Total Pageviews

Wednesday, October 10, 2018

Great Himalaya Trail

Day-44
Dunai-Kamkot  (Dolpa)
दुनै- कामकोट, डोल्पा
24 August 2016
               डोल्पाको कामकोट बाट दुनै बजारलाई नियाल्दै किशोर सर
दुनै बाट हिड्ने दिन भएकाले बिशाल भान्जा र किशोर सर भन्दा अगाडि उठे । घडी हेर्दा 0630Hrs भएको थियो। चिया पिउदै गर्दा हाम्रा लागि गाईड हरि डाँगी र देब डाँगी आईपुगे 0645Hrs। दुनै देखि म्याग्दीको बेनी सम्म गन्तब्य भएकाले बाटामा दुई दिन सम्म कुनै होटल नपाईने  भएकाले 0730Hrs हरि भाईले चिनेका भाडामा पाईने भाडाकुडा दोकान तिर लाग्यौ। १० दिन सम्मका लागि भाडामा थाल बटुको चम्चा काटा  स्टोभ लियौ ।मट्टी तेल चामल नुन तेल र भाडाका समानहरु गरि 5700 रुपैयाँको किनमेल गरि होटल ब्लू सिपमा आयौ। हरि र देब भाईले डोकामा समान मिलाउन थाले। पारिलो घाम लागेको थियो। डाँडा तिर पानी पार्ने कुहिरो डुल्दै गरेको देखिदैन्थे। खाएको बसेको  र २ वटा डोको रु 12500 तिर्यौ । ब्यू सिप होटल वाट हिड्नु अगाडि होटलका सेफ संगम तामाङ हेप्पी दाई र हाम्रो गाईडहरु हरि डाँगी देब डाँगी संग  सामुहिक तस्विर खिच्यौ र दुनै बजार बाट 1100Hrs बाटो लाग्यौ। 

ठुली भेरी नदीको किनारी पछ्याउदै  तेर्स्रो बाटोमा  रमाउदै हिड्दै गर्दा दुनै बजारमा दाउरा बेच्नका लागि एक हुल बहिनीहरु भेटिए। घामको प्रकाश सिधै झरिरहेको  थियो। गर्मीले उत्पात भएका थियौ। छाता ओढ्दै हिड्दै गर्दा ठुली भेरी नदीलाई बिदाई गरि दुनै बजारका बिजुली निकालिएको कुलो लाई पछ्याँयौ। घर्मीले हुरुक्क भएका थियौ। खोला वारिपारी भैसी चरिरहेका देखिन्थे। खोला तरे पछि बाटो सिधै उकालो भएर सोझियो। पसिना पुस्दै खुईया गर्दै उक्लिदै गर्दा भुसुनाले हुन सम्म दुःख दिन थाल्यो। स्याउला भाँचेर हम्किदै उक्लिदै गरि रहदा मुशलधारे पानीले गोद्न थाल्यो। स्यान्टी फ्याँल्ट भई सकेका थियौ। हिड्नै सकिरहेका थिएनौ हामी। सल्लाका रुखहरु ढालेर दाउरा गिड्दै गरेका देखिन्थे। यसरीनै दाउराका लागि काट्ने हो भने छिट्टै  नाङ्गा हुन्छ यि जङ्गल भन्दै उकालो बाटोमा किशोर सर र भान्जा बिशाललाई सुनाए मैले। लम्फु भएर हिडि रहदा हरि डाँगी भाईले अब आउन लाग्यो उ त्यहि ठुम्का कटे पछि आजको बास बस्ने ठाउ भन्दा खुशीको ठाउ थिएन । कामकोट थुम्कामा उक्लदा खुशीको सिमाना थिएन्।हरिया पाटन नियाल्दै चकलेट र पानी पिउदै रमाई रहदा सेतो कुहिरोका बथानले देखिएका पाटनलाई ढाँक्दै  गरेका देखिन्थे। दुनै बजार  सुन्दर देखिथ्यो। छिर्न नसकिने घना जङगल देखिन्थ्यो सिधा पारी। सरहरु बिस्तारी आउनुहोस चिया र वाई वाई तयार बनाई राख्छु भनि हरि र देब भाई हिडे। 
15 मिनेट आराम गर्यौ । १० मिनेट हिडे पछि हरि भाई छतमा बसेर हामीलाई पर्खि बस्नु भएको रहेछ। उहाँको नातेदारको घर रहेछ। पानी पर्नका लागि तयारी हुँदै गरेको मौसम देखिन्थे। चिया र वाई वाई खादै प्राकृति सौन्दर्यको उपहार रहेछ कामय डाँडा भन्दै रमायौ। हरि भाईका आफन्तले भालुको निक्कै बिगबिग भएको कुरा सुनाए। छतमा टेण्ट टाङ्दै गर्दा झमझम पानी पर्न थाल्यो। साँझको खाना ८बजे खायौ र ढल्किने बित्तिकै फुस्दै गएछौ हामी।
        डोल्पाको कामकोट डाँडामा पुग्नै लाग्दा किशोर र बिशाल भान्जा थकित मुद्रामा












