Total Pageviews

Tuesday, March 31, 2020

Upper Dolpa Trek Day-3 Diary

14 May 2019
Upper Dolpa Trek
Kagbeni- Sangta(Mustang)


               लुम्बुक डाँडाको फेदिमा                

0700Hrs खाजा खायौ। बाटामा होटल नभएकाले प्याकेट लञ्ज बोक्यौ।0730Hrs कागबेनीबाट बाटो लाग्यौ। कालीगण्डकीको तिरमा श्रद्धालुहरु पितृको नाममा तर्पण र श्राद्ध गरि रहेका देखिन्थे। पुलकै आडमा छार्का निवासी किशोरी बहिनी लाई हरिभाईले चिनेको भएकाले बोलाए। शालिकराम र अन्य समानहरु बेच्नका लागि राखेकी रहेछिन्। कालीगण्डीको झोलुङ्गे पुल तरे पछि उकालो बाटो भएकोले कछुवाको गतिमा हिडि रहयौ। मुक्तिनाथ मन्दिर परिसर क्षेत्र वरिपरिका हिमाल र अन्य नाङ्गा पाखामा घामको प्रकास छरिसकेको देखिन्थ्यो। 


उक्लिदै गर्दा घामलाई सेतो कुहिरोले छेक्ने र देखाउने क्रम भईरहेको हुन्थ्यो।उकालो बाटो र उचाई बढेकाले थाकेर लोथ हुँदै गर्दा बाटामा सुन्दर  ताल भेट्यौ। नक्शामा हेर्दा तिरिमिरी ताल लेखेको पाईयो। खुशीले गदगद भए म। कागबेनी देखि साङ्टा गाउ पुग्नका लागि सडकको ट्रयाक खोली सकेको रहेछ। यहि तालको छेवै भएर खनिएको रहेछ सडक। नाङ्गा पाखाको उकालोमा खुईया गर्दै कागबेनी देखि साङ्टा गाउ छिचोल्नका लागि सामुन्द्रिक सतहबाट 4465 मिटरको भञ्ज्याङ छिचोल्नु पर्ने भएकोले फोक्सो घाटीमा सरेको जस्तै लाग्ने हुने गरि पासमा आईपुग्दा सारा थकान र भोक भुले। सिधै माथी सुन्दर लुम्बुक डाँडालाई हिउले ढप्पक छोपेकाले हिमाल जस्तै लाग्ने सेताम्मे हिउले पोतिएका देखिन्थे। मुस्कुराएको लुम्बुक डाँडाको फेदीमा हिमाल हेर्दै बोकेको प्याँकेट लञ्च दबायौ। पासको वतावरण लोभलाग्ने थियो। हावा चलेको थिएन्। ३०तिस मिनेट आराम गर्यौ। पास बाट बाटो ओरालो शुरु भयो। भारी हिमपात भएकाले हिँउ पग्लिएको थिएन्। भासीदै पछारिदै हिडि रह्यौ। केहि ठाउमा ढुंगा खस्दै गरेको देखिन्थे। ढुंगाले हिर्काउला भन्दै दगुर्ने गर्थ्यो पनि। धेरै ठाउमा हिमपातले ट्याक्टर गुड्ने सडकमा पहिरोले बाटो छेकेको कतै बगाएको देख्थ्यौ। 

थुम्कामा बसेर पुछारमा साङ्टा गाउ र सिधै माथी सदक्ष हिमपर्वतमाल भित्र पर्ने टाँसीकाँङ र टार्से हिमाल रहर लाग्दो आकृतिमा देख्दा मख्ख भए। यि हिमालहरुलाई मुक्तिनाथ दर्शन गर्दा देखिने हिमाल अर्कै स्वरुपमा देखिने भए पनि साङ्टा गाउ बाट कैलास पर्वत जस्तै देखिने भएकाले तस्विर र भिडियो मज्जाले खिचे।1800Hrs साङ्टा गाउमा पुग्यौ। गाउ वरिपरि च्याङ्ग्रा चरिरहेका देख्यौ। शिरमा हिमाल हुँदै नाङ्गा पठारको पुछारमा ज्यादै सुन्दर र शान्त बस्तिमा पु्ग्दा हर्षले सिमा नाध्न थाले। कैलास पर्वत मालाहरु जस्तै लाग्ने हिमालको आकृति हेर्न पाउनु साङ्टा गाउ लाई प्राकृति उपहार दिएको रहेछ। कागबेनी देखि साङ्टा गाउ आईपुग्नलाई ११ घण्टा लागेकोले लोथ भएको थिए म। हरि भाई ट्रेकिङ आउदा बस्ने होटलको साहुनी संग अगेनामा तातो पानी पिउदै साहुनी संग गफगाफ गर्दै बसे। हरि भाईले साँझको खान्की बनाउदै थिए। साहुनीको छोरा र छोरी जोमसोम स्कूलमा पढ्ने रहेछन्। उहाँकी श्रीमान कागबेनी सरसमान किन मेल गर्न गएका रहेछन्। हरि भाईले पकाएको मिठो खाना खायौ।2100Hrs सुत्यौ। ढल्कने बित्तिकै कुम्भकर्णको मित्र भए छु।







