Total Pageviews

Friday, November 3, 2017

Great Himalaya Trail (Day 26 Rara Lake)

Great Himalaya Trail (Day 26 Rara Lake)
Day-26 
Great Himalaya Trail
Rara Lake to Gamgadhi (Mugu)
06 August 2016
किशोर सर म रारातालको सौन्दर्यमा मस्त हुँदै गर्दा बिशाल भान्जाले सुटुक्कै खिचिदिनु भएको तस्विर RARA Lake,Mugu Nepal 

0730Hrs बजे उठ्यौ। रातभरी पानी पर्ने बिहान र दिउसो भरी पारिलो घाम लाग्ने भएकाले रारा तालको बसाई र रारातालको सौन्दर्य नियाल्न हामी भाग्यमानी भयौ भन्दै होटल हेरिटेजको बार्दलीमा राराताल नियाल्दै कफिको सुर्का पनि दिदै गफिदै बस्यौ। मेरा भाई रिलदुक र उहाँको साथीहरु काठमाण्डु देखि बाईक बाट राराताल हेरी झरीले गर्दा काठमाण्डु फर्कनु बाटो अवरोध भएकाले हाम्रो भेटघाट गमगढीमा भएको थियो।दुई दिनको रारातालको बसाईमा पुरै झरि र भुईकुहिरोले राराको रमिता हेर्न नपाएको गुनासा सुनाएका थिए।

0800Hrs खाजा खायौ। हेम भाईले स्वाँदिष्ट खाजा बनाएका थिए। हेम भाईले गमगढी बाट जुम्ला जानु भन्दा चुच्चेमारा लेक हुँदै जु्म्ला जादा रमाईलो पदयात्रा हुने भनेकाले । समान लिन फेरि गमगढी जाने योजना बनाएका थियौ। हाम्रो योजना थियो राराताल घुमे पछि मुगु हुँदै तल्लो र माथिल्लो डोल्पा हुँदै मुक्तिनाथ निस्कने योजना।अपसोच उक्त बाटो हिडेका कुनै गाईड वा भरिया गमगढीमा पाएनौ। किशोर सरको मित्र ईश्वर जीले गमगढी हुँदै सिंञ्जा भ्याल्ली हुँदै जुम्ला जाने सल्लाह दिएका थिए गमगढी बसाईमा। जुम्लाको गोठीचौउर हुँदै डोल्पाको दुनै जाने योजना बनायौ त्यस पछि हामीले।
भिलेज हेरिटेज होटलको पल्ङमा हामी

0830Hrs राराताल बाट गमगढी तिर झर्यौ । सरसमान लिने र फर्कने योजनाले। 1030Hrs गमगढी पुग्यौ। गमगढीको मिठो खाना देखि मःम साथै मिठो चाउमिन पाक्ने रेडिसन क्याँफेमा छिर्यौ। ईश्वर मल्ल जीलाई बोलायौ। भरिया र गाईडको काम जुम्ला सम्मका लागि उहाँले रारा बाट फर्कदा खोजी राखिदिन्छु भन्नु भएको थियो। राराताल फर्कने योजना थियो तर थाकेको महसुस भएकाले भोलि फर्कने सल्लाह भयो । बिशाल भान्जा किशोर सर ईश्वर मल्ल जी संग बियर र कफि को साथमा मःम चाउमिन खादै गफिदै बस्यौ । बेलाबेलामा वाईफाई  चलायौ। साँझको खाना पनि रेडिसनमा खायौ चार जनाले।


भोलि भेटौला भन्दै ईश्वर जी संग बिदावरी भई 1900Hrs हामीले समान छोडेको डेनल होटल तिर लाग्यौ। फिसफिस पानी पर्दै थियो। डेनल होटलमा मुगुका शेर्पा साथीहरु संग परिचय भयो। उहाँहरु जग्गाको कारोबारका लागि गमगढी आएका रहेछन्। हामी घुम्न निस्केका मुगु हुँदै डोल्पा जाने गाईड नपाएकाले जु्म्ला हुँदै जाने योजना सुनायौ। उहाँहरुले डोल्फु र मुगु हुँदै सेफोक्सुण्डो सम्म गाईड गरिदिने बताए। हामी नेपाल घुम्न निस्केको कुरा बताए पछि त झनै उहाँहरुको गाउ घुमाउने उत्सुक्ता देखाउनु भयो। तर हामीले माफ माग्दै भन्यौ। रहर थियो मुगु हुँदै जाने तर फेरी रारातालमा हामीले समान छोडेकाले मुगु बाट तपाईको गाउ हुँदै डोल्पा निस्कने रहर कुनै दिन आउला  भन्यौ। राराताल बाट चुच्चेमारा लेक हुँदै जुम्ला र डोल्पा जाने योजना यहाँहरुलाई सुनायौ। करिब३०मिनेट गफगाफ गर्यौ।वाईफाई चलाउदै2130Hrsबस्यौ।भोलि बिहानको 1100Hrs राराताल लाग्ने योजनाले शुभरात्री भन्दै सुत्यौ। सिमसिमे पानी बाहिर पर्दै थियो । तल पुछारमा मुगु कर्णाली नदी बग्दै गरेको आवज सुनिन्थ्यो।
रारातालको प्राङ्गनमा अवस्थित होटल भिलेज हेरिटेज

