Total Pageviews

Sunday, April 15, 2018

Great Himalaya Trail

Day-33
चोत्र-चौरीकोट (डोल्पा)
Chotro- Chaurikot(Dolpa)
13 August 2016
जुम्ला र डोल्पाको सिमाना मौउरे पास 3900 मिटरमा हर्षित हुँदै हामी।

वाईवाई खाजा खायौ। साहुनीलाई हिजो र आजको जम्मा रु १५०० बिल तिरि फेरि भेटौला भन्दै जुम्लाको चुत्रो बाट 0730Hrs बाटो लाग्यौ। भुसभुसे पानी परेकाले छाता ओढ्दै हिड्यौ। चिसो वतावरण थियो। पारी बाग्लो जंगल देखिन्थ्यो । जंगल भित्रको गोरेटो घोरेटो र डोल्पा जाने सडकको ट्रयाक पनि कहि कतै पछ्याउदै हिडि रहयौ। पुछारमा खोला स्वाँ गर्दै बगेको देखिन्थ्यो। नाङ्गो पहाडको फेदिमा भैसीगोठ भेट्यौ । घाम लागेको थिएन तर ज्यान पसिनाले भिजि सकेको थियो। हल्का थाकेका थियौ। वाई वाई खाजाले छोडिसकेको थियो। कराईमा दुध उम्लदै थियो। किसोर सर भान्जा बिशाल र सागर भाईले एक एक कुरुवा पिउनु भयो। तातो दुध। मैले दहि खाए। एक हप्ता पछि गोठ मणिसाँधु तिर लगिन्छ भन्दै थिए । गोठका भाईहरुले। दुईवटा गोठ थिए। सिधै माथी मौउरे डाँडा देखिन्थ्यो। दुधदही खाएको ६०० तिर राम्रो संग बस्नु होला भन्दै हिड्यौ मौउरे तिर। 
       The Great Himalaya Trail 2016 । खोला तर्दै हामी
मुल फुटेको खोला भेट्यौ। तर्न नसकिने खालको थियो। मुढा तेर्याईएका रहेछ। टेक्दै होसियारिका साथ खोला तर्यौ। चिप्यो भने सधैका लागि गुड नाईट हुने थियो। गाँठ्ठे! नि हौउ! बाटो सिधै नाँक ठोक्किने खालको छ त भन्दै हल्ला गर्दै उक्लि रहयौ। उचाई बढ्दै थियो। साँस बढेर स्वाँ स्वाँ भईरहेको थियो। पसिनाले लुथ्रुक्क भएका थियौ। लोथ भएर 3900 मिटरको मौउरे पास 1130Hrs पुग्यौ। खुशीको सिमान रहेन हाम्रो। ३३ दिनमा डोल्पाको भूमि टेक्यौ भन्दै खुशीका क्षण साटासाट गर्यौ। जुम्ला र डोल्पाको सिमानामा रहेछ मौउरे । ३ वटा सामान्य होटल रहेछ। भेडा र चौउरी पाटनमा चरिरहेका देखिन्थे। चिसो हावा संगै घाम पानी र कुहिरोको हुलले रतौली खेलिरहेको मौसम थियो। जडिबुटीको चियाको सुर्का लगाउदै फोटो खिच्यौ र चिच्याँयौ पनि । टाढा टाढा सम्म नाङ्गा र हरियाली पटनलाई सेतो कुहिरोले लुकाउने र देखाउने गरिरहेका दृष्य देखिरहेका थियौ। हाम्रो पेट खकुलो भईरहेको थियो। वाई वाईले डम्म बनायौ शुरुमा।त्यस पछि खाना नपाकुञ्जेल सम्म अर्को दुई दुई कप चिया पियौ। छुर्पी अगेना माथि सुकाईरहेका देख्यौ साथै भाडामा छुर्पीका लागि महि देखि रहेका थियौ। रुपेगोटाको ३00 वटा किने। आगो ताप्दै र छुर्पी टोक्दै चिया पिउदै गफगाफ गर्दै बस्दा। 
१०जना जुम्लाको गर्ज्याङकोटका गजेडियाहरु हल्ला गर्दै रक्सी छ साहुनी भन्दै भित्र छिरे। ३ बटल रक्सी बाँडेर पिउन थाले। धमास पिट्न थाले पनि। सेफोक्सुण्डो तिर यार्सा खोज गएका रहेछ्न्। पुर्जी बिना गएकाले आर्मीले साह्रै नराम्री सट्ठ्याए नि हामीलाई भन्दै हामीलाई सुनाए। हामी ए होर भन्यौ त्यो भन्दा बढी बोलेनौ। हेर्दै गर्दा एक एक जना गर्दै बिस्तारै अगेना बाट बाहिर निस्कदै थिए। रक्सीको पैसा तिर्ने बेलामा त एक जना मात्र भईसकेका थिए। रक्सीको २०० रुपैयाँ तिर्न पनि गोजी टकटकाउदै थिए। बाहिर कुखुरा कटकट र करेक्क करेक्क गर्दै भालेहरु कराएका  सुन्यौ। साहुनी हतार हतार कराउदै निस्के। हामी पनि निस्कदा कसैले लात्ले त कसैले पक्रेर लैजान खोजेका रहेछ। हामीलाई देखेर ओरालोमा बतास गरि भागे। 

