Total Pageviews

Thursday, February 23, 2023

Stupa To Stupa 54KM Ultra Marathon Run (BLOGGING)



18Feb 2023

Stupa To Stupa 54KM Ultra Marathon Run BLOGGING,

मलाई स्तूपा टु स्तूपा रनको बारेमा केहि थाहा थिएन्। एक दिन,सन्ध्याको आगमन संगै फेसबुक प्रयोग गरि रहदा स्तूपा टु स्तूपा रजिष्ट्रेसनमा आँखा गयो। रनको नामले नजिक बाट तानि हाल्यो। तुरुन्तै रनका लागि रु२००० तिरी नाम दर्ता गरि हाले अनलाईन मार्फत । स्तूपा टु स्तूपा रन ५४ किलो मिटर अल्ट्रा म्याराथुन रनका लागि बिना तयारी रनको रौन्तकता लिने छटपटी साथै दगुर्नु पर्ने बाटो कस्ता छन् भन्ने जानकारी बिना दगुर्नमा हुटहुटीमा थिए म।  

18 Feb 2023को 0605Hrs स्तूपा टु स्तूपा ५४ किलो मिटर अल्ट्रा म्याराथुन स्वयम्भू स्तूपाको दक्षिणि भाग बाट फ्लयाँग आफ भयो। २१ किलो मिटर रनका सहभागीहरुले तालिपिट्दै हामीलाई बिदाई गरिरहेका थिए। उर्लदै गरेका मिरमिरे बिहानी संगै स्वयम्भूका थुम्का तिर बाट झर्दै गर्दा बाँदरका हुँलहरु बाटा वरिपरी टुसु टुसु बसेर झुलि रहेका देखिन्थे। हामी धावकहरु बाँदर उगिरहेका दृष्य नियाल्दै स्वयम्भू चोक बाट जामाचो गुम्बा तिर सोझियौ।मिरमिरे बिहानीको चिसो वतावरणलाई पन्छ्याउदै नागार्जुन नगर पालिकाका भित्रका च्याँउ जस्तै उम्रेका बस्तिहरुलाई छिचोल्दै नाकनै ठोक्किने पाखा भित्ताहरुका झार जंगल तिर सोझिदै उक्लिदै गए । नागार्जुनको थुम्का उक्लिदै गर्दा सूर्यको कलिलो उषालाई धुवाँ र धुलोको जुलुसले छेक्दै काठमाण्डु भ्याल्लीको वतावरण नियाल्दा बैराग र उराठ लाग्दो देखिन्थ्यो। मेरा लागि नयाँ रुट भएकाले जंगल भित्रको ठाडो उकालोका हाईकिङ रुटको ट्रयाकमा खुशीको ज्वाँरटाहरु संगाल्दै अन्य धावकहरुका पछि पछि त कतै उछिन्दै उक्लिदै थिए।स्वर्गिय राजा बिरेन्द्रको निजि जंगल नागार्जुन बनजंगल पछि राष्ट्रिय करण भए पछि शिवपुरी नागार्जुन निकुञ्ज भित्र का विश्व स्तरिय वतावरण मैत्री भएको काठमाण्डु नजिकै हाईकिङ ट्रयाक रहेछ भन्दै मनमनै सोच्दै जामाचो थुम्काको गुम्बा तिर उक्लिदै थिए। हर्षित र बडो आनन्दित हुँदै पहिलो चेक पोईन्ट जामाचो गुम्बा कस्तो होला भन्दै उत्सुक्ताका साथ उक्लिनमा हतारो थियो मलाई।  

