Day-44
Dunai-Kamkot (Dolpa)
दुनै- कामकोट, डोल्पा
24 August 2016
डोल्पाको कामकोट बाट दुनै बजारलाई नियाल्दै किशोर सर
दुनै बाट
हिड्ने दिन भएकाले बिशाल भान्जा र किशोर सर भन्दा अगाडि उठे । घडी हेर्दा 0630Hrs भएको थियो। चिया पिउदै गर्दा
हाम्रा लागि गाईड हरि डाँगी र देब डाँगी आईपुगे 0645Hrs।
दुनै देखि म्याग्दीको बेनी सम्म गन्तब्य भएकाले बाटामा दुई दिन सम्म कुनै होटल
नपाईने भएकाले 0730Hrs हरि भाईले चिनेका भाडामा पाईने भाडाकुडा दोकान तिर लाग्यौ। १० दिन सम्मका लागि
भाडामा थाल बटुको चम्चा काटा स्टोभ लियौ ।मट्टी
तेल चामल नुन तेल र भाडाका समानहरु गरि 5700 रुपैयाँको
किनमेल गरि होटल ब्लू सिपमा आयौ। हरि र देब भाईले डोकामा समान मिलाउन थाले। पारिलो
घाम लागेको थियो। डाँडा तिर पानी पार्ने कुहिरो डुल्दै गरेको देखिदैन्थे। खाएको
बसेको र २ वटा डोको रु 12500 तिर्यौ । ब्यू सिप होटल वाट हिड्नु अगाडि होटलका सेफ संगम तामाङ हेप्पी दाई र
हाम्रो गाईडहरु हरि डाँगी देब डाँगी संग सामुहिक तस्विर खिच्यौ र दुनै बजार बाट 1100Hrs बाटो
लाग्यौ।
ठुली भेरी नदीको किनारी पछ्याउदै तेर्स्रो बाटोमा रमाउदै हिड्दै गर्दा दुनै बजारमा दाउरा बेच्नका लागि एक हुल
बहिनीहरु भेटिए। घामको प्रकाश सिधै झरिरहेको थियो।
गर्मीले उत्पात भएका थियौ। छाता ओढ्दै हिड्दै गर्दा ठुली भेरी नदीलाई बिदाई गरि
दुनै बजारका बिजुली निकालिएको कुलो लाई पछ्याँयौ। घर्मीले हुरुक्क भएका थियौ। खोला
वारिपारी भैसी चरिरहेका देखिन्थे। खोला तरे पछि बाटो सिधै उकालो भएर सोझियो। पसिना
पुस्दै खुईया गर्दै उक्लिदै गर्दा भुसुनाले हुन सम्म दुःख दिन थाल्यो। स्याउला
भाँचेर हम्किदै उक्लिदै गरि रहदा मुशलधारे पानीले गोद्न थाल्यो। स्यान्टी फ्याँल्ट
भई सकेका थियौ। हिड्नै सकिरहेका थिएनौ हामी। सल्लाका रुखहरु ढालेर दाउरा गिड्दै
गरेका देखिन्थे। यसरीनै दाउराका लागि काट्ने हो भने छिट्टै नाङ्गा हुन्छ यि जङ्गल भन्दै उकालो बाटोमा किशोर सर र भान्जा बिशाललाई
सुनाए मैले। लम्फु भएर हिडि रहदा हरि डाँगी भाईले अब आउन लाग्यो उ त्यहि ठुम्का
कटे पछि आजको बास बस्ने ठाउ भन्दा खुशीको ठाउ थिएन । कामकोट थुम्कामा उक्लदा खुशीको
सिमाना थिएन्।हरिया पाटन नियाल्दै चकलेट र पानी पिउदै रमाई रहदा सेतो
कुहिरोका बथानले देखिएका पाटनलाई ढाँक्दै गरेका देखिन्थे। दुनै बजार
सुन्दर देखिथ्यो। छिर्न नसकिने घना जङगल देखिन्थ्यो सिधा पारी। सरहरु
बिस्तारी आउनुहोस चिया र वाई वाई तयार बनाई राख्छु भनि हरि र देब भाई हिडे।
15 मिनेट
आराम गर्यौ । १० मिनेट हिडे पछि हरि भाई छतमा बसेर हामीलाई पर्खि बस्नु
भएको रहेछ। उहाँको नातेदारको घर रहेछ। पानी पर्नका लागि तयारी हुँदै गरेको मौसम देखिन्थे। चिया र वाई वाई खादै प्राकृति
सौन्दर्यको उपहार रहेछ कामय डाँडा भन्दै रमायौ। हरि भाईका आफन्तले भालुको निक्कै बिगबिग भएको कुरा सुनाए। छतमा टेण्ट टाङ्दै गर्दा
झमझम पानी पर्न थाल्यो। साँझको खाना ८बजे खायौ र ढल्किने बित्तिकै फुस्दै गएछौ
हामी।
डोल्पाको कामकोट डाँडामा पुग्नै लाग्दा किशोर र बिशाल भान्जा थकित मुद्रामा
कामकोट उक्लिदै गर्दा
बेच्नका लागि दुनै बजार तिर लाग्दै