Total Pageviews

Thursday, June 22, 2017

Great Himalaya Trail Day-3

The Great Himalaya Trail (Day-3 Nepalgunja -Simikot)
14 July 2016


१४जुलाई २०१६ असार ३० गते नेपालगंञ्ज

नेपालगंञ्जको बिमान स्थलमा सिमिकोट पुग्ने हुटहुटी हुँदाको क्षण। 
नेपालगंञ्ज बिमान स्थल बाट लाईभ फेसबुक ।
नेपालगंञ्ज बिमान स्थल बाट लाईभ फेसबुक ।


नेपालगंञ्जको  धावनमार्ग बाट लाईभ फेसबुक ।

५बजे उठ्यौ। सिद्धार्थ होटलमा ६६२४रुपैयाँ बिल तिर्यौ साढे पाच बजे होटलको जिपबाट बिमानस्थल मा 0610hrs पुग्यौ। नेपालगंञ्ज देखि सिमिकोट को लागि हाम्रो उडान ७बजे थियो। मानसरबोर दर्शन जाने भारतिय तिर्थयात्रीको बाग्लो चहल पहल थियो बिमान स्थलमा। सिमिकोटमा बादलले ढाकेकाले ७ बजे  उडान हुन सकेन । बादल सिमिकोटमा फाँटोस होटलमा फर्कन नपरोस भन्दै बस्यौ। गर्मी किसिम थियो ३वटा सूर्य लागेको जस्तै । छेवैमा बसेकी सिमिकोट जाने हुम्ली महिला यात्रुले भन्दै थिईन्। मेरा श्रीमानले भन्ने गर्छन् पापी मात्र बस्छन् नेपालगंञ्ञ । हामी हल्का मुस्कुरायौ। ९ बजे जुम्ला मुगु र डोल्पाका लागि उडान भर्न थाले। उडिने भयौ भन्दै  खुशी हुँदै घडी हेर्दै बस्यौ । मकालु एअरका कोपाईलट भान्जा संजीब संग भेटघाट भयो र हामीले सामुहिक फोटो खिच्यौ। उहाँले कर्णाली अञ्चल तिरको बिमान स्थलको बारेमा संक्षिप्त जानकारी दिनु भयो। डोल्पाको बिमान स्थल ज्यादै खतरा छ। हुम्ला र जुम्लाको धावन मार्ग  राम्रो भएको बताउनु भयो। उहाँको उडान डोल्पा भएकाले  १०मिनेट गफगाफ गरि पदयात्राको शुभकामना  भन्दै उहाँ धावनमार्ग तिर लाग्नु भयो।

मेरो साथी पप्पु जीको मार्फत हवाईटिकट ३ जनाका लागि रु 32355 किनि दिनु भएको थियो। तारा Airको पंखा घुम्दै गरेका देख्यौ । खुशीको सिमा रहेन् हाम्रो। 1031hrs धावनमार्ग बाट Tara Airको पाङ्ग्राले भुई छोड्दै उक्लिदै आफ्नो उचाई र गति लियो। कर्णाली नदि सजिलै चिन्न सकिन्थ्यो। सिमिकोट पुग्नै लाग्दा करिव २मिनेट सेतो कुहिरोको हुल भित्र बिमान उडि रहदा आङजिरिङ्ग हुनेनै भयो। सिमिकोट बजार देखिन थाल्दा हामी तीन जनाको मन खुशीको सिमा रहेन्। 1107Hrs बजे सिमिकोटको धावनमार्गमा बिमानको पाङ्ग्राले आराम पायो। बिमान परिचालिकाको मन्द मुस्कान मा पैँचो माग्यौ फेरि भेटौला भन्दै  स्वच्छ र चिसो वतावरण सिमिकोटको बिमान स्थलमा रमाउन थाल्यौ। सिमिकोटको वतावरणमा घुलमिल गर्न पाउदा हामी तीन जना खुशीले गदगद भयौ। वाँह सिमिकोट भन्दै। नेपाली भएर एक पटक सिमिकोट पुग्नु पर्ने ठाँउ रहेछ। हामी त पुग्यौ । अब यो ब्लग पढ्नु हुनेले । पक्कै घुम्न जानु होला।

