नु भयो साहुनी। उहाँकी श्रीमान् ताक्लाकोट ब्यापारका लागि जानु भएको रहेछ। सिमिकोट देखि हिडे पछि हामीले मुण्डे घरमा मात्र देख्दै आएका थियौ तर यालबाङ मा पुरै जस्ताले छाएको पक्की घरहरु देख्यौ। हरेकको  घुरेनमा साग सब्जी लगाएको देख्यौ। फोहरमैला देखेनौ । पानी प्रसस्त। झिङ्गा देखेनौ । हरेको घरमा चर्पी। ४४ किलो वाटको २४ सै घण्टा बिजुली NTC नेटवर्क सुविधा। पुछारमा कर्णाली । सिधै पारी बाग्लो जङ्गल हेर्दा क्या राम्रो । तपाईका गाउका मानिस जाँगरिला रहेछ । हामी दंग भयौ। हुम्लाको बारेमा गरिबी अनिकालको समाचार र फोटो देख्थ्यौ । त्यो हामीले देखेनौ साहुनी लाई मैले प्रश्न गरे।

हाम्रो गाउ बनाउन २ जना लामाले धेरै दुःख गर्नु भएको छ। अझ गर्दै हुनुहुन्छ गाउका लागि।  हाम्रो गाउ परिवर्तन भएको धेरै भएको छैन्। लामा लवजको शैलीमा भनिन्। कालिज डाँफे मृग घोरल नाउर को मासु खानु पाईन्छ भन्ने मैले पत्रपत्रिकामा पढेको थिए। आज बिहान ओखरथलामा मृगको साप्रा देखेका थियौ। यहा पनि होलानी हैन्। यालबाङमा सबै लामा भएकाले काटमार हुँदै । सिकार नगर्ने नियम बनाएका छौ। पहिले बन्दुक पडकाउने बित्तिकै गाउले सबै गएर शिकारी पक्रन थाल्यौ। आजकाल पासो थापेर मार्दैं छन्। हाम्रो गाउको ले हैन केर्मी धारापुरी र सेडा गाउका सिकारीहरु। उनीहरुले तुमकोट र ओखरथाल तिर बेच्न लैजान्छन्।यहाँ ५०० जति लामा गुम्बा बस्छन्। बोर्डिङ स्कूल पनि राम्रो चलाएका छन् २जना लामाले। हामीले च्यान्दुक देखि सुन्दै आएका थियौ। बाल बच्चाहरु यालबाङ बोर्डिमा पढ्दै छन् भनेर।

बहुपति चलन तपाईको गाउमा अझै छन् मैले सोधे । यालबाङमा पुरानो चलन हटिसक्यो । एक घर मात्र छ। त्यो पनि मेरो मिल्ने साथी हो। उनीहरु हाँसी खुशी रमाईलो संग जीवन बिताउदै छन्। २ दाजुभाईको एउटी श्रीमती। गफगरी रहदा थुक्पा पनि तयार भयो। ज्यादै मिठो थुक्पा थियो। सिमिकोट देखि हिडे पछि मिठो खाना यालबाङमा खाँदै छौ हगि बिशाल भान्जा मैले भने । साह्रै स्वाँदिष्ट। साहुनीको काम गर्न निपुर्णता र पाहुनालाई सत्कार गर्ने कला देखि हामी प्रभावित हुँदै थियौ।  किशोर सरलाई  बिस्तारमा थुक्पा लगि दिए सागर भाईले। थुक्पाको  सुप र ओखतीले किशोर सर निको हुनु भएको रहेछ बिस्तारामा पुग्दा। आज हाम्रो यात्राको सबै भन्दा रमाईलो भनेकै यालबाङ्को मिठो खाना। गाउ सफा। हराभरा गाउ।  झिङ्गा रहित। सल्ली खोलाको लोभ लाग्ने गोब्रे सल्ला। ओखरथाला देखि यालबाङसम्मको पदयात्रा गर्दा गौरब लाग्ने वतावरण र भौगलिक स्वरुपरहेछ भन्दै स्लिपिङ ब्याग भित्र पस्यौ। बाहिर मुसलधारे पानी पर्दै थियो।         


