Total Pageviews

Friday, March 27, 2020

Upper Dolpa Trek Day-2 Diary


13 May 2019
Jomsom-Kagbeni


मुस्ताङको कागबेनी, माथिल्लो डोल्पा जानका लागि मुख्य नाका हो । होटलको कौसी बाट कागबेनीको दृष्य।

बिच बाटोमा ड्राईभर परिवर्तन नगरी हिजो काठमाण्डु बाट चलाउदै आएको गाडी ड्राईभर म्याग्दीको चित्रे गाउको झुप्रे लाईन होटल अगाडि गाडीको ईञ्जिन बन्द गरी सुत्न गए। घडी हेर्दा बिहानको 0400Hrs भएको रहेछ। पुछारमा कालीगण्डकी बगेको आवाज सुनिन्थ्यो। 0700Hrs  चित्रे देखि जोमसोमका लागि गुडे। 1030Hrs जोमसोम पुग्यौ। चिसो मौसम थियो। सूर्यको उषा झरिसकेको थियो। निलगिरी हिमालको चमक बढेको देखिन्थ्यो। होटल गौचनमा खानाका लागि बस्यौ। जीप बाट गुडेर कागबेनी सम्म जानका लागि काउण्टरमा पुग्दा ५हजार भने । बरु हिडेर गईन्छ भन्दै हरी भाई र म जोमसोम देखि 1300Hrs  हिड्यौ कागबेनी तिर। हावा चलेको थिएन्। मुक्तिनाथ देखि बाईकमा फाँटफुट मोटरबाईकमा आउदै गरेका देखिन्थे। सूर्यको किरण नाङ्गो पाखामा पुरै पोखिसकेको देखिन्थ्यो। २ घण्टामा कागबेनीमा पुग्यौ। होटलमा तातो लसुनको सुप खायौ। तातो पानीको सुविधा भएकाले नुहायौ । फ्रेस भयौ। कोठामा ईन्टरनेट चलाउदै बस्यौ। कागबेनी ३ पटक आई सकेका भए पनि होटलको कौसी बाट कागबेनीको मौसम र वतावरण नियाल्न निस्के । घाम हिमालको शिर तिर पुग्दै गरेको देखिन्थ्यो। हरियाली उवा बारीमा हावाले बयली खेल्दै र धुलो उडाउदै गरेको देखिन्थ्यो। साँझको खाना खाई 2100Hrs बजे सुत्यौ।






Thursday, March 26, 2020

Upper Dolpa Trek( Day-1 Diary)

Upper Dolpa Trek
12 May 2019
KTM-Jomsom
मेरो पथप्रर्दशक हरि भाई अगाडि बढ्दै। कागबेनी उपत्यका क्षेत्र

मेरो गाईड डोल्पाको जुफाएल निवासी हरि डाँगी। माथिल्लो डोल्पा पदयात्राका लागि मुस्ताङको कागबेनी देखि आरम्भ गर्ने योजना भएकाले काठमाण्डु देखि जोमसोमका लागि 1400Hrs गंगाबु बस पार्क बाट गुड्यौ। थानकोट पुग्न २ घण्टा लाग्यो। थानकोटका नागबेली घुम्तीहरु छिचोल्दै पोखराको हेम्जामा रात्रीको भोजनालय गृहमा पुग्दा 2100Hrs भएको थियो। जाडो थियो। भर्खर खोलेका रहेछन्  भोजनालय। खाना खानुको भिड थियो। टेवल भरि रात्री बसका यात्रुहरु खचाखच थिए। खाना खानेको घुईचो थियो। बस्ने ठाउ थिएन्। खाना मिठो थिएन। मैले आधा खाएर छोडे। 2130 Hrsहेम्जा बाट गाडि जोमसोमका लागि गुड्यो। काठमाण्डु देखि गुडे पछि निदाउदै ब्युझिदै गरेको हुन्थे । हेम्जा देखि बेतोडले निदाए छु एक्कै चोटी म्याग्दीको चित्रे पुग्दा 0400Hrs ब्यूझे।



Thursday, January 30, 2020

SINGAPORE GURKHA daughter STORY


28 February 2020
Changi International Airport (T1)
छोरीको सम्झनामा,



चाङ्गी टर्मिनल एक को प्रस्थान कक्ष सामुन्ने पुग्दा दिवाको 1600Hrs भएको थियो। चाईनीजहरुको बर्ष मुसा बर्ग भएकाले मनमोहक दृष्यले सजिएका मुसाहरु देखिन्थे। जती आकर्षक देखिए पनि म र मेरी श्रीमतीको लागि खुशी जित्ने प्रयास दिई रहेको थिएन् । सिंगापुर राष्ट्र पिता The SINGAPORE story:MEMORIES of Lee Kuan YEW पुस्तकमा आफ्ना गल्फ्रेण्ड लाई (श्रीमती) सिंगापुर बाट सेलिङ हुनु पुर्व आफ्ना अनुभूति लेख्नु भएको जस्तै हामीलाई पनि ठ्याक्कै उस्तै भई रहेको थियो। प्राण भन्दा प्यारी छोरीलाई बिदाई गर्दा।

दन्त संकाय तर्फ उच्च शिक्षा हासिलका लागि The University of Sydney उड्दै गरेकी छोरी Qantas Air को  सेल्फ चेकईन बुथमा ब्यागेज र बोर्डिङ पास लिई सक्दा 1630Hrs भएको थियो। बढी वजन भएकाले प्रति केजी SG$32 मुल्य तिरे।Wuhan Virusको त्रास बाट जोगिन अधिकांसले माक्स लगाएको देखिन्थे।
हाई स्कूल देखिका घनिष्ट मित्रहरु आफ्ना साथीलाई बिदाई गर्नका लागि आई सकेका थिए। कहिले हर्षित र कहिले भावुक मुद्रामा गफिदै थिए। National University of Singapore स्नातक तहमा कानुन,ब्यावस्थापन,पत्रकारिता र मनोबिज्ञान संकाय लिएर अध्ययनरत ति साथीहरु संग गफगरि रहदा चेहेरामा देखिएका उदासी मुद्रामा देख्दा मनमा मेरो बिगतका जीवन गाथाका कुराहरु मडारिन थाले। उताका पूर्वको कर्णाली भनिने ओखल्ढुंगे Hill Boy ठिटो SLC उतिर्ण भए पछि उच्च शिक्षका लागि राजधानी हाने तर काठमाण्डूको जीवन शैली देखे पछि पुस्तक र कलम छाडेर गल्लामा छाती नाप्न पुगे।



