सन्
१९९६ देखि हाल सम्म बडा दशै पर्व मनाएका अतिका स्वर्णिम सम्झनाहरु सम्झन मन
लाग्यो।दशै पर्वमा पुरुषले सुरिलो पोशाक र दिदिहरुले साडी मात्र पहिर्न्थे । एक
महिना अगाडि देखि नेपालका आफन्तलाई दशैका शुभकामनका ग्रिटिङ्स कार्ड हुलाक मार्फत
पठाउथ्यौ। लिमचुकाङ देखि राँगा र बोका ल्याई बलि दिन्थे कालरात्रीमा। बलि दिएका राँगालाई
साँङनिला उत्तामा मा लगि भुटभाट साथै बिलो लगाउथे। बोका र राँगा लिमचुकाङमा बन्द
भए पछि अष्ट्रेलियाबाट राँगा र बोका ल्याईन्थ्यो। लाग्थ्यो हामी हाम्रै गाउबस्तिमा
दशै पर्व छाएको जस्तै हुन्थ्यो। A देखि Z भवनको बलेसीमा र
पछि हाईराज भवनको कुलेसामा मेसिङ् गजबले पाक्थे साथमा ड्राफ्ट बियरको चिसो चुस्कीमा
तालिम र अन्य कामको तनाब बाट केहि क्षण पर भगाउथ्यौ। अतिका ति स्वर्णिम दिनहरु आज
सम्झदा आनन्द लाग्छ।
डेक्स्टोन
रोड बाट सन् १९५३मा माउण्ट भर्नन् ब्यारेकमा सर्दाका निमार्ण भएका भवनहरु साथै भौगलिक स्वरुप हाल देख्न पाईन् । पुरै परिवर्तन भईसके। हालमा देखिएका भौतिक संरचनाहरुको दृष्य यस्तो होला भनेर कल्पना पनि गरेका थिएनौ हामीले।
पचासको
दशकमा निर्मित भवनहरुलाई पुर्ननिर्माण गर्ने भएकाले दशै पर्व मनाउने स्थानहरु
परिवर्तन हुँदै गए हाम्रो। पुरानो कवाज ग्राउण्डमा सन् १९९८ साल सम्म हर्ष
उल्लासको साथ मनायौ। तस्विर खिच्चका लागि ड्रिल सिड भित्र सामान्य तुल राखिएको
हुन्थे । पुरानो कवाज ग्राउण्डको भित्तामा सामान्य खालको मञ्चमा साँस्कृतिक कार्यक्रम हुन्थे। पछाडी
मुग्लिस टोली मेरै मञ्च हो भनेर हल्ला गर्दै नाँच्थे बियरको फोरा आकासमा फालिन्थे।
घुच्चिले कसैका ओठ र गालमा फोका पनि देखिन्थे। सन् १९९९ देखि V
ब्लगको सामुन्ने केहि बर्ष दशै पर्व मनायौ। साङनिला उत्तामा हुँदै OBS सम्म पुग्यौ।
सुविधा
युक्त कवाज ग्राउण्ड निर्माण भए पछि हाल हरेक साल दशै पर्व आउदा खुशीले छाती फराकिलो भएर आउछ। गर्वको अनुभव हुन्छ।
सुविधा युक्त मञ्च,गुणस्तरिय साउण्ड स्टिम सम्झनाका लागि तस्विर
खिच्ने तुल साथै मिश्रित समुदाय भएकाले आफ्ना आफ्ना जातित्वका भेषभुषाको पहिरणमा देखिदा झन अर्को गर्वाणित लाग्छ। नेपाल बाट आएका साँस्कृतिक समुहको मौलिक नृत्य र अन्य झाँकीको रमझममा संगै बसेर श्रीमान् श्रीमती हातमा चिसो ड्राफ्ट बियर पिउदै हर्षित र प्रसन्न मुद्रामा संगीतमय वतावरणमा लठ्ठ भएको दृष्यले थप खुशी तुल्याउदो रहेछ। नृत्य प्रेमी श्रीमान्
श्रीमती दिदीबहिनी वा नम्बरनीहरु साङ्गीतिक हाउभाउको लयमा डुबेर नाँच्दै गरेको देख्दा झन खुशीको सिमान नाँग्दो रहेछ । फरक परिवेषले गर्दा होला मलाई लाग्छ दशै पर्वले कामको खापाखापलाई भुलाउन साथै दिदीबहिनीहरुलाई भान्छा कोठाको एकनासको काम बाट मुत्ति दिलाउने काम गर्छ दशै पर्वले ।
सम्झनाको लागि पुरानो ड्रिल सिड भित्र हामी रमाउदै। फिल्मको जवामा खिचिएको तस्विर। डिजिटल युग थिएन्।
पुरानो कवाज ग्राउण्डमा
दशै पर्वको सम्झना
पुरानो कवाज ग्राउण्डमा साँस्कृति कार्यक्रम समाप्त भए पछिको क्षण ।
सन्
१९९७ सालमा पुरानो ड्रिल सिड भित्रको दशै पर्वको माहोल । ६ महिना बिदा जाने र आउने
बेलामा ओसी साबले हामीलाई ब्रिफिङ गर्नु हुन्थ्यो। पलेटी मारेर बस्थ्यौ हामी। फोटो
र सम्झनामा सिमित अब।
V
Block को अगाडी दशै पर्व को खुशीयालीमा भान्जीहरको समुह सामुहिक
फोटो खिच्नु हुँदै। त्यस बेला Digital प्रविधिको क्यामरा
भर्खर भित्रिएका थिए। फिल्म वाला क्यामराले खिचिन्थ्यो प्राय जसो त्यस ताका।
V Block सामुन्ने भान्जीहरु फोटो खिच्नका लागि तयारी हुँदै ।
V Block को अगाडी दशै पर्व सम्झना अब फोटोमा सिमित।
V Block को सामुन्ने दशै पर्व सम्झना । भान्जा र मामाहरुको सामुहिक फोटो ।
V Block को अगाडी दशै पर्वको सम्झना ।
V Blockको अगाडी दशै पर्वको सम्झना ।
V Block को अगाडी दशै पर्व सम्झना ।
V Blockको अगाडी दशै पर्व सम्झना ।
V Blockको अगाडी दशै पर्व सम्झना ।
OBS दशै पर्वको खुशीयालीमा भान्जीहरुको समुह बाट सामुहिक नृत्य ।
OBS दशै पर्वको खुशीयालीमा भान्जीहरुको समुह बाट सामुहिक नृत्य
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
OBS मा दशै पर्वको माहोल
दशै पर्वमा हर्ष र उल्लासका साथ रमाउनु हुँदै।