पदयात्रामा
रुचि भएकाले हुम्ला देखि हिल्सा सम्म पुग्नु पर्ने नै हुन्छ। पदयात्रा गर्दा
प्राकृतिक सौन्दर्य देखि सामाजिक रहन सहन नजिक बाट नियाल्न पाईन्छ। सुनेको हुम्ला
र देखेको हेरेको हुम्ला आकास पतालको फरक पाउनु हुनेछ। The
Great Himalaya Trail 2016 को क्रममा हुम्लाको सिमिकोट देखि हिल्सा
पुग्दाका हामीले हेरेको हुम्ला भिडियो बाँड्न मन लाग्यो ।
Total Pageviews
Monday, December 11, 2017
Saturday, December 9, 2017
गुन्द्रुक र मि उस्तै उस्तै हो नानु
हाम्रो हाटबजार जु सेङ Joo Seng को सबै भन्दा स्वाँदिष्ठ खान्की मि खादा अर्थशास्तको भाषामा भन्नु पर्दा
100% स्वाँद लाग्छ। गुन्द्रुक को तलतल लाग्दा म जु सेङको मि
खाएर तलतल मेटाउछु।
Joo Seng बजारमा हलभाई
Henderson Waves हाईकिङ जादाको मोज
सामुन्द्रिक छालको आकारमा निर्मित 36-m लामो Henderson Waves पुलमा हाईकिङमा जादा खुशीले सूईसुईला गर्दै खुशीले बुर्कुसी गरेका थियौ। चारैतिरको दृष्यलाई भुल्दै कतै पोखराको सराङकोट तिर पुगेका त छैनौ भन्दै ठट्ट गर्यौ प्रेम भाई संग। रमाईलो गरेको भिडियोमा यसरी उतार्दा ।
Pedestrian bridge connecting Mount Faber Park to Telok Blangah Hill Park(Singapore)
Henderson पुलतिर बरालिदै
गत हप्ता
सिङ्गापुरको हेन्डर्सन पुल हाईकिङ गर्न निस्केका थियौ हामी। कामको खापाखाप लाई केहि
क्षण सुस्ताउनको लागि उपुक्त स्थान हो। रुखको टुप्पा टुप्पा हिडेझै लाग्ने यस पुलको
मुख्य आकर्षण हो। हिडिरहदा हामी रमाएका थियौ। हाईकिङको भिडियो झलक
सौन्दर्यमा लठ्ठ हुँदै हामी
Thursday, December 7, 2017
HortPark मा सुस्ताउन जादा
केन्ट रिज पार्कबाट हाईकिङ गर्दै Hort Park पार्क
आएका थियौ । पार्क सानो भए पनि सुविधायुक्त छ। बालबच्चा युवायुवती र बृद्धबृद्धा का लागि बरालिन गफिन
टोलिन सुस्ताउन र माया प्रिति साट्न का ज्यादै रोजक
पार्क हो । भिडियोमा यसरी उतार्दा ।
Kent Ridge Park तिर मन फकाउन जादा
कामको
चापाचाप लाई केहि क्षण भुलाउन गत हप्ता म र प्रेम भाई सिङ्गापुरको Kent Ridge Park पार्क
तिर हाईकिङका लागि हुत्तिएका थियौ। सूर्यको किरण सिधै खसेको थियो। गर्मीको वतावरण थियो। यस क्षेत्रमा हाईकिङ गर्नुको बिशेषता भनेको जंगल
भित्रका गोरेटामा हिड्नु र रुखको उचाईमा बनेका घुमाउरो काठेपुलमा हिड्नु हो। यिनै बिशेषतामा रमाउदै। जंगल
भित्रका किराको आवाज सुन्दै पसिना पुस्दै थुम्कामा पुग्यौ। खुशीले रमाएका थियौ।
प्रेम भाई र म Kent Ridge Park को वतारणमा रमाउदै ।
घुमाउरा कुईनेटामा रमाउदै हामी ।
ऐतिहासिक स्थल बुकित चन्दु
ट्रिटपको पुलमा रमाउदै हौसिदै हामी।
थुम्कामा थकान र प्याँस मेटाउदै
Wednesday, December 6, 2017
छुटिने बेलामा मन थाम्न सकिन।
छुटिने बेला भई गयो होला
फेरि भेट होलाकी नहोला
साँस्कृतिक क्लब डाँफेले पोखराको क्याम्पमा बिदाई गर्दाका । त्यो साँझ सम्झदै फेरि आज।
06Dec 2017
0900Hrs सूर्यको न्यानो उषा पोखिदै थियो। सिरसिरे बतास
चल्दै थियो । गर्मीको महसुस भएको थिएन्। आदरणिय मकर सर सेवानिवृत हुनु भई नेपाल फर्कने भएकाले सुःख
समृद्धिको कामना र बिदाईका लागि भेला भएका थियौ। पाईप
एण्ड ड्रमको धुन बज्न थाले पश्चात मनमा कुराहरु खेल्न थाले मेरो। हिल र सेन्ट्रल
सेलेक्स हुँदै रेक्रुट जीवनको कथा देखि प्रथम छुट्टीमा बैवाहिक जीवनमा बाँधिएको खुशी। तीन बर्ष छुटिएर बस्नुको पिडा। दोस्रो छुट्टीमा संगै लिएर आउदाका
हर्ष र आनन्दको तरंग। बालबच्चा हुर्कदै पाठशाला झोला बोकेर जादाका अवष्मरणिय क्षण । सोच मग्न हुँदै गर्दा पाईप एण्ड ड्रमको धुन रोकियो ।
भान्जा र भान्जीलाई पुलुक्क हेरे। भाबुक र मलिन देखिन्थे उहाँहरु। किन नहोस! बिकसित राष्ट्रमा हुर्केका नानीहरुले नेपालमा नयाँ जीवनको संघर्षका अध्यायहरु हुने छ्न्। भान्जा र भान्जीको मलिन
अनुहार देखे पछि आँखा रसाए मेरो। केहि बर्ष पछि मेरा नानीहरुको यस्तै दिन नजिकिदै छ । एक दिनको उठबसमा
मान्छेलाई छुटिनु पर्दा भारी हुन्छ भने दुई दशक को बसाईको दौरानमा आफन्त र
चिनारुहरु संग छुटिनु पर्दा पक्कै पनि मन भक्कानिन्छ। दिदीबहिनीहरु छुुटिनुको पिडा आँसु मार्फत देखाउदा वतावरणमा सन्नाटा छाएको थियो।
समाजबाट बिदा भएर जानु पर्दा पक्कै पनि भाबुक भईन्छ । भावुक मुद्रामा मकर सर।
दिदिबहिनीहरु
र आफन्त संग अन्तिम बिदाई गर्ने क्रममा । छुटिनु कसलाई रहर हुन्छ । तर जीवन भनेकै ऋतु जस्तै हो।
बिदाईका
लागि हात मिलाउनु हुँदै मकर सर । मलिन र भाबुत्तामा देखिनु हुँदै भान्जी ।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...