ऋतुहरु बित्दै गए। विश्व स्तरिय गुणात्मक शिक्षा प्रणाली सिंगापुरमा पढाउन पाएकोमा मख्ख थियौ र भईरहेका छौ पनि । तिनै सिंगापुरीयन साथीहरु संग हाई स्कूल जीवनमा CCA र बिघालयको अन्य कार्यक्रमहरुमा सहभागीता गरेका कृयाकलापहरु आँखामा झलझली आईरहे। सिंगापुरमा जन्मेका हुर्केका बढेका  र पढेका हाम्रा नानीहरु नेपाली परम्परा र खानपीन भन्दा  नजिक बाट सिंगापुरका जीवन शैली बुझेकाले सधैका लागि छाडेर जानु पर्दा पक्कै पनि मन र तन बिलियो हुँदैन्। ब्रिटिस गोर्खाले पाउने सुविधा जस्तै हामीले पनि पाएको भए कस्तो हुने थियो होला भनेर कहि कतै टाढा स्पन्दन भित्रका धमनी तिर  पौडिदै थिए पनि ।

 
Blk 68#02-38 आमाले सजाएका कोठाहरु,गृह कार्य गर्ने टेवल,टिभी कोठा,कहिले काहि रुम च्याँट्ट नदेखिदा आमाको कचकच देखि दुई तला निवासी काकीहरुलाई देख्न पाउने छैन्। जुसेङ,PM Buildingको मि सुप र ताईसेङका स्वाँदिष्ट पोर्क राईस र हकर सेन्टर देख्न पाईने छैन्। मिस्टर चाईको क्यान्टिनमा पाईने मिको स्वाँद अव लिन पाउने छैन्। East Coast Park का BBQ Pit हरुमा बिबिक्यूका स्वाँद बाट टाढिनु पर्ने छ। फुर्सदका समयमा साथीहरु संग प्रायःNex र Toa Payoh सपिङ मलमा भेटघाट हुने थलो अव केवल सम्झनाको स्मृतिमा सिमित हुने छन्। Geylang East Public Library र स्कूलका पुस्ताकलयका उपयोगी किताबहरु झोला भरी बोकेर ल्याएका ति दिनहरु छाँया जस्तै बन्ने छन्।Canossa र CHIJ Katong Convent स्कूलका आफ्ना शिक्षक शिक्षिकाहरु संग अन्तिम बिदाई गर्न गएका ति सम्झनाहरु अव हृदयको ढुकढुकिमा बस्ने छन्। भविष्यमा पनि तिनले यस्तै सुविधाहरु आफ्ना केटाकेटीहरुलाई नेपाल फर्के पछि दिन पाउली वा नपाउली।यस्तै कुराहरु खेलिरहदा 1815Hrs भयो। 


1915Hrs उडान समय तालिका भएकाले अन्तिम आफ्ना साथीहरु संग ग्रुप भएर अंगालोमा बाँधिएर बसेको देख्दा मन भारी हुँदै थियो। छोरी र तिनका साथीहरु मौन भएर बस्दाका ति दृष्यले दुःखको चिप्टाले मुटुको ढडकनमा चिमोटी रहेको थियो मलाई । अध्यागमनको सुरक्षा जाँच बाट आँखको नयन बाट टाढिदै गए। छोरीका साथीहरुलाई धन्यवाद दियौ। 
Daddy! Take off Qantas Air Bye Bye भनेको SMS पाउदा 1915Hrs भएको थियो। हामी पनि Joo Seng आईपु्गेका छौ छोरी Good Bye को SMS पठाए। 










    




Thursday, January 16, 2020

सिंगापुरमा माघे संक्रान्ति पर्व मनाई रहदा तनमन जुरुक्कै दुधकोशीको बगरमा



15जनावरी 2020 स्थानिय समय 1430Hrs जलान बेसारको फ्यु च्वान भवनको दलानमा पुग्दा सूर्यको प्रकाश हाई राईज भवनको धुरी तिर छताछुल्ल हुँदै गरेका देखिन्थे। माघे संक्रान्ति पर्व र पितृ पूजा मनाउने समुदाय भित्र पर्ने भएकाले एडभान्स फटिक समुह भित्र सामेल थिए म।

पितृ पूजा गर्ने स्थान र कार्यक्रम आयोजनाका लागि बस्ने कुर्सी मंञ्च साथै कार्यक्रममा देखाईने रुपरेखाको सरसरती अभ्यास गरि सक्दा गोधुली सन्ध्याले स्वागत गरि सकेको थियो। सामुहिक पितृ पूजा समाप्त हुँदा झम्के साँझ भई सकेको थियो। साँझको खाना खाई सके पछि मंञ्चमा नृत्यका झाकीहरुको प्रस्तुतिले उपस्थित सबै प्रफुलित हुँदै तनमन पुरै तमोर नदी अरुण नदी दुधकोशी लिखुखोला बुढीगण्डकी दरौदी मर्स्याङ्दी कालीगण्डकी राप्ती र भेरी नदीको बगरमा मकर पर्व मनाई रहेका जस्तै लाग्ने खालका देखिन्थे ज्यानको हाउ भाउमा। दुधकोशी नदीको बगरमा बुढुवा घागीको आवाज ‍सु्न्दै जोरमादल ठोक्दै अतितका हुरहुरे बैषको जवानीको रंग म मा पनि आई रहेको थियो। 