 साङ्टा गाउ पुग्नै लाग्दा मोहित पार्ने टासचे हिमाल
मुक्तिनाथ बाट देखिने हिमाललाई अर्कै स्वरुप साङ्टा गाउ देखि नियाल्दा।
                    मुस्ताङको साङ्टा गाउ।

Friday, March 27, 2020

Upper Dolpa Trek Day-2 Diary


13 May 2019
Jomsom-Kagbeni


मुस्ताङको कागबेनी, माथिल्लो डोल्पा जानका लागि मुख्य नाका हो । होटलको कौसी बाट कागबेनीको दृष्य।

बिच बाटोमा ड्राईभर परिवर्तन नगरी हिजो काठमाण्डु बाट चलाउदै आएको गाडी ड्राईभर म्याग्दीको चित्रे गाउको झुप्रे लाईन होटल अगाडि गाडीको ईञ्जिन बन्द गरी सुत्न गए। घडी हेर्दा बिहानको 0400Hrs भएको रहेछ। पुछारमा कालीगण्डकी बगेको आवाज सुनिन्थ्यो। 0700Hrs  चित्रे देखि जोमसोमका लागि गुडे। 1030Hrs जोमसोम पुग्यौ। चिसो मौसम थियो। सूर्यको उषा झरिसकेको थियो। निलगिरी हिमालको चमक बढेको देखिन्थ्यो। होटल गौचनमा खानाका लागि बस्यौ। जीप बाट गुडेर कागबेनी सम्म जानका लागि काउण्टरमा पुग्दा ५हजार भने । बरु हिडेर गईन्छ भन्दै हरी भाई र म जोमसोम देखि 1300Hrs  हिड्यौ कागबेनी तिर। हावा चलेको थिएन्। मुक्तिनाथ देखि बाईकमा फाँटफुट मोटरबाईकमा आउदै गरेका देखिन्थे। सूर्यको किरण नाङ्गो पाखामा पुरै पोखिसकेको देखिन्थ्यो। २ घण्टामा कागबेनीमा पुग्यौ। होटलमा तातो लसुनको सुप खायौ। तातो पानीको सुविधा भएकाले नुहायौ । फ्रेस भयौ। कोठामा ईन्टरनेट चलाउदै बस्यौ। कागबेनी ३ पटक आई सकेका भए पनि होटलको कौसी बाट कागबेनीको मौसम र वतावरण नियाल्न निस्के । घाम हिमालको शिर तिर पुग्दै गरेको देखिन्थ्यो। हरियाली उवा बारीमा हावाले बयली खेल्दै र धुलो उडाउदै गरेको देखिन्थ्यो। साँझको खाना खाई 2100Hrs बजे सुत्यौ।






Thursday, March 26, 2020

Upper Dolpa Trek( Day-1 Diary)

Upper Dolpa Trek
12 May 2019
KTM-Jomsom
मेरो पथप्रर्दशक हरि भाई अगाडि बढ्दै। कागबेनी उपत्यका क्षेत्र

