२०१७ सालको तीज पर्व हर्ष उल्लासका साथ मनाए।
Total Pageviews
Sunday, August 27, 2017
Saturday, August 26, 2017
Great Himalaya Trail (Day-23) Gamgadhi To Rara (Mugu)
Day-23
Great Himalaya Trail
Gamghadhi To Rara Lake (Mugu)
03 August 2016
रारा तालको आगनमा रमाउदै हिड्दै म र किशोर सर ।
0545Hrs उठे म। मोतिलाल भाई उठिसकेर सिमिकोट फर्कनका लागि तयार भईसकेका रहेछ। मैले चिया पिए । मोतिलाल भाईले वाईवाई खाजा र रोटी
आलु खाजा खाए। दिनको रुपैयाँ 2000का दर र टिप्स हिजो बेलुकी
दिएका थियौ। किशोर सर र बिशाल भान्जा सुतिरहेको कोठामा बिदा माग्न गए। 0600Hrs म र मोतिलाल भाईले हात मिलाउदै राम्रो संग सिमिकोट पुग्नु होला
भन्दै अन्तिम हात मिलाउदै मोतिलाल भाई गमगढी देखि हिडे। मोतिलाल ले आफूले पढ्न नपाए
पनि आफ्नो श्रीमतीलाई कक्षा ८ मा सिमिकोटमा पढाउदै रहेछ। प्रेम बिवाह गरेका
रहेछ। भारी बोकेर भए पनि श्रीमतीले कति पढ्न चहान गर्छन् त्यति सम्म मढाउछु भनेको
छु। कहिले काही मेरी बुढीले स्कूल छोड्ने कुरा गर्दा पनि मैले छोड्नु हुदैन भनेर
भन्छु भनेर हामीलाई सुनाएका थिए। उनी एकदम मिहेनेती र ईमान्दार मान्छे रहेछ। उसको
पेशा भनेकै ट्रेकिङ को भारी बोक्ने रहेछ। कर्णालीको सबै क्षेत्रमा भारी बोकेर
पुगेका रहेछ।
मोतिलाल भाई गए पछि कफि पिउदै ईन्टरनेट चलाउन थाले मैले। ८ बजे किशोर सर
र बिशाल भान्जा पनि ब्युँझ्नु भयो। आकास खुलेको थियो। घाम पारिलो लागेको थियो। रिल
दुक भाई र उहाँको साथीहरु संग गफगर्दै कफि र चिया ३ पटक सम्म पियौ। पल्सर बाईक यात्रा सफल रहोस सुर्खेत सम्म राम्रो संग जानु होला
भन्दै हामीले हात मिलायौ र छुटिनु पुर्व सामुहिक फोटो खिच्यौ। 0900Hrs भाई रिलदुक र उहाँको साथी हिलोमा बाईक लर्वराउदै लाग्नु भयो । म र
बिशाल भान्जा कमाल काट्न लाग्यौ हजामको मा। खाजा खाना हामी ३ जना किशोर
बिशाल र म रेडिसन क्याँफेमा गयौ। ईन्टरेनट चलायौ। रारा ताल २ दिन बस्ने । फर्कने
गमगढीमा । त्यस पछि गमगढी देखि सिन्जा जाने योजना भएकाले हामीले हाम्रो समान केहि
नलैजानेक्यामरा र स्लिपिङ ब्याग मात्र बोकेर लैजाने भयौ। बाँकी हाम्रो समान कोठामा राख्यौ। दिनको १००० का दरले।
1300Hrs रेडिसन होटलमा खाजा खान पस्यौ। ईश्वर सरलाई बोलाएका
थियौ।आरामले ३ घण्टामा पुगि हालिन् रारा ताल भन्दै गफ हान्दै बस्यौ।1500Hrs बाटो लाग्यो गमगढी देखि रारा ताल तिर। घाम लागेको थिएन । पानी पर्ने छनक देखिरहेका थियौ क्षितिजको थुम्का तिर।
बिधार्थीहरु स्कूल र क्याम्पस सकेर घर उक्लिदै थिए। फोटो खिच्दै कछुवाको गतीमा
