Total Pageviews

Sunday, June 25, 2017

Great Himalaya Trail Day-5

Day-5

धारापुरी-- केर्मी(हुम्ला)
Great Himalaya Trail
16 July 2016

चिया र वाई वाई खाजा खायौ। 0815Hrs धारापुरीबाट बाटो लाग्यो। 3200  रुपैयाँ तिर्यौ। सिमसिमि पानी परि रहेको  थियो । हेप्का खोला र कर्णाली नदी धमिलो भेल उर्लदै देखिन्थ्यो। बाटोमा हिलो हुने नै भयो। भ्यागुते उफ्राई गर्दै अगाडी बढ्यौ। एक घण्टा हिडे पछि पानी रहर्यो। तर गर्मी भने ज्याँदै थियो। बिशाल भान्जा र सागरको रफतार तेज देखिन्थ्यो। म भने हिड्न सकिरहेको थिएन्। हाम्रो झोला 12केजी भन्दा माथि थियो। च्यान्दुको झरना सम्म पुग्दा म लम्फु भईसकेको थिए।

च्याँन्दुकको सिरनमा लामा समुदायको बस्ति देख्दा गजब लाग्यो। अवका गाउ बस्ति लामा समुदायको बस्ति हो भनेर सजिलै चिन्न सकिन्थ्यो। च्याँन्दुकको अक्करमा पहाडलाई खोपेर बनाएको बाटोमा आङजिरिङ्ग हुँदै हिड्यौ। खुस्क्यो भने सिधै कर्णाली को भेलमा। ३ दिन अगाडि धारापुरी गाउको एउटा घोडा लडेर मरेको ठाँउ हेर्न आएका २ जना बहिनीहरु भेट्यौ। खच्चर धोडा र गधाले तुमकोट बाट समान ल्याउने रहेछ।  1330Hrs ठुलो केर्मीमा पुग्यौ। यहा पनि झिङ्गा किसिम थियो। भोटे चिया पिए पछि खाना नपाकुञ्जेल सम्म सुत्यौ हामी। खाना खाए पछि फेरि सुत्यौ। 1600Hrs खानाको 930 रुपैयाँ तिर हिड्यौ। आजको बास केर्मी भन्दै।

थाकेर लम्फु त्यस माथी पसिनाले निथ्रुक्क भएर केर्मीमा 1800Hrs आईपुग्यौ। मुसलधारे पानीले पर्न थाल्यो। भोटे चिया पिउदै बस्यौ। अण्डा पाक्ने तातोपानी जानको लागि 20 मिनेट लाग्दो रहेछ। रहर थियो तर हामी थाकेर जान सकेनौ। बिशाल भान्जाको मोबाईलमा भाबुक आधुनिक गीतहरु खाना नपाकुन्जेल सम्म ढल्केर सुन्दै बस्यौ। बिशाल भान्जालाई हिजो राती धारापुरीमा उपियाले टोकेर घाउ साथै फोहरमैला उछ्रेकाले प्रार्थमिक उपचारको लागि दबाई लगाई दिदै भने आजको गन्तब्यमा च्याँन्दुको झरना र अक्कर अवष्मरणिय क्षण भयो हगि। 

किशोर सर र भान्जा बिशाल च्यान्दुको अन्तिम अक्कर पार गर्ने बखतमा थकानको सुसेली मार्दै गरेको बखतमा। धारापुरी देखि यहा सम्म आईपुग्दा हामी थाकेर लम्फू भईसकेका थियौ। पसिनाले ज्यान पुरै लु्थ्रुक्कै 
किशोर सर कर्णाली नदीको ढिक्क र घुम्तिमा हिड्दै गर्दा ।

च्यान्दुको झरना र अक्कर ।

बिशाल भान्जा र सागर भाई खरायोको गतिमा हिड्दै गर्दा मैले वारीको घुम्तिबाट एक झ्याँप यसरी उतारेको दृष्य।