ओखरथलाको होटलमा चिया पिउदै गर्दा भान्जा बिशाल ले सुटुक्कै यसरी उतार्नु भएछ। किशोर सर फोनमा SMS पढ्दै हुनुहुन्छ।

ओखरथलबाट पारी देखिने मनोरम दृष्यले हामीलाई मोहित पार्दै ।
ओखरथलाको बाटोमा खच्चर तुमकोट  तिर समान  लिन जादै



धारापुरीमा उपियाँले टोकेको फोका देखाउनु हुँदै भान्जा बिशाल । ओखरथलामा
ओखरथलाबाट देखिने नाङ्गो पहाड ।
सल्ली खोला एक मात्र होटल
सल्लीखोला लिमी लाप्चा र हिल्सा सिमिकोट सडक को संगम स्थल भएकाले कवाडी चाईनिज मिनि ट्रिपर। एक बर्ष अगाडि ल्याएका रहेछ । ड्राईभर नभएकाले खिया लागेर चल्ने अवस्थामा छैन्। चिसो वतावरणमा थकान भुलाउनु हुँदै किशोर सर।
खाना खाए पछि सल्ली खोला पछ्याउदै र गोब्रे सल्लाघारी भित्रको बाटोमा बिशाल भान्जा
बिशाल भान्जा र किशोर सर सल्ली खोलाको झोलुङ्गे पुलमा ।

सल्ली खोला
कर्णाली पृष्ठभूमिमा राख्दै किशोर सर
यालबाङ गाउ देखिदै गर्दा
भान्जा बिशाल थकान मेटाउनु हुँदै हामीलाई पर्खै
हाम्रो समान बोकि दिनु हुने सागर भाई पनि कर्णालीको भेल नियाल्दै
यालबाङ पुग्ने बेलामा

होटल हिमचुली

यलाबाङ गाउको सौन्दर्य

यालबाङ गाउ।



Sunday, June 25, 2017

Great Himalaya Trail Day-5

Day-5

धारापुरी-- केर्मी(हुम्ला)
Great Himalaya Trail
16 July 2016

चिया र वाई वाई खाजा खायौ। 0815Hrs धारापुरीबाट बाटो लाग्यो। 3200  रुपैयाँ तिर्यौ। सिमसिमि पानी परि रहेको  थियो । हेप्का खोला र कर्णाली नदी धमिलो भेल उर्लदै देखिन्थ्यो। बाटोमा हिलो हुने नै भयो। भ्यागुते उफ्राई गर्दै अगाडी बढ्यौ। एक घण्टा हिडे पछि पानी रहर्यो। तर गर्मी भने ज्याँदै थियो। बिशाल भान्जा र सागरको रफतार तेज देखिन्थ्यो। म भने हिड्न सकिरहेको थिएन्। हाम्रो झोला 12केजी भन्दा माथि थियो। च्यान्दुको झरना सम्म पुग्दा म लम्फु भईसकेको थिए।

च्याँन्दुकको सिरनमा लामा समुदायको बस्ति देख्दा गजब लाग्यो। अवका गाउ बस्ति लामा समुदायको बस्ति हो भनेर सजिलै चिन्न सकिन्थ्यो। च्याँन्दुकको अक्करमा पहाडलाई खोपेर बनाएको बाटोमा आङजिरिङ्ग हुँदै हिड्यौ। खुस्क्यो भने सिधै कर्णाली को भेलमा। ३ दिन अगाडि धारापुरी गाउको एउटा घोडा लडेर मरेको ठाँउ हेर्न आएका २ जना बहिनीहरु भेट्यौ। खच्चर धोडा र गधाले तुमकोट बाट समान ल्याउने रहेछ।  1330Hrs ठुलो केर्मीमा पुग्यौ। यहा पनि झिङ्गा किसिम थियो। भोटे चिया पिए पछि खाना नपाकुञ्जेल सम्म सुत्यौ हामी। खाना खाए पछि फेरि सुत्यौ। 1600Hrs खानाको 930 रुपैयाँ तिर हिड्यौ। आजको बास केर्मी भन्दै।

