Upper Dolpa Trek Day-4 Diary
15 May 2019
15 May 2019
Sangta
Village - High camp Base camp 5135m (Jungben La Pass Phedi)

हिमाली भेगको कथा लिन जादा गल्ड्याङ गुल्डुको थुम्का बाट, सदक्ष हिमश्रृखलाहरुलाई पृष्ठभूमिमा राख्दै ।

हिमाली भेगको कथा लिन जादा गल्ड्याङ गुल्डुको थुम्का बाट, सदक्ष हिमश्रृखलाहरुलाई पृष्ठभूमिमा राख्दै ।
खुलेको
बिहानी थियो। साङ्टा बस्तिको सिरानमा हिमालहरु मुस्कुराईरहेको देखिन्थे। 0700Hrs साङ्टा देखि जुङबेनला पास को फेदि नसके गल्ड्याङ गुल्डुङ्गमा बस्ने सुरले
बाटो लाग्यौ। १० बर्ष अगाडि १२ जना डोल्पाली मुक्तिनाथ तिर्थ गर्न आउदा बर्षाको
समयमा अचानक बाढी आएकाले खोलाले बगाएको कुरा सुनाए हरि भाईले। खोला हेर्दा
फट्याङग्राले नाग्ने पानी बग्दै गरेको देखिन्थ्यो। दुःखद घटेको घटना माथि
झोलुङ्गे पुल बनेको रहेछ। हिड्दै गर्दा ठाउ ठाउमा पहिरोले बाटो बिगारेको भेटिन्थे।
ज्यानलाई बाजी मार्दै हिड्यौ।एक बधान नावर पाखामा चर्दै देखिन्थे। हामीलाई देख्ने
बित्तिकै उकालोमा टाप कसे।
1030Hrs गल्ड्याङ गुल्डुङको फेदिमा पुग्यौ। तर्न नसकिने खोला थियो। घाम सिधै
झरिरहेको थियो। झोलुङ्गे पुललाई बाढिले लैजान आटेको रहेछ। । खोलाको किनारामा
बोकेको रोटि संग वाई वाईको सुप खानाका लागि हरि भाईले पानी तताउन थाले।घाम ताप्दै
पल्टिन थाले म। सुख्खा रोटी संग वाई वाई र तातो चिया खायौ। पेट डम्म बनायौ। 1100Hrs बाटो लाग्यौ। बाटो सिधै नाक ठोकिने खालको थियो। पहिरो गएकाले बाटो खतरा
खालको थियो। चिपल्यो भने सिधै खोलामा झ्वाँम्म हुने खालको थियो। उचाई बढिरहेको थियो।
खुईया गर्दै लोथ भएर एक्यापले बनाएको 4255 मिटरको
उचाईमा अवस्थित गल्ड्याङ गुल्डुको हटमा पुग्दा 1300Hrs बजेको थियो। थकान मेटाउदै पानी पियौ। साङ्टा गाउ टाढिदै गईरहेको थियो।
पारी सिधै हिमालको शिखरमा हिउ टकल्दै गरेको देखिन्थ्यो। हरि भाईले सिधै
माथिको कालो थुम्का देखाउदै त्यहि पास गरि आजको
बास पुग्ने हो भन्दै देखाए।
फोक्सो
घाटीमा आउला जस्तै भई रहेको थियो। उक्लिदै गर्दा
देखिदै आएका नाङ्गा पहाडको थुम्का तिर बाट हिउ पर्दै झरि रहेको देखिन्थ्यो। 5100 मिटरको गल्ड्याङ गुल्डुडको पासमा उक्लिदा 1700Hrs भएको थियो। खुशीले चौप्ट भयौ। पासमा
उक्ले लगतै सातो नै लैजाने गरि हिउ पर्नुको साथै चिसो बतासले हिर्काउन थाल्यो।
दृष्य नियाल्ने र थकान मेटाउने सोचलाई भताभुङ्ग बनाई दिन थाल्यो । बाटो तेर्स्रो
भएकोले हिड्नको लागि सजिलो भई रहेको थियो तर हिउ र हावाले हिड्दा अवरोध गर्ने
गर्थ्यो। हिड्दै गरि रहदा आजको बास जुङबेन ला पासको फेदि त्यहि हो मलाई देखाउदै
भने हरि भाईले। हिड्दै गर्दा चिसो हावा संगै केहि नदेखिने गरि हिँउको भारी बर्षाले हिर्काउदै
थियो। अत्याधिक चिसो थियो। भारी हिमपात भयो भने कतै बाटो छेकेर सधैका लागि
शुभरात्री त हुने होईन मनमनै सोच्दै हिडे। 1800Hrs जुङबेला पासको फेदिमा सामुन्द्रिक सतह बाट 5135 मिटरको उचाईमा एक्यापले
एउटा हटमा पुग्यौ। चिसो हावा र हिउ बाट ओत लिन हट भित्र पस्यौ। हट भित्र हिउको
थुप्रोका देख्यौ त्यसै माथि टेण्ट टाग्यौ। ज्यादै चिसो मौसम थियो बाहिर
निस्कनै नसकिने खालको । हट नभएको भए हामीलाई चिसोले सिध्याउने रहेछ सुनाए हरि
भाईलाई। तातो चिया पियौ। ज्यान तातो बनायौ। 1830Hrs हिउ र बतास चल्न छोड्यौ। निलो आकास मुनि चारै तिर सेताम्मे हिउ
देखिन्थ्यो। वाहिर निस्कदा चिसोले सातो लैजाने खालको वतावरण थियो। छेवैमा बगेको
खोला जमेको देखिन्थ्यो। वाई वाई र फापरको रोटी साँझको खाना खाई 1930Hrs सुत्ने तरखर गर्दा हावा बेतोडले चल्न थाल्यो।
थाकेर लोथ भएकाले ढल्कने बितिक्कै भुस भए छु म।
जुङबेन ला पासको फेदि। क्षितिजमा देखिएको थोरोङ्ला हिमालको दृष्य हो।







.jpg)
.jpg)
.jpg)
.jpg)


