डोल्पाको दुनै बजार ब्लू सिप होटलको स्वाँदिष्ट खान्की खान अगाडि लिएको तस्विर
आकासमा
पानी झार्ने बादल रित्ति सकेको रहेछ। आकास संगै भेटेर थुचुक्क बसेको चुच्चा
थुम्काको फेदीमा अवस्थित सानो लोभ लाग्ने टार दुनै बजार मा झलमल घाम लागि सकेको
थियो ब्युँझदा। ठुली भेरी नदीले बैमाईनी गर्छकी भन्दै हरेक साल भूक्षय रोक्नका
लागि तारको जाली भित्र ढुंगाको पर्खाल भत्काउला झै गरि रिस देखाउदै खैलाबैला
गर्दै धमिलो भेल लिएर हुत्तिदै गरेको देखिन्थे । हुत्तिएको धमिलो भेल नियाल्दै
ढिस्कामा चिया पिदै गर्दा बिशाल भाञ्जा र किशोर सर पनि चिया हातमा लिएर आए। खुलेको
दिन भएकाले दुनै बजारमा किन बेच गर्नका लागि डोल्पाली भेषभुषामा सजिएर हिडि
रहेका देखिन्थे। घण्टी बजाउदै खच्चरका हुलहरु समान लोड र अनलोड गर्दै गरेका
देखिन्थे। हुम्ला देखि ४३ दिन दुनैमा आईपुग्दा थकानको महशुस भएको छैन् । GHT बिशेषता भनेकै यस्तै हो भन्दै गफिदै जिस्कदै उर्लेको ठुली भेरी नियाल्दै
रमाई रहेका थियौ।
हिजो
धोएको लुगाहरु चौउरमा सुकायौ। चिरिक्क पोल्ले घाम लागेको थियो। कहिले नदेखाका भाले
पोथी शिर भएको छिर्के मिर्के चरा कान्ला मास्तिर बाट भुर्र भुर्र गरि उडेर चौउरमा
फट्याङ्ग्रा खोजी चर्न डुल्ने अनि उडेर जान्थे। क्याँ बाठा क्यामरा ठिक्क पार्यो
कि उडेर कान्ला मास्तिरको काँडा घारी भित्र लुक्न जान्थे।
डोको भरि
स्याँउ बोकेर स्याँउ स्याँउ भन्दै आईन एउटी बहिनी। ५ दाना किन्यौ २ रुपैयाँको
दरले। तिनै जनाले टोक्यौ।हातमा नअटाउने झरिलोर रसिलो स्याँउ थियो। NGO/INGOमा कार्यरत दुईजना भद्र महिलाले एक रुपैयाँमा देउन् भन्दै दलाल गरेका थिए तर २रुपैयाँको
दरभाउले बेचि छाडिन्। डोल्पाको स्याँउ काठमाण्डु लानु पर्छ भन्दै रोजी रोजी छान्दै
देखिन्थे । वजन छ। टन्नै लानु पर्छ भन्दै गरेको सुनिन्थे।
११ बजे
गन्धर्वहरु आईपुगे। खाजा अडर गर्यौ। हामी संगै बेनीबजार सम्म जाने भनेका थियौ तर
४हजार भन्दा माथीको पास गरेर जानु पर्ने भएकालेजान नसक्ने भयौ सुनाए हामीलाई। खाजा ख्वाँयौ र १०हजार रुपैयाँ दियौ । खाजा
खाएर होटल बाट बिदा भए।
होटल ब्लू सिपका संगम भाईले हाम्रो लागि म्याग्दीको बेनी बजार सम्मका लागि गाईड र सहयोगी
हरी बहादुर डाँगी र देव डाँगी आईपुगे। गफगाफ गर्यौ। भोलि बिहान ७ बजे आईपुग्छौ
भनेर छुटिए। समय समय के
सेवा गरौ ?के खानु हुन्छ? भनि हाम्रा लागि
सोधी रहने हेप्पी दाई। सबैले उहाँलाई
हेप्पी दाई भन्थे हामीले पनि हेप्पी दाई भन्थ्यौ। साह्रै मिलनसार र पाहुनालाई
