Total Pageviews

Thursday, February 15, 2018

हाम्रो दैनिकी


Date:- 15Feb 2018
दैनिक कार्य समाप्त भए पछि लामो दुरी दगुर्ने योजना बन्यो। स्थानिय समय 1710Hrs  हुँदै थियो। सहकर्मीहरुका साथ कसरत गर्न निस्क्यौ। चाईनिजको महान पर्वका दिन भएकाले सडक र अन्य स्थल तिर गतिबिधिहरु शान्त देखिएका थिए। कफि सपहरु बन्द देखिन्थे। बिगतमा कसरत गर्ने स्थल बिदादारीको भौगलिक स्वरुप नियाल्दै जाने सल्लाह भयो। बिगतका ति स्थलको सम्झना गर्दै हल्का जगिङ गर्दै रहर लाग्दा र आकासलाई घोचुला झै कंक्रिटका जङ्ल उभिएका जस्तै लाग्ने भवनलाई नियाल्दै पोतोङ पासिर हुँदै कालाङका कृत्रिम खोला तिर हानियौ। प्रचण्ड घर्मी भएकाले एकै क्षणमा खलखल्ती पसिनाले ज्यानलाई लुथुक्कै बनाई दिई हाल्यो। सूर्यको किरणले पछाडीबाट धकेल्दै थियो हामीलाई। हाम्रो मसुर निशानी मन्दिर पुगे पश्चात हानियौ पुर्व दिशा ताक्दै सर्किट रोड पुग्दा 1825Hrs भएको थियो। कुलडाउन गर्दै गर्दा मौसमले निहुँ खोज्न लाग्दै थियो । नभन्दै मौसमले हर्कत देखाई छाड्यो भुसभुसे पानीले। प्याँसले आत हरहर भए पछि Energy & Isotonic Drinks दिन हिड्यौ ताईसेङ तिर। हिड्दै गर्दा ताईसेङको रेल स्टेसन पुग्दा कहि नभएको मुशलधारे पानी ओईरन थाल्यो। हाम्रो हिडाईको गतिलाई ब्रेक लगाउन बाध्य बनायो ३०मिनेट सम्म। त्यस पछि सिमसिमे पानी प्रवाह नगरी पुग्यौ ताईसेङको पहेली बारमा । Energy &Isotonic Drinks ले प्याँस मेटाउदै गफिदै केहि समय बितायौ।













                                      कुलडाउन समाप्त गरे पश्चात हर्षित मुन्द्रामा ।  






















कसरत समाप्त गर्नु पुर्व कुलडाउन मा ध्यान मग्न हामी ।

Tuesday, February 13, 2018

शिवरात्री २०१८

शिवरात्री पर्व मनाउन 2045Hrs बिष्णु मन्दिर जादै थिए म। हिड्दै गर्दा चिसो हावा  कुलेसा र बाटामा मर्करी बत्तिको मधुरो प्रकाश पोखिरहेको थियो। मन्दिर परिसरमा पुग्दा भक्तालुहरु पूजा आराधनामा ध्यान मग्न देखिन्थे। गीत संगीत र नृत्यको प्रस्तुतिमा सारा थकानलाई बिर्साउदै कफिको सुर्का लगाउदै शिवरात्रीको हर्षमय वतावरणको माहोलमा रमाई रहेको थिए म। तस्विर खिच्ने शोष भएकाले शिवरात्रीका झलकका दृष्य लेन्सको सिसामा उतार्दा 







Monday, February 5, 2018

स्वस्थ्य रहनका लागि कसरत मेला

भान्साकोठा र चौकासको एकनासको समय बाट केहि क्षण मुक्त हुन र स्वस्थ्य बस्नका लागि कसरत मेला भर्नमा हुटहुटी देखिन्थे दिदीबहिनीहरुमा । कृतिम मर्करी बत्तिको छाँया मुनि कसरतका विविध योगमा अंग्रेजी संगीतको धुनमा ज्यानलाई जुनेली रातमा धानको बाला सुसेली हालेको जस्तै लयमा ब्यस्त देखिन्थे। । विश्व स्तरिय प्रशिक्षकका खुवी भएका दिदीबहिनीहरुको प्रशिक्षणमा स्वस्थ्य रहने कसरत मेलामा संगीतको जोसमा तालमा ताल मिलाउदै सहभागीहरु लुथुक्कै हुने गरि पसिना निकालका देखिन्थे। 
कसरत मेलाका झलक 
कसरत गर्ने  बिधिहरु देखाउदै प्रशिक्षक
कसरत मेलामा उत्तसाहित  सहभागीको माहोल
कसरत मेलामा कसरत गर्न पाउदा सहभागीका हर्षित मुद्रामा
कसरत मेलामा कसरत गर्न पाउदा सहभागी हर्षित लयमा
 योगका प्रस्तुति देखाउदै प्रशिक्षकहरु
कसरत प्रेमीहरु कसरत मेलमा हर्षित र आन्नदित मुद्रामा ।