चारैतिर हरियाली डाँडा काडामा सेतो भूई कुहिरोको हुला भेला हुँदै गरेको देखिन्थ्यो। कैलाश मानसरोवर दर्शनका लागि जाने भारतिय पर्यटक धेरै देखिन्थे। बिमान स्थल बाट ३ मिनेटमा  होटल रलिङमा पुग्यौ। होटलमा चिया पिउदै गर्दा पानी पर्न थाल्यो। तातो पानी सुविधा भएकाले हामी ३  जना नुहायौ। सिमिकोट निवासी किशोर सर संग काठमाण्डु बिश्वविधालयमा अध्ययन गर्दाका चिनारु लाल बुढा अविनास लामा र अन्य साथीहरु आईपुग्नु भयो । सेकेण्ड राउण्ड चिया पिउदै हामी गफियौ। खाना खाए पछि हामी कुम्भकर्ण संग मित्र भयौ। ४ बजे उठ्यौ । लाल बुढा आउनु भयो । उहाँ संग सिमिकोट बजार डुल्यौ । उहाँ जिल्लाको बिधुत प्राधिकरणको  ईञ्जिनिएर । सिमिकोट एकदमै राम्रो ठाउ लाग्यो। 

बजार घुमेर ७ बजे रलिङ होटलमा फर्कदा Great Himalaya Trail 2016 को अष्ट्रेलियन नागरिक आमा छोरा र ज्वाँई हामी संग गफ गर्न आउनु भएको रहेछ। उहाँहरुले ताप्लेजुङ देखि हुम्ला सम्म आईपुग्न 150 दिनमा समाप्त गरि भोलि नेपालगंज र काठमाण्डु  फर्कने बताए। २० मिनेट गफगाफ गर्यौ । हामीलाई यात्राको शुभयात्रा भन्दै बिदाए भए। साँझमा लाल बुढा अभिनास लामा होटल रलिङका राम दाई संग ज्यान तातो बनाउने खुराक खाँदै गफगाफ गर्दै बस्यौ। राम दाई रसियाबाट ईन्जिनियर पास गर्नु भई । केहि बर्ष सरकारी जागिर पनि खानु भएको रहेछ। जागीर छाड्नु भई सिमिकोटमा होटल संचालन गर्नु भएको रहेछ।



पाईलट संजीब भान्जा संग नेपालगंञ्ज बिमान स्थलको यात्रु प्रतिक्षालयमा 




नेपालगंञ्जको बिमान स्थल 

सिमिकोट बजारको सिरान बाट नियाल्दा। पारि लोभ लाग्ने दृष्य देख्दा हामी लठ्ठ भएका थियौ।


सिमिकोट बजारको सौन्दर्यले हामीलाई लर्याक लुरुक बनाएको थियो। वाँह सिमिकोट 
हामीलाई सुरक्षित हवाई यात्रा गर्नु हुने बिमानका क्याप्टेन साब धन्यवाद 



सिमिकोट बिमान स्थलमा 

सिमिकोट बिमान स्थलमा 

नेपालगञ्ज बाट सिमिकोटको आकासमा 

लाग्ना गाउबाट सिमिकोटको दृष्य 

 होटल रलिङ तिर जादै किशोर र भान्जा बिशाल



हामीलाई छाडेर नेपालगंञ्जको लागि उड्न  तरखर गर्दै 

सिमिकोट बजारमा घुरेनमा फल्दै गरेको सिमिकोटै स्याँउ
सिमिकोटको गल्लिमा फल्दै गरेको हाडे ओखर
सिमिकोट बजारको घुरेनमा आलुको रहर लाग्दो  फूल्दै गरेको देख्दा हामी हौसिएका थियौ । 

सिमिकोट घुम्ने क्रममा बाँया बाट लाल बुढा किशोर र भान्जा बिशाल । स्वच्छ र चिसो हावाको भुवरीमा आनन्दित मुद्रामा ।

सिमिकोटको चारै दिशामा आफ्नै आफ्नै प्राकृति सौन्दर्यको उपहार लिएर बसेको देख्दा हामी मख्ख भएका थियौ।