Thursday, November 2, 2017

सल्यानको कुपिण्डे दह पुग्दा

सल्यान जिल्लाको कुपिण्डे दह पुग्दा खुशीले हामी चौप्ट भएका थियौ। मैल दहलाई बिभिन्न दिशा बाट उतार्ने प्रयास ।
 कुपिण्डे दह
 कुपिण्डे दह


कुपिण्डे दह

रुकुमको कमल दह तिर बरालिन जाँदा

रोल्पा र रुकुम जिल्लाको झरना र ताल नियाल्न जाने क्रममा शुरुमा लाग्यौ हामी रुकुमको बाँफीकोटमा अवस्थित स्याँर्फूताल हेर्न। स्याँर्फूताल नियाल्यौ। दोस्रो गन्तब्य थियो रुकुमकै रुकुमकोटमा अवस्थित कमल दह। कमल दहमा पुग्दा हामी खुशीले रमायौ। मैदान बाट कमल दहलाई मैले यसरी उतार्ने प्रयास गरे।

कमल दहको लागि हिड्यौ दिउसो २बजे स्याँर्फूताल बाटसानी भेरी तरि स्याँलापाखामा साँझको ५ बजे पुग्यौ। स्याँलापाखाको होटलमा असलमाछा खाँदै जीप पर्ख्यौ। मुसिकोटबाट रुकुमकोट चिप सेवा संञ्चालन हुँदो रहेछ। जीप नआए स्याँलापाखामा बस्ने योजना बनाएका थियौ हामीले। हाम्रो यात्रामा म संग मेरो नम्बरीहरु 14588 14562 14610 र 20018 थियौ। साँढे पाँचमा खचाखच भरिएको जीप आए। सिटखाली छ भन्दै हामीलाई पनि हुटमा बस्न भने । हामीले पनि हुटमा सिट बनाई हाल्यौ। दुर्घटना भयौ भने सिधै सानी भेरीको भंगालमा झ्याँम्मै। साँझको ८ बजे रुकुमकोटमा पुग्यौ। बाटामा स्याँलहरु निक्कै हेर्न पायौ। बाटा मुनि र माथी बत्तिएर दगुर्थे स्याँल । जीपको प्रकासले गर्दा स्याँलको आँखा लरबरिदो रहेछ। खाना खायौ। समान्य होटलमा हाम्रो बास भयो। सुते देखि मिरमिरे बिहानी सम्म स्याँल खुबै कराउदो रहेछ। गजब लाग्यो स्याँलहरुको दोहरी खेल्ले भाकाले। बिहानको साँढे पाँच बजे उठ्यौ। चिया पियौ। त्यस पछि कमल दह नियाल्दै मैदानको थुम्का उकल्यौ। मैदानमा तातो तातो चाउ चाउ खादै कमल दह नियाल्दै साथमा सिस्ने हिमालको चिसो सिरेटेपनि लिदै २ घण्टा बस्यौ मैदानको थु्म्कामा। जनयुद्धताका सहिद भएकाहरुको समाधि स्थल पनि निर्माण गरेका रहेछ मैदानमा । नाम चाही मैदान तर भौगलिक स्वरुप भने थुम्का ।




 रुकुमकोटमा अवस्थित कमल दह
 रुकुम जिल्लाको रुकुमकोटमा अवस्थित कमल दह। मैदानको थुम्काबाट दहलाई उतार्दा
 शाही र मल्ल समुदायको बस्ति रुकुमकोट। खोचमा सानी भेरी आफ्नै गतिमा ।
कमल दह र क्षितिजमा सिस्नेहिमपर्वत माला

Wednesday, November 1, 2017

दैलेख बजारका एेतिहासिक स्थलहरु नियाल्दा

 दैलेख बजार वरिपरि । प्राचिक कालका आस्थाका देवालय।


  दैलेख बजारमा अवस्थित एेतिहासिक दरबार
  दैलेख बजारमा अवस्थित एेतिहासिक दरबार
 दैलेख बजारको स्वरुप
 दैलेख बजार
 घाम डुब्न लाग्दै । दैलेख बजार बाट नियाल्दा।
दैलेख बजारको नेपाल आर्मीको हेलीप्याड

शुक्लाफाँटा आरक्षमा पुग्दा

हात्ती सयल गरि शुक्लाफाँटा आरक्ष सफारी गर्न पाउदा हौसिएको थिए। मृगका बथान फाँटमा घास चपाईरहेका देखिन्थे। हामीलाई देख्ने बित्तिकै टाप घाँसभित्र। चितवन निकुञ्जका मृग भने अटेरी। सालघारीको बाग्लो जंगल भित्र माहुते र म खासखुस गर्दै सयल गर्दाको क्षण गजब थियो। न्यानो घाम लागेको थियो। हल्का गर्मी महसुर भएको थियो। ब्राहसिंगेको हेर्नका लागि यस आरक्ष प्रख्यात भए पनि ब्राहसिंगेको हुल नियाल्न नपाउदा अलिक नमज्जा लागेको थियो। दुई घण्टाको जंगल सफारी रमाईलो भएको  थियो।