थाकेर लम्फु त्यस माथी पसिनाले निथ्रुक्क भएर केर्मीमा 1800Hrs आईपुग्यौ। मुसलधारे पानीले पर्न थाल्यो। भोटे चिया पिउदै बस्यौ। अण्डा पाक्ने तातोपानी जानको लागि 20 मिनेट लाग्दो रहेछ। रहर थियो तर हामी थाकेर जान सकेनौ। बिशाल भान्जाको मोबाईलमा भाबुक आधुनिक गीतहरु खाना नपाकुन्जेल सम्म ढल्केर सुन्दै बस्यौ। बिशाल भान्जालाई हिजो राती धारापुरीमा उपियाले टोकेर घाउ साथै फोहरमैला उछ्रेकाले प्रार्थमिक उपचारको लागि दबाई लगाई दिदै भने आजको गन्तब्यमा च्याँन्दुको झरना र अक्कर अवष्मरणिय क्षण भयो हगि। 

किशोर सर र भान्जा बिशाल च्यान्दुको अन्तिम अक्कर पार गर्ने बखतमा थकानको सुसेली मार्दै गरेको बखतमा। धारापुरी देखि यहा सम्म आईपुग्दा हामी थाकेर लम्फू भईसकेका थियौ। पसिनाले ज्यान पुरै लु्थ्रुक्कै 
किशोर सर कर्णाली नदीको ढिक्क र घुम्तिमा हिड्दै गर्दा ।

च्यान्दुको झरना र अक्कर ।

बिशाल भान्जा र सागर भाई खरायोको गतिमा हिड्दै गर्दा मैले वारीको घुम्तिबाट एक झ्याँप यसरी उतारेको दृष्य।


च्याँन्दुकको झरना अक्कर र पुछारमा कर्णाल नदी उर्लदै

च्यान्दुको अक्करमा


च्यान्दुको झरनामा 
च्यान्दुकको झरनाको आगनमा पुग्दा यस्तो देखिन्छ।

झरनाको तस्विर खिचि सके पछि कर्णाली नदिको तस्विर खिच्नमा एकोहोरिदा भान्जा बिशाल ले खुसुक्कै मलाई यसरि उतार्नु भएछ ।

३ दिन अगाडी आफ्नो घोडा यसै अक्करबाट लडेर मरेका रहेछन्। घोडाको माया लागेर धारापुरीका बहिनीहरु फेरि हेर्न आएका रहेछन्।




बिशाल भान्जा च्यान्दुकको अक्करमा






लामा समुदायको बाग्लो बस्ति केर्मीको दृष्य



केर्मीको होटलमा । हाम्रो सहयोगी सागर भाई र भेडी गोठाले दाई संग कुराकानी गर्दै गर्दा भान्जा बिशाल ले खिच्नु भएको तस्विर। 

Saturday, June 24, 2017

Great Himalaya Trail (Day-4) Simikot-Dharapuri

Day-4
सिमिकोट- धारापुरी
Great Himalaya Trail 
15July 2016


होटल रलिङ्गको प्राङ्गणमा 

हिजो र बिहानको खाजा खाएको 5200 रुपैयाँ तिरी 0930hrs रलिङ्ग होटल बाट हिल्सा र लिमि भ्याल्लीका लागि बाटो लाग्यौ। The Great Himalaya Trail को पहिलो दिन आज। लाल बुढा अभिनास लामा होटल रलिङ्ग का राम दाई ले GHT यात्राको शुवेच्छा दिनु हुँदै हामी लाग्नाको थुम्का उक्लिने बाटो समाउन  थाल्यौ। उक्लिन  एक घण्टा लाग्यो 3200 मिटरको लाग्ना थुम्का।  साँस ह्वत्तै बढ्ने नै भईनै हाल्यो। भान्जा बिशाल र सन्तोष बुढा फुर्तिले हिड्नु भएको थियो। किशोर सर पनि । म भने कछुवा चालमा। लाग्ना थुम्का बाट सिमिकोट बजारको दृष्य लोभ लाग्ने खालको देखिदो रहेछ। लाग्ना बाट बाटो सिधै ओरालो भएकाले हिड्न सकेका थिएनौ । बर्षा याम भएता पनि हिजो राती पानी परेकाले होला आकासमा पानी निथ्रेको जस्तो लागि रहेको थियो। घामको किरणले सिधै हामीलाई झापट दिदै थियो।

