Day-23
Great Himalaya Trail
Gamghadhi To Rara Lake (Mugu)
03 August 2016
रारा तालको आगनमा रमाउदै हिड्दै म र किशोर सर ।
0545Hrs उठे म। मोतिलाल भाई उठिसकेर सिमिकोट फर्कनका लागि तयार भईसकेका रहेछ। मैले चिया पिए । मोतिलाल भाईले वाईवाई खाजा र रोटी
आलु खाजा खाए। दिनको रुपैयाँ 2000का दर र टिप्स हिजो बेलुकी
दिएका थियौ। किशोर सर र बिशाल भान्जा सुतिरहेको कोठामा बिदा माग्न गए। 0600Hrs म र मोतिलाल भाईले हात मिलाउदै राम्रो संग सिमिकोट पुग्नु होला
भन्दै अन्तिम हात मिलाउदै मोतिलाल भाई गमगढी देखि हिडे। मोतिलाल ले आफूले पढ्न नपाए
पनि आफ्नो श्रीमतीलाई कक्षा ८ मा सिमिकोटमा पढाउदै रहेछ। प्रेम बिवाह गरेका
रहेछ। भारी बोकेर भए पनि श्रीमतीले कति पढ्न चहान गर्छन् त्यति सम्म मढाउछु भनेको
छु। कहिले काही मेरी बुढीले स्कूल छोड्ने कुरा गर्दा पनि मैले छोड्नु हुदैन भनेर
भन्छु भनेर हामीलाई सुनाएका थिए। उनी एकदम मिहेनेती र ईमान्दार मान्छे रहेछ। उसको
पेशा भनेकै ट्रेकिङ को भारी बोक्ने रहेछ। कर्णालीको सबै क्षेत्रमा भारी बोकेर
पुगेका रहेछ।
मोतिलाल भाई गए पछि कफि पिउदै ईन्टरनेट चलाउन थाले मैले। ८ बजे किशोर सर
र बिशाल भान्जा पनि ब्युँझ्नु भयो। आकास खुलेको थियो। घाम पारिलो लागेको थियो। रिल
दुक भाई र उहाँको साथीहरु संग गफगर्दै कफि र चिया ३ पटक सम्म पियौ। पल्सर बाईक यात्रा सफल रहोस सुर्खेत सम्म राम्रो संग जानु होला
भन्दै हामीले हात मिलायौ र छुटिनु पुर्व सामुहिक फोटो खिच्यौ। 0900Hrs भाई रिलदुक र उहाँको साथी हिलोमा बाईक लर्वराउदै लाग्नु भयो । म र
बिशाल भान्जा कमाल काट्न लाग्यौ हजामको मा। खाजा खाना हामी ३ जना किशोर
बिशाल र म रेडिसन क्याँफेमा गयौ। ईन्टरेनट चलायौ। रारा ताल २ दिन बस्ने । फर्कने
गमगढीमा । त्यस पछि गमगढी देखि सिन्जा जाने योजना भएकाले हामीले हाम्रो समान केहि
नलैजानेक्यामरा र स्लिपिङ ब्याग मात्र बोकेर लैजाने भयौ। बाँकी हाम्रो समान कोठामा राख्यौ। दिनको १००० का दरले।
1300Hrs रेडिसन होटलमा खाजा खान पस्यौ। ईश्वर सरलाई बोलाएका
थियौ।आरामले ३ घण्टामा पुगि हालिन् रारा ताल भन्दै गफ हान्दै बस्यौ।1500Hrs बाटो लाग्यो गमगढी देखि रारा ताल तिर। घाम लागेको थिएन । पानी पर्ने छनक देखिरहेका थियौ क्षितिजको थुम्का तिर।
बिधार्थीहरु स्कूल र क्याम्पस सकेर घर उक्लिदै थिए। फोटो खिच्दै कछुवाको गतीमा
हिड्यौ। किशोर सर र बिशाल भान्जाले रारा ताल कति घण्टामा पुगिन्छ सोधे छन् स्थानियलाई । 1730Hrs आर्मीले गेट बन्द गर्छन् तपाईहरु छिटो
जानुस भनेछन्। म गमगढि बजारको तस्विर खिच्दै थिए। हातको ईसार गरेर छिट्टो आउनु
भने किशोर र बिशाल भान्जाले। ४ बजेको थियो। गेट बन्द हुन्छ रे । के अव साढे एक घण्टा पुगिन्छ। हामी एक आफसमा सल्लाह गर्यौ। त्यस पछि कसियौ हिड्नलाई। हाम्रो गति बढ्न थाल्यो हिड्नमा तर बाफ्रे उकालो
बाटो लमक लमक लम्क्यौ। पसिनै पसिना छ।थाकेर लोथ भई सकेका थियौ।बाटामा आमा मातेर लोथ छोरीले समाउदै हिडेका भेटेका थियौ।
आर्मी चेक पोष्ट आउनु भन्दा मुनि एक चमेना गृह रहेछ । चेक पोष्टको गेट कति बजे बन्द गर्छ । शुरुमा सोध्यौ। साँझको ७ बजे
भने पछि हामी ढुक्क भयौ। घडि हेरे ५ बजेको थियो। चिया पियौ। धारामा मुख धुयौ।
फ्रेस भयौ। ५तिस बजे आर्मी चेक पोष्टमा नाम लेखायौ। झोलका समानहरु जाँच गरे आर्मीले। दिन छोटो भएको समय ५ बजे र दिन
