Total Pageviews

Thursday, January 25, 2018

The Great Himalaya Trail

Great Himalaya Trail
Day-30
Nagma To Khalanga Jumla
10 August 2016
जुम्लाको सदरमुकाम खल्ङ्गा बजार । पुछारमा तिला नदीको लय । होटल काञ्जिरोवाको दलानबाट

0900Hrs निन्द्राले छोड्यो । किशोर सर र बिशाल भान्जा भने स्पिङ्ग ब्याग भित्र निदाउदै थिए। सिंजा खोला र तिला नदीको संगम स्थलमा नाग्मा बजार खोचमा अवस्थित रहेछ। जुम्ला र कालीकोटको सिमाना पनि रहेछ। नाग्मा देखि कर्णाली नदी भन्दा रहेछ। नाग्मा बजार भित्तमा टाँसिए सानो बजार रहेछ। मुगुको गमगढी र जुम्लाको खल्ङ्गा छुटिने स्थान पनि रहेछ नाग्मा बजार । कर्णाली नदी खोचमा अटसमटस धमिलो भेला लिएर उर्लदै गरेको दृष्य हेरि रहदा किशोर सर र बिशाल भान्जा पनि उठ्नु भयो। सिन्धुपाल्चोक जिल्लाको खाडी चौउर जस्तै रहेछ  किशोस सरे भने । मेलै पनि हो त्यस्तै रहेछ। पानी परेको थिएन् तर धुम्मेको बिहानी थियो। २५बर्ष भारतमा बसेर  नेपाल फर्केका मुगुको शेर्पा दाम्पती आफ्ना हुर्केका २ छोराका साथ एक महिना भएको रहेछ हामी बसेको होटल संञ्चालन गरेका रहेछ। चिया पिउदै  साहु र साहुनी संग गफगाफ गर्दा बताए। चाउमिन खाजा खायौ। 2800 होटलको बिल तिर्यौ।
1045Hrs भ्यान बाट नाग्मा बाट जुम्लाको सदरमुकाम खल्ङ्गा तिर गुड्यौ। हिजो सिंजामा कालीकोटे फटाह र जाली हुन्छ भन्थे बाटामा चिया खादा । त्यहि चाल भयो  सदरमुकाम पुग्ने शर्त थियो हाम्रो तर नाग्मामा बास बसाए । यहि कुरा सम्झदै बिशाल भान्जा र किशोर सर संग जोक गरे मैले।तिला नदीलाई दाहिने पार्दै  धान बारीको  दृष्य र बस्ति नियाल्दै रमाई रहेका थियौ। नेपालको सबै भन्दा उच्च भेगमा धान फल्ने स्थान जुम्ला हो किशोर सरले भन्दा ड्राईभर भाईले पनि भने राजा बिरेन्द्रले पनि यहि को धाने खाने गरेका कुरा सुनाए। द्वन्द ताका हमाल भएको जुम्ला बजार हेर्ने हुटहुटी हुँदै 1130Hrs पुग्यौ जुम्लाको खल्ङ्गा बजार ।
बिमान स्थल छेवैमा अवस्थित खल्ङ्गाको नामी होटल काञ्जिरोवामा झोला बिसायौ। वाई फाई सुविधा साथै नुहाउनको लागि तातो पानीको सुविधा भएकाले पालैपालो नुहायौ। सफा सुग्धर होटलमा आनन्दित हुँदै ईन्टरनेट चलाउदै बस्यौ। 1300Hrs स्वाँदिष्ट खाना खायौ। 1330Hrs देखि 1530Hrs मस्तले सुत्यौ। जुम्लाको बजार घुम्न निसक्यौ 1545Hrs पुछारमा तिला नदी बग्ने र बजारको बिचमा भदौरे भेलको खोला बग्दै थियो। सदरमुकाम भएकाले मान्छेहरुको घुईचो देखिन्थे। डाँडा तिर सिमसिम पानी पर्दै गरेको देखिन्थे। ATM बाट 45000 किशोर सरले निकाल्नु भयो। बजारको प्रख्यात रेष्टुरेन्ट चौतारीमा सोध्दै पुग्यौ। मःम दुई दुई प्लेट दबायौ। स्वाँदिष्ट थियो । बियर र मःमको १४०० तिर्यौ। होटल फर्कदा बजारमा नेवार समुदायको लाखे नृत्य देखाउदै रहेछ । केहि मिनेट हेर्यौ। होटल काञ्जिरोवा को साँझको स्वाँदिष्ट खानाका परिकार खाएर पेट डम्म पारि बिस्तारमा ईन्टरनेट चलाउदै  0130Hrs बस्यौ । कहिले ओडारमा कहिले  भोक्कै कहिले सुविधा सम्पन्न होटलमा भन्दै Great Himalaya Trail को बिशेषता भन्दै शुभरात्री भन्दै सुत्यौ   
कालिकोटको नाग्मा बजारमा बिहानीको चिया सुर्का लगाउदै भान्जा बिशाल र किशोर सर। पृष्ठभूमिमा हाम्रो झोला भ्यानमा मिलाउदै।
बाँया सिंजा खोला दाँया तिला नदी संग पश्चात कर्णाली नदी
नाग्मा बजार दाँया साईडको बजारमा किशोर सर सुर्फा किन्नु हुँदै
तिला नदी जुम्ला
खल्ङ्गा जादा बाटामा देखिने बस्ति जुम्ला
जुम्लाको खल्ङ्गा बजारमा किशोर सर र म 