Wednesday, December 11, 2019

सिंगापुर गोर्खा सेवा निवृत हुन पुर्वका कथा


काम गर्दा र फुर्सदको समयमा हिडडुल गर्दाका सम्झनाहरु तस्विरमा सिमित हाम्रो।

सधैको सोमबार जस्तै थिएन् ०९डिसेम्बर २०१९ को सन्ध्या। हाम्रो लागि उक्त दिन स्वर्णिम साँझ थियो। जीवनमा पटक पटक नआउने रात थियो। फुर्सद भएको मौका वा दाउ पाउदा मध्यपानको चुस्कि संगै मेसिङ र बिबिक्यूको साथमा आत्मियताहरु संग थकान र उकुस मुकुस भएका भावनाहरुको पोको भुलाउने जीवनशैली हुन्छ हाम्रो। हामी एकै स्थलमा काम गर्ने कर्मीहरु मध्य बाट हाम्रा तिर्थ 14453 गुरुजी  २४ बर्ष सिंगापुर जनतालाई सेवा गरि सिध्र स्वदेश सेवा निवृत हुँदै जानु हुने भएकाले मेसिङ बिबिक्यू र टाईगरको चिसो चुस्किमा बहदै बिगतका बिदादारी चाईनिज र मले चिहान डाँडामा IPPT,BFT,CFT, Dash- Down- Crawl- Observe- Site - fireका Drill देखि X-country Speed Walk प्रतियोगिता र डिउटी जानु पुर्व रनिङ  रोलकल पछि गुरुजी देखि नंम्बरीहरु संग दगुरेका कथाहरु साङ्नीला उत्तामाको ९ महिने तालिमका सम्झना  निभन लाईनका झार फाँडेको ढुंगा बोकेको भत्केका पुराना घरहरुको दृष्य पुरानो माउण्ट भर्ननको हामीले देखेका भोगेका कथाहरु बाँड्दै मध्यरात बितेको पत्तो नपाई गएछ। पल्टन घर भित्र बस्दाका रमाईला र खुशीका दिनहरु लिएर जानुस तिर्थ गुरुजी अर्को साल त म पनि आई हाल्छु भन्दै हामी छुटियौ।   
BBQ & MESSING को अन्तिम रात्रीभोजमा रमाउदै हामी।

Thursday, December 5, 2019

सिंगापुर संगको साईनोलाई स्पन्दनमा राख्दै लागे नेपाल



05 Dec. 2019
आज सूर्यको कलिलो उषा हाईराईज भवनको धुरी तिर पोखिदा देखिने आकर्षक दृष्य देखिदैन्थे धुम्मेको बिहानीले गर्दा। निभन लाईनको बलेसी बाट चिसो सिरेटेको हुल सोहोरिएर काठमाण्डु रोडको पेटिकामा गोर्खा GM साहेवलाई बिदाई समारोहका लागि उपस्थित भएको हामी माझ गालामा स्पर्षका लागि आईरहन्थे बेला बेलामा। हर्ष र बिषमातको मिश्रित ओसिलो वतावरणमा  0810Hrs  पुगेको  थिए म

पल्टन घर भित्र पाईप एण्ड ड्रमको संगीतमय धुनको गुञ्जयमान बीर गाथाको कथा बोकेको हुन्छ। वीर गाथा बोकेको घुन संगै सिंगापुर संगको साईनो लाई सधैका लागि स्पन्दनमा राख्दै जीम साहेव कारमा प्रवेष गर्नु अगाडि सबैलाई धन्यवाद भन्नु हुँदै आफ्ना श्रीमती र बालबच्चाका साथ कार भित्र प्रवेष गर्नु हुँदाका त्यो क्षणले म धेरै नै बिरक्तिए । आँखाका परेलीमा आँसु रसाए। आँसु झर्न दिईन्। सम्हालिए म। परेली भिज्नुको कारण एउटै थियो बिकसित राष्ट्रको समाजमा हुर्केका नानीहरुले अविकसित समाजमा नयाँ अध्ययनको खोजी र संधर्षका कथाहरु सम्झेर । मेरो पनि अकास भएर स्वदेश फर्कन पाउदाका खुशीको दिन र सिंगापुरलाई छाडेर जानु पर्दाको पिडालाई सम्झदै कामको गन्तब्य तिर सोझिए।   

Saturday, November 9, 2019

5 Days Upper Mustang Trekking(Nepal)




















Upper Mustang ५दिने पदयात्राको दैनिकी 


काठमाण्डु- पोखरा
16 April 2019

0800Hrs बालाजु चोक बाट पोखराका लागि टुरिष्ट बसमा चढे। बसको टिकट एलिट ट्राभल्स बाट किनेको थिए। होटल डाँफे लेक साईडमा चेक ईन गर्दा दिउसोको 1600Hrs बजेको थियो। नुहाएर फ्रेस भएर कालो कफीको सुर्का लगाउदै बार्दलीमा बस्दै गर्दा मान्छे रुझाउने पानी र हावा हुरी बेतोडले चल्न थाल्यो। कोठा भित्र पसे। फोन गरे मेरो नंम्बरी नारायण लाई 14612 । स्याङ्जा देखि भोलि पोखरा आईपुग्ने पर्सी गाडी बाट उपल्लो थलो मुस्ताङ जाने योजना थियो । तर भोलि दिउसो आई पुग्ने मलाई बताए। साँझको खाना खाए र सुते। वतावरण चिसो थियो।


पोखरा
17 April 2019
0500Hrs ब्युँझिए। मर्निङ वाकका लागि एक्लै हानिए फेवा तालको किनारी तिर । कुईरे गोरा पुरुष र महिलाहरु फ्याँट फुट कुदिरहेका देखिन्थे भेटिन्थे। दिन खुलेको थिएन् । माछापुच्छ्रे हिमाललाई सेतो कुहिरोका हुलले छोपि राखेको देखिन्थे। मौसम लोभ लाग्ने खालको देखिदैन्थे। मर्निङ वाल्क गरि डाँफे होटलमा आईपुग्दा बिहानको 0800Hrs बजेको थियो। नुहाए फ्रेस भए कफीको सुर्का लगाए। गाईगुई सुनिदै थियो भोलि नेपाल बन्द बिप्लव समुह बाट । पोखरा जोमसोम जिपको टिकट काउण्टर हलन चोकमा गए। भोलि नेपाल बन्द भएकाले टिकट बिक्रि गरिएको छैन पर्सीको लागि लिनुस भने। मुल्य सोधे १७०० रुपैयाँ। बिचार गरौला भन्दै निस्किए। नंम्बरी नारायणलाई फोन गरे नेपाल बन्द भोलि। बिमान बाट जोमसोम पर्सी जाने योजना सुनाए।1500Hrs नारायण डाँफे होटलमा आईपुगे भेट्न। कफि पिउदै पर्सी जाने बिमान बाट योजना पक्का बनायौ। भोलि नेपाल बन्द भएकाले मर्निङ वाक स्तुपा जाने र खाना फेवा ताल पारी गुरुङ भिलेजमा खाने योजना पनि बनायौ। नारायण लागे घर तिर। 1900Hrs समिट एअरको प्रति ब्याक्ति ५१०० रुपैयाँको टिकट किनेको जानकारी दिए नारायणले। भोलि बिहान लेक साईडको राष्ट्र बैक चोकमा भेटने योजना बनाई फोन राखे मैले। साँझको खाना खाई सुते म।