सागर भाईले भने तपाईहरुलाई आर्मी हो भन्दा मैले हो भनेकाले त्यसैले यिनीहरु डराएर भागेका हुन्। आर्मी भने पछि यिनीहरु खुबै डराउछन्। बिशाल भान्जाको रुकस्याँक आर्मी रंग भएकाले काम लाग्यौ मौउरेमा। रक्सीको पैसा तिरे ति खुरापातीहरुले। सागर भाईको कुरालाई थप्दै साहुनीले भनिन्! तपाईहरु नभएको भए भाले लगि दिन्थे र रक्सी को पैसा तिर्दैन थे । अस्ति पनि रक्सी खाए पैसा नतिरी गएका हुन्। खाना पस्कन थालिन्। पेट डम्म बनायौ। खाना खाएको १२७० रुपैया तिर फेरि भेटौला भन्दै बाटो लाग्यो1130Hrs मौउरेको पासबाट। चिसो मौसम थियो। पानी पर्ला जस्तै मौसम हुँदै  थियो।
बाटो सिधै ओरालो र घुम्ति मा बिस्तारै झर्दै थियौ। न्याउली गाउमा पुग्दा मुसलधारे पानीले पिट्न थाल्यो। ३ वटा घर थिए न्याउलीमा। चिया पसलमा छिर्यौ। चिया पियौ। २०मिनेट आराम पछि जंगलको बाटो शुरु भयो। । बाटो ओरालो र तेर्स्रो मात्र भएकाले हिड्न सजिलो भईरहेको थियो। हिड्दै गर्दा  चौरीलाई बाँघेर घिसार्दै गरेका भेट्यौ। अटेरी चौरी रहेछ। गजबले बाँधेर मौउरेको लेक लैजान लागेका रहेछ। हुरिकोट देखि सामाजिक कार्यको उद्धघाटन गरि एक हुल अमेरिकन र तिनका गाईड भेटिए ओखरेना गाउ आईपुग्न लाग्दा।
              The Great Himalaya trail 2016 हुम्ला देखि हिड्दै डोल्पाको  मौउरे पासमा रमाउदै हामी

ओखरेना गाउमा ५ घरघुरी रहेछ।चौरीकोट गाउमा 1700Hrs पुग्यौ। बस्ति पातलो रहेछ। यार्साको सिजन भएकाले पुरुष सबै चाईना तिर ब्यापरका लागि गएका रहेछन्। चौरीकोटमा एक मात्र होटल रहेछ। थाकेर लोथ भएका थियौ। भोक पनि लागेको  थियो। कोठामा झोला राख्यौ। पसिना र पानीले रुझाएको लुगा फेर्यौ। स्वदेशी र बिदेशी पर्यटक आउने भएकाले ब्यवस्थित टि हाउस रहेछ। जडिबुटीको चिया पिउदै बार्दलीमा बस्यौ। दरकने पानी पर्दै थियो। रातो भाले हिड्दै गरेका देख्यौ। मैले किशोर सर र भान्जा बिशाल लाई भने भाले कट्ट गर्नु पर्छ होला। सागर भाईले वाई वाई तयार भयो भनि बोलाउनु आए। लाग्यौ किचन तिर। तिब्बेटिएन सैलीको किचन भित्र वाई वाईको तातो सुप पिउदै । रातो भालेको मोल३५००रुपैयाँमा छिनो फानो गर्यौ। सागर भाईले किचनको छेवैमा बसि काटकुट गर्दै थिए। साहुनी भरखरकी थिईन्। एक बर्षका छोरा कोक्रोमा सुत्दै थिए। उनका श्रीमान चाईना यार्सा ब्यापारमा गएका रहेछन्। जाडो सिजनमा काठमाण्डौ जान्छौ भन्थे गफगाफको दौरानमा। सिधै माथि हेर्नु भयो भने हिमाल देखिन्छ तर आज कुहिरोले छोपेको छ भन्दा हामी ३ जना हिमाल हेर्न बाहिर निस्कयौ तर हिमाल देखेनौ। पुरै ढ्याम्म ढाँकेको देखियो कुहिरोले। अजंगको पहाड अगि देखिएको थियौ । तर हिमाल भनेर थाहा थिएन्। भोलि बिहान हेर्न पाईन्छ भन्दै किचन भित्र छिर्यौ। साहुनी फर्साउली गजबले नेपाली बोल्ने ससुरा पनि तर सासु भने तिब्बेटिएन भाषा मात्र बोल्न  थिईन्। हामीले बोलेका कुरा बुहारीले मातृभाषामा भन्थिन्। 1930Hrs खाना तयार भयो। एकै परिवार झै साँझको खाना खायौ। खाना खाए पछि किशोर सर बिशाल भान्जा र सागर ले चौरीकोट ३३०० मिटर उचाईमा उब्जनी भएको ऊवाँको तीनपाने पिउदै 2030Hrs बजे सम्म कुराकानी गर्दै बस्यौ। मुसलधारे पानी बाहिर पर्दै थियो।
मौउरे पासको फेदिमा पुग्दा झ्याप्पै भेटिए भैसी गोठ
बिशाल भान्जा र सागर भाई मुख धुनलाई खोला तिर जान लाग्दै गर्दा ।
मौउरे पासको फेदी जुम्ला। भैसीगोठ देखे पछि दुध र दहि खाना पाईन्छ भनेर हामी हर्षित भएका थियौ।
दुध खाना अगाडि फोटो खिच्दै हामी। जुम्लाको मोउरे पासको फेदीमा।