 योगका कौशलता प्रस्तुति देखाउदै प्रशिक्षकहरु।   
बिस्राम लिदै सहभागी

प्रशिक्षकका जोस साथमा सहभागीको लगनसिलता
कसरत मेलामा सहभागी थकित र हर्षित लयमा
कसरत मेलामा सहभागी भलाकुसारी गर्दै

Tuesday, January 30, 2018

डम्फुको तालमा मैज्याङलाई फकाउदै एकराज तामाङ(14140)

डम्फुको तालमा मैज्याङलाई फकाउनका लागि एकराज तामाङ ज्यूले तामाङ सेलेको म्यूजिक भिडियोको गीत ओखल्ढुंगा सल्लेरी गाउ,आउ मैज्याङ पिरती लाऊ। उहाँले पिरती गाँस्नका लागि गाउबेसी र पाखापखेरु तिर पच्छ्याउँदै मोहनी लगाउन निक्कै मेहनत गर्नु भएको छ। सिंगापुर प्रहरी सेवा वाट अवकास प्राप्त तामाङ जीको प्रस्तुति देखेर म प्रभावित भए। उक्त म्युजिक भिडियो ओखल्ढुंगाको सदरमुकाम र आसपासको क्षेत्रमा छाँयाङ्कन भएकाले जिल्लाको प्रबन्धन र नेपाली कलाकारितमा थप टेवा दिनु भएको छ । कलाकारिताले युवा र बृद्ध भन्दैन् भनेर एकराज तामाङले उदाहरण दिनु भयो। उहाँलाई मेरो ब्याक्तिगत तर्फबाट नेपाली कलाकारित क्षेत्रमा आउदा दिनहरुमा अझ ईटा थप्नु हुने छ भन्ने आशा लिएको छु।


Sunday, January 28, 2018

सिंगापुर बसाईको अनुभुति बाँड्नु हुँदै ललित गुरुङ



बिजुली तवरले बिकास गरेको राष्ट्र सफा र हराभरा सिंगापुरमा २२ बर्ष बिताउदाको अनुभव सिंगापुरको चर्चित वनभोज स्थल ईष्ट कष्ट पार्कमा नंम्बरी संग भलाकुसारी गर्ने क्रममा आग्रह गरे ललित लाई । उहाँले देखेको र अनुभव गरेको सिंगापुर बसाईको अनुभुति हेर्न र सुन्न भिडियो हेर्नुस ।



प्याराग्लाईडिङ गर्दका रमाईला क्षण।


सालिम गुरुङ 
पोखराको ब्यू स्काई बाट 1050 यूरोमा प्याराग्लाईडिङ कोर्ष सिप सिकेका सालिम गुरुङ जि संग बनभोजको अवसरमा प्याराग्लाईडिङको अनुभुति बाँड्न अनुरोध गरे मैले । संक्षिप्त जानकारी दिनु हुँदै भन्नु भयो। करिव 130 फ्लाईट गरि सके पोखराको पाँच स्थान, स्याङ्जाको श्रीकोट र तनहुको बन्दिपुर बाट । प्याराग्याल्डिङ टेक अफ र ल्याण्डिङ गर्दा कुन स्थान सबै भन्दा उत्तम थिए भनि सोधे। बन्दिपुरमा ल्याण्ड गर्ने स्थान सानो भएकाले केहि कारण ल्याण्ड गर्न सकिन् भने सिधै पुगिन्छ डुम्रे ।  टेकअफ गर्दा उत्तम स्थान भनेको पोखराको मान्द्रे ढुंगा । स्याङ्जाको श्रीकोट बाट उड्दा भ्याल्ली विन भएकाले उडान अवधि भर रोचक क्षण हुन्छ।



HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...