पोखरा
18 April 2019

नेपाल बन्द भएकाले सडक शान्त देखिन्थे। 0730Hrs बैदाम प्रहरी ठाना को पछाडि बाट स्तुपा जानका लागि रानी बन जाने बाटो समात्यौ। मौसम खुलेको थियो निलो आकास मुनि माछापुच्छ्रे हिमाल सफा देखिएको थियो। लाग्थ्यो ऐना जस्तै टल्केका थियो। हामीले मोवाईल बाट फोटो र फेसबुक लाईभ पनि हानी दियौ । फेवा तालको पानी निकास भएको झोलुङ्गे पुल तरी रानी बनको लोभ लाग्दो ट्रयाकमा दुईजना नंम्बरीहरु रमाउदै उक्कलि रहयौ। चिलाउने र कटुस घारी भित्रको ट्रयाकमा हिडि रहदा फ्याँट फुट्ट बिदेशी पर्यटक पनि देखिन्थे। सूर्यको उषा प्रवेष गर्न नसक्ने खालका ट्याकमा उत्साहित हुँदै 0830Hrs स्तुपामा पुग्यौ। आँखाको नानी भित्रै माछापुच्छ्रे हिमाल छाँया लाग्ने गरि  देखिने दृष्यले बाह्य र आन्तरिक पर्यटकहरु फोटो र फेसबुक लाईभ गर्नमा आतुर देखिन्थे। हामी दुई भाई पनि फोटो र फेसबुक लाईभ दियौ। सिधै पारी अन्नपुर्ण माछापुच्छ्रे र गंगासागर हिमालको लोभलाग्ने दृष्यमा थप आकर्षण सिधै तल नियाल्दा निलो फेवा तालको रौनक। 

स्तुपाको बिशेषता भनेको हिमालहरुको पंति र फेवातालको निलो रंगको दृष्यालोकन रहेछ भन्दै लोकल अर्ग्यानिक कफिको सुर्का लगायौ। नेपाल बन्द भएकाले बिदेशी र स्वदेशी पाहुनाहरु हिड्दै आईरहेका देखिन्थे। 0930Hrs शान्ति स्तुपा बाट झर्यौ गुरुङ भिलेज तिर । शान्ति स्तुपा नियाल्नका लागि बिदेशी पर्यटकहरु हुलका हुल भेटिन्थे। 1100Hrs फेवा तालको किनारीमा गुरुङ कटेजमा फेवा तालको माछाको भुटुवाका साथमा स्वाँदिष्ट खाना खादै बिभिन्न रंगरोकनका प्यारा ग्लाईडिङ आकासमा उडिरहेका र झरिरहका दृष्य नियाल्दै प्लेट खाली भएको पत्तोनै भएन्छ। 

1145Hrs किस्ति बाट लेकसाईड आयौ। होटल डाँफेमा फर्क्यौ 1200Hrs देखि 1500Hrs बजे सम्म दुई जना सुत्यौ। 1530Hrs नारायणको बुलेट बाईकको पछाडि बसेर भेडी फार्म र बन्दै गरेका पोखराको अन्तराष्ट्रिय बिमान स्थल नियाल्यौ। एक हजार हेक्टरमा फैलेको भेडी फार्म 2033 सालमा जर्मन सरकारले निर्माण गरेका रहेछन्। मेरो नंम्वरी नारायणको मामा उक्त फार्मको हाकीम भएकाले सबै फार्ममा मज्जाले घुम्यौ। साँझ नारायण नंम्बरीको फुपुको घरमा साँझको खाना खाई डाँफे होटलमा साँझको 2100Hrs बजे 14612को बाईक को पछाडि बस्दै होटल डाँफेमा आए। भोलि एअर पोर्टमा 0630 Hrs भेट्ने बाचा राखी लेकसाईड बाट फर्के। म डाँफे होटलको बिस्तारमा पल्टने बित्तिकै भुुसुक्क भए छु।