च्याँन्दुकको झरना अक्कर र पुछारमा कर्णाल नदी उर्लदै

च्यान्दुको अक्करमा


च्यान्दुको झरनामा 
च्यान्दुकको झरनाको आगनमा पुग्दा यस्तो देखिन्छ।

झरनाको तस्विर खिचि सके पछि कर्णाली नदिको तस्विर खिच्नमा एकोहोरिदा भान्जा बिशाल ले खुसुक्कै मलाई यसरि उतार्नु भएछ ।

३ दिन अगाडी आफ्नो घोडा यसै अक्करबाट लडेर मरेका रहेछन्। घोडाको माया लागेर धारापुरीका बहिनीहरु फेरि हेर्न आएका रहेछन्।




बिशाल भान्जा च्यान्दुकको अक्करमा






लामा समुदायको बाग्लो बस्ति केर्मीको दृष्य



केर्मीको होटलमा । हाम्रो सहयोगी सागर भाई र भेडी गोठाले दाई संग कुराकानी गर्दै गर्दा भान्जा बिशाल ले खिच्नु भएको तस्विर। 

Saturday, June 24, 2017

Great Himalaya Trail (Day-4) Simikot-Dharapuri

Day-4
सिमिकोट- धारापुरी
Great Himalaya Trail 
15July 2016


होटल रलिङ्गको प्राङ्गणमा 

हिजो र बिहानको खाजा खाएको 5200 रुपैयाँ तिरी 0930hrs रलिङ्ग होटल बाट हिल्सा र लिमि भ्याल्लीका लागि बाटो लाग्यौ। The Great Himalaya Trail को पहिलो दिन आज। लाल बुढा अभिनास लामा होटल रलिङ्ग का राम दाई ले GHT यात्राको शुवेच्छा दिनु हुँदै हामी लाग्नाको थुम्का उक्लिने बाटो समाउन  थाल्यौ। उक्लिन  एक घण्टा लाग्यो 3200 मिटरको लाग्ना थुम्का।  साँस ह्वत्तै बढ्ने नै भईनै हाल्यो। भान्जा बिशाल र सन्तोष बुढा फुर्तिले हिड्नु भएको थियो। किशोर सर पनि । म भने कछुवा चालमा। लाग्ना थुम्का बाट सिमिकोट बजारको दृष्य लोभ लाग्ने खालको देखिदो रहेछ। लाग्ना बाट बाटो सिधै ओरालो भएकाले हिड्न सकेका थिएनौ । बर्षा याम भएता पनि हिजो राती पानी परेकाले होला आकासमा पानी निथ्रेको जस्तो लागि रहेको थियो। घामको किरणले सिधै हामीलाई झापट दिदै थियो।

पानी न्याउला गाउमा पसिनाले लुथ्रुक्क भएर पुग्यौ । रेडबुल पियौ प्याँस मेटायौ। चिया पिउदै थकान मेटाउदै थियौ। किशोर सरले चिया पिउदै गर्दा झिङ्गाले सिधै आत्माहत्या गरिहाल्यो। उहाँले चिया पिउनु भएन्। झिङ्गा यति धेरै थियो । 900 रुपैया तिरी ओरालो बाटो लाग्यौ। ओखरको सियाल मा बस्दै गर्दा ४ जना बिधार्थी भाईहरु आए। कता हिडेका भाईहरु हामीले सोध्यौ। हिँउदमा बेसी बर्षामा लेक ।  चार ठाउमा बिसाउदै 1400Hrs माँझ गाउमा असिन पसिन हुँदै कैलास शाही होटलमा पुग्यौ। ति बिधार्थी भाईहरुको भनाईले किशोर सरको मन छोएको थियो र उहाँले कविता कोर्न थाल्नु भयो। भान्जा बिशाल ओखरको सियाल मा ढल्कनु हुँदै थियो।

