Total Pageviews
Saturday, November 4, 2017
अलजुनिड पार्कमा कसरत गर्दाका सम्झना
आज बिहान
कसर गर्नका लागि हिड्डुल गर्ने क्रममा आदरणिय गुरुजी संग अलजुनिड पार्कमा झ्याँप्पै भेटघाट
भयो हाम्रो।यहि आउदो महिना स्वदेश फर्कदै हुनुहुन्छ उहाँ।२५ बसन्तको
बसाईमा अलजुनिड पार्कमा कसरत गर्दा गुरुजी,नंम्बरी र भाईहरु संग स्ट्रेचि,रनिङ र
कुल डालउन गर्दाका सम्झनाहरु भिडियो कुरामानी यसरी बाँड्नु भयो।
Friday, November 3, 2017
Great Himalaya Trail (Day 27 Rara Lake)
Great Himalaya Trail (Day 27 Rara Lake)
Day-27
Great Himalaya Trail
Gamgadhi to Rara Lake (Mugu)
07 August 2016
0900Hrsउठ्यौ। गमगढीको डेनल होटलको बार्दलीमा घाम
छरिसकेको रहेछ। वाईफाई चलाउदै चिया पिउदै घाम ताप्दै बार्दलीमा बस्यौ। मुगु
कर्णाली नदी धमिलो रंग बोग्दै स्वाँङ आवाज बगेको प्रस्टै सुनिन्थ्यो। चारै तिर घाम
लागेको देखिन्थे। सेतो कुहिरोको हुल थुम्का तिर उड्दै गरेको देखिन्थे। तीन दिन बसेको
खाएको जम्मा बिल ९००० तिरी 1030Hrsडेनल होटलबाट लाग्यौ
राराताल तिर। रेडिसन क्याँफेमा खाना खान छिर्यौ। ईश्वर मल्ल जी र हाम्रो सहयोगी
भौउ बहादुर पनि 1040Hrs आईपुग्नु भयो। खाना खादै रमाईलो गफगाफ
गर्दै बस्यौ। ईश्वर जी संग फेरिभेटौला भन्दै हात मिलाउदै 1200Hrs बिदा भयौ गमगढी बजार बाट।
मुगुको गमगढी बजार डेनल होटल सामुन्ने छुटिनु पुर्व सामुहिक तस्विर लिने क्रममा रिलदुक भाई र उहाँको साथीहरु माँझ म र किशोर सर । फोटोग्राफर बिशाल भान्जा।
उकालो बाटो खुईया गर्दै नबिसाई कछुवाको गतिमा उक्लियौ ४ जना।
कतै घाम कतै सिमसिम पानी परेको देखिन्थे वारीपारीको डाँडा तिर । चंखेलीको लेकमा कुहिरोले
छोपी राखेको देखिन्थ्यो।1500Hrsरारातालमा पुग्यौ। दुबै तिरका आर्मी चेक पोष्टका सुरक्षा सेनाले
हामीलाई चिनिसकेका थिए यात्रा रमाईलो होस भन्ने शुबेच्छा दिए। होटल हेरिटेजका हेम
भाईको सत्तकारले हामीलाई मख्खै बनाई हाले फेरी लठ्ठै भयौ। साँझको आगमन संगै मुसलधारे
पानी पर्न थाल्यो। मुगाली तीनपानेको साथमा हामी गफिदै बस्यौ। जुनकुरी भुसुना र किरा फट्याँङ्ग्रा सोलार बत्तीमा
वरिपरि ठोकिदै थिए। 2000Hrs खाना खायौ। 2100Hrs सुत्न गयौ। बिशाल भान्जालाई गुलाम अलीका गीतहरु मोबाईमा बजाउन बित्ति
गरे। भोलि जु्म्ला तिर हानीने योजना गर्दै संगीत सुन्दै कति बेला भुसुक्कै भए छौ।
मुगुको गमगढी बजारको रेडिसन क्याँफेमा ईश्वर मल्लका साथमा म बिशाल भान्जा र किशोर सर हर्षित मुद्रामा हामी

Great Himalaya Trail (Day 26 Rara Lake)
Great Himalaya Trail (Day 26 Rara Lake)
Day-26
Great Himalaya Trail
Rara Lake to Gamgadhi (Mugu)
06 August 2016
किशोर सर म रारातालको सौन्दर्यमा मस्त हुँदै गर्दा बिशाल
भान्जाले सुटुक्कै खिचिदिनु भएको तस्विर RARA Lake,Mugu Nepal
0730Hrs बजे उठ्यौ। रातभरी पानी पर्ने बिहान र दिउसो
भरी पारिलो घाम लाग्ने भएकाले रारा तालको बसाई र रारातालको सौन्दर्य नियाल्न हामी