Wednesday, January 24, 2018

Great Himalaya Trail

Day-29

Goru Saine to Nagma (Kalikot)
09 August 2016

३५०० मिटरको लेकमा थाकेर लम्फु भएको अवस्थामा
विहान उठ्दा आकास छ्याँङ्ग खुलेको थियो। पानी परेको थिएन्। हरियाली दृष्यले मन फुरुङ्ग भएको थियो। नित्य कर्म पश्चात चडिबुटीको चिया पिउदै एक सुरै हुँदै आफ्नै तालमा गफगाफ नगरि चारै तिरका दृष्य हेर्दै बस्यौ। खाजा वाई वाई खायौ। २८०० बिल तिर्यौ।साहु र साहुनीले भ्रमणको सुवेच्छा र रातो टिका लगाई दिनु भयो। फेरि भेटौला भन्दै बाटो लाग्यो 0900Hrs । फोनको नेटवोर्क टिप्ने स्थान सम्म साहु जी हामी संगै लाग्नु भयो। गोठी जिउला उहाँका चिनारुको होटलमा खाना तयार बनाई राख्न भन्नु भयो । पारी देखिएको बाटो र भन्ज्याङ कटे पछि पुगिन्छ गोठी जिउला भन्दै उहाँ संग बिदा लिदै पाटनको बाटो पच्छाउन थाल्यौ।  रहर लाग्दो पाटन थियो हरियो गाँसले ।

खोला तर्यौ। बाटो उकालो  थियो । लोथ भएर भञ्ज्याङमा पुग्यौ। ३५०० मिटरको उचाई थियो। सिधै पारी रमाईलो बस्ति देखिन्थ्यो । बस्ति माथि पाटन र जङ्गल नियाल्न पाउदा लोथ भएको ज्यान फुरुङ्ग भयो । पानी पिउदै फोटो खिच्यौ। सेतो कुहिरो उड्दै गरेको देखिन्थे। घाम लागेको थिएन्। २०मिनेट आराम गरे पछि सिधै ओरोलो बाटोमा हिड्न थाल्यौ। हाम्रो सहयोगी भाई भौउ बहादुरको पनि नौलो बाटो भएकाले उसलाई पनि गाउका नामहरु थाहा भएको थिएन्।

लुम गाउ पुग्दा सम्म जुम्लाको भौगलिक बनावट लोभ लाग्ने खालका देखिन्थे । लखतरान हुँदै रेडबुल र कोकोनट बिस्कुट खादै पसिना सुकाउदै  थियौ। एक हुल बिधार्थीहरु रारा शैक्षिक भ्रमण निस्केका रहेछन्। केटाहरुले पालै पालो गरि छात्रालाई बोकेर हाम्रो अगाडि राखे । ज्वाँरो आएको रहेछ घर फर्कन नमानेकी जसरी भए पनि रारा ताल हेर्न ढिपि गरेकी रहेछिन्। मैले ओखती दिए। १४५० वाई वाई फ्रुटी र रेडबुलको बिल तिरि गोठीजिउला तर्फ बाटो ततायौ। लुम देखि गोठी जिउला तेर्स्रो बाटो भएकाले आधा घण्टामा सिंजा उपत्यकाको गोठी जिउलाको लाली गुराँस होटलमा 1200Hrs पुग्यौ । मुगुको गमगढी जाने सडक यहि बाट जाने भएकाले बजार बिस्तारै बढ्दै गएको रहेछ। समथर बस्तीको बिचमा  खोला बगेको देख्दा किशोर सर र बिशाल भान्जाले बस्ति बढ्यो भने यो खोला बाग्मतीको जस्तै बेहाल होला भने सहमति जनाए मैले पनि।
खाना खायौ। हिडेर २ दिनमा जुम्लाको सदरमुकाम पुग्ने योजनाले भोलि मात्र हिड्ने योजना गरि गोठी जिउला आजको बास भन्दै होटलमा सुत्यौ हामी। जीप यात्रु लिएर आएको रहेछ 1500Hrs। जुम्ला खल्ङ्गा जाने थाहा पाएकाले ड्राईभर र मालिक उठाउन आए। कति भाडा किशोर सरले सोधे बीस हजार हैट हामी जान्नौ। बरु हिडेर गईन्छ भन्दै हामी सुत्यौ। दश मिनेट पछि फेरि पन्ध्रहजार भन्दै आए । दश हजारमा हुन्छ भने जान्छौ नत्र नआउ डिस्टर्व गर्न भनि रिसाउदै भन्यौ। साहु जीले पनि हप्काए हद हुन्छ नी ठग्नको पनि भन्दै थर्काए ड्राईभर र जीप मालिकलाई। हाम्रो सहयोगी भाई भौउ बहादुरलाई खाना खुवाई ४५०० खर्च दियौ। गमगढी जान लागेको जीपको टिक किनि पठाई दियौ1430Hrs 