स्याँखिने भाले आगनमा चरेको देख्यौ ।आज यसको तिहुन बनाउने कि मैले किशोर सर भान्जा बिशाल लाई भने । उहाँले स्वीकार गर्नु भयो। अतिनै पिरो झोल। मैले खान सकिन। भान्जा बिशाल किशोर सर सगार भाईले मिठो अर्गानिक भन्दै खानु भयो। गर्मी पनि किसिम थियो। घाम ढल्के पछि हिड्ने योजना बनायौ। खाना खाए पछि। फङ्स दिन थाल्यौ ओखरको सियल मुनि । 3100 रुपैयाँ तिरि 1630Hrs धारापुरी गाउ तिर बाटो लाग्यौ। बाटो तेर्सो हल्का फ्याँट फुट्ट उकालो अक्कर मा गफा गर्दै कर्णाली नदि र हेप्का खोलाको दोभानमा अवस्थित  धारा पुरीमा गाउमा 1800Hrs पुग्यौ। प्रहरी पोष्ट रहेछ। असई संग हिल्ला लिमि भ्याल्ली र हेप्का गाउको बारेमा जानकारि दिनु भयो। मानसरोवरमा भारतिय तिर्थालु १६ जना लेक लागेर मृत्यु भएको पनि जानकारी दिनु भयो। किशोर सर टेन्टमा र भान्जा बिशाल म र सन्तोष भाई होटलको खाटमा सुत्यौ।

आजको हाम्रो योजना थियो ढाड केर्मी पुग्ने थियो तर हिड्न सकेनौ। हामीले स्थानियलाई सोध्दा सजिलै पुगिन्छ भन्थे । डाँडाफैयाँ गाउमा शाही समुदाय र पारी सेडा गाउमा बुढा समुदायको बाग्लो बस्ति नियाल्नु आजको गन्तब्यको मुख्य आकर्षण रहयो साथै ओखर निक्कै पाईदो रहेछ


डाँडाफैयाँको उकालो हुम्ली सवारी साधान। सिमिकोट जादै गरेका यात्रु। किशोर सर सेडा गाउको बाग्लो बस्तिलाई क्यामरामा कैद गर्नमा ब्यस्त देखिनु हुन्छ। भान्जा बिशाल र सन्तोष बुढा अगाडि बढि सक्नु भएको छ। म हिड्न नसेर किशोर सरको पछि पछि पच्छाउदै छु।


पानी न्याउला गाउबाट सेडा गाउ र पुछारमा कर्णाली नदी च्यापिउदै खोचमा
बिज्ञापन त भरपुर छन् तर सुवधिा केहि छैन्। INGO & NGO का कार्यकर्ताहरु धेरै भेटिए । कहिले सचेत गराउला सरसफाईको बारेमा। यसै होटलमा मा किशोर सरको चियाको ग्लासमा झिङ्गाले सिधै आत्माहत्या गरेको। स्वदेशी तथा बिदेशी पर्यटको मुख्य बाटो पनि पर्दो रहेछ पानी न्याउला।
पानी न्याउलाको रसिलो आँरुबखडा। मैले गजबले दबाएर दिए। सन्तोष भाईलाई 50 रुपैयाँको  किन्न पठाएको थिए । ४ भाईले खाई नतुर्ने तरिकाले एक डाँलो भरि थियो।
डाँडाफैयाँको बाग्लो शाही समुदायको मुण्डा घर । बस्ति देख्दा किशोर बिशाल र मैले मज्जाले फोटो खिच्यौ।
माँझगाउको पुछारमा कर्णाली खोजमा हामफाल्दै
धारापुरि गाउको भौगलिक स्वरुप
घारापुरी गाउ पुग्नै लाग्दा कर्णाली नदी नियाल्दै किशोर सर
घारापुरीगाउ आउनै लाग्दा सागर भाई र बिशाल भान्जा आराम गर्न लाग्दै