मौउरेपास को फेदीमा बहिनी दुःध तताउदै गर्दा खिचिएको तस्विर
मौउरे पासको फेदीमा देखिएको गोठ
मौउरे पासको फेदीमा  खोला तर्ने क्रममा मुढामा टेक्दै किशोर बिशाल र सागर भाई
मौउरे पास उक्लने क्रममा भान्जा बिशाल को पसिना यस्तो देखिएको थियो।
देखिदा त्यहि लाग्ने तर फ्याँट्टै हिड्न नसक्दा बखत मौउरे पास
मौउरे पास पुग्नै लाग्दा । जुम्लाको भूमिबाट
मौउरे पास पुग्दै गर्दा ।
जुम्ला र डोल्पाको सिमाना मौउरे पास । यात्राको ३३ दिन डोल्पाको भूगोलमा हर्षित क्षण। पृष्ठभूमिमा जुम्लाको नाङ्गा पाटनलाई साक्षी राख्दै।
मौउरे पासको दृष्य।
                   मौउरे पास जुम्ला र डोल्पाको सिमाना । 3900 मिटरको उचाईमा अवस्थित।
                मौउरे पासमा रमाउदै गर्दा भान्जा बिशाल जीले यसरी उतारदिएका थिए।
     मौउरे पास बाट डोल्पाको चौउरीकोट हिड्ने बेला
चौउरीकोट हिड्ने क्रममा
मौउरे पास छिचोलेर डोल्पाको भूमिमा हिड्दै गर्दा। जुम्ला डोल्पा जोड्नका लागि खनिएका सडकको ट्रयाँक
















Friday, April 6, 2018

Great Himalaya Trail

Day-32
गोठीचौउर - चोत्र
GothiChaur-Chotro
12 August 2016


बिदाई हुनु पुर्व गोठोचौउरमा फोटो खिचि टोपलिदै ।
हाम्रो यात्रा भरि बिहान उठाउने घण्टीको काम  भान्जा बिशाल को मोबाईल फोन हुन्थ्यो । सुत्ने बेला ७ बजेको अलराम लगाएको हुन्थ्यो तर उठ्ने बेला ७तिस कि ८ बजे उठाई हुन्थ्यो हाम्रो। ७ बजेको अलराम संगै म ब्यूझे। किशोर र बिशाल भान्जा भने स्लिपिङ ब्याग भित्रै सुत्दै थिए। बाहिर निस्कदा जाडो थियो । घाम झुल्किनु भन्दा अगाडीको दृष्य हेर्ने रहर भएकाले कोठा बाट बाहिर निस्के। रमाईलो दृष्य देख्दा म दंग भए। हरियो नाङ्गो पाटन मा भेडा र गाईबस्तु चर्दै र उभिरहेका देखिन्थे। त्यो दृष्य देख्दा झनै मेरो मन फुरुङ भयो। हतार हतार नृत्यकर्म गर्न दगुरे। हाम्रो सहयोगी सागर बिक भाई अगेनामा जडिबुटिको चिया र वाई वाई तयार गर्न लाग्दै थिए। रातभरि पानी परेकाले आकास रित्तो देखिन्थे । निलो आकास देखिन्थे। सेतो बादलको हुल डाँडा काडामा उड्दै गरेको देखिन्थे। चञ्चल पानी बगेको देखिन्थे तल पुछारमा। गोठीचौउरको रमाईलो बिहान र चिसो वतावरणमा रमाउदै म एक्लै फोटो खिच्दै थिए। बार्दलीबाट किशोर सर पनि क्यामरा र सुल्फाको धुवाँ उडाउनु हुँदै देखे। बिशाल भान्जा दाँत मन्जन गर्दैं चारैतिर नियाल्दै हसिलो मुहारमा देखिन्थे। सागर भाईले तातो चडिबुटीको चिया ल्याए। चियाको सुर्का दिदै हामी ३ जना चुपचाप गोठीचौउरको दृष्य नियाल्दै बस्यौ। झुल्केको घाम हरियो पाटन र नाङ्गो थुम्का बाट झर्दै गरेका देखिन्थ्यो। वाई वाई खाजा खायौ। रु १३०० साहुनीलाई बिल तिरि फेरि भेटौला भनी 0845Hrs बाटो लाग्यौ। गोठीचौउर बाट । छोड्ने रहर फिटिक्कै थिएन तर के गर्नु पदयात्री भए पछि छोड्नै पर्यो। 

खुलेको बिहानी थियो तर बाटो लाग्ने बेलामा सेतो कुहिरोको हुलले घामलाई छेक्दै गरेको देखिन्थ्यो। गोठीचौउर उपत्यकाको बिच बाट सङ्लो खोला बग्दै थियो। त्यसै खोलाको पछि पछि लाग्यौ। ओरालो तेर्स्रो बाटो भएकाले रमाउदै हिडि रहेका थियौ। तल्लो मणिसाँधु गाउ पातलो बस्ति रहेछ तर अतिनै रमाईलो ठाँउ रहेछ। बिचमा तर्न नसक्ने सङ्लो खोला बग्दो रहेछ। ठाउ साह्रै रमाईलो लाग्यो तर के गर्नु बाटो भने पुरै घुडा घुडा भासिने गजगजे हिलो थियो। हिलोमा तर्किदै हिड्दै कहि उफ्रिदै हिड्दा थाकेर लम्फू भईसकेका थियौ।उफ्रिने क्रममा किशोर सर हिलोमा ल्वात्तै भाँसिनु भयो। भान्जा बिशाल र म गजबले हाँस्यौ।बुरजुत्ता पुरै हिलाम्मै भयो किशोर सरको।

