भर्खरै निर्मित म्याकपरशन
पार्कमा कुदी सके पछि कुलडाउन गर्नुको आनन्द अर्कै हुन्छ। एक दशक अगाडि बिदादारीको
पार्कमा दगुर्न र कुलडाउन गर्दै कुरा
लडाउनको समुह निक्कै ठुलो हुन्थ्यो र मोज पनि अर्कै हुन्थ्यो । उक्त स्थान हाल
हाईराईज भवन निर्माण भईसकेकाले आजकाल कसरत गर्नका लागि म्याकपरशन पार्क र नाली
गजबको स्थल बनेको छ। विहानको चिसो स्याँठी र साँझ पखको पवनमा बहदै कसरत गर्दा झनै
अर्को बेजोडको महसुस हुन्छ।
Total Pageviews
Friday, August 24, 2018
Tuesday, August 21, 2018
Bidadari Park ,SINGAPORE
1700Hrs कसरत गर्न
निस्क्यौ म पाखाली भ्याकुर र आदरणिय तिर्थ गुरुजी। बिदादारीको परिवर्तित भौगलिक
स्वरुप नियाल्दै हिड्ने योजना भयो। अप्पर अलजुनिड रोडको पेटिका समात्दै हुत्तिदै
गफ छाड्दै परिवर्तित भईसकेका र बिविध नाम पनि जनाई सकेका बिदादारीका गल्लिहरु
जाहार्दै गर्दा त्यति चाहार्दा पनि नपुगेर अब! उडले हाईट तिरको
भौगलिक दृष्य नियाल्न पनि जाउ भने पश्चात लमक्यौ ब्राडल रोड हुँदै उडलेको डाँडा
लाई एक चक्कर लगाउदै घर फर्कदा घोधुली
साँझ हुन एक घण्टा बाँकी नै थियो। बिगतको बिदादारीको सम्झना आएकाले एक झ्याप्प यसरि भिडियो ग्राफिगर्ने रहर जागृत
हुँदा ।
सिंगापुरको Bedok Reservoir घुम्दा
आकासको पानी बाट
निर्मित सिंगापोरमा १७ वटा रिजर्भर छन्। आज सपरिवारका साथ हाईकिङ्का लागि गएका
थियौ बेदोक रिजर्भर। रमाईलो वतावरणमा
सुस्ताउदै एक फन्को लगाउदै 4.3किलो मिटरको दुरी छिचोल्यौ। 41.7 हेक्टर ओगटेको यस
रिजर्भरमा धुम्रपान गर्न पाईदैन्। बिगतमा यस स्थानमा बालुवा खानी थियो। हाल मनमोहक
दृष्य देख्न सकिन्छ।
Saturday, August 18, 2018
Great Himalaya Trail
Day-41
Ringmo(ShePhoksundo Lake) -
Dunai(Dolpa)
रिङ्मो (सेफोक्सुण्डो ताल)- सैजाल, डोल्पा
कुनै जीव जन्तु बस्न नसक्ने
नेपालको सबै भन्दा गहिरो शेफोक्सुण्डो तालमा एक पोज दिदा
0830Hrs उठे म। कोठा बाट बाहिर निस्कदा झलमल घाम लागेको थियो। चारै तिर नियाले ।
मन मनै वाँह क्याँ शान्त वतावरण भन्दैं क्षितिज संगै अंगालो मारेर बसेको शिखरमा
जमेको हिउ हेरे। खुशीले गदगद हुँदै फोटोका लागि लेन्स घुमाउन थाले। तस्विर रहर
पुगुञ्जेल सम्म खिचे । शौचालय बाट फर्कदा किशोर सर र बिशाल भान्जा दाँत मन्जन गरि
रहेका देखे आगनमा। बेतोडको बिहान छ है दाई किशोर सरले भने। हो किशोर जी बिशाल
भान्जाले थपे तर क्याँ बोर भयो हैन सभासद भनाउदाको कार्यकर्ताको आज रातीको हल्लाले।
टाउको हल्लाउदै हो नि मैले भने।