पानी न्याउला गाउमा पसिनाले लुथ्रुक्क भएर पुग्यौ । रेडबुल पियौ प्याँस मेटायौ। चिया पिउदै थकान मेटाउदै थियौ। किशोर सरले चिया पिउदै गर्दा झिङ्गाले सिधै आत्माहत्या गरिहाल्यो। उहाँले चिया पिउनु भएन्। झिङ्गा यति धेरै थियो । 900 रुपैया तिरी ओरालो बाटो लाग्यौ। ओखरको सियाल मा बस्दै गर्दा ४ जना बिधार्थी भाईहरु आए। कता हिडेका भाईहरु हामीले सोध्यौ। हिँउदमा बेसी बर्षामा लेक ।  चार ठाउमा बिसाउदै 1400Hrs माँझ गाउमा असिन पसिन हुँदै कैलास शाही होटलमा पुग्यौ। ति बिधार्थी भाईहरुको भनाईले किशोर सरको मन छोएको थियो र उहाँले कविता कोर्न थाल्नु भयो। भान्जा बिशाल ओखरको सियाल मा ढल्कनु हुँदै थियो।

स्याँखिने भाले आगनमा चरेको देख्यौ ।आज यसको तिहुन बनाउने कि मैले किशोर सर भान्जा बिशाल लाई भने । उहाँले स्वीकार गर्नु भयो। अतिनै पिरो झोल। मैले खान सकिन। भान्जा बिशाल किशोर सर सगार भाईले मिठो अर्गानिक भन्दै खानु भयो। गर्मी पनि किसिम थियो। घाम ढल्के पछि हिड्ने योजना बनायौ। खाना खाए पछि। फङ्स दिन थाल्यौ ओखरको सियल मुनि । 3100 रुपैयाँ तिरि 1630Hrs धारापुरी गाउ तिर बाटो लाग्यौ। बाटो तेर्सो हल्का फ्याँट फुट्ट उकालो अक्कर मा गफा गर्दै कर्णाली नदि र हेप्का खोलाको दोभानमा अवस्थित  धारा पुरीमा गाउमा 1800Hrs पुग्यौ। प्रहरी पोष्ट रहेछ। असई संग हिल्ला लिमि भ्याल्ली र हेप्का गाउको बारेमा जानकारि दिनु भयो। मानसरोवरमा भारतिय तिर्थालु १६ जना लेक लागेर मृत्यु भएको पनि जानकारी दिनु भयो। किशोर सर टेन्टमा र भान्जा बिशाल म र सन्तोष भाई होटलको खाटमा सुत्यौ।

आजको हाम्रो योजना थियो ढाड केर्मी पुग्ने थियो तर हिड्न सकेनौ। हामीले स्थानियलाई सोध्दा सजिलै पुगिन्छ भन्थे । डाँडाफैयाँ गाउमा शाही समुदाय र पारी सेडा गाउमा बुढा समुदायको बाग्लो बस्ति नियाल्नु आजको गन्तब्यको मुख्य आकर्षण रहयो साथै ओखर निक्कै पाईदो रहेछ


डाँडाफैयाँको उकालो हुम्ली सवारी साधान। सिमिकोट जादै गरेका यात्रु। किशोर सर सेडा गाउको बाग्लो बस्तिलाई क्यामरामा कैद गर्नमा ब्यस्त देखिनु हुन्छ। भान्जा बिशाल र सन्तोष बुढा अगाडि बढि सक्नु भएको छ। म हिड्न नसेर किशोर सरको पछि पछि पच्छाउदै छु।