Day-1
पोखरा -जोमसोम- चैले
19 April 2019

                                    ताङ्बे हिमाली बस्तिको मनोमोहक दृष्य



0630Hrs पोखरा एअर पोर्टमा पुग्दा नारायण आई सकेको रहेछ। पारिलो घाम लागेको  थियो। माछापुच्छ्रे मुस्कुराई रहेको थियो। समित एअरले पखेटा फिजाउदै पोखरा देखि जोमसोमका लागि धावन मार्ग बाट0800Hrs भुई छोड्यो। समित एरअरमा हामी २ जना बाहेक सबै भारतिय पर्यटक थिए। पोखरा जोमसोम मेरो लागि नौलो आकास थिएन । मैले उक्त उडान रुटमा २ पटक उडि सकेकाले सबै भूगोल परिचित थिए। पुन हिलको भञ्याङ कट्ने बितिक्कै बिमान हल्लिन थाल्यो। बिमान फन्कै घुमाएर पोखरा एअरपोर्टमा ल्याण्ड गर्यौ। 0815Hrs पुन हिलको आकास बाट फर्केको थियो । क्याप्टेनले कुनै सूचना नगरी पोखरा ल्याण्ड भए पछि नारायणले पाईलट लाई सोधे के भयो भाई । बिमानमा सामान्य समस्या देखा परेको छ मर्मत करिव ३०मिनेट लाग्छ होला त्यस पछि हाम्रो उडान हुन्छ भने। 0853Hrs बाट पोखरा बाट जोमसोमका लागि उड्यौ। पुन हिल पुग्ने बित्तिकै फेरि हल्लाउन थाल्यो तर बिमान आफ्नो गन्तब्य तिर उडान भर्दै 0913Hrs जोमसोम धावन मार्गमा अवतरण भयो। निलगिरी हिमाल पुरै मुस्कुराउदै देखिन्थे । सूर्यको किरण पोखिसकेकाले वतावरण लोभ लाग्ने खालको थियो। 
होटल गौचनमा खाना खायौ। जोमसोम देखि कागबेनी सम्म जीपको 2500 रुपैया तिर 1230 Hrs लाग्यौ। हावाको तेज बढ्दै गरेको देखिन्थे। धुलोको मुस्लो उडेका देखिन्थे। २०मिनेटमा कागबेनीमा पुग्यौ। कालीगण्डकी करिडरको सडक पछ्याउदै तिव्र गतीमा बहेको हावा संगै  धुलोले  हिडाई बिथोल्ने प्रयास गर्ने गर्थ्यो। कागबेनी बाट हिडेको २ घण्टामा ताङवे गाउ पुग्यौ। ताङ्वेको पाखामा गाउलेहरु मिलेर समुहगत स्याँउ खेती गरेका रहेछन्। उवा र ज्वौ बारीका कान्ला तिर हावाले बयली खेल्दै गरेको मनोमहक दृष्य नियाल्यौ । जोमसोममा खाएको खानाले छाडेको जस्तो महुस भएकाले होटलमा खाजा खायौ। ताङ्बे गाउ देखि तेर्स्रो बाटो भएकाले छुसाङ गाउमा ३०मिनेटमा पुग्यौ। कागबेनी देखि माथि उपल्लो मुस्ताङ आरम्भ हुने भएकाले छुसाङ गाउ असाध्यै राम्रो भ्याल्ली रहेछ। छुसाङ गाउ देखि पनि बाटो तेर्सो भएकाले गफिदै गर्दा कालीगण्डकी तर्नका लागि झोलुङ्गे पुल भेट्यौ तर्न लाग्दा हामी बोलेका आवाजले घोर भाग्दै गर्दा ढुंगा झर्न थाल्यो। सावधान ढुंगा झर्न सक्छ भनेर संकेत बोर्ड पनि देखिन्थे। बेतोडले कुदयौ। ढुंगा झरिरहेको थियो। सिधै माथी गाउ चैले देखिन्थ्यो। खोला देखि चैले गाउ उक्लिन हामीलाई ३० मिनेट लाग्यो। होटल सिर्जनामा पुग्दा साँझको 1830Hrs भएको थियो। वतावरण चिसो थियो। थाकेकाले खाना नपाकुञ्जेल सम्म तातो पानी पिउदै बिस्तारामा न्यानो सिल्पिङ ब्याग भित्र बस्यौ। 2000Hrs खाना खायौ। थाकेकाले सुत्ने बितिक्कै निदाए छौ।

Day-2
चैले - स्याङवोचेन
20 April 2019
                       ताक्लाम पास बाट गेकर बस्ति 


निलो आकास मुनि नाङ्गा पठारको थुम्का मा सूर्यको किरण झरि सकेको थियो। चैले बाट 0715Hrs बाटो लाग्यौ। कालीगण्डकी करिडरको घुमाउरा सडकमा पच्छाउदै गर्दा गेकर गाउ जाने बाटो भेट्यौ। हामीले सडककै बाटो रोज्यौ। उचाई बढ्दै थियो। साँस स्वाँ स्वाँ र बिस्राम गर्दै  पुछारमा चैले गाउका गरामा हरिया उवाबारीको लोभ लाग्दा दृष्य देखिन्थ्यो। फोटो रहर पुगुञ्जेल खिच्यौ। ताक्लाम पास बाट लोभ लाग्दो गेकर गाउ बस्ति देख्दा खुशीले चौप्ट भयौ । निलगिरी र थोरोङ्ला पर्वतमाला मुस्कुराई रहेको देख्दा झन उफ्रियौ बुर्कुसी मार्दै रमायौ पनि । ताक्लामा पास बाट हिमाल र गेकर गाउ हेर्नका लागि अति उत्तम स्थल रहेछ। ताक्लाम पास बाट बाटो तेर्स्रो भएकाले आरामले 1115Hrs समर गाउमा पुग्यौ। पातलो बस्ति शान्त वतावरणमा आराम गर्दै खाना खायौ। 1215Hrs समर बाट बाटो लाग्यौ। 
भेना गाउ पुग्न उकालो बाटोमा लम्फु भयौ। थाकेर लोथ भयौ। रसियन २ जना पर्यटक र तीनका गाईडले हामीलाई उछिनेर गए। भेना गाउमा पुग्दा सूर्यको प्रकाशलाई कुहिरोको हुलले छोपेको थियो। चिसो वतावरण थियो। अदुवाको चिया पियौ। ज्यान न्यानो बनायौ। थकित ज्यान चंगा भयो। लोभ लाग्दा पर्खाल लगाएका झै लाग्ने थोरोङ्ला हिमपर्वतमाला बाट आरम्भ भएका हिमालका पंक्तिहरु निलगिरि हिमालको सुन्दर शिखरलाई कुहिरोको जमातले छोपि सकेको थियो। कालिगण्डकी करिडर स्तर उन्नतीका लागि डोजरले खनिरहेका देखिन्थे भेटिन्थे। 
आरामले स्याङ्वोचेन गाउमा 1645Hrs होटल धवलागिरीमा पुग्यौ। वाई वाईको सुपले ज्यान न्यानो बनायौ। वरिपरिको दृष्य नियाल्न निस्कदा चिसोको हुलले हुरुक्कै बनाउयो। शान्त वतावरण थियो। कुहिरो को हुल थुम्का बाट ओरालो झर्दै गरेको देखिन्थे। समर गाउमा ४ वटा होटल रहेछन्। त्यस मध्य सबै भन्दा राम्रो धवलागिरी होटल रहेछ। साँझको खाना खाई 2030Hrs सुत्यौ।

 Day-3
स्याङ्वोचेन - ढाकमार
21 April 2019
     छुङ्गारको बस्तिमा पुग्दा देखिएको छोर्तेन


