Upper Dolpa Trek
16 May 2019
Jungben La Phedi- Jungben La Pass(5555m)-Yak Kharka
16 May 2019
Jungben La Phedi- Jungben La Pass(5555m)-Yak Kharka
0530Hrs उठ्यौ। हरि भाईले चिया र वाई वाई खाजा बनाउन लागे । टेण्ट बाट वाहिरको
दृष्य नियाल्न निस्दा लोभ लाग्ने वतावरण थियो। खुलेको बिहानी थियो। चारै तिर हिउले
पाखा छोपेको देखिन्थ्यो। हावा नचले पनि चिसो वतावरण थियो। वाई वाई खाजा खादै चियाको सुर्का दिदै हिजो राती साढे आठ बजे पिसाब फेर्न जादा मान्छे
उडाउने चिसो हावा चलेको कुरा हरि भाईलाई सुनाए। सायद यो हट नभएको भए हाम्रो बिजोग
हुने रहेछ मैले भने। त्यस पछि उचाईको कारणले गर्दा हरेक एक एक घण्टामा ब्यूझिएको
कुरा सुनाए।
0645Hrs बाटो लाग्यौ। हिउमा गाडिदै चिप्लिदै सास स्वाँ स्वाँ गर्दै कछुवाको गतिमा 0900Hrs जुङबेन ला पास 5555को पासमा पुग्दा खुशीले औधी
रमायौ। हावा चलेको थिएन्। सूर्यको प्रकास पुरै
छरिसकेको थियो। मुस्ताङ र डोल्पाको सिमाना जुङबेन ला पासमा तस्विर देखि भिडियो रहर
पुगुञ्जेल खिचे। धवलागिरि हिमपर्वत माला देखि मुकुट हिमालको सुन्दर दृष्य नजिक
बाट नियाल्न पाउदा खुशीको सिमा कटेको थियो। यो पास बाट अझ थप विशेषता भनेको आँखा
भरि मुलुम सुम्दोको बिशाल फाँट देख्नु रहेछ । 20मिनेट पासमा बस्यौ। बस्दै गर्दा बिस्तारै हावा चल्न थाल्यो।
मुलुम
सुम्दो फाँटमा हिउले छोपेको थियो। घामको रापीलो प्रकास सिधै झरिरहेको थियो।
मुलुसुम्दो लोभ लाग्दो उपत्यकामा रमाउदै हिडि रहदा कहिले भासिने कहिले पग्लेका
हिउका पानीमा उफ्रदै अगाडि लम्किरहेका थियौ। जति अगाडि बढ्ने उतिनै मोहित
पार्ने दृष्य देखिन्थे। थकानको महसुस भएको थिएन्।सामुन्द्रिक सतह बाट 5000मिटको उचाईमा अवस्थित याक खर्कमा 1200Hrs आईपुग्यौ।
एक्यापले हट बनाएको भएता पनि भत्कन लागेको अवस्थामा रहेछ। हरि भाईले खाना
बनाउन लागे। बोकेको रोटी संग वाई वाईको सुप र सातु खायौ। ज्यादै गर्मी थियो
वतावरण।
1300Hrs बाटो लाग्यौ। खाना खाए पछि हिड्न अल्छि र थाकेको जस्तै महसुस भए पनि
कछुवाको तालमा अगाडि बढिरह्यौ। जुङ्बेनला पास पछि कहिले समाप्त नहुने पाटनमा हिड्न
पाउदाको खुशी बेग्ले थियो। थकान मेटाउदै छेवैमा खोला बग्दा सुसेलेको सुन्दै गर्दा
हरि भाईले २०० मिटर खोला पारि हिउ चितुवा हिड्दै गरेका देखाए मलाई । बाटामा हिडि
रहदा हिउ चितुवा गुहु धेरै भेटाएका थियौ। बल्ल अहिले देख्न पाए हरि भाईलाई भने।
तस्विर खिच्न झोलाबाट क्यामरा निकाल्न अल्छि लागेकाले तस्विर खिच्न रहर लागेन्।
हरि भाईले सूईयाँ पार्दा बेतोडले उकालो दगुर्न थाले। खाना खाएर हिडेको २ घण्टा पश्चात
पाटनमा याकका बथान भेटिए। एक जना गोठाले डाडा तिर हिड्दै गरेका देखिए। हामी कहाँ
भेट्न आए। नेपाली भाषा नबुझ्ने छार्का निबासी गोठाले हरि भाईले मलाई भने। ति
गोठाले अधबैषे थिए। उसलाई सोध्यौ पुल तल बनेको छ कि
छैन टाउको हल्लाउदै छ भने । छेवैमा दोभान थियो। चिसो पानीमा खोला तर्नका दुखले
पुरानो बाटो लाग्यौ ।
पहिरोले
बाटो पुरै जोखिम बनाएका रहेछ। खोलाले पुल बगाई सकेको रहेछ। हिडेको आधा घण्टामा
सुख्खा पहिरो बाट हेर्दा हेर्दै ढुंगा झर्न थाल्यो। अगाडि
जाने बाटो पहिरोले बन्द गरेका देख्यौ। खोला तर्न सक्ने खालको थिएन् । फर्केर जान
फेरि एक घण्टा लाग्ने थियो। जे पर्ला भन्दै हरि भाई र म जोखिम मोल्दै अगाडि बढ्ने
योजना बनायौ। माथि बाट ढुंगा झर्दै थिए। पालैपालो ड्युटी बसेर दगुर्दै ढुंगा खसे पनि नभेट्ने ठाउमा पुग्यौ। सामुन्ने अक्कर मा उक्ल्यौ। अगाडि बढ्न सकेनौ। हरि भाई
सुरुवाल फुकालेर ठाडै बगेको खोलाको चिसो पानीमा चेपचेप भिता समाउदै हिडे। भिडियो
खिच्न क्यामरा झोला भित्र थियो। निकाल्न अल्छि लागेकाले भिडियो र फोटो खिचिन।
जोखिम मोल्दै खोलामा पसे। भित्ता समाउदै र हरि भाईलाई पनि समाउदै पारी तर्यौ ।
पानी ज्यादै चिसो। धन्न बाँचियो भन्दै बुट कसे। पुरानो बाटो धेरै स्थानमा पहिरोले
लगि सकेको देख्यौ। खोला पारी नयाँ बाटो देखाउदै यति बेला क्याम्पिङ गर्ने ठाउ पुगि
सक्थ्यौ हामी हरि भाईले सुनाए।
क्याम्पिङ
गर्ने ठाउमा पुग्दा 1730Hrs भएको थियो। हिउका गहना लगाएर बसेका थुम्का र
चुचुराहरुमा सूर्यको किरण घाटि घाटि पुगि सकेको देखिन्थे। शान्त वतावरणमा हरि भाई
र मैले टेण्ट टाँग्यौ। चिया बनाउका लागि पानी तताउन थाले हरि भाईले। दिनले बिदाई गर्दै
जादै थियो। चिसो बढ्न थाल्यो। चिया पिउदै आजको अक्कर र ज्यानको च्याँखे थाप्दै
खोलामा पस्यौ भन्दै कुरा गर्दै बस्यौ। साँझको खाना वाई वाई संग साङटा देखि बोकेका
२ईञ्चको फापरको रोटी खायौ।1930Hrs गीत सुन्दै ढलक्यौ।
हरि भाई लाई सुनाए सामुन्द्रिक सतह बाट 4700 मिटरको
उचाईमा सुताई हुँदै छ आज। ढल्केको ३०मिनेटमा भुसुक्क भए छु म।









.jpg)
.jpg)
.jpg)
.jpg)