हिड्यौ। किशोर सर र बिशाल भान्जाले रारा ताल कति घण्टामा पुगिन्छ सोधे छन् स्थानियलाई । 1730Hrs आर्मीले गेट बन्द गर्छन् तपाईहरु छिटो
जानुस भनेछन्। म गमगढि बजारको तस्विर खिच्दै थिए। हातको ईसार गरेर छिट्टो आउनु
भने किशोर र बिशाल भान्जाले। ४ बजेको थियो। गेट बन्द हुन्छ रे । के अव साढे एक घण्टा पुगिन्छ। हामी एक आफसमा सल्लाह गर्यौ। त्यस पछि कसियौ हिड्नलाई। हाम्रो गति बढ्न थाल्यो हिड्नमा तर बाफ्रे उकालो
बाटो लमक लमक लम्क्यौ। पसिनै पसिना छ।थाकेर लोथ भई सकेका थियौ।बाटामा आमा मातेर लोथ छोरीले समाउदै हिडेका भेटेका थियौ।
आर्मी चेक पोष्ट आउनु भन्दा मुनि एक चमेना गृह रहेछ । चेक पोष्टको गेट कति बजे बन्द गर्छ । शुरुमा सोध्यौ। साँझको ७ बजे
भने पछि हामी ढुक्क भयौ। घडि हेरे ५ बजेको थियो। चिया पियौ। धारामा मुख धुयौ।
फ्रेस भयौ। ५तिस बजे आर्मी चेक पोष्टमा नाम लेखायौ। झोलका समानहरु जाँच गरे आर्मीले। दिन छोटो भएको समय ५ बजे र दिन
लामो समय भएको बेलामा ७ बजे गेट बन्द हुने कुरा बताए आर्मी भाईले। लोभ लाग्ने
सल्ला घारीभित्र को तेर्स्रो बाटोमा रारा ताल कति बेला देख्न पाईला भन्दै हुटहुटी
भईरहेको थियो हामीलाई। निलो रंगमा रारा ताल फ्याँट्टै देख्दा हामी हर्षले
चिच्याँयौ। फोटो खिच्न थाल्यौ।चारै तिरका डाँडामा सेतो कुहिरो डुल्दै गरेका थिए। हिड्ने बाटोको दाँया बाँया ठाउ ठाउमा खल्डो खनेका रहेछ फोहोर मैला राख्नका लागि। सल्लाका रुखहरु एउटै साईजका देखिन्थे।
निकुञ्जको आर्मी ब्यारेकमा आईपुग्यौ। फेरि नाम
लेख्यौ। हाम्रो झोलाको समान चेक गरे। रारा तालको पानी शान्त छ। गोधुली साँझले
स्वागत गर्न थाली सकेको थियो। रहर लाग्ने दृष्य र वतावरणमा हामी हेरी बस्यौ। साँझको
७ बजेको थियो रारा ताल पुग्दा। मुर्मा गाउका ३ जना पुरुष र २ जना महिला मगगढी
हिडेका भन्दै थिए। छिटो नाम लेखिदिनुस रात पर्यौ भन्दै थिए। ति पुरुषको बोल्ने ढंग
रुखो सुनिन्थ्यो। आर्मीलाई झोक चलेछ । घडी
हेर कति बज्यौ। तलाई फर्काईदिउ । छेवैमा आर्मीका क्याप्टेन पनि थिए। उसले पनि
भक्कु थर्काए। यिनीहरुलाई जानु नदे फर्काई दे तुरुन्त । क्याप्टेनले हामीलाई भन्दै
देख्नु भयो यिनीहरुको बोल्ने ढंग सुनिहाल्नु भयो देखि हाल्नु भयो हैन। मातेर आउछ। उल्टो थर्काउछ। नरम र गल्ति स्विकार
गरे बिन्ति गरे पछि जानु दिए।
रारा तालमा डाँफे र भिलेज रारा हेरिटेज मात्र भएकाले हामी भिलेज रारा हेरिटेज होटलमा गयौ। जुम्ला बाट शैक्षिक भ्रमणमा आएका दुई जना मिस र बिधार्थीहरु तालको छेवैमा फोटो खिच्दै थिए। उहाँहरु संग मैले चिनापर्ची गरे। डाँफे होटलमा बसेका रहेछन्। भरै हाम्रो साँस्कृतिक कार्यक्रम छ। हेर्नु आउनु होला भनेिन् एक जना मिसले। कर्णाली भेक तिरको साँस्कृतिक कार्यक्रम हेर्ने उत्साह थियो हामीलाई।हामी आउछौ भरै भटौला भन्दै हामी लाग्यौ हेरिटेज होटल तिर। पाहुना कोहि थिएन्। हामी होटलमा पस्दा झम्के साँझ