साना साना नानीहरु हिलो बाटोमा फूलका बेर्ना लिएर आउदै गरेका भेट्यौ। सोध्यौ के का लागि बोकेका फूलका बोट । स्कूलको वरिपरि रोप्ने र तिहारका लागि। हामीलाई हिजो सरले ल्याउनु भन्नु भएर लिएर हिडेका । 1000Hrsतल्लो मणिसाँघुको चिया पसलमा झोला बिसायौ। घाम पनि चर्को लागेको थियो। गर्मीले लुथ्रुक्कै भएका थियौ। थाकेर सेन्टि फ्याँट भएका थियौ। वाई वाई पाक्दै थियो। जडिबुटिको चिया पिउदै छेवैमा बगेको खोला नियाल्दै र खोलाको आवज सुन्दै बस्यौ। आधा घण्टा आराम गरे पछि लाग्यौ माथिल्लो मणिसाँघु गाउ। दुईखोलाको दोभानमा अवस्थित पातलो  बस्ति रहेछ।२०मिनेटमा पुग्यौ।  झोलुङ्गे पुलको आड्मा भर्खर बिहे गरेका जोडीले खाजा घर चलाएका रहेछन्। वाई वाई बनाउ लगायौ। घाम सिधै झरिरहेको थियो। प्रहरी जाँच पोष्ट पनि रहेछ। वाई वाई रेडबुल र अण्डा खाएको रु ९२० तिर बाटो लाग्यौ 1130Hrs। 

छाता ओढ्दै जुम्ला खल्ङ्गा देखि डोल्पा जाने सडको ट्रयाँक खनेको रोडमा हिड्न थाल्यौ। रहर लाग्दा अंगालो मार्दा पनि नभेटिने लेकाली सल्लाको बोट ,हरिया पाटन र बेला बेलामा काठे साँघु तर्दै खोला वारिपारी गर्दै अगाडि लम्कि रहेका थियौ। हल्का उकालो बाटो भएता पनि थकानको महुस भएको थिएन। ३ जना रसिएन पुरुष पर्यटक र गाईड  साथै ४ जना भरिया रारा जाना हिडेका भेट्यौ। नेपाली गाईड भाईले हामीलाई The Great Himalaya Trail को शुभकामना दिए। मणिसाँघु देखि हिडे पछि चोत्र गाउ सम्म पुग्दा कुनै बस्ति भेटिएन तर रमाईलो पाटन, बडेमानका गोब्रे सल्लाका रुख र मुलफुटेर बगेको सङ्लो खोला पच्छ्याउदै गर्दा1300Hrs चोत्र गाउमा पुग्यौ। 
बस्ति पातलो रहेछ। चारै तिर जङ्गल रहेछ। अल्पसङ्ख्या समुदायको बस्ति रहेछ। यार्साको सिजन भएकाले ब्यापारका लागि पुरुष सबै चाईना तिर गएका रहेछन्। होटलको साईनबोर्ड देख्यौ तर घर बन्द थिए। साईनबोर्ड नभएको घरमा सोध्यौ खाना पकाईन्छ? साहुनीले पकाई दिन्छु भनिन्। गफगाफको क्रममा अल्पसङ्ख्या समुदाय हौ हामी। किचन भने टिबेटिएन कल्चरको देखिन्थे। भोक ले लोथ भएका थियौ। थर्मस बाट जडिबुटिका चिया कपमा हाले सागर भाईेले। चिया पियौ। चोत्र पुग्दा धुम्मेको मौसम थियो। साहुनी संग गफ गर्ने क्रममा श्रीमान चाईना ब्यापरमा ठुली छोरी सुर्खेत ११ कक्षामा माईली छोरी ६ कक्षा यि सानी छोरी ३ कक्षा जेठा छोरा पढ्न छोडेर घरमै बस्छन्। सानी छोरी पेट दुखेर अगेनाको छेवैमा सुतिरहेकी थिईन्। हामीले बोकेको दवाई दियौ। खाएको १ घण्टा पछि निको भएर हामी संग लजाउदै बोल्न थालिन्। माईली छोरी जंगल बाट एक डोको च्याँउ बोकेर आईन्। आलु साँग र च्याँउ संग मुछेर बडो स्वाँदिलो तरिकाले खाना खायौ। किशोर सरलाई बिरामी होला जस्तै लागेर हामी चोत्र गाउमा बस्ने योजना बनायौ। समय 1430Hrs हुँदै थियो। 
कोठा भित्रा टेन्ट टाग्यौ। स्लिपिङ ब्याग भित्र सुत्यौ। हाम्रो सहयोगी सागर भाई भने गाउ डुल्न जान्छु भने हिडे। 1700Hrs ब्युँझ्यौ। दरकने पानी पर्दै थियो। चिया पिउदै साहुनीलाई सोधे बस्ति पारि  घनाजङ्गल पुरै डढेलो लागेको जस्तो छ  ।जनयुदद्धको समयमा डढेलो लागेको भनेर साहुनीले भनिन्। मोओवादीले लगाएको भनिन्। पुछारमा खोला स्वाँ गर्दै बगिरहेको सुनिन्थ्यो। साँझको लागि खाना पाक्दै थियो चुलोमा । 1900Hrs खाना खायौ। 1930Hrs टेण्टभित्र सुत्न लाग्यौ। हाम्रो सहयोगी सागर भाई भने चुलोमा साहुनी संग गफगर्दै थिए।  











रातभरि पानी परे पछि रित्तो आकासमा मुनि घाम र भुईकुहिरोको लुकमारी । गोठिचौउर जुम्ला 























गोठिचौउरको रहर लाग्दो दृष्य देख्दा हामी प्रफुल्लित  भएका थियौ।
तत्लो मणिसाँघु गाउ बाट देखिने बस्ति

















तल्लो मणिसाँघुको वतावरण देख्दा खुशीले गदगद भएका थियौ।

तल्लो मणिसाँघु गाउमा सागर भाई र बिशाल भान्जा थकान मार्दै
                                               मणिसाँघुको कोशेली


