                                           कामकोट उक्लिदै गर्दा
                                    बेच्नका लागि दुनै बजार तिर लाग्दै



































































































                               






















Tuesday, October 9, 2018

ओखल्ढुंगे च्याङ्वा एकराज तामाङ संग गरिएको कुराकानी


आफू जन्मेको ओखल्ढुंगा सल्लेरी गाउलाई गीत संगीत मार्फत चिनारी दिलाउनु प्रयास गर्नु हुने एकराज तामाङ संग गरिएको कुराकानी ।

                       एकराज तामाङले अभिनय गरेको भिडियो हेर्नका लागि


Sunday, September 23, 2018

Great Himalaya Trail

Day-43
Dunai (Dolpa)
दुनै, डोल्पा
23 August 2016
डोल्पाको दुनै बजार ब्लू सिप होटलको स्वाँदिष्ट खान्की खान अगाडि लिएको तस्विर

आकासमा पानी झार्ने बादल रित्ति सकेको रहेछ। आकास संगै भेटेर थुचुक्क बसेको चुच्चा थुम्काको फेदीमा अवस्थित सानो लोभ लाग्ने टार दुनै बजार मा झलमल घाम लागि सकेको थियो ब्युँझदा। ठुली भेरी नदीले बैमाईनी गर्छकी भन्दै हरेक साल भूक्षय रोक्नका लागि तारको जाली भित्र ढुंगाको पर्खाल भत्काउला झै गरि रिस देखाउदै खैलाबैला गर्दै धमिलो भेल लिएर हुत्तिदै गरेको देखिन्थे । हुत्तिएको धमिलो भेल नियाल्दै ढिस्कामा चिया पिदै गर्दा बिशाल भाञ्जा र किशोर सर पनि चिया हातमा लिएर आए। खुलेको दिन भएकाले दुनै बजारमा किन बेच गर्नका लागि डोल्पाली भेषभुषामा सजिएर हिडि रहेका देखिन्थे। घण्टी बजाउदै खच्चरका हुलहरु समान लोड र अनलोड गर्दै गरेका देखिन्थे। हुम्ला देखि ४३ दिन दुनैमा आईपुग्दा थकानको महशुस भएको छैन् । GHT बिशेषता भनेकै यस्तै हो भन्दै गफिदै जिस्कदै उर्लेको ठुली भेरी नियाल्दै रमाई रहेका थियौ।
हिजो धोएको लुगाहरु चौउरमा सुकायौ। चिरिक्क पोल्ले घाम लागेको थियो। कहिले नदेखाका भाले पोथी शिर भएको छिर्के मिर्के चरा कान्ला मास्तिर बाट भुर्र भुर्र गरि उडेर चौउरमा फट्याङ्ग्रा खोजी चर्न डुल्ने अनि उडेर जान्थे। क्याँ बाठा क्यामरा ठिक्क पार्यो कि उडेर कान्ला मास्तिरको काँडा घारी भित्र लुक्न जान्थे।
डोको भरि स्याँउ बोकेर स्याँउ स्याँउ भन्दै आईन एउटी बहिनी। ५ दाना किन्यौ २ रुपैयाँको दरले। तिनै जनाले टोक्यौ।  हातमा नअटाउने झरिलो  र रसिलो स्याँउ थियो। NGO/INGOमा कार्यरत दुई  जना भद्र महिलाले एक रुपैयाँमा देउन् भन्दै दलाल गरेका थिए तर २रुपैयाँको दरभाउले बेचि छाडिन्। डोल्पाको स्याँउ काठमाण्डु लानु पर्छ भन्दै रोजी रोजी छान्दै देखिन्थे । वजन छ। टन्नै लानु पर्छ भन्दै गरेको सुनिन्थे।