सिमिकोट बजारको प्रकृति सौन्दर्य र मानब बस्तिको गजबको छ। एक पटक गए पछि अर्को पटक पनि जाने रहर जाग्दो रहेछ।

सिमिकोट बजारलाई बिभिन्न कोण बाट नियाल्दै जादा। 

सिमिकोट बजार मा हुम्ली लवजमा कुराहरु सुन्न आनन्द लागि रहेको थियो।

सिमिकोट बजार डुलि रहदा फेरि पनि समय पाएमा घुम्न आउने रहर । सामाजिक र भौगलिक वतावरणले  हामीलाई निम्तो दिदै थियो ।  



सिमिकोट बजारको पुरानो बस्ति डुल्दा पक्कै हामी हुम्ली समाजमा घुलमिल हुँन पाउदा खशीले चौपट भएका थियौ ।




     

Wednesday, June 21, 2017

पैयूँ फूल्दा

पैयूँ फूल्दा जोरी पारी जान्छन् माइती घर
परदेशी भो मन को राजा कस्ले दिने बर,।।



सुक्मित गुरुङले आवाज दिनु भएको गीतका सर्जक हुन् गीतकार जीवन मुकारुङ(14339) पाँचथर जिल्ला साराङ् डाँडा २ मा जन्मेका मुकारुङ १९९४ साल बाट सिङ्गापुरमा कार्यरत छन् । मुकारुङले २०५४ सालमा परदेशी नामक गीतिएल्बम स्रोता माझ ल्याइसकेका न् । हाल सम्म ३५,३६ वटा गीतहरु रेकडिङ्ग भई सकेको छन्।नेपाली चलचित्र नाम के हो र खोला वारी खोला पारीमा समेत गीत लेखि सकेका छन् ।
उहाँ संग गरिएको गजबको कुराकानी 
 प्रस्न- तपाईंको परिचय ?
मुकारुङ -लडी नहार्ने हट्ने होइन ड्टी लड्ने,खाट्टी सिपाही हुँ ।
प्रस्न-  आज भोलि के गर्दै हुनुहुन्छ ?
मुकारुङ - एउटा किताब प्रकाशनमा ल्याउने सोँच छ । त्यसैको होमवर्क गरिरहेछु।
प्रस्न- कुन सालमा सिङ्गापुर पुलिस मा भर्ती हुनु भयो ?
मुकारुङ - लक्ष्य को खोजिमा बरालि हिड्दा १९९४ साल मा यो पेसा हात लाग्यो ।  
प्रस्न- कती बर्षको उमेरबाट गीत लेखन थाल्नुभो ?
मुकारुङ - १६,१७बर्षको उमेर बाट लेखन थालेको हुँ ।
प्रस्न- लाहुरे नभएको भ जीवन मुकारुङ यती बेला के गर्दै हुन्थ्यो ?
मुकारुङ - सबै भन्दा ठुलो कुरोत लाहुरे हुनुनैथिएछ र भ पनि संभवत नभएको भ, गीत संगीत र साहित्य तिरै अल्झिन्थे हुँला ।
प्रस्न् -जीवन जी हाल सम्म कति जती गीत लेखनु  भयो र कती रेकड गराइ सक्नुभयो?
मुकारुङ - अहिले सम्म लेखेको गीत ७०,७५ पुगे होलान्,त्यसमा ३५,३६चाँही रेकड भई सकेको छ ।
प्रस्न - तपाईंको गीतहरुमा क कस्ले संगीत भरेका छन,अनि क कस्ले गाएका छन ?
मुकारुङ - धेरै संगीतकार ले संगीत भरेका छन धेरै गायक ले गाएका छन,सबै नाम उल्लेख गर्दा लामो हुन जान्छ त्यसैले नाम नलिउ ।
प्रस्न- कबिता र गीत लेखन मा के फरक छ ?
मुकारुङ -वास्तवमा गीत र कबिता एउटै बिधाहो,एउटै धार हो,अनी एउटै आकाश हो, गीत नै कबिता र कबिता नै गीत हो,फरक यतिहो गीत लेख्दा सानो फ्रेम भित्र सम्पूर्ण कथा बस्तु समेटी ८ लाइन मा बन्द गरिनु पर्छतर कबिता लेख्दा ८ लाइन मै सकाउनु पर्ने सिमा छैन जती भावना उर्लिन्दै आउछ उती फराकिलो बन्दै जान्छ यतिनै हो फरक।
प्रस्न- तपाईं मिठो गीत पनि गाउँनु हुन्छअब हामीले कसरी सम्बोधन गरु,गीतकार जीवन मुकारुङ या गायक ?