स्वच्छ शान्त र कलिलो बिहानी संगै 0715Hrs स्याङ्बोचेन बाट उकालो बाटो लाग्यौ। केहि मिनेट उकालो बाटो पश्चात थुम्का बाट अचम्मै पार्ने खालका दृष्य देख्यौ। देख्दै आएका नाङ्गा पठार भन्दा बेग्ले दृष्य देख्दा वाह क्या लोभ लाग्दा फाँट भित्र रमाईला बस्ति भन्दै खुशीले गदगद भयौ। क्यामरा सोझाई हाल्यौ। थकान मार्दै अघौङ्जी र रहर लागुञ्जेल हेरि रहयौ। नक्शा नियाल्दा देखिएको दृष्यलाई घिलिङ उपत्यका भन्दा रहेछ। घना बस्ति रहेछ। नाङ्गा पठारमा रोचक गुम्वाहरु देखिन्थे। घिलिङ र लामा गाउ जाने दोबाटो सडक भेट्यौ। लामा गाउ जाने सडक रोज्यौ।

लामा गाउमा ३ घर र हिड्दै  जादा छुङ्गारमा ३ वट घर देख्यौ। जईते भन्ने मा एक घर भेट्यौ। जईते बाट उकालो बाटोले हामीलाई हत्तु बनाउन थाल्यो। ओरालोमा हुलका हुल पर्यटकहरु झर्दै गरेका भेटिन्थे। घिलिङ हुँदै आएका पर्यटक र जईतेमा बसेका पर्यटकहरु थकाई मार्दै गरेका भेटिन्थे। निला पास 4009 मिटरको उचाई बाट  थकाई मार्दै थोरोङ्ला हिमालको शिखर नियाल्दै बस्यौ। हावा सरर चल्दै थियो। सूर्यको उषा पनि सिधै झरि रहेको थियो। कुनै कोलाहल थिएन्। निला पास बाट हिमालहरु लस्करै मुस्कुराउदै र नाङ्गा पठारको फेदीमा घिलिङको बिशाल फाँट नियाल्दै दंगै थियौ हामी । 
हिड्दै  जादा भिन्ना भिन्दै दृष्य आँखाको नानी भित्र पौडी खेल्थे क्यामरामा कैद गर्दै जादा 1215Hrs ल्हो घमीको सुन्दर उपत्यका भित्र प्रवेष गर्यौ। होटल ल्हो घमीको प्राङ्नमा बिदेशी पर्यटकहरु खाना खादै केहि आराम गर्दै गरेका भेट्यौ। महिला गाईड संग पनि भलाकुसारी गर्यौ। पेशामा लागेकी ८ बर्ष भएको रहेछ। पारिलो घाम लागेको थियो। घाम ताप्दै अदुवाको चिया पिउदै खाना नपाकुङञ्जे थकान मेटायौ। 
1330Hrs बाटो लाग्यौ । आजको हाम्रो बास बस्ने स्थान थियो ढाकमार गाउमा । ल्हो घमी बाट उकालो बाटामा हिड्दै गर्दा च्याङ्ग्रा चरिरहेका भेटिन्थे। उकालो बाटोमा हिड्दा हिरिक्क भएका थियौ। 1630Hrs सुन्दरता र हिमालको काखमा अवस्थित ढाकमार बस्तिको तेन्जिङ होटलमा पुग्यौ। वरिपरि रातो माटो भत्केला जस्तै लाग्ने ढिस्काहरु र बस्तिको छेवैमा कञ्चन खोला बग्दाका लय सुन्दै लोभ लाग्ने हिमालका चुचुरा नियाल्दै अदुवा चिया पिउदै बिदेशी पर्यटक र तिनका गाईडहरु संग गफिदैं  बस्यौ। 
तस्विर मन लागुञ्जेल खिच्यौ। बिदेशीले पनि तस्विर खिच्दै गरेका देखिन्थे। डाईनिङ हलमा साँझ निक्कै रमाईलो भयो। कान तताउने हैन मुस्ताङमा भन्दै गाईडलेहरुले। माथिल्लो मुस्ताङमा सबै गाउमा कच्ची सडक खनी सकेको रहेछन्। हिड्न नसक्ने पर्यटकहरु जीपमा आउदा रहेछन्। बिशेष गरि एसिन पर्यटकहरु।युवा दम्पतिले संञ्चालन गरेका रहेछ तेन्जिङ होटल। साँझको खाना खाई भोलि बिहानको खाजाको अडर दिई 2030Hrs सुत्न लाग्यौ।

Day-4
ढाकमार - लोमान्थाङ
22 April 2019
चोङ्गो पासमा नारायण थकान भुलाउदै। मुस्ताङ हिमश्रृखलाहरु दृष्यालोकन गर्दै

0730Hrs ढाकमार  गाउ बाट गन्तब्य तर्फ सोझियौ। उकालो बाटो थियो। कछुवाको रफतारमा हिड्दै थियौ।सूर्यको उषा हिमालको शिखर बाट आङतिर झर्दै गरेको देखिन्थ्यो। चाँदीको रंग जस्तै चम्कदार हिमालहरुको पंक्तिलाई नियाल्दै मुईला पास 4170 मिटर उक्लियौ। पास देखि नजिक बाट हिमालको लस्कर देखिने साथै पुछारमा चराङ बस्ति र सिधै तल नियाल्दा ढाकमार बस्तिको घुरीबाट धुवाँ उडिरहेका देखिन्थे। नाङ्गा पठारको सौन्दर्य संगै चराङ र मराङका आँखैमा नभिजाउने खालका मनमोहक बस्ति नियाल्दै पुरानो र ऐतिहासिक 3934 मिटरको उचाईमा अवस्थित घर गुम्बामा पुग्यौ। सुनसान थियो। 2 वटा भोटे कुकुरहरु निदाउदै थिए। हामीलाई देखेर भुके। गुम्बा बाट आधा बैषे पुरुष निस्किए। नेपाली भाषा नबुझ्ने रहेछ। उसलाई गुम्बा कुरुवा राखेका रहेछन्। 
हिजो देखि भेटिदै आएका रसियन र तिनका गाईड भाई र भरिया भाई पनि आईपुगे। गुम्बा भित्र दृष्यलोकन गर्यौ गुम्बा कुरुवा संग।  गुम्बा कुरुवा नेपाली भाषा नबुझ्ने भए पछि तिनै संग हातको ईसारामा रारा चाउ चाउ किन्यौ । मार्फा देखि आएको हरियो राँयोको साँग काटकुट गर्यौ। गाईड र हामीले मिलेर पकायौ। घरगुम्बा बाट मराङ र चराङ हेरिरहु लागि रहने दृष्य देखिदो रहेछ। किनभने फरक दिशा बाट फरक दृष्यालोकनले गर्दा। यि दुई बस्तिको सुन्दरता देखेर हामी मख्ख भयौ। 1230Hrs बाटो लाग्यौ। घाम लाग्ने र लुक्ने वतावरण थियो। ३ वटा थुम्का पास गर्दै 4280Mको चोङ्गो पासबाट लोमान्थाङका नाङ्गा भित्ता देख्दा खुशीले चौप्ट भयौ।मुस्ताङ हिमाल पर्वतमाला तिर हिउ पर्दै गरेको देखिन्थ्यो। चारै तिर हिमालहरुको उपस्थितिले रोचक वतावरण देख्दा खुशीले बुर्कुसी लगाउदै तस्विर र भिडियो खिच्न थाल्यौ।