मेरो गाईड डोल्पाको जुफाएल निवासी हरि डाँगी। माथिल्लो डोल्पा पदयात्राका लागि मुस्ताङको कागबेनी देखि आरम्भ गर्ने योजना भएकाले काठमाण्डु देखि जोमसोमका लागि 1400Hrs गंगाबु बस पार्क बाट गुड्यौ। थानकोट पुग्न २ घण्टा लाग्यो। थानकोटका नागबेली घुम्तीहरु छिचोल्दै पोखराको हेम्जामा रात्रीको भोजनालय गृहमा पुग्दा 2100Hrs भएको थियो। जाडो थियो। भर्खर खोलेका रहेछन्  भोजनालय। खाना खानुको भिड थियो। टेवल भरि रात्री बसका यात्रुहरु खचाखच थिए। खाना खानेको घुईचो थियो। बस्ने ठाउ थिएन्। खाना मिठो थिएन। मैले आधा खाएर छोडे। 2130 Hrsहेम्जा बाट गाडि जोमसोमका लागि गुड्यो। काठमाण्डु देखि गुडे पछि निदाउदै ब्युझिदै गरेको हुन्थे । हेम्जा देखि बेतोडले निदाए छु एक्कै चोटी म्याग्दीको चित्रे पुग्दा 0400Hrs ब्यूझे।



Thursday, January 30, 2020

SINGAPORE GURKHA daughter STORY


28 February 2020
Changi International Airport (T1)
छोरीको सम्झनामा,



चाङ्गी टर्मिनल एक को प्रस्थान कक्ष सामुन्ने पुग्दा दिवाको 1600Hrs भएको थियो। चाईनीजहरुको बर्ष मुसा बर्ग भएकाले मनमोहक दृष्यले सजिएका मुसाहरु देखिन्थे। जती आकर्षक देखिए पनि म र मेरी श्रीमतीको लागि खुशी जित्ने प्रयास दिई रहेको थिएन् । सिंगापुर राष्ट्र पिता The SINGAPORE story:MEMORIES of Lee Kuan YEW पुस्तकमा आफ्ना गल्फ्रेण्ड लाई (श्रीमती) सिंगापुर बाट सेलिङ हुनु पुर्व आफ्ना अनुभूति लेख्नु भएको जस्तै हामीलाई पनि ठ्याक्कै उस्तै भई रहेको थियो। प्राण भन्दा प्यारी छोरीलाई बिदाई गर्दा।

दन्त संकाय तर्फ उच्च शिक्षा हासिलका लागि The University of Sydney उड्दै गरेकी छोरी Qantas Air को  सेल्फ चेकईन बुथमा ब्यागेज र बोर्डिङ पास लिई सक्दा 1630Hrs भएको थियो। बढी वजन भएकाले प्रति केजी SG$32 मुल्य तिरे।Wuhan Virusको त्रास बाट जोगिन अधिकांसले माक्स लगाएको देखिन्थे।
हाई स्कूल देखिका घनिष्ट मित्रहरु आफ्ना साथीलाई बिदाई गर्नका लागि आई सकेका थिए। कहिले हर्षित र कहिले भावुक मुद्रामा गफिदै थिए। National University of Singapore स्नातक तहमा कानुन,ब्यावस्थापन,पत्रकारिता र मनोबिज्ञान संकाय लिएर अध्ययनरत ति साथीहरु संग गफगरि रहदा चेहेरामा देखिएका उदासी मुद्रामा देख्दा मनमा मेरो बिगतका जीवन गाथाका कुराहरु मडारिन थाले। उताका पूर्वको कर्णाली भनिने ओखल्ढुंगे Hill Boy ठिटो SLC उतिर्ण भए पछि उच्च शिक्षका लागि राजधानी हाने तर काठमाण्डूको जीवन शैली देखे पछि पुस्तक र कलम छाडेर गल्लामा छाती नाप्न पुगे।



ऋतुहरु बित्दै गए। विश्व स्तरिय गुणात्मक शिक्षा प्रणाली सिंगापुरमा पढाउन पाएकोमा मख्ख थियौ र भईरहेका छौ पनि । तिनै सिंगापुरीयन साथीहरु संग हाई स्कूल जीवनमा CCA र बिघालयको अन्य कार्यक्रमहरुमा सहभागीता गरेका कृयाकलापहरु आँखामा झलझली आईरहे। सिंगापुरमा जन्मेका हुर्केका बढेका  र पढेका हाम्रा नानीहरु नेपाली परम्परा र खानपीन भन्दा  नजिक बाट सिंगापुरका जीवन शैली बुझेकाले सधैका लागि छाडेर जानु पर्दा पक्कै पनि मन र तन बिलियो हुँदैन्। ब्रिटिस गोर्खाले पाउने सुविधा जस्तै हामीले पनि पाएको भए कस्तो हुने थियो होला भनेर कहि कतै टाढा स्पन्दन भित्रका धमनी तिर  पौडिदै थिए पनि ।