भईसकेको थियो। मुसल धारे पानी पर्न थाल्यो। मुख धोयौ। फ्रेस भयौ। किशोर सर र बिशाल
भान्जा लोकल चिरिप चिरिप दिनु थाल्नु भयो । मैले कालो कफिको सुर्का लगाउन थाले।
मास्टर सेप धन्कुटाको राई भाई ज्यादै पाहुनालाई सत्कार गर्ने र उहाँको २ जना
सहयोगी रहेछ। चारै तिर चकमन्न अध्यारो रात । पर्तिर आर्मी ब्यारेकमा घण्टी को
आवाज बेला बेलामा सुनिन्थ्यो। सोलार बाट निक्लेको प्रकाश मुनि सफा र आरामदायी
कुर्सीमा बस्दै टेबलमा सजिएको स्थानिय स्वाँदिष्ठ खाना खादै गफगाफ गर्दै थियौ।
रात छिप्पिदै गईरहेको थियो। किराहरुको एकोहोर आवाज आईरहेको थियो। छेवैमा रारा ताल शान्त छ। बेला बेलामा
जुनकुरी उडेको देखिन्थ्यो। रातको 1100 सम्म टेवलमा गफियौ। मुसलधारे पानीले गर्दा शैक्षिक भ्रमण गर्न आएका दुई जना मिसले दिनु भएको निमन्त्रणामा भिलेन बनेर निस्क्यौ मुसलधारे पानी भन्दै ठट्टा गर्यौ।
गमगढी
बजार देखि उक्लिने क्रममा
गमगढी
बजारको सेरोफेरो । उक्लिने क्रममा
रारा
ताल उक्लिने क्रममा भान्जा बिशाल र किशोर सर गमगढीको उकालो बाटोमा सेन्टीफ्याँट
भएको अवस्था
गमगढी बजार

रारा
ताल को प्राङ्गनमा किशोर सर र म हर्षित मुद्रामा । धन्यवाद हाम्रो फोटोग्राफर
बिशालई भान्जालाई
किशोर
सर र बिशाल भान्जा रारा तालको आगनमा
रारा भिलेज हेरिटेज होटलको कोठामा बिशाल भान्जा र म रमाउदै ।

Wednesday, August 23, 2017
पर्वले खुशी ल्याउछ
हरितालिका
तीज
तीज पर्व
महिलाको बिशेष पर्व हो। रातो साडी र गरहना पहिरी माईत गई दुःख सुःखका
कुराहरु गरि दरखाने बस्ने परम्परागत चलन मुस्किलले देख्न सकिन्छ होला सायद। पहिरणको रंग परिवर्तन नभए पनि भेषभुषामा भने डिजाईन परिवर्तन भएको देख्न पाईन्छ साथै फरक शैलीमा सुधारिएको तीज पर्व मनाईएको पनि देखिन्छ। समयको परिवेषले गर्दा पनि यस्तो भएको जस्तो लाग्छ।
बिकसित राष्ट्रमा समयले सधै कन्जुसाई गरेको हुन्छ। यसपालीको हरितालिका तीज श्रीमान् र बालबच्चाका साथ स्वस्थ्य र हाँसी खुशी तरिकाले मनाउने योजना गरेका रहेछन्। ६८को २ तल्ला का छरछिमेकका दिदीबहिनीहरुले। कामको खापाखाप र चापाचापमा पनि काम गर्ने समय मिलाएका थिए । गोधुली साँझले हाईराज भवनको घुरीबाट प्रवेष गर्दै देखिन्थ्यो। दिदी बहिनीहरु तीज पर्वको लागि फोटो खिच्नका लागि ब्यानर देखि अन्य सजावट गर्नमा ब्यस्त देखिएका थिए।