थाकेर लोथ भएको क्षण। तल्लो मणिसाँघु जुम्ला























                                                          घाम ताप्दै नानीहरु । तल्लो मणिसाँघु
























                                         तल्लो मणिसाँघुका नानीहरु बिधालय जादै ।








 तिहारका लागि भनेर फूलका बिरुवा बोक्दै नानीहरु





















                                                            माथिलो मणिसाँघु बस्ति 






















                                                                 माथिलो मणिसाँघु बस्ति
माथिल्लो मणिसाँघु बस्तिमा तान बुन्दै
तत्लो मणिसाँघु 
चोत्र गाउ पुग्नका लागि काठे पुल तर्द
चोत्र बस्ति





















                 चोत्र गाउ बाट पारि नियाल्दा। जनयुद्धताका लागेको डढेलो । 






















                                                           चोत्र गाउको जंगली च्याँउ। ज्याँदै स्वाँदिष्ट ।

Wednesday, March 28, 2018

लाईफ स्टाईल परिवर्तन गर्न। सिंगापुर प्रहरी सेवामा प्रवेष।

Video Source :Forces Tv

माथि देखिएको दृष्य र श्रवण गरे पश्चात मलाई 25Jan199त्यो दिनमा फर्काई दियो।  आफूले भोगेका अनुभूति बाँड्न मन लाग्यो।
कुरा लेखौ ८जनावरी १९९६ बृटिस गोर्खा क्याम्प पोखराको। पौने ५बजे उठेका थियौ। नृत्यकर्म पश्चात कालिखोलाको ढिकमा निर्मित मन्दिरमा दर्शन गर्न जाने आउनेको लर्को देखे । गए दर्शन गर्न म पनि। पौने ६ बजे पोखरा क्याम्प भित्रको स्वाँदिष्ठ खाजा खाने अन्तिम दिन हो भन्दै सिभिलिएन तरिकाले मार्च गर्दै गएका थियौ कुक हाउस तर्फ । जनावरी महिना भए पनि खुलेको बिहानी थियो। चिसो भने ख्याँप्पै खाने खालको वतावरण थियो। कलिलो सूर्यको उषा माछापुच्छ्रे हिमालको शिखर बाट भिच्दै ओरालो झर्दै गरेका देखिन्थे। दृष्य मोहित पार्ने खालको थियो।  पुर्व र पश्चिमको छुट्टा छुट्टै छनौट हुने र नतिजा पनि फरक दिनमा हुन्थ्यो।  पश्चिमका नंम्बरीहरु अन्तर्वार्ताका लागि कम्वल ओढ्नुहुँदै लाईनमा बसेका देखिन्थे। हाम्रो समयमा बृटिस आर्मी र सिंगापुर प्रहरीको छनौट संगै गरिन्थ्यो। नतिजा पनि एकै समयमा सुनाईन्थ्यो। हामी पुर्वका भएकाले नजिताको आतुरमा थियौ।08जनावरी1996दिन भर्तिको नतिजा सुनाउने समय0800Hrs । सम्झनी बिर्सनी 0700- 0730Hrsगीत गाउदै नाच्दै रमाईलो गरेका थियौ। कोहि नाच्दै गर्दा ग्वाँ ग्वाँ रुदै गरेको देखिन्थे। केहि भर्ति भयौ भने घडी पैसा लुगा फाँटा झोला मलाई दिनु पर्छ भन्दै गफिदै गरेका सुनिन्थे।
क्याम्प वाहिर झ्याँम्म परेको चिउरीको रुख थियो। त्यसैको  प्राङ्गनमा लाईन बद्ध तरिकाले बस्यौ 0800Hrs । पुष महिनाको कलिलो बिहानमा सूर्यको  किरण लर्वराउदै थियो। डियारो साबले सर्वप्रथम बृटिस आर्मीमा छनौट हुनेको नाम पुकारिन्छ । त्यस पछि सिंगापुर प्रहरीको नाम पुकारिनेछ भन्नु भएको थियो। नाम र नंम्बर पुकारिएको ब्याक्तिहरु चौतारी परेडमा जाला भन्दै गेट तिर संकेत गर्नु भएको थियो। भटाभट बृटिस आर्मीको नाम पुकारियो । संगै बसेका आफ्ना गाउका साथीहरुलाई घडी र झोला फाल्दै भित्र दौडिन थालेको थियो। मेरो गल्लाका सबै साथीहरु बृटिस आर्मीमा छनौट हुँदै थिए। म भने मनमनै सिंगापुर प्रहरीमा जानेमा नाम पुकारिन्छ भन्दै प्रतिज्ञा गर्दै बसेको थिए। सोच मग्न हुँदै गर्दा अन्तिम बृटिस आर्मीमा छनौट भएको नाम बोलाए पश्चात सिंगापुर प्रहरकीको नाम पुकार्दै गर्दा ३नंम्बरमा मेरो नाम बोलाएको थियो। जोस र उत्साहले उफ्रिदै भित्र छिरे। बृटिस आर्मी र सिंगापुर प्रहरीको युनिफम एउटै थिए तर लिनु पर्ने फाल्टै छेउमा तोकिएको थियो। चौतारी परेडमा पुग्दा मेरा गल्लाका साथीहरु बेलायती सेनाको हरियो लुगा लगाउदै गरेको देखे। सिंगापुरेका लागि त्यो कृपेट खोल भन्दै पल्टने खरो भाषामा भन्दै थिए । सिक्यू गुरुजीले। कृपेटमा भएको सबै यूनिफ सरर फिट गर्दै गुरुजीलाई देखायौ । बेलायती सेनाको डिपिएम युनिमफ लगाउनु पाउदा खुशीको सिमाना थिएन् हाम्रो। पोखरबाट काठमाण्डौ जानका लागि ४ वटा बस रिजर्भ गरिएको थियो। राजधानीमा एक हप्ताको बसाई पछि जीवनमा पहिलो पटक बोईङमा उडेका थियौ। २५ जनावरी १९९६ सिंगापुर एअरलाईन्स । चाङ्गी बिमान स्थल बाट बाहिर निस्कदा ख्वाँप्पै गर्मीको लपेटाले हान्दा त खंग्रङ भएका थियौ नि हौउ। हामी लाठेहरुको जमात । 