 
Blk 68#02-38 आमाले सजाएका कोठाहरु,गृह कार्य गर्ने टेवल,टिभी कोठा,कहिले काहि रुम च्याँट्ट नदेखिदा आमाको कचकच देखि दुई तला निवासी काकीहरुलाई देख्न पाउने छैन्। जुसेङ,PM Buildingको मि सुप र ताईसेङका स्वाँदिष्ट पोर्क राईस र हकर सेन्टर देख्न पाईने छैन्। मिस्टर चाईको क्यान्टिनमा पाईने मिको स्वाँद अव लिन पाउने छैन्। East Coast Park का BBQ Pit हरुमा बिबिक्यूका स्वाँद बाट टाढिनु पर्ने छ। फुर्सदका समयमा साथीहरु संग प्रायःNex र Toa Payoh सपिङ मलमा भेटघाट हुने थलो अव केवल सम्झनाको स्मृतिमा सिमित हुने छन्। Geylang East Public Library र स्कूलका पुस्ताकलयका उपयोगी किताबहरु झोला भरी बोकेर ल्याएका ति दिनहरु छाँया जस्तै बन्ने छन्।Canossa र CHIJ Katong Convent स्कूलका आफ्ना शिक्षक शिक्षिकाहरु संग अन्तिम बिदाई गर्न गएका ति सम्झनाहरु अव हृदयको ढुकढुकिमा बस्ने छन्। भविष्यमा पनि तिनले यस्तै सुविधाहरु आफ्ना केटाकेटीहरुलाई नेपाल फर्के पछि दिन पाउली वा नपाउली।यस्तै कुराहरु खेलिरहदा 1815Hrs भयो। 


1915Hrs उडान समय तालिका भएकाले अन्तिम आफ्ना साथीहरु संग ग्रुप भएर अंगालोमा बाँधिएर बसेको देख्दा मन भारी हुँदै थियो। छोरी र तिनका साथीहरु मौन भएर बस्दाका ति दृष्यले दुःखको चिप्टाले मुटुको ढडकनमा चिमोटी रहेको थियो मलाई । अध्यागमनको सुरक्षा जाँच बाट आँखको नयन बाट टाढिदै गए। छोरीका साथीहरुलाई धन्यवाद दियौ। 
Daddy! Take off Qantas Air Bye Bye भनेको SMS पाउदा 1915Hrs भएको थियो। हामी पनि Joo Seng आईपु्गेका छौ छोरी Good Bye को SMS पठाए। 










    




Thursday, January 16, 2020

सिंगापुरमा माघे संक्रान्ति पर्व मनाई रहदा तनमन जुरुक्कै दुधकोशीको बगरमा



15जनावरी 2020 स्थानिय समय 1430Hrs जलान बेसारको फ्यु च्वान भवनको दलानमा पुग्दा सूर्यको प्रकाश हाई राईज भवनको धुरी तिर छताछुल्ल हुँदै गरेका देखिन्थे। माघे संक्रान्ति पर्व र पितृ पूजा मनाउने समुदाय भित्र पर्ने भएकाले एडभान्स फटिक समुह भित्र सामेल थिए म।

पितृ पूजा गर्ने स्थान र कार्यक्रम आयोजनाका लागि बस्ने कुर्सी मंञ्च साथै कार्यक्रममा देखाईने रुपरेखाको सरसरती अभ्यास गरि सक्दा गोधुली सन्ध्याले स्वागत गरि सकेको थियो। सामुहिक पितृ पूजा समाप्त हुँदा झम्के साँझ भई सकेको थियो। साँझको खाना खाई सके पछि मंञ्चमा नृत्यका झाकीहरुको प्रस्तुतिले उपस्थित सबै प्रफुलित हुँदै तनमन पुरै तमोर नदी अरुण नदी दुधकोशी लिखुखोला बुढीगण्डकी दरौदी मर्स्याङ्दी कालीगण्डकी राप्ती र भेरी नदीको बगरमा मकर पर्व मनाई रहेका जस्तै लाग्ने खालका देखिन्थे ज्यानको हाउ भाउमा। दुधकोशी नदीको बगरमा बुढुवा घागीको आवाज ‍सु्न्दै जोरमादल ठोक्दै अतितका हुरहुरे बैषको जवानीको रंग म मा पनि आई रहेको थियो। 