सूर्यको उषा कुलेसा तिर छरिसकेका थिए। दिदीबहिनीहरु तीज पर्व मनाउनका लागि आफूलाई मनपरेका पहिरणमा देखिए। सुखी र खुशी परिवार कसरी रहने प्रप्स बोक्दै फोटो खिच्नमा मख्ख र प्रशन्न मुद्रामा देखिए। फोटो सेसन समाप्त भए पछि नेपाली परम्परागत खानाको स्वाँदमा श्रीमान् टोली बिबिध गफगाफमा ब्यस्त देखिए भने श्रीमती टोली तीजको लोकगीत टेप्रीकोटमा लगाउदै नृत्य गर्दै यसपालीको हरितालीका तीज पर्व मनाए।

तीज पर्वमा दिदी बहिनीहरु हर्षित मुद्रामा सामुहिक तस्विर खिच्चका लागि लाग्नु हुँदै।
Friday, August 18, 2017
वल्ड पुलिस फायर गेम्स 2017
अमेरिकाको लस एञ्जिलिस
शहरमा August 7th to 16th 2017 वल्ड पुलिस फायर
गेम्स सम्पन्न भयो। उक्त खेलको रनिङ प्रतियोगितामा 10किलो मिटर र हाफ म्याराथुन रनिङमा निमेस गुरुङले(20844) स्वर्ण पदक जित्नु भयो। स्वर्ण पदक भिर्न पाउदाका रमाईलो अनुभुति बाँड्नु
हुँदै निमिस गुरुङ ।
Tuesday, August 15, 2017
Great Himalaya Trail (Day-22) Napha To Gamgadhi(Mugu)
Day-22
Great Himalaya Trail
Napha To Gamgadhi(Mugu)
मुगु जिल्लाको गमगढी बजारको पुछारमा ईश्वर मल्ल संग रमाउदै हामी।
उठ्दा नाफा गाउ खुलेको थियो। चिसो मौसम थियो। चारै तिर देखिएका
डाँडाकाँडा तिर हल्का सेतो कुहिरो उड्दै गरेको देखिन्थ्यो । एकाबिहानै लटरम्म
हाँगै नुहिने गरि फलेको हरियो स्याँउको झ्याँङले नाफाको सौन्दर्य बढाएको
देखिन्थ्यो। बारीको पुछारमा चर्पी भएकाले आफैले धाराबाट पानी लिएर जानु पर्ने भएकाले
हामी पालै पालो गयौ । राती मुसलधारे पानी परेकाले होला आकास रित्तो देखिएको थियो।
वाईवाई र चिया खाजा खायौ। ज्यान तातो बनायौ। खच्चरहरु घण्टी बजाउदै दाना चपाउदै
थिए। ड्राईभरले खच्चरका लागि समान तयारी गर्दैं देखिन्थे। रु3000 तिरि 0800Hrs नाफा बाट हल्का ओरोलो
गल्लीको कुईनेटोमा हिड्न थाल्यौ।
४०मिनेटमा बाम गाउमा पुग्यौ। रुझाउने खालको पानी पर्न थाल्यो।
बाम गाउ रमाईलो बस्ति रहेछ। पुरानो शैलीमा बनेको मुगाली समाज देख्यौ। कुनै
कुनै घर पानी रसाएर भत्कन लागेको पनि देख्यौ। मकै बारी भित्र आलु उब्जनी गजबले
हुर्केका देख्यौ। बामको बस्तिमा हिलो गजगज थियो। त्यहि हिलोमा हिड्दा हाम्रो
बुर्जुत्ता कालो पोलिस लगाएको जस्तै देखि सकेको थियो। हिलो र झिङ्गा हटाउने जनचेतना फैलाएमा गाउ अतिनै रमणिय र सौन्दर्य गाउ
हुने थियो। नाफा देखि बाम सम्म हिड्दा एक
किसिमको आनन्द दिने खालको वतावरण थियो । हामी रमाई रहेका थियौ उक्त बाटोमा।
बाम गाउ देखि बाटो सिधै ओरालो घुम्तिको बाटो शुरु भयो। पातलो
सल्लाका रुखहरु थिए। ओरालो बाटोमा हिड्दा हामीलाई कष्ट भईरहेको थियो। उकालोमा हामी