धारापुरी गाउ पुग्न अगाडी यस्ता अक्कर पार गर्दै जानु पर्छ।
अक्करको डिलमा बस्दै कर्णाली नदी उर्लेको भेल हेर्नु हुँदै
आङ्जिरिङ्ग हुने अक्करको बाटो पच्छाउँदै घारापुरी गाउमा पुग्ने बखतमा
धारापुरी गाउ।
धारापुरी गाउमा राष्ट्रिया ध्वाजा फरफराउनु हुँदै
धारापुरीबाट हेप्काको अजंगको पहाड। हिल्सा सिमिकोट सडक। यसै वरिपरि पहाड बाट घुम्दै घारापुरी सम्म निर्माण हुँदै छ।
धारापुरी बाट पारिको गाउ नियाल्दा हामी दंग भएका थियौ। पहिलो दिनको यात्रामा रोमाञ्चक बनाई दिन्छ यस्तै बाग्लो बस्तिले।
बिचरा कर्णाली नदी खोचमा चेपिदै
धारापुरीको छेउमा कर्णालीको तमासा । 
बिशाल भान्जा टेण्ट टाङ्न लाग्दै । धारापुरीमा

धारापुरी पारी गाउ। क्या गजबको बस्ति छ।

Great Himalaya Trail 2016 (Full Video)

Great Himalaya Trail. नेपाली युवा घुम्ते पाखाली भ्याकुर, किशोर र बिशालले हुम्ला देखि ताप्लेजुङ सम्म ९० दिन पदयात्रा गरि समाप्त गरेको ट्रेल हो। नेपालीले नेपाल घुम्नु पर्छ। नेपाल कस्तो छ ? नेपाल भूकम्प देखि सुरक्षित छ । तुल बोक्दै १२ जुलाई देखि २० अक्टोवर २०१६ हुम्ला देखि हामीले यात्रा आरम्भ गरेका थियौ। ग्रेट हिमालय ट्रेल प्राय ताप्लेजुङ देखि आरम्भ गरि हुम्लामा पदयात्रा समाप्त हुने गरेको देखिन्छ। ट्रेलमा GHT High Trail GHT Cultural Trail बिभाजन गरेका छन्। हामीले GHT High Trail GHT Cultural Trail गर्दै र त्यस बाहेकका हामीले चाहेका स्थानहरु घुम्दै रमाईलो गरि समाप्त गरेको रुट  हो ।

हाम्रो पदयात्राको भिडियो हेर्नुहोस।











Thursday, June 22, 2017

Nepal Trail भिडियो

The Great Himalaya Trail 2016 लाङ्टाङ देखि ताप्लेजुङ सम्म पुग्दाका रोमाञ्चकारी पदयात्राको भिडियो । हामीले नेपालको भूगोल हल्का नजिक बाट हेर्ने मौका पायौ। अव तपाईको पालो है हजुर । 



Great Himalaya Trail Day-3

The Great Himalaya Trail (Day-3 Nepalgunja -Simikot)
14 July 2016


१४जुलाई २०१६ असार ३० गते नेपालगंञ्ज

नेपालगंञ्जको बिमान स्थलमा सिमिकोट पुग्ने हुटहुटी हुँदाको क्षण। 
नेपालगंञ्ज बिमान स्थल बाट लाईभ फेसबुक ।
नेपालगंञ्ज बिमान स्थल बाट लाईभ फेसबुक ।