लामो समय भएको बेलामा ७ बजे गेट बन्द हुने कुरा बताए आर्मी भाईले। लोभ लाग्ने
सल्ला घारीभित्र को तेर्स्रो बाटोमा रारा ताल कति बेला देख्न पाईला भन्दै हुटहुटी
भईरहेको थियो हामीलाई। निलो रंगमा रारा ताल फ्याँट्टै देख्दा हामी हर्षले
चिच्याँयौ। फोटो खिच्न थाल्यौ।चारै तिरका डाँडामा सेतो कुहिरो डुल्दै गरेका थिए। हिड्ने बाटोको दाँया बाँया ठाउ ठाउमा खल्डो खनेका रहेछ फोहोर मैला राख्नका लागि। सल्लाका रुखहरु एउटै साईजका देखिन्थे।
निकुञ्जको आर्मी ब्यारेकमा आईपुग्यौ। फेरि नाम
लेख्यौ। हाम्रो झोलाको समान चेक गरे। रारा तालको पानी शान्त छ। गोधुली साँझले
स्वागत गर्न थाली सकेको थियो। रहर लाग्ने दृष्य र वतावरणमा हामी हेरी बस्यौ। साँझको
७ बजेको थियो रारा ताल पुग्दा। मुर्मा गाउका ३ जना पुरुष र २ जना महिला मगगढी
हिडेका भन्दै थिए। छिटो नाम लेखिदिनुस रात पर्यौ भन्दै थिए। ति पुरुषको बोल्ने ढंग
रुखो सुनिन्थ्यो। आर्मीलाई झोक चलेछ । घडी
हेर कति बज्यौ। तलाई फर्काईदिउ । छेवैमा आर्मीका क्याप्टेन पनि थिए। उसले पनि
भक्कु थर्काए। यिनीहरुलाई जानु नदे फर्काई दे तुरुन्त । क्याप्टेनले हामीलाई भन्दै
देख्नु भयो यिनीहरुको बोल्ने ढंग सुनिहाल्नु भयो देखि हाल्नु भयो हैन। मातेर आउछ। उल्टो थर्काउछ। नरम र गल्ति स्विकार
गरे बिन्ति गरे पछि जानु दिए।
रारा तालमा डाँफे र भिलेज रारा हेरिटेज मात्र भएकाले हामी भिलेज रारा हेरिटेज होटलमा गयौ। जुम्ला बाट शैक्षिक भ्रमणमा आएका दुई जना मिस र बिधार्थीहरु तालको छेवैमा फोटो खिच्दै थिए। उहाँहरु संग मैले चिनापर्ची गरे। डाँफे होटलमा बसेका रहेछन्। भरै हाम्रो साँस्कृतिक कार्यक्रम छ। हेर्नु आउनु होला भनेिन् एक जना मिसले। कर्णाली भेक तिरको साँस्कृतिक कार्यक्रम हेर्ने उत्साह थियो हामीलाई।हामी आउछौ भरै भटौला भन्दै हामी लाग्यौ हेरिटेज होटल तिर। पाहुना कोहि थिएन्। हामी होटलमा पस्दा झम्के साँझ
भईसकेको थियो। मुसल धारे पानी पर्न थाल्यो। मुख धोयौ। फ्रेस भयौ। किशोर सर र बिशाल
भान्जा लोकल चिरिप चिरिप दिनु थाल्नु भयो । मैले कालो कफिको सुर्का लगाउन थाले।
मास्टर सेप धन्कुटाको राई भाई ज्यादै पाहुनालाई सत्कार गर्ने र उहाँको २ जना
सहयोगी रहेछ। चारै तिर चकमन्न अध्यारो रात । पर्तिर आर्मी ब्यारेकमा घण्टी को
आवाज बेला बेलामा सुनिन्थ्यो। सोलार बाट निक्लेको प्रकाश मुनि सफा र आरामदायी
कुर्सीमा बस्दै टेबलमा सजिएको स्थानिय स्वाँदिष्ठ खाना खादै गफगाफ गर्दै थियौ।
रात छिप्पिदै गईरहेको थियो। किराहरुको एकोहोर आवाज आईरहेको थियो। छेवैमा रारा ताल शान्त छ। बेला बेलामा
जुनकुरी उडेको देखिन्थ्यो। रातको 1100 सम्म टेवलमा गफियौ। मुसलधारे पानीले गर्दा शैक्षिक भ्रमण गर्न आएका दुई जना मिसले दिनु भएको निमन्त्रणामा भिलेन बनेर निस्क्यौ मुसलधारे पानी भन्दै ठट्टा गर्यौ।
गमगढी
बजार देखि उक्लिने क्रममा
गमगढी
बजारको सेरोफेरो । उक्लिने क्रममा
रारा
ताल उक्लिने क्रममा भान्जा बिशाल र किशोर सर गमगढीको उकालो बाटोमा सेन्टीफ्याँट
भएको अवस्था
गमगढी बजार

रारा
ताल को प्राङ्गनमा किशोर सर र म हर्षित मुद्रामा । धन्यवाद हाम्रो फोटोग्राफर
बिशालई भान्जालाई
किशोर
सर र बिशाल भान्जा रारा तालको आगनमा
रारा भिलेज हेरिटेज होटलको कोठामा बिशाल भान्जा र म रमाउदै ।