Sunday, March 25, 2018

नौलो प्रविधिबाट च्याँउ उमार्ने प्रविधि भित्राउनु हुने बिक्रम पुन(S/O 4866)


सफल च्याँउ उद्यमी बिक्रम पुन(S/O 4866) भान्जा संग भलाकुसारी गर्न सन् २०१२साल देखि रहर थियो मलाई। बल्ल  सन् २०१८को फ्रेवरी २७ गते त्यो इच्छा पुग्यो। बिक्रम भान्जा संग भेटघाट हुँदा सिंगापुरको स्थानिय समय1730Hrs हुँदै थियो ।अस्ताउन लाग्दै गरेको सूर्यको किरण हाईराज भवनको घुरीबाट पछाडि लुक्दै गरेको देखिन्थ्यो । 
सिंगापुरको Mount Vernonमा हुर्केका,बढेका र पढेका बिक्रम भान्जा नेपालमा फर्कनु भई सफल च्याँउ उद्यमी हुनु भएको संघर्षका आरोह अवरोहका कुईनेटाहरु थाल्नु अगाडि शिक्षा दिक्षाको कुराबाट गफगाफ अगाडि बढाएको थिए ।

हाँस्दै सिंगापुरे नेपाली लवजमा आफ्नो चिनारी बताउनु भयो बिक्रम भान्जाले
म बिक्रम पुन सिंगापुरको केके अस्पतालमा जन्मेको हुँ।  ईलिङ प्रार्थमिक र बार्डली माध्यामिक बिद्यालय बाट ओ लेवल पास गरेको हुँ। सिंगापुर पोलिटेक्निकबाट केमिकल प्रोसेस टेक्नोलजीमा ईञ्जिनेरिङ उतिर्ण गरे। तीन बर्ष अमेरिकन कम्पनीमा काम गरे सिंगापुरमा। नेपाल फर्के। दश महिना नेपालमा बसे। सन्२००३ सालमा अमेरिकाको सन्फ्रान्सिस्कोमा अध्ययन गर्न गए। ब्याचर्ल्स समाप्त गरे पछि नेपाल फर्के ।
अमेरिका बाट अध्ययन सकेर नेपाल फर्के पछि।सिंगापुरमा काम गरेको कम्पनीले फोन गर्यो मलाई। पुनः सिंगापुर काम गर्न आए। सिंगापुरमा आर्थिक मन्दी भएको कारणले कम्पनीले कामदार कटौती गर्यो र नेपाल फर्के म । सिंगापुरमा काम गरि रहदै योजना गरेका साथै सोधखोज गर्दै थिए सुनाखरी फूलको ब्यावसाय बारेमा तर हाम्रो जस्तो अल्पबिकसित देशमा त्यति फाईदा नदेखाकाले च्याँउ खेतीको ब्यावसाय सम्बन्धि  पत्रपत्रिका र किताब अध्ययन गर्न थाले ।  
च्याँउ खेतीमा निक्कै भविष्य देखे हाम्रो देशमा। बिज्ञान र बिजनेस बिषयका  पृष्ठभूमि भएकाले  कसैले  गर्न नसक्ने गर्न कठिन हुने प्रविधि बाट च्याँउ खेती गर्ने जुक्ति गरे र काठको भुसबाट सिताक च्याँउ खेती ब्यावसाय गर्ने सोच को उपाय निकाले। सिताक च्याँउ काठको भुसबाट उमार्ने प्रविधि सायद पहिलो ब्याक्ति म हुँला नेपालमा। हाँस्दै र गर्वका साथ भन्नु भयो बिक्रम भान्जाले। अहिले म सिंगापुरमा अन्तर्राष्ट्रिय बजार तिर निर्यात साथै Reishi च्याँउ लगान गर्नका लागि सिंगापुर र मलेसियाका ब्यापारीहरु संग सहकार्य गर्नका लागि  पनि आएको हुँ।