११ बजे गन्धर्वहरु आईपुगे। खाजा अडर गर्यौ। हामी संगै बेनीबजार सम्म जाने भनेका थियौ तर ४हजार भन्दा माथीको पास गरेर जानु पर्ने भएकाले  जान नसक्ने भयौ सुनाए हामीलाई। खाजा ख्वाँयौ र १०हजार रुपैयाँ दियौ । खाजा खाएर होटल बाट बिदा भए।
होटल ब्लू सिपका संगम भाईले हाम्रो लागि म्याग्दीको बेनी बजार सम्मका लागि गाईड र सहयोगी हरी बहादुर डाँगी र देव डाँगी आईपुगे। गफगाफ गर्यौ। भोलि बिहान ७ बजे आईपुग्छौ भनेर छुटिए। समय समय के सेवा गरौ ?के खानु हुन्छ? भनि हाम्रा लागि सोधी रहने  हेप्पी दाई। सबैले उहाँलाई हेप्पी दाई भन्थे हामीले पनि हेप्पी दाई भन्थ्यौ। साह्रै मिलनसार र पाहुनालाई राम्रो सत्कार गर्ने हेप्पी दाई। साथै याक होटलका सेफ संगम भाईको स्वाँदिष्ठ खान्कीले हामी मख्खै भएका थियौ। खाना १२ बजे खायौ। ईन्टनेट प्रयोग गर्यौ। ३ बजे सम्म  झ्याँप भएर सुत्यौ। चिया पिउदै गर्दा मुसल धारे पानी पर्न थाल्यो। पानी र कुहिरो सरावरी भएको देखिन्थ्यो। साँझको खाना खाएर १० बजे सुत्यौ।

 
दुनै बजारको रसिलो स्याँउ टोक्दै। याक होटलको प्राङ्गनमा
दुनैको रसिलो आँरु खानका लागि किन्न  लाग्दै किशोर सर
दुनै बजारको काखैमा बग्दै ठुली भेरी नदी
दुनै बजारमा रमाउनु हुँदै किशोर सर
फेसबुक लाईभ गर्दै । ब्लू सिप होटलको प्राङ्गन बाट।


Tuesday, September 11, 2018

Great Himalaya Trail

Day-42
Saijal-Dunai (Dolpa)
सैजाल-दुनै, डोल्पा
22 August 2016
                       ठट्यौली पारामा लिएको तस्विर डोल्पाको दुनैमा
वाई वाई खाजा खाई 0730Hrs सैजाल बाट गन्धर्वहरु र हामी दुनैको लागि हिड्यौ। दिन धुम्मेको थियो। थुम्का र चुचुरा तिर पानी परिरहेको देखिन्थ्यो। मौसम चिसो थियो। बाटो ओरालो भएकाले थाकेको महसुस भएको थिएन। फर्किदा हाम्रा लागि बाटहरु नौला थिएन्। हेर्नु पर्ने दृष्य पनि केहि थिएन्। आङ जिरिङ जिरिङ हुन्थ्यो आलै खसेको पहिरो  र ढुंगा खसेको डोब देख्दा । बाक्लो जंगल भित्रको बाटो साथै फोक्सुण्डो खोलामा थापेको काठे पुलमा वारी र पारी तर्दै छेप्का गाउमा आईपुग्दा 0900Hrs बजे थियो। भोकले लम्फु भईसकेका थियौ। चिया पिउदै साहुनीलाई वाई वाई र आलु पकाउन लगायौ। बेतोडले मुसलधारे पानी पर्न थाल्यो। कान्लामा लटरम्म फलेको स्याँउमा नजर गई हाल्यौ। साहुनीकी छोरालाई टिप्न पठायौ। हातैमा नअटाउने स्याँउ  टोक्न थाल्यौ। रसिलो र चिसो थियो स्याँउ। चिया वाई वाई स्याँउ र उसिनेको आलु खाई छेप्का बाट 1030Hrs बाटो लाग्यो। पानी बसि सकेको थियो।घाम लागेको थिएन ।
                           थिन्ले घोडा बाट लडेर मृत्यु भएको स्थानमा हामी
थिन्ले लडेर मृत्य भएको स्थानमा हामी तीनै जनाले एक मिनेट थिन्लेका लागि मौनधारण गर्यौ। साङ्टा को पाखा तिर आलै ढुंगाहरु झरेको डोबहरु देखिन्थे। ढुंगा झर्छकी भन्दै डराई डराई माथि हेर्दै  गन्धर्वहरु र हामी साङ्टाको ढुंगा खस्ने ईलाका पार गर्यौ । 1130Hrs कगेनी पुग्यौ। फापरको रोटी बनाउन लगायौ। हल्का थकान र भोक लागेको थियो। चिया र वाई वाई खादै गर्दा घाम लाग्न लाग्यो। फापर संग आचर चोप्दै मिठो भन्दै खायौ। कगेनीबाट दुनैका लागि 1230Hrs बाट लाग्यौ। संगै आएका गन्धर्वहरु कगेनी र सुलीघाटका बस्तिमा गाउदै आउछौ भने पछि भोलि दुनैको ब्लू सिप होटलमा आउनु होला भन्यौ।  सुलीघाटमा आर्मी चेक पोष्टमा अस्तिकै सैनिकले चिने र हामीले पनि चिन्यौ। जाँच गरेन्। जानुहोस भने। फोक्सुण्डो खोला सङ्लो बग्दै ठुली भेरीको धमिलो भेलमा मिसिएर बगि रहेको दृष्य झोलुङ्गे पुलबाट केहि क्षण नियाल्यौ। 1500Hrs दुनै बजार पुग्यौ। दुनै बजारमा पसलमा र चोक तिर गीतहरु घन्किरहेका सुनिन्थ्यो।ब्लु सिप होटलमा पुग्दा सिमसिम पानी पर्न थाल्यो। हामी तीनै जना पालै पालो नुहायौ। ईन्टरनेट चलाउदै बस्यौ। आरामदायी बसाई भन्दै साँझको 2300Hrs ईन्टरनेट चलाउदै बस्यौ।   