जामाचो गुम्बा  उक्लिदै गर्दा धावकहरुको फोक्सोमा अक्सिजन सकेकाले सबैका साँस स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै नागार्जुन जंगलले उत्पादन गरेका अक्सिजनको हुलले धावकका फोक्सोलाई सापटी दिईरहेको थियो। पहिलो चेक पोईन्ट जामाचो गुम्बा पुग्दा सूर्यको प्रकास नागार्जुन जंगल वरिपरि उपस्थित भएर धावकहरुका लागि खुशी साँटासाट गर्दै पखेटा फिजाउदै गरिरहेको देखिन्थ्यो । थुम्का बाट उपत्यकाको रहर लाग्दा दृष्यलाई धुलो र धुवाँले उपत्यकाको सौन्दर्यलाई कोतरी कु‍रुप गरि रहेको देखिन्थ्यो। जामाचो थुम्का वरिपरी स्वच्छ वतावरण मा रमाउदै पसिना र हल्का थकान मेटाउदै केरा र पानी पिए। जामाचो थुम्का उक्लिएको पहिलो पटक थियो। जामाचो गुम्बा यस्तो सुन्दर स्थानमा निर्मित मलाई थाहा थिएन्। खुशीले एक्लै बुर्कुसी मारि दिए । जामाचो गुम्बामा करिव ३मिनेट बसे। 

जामाचो गुम्बा बाट बाटो ओरालो र तेस्रो ट्रयाकमा कुदि रहदा स्वर्गिय राजा बिरेन्द्रलाई सम्झिदै राजाको निजी  जंगल भित्रको उर्लदै आएको स्वच्छ पवन र शान्त वतावरणमा रमाउदै अल्ट्रा म्याराथुन रनका लागि एक दमै विश्व स्तरिय ट्रयाक रहेछ  भन्दै मनमन राख्दै नागार्जुन जंगलको ट्रयाकको सौन्दर्यले मलाई झनै नजिक बाट लोभ्याईरहेको थियो। बाटामा कलकल गर्दै पानी बगेको आवाज सुनिन्थ्यो। ती पानीलाई राजधानी भित्र ल्याउनका लागि पाईपका मुठ्ठाहरु जंगल भित्र पछारि रहेका देखिन्थे। चराचुरुङ्गीको चिरबिर आवाज सुन्दै नागार्जुन जंगल भित्रका अनेकौ घुम्तिहरुमा रमाउदै स्वदेशी तथा बिदेशी धावकहरु संग गफिदै जगिङ गर्दै ओर्लदै थिए। निलो आकास बाट झरेको सूर्यको प्रकासलाई नागार्जुन जंगलको हागाहरुले प्रवेष गर्न नदिनका लागि लुकामारी गर्दा देखिने लोभ लाग्दो नाटकिय वतारणमा लोभिदै नागबेली आकृतिका गोरेटा बाटामा कुदि रहदा  त्रिशुली राजमार्गको दलानमा आईपुगे। मुड्खु गाउ जाने संकेत तिर पच्छाउदै लागे।

दोस्रो चेक पोईन्ट २१ किलो मिटरको समाप्ती बिन्दु मुड्खु गाउको भञ्ज्याङमा पुगे। पारिलो घामको न्यानो प्रकासले वतावरणलाई रंगीन बनाई रहेको देखिन्थ्यो। २१किलो मिटर दुरी पार गरेको खुशीको गदगद संगै केरा बिस्कुट र पानी खाए। २१ किलो मिटरका धावकहरु समाप्तिका मेडल लगाउदै तस्विर र भिडियो खिचिरहेका देखिन्थे। मुड्खु गाउका गल्लि र पाखा तिर चाहार्दै कतै धुलो उडाउदै अनि घामले रापेका फुस्रा पाखा कान्ला तिर हाम फाल्दै सुकेका पतकर गोडमेल गर्दै बिभिन्न डाँडा काडा चाहार्दै तिनपिप्ले भञ्ज्याङको पानी बिन्दुमा पानी पिए र मुख धुए। तिनपिप्ले भञ्ज्याङ देखि  नाकै भाचिने नाकै ठोकिने सिढी संग कुस्ति खेल्दै उक्किलदै गर्दा फोक्सोमा अक्सिजन रित्तिएको जस्तै हुँदै गर्दा तारकेश्वर महादेव मन्दिर प्रवेष बिन्दु साथै निकुञ्ज प्रवेष द्बरमा पुग्दा शिव रात्री पर्व भएकाले दर्शनार्थीहरु र भक्तालुहरुको बाग्लै उपस्थिति बाटामा भेटिए।  