तेह्रहजारमा साहुजीले भने पछि होटलको खानाको १३५० बिल तिरि धन्यवाद भन्दै 1600Hrs जीपको पाङ्ग्रा गोठी जीउला बाट गुड्न थाल्यो कालीकोटको नाग्मा तिर। सिंजा खोला बिचमा वारिपारी बस्ति र धानका फाँट लोभ लाग्दो दृष्य नियाल्दै  गुडि रहयौ। राम्रो लागेको स्थानमा झरि फोटो खिच्यौ पनि। सिंजा उपत्यका खस आर्यन भाषा‍को उद्गम थलो हो । पक्कै बाठा रहेछ त्यस ताका यस्तो राम्रो स्थान रोजेर बसेका रहेछन् हगि किशोर सर मैले भने। उहाँले हल्का ईतिहास बताउदै पक्कैं दाई रोजेर बसेका रहेछन्। फाँट बेसी पाटन पानी र जङ्गल । सबै चिज रहेछ यो ठाउमा । भान्जा बिशाल जीले पनि सहमति जनाउनु भयो। सिंजाको प्राकृति सौन्दर्य देखेर मख्ख भयौ हामी। एक जना युवती गोठी जीउला घुम्न जान्छु भनि ल्याएका रहेछन् ड्राईभर र जीप मालिकले। जिस्कदै हुन्थे हल्का हामी हाँस्थ्यौ। बाबा आमाले फोन गर्दा ढाँटेका नाटक देखाउदा अर्को हाँसो फुटेका हु्थ्यो हाम्रो। साथीको घरमा छु भन्दै फोनमा उत्तर  दिन्थिन्। भदौको महिना भएकाले हिलाम्मे बाटो थियो। बाटामा लटरम्म स्याँउ हाँगै नुहिने गरि फलेका देखिन्थे। सिंजा उपत्यकाको बस्ति र खेतका गरामा धानका गाँचहरुले थप आनन्द दिई रहेको थियो। 2200Hrs कालिकोटको नाग्मा पुग्यो। खाना खायौ साँझको । हिडाई र गुडाईले ज्यान थाकेकाले स्लिपिङ ब्याग भित्र पस्ने बित्तिकै भुसुक्कै निदायौ छौ हामी।
जु्म्लाको गोरुसैन्यको होटलको प्राङ्गनमा गोठाले संग भलाकुसारी गर्दै हामी
रारा निकुञ्ज भित्र पर्ने गोरुसैन्य होटलमा जडिबुटीको  चिया पिउदै
बाटो लाग्न अगाडि रातो टिका लगाई दिनु तयारी होटलका साहु साहुनी
गोरुसैन्यको रहर लाग्दो पाटन ,जुम्ला
गोरुसैन्यको रारा निकुञ्जका लागि सुरक्षारत नेपाली सेनाको आवस भवन 
गोरुसैन्यको पाटनमा हाम्रो लागि खाना तयारी गरि राख्नका लागि फोन गर्न हिड्नु हुने साहुजी अगाडि
३५०० मिटरको भञ्ज्याङबाट बस्ति र पाटनको दृष्य ,जुम्ला
३५०० मिटरको भञ्ज्याङमा थाकेर लोथ भएको क्षण
भञ्ज्याङको लेक बाट लोभ लाग्ने पाटन र बस्ति देखेर हामी लोभिएका थियौ।
 भञ्ज्याङको लेकबाट चुच्चेमारा लेकलाई कुहिरोले छोपेको दृष्य।
भञ्ज्याङको लेकको दृष्य, जुम्ला
सिंजा भ्याल्लीको गोठी जिउला गाउ हिड्ने क्रममा, जुम्ला
लुम देखि पारि नियाल्दा, जुम्ला
जुम्लाको लुम गाउमा लोथ भएको अवस्थामा हामी
कुर्सीमा बसेकी बिधार्थी बहिनी ज्वाँरो आए पनि रारा ताल हेर्न हिडेकी 
हिड्दै गर्दा हाम्रो फोटो खिचि दिन आग्रह गरेका दाजु बहिनी
जुम्लाको गोठी जिउला बाट मुगुको गमगढी जान लाग्दै गरेको जीप
गोठी जिउला सिंजा उपत्यका, जुम्ला
सिंजा खोला बिचमा वारिपारी धान बारीका फाँट र बस्ति  क्या मनमोहक र रहर लाग्दो दृष्य छ , जु्म्ला
 सिंजा भ्याल्लीको लोभ लाग्दो बस्ति । भदौको महिना भएकाले सिंजा खोला खैरो रंगको पहिरण लिदै आफ्नै गतिमा सुसेली हाल्दै
सिंजा भ्याल्लीको बिभिन्न स्वरुप
सिंजा भ्याल्लीको बिभिन्न स्वरुप
खस आर्यन भाषाको उद्गम स्थल सिंजा उपत्यकाको मोहित पार्ने बस्ति
सिंजा खोलाको नागवेली अवतार
सिंजा उपत्यकाको मोहनी लगाउने सौन्दर्य, जुम्ला
हुम्ला देखि ताप्लेजुङ छिचोल्न हिडेका लाठे जुम्लाको मोहित पार्ने भूमि सिंजा उपत्यकामा उभिदा
सिंजा उपत्यकाको हराभरा धानका गरा बिचमा सिंजा खोला