पदयात्राको हरेक दिन फरक भौगलिक दृष्य नियाल्न साथै वतावरण संग उठबस गर्न पाउदा हर्षले गदगद भएका हुन्थ्यौ। हाम्रो अन्तिम गन्तब्य लोमान्थाङ नजिक भएर पनि होला पुलकित भएका थियौ। ढाकमार बाट प्याकेट लञ्च रोटी बोकेका थियौ। अचार संग चोप्दै खायौ चोड्गो पासमा। खुशीको सिमान नाघेको थियो। हिमाल माथी हिमाल तह तह क्षितिजमा देख्दा अर्को खुशीको तरंग बढ्दै गरेको थियो। आराम गर्दै गर्दा मुस्ताङ पर्वतमाला तिर हिउ पर्न रहयो। केहि क्षणमै कोरी बाटी गरेकी युवतीको जस्तै प्रस्तुति देख्दा क्यामरा निकाल्न बाध्य बनाई हाल्यो। 
मुस्ताङ्गी राजाको दरवार नियाल्दै1630Hrsलोमान्थाङको हिमालय होटलमा पुग्यौ।सबै गाईडहरुको रोजाईको होटल रहेछ हिमालय। तातो पानी पनि सुविधा भएकाले नुहायौ। ईन्टरनेटको सुविधा साथै थ्री सेवाको पनि सुविधा रहेछ लोमान्थाङमा। धेरै बर्षको ईच्छा चाहना थियो लोमान्थाङ हेर्ने भन्दै नारायण र होटल वाली भोटेनी मालिक्नी संग कुरा साटे। स्वाँदिष्ट खाना खायौ। थाकेकाले 2000Hrs सुत्ने बित्तिकै फुस्स भए छौ

Day-5
लोमान्थाङ-कोरला-जोमसोङ
23 April 2019
                              कोरला नाकामा म र नारायण 

निलो आकास मुनि मुस्कुराई रहेका टाकुराहरुमा सूर्यको कलिलो उषाले दशैमा टिका लगाउदै गरेको जस्तै देखिने वतावरणमा होटल हिमालयको प्राङ्गबाट अदुव चियाको सुर्का लगाउदै नारायण र म आनन्दित भई रहेका थियौ। बिदेशीका लागि ७हजार नेपालीका लागि १०हजार जम्मा १० किलोमिटर चाईना नेपाल सिमाना कोरला नाका पुग्न जीपको भाडा। बिदेशीहरु प्राय कोरला नाका नजादा रहेछन्। 0800Hrs कोरला नाका नियाल्न नारायण म र रुकुम तिरका चालक भाईले गन्तब्य तिर गाडीको पाङ्ग्रा गुडाउन थाल्यो। सडक पिच नगरे पनि पिच गरेक जस्तै लाग्ने खालका थिए। ३० मिनेटमा कोरला नाका पुग्यौ। गजबको समथर फाँट रहेछ कोरला नाका। चाईनाले बिशाल भवन बनाउदै गरेको रहेछ। नेपाल पट्टी रमाईलो हिमालका टाकुरा देखिन्थे भने चाईना तर्फ आँखाले नभ्याउने फाँट देखिन्थे। करिव २०मिनेट बस्यौ कोरला नाकामा। चिसो असाध्य थियो। घामको प्रकाश सिधै झरि रहेको भए पनि जाडो बेतोडको थियो। चाईनाले काँडे तार र निगरानीका लागि अत्याधुनिक सीसी क्यामरा नेपाल तर्फ निशाना गरि रहेका थिए। बिभिन्न पोजमा तस्विर खिच्यौ।
फर्कदा च्छोसेर गुफा र वरिपरिका बस्ति नियाल्नका लागि आयौ। च्छोसेर गुफाको फेदीमा जीपबाट ओर्ली १५मिनेटको उकालो हिडे पश्चात च्छोसेर गुफा भित्र प्रवेष गर्दा अचुक अनौठो लाग्यो। खुशीको चिच्याँहट गर्यौ। ३तला रहेछन् सबै चहार्यौ। बिदेशीहरु खुशी हुँदै तस्विर खिचि रहेका देखिन्थे। बस्ति र गु्म्बा नियाली सके पछि जीप बाट 1400Hrs लोमान्थाङ तिर फर्क्यौ। खाना खायौ। हिमालय होटलको खाली ट्रक बाट 1600Hrs लोमान्थाङ बाट जोमसोम तिर लाग्यौ। कालिगण्डीको तिरैतिर ट्रकको यात्रामा रोमाञ्चक हुँदै कयौ घुम्तिहरु छिचोल्दै 2030Hrs जोमसोममा आईपुग्यौ। होटल गौचनमा बस्यौ। तातो पानीमा नुहायौ। फ्रेस भयौ। 2130Hrs साँझको खाना खायौ। 2145Hrs बिस्तारमा लम्पसार हुँदा ट्रकको उफ्राईले होला सिधै भुसुक्क भए छौ।
                        च्छोसेर गुफा