राम्रो सत्कार गर्ने हेप्पी दाई। साथै याक होटलका सेफ संगम भाईको स्वाँदिष्ठ
खान्कीले हामी मख्खै भएका थियौ। खाना १२ बजे खायौ। ईन्टनेट प्रयोग गर्यौ। ३ बजे
सम्म झ्याँप भएर सुत्यौ। चिया पिउदै गर्दा
मुसल धारे पानी पर्न थाल्यो। पानी र कुहिरो सरावरी भएको देखिन्थ्यो। साँझको खाना
खाएर १० बजे सुत्यौ।
वाई वाई
खाजा खाई 0730Hrs सैजाल बाट गन्धर्वहरु र हामी
दुनैको लागि हिड्यौ। दिन धुम्मेको थियो। थुम्का र चुचुरा तिर पानी परिरहेको
देखिन्थ्यो। मौसम चिसो थियो। बाटो ओरालो भएकाले थाकेको महसुस भएको थिएन। फर्किदा
हाम्रा लागि बाटहरु नौला थिएन्। हेर्नु पर्ने दृष्य पनि केहि थिएन्।आङ जिरिङ जिरिङ हुन्थ्योआलै खसेको पहिरोर ढुंगा खसेको डोब देख्दा । बाक्लो जंगल भित्रको बाटो साथै
फोक्सुण्डो खोलामा थापेको काठे पुलमा वारी र पारी तर्दैछेप्का गाउमा आईपुग्दा 0900Hrs बजे थियो।
भोकले लम्फु भईसकेका थियौ। चिया पिउदै साहुनीलाई वाई वाई र आलु पकाउन लगायौ।
बेतोडले मुसलधारे पानी पर्न थाल्यो। कान्लामा लटरम्म फलेको स्याँउमा नजर गई
हाल्यौ। साहुनीकी छोरालाई टिप्न पठायौ। हातैमा नअटाउने स्याँउटोक्न थाल्यौ। रसिलो र चिसो थियो स्याँउ। चिया वाई वाई स्याँउ र उसिनेको
आलु खाई छेप्का बाट 1030Hrs बाटो लाग्यो। पानी बसि
सकेको थियो।घाम लागेको थिएन ।
थिन्ले घोडा बाट लडेर
मृत्यु भएको स्थानमा हामी
थिन्ले लडेर मृत्य भएको स्थानमा हामी तीनै जनाले एक मिनेट थिन्लेका लागि मौनधारण गर्यौ। साङ्टा
को पाखा तिर आलै ढुंगाहरु झरेको डोबहरु देखिन्थे। ढुंगा झर्छकी भन्दै डराई डराई
माथि हेर्दैगन्धर्वहरु र हामी साङ्टाको ढुंगा खस्ने
ईलाका पार गर्यौ । 1130Hrs कगेनी पुग्यौ। फापरको
रोटी बनाउन लगायौ। हल्का थकान र भोक लागेको थियो। चिया र वाई वाई खादै गर्दा घाम
लाग्न लाग्यो। फापर संग आचर चोप्दै मिठो भन्दै खायौ। कगेनीबाट दुनैका लागि 1230Hrs बाट लाग्यौ। संगै आएका गन्धर्वहरु कगेनी र सुलीघाटका बस्तिमा गाउदै आउछौ
भने पछि भोलि दुनैको ब्लू सिप होटलमा आउनु होला भन्यौ।सुलीघाटमा
आर्मी चेक पोष्टमा अस्तिकै सैनिकले चिने र हामीले पनि चिन्यौ। जाँच गरेन्। जानुहोस
भने। फोक्सुण्डो खोला सङ्लो बग्दै ठुली भेरीको धमिलो भेलमा मिसिएर बगि रहेको दृष्य
झोलुङ्गे पुलबाट केहि क्षण नियाल्यौ। 1500Hrs दुनै
बजार पुग्यौ। दुनै बजारमा पसलमा र चोक तिर गीतहरु घन्किरहेका सुनिन्थ्यो।ब्लु सिपहोटलमा पुग्दा सिमसिम पानी पर्न थाल्यो।हामी
तीनै जना पालै पालो नुहायौ। ईन्टरनेट चलाउदै बस्यौ। आरामदायी बसाई भन्दै साँझको
2300Hrs ईन्टरनेट चलाउदै बस्यौ।