मनै लोभ्याउने फोक्सुण्डो झरना
जडिबुटीको
चिया पिउदै चारैतिरको नाङ्गा पहाड र हिमालको दृष्य नियाल्दै घाम ताप्दै बसिरहदा
सभासद धन बहादुर बुढा पनि चिया लिदै आगनमा आए। हात मिलायौ। परिचय गर्यौ। नेपाल
घुम्न निस्केका भन्यौ। बधाई दिए । मौउरे लेक देखि दुनै हुँदै सेफोक्सुण्डो ताल सम्मका पदयात्राका रुट र
सडकका बारेमा जिज्ञासा राख्यौ। राष्ट्रिय संञ्जाल सडकले अझै सदरमुकाम जोडिएको
छैन्। तर थुप्रै ठाउमा टुक्रे सडक खनेका र खन्दै गरेका देख्यौ। यस्तो गर्नु भन्दा
पहिला राष्ट्रिय सडक सदरमुकाम जोड्दा राम्रो हुन्थ्यो होला हैन र सोध्यौ । सभासद यो बिषमा सहमत हुनु भयो ।
अव आउने
बजेट देखि सदरमुकान जोड्नका लागि पुरै बजेट छुटाउने कुरा बताए। जितेको एक बर्ष पछि
जनतालाई बधाई दिदै आएको हुँ । के गर्ने डोल्पाको भौगलिक कठिनाईले भनि रहदा मुसुक्क हाँस्यौ हामी र उहाँ पनि हाँस्नु भयो। मैले घडि हेरे 0900Hrs बजेको थियो। सेफोक्सुण्डो ताललाई अन्तिम बिदाई गर्न जाउ भनी सभासद लाई
अहिले भेटौला भन्दै क्यामरा लिएर ताल तिर लाग्यौ। निलो तालको पानीलाई छोयौ। ठिर्याउने
चिसो पानी थियो। फोटो खिच्यौ। तालको छेउमा पलेटी मारेर बस्यौ। २०मिनेट बसे पछि
होटल तिर फर्कदा हिजो चिया खुवाउने बहिनीले फेरी चिया खाएर जाने निम्ता गरे । अर्को पाली आउदा खान आउला भन्दै बाटो लाग्यौ। राम्रो संग जानुहोला फेरि फेरि हाम्रो गाउ घुम्न
आउनु होला भनिन्। पक्कै आउछौ भन्यौ। घाम सिधै झरिरहेको थियो।
वाई वाई
खाजा खायौ। सभासदको कार्यकर्ता छाती पिटी पिटी सिढीमा घाम
ताप्दै लङ्गुर बुर्जा खेल्दै रमाईलो गरिरहेका देखिन्थे। 1100Hrs बजे खाएको बसेको 6810 रुपैयाँ तिर्यौ फेरी भेटौला भन्दै रिङ्मो गाउ बाट बाटो लाग्यौ। हिडेको २ मिनेटमा सभासद
गाउलेको दलानमा गफगर्दै गरेको देख्यौ। उहाँले गफगाफ गर्न फेरि डाक्नु भयो । दलानमा बस्यौ। बुढिया चिया बनाएर ल्याउत भने साहुजीले। खान्न भन्यौ तर घुम्न निस्केका चिया
खाएर जानु पर्छ भने साहुले। तपाई ब्राम्हण जस्तो देखिन्छ । श्रीमती फेरि लामा अनुहारको
देखिन्छ कसरी बिहे भयो सोधे मैले। हाँस्दै भने मेरो घर चितवन हो। यिनी कान्छी
श्रीमती जेठी चितवनमा बस्छिन्। चुनुवारमा शिक्षक हुँदा प्रेम बस्यो बिवाह भयो।
अवकास भए पछि यतै रिङ्मोमा घर बनाईयो । पसल खोलेर बसेका छौ। बेला बेलामा चितवन पनि जान्छु भनेर सुनाए। जडिबुटीको चिया दिईन् साहुनीले।
धन्यवाद भन्दै चिया पियौ। सभासद धन बहादुरले अव दुनै देखि सेफोक्सुण्डो सम्म