Sunday, January 21, 2018

पदोन्नोतीले जीवनमा हर्ष र खुशी ल्याउछ

दुई तलाका टोलवासी छरछिमेकी पदोन्नोती भएको खुशीयालीमा सन्ध्याको  आगमन संगै अबिर माला र खादाको ग्रहण गरे पश्चात हर्षित क्षणमा देखिनु हुँदै। बढुवाले जीवनमा खुशी र हर्ष ल्याउने गर्छ।
हर्ष र उमंगको लहरमा लहरिने मुद्रामा टोलबासी दिदीबहिनीहरु
कृतिम प्रकाशको छाता मुनी प्रफुलित मुद्रामा टोलबासी आफ्ना जीवन साथीका साथ

खुशीयालीको तामझामको सन्ध्यामा सामुहिक तस्विर टोलबासीहरु यसरी देखिदा।

मिस्टर झोले


नेपाली चलचित्र मिस्टर झोले हेर्नका लागि अर्धाङ्गिनीको साथ गईयो। चलचित्र हेरी रहदा मन्द मुस्कान छर्दै  गाउ ठाउमै उभ्याईरहेको थियो मलाई। चलचित्रका २ वटा दृष्य एकदमै दमदार लाग्यो। भ्यार्याङ  उक्लेर झ्यालबाट बुद्धिले बर्षालाई क्लिप दिएको दृष्य र सूचिकारको प्रस्तुति। माछापुच्छ्रे हिमालको फेदीको बस्तिलाई सिनेमाटोग्राफी अलिक अपुग थियो। बस्ति वरिपरिका दृष्यलाई राम्रो संग छाँयाङ्कन गरिएको भए अझ उक्त गाउमा पुग्न र घुमघाम गर्नका लागि आन्तरिक पर्यटक जानको लागि बढवा दिनेथे  होला। 

मानेभञ्ज्याङ गाउपालिका ओखल्ढुंगा

ओखल्ढुंगाको मानेभञ्ज्याङ गाउपालिका नियाल्दा
आरुबोट भ्याल्लीबाट मानेभञ्ज्याङलाई हेर्दा
आरुबोट भ्याल्ली बाट उदयपुर गाउलाई हेर्दा

अकस्ली पार्क बाट मानेञ्ज्याङलाई नियाल्दा

Saturday, January 20, 2018

Chitawan National Park Nepal

राष्ट्रिय निकुञ्ज घुम्न जादा यसरी













HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...