Wednesday, December 11, 2019

सिंगापुर गोर्खा सेवा निवृत हुन पुर्वका कथा


काम गर्दा र फुर्सदको समयमा हिडडुल गर्दाका सम्झनाहरु तस्विरमा सिमित हाम्रो।

सधैको सोमबार जस्तै थिएन् ०९डिसेम्बर २०१९ को सन्ध्या। हाम्रो लागि उक्त दिन स्वर्णिम साँझ थियो। जीवनमा पटक पटक नआउने रात थियो। फुर्सद भएको मौका वा दाउ पाउदा मध्यपानको चुस्कि संगै मेसिङ र बिबिक्यूको साथमा आत्मियताहरु संग थकान र उकुस मुकुस भएका भावनाहरुको पोको भुलाउने जीवनशैली हुन्छ हाम्रो। हामी एकै स्थलमा काम गर्ने कर्मीहरु मध्य बाट हाम्रा तिर्थ 14453 गुरुजी  २४ बर्ष सिंगापुर जनतालाई सेवा गरि सिध्र स्वदेश सेवा निवृत हुँदै जानु हुने भएकाले मेसिङ बिबिक्यू र टाईगरको चिसो चुस्किमा बहदै बिगतका बिदादारी चाईनिज र मले चिहान डाँडामा IPPT,BFT,CFT, Dash- Down- Crawl- Observe- Site - fireका Drill देखि X-country Speed Walk प्रतियोगिता र डिउटी जानु पुर्व रनिङ  रोलकल पछि गुरुजी देखि नंम्बरीहरु संग दगुरेका कथाहरु साङ्नीला उत्तामाको ९ महिने तालिमका सम्झना  निभन लाईनका झार फाँडेको ढुंगा बोकेको भत्केका पुराना घरहरुको दृष्य पुरानो माउण्ट भर्ननको हामीले देखेका भोगेका कथाहरु बाँड्दै मध्यरात बितेको पत्तो नपाई गएछ। पल्टन घर भित्र बस्दाका रमाईला र खुशीका दिनहरु लिएर जानुस तिर्थ गुरुजी अर्को साल त म पनि आई हाल्छु भन्दै हामी छुटियौ।   
BBQ & MESSING को अन्तिम रात्रीभोजमा रमाउदै हामी।

Thursday, December 5, 2019

सिंगापुर संगको साईनोलाई स्पन्दनमा राख्दै लागे नेपाल



05 Dec. 2019
आज सूर्यको कलिलो उषा हाईराईज भवनको धुरी तिर पोखिदा देखिने आकर्षक दृष्य देखिदैन्थे धुम्मेको बिहानीले गर्दा। निभन लाईनको बलेसी बाट चिसो सिरेटेको हुल सोहोरिएर काठमाण्डु रोडको पेटिकामा गोर्खा GM साहेवलाई बिदाई समारोहका लागि उपस्थित भएको हामी माझ गालामा स्पर्षका लागि आईरहन्थे बेला बेलामा। हर्ष र बिषमातको मिश्रित ओसिलो वतावरणमा  0810Hrs  पुगेको  थिए म

पल्टन घर भित्र पाईप एण्ड ड्रमको संगीतमय धुनको गुञ्जयमान बीर गाथाको कथा बोकेको हुन्छ। वीर गाथा बोकेको घुन संगै सिंगापुर संगको साईनो लाई सधैका लागि स्पन्दनमा राख्दै जीम साहेव कारमा प्रवेष गर्नु अगाडि सबैलाई धन्यवाद भन्नु हुँदै आफ्ना श्रीमती र बालबच्चाका साथ कार भित्र प्रवेष गर्नु हुँदाका त्यो क्षणले म धेरै नै बिरक्तिए । आँखाका परेलीमा आँसु रसाए। आँसु झर्न दिईन्। सम्हालिए म। परेली भिज्नुको कारण एउटै थियो बिकसित राष्ट्रको समाजमा हुर्केका नानीहरुले अविकसित समाजमा नयाँ अध्ययनको खोजी र संधर्षका कथाहरु सम्झेर । मेरो पनि अकास भएर स्वदेश फर्कन पाउदाका खुशीको दिन र सिंगापुरलाई छाडेर जानु पर्दाको पिडालाई सम्झदै कामको गन्तब्य तिर सोझिए।   

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...