हिड्न गजबले सक्ने तर ओरालो भने पछि हिड्ने नसक्ने थियौ। पानी बसी सकेको थियो। घाम
भने लागेको थिएन्। झर्दै गर्दा NGOका २ जना
बहिनीहरु भेट्यौ। एक जना बाम गाउका र अर्की बुटवलकी परिचयको क्रममा बताईन्। करिव
१० मिनेट गफगाफ गर्यौ। हामी हुम्ला देखि ताप्लेजुङ सम्म हिडेका भन्यौ। ति
बहिनीहरुले यात्राको शुभकामना दिए। हामीले पनि सुझाब दियौ। हिलो र झिङ्गा हटाउने
जनचेतना फैलाउनु पर्यौ है कर्णाली तिर । झर्दै गर्दा पारी नेटाकोट गाउ देखि
थाल्यो । बिच बाटामा एक घर चिया पसल रहेछ। पसिनाले ज्यान भिजि सकेको थियो। चिया
पिउदै बस्दै गर्दा हुम्ला देउलीका ५५ बर्षका श्रीमान र ४३ बर्षकी श्रीमती आफ्नो २
बर्षको छोरा बिरामी भएकाले गमगढी उपचारका लागि हिडेका रहेछ। हाम्रै सामुन्ने बसे।
थकान र चिया पिए पछि संगै ओरालोमा गफगर्दै झर्यौ।
गमगढी देखि हुम्लाको देउली सम्म जोड्ने सडक नेटाकोट गाउको पाखा सम्म आईपुगेको देख्यौ। सडक खनेकाले पाखामा होली खेलिएको जस्तै रंग देखिएको थियो। खोला तरे पछि सिधै उकालो बाटो शुरु भयो। पसिनै पसिना भएर नेटाकोटमा पुग्यौ।
मुगुको गमगढी बजारको रेडिसन क्याँफेमा ईश्वर मल्ल सर संग हर्षित मुद्रामा

तल खोचमा मुगु कर्णाली धमिलो रंग लिएर मन्द गतिमा बगेका र
पारी गमगढि बजार देख्यौ। नेटाकोटमा पुग्दा 1100Hrs भएको थियो। घडि हेर्दै हामी 1300Hrs पुग्छौ
होला भन्यौ। चिया र वाई वाई खादै । रारा ताल डाँडाको माथी हो भन्दै स्थानियले हामीलाई बताए। 1130Hrs नेटाकोट बाट खाजाको रु1000 तिरी ओरालो बाटोमा गमगढी हेर्दै ओर्लन थाल्यौ। खच्चर भेडा र खसीले
समान बोकेर मुगु कर्णाली नदीको झोलुङ्गे पुलमा लस्कर देखिए। रेडबुल पिउदै १०मिनेट
थकान मेटायौ। झोलुङ्गे पुल तरे पछि हल्का घाम लाग्न थाल्यौ। पसिना आउने नै भयो।
छाता ओढ्दै कछुवा गतिमा उक्लियौ। चंखेली शिर देखिएको थिएन् । केवल ज्यान मात्र
देखिएको थियो। भोलि बिहान देख्ने आशाबादीमा उक्लि रहयौ।
गमगढी बजार को पुछारमा आईपुग्दा सिमसिम पानी ओईरि हाल्यो ।
1400Hrs बजे होटल डेनलमा आईपुग्यौ। तातो पानी भएकाले पालैपालो नुहायौ। रिलदुक भाई
र उहाँको साथी ४ जना काठमान्डु देखि पल्सर बाईक टुरमा रारा घुमेर पहिरोले बाटो
छेकेको कारणले डेनल होटलमा २ दिन देखि बसिरहेको रहेछ। उनीहरु संग चिया पिउदै
गफगाफ गर्दै गर्दा किशोर सरको मित्र गमगढीका स्थानिय ईश्वर मल्ल जी पनि आईपुग्नु
भयो। यात्राको गफगाफ गर्दै गर्दा खाना तयार भयो। खाना खायौ । वाईफाई भएकाले
यात्राको फोटो र लाईभ भिडियो फेसबुकबाट गर्यौ र 1700Hrs सम्म
सुत्यौ।
