Great
Himalaya Trail
Day-30
Nagma
To Khalanga Jumla
10 August 2016
0900Hrs निन्द्राले
छोड्यो । किशोर सर र बिशाल भान्जा भने स्पिङ्ग ब्याग भित्र निदाउदै थिए। सिंजा खोला र तिला नदीको संगम स्थलमा नाग्मा बजार खोचमा अवस्थित रहेछ। जुम्ला र कालीकोटको
सिमाना पनि रहेछ। नाग्मा देखि कर्णाली नदी भन्दा रहेछ। नाग्मा बजार भित्तमा टाँसिए
सानो बजार रहेछ। मुगुको गमगढी र जुम्लाको खल्ङ्गा छुटिने स्थान पनि रहेछ नाग्मा बजार । कर्णाली नदी खोचमा अटसमटस धमिलो भेला लिएर उर्लदै गरेको दृष्य हेरि
रहदा किशोर सर र बिशाल भान्जा पनि उठ्नु भयो। सिन्धुपाल्चोक जिल्लाको खाडी चौउर
जस्तै रहेछ किशोस सरे भने । मेलै पनि हो त्यस्तै रहेछ। पानी परेको थिएन् तर
धुम्मेको बिहानी थियो। २५बर्ष भारतमा बसेर नेपाल फर्केका मुगुको शेर्पा दाम्पती आफ्ना
हुर्केका २ छोराका साथ एक महिना भएको रहेछ हामी बसेको होटल संञ्चालन गरेका रहेछ।
चिया पिउदै साहु र साहुनी संग गफगाफ गर्दा
बताए। चाउमिन खाजा खायौ। 2800 होटलको बिल तिर्यौ।
1045Hrs भ्यान बाट नाग्मा बाट जुम्लाको सदरमुकाम खल्ङ्गा तिर गुड्यौ। हिजो सिंजामा कालीकोटे फटाह र जाली हुन्छ भन्थे बाटामा चिया खादा । त्यहि चाल भयो सदरमुकाम पुग्ने शर्त थियो हाम्रो तर नाग्मामा बास बसाए । यहि कुरा सम्झदै बिशाल भान्जा र किशोर सर संग जोक गरे मैले।तिला नदीलाई दाहिने पार्दै धान बारीको दृष्य र बस्ति नियाल्दै रमाई रहेका थियौ। नेपालको सबै भन्दा उच्च भेगमा धान फल्ने स्थान जुम्ला हो किशोर सरले भन्दा ड्राईभर भाईले पनि भने राजा बिरेन्द्रले पनि यहि को धाने खाने गरेका कुरा सुनाए। द्वन्द ताका हमाल भएको जुम्ला बजार हेर्ने हुटहुटी हुँदै 1130Hrs पुग्यौ जुम्लाको खल्ङ्गा बजार ।
बिमान स्थल छेवैमा अवस्थित खल्ङ्गाको नामी होटल काञ्जिरोवामा झोला बिसायौ। वाई फाई सुविधा साथै नुहाउनको लागि तातो पानीको सुविधा भएकाले पालैपालो नुहायौ। सफा सुग्धर होटलमा आनन्दित हुँदै ईन्टरनेट चलाउदै बस्यौ। 1300Hrs स्वाँदिष्ट खाना खायौ। 1330Hrs देखि 1530Hrs मस्तले सुत्यौ। जुम्लाको बजार घुम्न निसक्यौ 1545Hrs पुछारमा तिला नदी बग्ने र बजारको बिचमा भदौरे भेलको खोला बग्दै थियो। सदरमुकाम भएकाले मान्छेहरुको घुईचो देखिन्थे। डाँडा तिर सिमसिम पानी पर्दै गरेको देखिन्थे। ATM बाट 45000 किशोर सरले निकाल्नु भयो। बजारको प्रख्यात रेष्टुरेन्ट चौतारीमा सोध्दै पुग्यौ। मःम दुई दुई प्लेट दबायौ। स्वाँदिष्ट थियो । बियर र मःमको १४०० तिर्यौ। होटल फर्कदा बजारमा नेवार समुदायको लाखे नृत्य देखाउदै रहेछ । केहि मिनेट हेर्यौ। होटल काञ्जिरोवा को साँझको स्वाँदिष्ट खानाका परिकार खाएर पेट डम्म पारि बिस्तारमा ईन्टरनेट चलाउदै 0130Hrs बस्यौ । कहिले ओडारमा कहिले भोक्कै कहिले सुविधा सम्पन्न होटलमा भन्दै Great Himalaya Trail को बिशेषता भन्दै शुभरात्री भन्दै सुत्यौ

कालिकोटको नाग्मा बजारमा बिहानीको
चिया सुर्का लगाउदै भान्जा बिशाल र किशोर सर। पृष्ठभूमिमा हाम्रो झोला भ्यानमा
मिलाउदै।
बाँया सिंजा खोला दाँया तिला नदी
संग पश्चात कर्णाली नदी
नाग्मा बजार दाँया साईडको बजारमा
किशोर सर सुर्फा किन्नु हुँदै
तिला नदी जुम्ला
खल्ङ्गा जादा बाटामा देखिने बस्ति
जुम्ला
जुम्लाको खल्ङ्गा बजारमा किशोर सर र म