काठमाण्डुको सामाखुशीमा साँढे दुई रोपनीमा च्याँउ खेती गर्दै छु। नेपालमा सिताक च्याँउ मुढामा उत्पादन गर्न
 ८महिना लाग्छ। मेरो प्रविधिबाट २ महिना सिताक च्याँउ उत्पादन गरि बजारमा बेच बिखन गर्न सकिन्छ। नेपालमा पहिलो पटक काठको भुस बाट सिताक च्याँउ उमारेको जानकारि नेपाल सरकारले पाए पछि। नेपाल सरकारका कृषि बैज्ञानिकहरु हेर्न आए जाँच गर्यौ। हर्षित भए ति बैज्ञानिकहरु। युवा उद्यमी भनेर हौसला  दिए। बिदेशमा पढेर स्वदेशमा फर्की सफल च्याँउ उद्यमी भए भन्दा म मख्ख भए। ति कृषि बैज्ञानिकहरुलाई ३वटा प्रस्ताव राखे मैले। तपाईहरुको आँखा अगाडि नेपालमा पहिलो पटक काठको भुसबाट सिताक च्याँउ उमार्ने प्रविधि निकालेको  पहिलो ब्याक्ति हो भनी नाम र प्रमाण पत्र दिनुहोस,दोस्रो अर्गानिक र तेस्रो खाना मिल्ने  प्रमाण पत्र दिनुस भन्दा मानेन् । कृषि त्रिभागका मुख्य सचिवले खाना मिल्ने मात्र प्रमाण पत्र दिन सकिन्छ । बाँकी सकिदैन् भने ।नेपाल सरकारले खान सकिने अनुमति प्रमाणपत्र दिएको छ। त्यो लिन पनि धेरै भनसुन गर्नु पर्यो। यस्तै छन् नेपालको कर्मचारी भन्दै हाँस्नु भयो।
च्याँउको उत्पादन बृद्धि गर्नका लागि नेपाल सरकार संग ऋण दिनका लागि अनुरोध गरे तर सरकारले अस्विकृत गरे। ऋण दिनै मानेन्।  तर मैले हिम्मत हारिन् मेरो आर्थिक लगानीले सकेको गरिरहे। सफल च्याँउ उद्यमी बन्नका लागि मैले धेरै मिहनेत गरेको छु। धेरै रात अनिदो बसेको छु काठमाण्डुको कठ्याङग्रिदो बिहानीमा काम गरेको छु। 
अहिले मैले रैसि Reishi सिताक Shiitake अईस्टर Oyster यि जातका च्याँउ उत्पादन गरि रहेको छु। बाह्रै महिनाको मौसम मा उत्पादन हुने अईस्टर,जाडो मौसम सिताक र गर्मी मौसम मा उत्पादन गर्ने सकिने रैसि च्याँउको जात हो। अईस्टर जातको च्याँउ जुनसुक्कै मौसममा उत्पादन गर्न सकिने भएकाले बढी उत्पादन गरि बजारमा बिक्रि बितवरण गरिरहेको छु। बजारको मुल्य भन्दा सस्तोमा साथै फ्रि डेलिभरीको पनि सुविधा गरेको छु। वरिपरि बस्ने सबै छिमेकीले किनेर च्याँउको स्वाँद लिई सकेको छन्। 

६ जनालाई रोजगार दिएको छु । अनि सिंगापुरे भान्जाहरु लाई पनि पार्ट टाईम जागिर दिएको छु। फुर्सदको समयमा आउछन् उनीहरु।बढी च्याँउ खपत हुने ठमेल बजार हो । त्यहा सम्म लैजाने काम सिंगापुरे भान्जाहरुले गर्छन्। भान्जीहरुले अफिस र एडमिस्ट्रेसन साथै ल्याव तिर काम गर्छन् । अब मेरो योजना भनेको प्रचुर मात्रमा रैसि Reishi च्याँउको उत्पादन हो । यो च्याँउ खेती गर्नु भनेको खानका लागि होईन चिया पिउनका लागि हो । तर उत्पादन गर्न गाह्रो छ। किन भने ठुलो आर्थिक लगान आवश्यकता पर्छ। च्याँउको चिया पिउनाले स्वास्थ्यको लागि लाभदायक हुन्छ । बिकसित देशमा यसको चिया महंगो छ। त्यहि भएर नेपाली बजारमा सस्तो दरमा ५०रुपैयाँमा चिया बनाएर बेच्ने योजना गरेको छु। साथै अन्य जातीको च्याँउ अन्तराष्ट्रिय बजारमा बेचबिखन गर्ने सोच लिएको छु। 
रैसि च्याँउ उत्पादन गर्न धेरै आर्थिक लागत लाग्ने भएकाले नेपाल सरकारले हामी जस्ता कृषकलाई कृषि ऋण दिदैन्। त्यसैले मलेसिया र सिंगापुरका ब्यापारीहरु लाई आर्थिक लगान गर्ने भएकाले म सिंगापुर आएको हुँ। अर्को कुरा मैले उत्पादन गरेको च्याँउ रसायनीक रहित च्याँउ हो। अन्तरराष्ट्रिय बजार प्रवन्धनका लागि सिंगापुर आएको हुँ।

सफल च्याँउ उद्यमी हुनका लागि बिक्रम पुन भान्जालाई सोधे दुःख र सु‍ःखको क्षण।  दुःखका क्षण भन्नु पर्दा सिताक च्याँउ खेती गर्दा दुई पटक बिजुलीको तार सर्ट हुदा ६०लाख नोक्सान भएको थियो। सुःखका क्षण नयाँ प्रविधि बाट च्याँउ खेती हेर्न नेपाल सरकारका कृषि बैज्ञानिकहरु र उपराष्ट्रपति नन्द किशोर पुन आउनु हुँदा।त्यो क्षण खुशी लाग्छ। च्याँउ खेती ब्यावसायमा लागिपरेको १० बर्षको उताब चढाबमा हल्का हाँस्दै भन्नु भयो। ५ करोडमा किन्न आएको थियो तर मैले बेचिन् तर अव सायद कोहि आउछन् भने  बेच्छु होला । 

हालमा मासिक अईष्टर ३०लाख सिताक ५०लाख र रैसि ५०लाखमा बजारमा बिक्रि गरि रहेको छु।भर्खरै समाजसेवी महावविर पुन जी म कहाँ आउनु भएको थियो। उहाँले यार्सा गुम्बा उत्पादन गर्न सकिन्छ भनि सोध्नु भयो। एक बर्ष भित्रमा यार्सा गुम्बा उत्पादन गर्न सक्छु तर धेरै लगानीको आवश्यता पर्छ मैले भनेको थिए।  उसो भए राष्ट्रिय आविष्कार केन्द्रले लगानी गर्छ भन्नु भएको छ । सिंगापुर बाट फर्के पछि महाविर पुन संग यार्सा गुम्बाको उत्पादन गर्न छलफल गर्नु पर्ने छ।