साईकिलिङ रुट बनाउने योजना सुनाए। फोक्सुण्डो खोलामा धेरै स्थानमा झोलुङ्गे पुल
निमार्ण गर्ने बताए। राजनैतिक गफगाफ गर्यौ। बिदाई हुनु पुर्व साहुजीलाई चिया
खुवाउनु भयो धन्यवाद भन्यौ। सभासद जी ले The Great Himalaya Trial सुवेच्छा दिनु हुँदै । यात्रा समाप्त भए पछि काठमाण्डु भेट हुने बाचा
राख्दै मोबाईल नंम्बर साटा साट गर्यौ। हात मिलाउदै बिदा भयौ। आज आरामले छेप्का
पुग्नु हुन्छ भने। हाम्रो योजना पनि छेप्का भन्दै 1130Hrs बाटो लाग्यौ।
खुलेको
दिन थियो। बादलको हुल कतै देखिदैन्थ्यो। चारै तिर निलो आकास मुनि नाङ्गा डाँडा र
शिखरमा टिलिक्क हिँउ टल्केको देखिन्थ्यो। 1230Hrs भ्यू टावरमा आईपुग्यौ। थाकेको महसुस थिएन तर पसिना आएको थियो। १०मिनेट
भ्यू टावर बाट फोक्सुण्डो झरना नियाल्यौ। ओरालो बाटो भएकाले थाकेको महसुस नभई
चुनुवार गाउमा आईपुग्यौ। चिया नखाने सल्लाह भयो। सैजालमा खाना
खाने भन्दै हिड्यौ । सैजाल पुग्दा 1330Hrs बजेको थियो। खाना पकाउन अडर दियौ। साहु साहुनी संग गफगाफ गर्दै जडिबुटीको
चिया पिउदै बस्यौ। पुछारमा फोक्सुण्डो खोला आफ्नै गतिमा बगेको देखिन्थ्यो । ४ जना गन्धर्वहरु आईपुगे र सारंगी रेट्दै गीत
गाउन थाले। राष्ट्रिय कलाकार हुन भन्दै साहुनीले चामल र पैसा थालमा दान राखी दिए ।
लोक गीत सुन्दै आनन्द लिई रहयौ र दक्षिणा १००० हजार
दियौ हामीले पनि। बिशाल भान्जा र किशोर सर ऊवाको तीन पाने पिउदै थिए।
गन्धर्वहरुलाई एक बतल तीन पाउने दियौ।
घुट्को दिदै सारंगी रेट्दै गाउन थाले। खाना खाई सक्दा 1400Hrs बजे को थियो। हिड्न मन लागेन। अल्छी लागेकाले छेप्का पुग्ने योजना बनाएनौ । आज यतै बास बस्ने भन्यौ र
साहुजीले रुममा झोल लगि दिए। कोठा सफा सुग्घर चिटिक बिस्तारहरु मिलाएका देखिन्थे।
म्याग्दीको
बेनीबजार सम्म संगै जाने गन्धर्वहरुलाई सोध्यौ हामीले एक्कै स्वरमा जाने भने। ल आज
यहिनै बस्ने भोलि हामी संगै जाने भन्यौ। ४ जना गन्धर्वले ३ बटल तीन पाने लडाई
सकेका थिए। जति खान्छ दिनु होला साहुनीलाई भन्यौ हामीले । हल्का झिमझिम भईसकेका
थिए गन्धर्वहरु। अब धेरै रक्सी खानु हुँदै यो भन्दा बढी ।यतिमात्र ठिक्क छ भने
गन्धर्वहरुले। 1430 बजे सुत्न लाग्यौ र 1700Hrs उठ्यौ। चिया पिए मैले । भान्जा बिशाल र किशोर सरले ऊवाको तीन पाउने पिउदै
र गन्धर्वहरु पनि तीन पानेको गुट्का संगै
सारंगी रेट्दै गीत गाउन थाले फेरि। साहु साहुनी पनि साँझको लागि खाना तयारी गर्दै गीत
सुन्दै रमाईरहेका देखिन्थे । साँझको 1900Hrs खाना