नेपालगंञ्जको  धावनमार्ग बाट लाईभ फेसबुक ।

५बजे उठ्यौ। सिद्धार्थ होटलमा ६६२४रुपैयाँ बिल तिर्यौ साढे पाच बजे होटलको जिपबाट बिमानस्थल मा 0610hrs पुग्यौ। नेपालगंञ्ज देखि सिमिकोट को लागि हाम्रो उडान ७बजे थियो। मानसरबोर दर्शन जाने भारतिय तिर्थयात्रीको बाग्लो चहल पहल थियो बिमान स्थलमा। सिमिकोटमा बादलले ढाकेकाले ७ बजे  उडान हुन सकेन । बादल सिमिकोटमा फाँटोस होटलमा फर्कन नपरोस भन्दै बस्यौ। गर्मी किसिम थियो ३वटा सूर्य लागेको जस्तै । छेवैमा बसेकी सिमिकोट जाने हुम्ली महिला यात्रुले भन्दै थिईन्। मेरा श्रीमानले भन्ने गर्छन् पापी मात्र बस्छन् नेपालगंञ्ञ । हामी हल्का मुस्कुरायौ। ९ बजे जुम्ला मुगु र डोल्पाका लागि उडान भर्न थाले। उडिने भयौ भन्दै  खुशी हुँदै घडी हेर्दै बस्यौ । मकालु एअरका कोपाईलट भान्जा संजीब संग भेटघाट भयो र हामीले सामुहिक फोटो खिच्यौ। उहाँले कर्णाली अञ्चल तिरको बिमान स्थलको बारेमा संक्षिप्त जानकारी दिनु भयो। डोल्पाको बिमान स्थल ज्यादै खतरा छ। हुम्ला र जुम्लाको धावन मार्ग  राम्रो भएको बताउनु भयो। उहाँको उडान डोल्पा भएकाले  १०मिनेट गफगाफ गरि पदयात्राको शुभकामना  भन्दै उहाँ धावनमार्ग तिर लाग्नु भयो।

मेरो साथी पप्पु जीको मार्फत हवाईटिकट ३ जनाका लागि रु 32355 किनि दिनु भएको थियो। तारा Airको पंखा घुम्दै गरेका देख्यौ । खुशीको सिमा रहेन् हाम्रो। 1031hrs धावनमार्ग बाट Tara Airको पाङ्ग्राले भुई छोड्दै उक्लिदै आफ्नो उचाई र गति लियो। कर्णाली नदि सजिलै चिन्न सकिन्थ्यो। सिमिकोट पुग्नै लाग्दा करिव २मिनेट सेतो कुहिरोको हुल भित्र बिमान उडि रहदा आङजिरिङ्ग हुनेनै भयो। सिमिकोट बजार देखिन थाल्दा हामी तीन जनाको मन खुशीको सिमा रहेन्। 1107Hrs बजे सिमिकोटको धावनमार्गमा बिमानको पाङ्ग्राले आराम पायो। बिमान परिचालिकाको मन्द मुस्कान मा पैँचो माग्यौ फेरि भेटौला भन्दै  स्वच्छ र चिसो वतावरण सिमिकोटको बिमान स्थलमा रमाउन थाल्यौ। सिमिकोटको वतावरणमा घुलमिल गर्न पाउदा हामी तीन जना खुशीले गदगद भयौ। वाँह सिमिकोट भन्दै। नेपाली भएर एक पटक सिमिकोट पुग्नु पर्ने ठाँउ रहेछ। हामी त पुग्यौ । अब यो ब्लग पढ्नु हुनेले । पक्कै घुम्न जानु होला।

चारैतिर हरियाली डाँडा काडामा सेतो भूई कुहिरोको हुला भेला हुँदै गरेको देखिन्थ्यो। कैलाश मानसरोवर दर्शनका लागि जाने भारतिय पर्यटक धेरै देखिन्थे। बिमान स्थल बाट ३ मिनेटमा  होटल रलिङमा पुग्यौ। होटलमा चिया पिउदै गर्दा पानी पर्न थाल्यो। तातो पानी सुविधा भएकाले हामी ३  जना नुहायौ। सिमिकोट निवासी किशोर सर संग काठमाण्डु बिश्वविधालयमा अध्ययन गर्दाका चिनारु लाल बुढा अविनास लामा र अन्य साथीहरु आईपुग्नु भयो । सेकेण्ड राउण्ड चिया पिउदै हामी गफियौ। खाना खाए पछि हामी कुम्भकर्ण संग मित्र भयौ। ४ बजे उठ्यौ । लाल बुढा आउनु भयो । उहाँ संग सिमिकोट बजार डुल्यौ । उहाँ जिल्लाको बिधुत प्राधिकरणको  ईञ्जिनिएर । सिमिकोट एकदमै राम्रो ठाउ लाग्यो। 