निकुञ्ज भित्रको स्वच्च वतावरण र छाहारी संग लुकमारी गर्दै दगुरि रहदा चिसो ‍र कलकल गर्दै बगेका कञ्चन पानी पिउदै २८किलो मिटर दगुरि सक्दा छेपारी दुःखन थाल्यो। दुःखेका ठाउमा मालीसको दवाई लगाई रहदा एक जना धावक मित्रले दाई ठिक छ भने। म ठिक छु भने। उहाँ संग कुराकानी गर्दै जगीङ वाकिङ गर्ने क्रममा हाफ फूल गरि उहाँले म्याराथुन जम्मा ३६ पटक कुदेको अनुभव सुनाए। स्तूपा टु स्तूपा रनका लागि पहिलो अनुभव बताए। आज दगुरी सके पछि रात्री बस चढी काँकडभिता जाने सुनाए। उनी भारतको सिलगुढी निवासी धावक थिए। साँच्चै अल्ट्रा माराथुन रनको लागि शिवपुरी निकुञ्जच विश्व स्तरिय ट्रयाक रहेछ उनले बताए मैले पनि सहमति जनाए।

तेस्रो चेक पोईन्ट ३१.८ किलो मिटर गुर्जे भञ्ज्याङ आई पुग्दा पारिलो घामको प्रकासले वतावरणलाई चुम्वन दिदै न्यानो बनाएको थियो। धावकहरु केरा बिस्कुट पावर वार सुन्ताला खाई रहेका थिए। छेपारी र गोलीगाँठो दुःखेको ठाउमा मुभ स्प्रे लगाए मैले। अन्य धावकहरुले पनि स्प्रे लगाई रहेका थिए। दुःखाई कम हुँदै थियो साथमा सुन्तला केरा पावर बार र पानी पिए। वनजंगलले फ्याँकेको स्वच्छ अक्सिजन र छाँहारी भित्रको ट्रयाकमा भारतिय धावक संग गफिदै साँझको ५ बजे रन समाप्त गर्ने कुरा गर्दै जगिङ वाकिङ गर्दै रुटलाई छोटो पारि रहेका थियौ ।

उतिस घारी बाट निस्केको जरुवा पानी पिउदै स्वच्च वायू लिदै चौथो चेक पोईन्ट ३७.१ किलो मिटर  डाँडा गाउमा पुग्यौ। पानी केरा र चना खानाको सुविधा रहेछ। घाम ताप्दै दुःखाई र थकाई भुलाउदै चना खाए।  छेवैमा निकुञ्जको सुरक्षा चेक पोष्ट थियो। वाईकिङ र हाईकिङ गर्ने वालाहरु चेक ईन गरि रहेका थिए। चना खान्की खाई सके पछि खकुलो पेट डम्म भयो। ताग्द ह्वात्तै बढी रहेको थियो। छेपारी दुःखाईका कारणले दगुर्न मन लागि रहेको थिएन्। भारतिय धावक संग गफ गर्दै कहिले जगिङ धेरै जसो वाकिङ  गर्दै दुरी पार गरि रहेका थियौ। सिरसिरे वतास संगै दोहोरी खेल्दै  रनको ट्रयाकमा  दुःखाई भएता पनि खुशी हुँदै गन्तब्य तिर हिड्दै गरिरहदा सोलु खुम्बु निवासी राई भाई हामी संग जोडिए। रनमा ३ जना संगै वाकिङ जगिङ गर्दै पाँचौ चेक पोईन्ट नागी गुम्बा ४५.४ किलो मिटर छिचौल्यौ। पानी र केरा संग बसेर खायौ। केहि क्षण थकान भुलाउदै गर्दा भारतिय धावक साथी लु लाग्यौ भन्दै उक्लिए। म र राई भाई हुन्छ भन्दै थकान भुलाउदै केहि क्षण बस्यौ। नागी गुम्बा बाट भारतिय धावक संग  बिछोडियौ। एक छिनको आराम गर्दा ति भारतियले हामीलाई धेरै छोडि सकेको रहेछ। रनको बाटो भुलेर  तारेभिर गाउ तर्फ पुग्यौ । कपन गुम्बा जाने बाटो सोध्दै तारे भिर गाउ बाट हुतियौ कपन  गुम्बा तर्फ।