मुकारुङ - अहिले सम्म स्रोताहरुले जती चिनेका छन,जती माया गरेका छन,सायत मैले गीत नलेखेको भ म को हुन्थेँ त्यसैले म गीतकार नै हुँ गायन त मेरो सोख मात्र हो । 
 प्रस्न- तपाईंको आफ्नै शब्द अनी संगीतमा भाई अशोक मुकारुङ ले अब आउने एल्बममा गाउदै हुनुहुन्छरे हो ?
मुकारुङ - अगाडी को एल्बमहरुमा ७,८ वटा गाइसकेको छ अब आउने एल्बम को लागि संगीत हीत दिएको छु चाँडै बजार मा आउँदैछ।
प्रस्न- उसो भए तपाईंले संगीत पनि भर्नु हुन्छ ?
मुकारुङ - ब्यबसायिक चाँही होइन,मुड आएको बेला गुन गुनाउने गर्छु।
प्रस्न- आफ्नै रचनामा पनि गीत गाउँनु भएको छ ?
मुकारुङ - मैले आफ्नै रचनामा त गाको छैन् ,४ वटा गाएकोछु सबै अरुकै शब्दमा।
प्रस्न- तपाईंका प्राय गीतहरु दु:ख अनी प्रेमका छन् नि?
मुकारुङ - वास्तवमा दु:ख अनी प्रेम एक आपसमा परिपुरक छ । सुःख त केवल प्रतिक्षाको टिका मात्र हो ।जब जीन्दगीलाई नजिक बाट नियालिन्छ तब भावनाहरु बरालिन्दै आकाश छुन खोज्छ,तब यथार्थको धरातलमा ओर्लिन्दा दु:ख अनी प्रेमका कुराहरु सास फेर्ने शाहास बनेर आउछ,तब आफु सँग आँफै खेल्न मन लाग्छ,पर पर हराउन मन लाग्छ,यीकुराहरुको नजिक बसिरहन्दा एउटा राम्रो कुराको उदय हुन्छ,यिकुराहरुनै मेरो  सिर्जनाको आधार हुन त्यसैले होला ।       
प्रस्न- आफ्नै गीत रोज्नु पर्दा कुन गीत रोज्नुहुन्छ ?
मुकारुङ - सबै गीतहरु धेरै मिहेनत लगाएर लेखेकोछु,सबै राम्रै लाग्छयो राम्रो त्यो राम्रो मलाई लाग्दैन सबै उस्तै छन।
प्रस्न- आदिबासी गीतकार समाज नेपाल को २०६४ युवा प्रतिभा पुरस्कार पाउँदा कस्तो अनुभब गर्नु भयो ?
मुकारुङ -पुरस्कारै पाउछु भन्ने बिचारले कहिले पनि मैले गीत लेखिन,तर गीत संगीतको यात्रा गर्दै यहाँसम्म आइ पुग्दा प्रबासमै रहेता पनि थोर बहुत आफ्नो देशसमाज लाई केही दिँ जस्तो लाग्योत्यसैले होला यो सस्थाले मेरो नाम अगाडि सारी अग्रज हरुको नाम मुनी राखि मेरो लागि २०६४ जिन्दगीकै महत्वपूर्ण साल बनेकिन भने राष्ट्रिय स्तर को पुरस्कार मेरो लागि पहिलो होजुन पुरस्कार पाको थाहापाउदा औधी हौसिएर रमाको थिएसाथै अब गहन जिम्मेवारी थपिएको महसुस गरे।       
प्रस्न- भबिस्यको  योजना के छ ?
मुकारुङ - जिन्दगीमा जे सोच्यो त्यो हुँदैन् ,जुन सोचिन्दैन् त्यो हुन्छ यस्तै रहेछ जिन्दगी,अब भन्नुहोसन् योजना बनाएर आफूले आफैलाई किन निचोर्नुभनाले गन्तब्य बिनाको यात्रु नै त म होइनयात्रा जारीछमानि पारदर्शी हुन्छन् तर दुरदर्सी हुन सक्दैन् कि अवतारै लिनु पर्यौ। त्यो क्षमता ममा छैन,त्यसै ले अब आउने समय संग कम्मर कसेर fire and manover गर्ने योजना बनाउदैछु।           
प्रस्न - नेपाली मिडियामा धेरै अन्तर्वाता दीइसक्नु भ को छतपाईंलाई  धेरै सोधिएको  प्रस्न कुन हो ?
मुकारुङ -लाहुरेहरु मुर्ख अनी बदमास हुन्छन के यो सत्यहो यो प्रस्नको उत्तर धेरै पटक रेडियो अनी पत्र पत्रिकामा दिको छु ?