ईश्वर मल्ल बिदेश बाट उच्च शिक्षा हासिल गरि
आफ्नै ठाउको बिकास गर्नका लागि NGOमा काम गर्नु हुन्छ। ईश्वर मल्ल किशोर सरको मित्र
हुनुहुन्छ।1800Hrs ईश्वर जीले हामीलाई गमगढी बजारको
पुछार देखि घुमाउन आरम्भ गर्नु भयो। रमाईलो लाग्यो गमगढी दृष्यालोकन गरिरहदा । स्कूलको प्राङ्गबाट
चंखेलीको अजंगको ज्यान देख्दा रमायौ। चंखेलीको शिर भने कुहिरोको घुम्टोले छोपेको देख्दा बैराक लाग्यो। वारीपारी तलमाथी नियाल्दा बारीका कान्लामा कोदो खेतीले सोभा बढाएको देखिन्थ्यो। कालोपोथीको निर्देशको गाउ रमणिय देखिन्थ्यो। छाँयानाथ हिमाल लाई कुहिरोले गुटुमुटु पारेको थियो।
ताल्चा बिमान स्थलको हावा बहने दिशा संकेत गर्ने
झण्डा फरफराउदै गरेको देखिन्थ्यो। सदरमुकामको सबै सरकारी र गैरसरकारी कार्यलय घुमी
सक्दा गोधुली सन्ध्याँले छोपि सकेको थियो। साथै सिमसिम पानी पर्न थाल्यो। गमगढी
बजार घुमीरहदा जहा पनि खाने पानीको पाईप बाहिरै देखिएकाले बजारको सोभालाई कुरुप बनाएको देखिन्थ्यो। गमगढी बजारको चर्चित रेडिसन क्याँफेमा प्रवेष गर्यौ। हाम्रो
यात्राको गफगाफ बाट कुरा मच्चिन थाल्यो।
मन लोभ्याउने गाउ र ठाउ रहेछ ।मुगुको नाफा र बाम गाउ तर हिलो र
झिङ्गाले गर्दा क्याँ नरमाईलो लाग्यो हामीले ईश्वर जीलाई भन्यौ। उहाँले भने हामीले
नाफा र बाम गाउ मा गई सरसफाईको जनचेतना फैलाउने कार्यक्रम कति गर्यौ तर के गर्ने
खै अझ बाम गाउमा स्वर्गिय राजा बिरेन्द्र एक रात बस्नु भएको गाउ पनि हो। देखि
हाल्नु भयो त्यो गाउको हालत। बियरको सिसि रित्तो हुँदै थियो । हाम्रो टेवलमा। रात छिप्पिदै थियो। हाम्रो गफगाफ पनि गजब र रमाईलो वतावरणमा चलिरहेको थियो। INGO /NGOमा कार्यरत केहि पुरुषहरुले नक्कली
माया गर्दा नाफा बाम र गमगढी मा 15लाख देखि १७ लाख तिरेको घट्ना
सुनाउदा हामी हास्यौ गजबले। The Great Himalaya Trail को
यात्रामा हाम्रो सहर र रमाईलो लाग्ने नुहाउने लुगा धुने आराम गर्ने भनेकै प्रत्यक
सदरमुकाममा हुन्थ्यो। गजभयो हाम्रो GHT2016को गमगढी बजारमा ईश्वर मल्ल सर संग।
रातको 2230Hrs पिउदै बस्यौ।
Monday, August 14, 2017
खुशी बन्ने सजिलो तरिका
नेपाली फिल्म ४ दिन
एक बारको छोटो जीवनलाई खुशी बनाउने
काईदा साथै आफूलाई लागेको रहर र अनुभव बटुल्दै ।
फिल्म खेल्ने रहर र आकाक्षा हाम्रो
आज भन्दा
पाँच बर्ष अगाडी हामी हुरहुरे टोलीलाई रहर लागेर आयो। नेपाली फिल्म बनाउने
झोक चल्यो। अधिकल्चो कवि जी कथा लेखे। पाखाली भ्याकुरले निर्देशन गरे। प्रविधिमा साथ दिए रेवनसिंहले। हामीले
पर्दा पछाडिको सिन आज हेर्दा गजब लाग्यो।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...