Friday, September 7, 2018

OXLEY RIDGE बाट


OXLEY RIDGE अकस्लि रिज बाट ओखल्ढुंगाको मानेभञ्ज्याङ गाउपालिकालाई नियाल्दै ।
























मध्य पहाडी लोक मार्गमा अवस्थित हर्कपुर र घुर्मीमा पर्ने हावाले ग्वाँरल्याम्ब ढालेको पुल

Sunday, August 26, 2018

गोर्खा सैनिक भित्र हुर्केका निर्देशक मिलन चाम्स





मिलन चाम्लिङ राई (चाम्स) गोर्खा सैनिक भित्र बाट हुर्केका निर्देशक हुन्। उहाँ सन् १९९८ सालमा बृटिस गोर्खा सेनामा प्रवेष गर्नु भएको  थियो। उहाँको बारेमा मैले बृटिस गोर्खा बाट मासिक रुपले प्रकाशित पत्रिका पर्वते र BFBS Gurkha Radio बाट जान्ने मौका पाएको थिए। वास्तविक कथामा आधारित बोवीका निर्देशनलाई सिंगापुरमा रेड कार्पेट सोमा क्षणिक समय भेट्ने र छोटो अन्तरंग कुरा गर्न अवसर पाएको थिए। चलचित्र हेरे पछि मलाई Blogging गर्ने जोस चल्यो।

सफल निर्देशक बन्न धेरै आरोह अवरोहका थुम्काहरु उक्लिसकेका चाम्सले हाल सम्म  ७ वटा चलचित्र निर्देशन गरि सकेका छन्। मिलन चाम्सले छि: वा क्याँ झुर रहेछ भन्ने खालका चलचित्र बनाएन्। बरु नेपाली चलचित्र क्षेत्रमा फरक परिवेषका वास्तविक कथामा आधारित चलचित्र भित्राए। Blind Rocks र Bobby जस्ता चलचित्र। वास्तविक कथाका चलचित्र बनाएर दर्शकको मन जिते। नेपाली दर्शकले पनि अव वास्तविक कथा चलचित्र पनि रुचाउने रहेछन् भनेर प्रमाणित गरि दिए जाम्सले। चलचित्र लुटले नेपाली चलचित्र क्षेत्रलाई फरक बाटो देखाए दिए भने कबड्डीले नेपाली चलचित्र नहेर्ने दर्शक लाई पनि हल सम्म गएर हेर्न बानी बसाल्यो।

Saturday, August 25, 2018

हुम्लाको तलुङ फाँटमा पुग्दा




हुम्ला जिल्लाको लिमि भ्याल्लीमा अवस्थित तलुङको हिमाली वतावरणमा रमाउदा पुग्दा हामी औधी हर्षित भएका थियौ। हिल्सा देखि हिडेर ४ दिनमा पुग्न सकिने तलुङ फाँट पुग्दा हर्षको आँसु झर्ने गर्छ। हिडेको सबै थकान भुलाई दिन्छ। नेपाल र चाईनाको सिमाना लाप्चा देखि तलुङ सम्म 30KM सडकको ट्रयाक खनि सकेको छ। मौका मिल्यो भने जंगली घोडा  र जंगली याक नियाल्न पाईन्छ। आँखाले हेरि भ्याउने फाँटको बिचमा भोट खोला बग्ने गर्दछ। हिँउले पखालेर राखेका नाङ्गा र चिल्ला पर्वतमाला क्षितिज संग अंगालो हालेर बसेको देख्दा ईष्या लाग्ने गर्छ। भौतिक सुविधा अभाव भएता पनि प्राकृति शौन्दर्यको अदभुत खानी हुम्लाको लिमी भ्याल्लीको तलुङ फाँटमा फेरि पनि घुम्ने ईच्छा रहेको छ। समय मिलेलाएर एक पटक जाने छु। पदयात्रामा रहर हुने म संग यात्रा गर्न सक्नु हुने छ।

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...