भाग्यमानी भयौ भन्दै होटल हेरिटेजको बार्दलीमा राराताल नियाल्दै कफिको सुर्का पनि दिदै गफिदै बस्यौ। मेरा भाई रिलदुक र उहाँको साथीहरु काठमाण्डु देखि बाईक बाट राराताल हेरी झरीले गर्दा काठमाण्डु फर्कनु बाटो अवरोध भएकाले हाम्रो भेटघाट गमगढीमा भएको थियो।दुई दिनको रारातालको बसाईमा पुरै झरि र भुईकुहिरोले राराको रमिता हेर्न नपाएको गुनासा सुनाएका थिए।
0800Hrs खाजा खायौ। हेम भाईले स्वाँदिष्ट खाजा बनाएका थिए। हेम भाईले गमगढी बाट
जुम्ला जानु भन्दा चुच्चेमारा लेक हुँदै जु्म्ला जादा रमाईलो पदयात्रा हुने भनेकाले । समान लिन फेरि गमगढी जाने योजना बनाएका थियौ। हाम्रो योजना थियो
राराताल घुमे पछि मुगु हुँदै तल्लो र माथिल्लो डोल्पा हुँदै मुक्तिनाथ निस्कने
योजना।अपसोच उक्त बाटो हिडेका कुनै
गाईड वा भरिया गमगढीमा पाएनौ। किशोर सरको मित्र ईश्वर जीले गमगढी हुँदै सिंञ्जा
भ्याल्ली हुँदै जुम्ला जाने सल्लाह दिएका थिए गमगढी बसाईमा। जुम्लाको गोठीचौउर
हुँदै डोल्पाको दुनै जाने योजना बनायौ त्यस पछि हामीले।
भिलेज हेरिटेज होटलको पल्ङमा हामी
0830Hrs राराताल बाट गमगढी तिर झर्यौ । सरसमान लिने
र फर्कने योजनाले। 1030Hrs गमगढी पुग्यौ। गमगढीको मिठो खाना
देखि मःम साथै मिठो चाउमिन पाक्ने रेडिसन क्याँफेमा छिर्यौ। ईश्वर मल्ल जीलाई
बोलायौ। भरिया र गाईडको काम जुम्ला सम्मका लागि उहाँले रारा बाट फर्कदा खोजी
राखिदिन्छु भन्नु भएको थियो। राराताल फर्कने योजना थियो तर थाकेको महसुस भएकाले
भोलि फर्कने सल्लाह भयो । बिशाल भान्जा किशोर सर ईश्वर मल्ल जी संग बियर र कफि को
साथमा मःम चाउमिन खादै गफिदै बस्यौ । बेलाबेलामा वाईफाई चलायौ। साँझको खाना पनि रेडिसनमा खायौ चार जनाले।
भोलि भेटौला भन्दै ईश्वर जी संग बिदावरी भई 1900Hrs हामीले समान छोडेको डेनल होटल
तिर लाग्यौ। फिसफिस पानी पर्दै थियो। डेनल होटलमा मुगुका शेर्पा साथीहरु संग
परिचय भयो। उहाँहरु जग्गाको कारोबारका लागि गमगढी आएका रहेछन्। हामी घुम्न
निस्केका मुगु हुँदै डोल्पा जाने गाईड नपाएकाले जु्म्ला हुँदै जाने योजना सुनायौ।
उहाँहरुले डोल्फु र मुगु हुँदै सेफोक्सुण्डो सम्म गाईड गरिदिने बताए। हामी नेपाल घुम्न
निस्केको कुरा बताए पछि त झनै उहाँहरुको गाउ घुमाउने उत्सुक्ता देखाउनु भयो। तर
हामीले माफ माग्दै भन्यौ। रहर थियो मुगु हुँदै जाने तर फेरी रारातालमा हामीले समान
छोडेकाले मुगु बाट तपाईको गाउ हुँदै डोल्पा निस्कने रहर कुनै दिन आउला भन्यौ। राराताल बाट चुच्चेमारा लेक हुँदै जुम्ला र डोल्पा जाने योजना यहाँहरुलाई
सुनायौ। करिब३०मिनेट गफगाफ गर्यौ।वाईफाई चलाउदै2130Hrsबस्यौ।भोलि बिहानको 1100Hrs राराताल
लाग्ने योजनाले शुभरात्री भन्दै सुत्यौ। सिमसिमे पानी बाहिर पर्दै थियो । तल
पुछारमा मुगु कर्णाली नदी बग्दै गरेको आवज सुनिन्थ्यो।
रारातालको प्राङ्गनमा अवस्थित होटल भिलेज हेरिटेज

Thursday, November 2, 2017
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...