टनकपुर हरियाली वारी मरुभूमि

कञ्चनपुर जिल्लाको ब्रम्हदेब गाउ जहाँ टनकपुर ब्याँरेजको बिशाल जलासय नियाल्न मन लागेर गएको थिए। पुग्दा  खुशी हैन दुःखी भए। हर्षले उफ्रिन मन लागेन्। मननै उदास भएर आएको थियो ।
(2012 मा घुम्न र हेर्न पुगेको थिए।)

 टनकपुर ब्यारेज पारी भारत
 पारी टनकपुर भारत वारी ब्रम्हदेब नेपाल
 टनकपुर ब्याँरेज
 टनकपुर शहर हरियाली वारी सुख्खा
 ब्रम्हदेब गाउ नेपाल
 ब्रम्हदेब गाउ नेपाल। ब्याँरेज पु्ग्नका लागि बाईरोडको सडक
 ब्रम्हदेब गाउ नेपाल
 पारी टनकपुर वारी ब्रम्हदेब नेपाल
ब्रम्हदेब गाउ

झिलिमिली ताल हेेर्नुको मोज


झिलिमिली ताल कञ्चरपुर जिल्लाको महाभारत पर्वतमालमा अवस्थित छ। ब्रम्हदेब गाउबाट हिडेर दुई घण्टमा पुगेका थियौ। स्थानिय गाईड लिएर गएको थिए ३ बजे। सालघारी र झोर फाँड्दै सटकट बाटो हिडेका थियौ। के को छिटो पुग्नु नी हराएर लम्फु भईसकेका थियौ हामी। पाँच बजि सक्दा पनि अझै झिलिमिली ताल भेटेनौ। मैले फर्कनु पर्छ भने । रात पर्यौ भने हामी संग बत्ती छैन्। हैन म यहिको मान्छे धेरै पटक आई सकेको हुँ। मलाई १५मिनेट दिनुस है भन्दै डाँडा तिर उक्लिन थाले। म र मेरो चालक भाई थाकेर ढुंगामा बसेका थियौ। बाग्लो सालघारीको जंगल छ।  करिव ५मिनेटमा ताल भेटियो आउनु भने । नजिकै रहेछ। जंगल र थुम्काको फेदीमा अवस्थि रहेछ झिलिमिली ताल। कालो प्रजातीको बुढीऔंलाको आकारको माछा हुल हुलमा सलबलाउदै देखिन्थे। धुप बत्ती बाल्यौ । घण्टी बजायौ। कुटी पनि रहेछ । जोगी बस्ने रहेछ तर हामी जादा जोगी देखेनौ। 

१०मिनेट बसे पछि ओरालो बाटोमा बत्तेर झर्यौ रात पर्छ आँखा देखिदैन भनेर। नभन्दै ब्रम्हदेब  गाउ देखिन थाले पछि झम्के साँझ भईहाल्यो। टनकपुर तिर बिजुली झिलिमिली बलेको देखे नेपाल तिर पुरै अन्धकार। छामछाम छुमछुम गर्दै ब्रम्हदेब गाईडको घरमा आईपुग्दा थाकेर लोथ भएका थियौ। चिया खाएर जानुस भने पछि चिया पिउदै झिलीमिली ताल मा हराउदाको क्षण सम्झदै हाँस्यौ।

लामपुच्छ्रे चरा कराउदा मलाई संका लागेको थियो कि बाघ छ कि बाँदर  मन मनै सोच्दा नभन्दै केहि क्षण पछि बाघको गन्ध आएको कुरा मैले भन्दा गाईड भाईले भने होनी मैले पनि थाहा पाएको थिए । तपाई डराउनु हुन्छ भनेर केहि नभनेको। तर मेरो चालक भाईलाई थाहा नपाएको कुरा बताए। चालक भाई गाईडको नातेदार थिए। गाईड भाईलाई १००० दिए। चालक र म महेन्द्रनगरको ओपरा होटल आईपुग्दा साँझको ९ बजेको थियो। संगै बसेर साँझको खाना खायौ। चालक भाईलाई भने चाँदनी दोधरा शुक्लाफाँट टनकपुर घुमाईदिनु भयो धन्यवाद । दिनभरी चिपमा घुमाउदाको शुल्क ८००० दिए। 
(2012 सालमा झिलिमिली ताल हेर्न गएको थिए।)
झिलिमिली ताल  घाम अस्ताउने बेलामा पुगेका थियौ। खुशीले धेरै रमाएका थियौ।

 घाम डुब्न लाग्दा झिलीमिली तालमा पुग्दा रमाएका थियौ।

 झिलिमिली तालको छेवैमा कुटी पनि रहेछ। उक्त कुटीमा जोगी बस्ने गर्छन् तर हामी पुग्दा कुटी खाली थियो। 
 ब्रम्हदेब निवासी स्थानिय मेरो गाईड भाईले मलाई झिलिमिली ताल देखाउनु लैजानु भएको  थियो।
झिलिमिली ताल

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...