Tuesday, June 20, 2017

निधारको पसिना पुछ्दै


फोटो साभार फेसबुक अशोक

सोलुको गार्मा गाँऊमा १३ वर्षको उमेर देखि कविता गीत कोेर्नु हुने। लाहुरघर भित्रका गीतकार अशोक कुमार श्रेष्ठ(14395) संग गरिकएको कुराकानी  

 तपाईको परिचय हाम्रो पाठकहरुलाई बताई दिनुहुन्छ की ?

दुर्गम जिल्ला सोलुखुम्बु को गार्मा गाउमा जन्मेको   अशोक श्रेस्ठ(14395) १९९४ बाट सिङपोर पोलिस फोर्समा कार्यरत छु।

 तपाईले गीतहरु पहिले देखि नै लेख्नु हुनथ्यो की लाहुरे भएपछि मात्र लेख्न थाल्नु भयो ?

गीत  मैले निकै पहिले नै लेख्ने गर्थे तर श्रोता सामु भने भर्खर मात्र हाजिर भएको छु।

 लाहुर घरमा समय भनेको खापाखाप हुन्छ  ब्यस्त जीवननै लाहुरेको परिभाषा हो  यस्तो समयको खापाखापमा कति बेला गीत कोर्नु हुन्छ ?
गीत भन्ने कुरा जति खेर भन्यो त्यति खेर लेख्न सकिन्दैन् मूड अनुसार फुर्सद भयो भने कोर्ने गर्छु।

 कति वर्षको उमेर देखि तपाईले गीत लेख्न थाल्नु भयो यकिन छ ?

यकिन यतिन नै भनेर भन्न सक्दिन  १३-१४ साल को हुँदा शुरु गरेको थिए।

 हाल सम्म कति वटा गीतहरु लेखि रेकर्ड गराई सक्नु भईसकेको  ?

लेख्नु चाँहि मैले २५ वटा लेखेको छु तर रेकर्ड भने  वटा मात्र गराएको छु।

 तपाईको गीत "निधारकोयो गीत साह्रै मार्मिक लेख्नु भएको छ। कस्तो अवस्थामा  कसको कल्पना गरि लेख्नु भयो ?

गीत लेख्नु कुनै अवस्था चाँहिदैन तर जे चिज को बारेमा गीत लेख्नु छ।त्यो भित्र भने आफूलाई राखेर लेख्नु पर्छ त्यसैले त्यस बेला एउटा भरिया को कल्पना गर्नु आवश्यक थियो।

 हाल के गर्दै हुनुहुन्छ ?

हाल भने अलिक व्यस्त छु त्यसैले कलम चलाउन रोकिएको छ।

 तपाईलाई मन पर्ने नेपाली संगीतकार,गीतकार  गाएक को को हुन?

मलाइ मन पर्ने ब्यक्तित्व धेरै छन् तर त्यस मध्य गोपाल योन्जन मेरो मन् पर्ने गीतकार हो। संगीतकार मा शम्भुजित् बाँस्कोटा  गायक हाम्रो लाहुर घरको अशोक मुकारुङ्(१४८१७भाइ।




Lyrics:    Ashok Kumar Shrestha (14395)
Composer:  B B Anuragi
Vocal:      Shishir Yogi

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...