Day-6
24 April 2019
जोमसोम- तातोपानी
0700Hrs दुम्बा ताल नियाल्नका लागि कालिगण्डीको झोलुङ्गे पुल तर्दै उक्लियौ। सूर्यको उषा निलगिरी हिमालको शिखर बाट छरिदै जोमसोमको बजार तिर झर्दै गरेको देखिन्थे। 0740Hrs दुम्बा ताल पुग्यौ। तालको छेवैमा सामान्य तर सफा भएको पसल रहेछ। तातो चिया संग सुकाएको स्याँउ र दन्ते ओखर खादै निलो तालको रंग नियाल्दै बस्यौ। शान्त वतावरण थियो। कुनै कोलाहल थिएन्। मुत्तिनाथ दर्शनका लागि पर्यटकहरु लिएर आएका बिमान सिधै तल उडि रहेका देखिन्थे।
दु्म्बा ताललाई एक चक्कर लगायौ। तालमा माछाहरु नचली घाम तापीरहेका देख्यौ। बिस्तारै पर्यटकहरु पनि आउदै गरेका देखिन्थे भेटिन्थे। 1000Hrs दुम्बाताल बाट झर्यौ। बाटामा अध बैषे महिला भेट्यौ। धुपी सल्लाको बृक्ष निक्कै सप्रेका देखेकाले मैले सोधे तपाईहरुले रोप्नु भएको । हैन जापान सरकारको सहयोगले रोपेको बताए। उहाँ हामी भन्दा हिड्ने रफतार तेज भएकाले हामीलाई बिस्तारै आउनु होला भन्दै अगाडि बढिन्। 1030Hrs जोमसोममा आईपुग्यौ। 1100Hrs खाना खायौ होटल गौचनमा।
1400Hrs जोमसोम बाट म्याग्दीको तातोपानीका लागि गाडी चढ्यौ। 1800Hrs तातोपानी पुग्यौ। ट्रेकर्स होटलमा तातो पानीमा नुहायौ। फ्रेस भयौ। मेरो भाई सूर्य 14418 काठमाण्डु देखि मुक्तिनाथ दर्शनका लागि मोटर बाईक बाट आउदै थिए। भेट्ने योजना तातोपानीमा थियो । उ पनि 1830Hrs बजे तातोपानीमा आईपुग्यो। होटलको प्राङ्गनमा वाईन बियर पिउदै यात्राको रोचक गफगाफ गर्दै बस्यौ। 2000Hrs तातोपानीमा डुबुल्कि मार्न लाग्यौ। तातोपानीमा डुबुल्की मार्न बिदेशी र स्वदेशी टन्नै थिए। 2100Hrs बजे सम्म खुल्ने रहेछ। तातोपानी बाट डुबुल्कि पश्चात 2120Hrs साँझको खाना खायौ। बिहान सूर्य मुक्तिनाथ तिर जाने हामी २ जना पोखरा जाने योजनाले आफ्ना आफ्ना बेडमा सुत्यौ।
Day-7
25 April 2019
तातोपानी - पोखरा

भाई सूर्य  मुक्तिनाथ दर्शन गरेर तातोपानीमा डुबुल्कि मार्ने योजनाले 0700Hrs जोमसोम तिर गुडे बाईक बाट म र नारायण तातोपानी बाट बेनी बजार सम्म जाने लोकल गाडीमा गुड्यौ। 1000Hrs बेनीबजार आईपुग्यौ। पोखराका लागि गाडि परिवर्तन गर्यौ। गाडी खचाखच थियो बिदेशी र स्वदेशी गरि। बिच बाटमा सिट छ भन्दै कन्डक्टरले यात्रु हाल्थे। लुम्लेमा खाना खान रोक्दा कन्डक्टरको यात्रुलाई मिलाएर राख्ने कला देखेर खुशीले बिदेशी कलिलो युवतीले ५०० रुपैयाँ दिईन्।पोखरा1600Hrs आईपुग्यौ। नारायण आफ्नो घर तिर लागे म डाँफे होटल तिर लागे। होटलमा पुग्ने बित्तिकै फोन चार्च गर्न खोज्दा क्यामरा गाडीको सिट मुनिनै भुलेछु। नायराणलाई फोन गरे। उ तुरुन्तै पुगे बाग्लुङ बसपार्कमा । बेनी जाने काउण्टरमा कन्डक्टर भाईले भर्खर छोडेर गएका रहेछन्। नारायणले मलाई खुशीको खवर सुनाए क्यामरा पाईयो। मलाई क्यामरा भन्दा पनि मैले खिचेका तस्विर भिडियोको लोभ लागेको थियो। नारायणले मेरो कोठा ल्याई दिए। धन्यवाद भने। भोलि बेलुकी सूर्य पनि आईपुग्छ लेकसाईडमा बसेर मोज गर्नु पर्छ भने। उ लागे घर तिर म कोठामा आराम गर्न लागे। भाई सूर्यलाई फोन गर्दा तातोपानी आईपुगेको कुरा बताए।

Day-8
26 April 2019
पोखरा 
0600Hrs लेकसाईड तिर एक्लै मर्निवाकका लागि निस्के। बराही मन्दिरका लागि टिकट किने। तस्विर खिचे। दर्शनका लागि भिडभाड देखिन्थे। माछापुच्छ्रे हिमाल लुकेको थियो। १०मिनेट बराही मन्दिर वरिपरि घुमे पछि वारी फर्किए। तालको छेवै छेव हलनचोक तर्फ लागे। चिसो बिहान थियो। घाम लागेको थिएन्। लाग्ने तरखर पनि गरेको थिएन्। कफिको सुर्का लगाउदै बसे हलनचोकको क्याँफेमा। होटल डाँफेमा फर्कदा 1000Hrs बजेको थियो। ईन्टरनेट चलाउदै गर्दा भाई सूर्यले म लुम्ले आईपुगेको कुरा बतायो। 1130Hrs डाँफेमा आईपुगे भाई सूर्य। खाना खानाका लागि बराही  चोक तिर गयौ। फर्केर होटलमा आराम गर्यौ। साँझ नारायण म भाई सूर्य लेकसाईडको एक मौलिक रेष्टुरण्टमा साँझको खान्कीका लागि लाग्यौ। रमाईलो गफगाफ चल्यो। डाँफे होटल फर्कदा साँझको 2300Hrs भई सकेको थियो। सूर्य र नारायण स्याङ्जा तिर जाने म काठमाण्डु जाने भन्दै भोलि 0630Hrs डाँफेमा आईपुग्छु भन्दै नारायण घर तिर लागे।

Day-9
27 April 2019
पोखरा -काठमाण्डु
0630Hrs नारायण भाई सूर्य स्याङ्जा तिर गुडे बाईक मा। म टुरिष्ट कोच सेवा बाट काठमाण्डु तर्फ गुडे।



ल्हो मान्थाङको भिडियो

च्छोसेर गुफा 












HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...