बजार घुमेर ७ बजे रलिङ होटलमा फर्कदा Great Himalaya Trail 2016 को अष्ट्रेलियन नागरिक आमा छोरा र ज्वाँई हामी संग गफ गर्न आउनु भएको रहेछ। उहाँहरुले ताप्लेजुङ देखि हुम्ला सम्म आईपुग्न 150 दिनमा समाप्त गरि भोलि नेपालगंज र काठमाण्डु  फर्कने बताए। २० मिनेट गफगाफ गर्यौ । हामीलाई यात्राको शुभयात्रा भन्दै बिदाए भए। साँझमा लाल बुढा अभिनास लामा होटल रलिङका राम दाई संग ज्यान तातो बनाउने खुराक खाँदै गफगाफ गर्दै बस्यौ। राम दाई रसियाबाट ईन्जिनियर पास गर्नु भई । केहि बर्ष सरकारी जागिर पनि खानु भएको रहेछ। जागीर छाड्नु भई सिमिकोटमा होटल संचालन गर्नु भएको रहेछ।



पाईलट संजीब भान्जा संग नेपालगंञ्ज बिमान स्थलको यात्रु प्रतिक्षालयमा 




नेपालगंञ्जको बिमान स्थल 

सिमिकोट बजारको सिरान बाट नियाल्दा। पारि लोभ लाग्ने दृष्य देख्दा हामी लठ्ठ भएका थियौ।


सिमिकोट बजारको सौन्दर्यले हामीलाई लर्याक लुरुक बनाएको थियो। वाँह सिमिकोट 
हामीलाई सुरक्षित हवाई यात्रा गर्नु हुने बिमानका क्याप्टेन साब धन्यवाद 



सिमिकोट बिमान स्थलमा 

सिमिकोट बिमान स्थलमा 

नेपालगञ्ज बाट सिमिकोटको आकासमा 

लाग्ना गाउबाट सिमिकोटको दृष्य 

 होटल रलिङ तिर जादै किशोर र भान्जा बिशाल



हामीलाई छाडेर नेपालगंञ्जको लागि उड्न  तरखर गर्दै 

सिमिकोट बजारमा घुरेनमा फल्दै गरेको सिमिकोटै स्याँउ
सिमिकोटको गल्लिमा फल्दै गरेको हाडे ओखर
सिमिकोट बजारको घुरेनमा आलुको रहर लाग्दो  फूल्दै गरेको देख्दा हामी हौसिएका थियौ । 

सिमिकोट घुम्ने क्रममा बाँया बाट लाल बुढा किशोर र भान्जा बिशाल । स्वच्छ र चिसो हावाको भुवरीमा आनन्दित मुद्रामा ।

सिमिकोटको चारै दिशामा आफ्नै आफ्नै प्राकृति सौन्दर्यको उपहार लिएर बसेको देख्दा हामी मख्ख भएका थियौ।


सिमिकोट बजारको प्रकृति सौन्दर्य र मानब बस्तिको गजबको छ। एक पटक गए पछि अर्को पटक पनि जाने रहर जाग्दो रहेछ।

सिमिकोट बजारलाई बिभिन्न कोण बाट नियाल्दै जादा। 

सिमिकोट बजार मा हुम्ली लवजमा कुराहरु सुन्न आनन्द लागि रहेको थियो।

सिमिकोट बजार डुलि रहदा फेरि पनि समय पाएमा घुम्न आउने रहर । सामाजिक र भौगलिक वतावरणले  हामीलाई निम्तो दिदै थियो ।  



सिमिकोट बजारको पुरानो बस्ति डुल्दा पक्कै हामी हुम्ली समाजमा घुलमिल हुँन पाउदा खशीले चौपट भएका थियौ ।




     

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...