पढेलेखेका सिंगापुरे भाञ्जा-भाञ्जीहरु बिदेशमा बसेकालाई के सुझाव दिनु हुन्छ सोधे मैले । उहाँले सिंगापुरे भान्जाको भाषीक शैलीमा बताए । उनीहरुको ईच्छा हो । मेरो बहिनी पनि बिदेशी भएकी छिन्। त्यो उसको ईच्छा हो। तर मलाई सोध्नु हुन्छ भने म सायद १४ बर्षको हुँदै मेरी आमालाई भन्थे म जहा भए पनि एक दिन त नेपाल फर्कन्छु भन्थे। बिदेशको तेस्रो चौथो नागरिक भएर बस्नु भन्दा आफ्नै देशको नागरिक भएर बस्नु पाउदा मलाई गर्व लाग्छ। रमाईलो लाग्छ। भविष्यमा राजनितिमा जाने रहर छ हौउ मामा मलाई पनि उहाँले हाँस्दै भन्नु भयो। हामी केहि बेर हाँस्यौ।

आज माउण्ट भर्नको प्ले ग्राउण्डमा बच्चाहरु खेलेको देख्दा मेरो बाल्यकालको याद आएको थियो । म पनि यहि ठाउमा यसरी खेल्थे। उद्यानहरु देख्दा स्वर्गिय बाबा को याद आयो मलाई। मेरो बाबा जीसी जिएम हुनुहुन्थ्यो। उहाँले मेस र घरवरिपरी फूलहरु रोप्नु हुन्थ्यो । गोडमेल गर्नुहुन्थ्यो। ति फूलबारीहरु आज देख्दा बिगतको सम्झना आयो। बेला बेलामा बाबालाई गोडमेल गर्न सघाउथे मैेले। बाबा लाहुरे हुनु भएकाले मैले अवसर पाए। अवसर नपाएको भए सायद म खाडिमुलुक कि त हलो जोत्दै हुन्थे होला बारी कान्ला तिर  सायद। सिंगापुरमा हुर्केका भान्जा-भान्जीहरुलाई नेपाल फर्किदा धेरै कुरा फाईदा पुग्छ। किन भने बिकसित देशको समाजमा धेरै कुराहरु सिकेका देखेका र अनुभव गरेका हुन्छन् ।  कसैको छिटो बुद्धि त कसैको ढिलो दिमाग आउछ। हाम्रो सिंगापुरे भान्जा-भान्जीहरु नेपाल फर्केकाहरु कहि कतै हराईरहेका छन्। फरक वतावरणको हुर्काईको कारणले । 

मेसिङको स्वाँदमा रमाउदै


मेसिङको स्वाँद भन्ने बित्तिकै भुतुक्कै हुन्छौ हामी। मेसिङको स्वाँद मैले सन् १९९६ सालको मे/जुनको महिना हुनु पर्छ। साँङ्निला उत्तामा मा नरिवलको झाँङ् मुनि सानो हट थियो । त्यहि बाट मेसिङको स्वाँद आरम्भ भएको  थियो। आईतबारको दिन थियो। रेक्रुट जीवनमा हस्याँङ फस्याँङ को समय बाट केहि समय छुटकार हुने दिन हुन्थ्यो आईतबारको बिहान। जव मेसिङ को स्वाँद लिन पाईन्छ। मलाई नरिवलको झाँङ मुनिका दिनहरुको सम्झना आउछ। सेक्सन टुवाईसि गुरुजीहरुले मेसिङ का लागि आवश्यक समानहरु ल्याउनु भएको थियो। कामको बिभाज भएको  थियो। गुरुजीहरुको निर्देशनमा मेसिङ पहिलो पटक पकाउदै थियौ हामीले। मल्टिपल हलमा पलेटी मारेर २ क्यान मिरिण्डा लिएर खाना बसेका थियौ। 1600Hrs चर्को घाममा PTI गुरुजीले बिदादारीको 1600KMको दुरी भएकोमा 5 फन्को लगाउदा डम्म भएको मेसिङको स्वाँद खुकुलो भईसकेको हुन्थ्यो। पहिलो पटक मेसिङ पाक्ने नरिवलको झाँङ र दगुर्ने स्थान हाल भवन र कृतिम ताल निर्माण हुँदै छ। यो त भयो मेरा बिगतका मेसिङको मेरो सम्झना। अव बर्तमानका मेसिङको नालीबेली।

शनिबार 24 मार्च 2018 सिंगापुरको सदाको बिहानी झै आजको बिहानीमा पनि केहि फरक थिएन्। गर्मीको राप लिएर झर्दै थियो सूर्यको किरण। मिर्मिरे बिहान संगै काममा ब्यस्त र तलिन हुने हाम्रो नियम क्रमलाई मिलाएर गफगाफ गर्दै हप्ता भरिको एकनासको कामलाई केहि समय बिर्साउनलाई मेसिङ खाने सल्लाह भएको थियो शुक्रबार । मेसिङका लागि मार्केटिङमा गए रिल र प्रेम । सबै मिलेर आवश्यक समानहरु तयारी गर्यौ। मेसिङ बहानमा तयारी हुँदै थियो। सूर्यको प्रचण्ड गर्मीलाई लखेट्न टाईगरलाई दाहिने हातमा लिदै गफिदै थियौ। टक्क जिब्रोमा झुण्डिने खालको तयार भयो कि भएन भन्दै चाख्दै पनि थियौ। सन्ध्याको आगन संगै मर्करी लाईटको मधुरो प्रकास मुनि मेसिङ को स्वाँदमा गफिदै गर्दा समयल2100Hrs भएको पत्तै भएन्छ।     
मेसिङ तयारी हुन लाग्दै गरेको अवस्था।










मेसिङको तयारी 












मेसिङ बहानमा पाक्न छ। 























HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...