थानडाँडाका एक नासले हुर्किएका सल्लाघारी भित्रका पाखा तिर सल्लेपिरका पिर्का बनाए जस्तै गरि युगल जोडीहरु भावना साटा साट गरि रहेका देखिन्थे। जंगलतिर बरालिन आएका ठिटा ठिटीहरुका लागि खानपिनका लागि जटपटे पानी पुरीका दोकान  थापेर बसेका देखिन्थे ब्यापारीहरु। शिव रात्री भएकाले युवाहरुको समुह गाँजा खादै धुवाँ उडाई रहेका देखिन्थे।जगडोल हाईकिङ बिन्दुको फेद सम्म पुरै ओरालो बाटोमा भएकाले तालिम बिना अल्ट्रा म्याराथुन रनमा सहभागी जनाउदा फेदीमा आईपुग्दा छेपारी र औ‌लाहरुको दुःखाई चौप्ट भईरहेको थियो। जगडोलको धुलो खाँदै निजामती सहिद स्मृति भवन को चौवाटो मा आईपुग्यौ। रनिङको बाटोका लागि कुनै संकते देखेनौ। कपन गुम्बा जाने बाटो सोध्यौ । कपन गुम्बामा रनको अन्तिम चेक पोईन्ट थियो। 

सोध्दै खोज्दै कपन गुम्बा पुग्यौ। कपन गुम्वाको आडमै छैटो चेक पोष्ट ५१.५ किलो मिटरको बिन्दुमा पुग्यौ। केरा र पानी पियौ। रोड मार्सल भाई र  रेसको फोटो ग्राफर भाईले अव आईपुग्यो आजको फिनिसिङ पोईन्ट केवल साँढे तीन किलो मिटर भन्दै हामीलाई हौसाए। राई भाई र मलाई दगुर्ने जाँगर चलेको थिएन। थाकेर ज्याँन हैलम्फू भईरहेको बेलामा रामबजारको धुलो र धुवाँ संग कुस्ति खेल्दै बिदेशी धावक जगिङ  गर्दै हामीलाई उछिने। उनीलाई पच्छाउदै बौद्ध स्तूपालाई एक चक्कर लगाउदै उनी संगै स्तूपा टु स्तूपा रनको समाप्ति बिन्दुमा पुग्यौ।

गोधुली साँझलाई बिदाई गर्दै उर्लदै गरेको साँझको 1742Hrs फिनिसिङ पोईन्टमा तिनै जनाले रनको फिनिसिङ लाईनमा हात मिलायौ।बुद्धधर्मालम्बिहरु स्तुपालाई चक्कर लगाई रहेका देखिन्थे।५४किलोमिटर फिनिसरको  मेडल लगाई दिईन एक जना बहिनीले, एक आपसमा खुशी बाँड्यौ। स्तूपा टु स्तूपा रनका परिकल्पना मिरा राई संग  भिडियो ब्लगिङ गर्ने मौका पाए मैले।  

अन्त्यमा स्तूपा टु स्तूपा रनको रुट देखि पानी पिउने बिन्दुमा पानी केरा बिस्कुट र खान्की एथेष्ट पुग्ने सुविधा  थियो। अर्को साल पनि कुदने योजना लिएको छु। 

 

 

 

 

 

 

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...