खायौ। गन्धर्वहरु पनि हल्लिने भईसकेका थिए। संगै बसेर खाना खायौ। भोलिको खाना
कगेनीमा र आरामले दुनै पुगिन्दछ भन्दै
1930Hrs सुत्यौ हामी। बिशाल भान्जाले Mobile मा गुलाम अलीको किन किन तिम्रो तस्विर गीत सुन्दै गर्दा फुस्सै भए छौ
हामी।
शेफोक्सुण्डो ताल नियाल्न लाग्दै

शेफोक्सुण्डो तालको नजिकै रहेको बस्ति रिङ्मो गाउ
शेफोक्सुण्डो तालको पानी निष्कासन हुने भाग
डोल्पाका सभासद बाँया बाट दोस्रो धन बहादुर बुढा र तेस्रोमा होटलका साहु संग रिङ्मो गाउमा
रिङ्मो गाउका नानीहरु
ताल हेरेर होटल तर्फ फर्कदै हामी
रिङ्मो गाउको ढप्कै भएको आलु बारी
Monday, August 13, 2018
घुमिफिरी रुम्जाटार
घुमिफिरी रुम्जाटार
भने झै ताईसेङ पनि यस्तो स्थल हो कि चौवाटो भनौ कि देउराली भनौ कि बतासे डाँड भनौ
जे भनेता पनि रमाईलो हाटबजार हो हाम्रो । जहा पुगे आएर पनि ताईसेङ आउनु नै पर्ने
हुन्छ। बतासे डाँडामा हावा संगै बयली खेल्दै गरेको महसुस गर्ने ठाँउ पनि हो। भाग्य परिक्षा गर्न चिठ्ठा पसलमा पुग्न, थकान बिर्साउन वा पसिना ओभाउदै कफि र हरियो सिसी रित्याउदै जाकप हान्दै गाउ ठाँउ बनाउने,समाजसेवी हुने देखि वडा सदस्य-अध्यक्ष र उद्यमी हुने बसी ब्याँलो स्थल पनि हो।
जे भने पनि ताईसेङको गुण धेरै छ। We love you Tai Seng !
Sunday, August 12, 2018
५३ बर्षमा धान्नै नसक्ने गरि उन्नती गरे सिंगापुरले
सिंगापुरले
५३ बर्षमा थाम्नै नस्कने गरि उन्नती गरे। माछा मार्ने गाउलाई अहिले विश्वकै
उत्कृष्ठ बस्न लायक शहर निर्माण गरे। सिंगापुर एअर फोर्सले आफ्नो उच्च प्रविधिका
विमानहरु ५३ बर्ष पुगेको खुशीयालीमा आज मरिना बराजको आकासमा नाटक देखाउदा म मख्ख
परे। घाम भने मान्छे पछार्ने खालको लागेको थियो।
लडाकु बिमानले पानको पातको आकृति निमार्ण गर्दै ।
मानव रहित बिमान
लामो जीउने ओखती
हिड्नु र कुदनु मेरो
शौख हो। फुर्सद पाउदै बित्तिकै प्राय कसरत गर्न फुत्त निस्कि हाल्छु। लक्का जवान
हुँदा मुर्छा हुने तरिकाले ज्यान बटारेर कुदने गर्थे। उमेर पनि डाँडा छुनै लाग्दा आजकाल
स्वास्थ्य रहने खालका र शारिरीक परिक्षामा उतिर्ण हुने खालको कसरत
गरिन्छ भन्नु पर्ला। बिगतमा बिदादारी पार्कमा कसरत गर्दा आनन्द लाग्थ्यो ।
बिदादारीको भौगलिक स्वरुप परिवर्तन भईसकाले आजभोलि कसरत गर्ने ईलाका पनि फेरिएर
यस्तै गल्ली र दोबाटो तिर कसरत गरिन्छ। पिटपिटको निक्कै प्रख्यात छ
कसरत गर्नका लागि।
कसरतनै लामो जीउने
ओखती हो हैन र ?
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...