मिलन चाम्लिङ राई (चाम्स) गोर्खा सैनिक भित्र बाट हुर्केका निर्देशक
हुन्। उहाँ सन् १९९८ सालमा बृटिस गोर्खा सेनामा प्रवेष गर्नु भएकोथियो। उहाँको बारेमा मैले बृटिस गोर्खा बाट
मासिक रुपले प्रकाशित पत्रिका पर्वते र BFBS Gurkha Radio
बाट जान्ने मौका पाएको थिए। वास्तविक कथामा आधारित बोवीका निर्देशनलाई सिंगापुरमा
रेड कार्पेट सोमा क्षणिक समय भेट्ने र छोटो अन्तरंग कुरा गर्न अवसर पाएको थिए। चलचित्र हेरे पछि मलाई Blogging गर्ने जोस चल्यो।
सफल निर्देशक बन्न धेरै आरोह अवरोहका थुम्काहरु उक्लिसकेका चाम्सले हाल सम्म ७ वटा चलचित्र निर्देशन गरि सकेका छन्। मिलन
चाम्सले छि: वा क्याँ झुर रहेछ भन्ने खालका चलचित्र
बनाएन्। बरु नेपाली चलचित्र क्षेत्रमा फरक परिवेषका वास्तविक कथामा आधारित चलचित्र
भित्राए। Blind Rocks र Bobby जस्ता चलचित्र। वास्तविक कथाका
चलचित्र बनाएर दर्शकको मन जिते। नेपाली दर्शकले पनि अव वास्तविक कथा चलचित्र पनि
रुचाउने रहेछन् भनेर प्रमाणित गरि दिए जाम्सले। चलचित्र लुटले नेपाली चलचित्र
क्षेत्रलाई फरक बाटो देखाए दिए भने कबड्डीले नेपाली चलचित्र नहेर्ने दर्शक लाई पनि
हल सम्म गएर हेर्न बानी बसाल्यो।
हुम्ला जिल्लाको लिमि
भ्याल्लीमा अवस्थित तलुङको हिमाली वतावरणमा रमाउदा पुग्दा हामी औधी हर्षित
भएका थियौ। हिल्सा देखि हिडेर ४ दिनमा पुग्न सकिने तलुङ फाँट पुग्दा हर्षको आँसु
झर्ने गर्छ। हिडेको सबै थकान भुलाई दिन्छ। नेपाल र चाईनाको सिमाना लाप्चा देखि तलुङ सम्म 30KM सडकको ट्रयाक खनि सकेको
छ। मौका मिल्यो भने जंगली घोडा र जंगली याक नियाल्न पाईन्छ। आँखाले हेरि
भ्याउने फाँटको बिचमा भोट खोला बग्ने गर्दछ। हिँउले पखालेर राखेका नाङ्गा र चिल्ला
पर्वतमाला क्षितिज संग अंगालो हालेर बसेको देख्दा ईष्या लाग्ने गर्छ। भौतिक सुविधा
अभाव भएता पनि प्राकृति शौन्दर्यको अदभुत खानी हुम्लाको लिमी भ्याल्लीको तलुङ फाँटमा
फेरि पनि घुम्ने ईच्छा रहेको छ। समय मिलेलाएर एक पटक जाने छु। पदयात्रामा रहर हुने म संग यात्रा गर्न सक्नु हुने छ।
भर्खरै निर्मित म्याकपरशन
पार्कमा कुदी सके पछि कुलडाउन गर्नुको आनन्द अर्कै हुन्छ। एक दशक अगाडि बिदादारीको
पार्कमा दगुर्न र कुलडाउनगर्दै कुरा
लडाउनको समुह निक्कै ठुलो हुन्थ्यो र मोज पनि अर्कै हुन्थ्यो । उक्त स्थान हाल
हाईराईज भवन निर्माण भईसकेकाले आजकाल कसरत गर्नका लागि म्याकपरशन पार्क र नाली
गजबको स्थल बनेको छ। विहानको चिसो स्याँठी र साँझ पखको पवनमा बहदै कसरत गर्दा झनै
अर्को बेजोडको महसुस हुन्छ।