पानी न्याउला गाउबाट सेडा गाउ र पुछारमा कर्णाली नदी च्यापिउदै खोचमा
बिज्ञापन त भरपुर छन् तर सुवधिा केहि छैन्। INGO & NGO का कार्यकर्ताहरु धेरै भेटिए । कहिले सचेत गराउला सरसफाईको बारेमा। यसै होटलमा मा किशोर सरको चियाको ग्लासमा झिङ्गाले सिधै आत्माहत्या गरेको। स्वदेशी तथा बिदेशी पर्यटको मुख्य बाटो पनि पर्दो रहेछ पानी न्याउला।
पानी न्याउलाको रसिलो आँरुबखडा। मैले गजबले दबाएर दिए। सन्तोष भाईलाई 50 रुपैयाँको  किन्न पठाएको थिए । ४ भाईले खाई नतुर्ने तरिकाले एक डाँलो भरि थियो।
डाँडाफैयाँको बाग्लो शाही समुदायको मुण्डा घर । बस्ति देख्दा किशोर बिशाल र मैले मज्जाले फोटो खिच्यौ।
माँझगाउको पुछारमा कर्णाली खोजमा हामफाल्दै
धारापुरि गाउको भौगलिक स्वरुप
घारापुरी गाउ पुग्नै लाग्दा कर्णाली नदी नियाल्दै किशोर सर
घारापुरीगाउ आउनै लाग्दा सागर भाई र बिशाल भान्जा आराम गर्न लाग्दै


धारापुरी गाउ पुग्न अगाडी यस्ता अक्कर पार गर्दै जानु पर्छ।
अक्करको डिलमा बस्दै कर्णाली नदी उर्लेको भेल हेर्नु हुँदै
आङ्जिरिङ्ग हुने अक्करको बाटो पच्छाउँदै घारापुरी गाउमा पुग्ने बखतमा
धारापुरी गाउ।
धारापुरी गाउमा राष्ट्रिया ध्वाजा फरफराउनु हुँदै
धारापुरीबाट हेप्काको अजंगको पहाड। हिल्सा सिमिकोट सडक। यसै वरिपरि पहाड बाट घुम्दै घारापुरी सम्म निर्माण हुँदै छ।
धारापुरी बाट पारिको गाउ नियाल्दा हामी दंग भएका थियौ। पहिलो दिनको यात्रामा रोमाञ्चक बनाई दिन्छ यस्तै बाग्लो बस्तिले।
बिचरा कर्णाली नदी खोचमा चेपिदै
धारापुरीको छेउमा कर्णालीको तमासा । 
बिशाल भान्जा टेण्ट टाङ्न लाग्दै । धारापुरीमा

धारापुरी पारी गाउ। क्या गजबको बस्ति छ।

Great Himalaya Trail 2016 (Full Video)

Great Himalaya Trail. नेपाली युवा घुम्ते पाखाली भ्याकुर, किशोर र बिशालले हुम्ला देखि ताप्लेजुङ सम्म ९० दिन पदयात्रा गरि समाप्त गरेको ट्रेल हो। नेपालीले नेपाल घुम्नु पर्छ। नेपाल कस्तो छ ? नेपाल भूकम्प देखि सुरक्षित छ । तुल बोक्दै १२ जुलाई देखि २० अक्टोवर २०१६ हुम्ला देखि हामीले यात्रा आरम्भ गरेका थियौ। ग्रेट हिमालय ट्रेल प्राय ताप्लेजुङ देखि आरम्भ गरि हुम्लामा पदयात्रा समाप्त हुने गरेको देखिन्छ। ट्रेलमा GHT High Trail GHT Cultural Trail बिभाजन गरेका छन्। हामीले GHT High Trail GHT Cultural Trail गर्दै र त्यस बाहेकका हामीले चाहेका स्थानहरु घुम्दै रमाईलो गरि समाप्त गरेको रुट  हो ।

हाम्रो पदयात्राको भिडियो हेर्नुहोस।











Thursday, June 22, 2017

Nepal Trail भिडियो

The Great Himalaya Trail 2016 लाङ्टाङ देखि ताप्लेजुङ सम्म पुग्दाका रोमाञ्चकारी पदयात्राको भिडियो । हामीले नेपालको भूगोल हल्का नजिक बाट हेर्ने मौका पायौ। अव तपाईको पालो है हजुर । 



HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...